entertainment
||Power News Asia||

आजको समाचार

‘मिस नेवाः नेपाल ११४१’ को उपाधी कृषा महर्जनलाई

मनोरञ्जन


काठमाडौँ — फाल्गुन १६, २०७७।

राजधानीको डल्लुकी कृषा महर्जन नयाँ ‘मिस नेवाः नेपाल ११४१’ बनेकी छन् । नेप्लीज फेसन होमले आयोजना गरेको १५ औं संस्करणको प्रतियोगितामा कृषाले १४ प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि चुमेकी हुन् ।

कृषाले उपाधिसँगै १ लाख रुपैयाँ पनि जितेकी छन् । प्रतियोगितामा ललितपुर पाटनस्थित सुन्धाराकी प्रिया तण्डुकार ‘फष्ट रनर अप’ र काठमाडौं कलंकीकी कृष्टीना महर्जन ‘सेकेण्ड रनर अप’ चुनिए । उनीहरुले उपाधिवापत क्रमशः २५ हजार र १५ हजार रुपियाँ जिते ।

प्रियाले ‘मिस–पब्लिक च्वाइस’ र कृष्टीनाले ‘मिस चार्मिङ’को विधागत उपाधि पनि जिते । प्रतियोगितमा मनिका खड्गी ‘मिस ट्यालेण्ट’ र ‘मिस फोटोजेनिक’, रोहिना महर्जन ‘सोसिएल वेलफेयर एम्बेसडर चिफ’ र ‘वेस्ट स्किन’, मनिषा महर्जन ‘वेष्ट ड्रेस’, एञ्जिला अवाले ‘मिस डिसिप्लेन’, लेनिका डंगोल ‘वेष्ट हेयर’ र ‘मिस पर्सनालिटी’, सौर्य शाही ‘बेस्ट स्माइल’ तथा स्वीकृति महर्जन ‘मिस फ्रेन्डसिप’ चुनिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जिवन्त राख्न १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको बताइन् ।

रोजिन शाक्यको कोरियोग्राफी तथा रोजिनसँगै पूर्व ‘मिस नेवाः नेपाल’ सुनिता डंगोलले सञ्चालन गरेको प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेशल ओलम्पिक नेपालका अध्यक्ष डा. शिक्षिता श्रेष्ठ, कन्सर्न नेपालका निर्देशक डा. विजय सैंजु, पूर्व ‘मिस नेवाः नेपाल’ एलिशा बज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित निर्णायक थिए ।

ग्लोबल अनलाईन पे ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर' अवार्ड बाट सम्मानित

मनोरञ्जन


काठमाडौँ — फाल्गुन १६, २०७७।

ग्लोबल अनलाईन पे  ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२०' बाट सम्मानित भएको छ । ड्रीम सर्च एजेन्सीद्वारा आयोजित  फेशन फेयर अवार्डमा उत्कृष्ट भोटिङ सर्भिस प्रदायक बन्दै बेस्ट भोटिङ कम्पनी अफ द ईयर २०२० बाट ग्लोबल अनलाईन पे सम्मानित भएको हो ।      

नेपालभर संचालित विभिन्न रियालिटि शो, ब्युटी पेजेन्ट, अवार्ड शो लगायतका उत्कृ्ष्ट ईभेन्टहरुमा भोटिङ सर्भिस प्रदायकको रुपमा सर्वोत्कृष्ट भोटिङ सर्भिस प्रदायक कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएकाले ग्लोबल अनलाईन पे का प्रमुख डेविल सिंह राजपुतलाई उक्त पुरस्कार प्रदान गरिएको ड्रीम सर्च एजेन्सीका कार्यकारी प्रमुख कमल निकोन क्षेत्रीले जनाएका छन। 

उक्त अवसरमा राजपुतले संचालनमा आएको छोटो समयमा नै प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु ग्लोबल अनलाईन पेका लागि गौरवको विषय भएको र यसबाट ग्लोबल अनलाईन पेलाई भोटिङ सर्भिसको बृहत्तर हितमा काम गर्न अझै प्रेरणा मिलेको बताएका छन् । सो अवसरमा उनले ग्लोबल अनलाईन पे देशकै पहिलो राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट डिजिटल अनलाईन भोटिङ सर्भिस प्रदायक भएकाले नेपालमा आधुनिक डिजिटल अनलाईन भोटिङ प्रणालीका निम्ति कम्पनीले  ठूलो योगदान गरेको दाबी समेत गरे ।

सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ’क पुरी क’ सार्वजनिक

मनोरञ्जन


 काठमाडौं, १५ फाल्गुण-गायक सुर्य गुरुङ र गायिका सरिता राइको ‘क पुरी क’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वाङचु फ्युवा तमाङ एरेन्जर र किशोर थापा मास्टरमिक्सिर रहेको उक्त गीतमा सुर्य माम्बा तमाङको शब्द र संगित रहेको छ । सो म्युजिक भिडियोको निर्दशन भने निर्देशक राजेश आले मगरले गरेका हुन । जसको सम्पादकमा अच्युत बजगाइँ, छायाँकारमा सुशिल डाँगी र कोरिओग्राफरमा नबिन बिक रहेका छन् ।

