काठमाडौं –हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ निर्देशित तथा सञ्चारकर्मी राज लुईटेल द्वारा वियोगान्त कथामा निर्मित ‘जुन दिन मलाई’ बोलको आधुनिक गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । छन्दे च्यानल नामको युट्यूबमार्फत सार्वजनिक गरिएको भिडियो एभरग्रीन वल्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
कृष्णराज भण्डारीको स्वर, शब्द, सङ्गीत रहेको गीतको मुख्य भुमिकामा चकलेटी नायक तथा मोडल संजित भण्डारी, श्रीदेब भट्टराई तथा नवमोडल चन्दा कुईकेल रहेका छन् अन्य कलाकारहरूमा प्रेम पाण्डे, रोहित कार्की, शुशिला बिडारीलगायत रहेका छन् । यस गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन, हर्कमान वाईवा (रिदम)को छायांकन, युमिशा पाण्डेको शृङ्गार, मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ ।
अडियोतर्फ सबिन लिम्बुको म्युजिक एरेञ्ज, राजा बाबु, अजय कार्की रेकर्डिस्ट, चन्द्र चौधरीको मिक्सिङ रहेकोे छ भने अकेस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको पोस्टर डिजाईन आई क्याच स्टुडियोले गरेको छ । माया बोलिमा होईन व्यवहारमा देखाउनु पर्छ भन्ने मूल मर्मका साथ बनेको यो गीतलाई वास्तविकता एल्बममा समाबेश गरिएको छ ।
काठमाडौँ — माघ २१, २०७७।
नेपाली अविवाहित युवतीमा केन्द्रित सौदर्य प्रतियोगिता ‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल’ २०२१ को आवेदन खुल्ला भएको छ । आयोजक काजी प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसन माघ २४ गते शनिवार ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा हुने जनाएको छ ।
यस प्रतियोगितामा भाग लिन ईच्छुक प्रतिस्पर्धी नेपाली अबिवाहित युवती, १६ वर्षदेखि २५ वर्षसम्मका हुनेपर्ने जानकारी गराइएकाे छ ।
युवतीहरुको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि, वाककला तथा नेतृत्वदायी क्षमताको विकास गराउँदै समाजका लागि एउटा सक्षम नागरिक र जिम्मेवार व्यक्तिको उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । कोभिडको महामारीलाई ध्यानमा राखेर यो कार्यक्रम सुरक्षित तवरवाट गरिने आयोजक काजी प्रोडक्सनका प्रबन्ध निर्देशक सुशान्त काजी श्रेष्ठले बताए ।
प्रतियोगिताको पहिलो चरणमा छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसनलगायत प्रशिक्षण दिइनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि विद्यामा भने कोरियोग्राफर सुमन खड्काले ग्रुमिङ गर्नेछन् ।
प्रतियोगिताका विजेताले ‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल,२०२१’ को शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्यामपर जित्नेछन् । विभिन्न विधामा उपविजेता चयन समेत हुने प्रतियोगिताको विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस ग्लोवल ईन्टरनेशनल,२०२१’ मा नेपालको प्रतिनिधित्व समेत गर्ने प्रतियोगिताका कार्यक्रम व्यवस्थापक त्रिलोक बिक्रम थापाले जनाएका छन।
