entertainment
||Power News Asia||

आजको समाचार

गीतकार संघमा नयाँ नेतृत्व

मनोरञ्जन


काठमाडौं - गीतकार संघ नेपालको अध्यक्षमा शुभ मुकारुङ चयन भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं महाधिवेशन तथा ११ औं साधारणसभाले अध्यक्षमा शुभ मुकारुङलाई चयन गरेको हो । यस अगाडि संघको अध्यक्षमा चुडामणि देवकोटा रहेका थिए ।

महाधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्त वित्यासी थापा, महासचिवमा रमेश कोइराला, सचिवमा महेश आचार्य, कोषाध्यक्षमा जित बहादुर घले जेबी संयोगी रहेका छन् ।
सदस्यहरुमा सुमि सिंह, शित्तल कादम्बिनी, प्रतिमा श्रेष्ठ, लोकराज अधिकारी, चेतन खतिवडा तथा उमेश राईलाई चयन गरेको छ ।

गीतकार संघको नयाँ कार्यसमिति छनोट गर्दा अध्यक्षमा दुई जना, उपाध्यक्षमा दुई जना, महासचिवमा तीन जना, सचिवमा दुई जना, कोषाध्यक्षमा एकजना र सदस्यमा ८ जनाको उम्मेदवारी परेको थियो ।

सभ्यताको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन


 

काठमाडौं — पुस २४, २०७७।

नायिका तथा मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

अनुप तिवारीको शब्द, संगीत तथा गायन रहेको ‘फूल’ बोलको गीत  हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

युवराज केशरीको निर्देशन रहेको ‘फूल’ बोलको म्युजिक भिडियोमा नारी संवेदनामा आधारित कथा देख्न सकिन्छ । 

उक्त भिडियाेमा सभ्यता संगै निर्देशक स्वयं युवराज केशरी, पवन तिवारी, राज श्रीवास्तव लगायतको अभिनय रहेको छ ।
यस्तै भिडियोमा प्रेम कार्की र नितेश तिमिल्सिनाको छायांकन तथा प्रेम कार्कीकै सम्पादन देख्न सकिन्छ ।

काठमाडौमा स्थायी घर भई भारतको मुम्बईलाई आफ्नो कार्यक्षेत्र बनाउदै आएकी सभ्यताले आफुलाई वलिवूडमा समेत स्थापित गर्ने क्रममा रहेकी छिन ! पछिल्लो समय रिलिज भएको हिन्दी म्युजिक भिडियो पसन्द आया लगायत तीन दर्जन भन्दा बढी हिन्दी नाटकहरुमा अभिनय गरी सकेकी सभ्यताले क्राइम पेट्रोल, सावधान ईन्डिया, तुम बिन जिया जाएना, सावित्री देवी कलेज एण्ड हस्पिटल जस्ता चर्चित हिन्दी सिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन ।

रामजी खाँडको स्वरमा आफ्नै माया

मनोरञ्जन


काठमाण्डौ - गायक रामजी खाँडको स्वरमा आफ्नै माया बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडीयोमा नरेन खड्का र सिमा ढकालको अभिनय रहेको छ । भिडियो लाई बिजय दिप गिरीले निर्देशन गरेका छन् भने गीतमा देवेन्द्र कुँवरको कोरियोग्राफी, प्रकाश खड्काको छायाँङ्कन र बिकास ज्ञवालिको सम्पादन रहेको छ ।

भिडियोमा आफुलाई मनपरेकी केटिलाई नरेनले फलो गरेका छन् । यो गीतका गीतकार बिजय दिप गिरी हुन् भने यसमा सरोज प्याकुरेलको संगीत रहेको छ । मनोहर सुनामको एरेन्ज रहेको गीतलाई भोला पौडेलले मिक्सीङ गरेका छन् । अहिले धेरै गीत चर्चामा रहेका रामजी खाँडले यो गीत पिकनिक तथा पार्टिको लागी नृत्य गर्न सुहाउने गीत भएको जनाएका छन् । गीतको भिडियो उत्कृष्ठ देखिएको छ । गीत जर्सिङ पौवामा छायाँङ्कन भएकोले हिमालका सुन्दर दृष्य पनि भिडियोमा अटाएका छन् ।

https://www.youtube.com/watch?fbclid=IwAR1c7_5mfyQC7GNfMyXackohiDA_b-WbskkOK4C_t8rHBYEUBi8rCH5CUzc&v=waVQKsOePhg&feature=youtu.be