अभिनय तर्फ सोम राज राज तमाङ ( राज घलान ), राहुल बाराइली, बिशाल लामा र पूजा मगरले कलाकारको भूमिका निभाएका छन् । दि पाल्म ग्रुपको पोस्ट प्रोडक्सनमा तयार पारिएको उक्त गीतको भिडियोलाई दि पल्म म्युजिक नामक युउटुब् च्यानलबाट सहजै हेर्न मिल्ने व्यवस्था मिलाईएको छ ।

मिस तामाङ २०२१ 'ट्यालेन्ट शो' सम्पन्न

मनोरञ्जन


काठमाडौँ — फाल्गुन १६, २०७७। 

सौन्दर्य प्रतियोगिता मिस तामाङ २०२१ को ट्यालेन्ट शो सम्पन्न भएको छ । शुक्रबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा सबै सहभागीले नृत्य, अभिनय, कविता, गायन र भाषण कला प्रस्तुत गरेका हुन् ।

एभरेष्ट फेसन होमद्वारा आयोजित १३ औं संस्करणको मिस तामाङ प्रतियोगितामा काठमाडौंकी शिष्मा लामा, काभ्रेकी प्रतिभा तामाङ, सफलता तामाङ, संगीता लामा, सुजाता तामाङ, रिमा लामा, सिता दोङ, दिपाशा लामा दोङ र प्रतिभा लामा सहभागी भएका छन् ।

यसै गरी रामेछापकी ज्योति लामा, नुवाकोटकी सुनिता तामाङ, सिन्धुलीकी गंगामाया रुम्बा र पासाङ ब्लोन, दोलखाकी अनिता तामाङ, धादिङकी आनन्दी तामाङ, रसुवाकी सविना गोले, भक्तपुर नगरकोटकी सफिला थिङ, धरानकी विनीता तामाङले सहभागिता जनाएकी छन् ।

अडिसनबाट छनौट भएकालाई तालिम दिइरहेको होमकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी दिइन् । तालिम अवधिमा तामाङ भाषा, व्यक्तित्व विकास, तामाङ जातिको इतिहास, श्रृंगार, ऐतिहासिक ठाउँको भ्रमण, फोटो सुट, सामाजिक कार्य अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाकलगायतमा जानकारी दिइरहेको उनले बताइन् ।

‘आफ्नो सुन्दरतासँगै आफू जन्मेको भूमि, कला र संस्कृतिलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो, अध्यक्ष तामाङले भनिन् ।’

ट्यालेन्ट शो को निर्णायक मण्डलमा निर्देशक एवं नायक अमिर दोङ, २०१७ की मिस तामाङ फस्ट रनर अप एवं मोडल नवाङ मोक्तान, म्हेन्दोमाया गायक एवं नायक राजकिङ वाइबा, मोडल अनिता गोले र २०१८ की फष्ट रनर अप रञ्जिता गोले रहेका छन् ।

तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रीतिरिवाज र रहनसहनलाई युवामाझ पुर्‍याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता गर्दै आइरहेको छ । अहिलेसम्म जेनिशा मोक्तान, उपाली ग्याबाक, समी बज्यु, रोजिना घिसिङ, सुमि मोक्तान, लाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान तामाङ, उर्मिला लामा योञ्जन र पिंकी घिसिङ, सिम्रन स्याङ्बोले मिस तामाङको उपाधि जितेका छन् ।

प्रतियोगिताको फिनाले होटर्ल र्याडिसनमा हुनेछ ।

मिस तामाङ विजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर पाउनेछ । यस्तै फस्ट रनर अफले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर र सेकेन्ड रनर अफले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर पाउनेछ ।

प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ ।

लाली पाउडर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौं, १० फाल्गुण- लाली पाउडर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोशन दासको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियो रेज इन्टरटेनमेन्ट, अर्किड इन्टरनेशनल कलेज, अनुराधा फिल्मस् र क्याण्डल लाइन्ट इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको हो । लाली पाउडर बोलको गीतकारमा अनु शाह रहेकी छिन् भने राम श्रेष्ठ र संगिता मुखियाले स्वर दिएका छन् ।

संगीतकारमा राम श्रेष्ठ र संगीत विन्यासमा बुद्ध सायमी र रेकर्डिसमा ओम कर्माचार्यको भूमिका रहेको उक्त म्युजिक भिडियोमा अन्जना तामाङ र सरोज कार्कीको अभिनय रहेको छ । साथै, उक्त म्युजिक भिडियोको व्यवस्थापक एवम् क्यामरा सहायकमा प्रज्वल गौतम खत्री, छायाँकारमा नितेश घतान र कोरियोग्राफरमा आर्यन घमाल रहेका छन् भने सम्पादन र रंग संयोजनमा रोशन दास र नितेश घतानले गरेका हुन ।