काठमाडौँ – चर्चित गायक तथा संगीतकार तेजस रेग्मीको आवाजमा लोकदोहोरी गीत मलाई भन अरुलाई भन्दिन रिलिज भएको केहि दिनमा नै सर्बत्र चर्चा बटुल्न सफल भएको छ ।
गीतमा गायक तेजस रेग्मीलाई राजु कंडेल र गायिका रिना केसीले साथ् दिएका छन् । छोटो समयमा नै चर्चा बटुल्न सफल उक्त गीतको शब्द, संगीत गायक स्योयम् रेग्मीले गरेका हुन् ।
योगेश काजीको संगीत संयोजन रहेको गीतलाई तेजस रेग्मीको आफ्नै अफिसियल युटुब च्यानल टि आर सिरिजबाट सार्बजनिक गरिएको हो ।
गीतको भिडिओमा मोडल दुर्गेश थापा, तेजस रेग्मी, अर्जुन गौतम, दिपाषा बिसी, गरिमा शर्मा र अस्मिता जुरेलीको दमदार अभिनय देख्न सकिन्छ ।
काठमाडौं – क्यानडाबाट नेपाली युवाहरूले हिपपप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समयदेखि क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा, कुशल बराल र निर्वाना श्रेष्ठको संयुक्त प्रयासमा ‘कोक एण्ड जेडी’ गीत सार्वजनिक भएको हो ।
दीप विष्ट (लेजी ब्याई)को सङ्गीत रहेको यो गीतको भिडियो क्यानडाको टोरोन्टो आसपासमा छायांकन गरिएको छ । युवा पुस्तालाई लक्षित गरेर निर्माण भएको गीतमा बिदेशी नागरिक र नेपालीको अभिनयलाई फ्युजन गराइएको छ ।
क्यानडाबाट सञ्चालित युटुब च्यानल ‘वानभर्स इन्टरटेन्मेन्ट’ बाट सार्वजनिक गरिएको गीतको भिडियो कोर्डेल फेर्मिनले खिचेका हुन् भने सम्पादन सुदिप मानन्धरले गरेका छन् ।
पछिल्लो समय हिपपप म्युजिक युवा पुस्ताको रोजाइमा पर्दै आएकोकोले यो गीत पनि दर्शक स्रोताले रुचाउने निर्माण टिमले अपेक्षा राखेका छन् ।
नेवाः भाय्, तजिलजिलिसें नेवाःया सकतां खँया प्रचार प्रसार यायेगु, न्हूपुस्तायात स्यनेकने यायेगुलिसें ल्यंका तयेगु तातुनां न्ह्याकाच्वंगु मिस नेवाः ११४१ या ट्यालेन्ट शो शनिवाः क्वचाःगु दु । नेप्लिज फेसन होमया ग्वसालय् दँय्दसं याना वयाच्वंगु मिस नेवाः कासा थुगुसी झिंन्याक्वःगु खःसा थुकिया ट्यालेन्ट शो शनिवाः किपूया नकतिनि दयेकाच्वंगु ससःत्वालय् क्वचाःगु खः ।
ज्याझ्वःया मूपाहां किपू नगरपालिकाया प्रमुख रमेश महर्जनं त्वाःदेवाय् मत च्याका उलेज्या यानादीगु ज्याझ्वलय् मिस नेवाः ११४१ य् ब्वति कयादीपिं झिंप्यम्हेसिनं थःथःगु प्रतिभा न्ह्यब्वःगु खः । ब्वति कयादीपिं मध्ये न्हय्म्हसिनं आधुनिक नेपालभाषाया म्येय् हुला प्याखं न्ह्यब्वःगु खःसा छम्हेसिनं कुमारी चर्या प्याखं न्ह्यब्वःगु खः । अथेहे अंग्रेजी भासं छम्ह व नेवाः भासं छम्ह याना निम्हेसिनं चिनाखँ न्ह्यब्वःगु खःसा बाँकीपिंसं आर्ट, बाँसुरीया धून, सितिं वनाच्वंगु प्लाष्टिकपाखें स्वां दयेकेगु कला व भ्वाइलिनया धून न्ह्यब्वयादीगु खः ।