राजधानीकर्मी डब्बु क्षत्रीलाई गीतकार सम्मान

मनोरञ्जन


काठमाडौ -काठमाडौंमा एक समारोहबीच नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडियाले दुई वर्ष अघिबाट सुरु गरेको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नारा राखिएको यो तेश्रो श्रृखला हो ।

समारोहमा विभिन्न ५२ विधाका लागी ७१ वटा अवार्ड प्रदान गरियो । नेपाली सहित १४ भाषाका गीतसंगीत तथा म्युजिक भिडियोलाई कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । सञ्चारमन्त्री पार्वत गुरुङ, अग्रज संगीतकार शम्भूजित बासकोटा, सुदुर पश्चिम प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर न.पा. का मेयर सन्तोष चालिसेलगायतले सो समारोहमा सम्बन्धित कलाकारलाई सम्मान, पुरस्कार तथा अवार्ड प्रदान गरे ।

गीतकार डब्बु क्षत्रीलाई गीत लेखनमा लामो समयदेखि निरन्तर योदान पु(याएको भन्दै विशिष्ट गीतकार कला सम्मानबाट सम्मानित गरियो । पत्रकारितामा लामो योगदान दिएको भन्दै यस वर्षको नेशनल पत्रकारिता पुरस्कार पत्रकार कुवेर गिरीलाई प्रदान गरियो । गायक सिताराम पोखरेललाई रजत सम्मानवाट सम्मानित गरियो । क्षत्री, पोखरेल र गिरीलाई सञ्चारमन्त्री गुरुङले सम्मान प्रदान गरे । यस्तै सम्मानित हुने अन्यमा पत्रकार नवराज बजगाई (काभ्रे) , पत्रकार शिव देवकोटा (नुवकोट) , पत्रकार सुजन विश्वकर्मा (पोखरा), भिडियो निर्देशक बविता वस्नेत, गायक शशि बिक्रम थापा थिए ।

श्रेष्ठ, मल्ल र ढुङ्गानालाई हरितारा पुरस्कार दिनुका साथै चलचित्र निर्देशक खरेल लगायतलाई परिवर्तन सम्मान प्रदान गरियो 

मनोरञ्जन


काठमाण्डौ - हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला पुरस्कार र परिवर्तन सम्मान एक साथ प्रदान गरिएको थियो । गत वर्ष विविध कारणले गर्न नसकेको सम्मान पनि एक् साथ प्रदान गरिएको छ ।
२०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शम्शेरको नाममा स्थापना गरेको यस पुरस्कारलाई चलचित्र क्षेत्रको पहिलो पुरस्कार मानिन्छ ।
वि सं २०७६ का लागि ४ दश भन्दा बढी समय नेपाली चलचित्र क्षेत्रको उत्थान गर्नुभएको कृष्ण मल्ल र नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक देश विदेशमा पु¥याउन योगदान गर्नुभएको मदनदास श्रेष्ठलाई पुरस्कृत गरिएको छ । पुरस्कार रकम जनही २५ हजार नगदका साथै सम्मान पत्ररहेको थियो । २०७७ को हरितार चलचित्र पुरस्कार सहदेव ढुङ्गानालाई प्रदान गरियो ।

२०७७ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई पुरस्कार रकम दश हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।
यस्तै चलचित्र निर्देशक माधव राज खरेललाई  परिवर्तन सम्मान प्रदान गरिएको छ । विगत लामो समय देखी परिवर्तन नेपाल संग आवद्धरही नेपाली चलचित्र क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दे उक्त सम्मान प्रदान गरिएको परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले बताए । साथमा निर्देशक तथा कलाकार विश्वदिप घिमिरे र नेपाल पत्रकारमहासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त परिवर्तन सम्मानबाट सम्मानित भएका छन् ।

‘फेसन हेरिटेज’ को पहिलो अडिसन सम्पन्न, दोश्रो चरणको अडिसन पुस २५ गते हुँदै

मनोरञ्जन


काठमाडौं — पुस २२, २०७७। 

जाएन्ट हाउस प्रोडक्सनको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता ‘फेसन हेरिटेज’ को पहिलो अडिसन सम्पन्न भएको छ ।
राजधानीमा पुस १८ गते सम्पन्न भएको पहिलो अडिसनमा सहभागी भएका प्रतिस्पर्धीहरु मध्येबाट कुल ९ जना प्रतिस्पर्धीले अडिसन राउण्ड पार गर्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको आयोजक संस्थाका प्रमुख सन्देश सिंहले जनाएका छन ।