लाली पाउडर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौं, १० फाल्गुण- लाली पाउडर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोशन दासको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियो रेज इन्टरटेनमेन्ट, अर्किड इन्टरनेशनल कलेज, अनुराधा फिल्मस् र क्याण्डल लाइन्ट इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको हो । लाली पाउडर बोलको गीतकारमा अनु शाह रहेकी छिन् भने राम श्रेष्ठ र संगिता मुखियाले स्वर दिएका छन् ।

संगीतकारमा राम श्रेष्ठ र संगीत विन्यासमा बुद्ध सायमी र रेकर्डिसमा ओम कर्माचार्यको भूमिका रहेको उक्त म्युजिक भिडियोमा अन्जना तामाङ र सरोज कार्कीको अभिनय रहेको छ । साथै, उक्त म्युजिक भिडियोको व्यवस्थापक एवम् क्यामरा सहायकमा प्रज्वल गौतम खत्री, छायाँकारमा नितेश घतान र कोरियोग्राफरमा आर्यन घमाल रहेका छन् भने सम्पादन र रंग संयोजनमा रोशन दास र नितेश घतानले गरेका हुन ।

दोस्रो साधना म्युजिक अवार्ड २०७७ का उत्कृष्ट ५ लाई प्रमाण पत्र वितरण

मनोरञ्जन


काठमान्डौं –  साधना म्युजिक अवार्डको नोमिनेसन प्रमाणपत्र वितरण गरिएको छ । साधना म्युजिक अवार्ड २०७७ का उत्कृष्ट पाँचमा परेकालाई काठमान्डौंको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको हो । ‘अग्रजलाई सम्मान , नवलाई प्रोत्साहन कला गला संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमलाई रौनकता दिनको लागी विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रमेश बीजीले अवार्डप्रति लक्षित गर्दै भने वास्तविक स्रष्टाहरुले अवार्ड पाएर भाडाको साँघुरो कोठामा राख्न गाह्रो भइरहेको छ र अवार्ड भन्दा पनि कलाकारहरुलाई कलाकारितामा टिकिरहनको लागि पहिला पहल हनुजरुरी रहेको बताए ।

सामना म्युजिक क्रियसनको आयोजनामा हुन लागेको यस अवार्डमा लोकदोहोरी आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । प्रमाण पत्र वितहरण कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, वरिष्ठ पत्रकार शान्तिप्रिय, रेडियो काठमाडौंका प्रमुख बजार व्यवस्थापक एवं संचारकर्मी चन्द्रमणी गौतम, चलचित्र निर्देशक माधव राज खरेल, पावर न्युज राष्टिय मासिकका सम्पादक कमला जोशी , म्यूजिक खबरका सम्पादक सविता पोखरेल, गीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित गायिका तथा व्यवसायी धनकुमारी थापा सरु, चर्चित गीतकार लोकराज अधिकारी, मोडल तथा अभिनेता श्रीदेव भट्टराई लगायत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार , संगीतप्रेमी तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सामना क्रियशनका अध्यक्ष सामना शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई अवार्डका सदस्य सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । कार्यक्रमलाई संचारकर्मी दीपज्योति थापाले संचालन गरेकी थिइन् ।

गौरीशंकर च्छोरोल्पा मिडियाले द्धारा समाजसेवी विदुर शर्मालाई उच्च व्यक्तित्व सम्मान प्रदान

मनोरञ्जन


काठमाण्डौ-  दोलखा जिल्लाका स्थायी बासिन्दा हुन विदुर शर्मा, विषेशत व्यवसायीक पृष्ठभुमीका शर्मा समाज सेवामा पनि उत्तिकै जुझारु र सक्रिय रहेका छन् । पछिल्लो समय कोभिड १९ का कारणले खान र आवासले अलपत्र परेका नेपालीहरुलाई उनले व्यक्तिगत खर्चमा खाने व्यस्था मिलाएका थिए भने दोलखाका स्थानिय मानिसहरुलाई राजधानी काठमाण्डौ देखि लाखौं रुपैया खर्च गरेर यातायातको व्यस्था गरि अलपत्र परेका दोलखाली र छिमेकी जिल्लाका मानिसहरुको समेत उद्धार गरेका थिए । सोही समय देखि समाज सेवाका क्षेत्रमा समेत शर्माले चर्चा कमाएका थिए ।