ज्याझ्वःया मूपाहां किपू नगरपालिकाया प्रमुख महर्जनं मिस नेवाः ११४१ या ल्यज्यामिपिंत मतिनाया चिं लःल्हानादीगु खःसा पाहांपिं किपू नगरपालिका वडा नं १० या अध्यक्ष अमन महर्जन, कीर्तिपुर उद्योग बाणिज्य संघया अध्यक्ष राज्यलक्ष्मी शाक्य, ससःत्वाःया अध्यक्ष फिरोज सिंहयात नं मतिनाया चिं लःल्हानादीगु खः । ज्याझ्वलय् थःगु नुगः खँ तयादिसें मूपहाँ महर्जनं नेपालभाषाया उत्थानया लागि मद्दिक्क न्ह्यचिला च्वनादीगुलिं नेप्लिज फेसन होमयात सुभाय् बियादिल । मूपाहां महर्जनं नेवाः मिसातय्गु प्रतिभा ब्वयेगु इभेन्ट कथं छगू मंकाः दबू दयेकाच्वंगु तसकं महत्व दुगु खँ धयादिसें थुकी ब्वति कयादीपिं सकलसित भिंतुना देछानादिल ।
ग्वसाः खलः नेप्लिज फेसन होमया अध्यक्ष हेमा मानन्धरं थ्व सहित झिंन्याक्वःखुसी मिस नेवाः याये धुनागु जानकारी बियादिसें मिस नेवाः यायेमाःगु आवश्यकता व महत्वया बारे ध्वाथुइका दीगु खः । थुगु मिस नेवाः ११४१ या ट्यालेन्ट शोयात ग्वसाः खलःया अफिसियल सामाजिक संजाल नेवाः प्राइडपाखें तप्यंक प्रशारण जूगु खः । ज्याझ्वः सन् २०११ या मिस नेवाः टाइटल त्याकादीम्ह मय्जु सुनिता डंगोलं न्ह्याकादीगु खः ।
थुगु ट्यालेन्ट शोया विजयी थ्वहे वइगु ११४१ सिल्लाथ्व सप्तमि (२०७७ फागुन ७ गते) जुइगु मिस नेवाः११४१ या बिजं कासाय् घोषणा याइगु खः ।
काठमाडौं-दोस्रो राष्ट्रिय साधना म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरियको छ । ‘अग्रज लाई सम्मान नब प्रतिभा लाई प्रोत्साहन, कला, गला संस्कृती संरक्षणमा हाम्रो अभियान’ भन्ने उद्देश्य का साथ अवार्ड आयोजना गरियको अवार्ड का अध्यक्ष सामना साहले जानकारी दिइन । मनोनयनमा परेका स्रष्टा सर्जक लाई एक कार्यक्रमको आयोजनागरी प्रमाणपत्र बितरण गरिने आयोजकले जानकारी दिएको छ । यस्तै भोटिङ कोड पनि छिटो प्रदान गरिने जनाइएको छ ।
उत्कृष्ट पाँच मनोनयन लोकदोहोरी बिधा बिष्णु माझी-शित बिरही कार्की-आमा ५ कृष्ण रेउले- मालै प्रतिमा अर्याल-ताई न तुईको जिन्दगी गंगा पुन-भुल्न सक्ने हो कि होईन खोई लोकदोहोरी शब्द प्रल्हाद सुबेदी-सयको गुन शिव हमाल-झुम्का झलक्कै नेत्र अर्याल- झ्यालमा पर्दा छ कस्तुप पन्त- जिन्दगी पानीको फोका सुजन लम्साल – सुन्तला गुलियो लय खेम सेञ्चुरी- झ्यालमा पर्दा छ रामु खड्का- सोझोपन श्री कृष्ण बम मल्ल- धरोधर्म बिध्यानास सुर्य खड्का-लाईदिम कि मोहनी केशब सापकोटा – कि सानुलाई सन्चो छैन र शब्द (नबप्रतिभा) अमृत खाती- मिरमिरे साईली अनिस दवाडी- कामी दाईको छोरो रमेश बाबु थापा- रित्तो झोला राजेश ढकाल – के लाई टाढा हुन्छौ र सानु बिदुर आपागाई – होनी रेसम लय (नब प्रतिभा) नमराज ढुङ्गाना- पिरतीमा दम छ बिक्रम जंग शाह- खोला खल्सी ओम