आयोजक सिंहले पहिलो अडिसनको समाप्तीसँगै रहर हुँदाहुदै विभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको दोश्रो चरणको अडिसन पुस २५ गते युनिभर्सल क्याफे, एकान्तकु्नामा हुनेछ ।

प्रतियोगिताको विजेताले अष्ट्रेलियामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन पाउनुको साथै ३०,०००/- रुपैयाँ सहित विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन।  प्रतियोगिताको विजेता साथै उत्कृष्ट क्षमता भएका प्रतिस्पर्धीहरुलाई विभिन्न म्युजिक भिडियो, विज्ञापन, टेलिचलचित्र तथा वेब सिरिजहरुमा समेत सहभागी गराईने छ ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ, जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराइनेछ । 

आयोजक सिंहले सौन्दर्य प्रतियोगिता ‘फेसन हेरिटेज’ ले युवा युवतीहरु बीच व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व बहन, सञ्चारकलाको विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा सकारात्मक सन्देश दिन सफल हुने दाबी गरे ।
 

‘मिसेस व्यूटी क्विन नेपाल’ २०२१ को आवेदन खुल्ला

मनोरञ्जन


काठमाडौँ — पुस २०, २०७७। 

विवाहित महिलाहरुमा केन्द्रित सौदर्य प्रतियोगिता ‘मिसेस व्यूटी क्विन नेपाल’ २०२१ को आवेदन खुल्ला भएको छ । आयोजक सिजन मिडियाले सोमबार एक विज्ञप्ति जारी गर्दै  प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । 

महिलाहरुको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि, वाककला तथा नेतृत्वदायी क्षमताको विकास गराउँदै समाजका लागि एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । कोभिडको महामारीलाई ध्यानमा राखेर यो कार्यक्रम सुरक्षित तवरवाट गरिने आयोजकले सिजन मिडियामा प्रबन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।

प्रतियोगिताको पहिलो चरणमा छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसनलगायत प्रशिक्षण दिइनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि विद्यामा भने कोरियोग्राफर रोजिन शाक्यले गु्रमिङ गर्नेछन् ।

प्रतियोगिताका विजेताले ‘मिसेस व्यूटी क्विन नेपाल २०२१’ को शीर्ष उपाधिका साथमा फ्रिज, टेलिभिजन, हिटरलगायत घरायसी सामानका अलवा सिंगापुर भ्रमणको ३ वटा हवाई टिकट र लेटमिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर जित्नेछन् । विभिन्न १५ विधामा उपविजेता चयन समेत हुने प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् ।

निर्माता मनोज कार्कीको मुनामदन २ सार्वजनिक

मनोरञ्जन


काठमाडौं - सामाजिक अभियन्ता  एवम् निर्माता मनोज कार्कीको नयाँ गीत मुनामदन-२ को म्युजिक भिडियोको बिमोचन भएको छ । शनिबार काठमाडौं बानेश्‍वरस्थित होटेल हङ्गर हबमा एक समारोहबीच सो म्युजिक भिडियोको बिमोचन गरिएको हो ।

चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीतमा  शब्द र संगित पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ । राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्‍ठ र नवनायिका याङसु श्रेष्‍ठको सशक्त अभिनय रहेको छ।

नेपाली सुगम संगितमा आफ्नो छुट्‍टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी  रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो  जनक बिबश न्यौपाने युट्‍युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

https://youtu.be/znLnextINvQ?t=9

गिनिज बुक अफ वल्ड रेकर्ड होल्डरलाई पर्यटन मन्त्रीले दिए सर्टिफिकेट

मनोरञ्जन



काठमाण्डौ – नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित गरेका युवाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । पिम नेपालको आयोजनमा सम्पन्न गरिएको कार्यक्रम विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकाश कोर्डका अध्यक्ष दयाराम दहाल, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक दिनेश डि।सी, बरिष्ठ कलाकार उत्तम के।सी।, वरिष्ठ गीतकार एवं संचारकर्मी भरत बम्जन लगायतका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने कार्यमको सभापतित्व चलचित्र निर्देशक एवं लेखक मोहन निरौलाले गरेका थिए।संशारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भडियो हाम्रो साझा हिमाललाई गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई ।