विभिन्न क्षेत्रमा ख्याती प्राप्त श्रष्टा, सर्जक तथा व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वार्षिकोत्सव अवसरमा समाजसेवी शर्मालाई उच्च व्यक्तित्व सम्मान द्धारा सम्मानीत गरिएको छ । बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि माननिय संचार तथा सुचना प्रविधि मन्त्री  तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ रहनुभएको थियो । 
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।  नेपालमा शुसासन कायम गर्नको लागि योगदान पुर्याउने पुर्व रक्षा सचिव देवेन्द्र सिटौला, सेनाका अवकास प्राप्त महासेनानी माधव सुन्दर खड्का, चलचित्र निर्देशक एवं गीनिज वुक अफ वल्ड रेकर्ड होल्डर माधव राज खरेल, व्यवसायी विदुर शर्मा,  अभिनेता श्रीदेव भट्टराई, अधिवक्ता सुदर्शन थपलिया, दुव्र्यसन विरुद्धका अभियान्ता प्रविन शिवाकोटी, अधिकारकर्मी तारा तामाङ, जानकी वज्राचार्य, मिना वज्राचार्य, लक्ष्मी बस्नेत, लगायतका विभिन्न व्यक्तित्वहरुलाई  उनिहरुको योगदानको कदर गर्दै विभिन्न शिर्षकबाट सम्मान गरिएको थियो ।
संचारकर्मी अर्जुन राज भण्डारीले संचालन गरेको कार्यक्रममा विविध किसिमका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।

गौरीशंकर च्छोरोल्पाको वार्षिकोत्सव सम्पन्न

मनोरञ्जन



काठमाण्डौ - विभिन्न क्षेत्रमा ख्याती प्राप्त श्रष्टा, सर्जक तथा व्यक्तित्वहरुलाई सम्मान गर्दै गौरीशंकर  च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वार्षिकोत्सव काठमाण्डौमा  सम्पन्न भएको छ । बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि माननिय संचार तथा सुचना प्रविधि मन्त्री  तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ रहनुभएको थियो । प्रमुख अतिथिको आसनवाट बोल्दै मन्त्री गुरुङले गौरीशंकर च्छोरोल्पा मिडियाले नेपालको मिडिया क्षेत्रमात्र नभई गौरीशंकर हिमाल र सबै भन्दा उचाइमा रहेको च्छोरोल्पा हिमतालको समेत अस्थित्वलाई  आत्मसाथ गर्दै लैजानुपर्ने बताए । 
दोलखा जिल्ला प्राकृतिक सम्पदाले भरिपुर्ण र सम्पन्न रहेको र यसको प्रचार प्रसार र सशक्त रुपमा लैजाने काम राज्यको चौथो अंगको रुपमा रहेको गौरीशंकर च्छोरोल्पा मिडियाले गर्ने विश्वसा व्यक्त गरे ।  कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।  नेपालमा शुसासन कायम गर्नको लागि योगदान पुर्याउने पुर्व रक्षा सचिव देवेन्द्र सिटौला, सेनाका अवकास प्राप्त महासेनानी माधव सुन्दर खड्का, चलचित्र निर्देशक एवं गीनिज वुक अफ वल्ड रेकर्ड होल्डर माधव राज खरेल, व्यवसायी विदुर शर्मा,  अभिनेता श्रीदेव भट्टराई, अधिवक्ता सुदर्शन थपलिया, दुव्र्यसन विरुद्धका अभियान्ता प्रविन शिवाकोटी, अधिकारकर्मी तारा तामाङ, जानकी वज्राचार्य, मिना वज्राचार्य, लक्ष्मी बस्नेत, लगायतका विभिन्न व्यक्तित्वहरुलाई  उनिहरुको योगदानको कदर गर्दै विभिन्न शिर्षकबाट सम्मान गरिएको थियो ।
संचारकर्मि अर्जुन राज भण्डारीले संचालन गरेको कार्यक्रममा विविध किसिमका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।


 

प्रेम दिवसको अवसर पारी शिवले गरे जिन्दगी तिम्रो र मेरो गीतको सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ - प्रेम दिबसको अबसरमा निर्देशक दिवाकर भट्टराई निर्देशित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शिव परियार र बानिका प्रधानको स्वर रहेको ‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत शिव परियार अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो । हरिभक्त बुढाथोकीको शब्द रहेको गीतमा दिपक सिलवालको संगीत सुन्न सकिन्छ ।

नेपाली सुगम संगीतका लोकप्रिय गायक शिवको यो गीतमा अडियो पक्ष निकै मज्जाको छ । भने नेपाली फिल्मका चर्चित निर्देशक दिवाकर निर्देशित भिडियो पनि हेर्दा मज्जा लाग्छ ।भिडियोमा रिता कट्टेल, इन्जामम अलि खान, जेरी साउद र सुप्रिया खनालको अभिनय रहेको छ । महेश पौडेल डिओपी रहेको भिडियोलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् । 

हेर्नुहोस् भिडियो