छिनाल- हारे मैले प्रकाश पराजुली – मञ्जरी दामोदर भण्डारी- छुर्पी चौरी गाईको गायक रामजी खाँड- जिन्दगी पानीको फोका पुश्कल शर्मा-सतीप्रथा राजेन्द्र कंडेल – निशाव नेत्र भण्डारी – बनपालेको लौरी बिरु लामा-भिरमा सेती गाई गायक (नबप्रतिभा) हरी गीरी “बिर्मर्सी”-ओई भन्यो बिक्रम राना- साईलो इश्वर थापा -लाइदिम कि मोहोनी रञ्जीत परियार- रेलको भाँडा बाबुराम भट्टराई – लाम छ माया गायीका बिष्णु माझी-पानी पाए पछी देवी घर्ती- बन कि चरी लक्ष्मी मल्ल – धरोधर्म बिध्यानास सरीता कार्की – लाउँछ माया उमा श्रेष्ठ – मिरमिरे साईली गायीका (नबप्रतिभा) बविना किराती – ओई भन्यो सिर्जु अधिकारी-खोला खल्सी मिरा गिरी- अमिलो अम्चुर रितु तामाङ्ग- मनचरी सञ्जु न्यौपाने -चाँदी कहाँ होला मोडल पुरुष (अभिनय) महेन्द्र गौतम- दुर्भाग्य बिमल अधिकारी – पिरती नलाम माया बुद्धबिर थापा – रुदै रुदै बसे ओबि रायमाझी – आँसी शिशिर पौडेल- आज मुटु मोडल महिला (अभिनय) सगुन शाही -ढुङ्गा जस्तो मन सारीका के.सी. -रुने भयो काम सञ्चिता शाही- स्यानु मायालु साया भण्डारी-पिरती नलाम माया उषा सुबेदी- दुई दिन हसायौ मोडल पुरुष (नृत्य) शंकर बि.सी. – लाम माया छपक्कै शिवन पोखरेल- बनपालेको लौरी सागर लम्साल “बले”- ओई भन्यो पि।एन।सापकोटा- न बनिदेउ छुच्चो लोमस शर्मा- मिर्सी खाने लाई मोडल महिला (नृत्य) अञ्जली अधिकारी – नगर पिर माया आरुसी मगर-मोयाले टिका जैशी-ओए छैली रिना थापा- जाने कि नजाले आयुस्मा कार्की – पिरतीमा दम छ निर्देशक शंकर बि.सी.- लाम माया छपक्कै काजीस श्रेष्ठ – लाईदीम कि मोहोनी कपिल लामा – जुनी जुनी लाई चित्र मास्के मगर-राम कसम बबिता श्रेष्ठ – तिमी हिड्ने बाटो आधुनिक बिधा गीतकार लोकराज अधिकारी – अरुको बन्न सकिन कृष्ण के.सी. -सक्दिन म त नारद आचार्य “सुदामा”-मोहनी अम्बिका गुरुङ्ग- कती माया गर्छौ रामचन्द्र ढकाल – पिडा नव गीतकार माया भट्टराई – कोशौँ टाढा गौतम डंगोल सन्देश -कहाँ थिए अरुन काफ्ले -भुल भुलैया बिरेन्द्र कुमार बलामी – मैले भुल्नै जानीन सुबिन गुरागाई- नलाएको माया संगीत सन्तोष श्रेष्ठ- उदास जवानी राजकुमार बगर – भाग्य मिलेन दिपक शर्मा- नलाएको माया राजेश थापा – पुतली हरी लम्साल- पानीको फोका २ गायक प्रमोद खरेल – भुपु माया २ स्वरुपराज आचार्य – जसलाई म आफ्नो सिडि बिजय अधिकारी – भुल भुलैया प्रताप दास- चाहन्छु राज सागर – याद लहर गायीका अञ्जु पन्त – धरै माया बिन्दु परियार-माया गर्छु है मेलिना राई -एक दिन प्रबिशा अधिकारी – कती माया रिमा गुरुङ्ग होडा- तिमी जुन बनेउ मोडल पुरुष नाजिर हुसेन- कुटु कुटु सनम कठायत- भुपु माया २ दुर्गेश थापा- बौलाह ३ बिकास लामिछाने – दुनियाँ लाई दुर राखौंला सुधिर श्रेष्ठ – भाग्य मिलेन मोडल महिला बर्षा रावत -एक्लै छु म