साझा हिमाल गीतलाई मुर्तरुप दिन सघाउने कलाकारहरु श्रीदेव भट्टराई, दिर्घ राज जोशी, नयनराज जोशी, विश्वास पराजुली, सञ्च बहादुर राई, सुस्मा भट्टराई, दृश्य सुवेदी, गोपाल ढकाल (छन्दे), प्रमिला राई, शान्तिप्रिय, राजन खरेल, विपिन भाट, अस्मिता श्रेष्ठ, शोमा खत्री, कानुनी सल्लाहकार राजेन्द्र शर्मा, राजन थापा, किरण चौधरी, रोशन श्रेष्ठ लगायतलाई उक्त कार्यक्रममा गिनिज वल्र्ड रेकर्डवाट प्राप्त सहभागिताको प्रमाणपत्रहरु समेत प्रदान गरिएको छ ।त्यस्तै कार्यक्रममा गायिका सरिता भारतीलाई गायन सम्मान समेत गरिएको थियो ।

नेपालको नाम भिडियो मार्फत विश्वमा राख्न सफल भएकोमा रेकर्ड होल्डर खरेल लगायत चारै जनालाई प्रमुख अतिथि सांस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल , चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका जनकदीप पराजुली, कान्तिपु टिभिका स्टेशन हेड एवं चलचित्र निर्देशक दिनेश डि।सी। लगायतले बधाई एवं शुभकामना दिएका थिए ।लामो समय देखी नेपाली चलचित्र कलाकारीता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिले सम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संशारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् किर्तिमानी टिमका सदस्यहरुले ।नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्यो ४ हजार ७ सय ६८ मिटरको उचाईमा २०७६ असोज १० गते उक्त गीतको छायांकन गरिएको थियो ।

गीतमा हिमाल भनेको संसाको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिईएको छ । कार्यक्रमको आयोजना पावर ईन्टरनेशनल मिडिया नेपालले गरेको हो ।


 

 सृजना बनिन् 'मिस्टर एण्ड मिस टिकटक,२०२०' को विजेता

मनोरञ्जन


चितवन — पुस १२, २०७७। 

'मिस्टर एण्ड मिस टिकटक' प्रतियोगितामा अष्ट्रेलियामा रहेर टिकटकमा सक्रिय सृजना घिमिरे विजेता भएकी छिन।  

राजधानीमा शनिवार सम्पन्न प्रतियोगितामा सृजनाले विजेताको अवार्डसहित १ लाख ५० हजार रुपैयाँ हात पार्न सफल भईन। साथै उनले एउटा चलचित्र र दुईवटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छिन। 

प्रतियोगिताको फर्स्ट रनरअप काठमाडौं निवासी काजोल नेपाल भएकी छिन।  उनले फर्स्ट रनरअपको अवार्डसहित १ लाख रुपैयाँ हात पार्न सफल भईन। साथै नेपालले एउटा वेब सिरिज र एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन । त्यसैगरी पुनम तिरुवाले सेकेण्ड रनरअपको उपाधीसहित ५० हजार रुपैँया हात पारिन।

कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआई एकेडेमीको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचालित उक्त प्रतियोगितामा उत्कृष्ट १२ मा प्रतिस्पर्धा गरिरहेकाहरुमध्ये बाट ग्लोवल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङ र निर्णायकहरुको मत पश्चात विजेता छनौट गरिएको हो । जसको लागि ५० प्रतिशत मत अनलाईन भोटिङ मार्फत र ५० प्रतिशत मत निर्णायकमार्फत प्रदान गरिएको थियो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको निर्णायकको रुपमा चर्चित हांस्य कलाकार तथा निर्देशक किरण केसी, नायिका प्रियंका कार्की र नृत्य निर्देशक कविराज गहतराज रहेका थिए।  

प्रतियोगितामा विधागत तर्फ पब्लिक चोईस अवार्ड ईटहरीकी प्रेतिका अधिकारी, बेस्ट मेल डान्सर चितवनका मनोज बिके, बेस्ट फिमेल डान्सर चितवनकी शोना घिमिरे, बेस्ट मेल एक्टिङ गैंडाकोटका रोहित पाण्डे, बेस्ट पर्फर्मेन्स काठमाडौंका जनम परियार, मल्टीमिडिया अवार्ड चितवनकी अर्बिना ढकाल, कन्फिडेन्सियल अवार्ड चितवनकी बिकिता कंडेल, बेस्ट स्माईल अवार्ड रुपन्देहीकी आरोही अधिकारीले प्राप्त गरेकी छिन। 

कम उमेरका युवाहरूमाझ लोकप्रिय टिकटकबाट नयाँ प्रतिभा कलाकारितामा प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। जसको सेरोफेरोमा रहेर मिस्टर एण्ड मिस टिकट्क प्रतियोगिता आयोजना गरिएको द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन । कार्यक्रमको भव्य समापन पश्चात आफूलाई यस्ता कार्यक्रम आयोजना गर्न थप हौसला पुगेको लामिछानेले जनाए।