शिल्पा पोखरेल -भुपु माया २ अप्सना थापा- एक पल्ट भन २ एलिजा गौतम- आटो पिठो सुनिषा बजगाई- कोशौँ टाढा मोडल पुरुष (नबप्रतिभा) दिनेश कठायत -जीवन साथि चिरञ्जीबि सापकोटा – हेर यो मुटुमा रबी सिंह -रानी बनाईदेउ जीवन संसार – मिलन खोज्ने यि नयन राज तामाङ्ग – बारीको बनमारा मोडल महिला (नबप्रतिभा) सुजल बम -जसलाई म आफ्नो प्रमिला क्षेत्री – कुटु कुटु आवाज आयो लक्ष्मी कार्की- मलाई सम्झी सुजिना घले- कहाँ थिए अस्मिता पन्त- पिपलु बर गायक (नबप्रतिभा) बादल थापा- हेर यो मुटुमा सम्राट चौलागाइ – आमा आर एन ठकुरी – अती भो भिम बिष्ट- मिनिरल वाटर सुमन सरगम- मेरो रानी बनाईदेउ गायीका (नबप्रतिभा) रचना रिमाल – पिरतीमा दम छ एलिना चौहान- छोडेर नजाउ मिना कार्की – सिरफुल इश्वरी बराल-नरीसाउन है रन्जिता लिम्बु – छोडेर नजाउ युगल गीत बादल थापा र मेलीना मैनाली – किन के भो र सुनिल कटुवाल र मेलिना राई – मुखैमा रामराम सुरेश लामा र बेनिशा पौडेल – पर्दैन पर्दैन राज खम्बु र सुजता बर्मा – मुना सम्राट चौलागाई र नितु पौडेल- आँखैमा प्यार निर्देशक अञ्जान शर्मा – अरुलाई माया देबेन्द्र पाण्डे – एक्लै छु म जीवन शाही – जवानी मा जनक सिंह – कथा एउटै सिर्जन बराल -हेर यो मुटुमा अन्य बिधा छायांकार शम्भु चालिसे – राम कसम उत्सव दाहाल – भुपु माया २ राजेश घिमिरे – पानी पाए पछी अजय रेग्मी – भिरमा सेती गाई राम कुमार के.सी. – किन के भो र सम्पादक दिपक बिष्ट – लाईदिम कि मोहोनी टेकेन्द्र शाह -अरुलाई माया बिनोद बम – निरजन किनार विकाश दाहाल – कोशौ टाढा राजेश कुमार – पीडा एरेन्जर केशव बडु- ओए काजल कमल सौराग- मोहनी सुदिप सागर-माया गर्छु राकेश शोनी – सेतो किरिमले सुविन सेञ्चुरी – किन के भो र
काठमाडौं - अधिबक्ता राजेन्द्र शर्मा “भाटु” ले सामाजिक सद्भाव बढाउने थारु नेपालि समायोजन गरिएको गित “सखिए हो” लिएर आएका छन । मेलिना राई, कमल बिसि माल्दाई र स्वयम राजेन्द्र शर्मा (भाटु ) को स्वरमा रहेको यस गित बागेश्वरी म्युजिक मार्फत बजारमा आएको हो ।
गायक तथा अधिबक्ता शर्माले आफुले थारु समुदाय र नेपालि समुदाय बिच सामाजिक सद्भाब बढाउन यो गित ल्याएको बताएका छ्न । शर्मा अधिबक्ता मात्र नभएर विभिन्न सामाजिक कार्यमा समेत आबद्ध छन । उनको शब्दर संगीत रहेको यस गितमा रमाइलो तरिकाले माया प्रेम लाई उतारिएको छ । थारु समुदायको केटा र पहाडि समुदायकी केटीको माया प्रेमलाई निकै रमाइलो किसिमले प्रस्तुत गरिएको राजेन्द्र शर्मा (भाटु ) ले बताएका छन ।
थारु केटाका बुवाले आफ्नो कला सस्कृति नबिर्सन समेत गित मार्फत भनेका छन । बुवाको भुमिकामा स्वयम राजेन्द्र शर्मा (भाटु ) नै देखिएका छन । यस गितमा करिश्मा ढकाल , कमल बि।सि। माल्दाई र स्वयम राजेन्द्र शर्मा (भाटु ) ले उत्कृष्ट अभिनय तथा नृत्य गरेका छन भने चर्चित थारु मोडल सुनिता दहित र महिमा कुश्मि समेत यस गितको भिडियोमा गेस्ट आर्टिष्टको रुपमा देखा परेका छन ।
अब केहि दिनमा राजेन्द्र शर्मा “भाटु” सुनिता दहित र महिमा कुश्मिको दमदार अभिनय रहेको थारु भाषाकै थारु भर्जन पनि आउदैछ । जुन गितमा राजेन्द्र शर्मा (भाटु ) र समिक्षा चौधरीको स्वर रहेको छ । यस गितलाई अहिलेका चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन भने प्रकाश खड्काले छायांकन गरेका हुन । यो गित कमल बिसि माल्दाई युट्युब च्यानल मार्फत बजारमा आएको हो ।
काठमाडौं – सातौं नेशनल क्यापिटल अवार्ड २०७७ आज नेपाल पर्यटन बोर्डमा भएको सम्पन्न भएको छ । क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका ठहरिए । गायक परियारले मेरो भागको खुशी गीतबाट अवार्ड चुमेका थिए भने अन्जु पन्तले थोपा थोपा आँसुबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन् । त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रियलाई पत्रकारिता रजत सम्मानबाट सम्मानित गरियो भने गीतकार युवराज अधिकारीलाई स्रष्टा सम्मान अर्पण गरियो । गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशकको संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राज कर्णिकारलाई साहित्य सम्मान, पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्रदान गरियो ।
त्यस्तै लोकदोहोरी तर्फ गायक सञ्जय गुरुङ र गायिका सीता केसीले उत्कृष्ट गायक गायिका लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए । गायक गुरुङले लुकीलुकी गीतबाट अवार्ड चुमे भने गायिका केसीले भाग्यले नि ढाँट्यो गीतबाट अवार्ड चुम्न सफल भइन् । उत्कृष्ट लोकदोहोरी निर्देशक दीप गुरुङ बन्न सफल भए भने उत्कृष्ट कोरियोग्राफर कजिस श्रेष्ठ बन्न सफल भए । उत्कृष्ट लोकदोहोरी शब्द अमृत खातीले चुम्न सफल ।
सुगम संगीततर्फ उत्कृष्ट संगीतकार विकास चौधरी भए भने गीतकारतर्फ हरि उप्रेती उत्कृष्ट बन्न सफल भए । उनीहरुले वल्ली होइन पल्ली गीतबाट अवार्ड चुमेका हुन् । गौतम खाती र श्रेया दुलाल उत्कृष्ट म्यूजिक भिडियो मोडल सुगम संगीतर्फको अवार्ड चुम्न सफल भए भने एसके दाहाल र सोनाम गुरुङले उत्कृष्ट मोडल लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए ।
त्यसैगरी उत्कृष्ट पप गायक चिरञ्जीवी भण्डारी भ एभने उत्कृष्ट पप गायिका उषा मलाहा बन्न सफल भइन् । पपुलर गायिका अफ दि इयर पपतर्फ गायिका लक्ष्मी पुरी प्रधान बन्न सफल भइन् भने पपुलर गायिका अफ दि इयर सुगम संगीततर्फ इन्दु बानियाँ उत्कृष्ट भइन् । उत्कृष्ट पप म्यूजिक भिडियो मोडल अनिता गिरी बन्न सफल भइन् भने पपुलर मोडल अफ दि इयर सुनिल लामिछाने बन्न सफल भए । राष्ट्रिय भावको गीतर्फ गायक नवीन पौडेलले लेऊ खुकुरी लेउ गीतबाट अवार्ड चुम्न सफल भइन् भने उत्कृष्ट गीतकार रमेश दाहालले ए झण्डा बोलको गीतबाट चुम्न सफल भए ।
मौलिक गीतको विधातर्फ उत्कृष्ट मौलिक विधा कौडातर्फ गायक प्रकाश गुरुङ र गायिका दीप गुरुङ उत्कृष्ट बन्न सफल भए । उत्कृष्ट मौलिक शब्द कौडातर्फ अविनाश थापा मगर उत्कृष्ट बन्न सफल भए । त्यस्तै उत्कृष्ट मौलिक गायिका सालैजोतर्फ बबिता गुरुङ उत्कृष्ट भइन् भने उत्कृष्ट नेवारी भाषा गायक देवमान तण्डुकार बन्न सफल भए ।कार्यक्रममा पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने गायिका मन्जु पौडेल, गायक गणेश गुरुङ, राज सागर र प्रकाश गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए ।
सम्मानितहरु
शान्तिप्रिय वरिष्ठ पत्रकार (पत्रकारिता रजत सम्मान)
युवराज अधिकारी, वरिष्ठ गीतकार (राष्ट्रिय स्रष्टा सम्मान)
सन्तोष श्रेष्ठ, संगीतकार (दशकको स्रष्टा सम्मान)
छिरिङ भुटिया, वरिष्ठ गायक तथा साउन्ड इन्जिनियर (राष्ट्रिय संगीत सम्मान)
च्याङ्बा लामा, वरिष्ठ फोटोग्राफर (राष्ट्रिय फोटोग्राफी सम्मान)
घनश्याम राजकर्णिकार, वरिष्ठ साहित्यकार (राष्ट्रिय साहित्य सम्मान)
दिनेश थापा, पत्रकार (राष्ट्रिय पत्रकारिता पुरस्कार)
देवीमाया आचार्य, समाजसेवी (राष्ट्रिय समाजसेवी सम्मान)
भिष्मराज फुलारा, गीतकार (राष्ट्रिय स्रष्टा सम्मान)
प्रतिमा गुरुङ, गीतकार तथा समाजसेवी (राष्ट्रिय स्रष्टा सम्मान)
मीना लुम्बा, गीतकार तथा समाजसेवी (राष्ट्रिय स्रष्टा सम्मान)
सुरेन्द्र महर्जन, गीतकार तथा कवि (राष्ट्रिय साहित्य सम्मान)
सुरज पौडेल, गायक (राष्ट्रिय संगीत सम्मान)
लोकराज अधिकारी, गीतकार (राष्ट्रिय स्रष्टा सम्मान)
उन्नती शीला बोहरा, प्रतिष्ठित गीतकार (लाइफटाइम अचिभमेन्ट अवार्ड)
अवार्ड विजेताहरु
सर्वोत्कृष्ट गायक राष्ट्रिय भाव : नवीन पौडेल –लेऊ खुकुरी लेउ)
सर्वोत्कृष्ट गीतकार राष्ट्रिय भावः रमेश दाहाल –ए झन्डा)
सर्वोत्कृष्ट पप गायकः चिरञ्जीवी भण्डारी, (बदमास)
सर्वोत्कृष्ट पप गायिकाः उषा मलाहाल (बाल मतलब)
पपुलर गायिका अफ दि इयर पपगीतः लक्ष्मी पुरी प्रधान (सिठ्ठी बजाउँछन्)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप गीतः अनिता गिरी (लगन जु¥यो)
पपुलर मोडल अफ दि इयर लोकदोहोरीः सुनिल लामिछाने (ढुंगाको मुटु)
सर्वोत्कृष्ट युगल गायनः कन्हैया सिंह र अन्जना गुरुङ
सर्वोत्कृष्ट डेब्यू मोडल पप गीतः पेमा तामाङ (तोरी फुल्यो पहेंलै)
पपुलर गीतकार अफ दि इयरः किरण के. उप्रेती
सर्वोत्कृष्ट डायस्पोरा गीतकार सुगमसंगीतः मीन बानियाँ (आकाश पनि)
सर्वोत्कृष्ट डेब्यू मोडल पुरुष सुगम संगीतः रवि सिंह (मेरो रानी बनिदेऊ)
सर्वोत्कृष्ट डेब्यू मोडल महिला सुगम संगीतः अपेक्षा सिंह (ठ्याक्कै भेटौंला)
सर्वोत्कृष्ट एरेन्जर सुगम संगीतः राजु कार्की (जीवन संघर्ष हो)
सर्वोत्कृष्ट मिक्सिङ ः भोला पौडेल (ए झन्डा)
पपुलर गायिका अफ दि इयर ः इन्दु बानियाँ (आकाश पनि)
जुरी अवार्ड भिडियो निर्देशकः स्मृति तिमिल्सिना (ठ्याक्कै भेटौंला)
पब्लिक च्वाइस अवार्ड पप गायनः जयन जे वाइबा (पुरानो बुलेट)
सर्वोत्कृष्ट मौलिक गायिका सालैजोः बबिता गुरुङ
सर्वोत्कृष्ट गायक नेवारी भाषाः देवमान तण्डुकार (गुलिचक ह्याका मेजु)
क्रिटिक्स अवार्ड लोकदोहोरीः सन्तु थापा (शिरै चढाउँला सोरठी)
सर्वोत्कृष्ट शब्द लोकदोहोरीः अमृत खाती (मिर्मिरे साइँली)
सर्वोत्कृष्ट कोरियोग्राफर लोकदोहोरीः कजिश श्रेष्ठ (लाइदिउँकी मोहनी)
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीतः देवेन्द्र पाण्डे (चट्ट बसम देउरालीमा)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीतः गौतम खाती (यो मुटुमा तिम्रै नाम)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीतः श्रेया दुलाल (आज किन)
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीः दीप गुरुङ (हे ठूली)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरीः सोनाम गुरुङ (तिम्रो रुपैले)
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरीः एस.के. दाहाल (रुँदै बाटो छेकम)
सर्वोत्कृष्ट मौलिक शब्द कौडाः अबिनाश थापा मगर (हे ठूली)
सर्वोत्कृष्ट मौलिक गायक कौडा गीतः प्रकाश गुरुङ (हे ठूली)
सर्वोत्कृष्ट मौलिक गायिका कोडा गीतः दीप गुरुङ (शिरैमा शिरफूल)
सर्वोत्कृष्ट गायक सुगम संगीतः शिव परियार (मेरो भागको खुशी)
सर्वोत्कृष्ट गायिका सुगम संगीतः अन्जु पन्त (थोपा थोपा आँसु)
सर्वोत्कृष्ट संगीतकार सुगम संगीतः विकास चौधरी (वल्ली होइन पल्ली)
सर्वोत्कृष्ट गीतकार सुगम संगीतः हरि उप्रेती (वल्ली होइन पल्ली)
सर्वोत्कृष्ट गायक लोकदोहोरीः सञ्जय गुरुङ (लुकीलुकी)
सर्वोत्कृष्ट गायिका लोकदोहोरीः सीता केसी (भाग्यले नि ढाँट्यो)
सर्वोत्कृष्ट भाका लोकदोहोरीः रामु खड्का (सोझो पन)
नुवाकोट - नाट्यश्वर भगवान हामी सबैको शान कला र कलाकारीताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मुल मन्त्रलाई चरितार्थ गर्दै विगतका वर्षदेखि नेपाली गीतसंगीत अनि कलाकारिताको जगेर्ना गर्ने हिसाबले नाट्यश्वर म्यूजिक अवार्ड गरिदै आएको छ । नेपालमानै समावेसि अवार्डको रुपमा नेपाली गीत संगीतको म्हेन्दोमाया, तामाङसेलो, मौलिक गीत, लोकदोहोरी, आधुनिक, पप तथा राष्ट्रिय भाव विधालाई समेट्दै दोस्रो नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक भएपनि कोरोनाको महामारी र त्यसपछि उत्पन्न परिस्थिति र लकडाउनको कारण ९ महिना अगाडी नै हुनु पर्ने दोस्रो सस्करण यहि माघ २४ गते नुवाकोटमा हुने भएको छ।
कार्यक्रम नेपालि कांग्रेसको केन्द्रिय सदस्य तथा पुर्ब शिक्षा तथा स्वास्थ्य मन्त्रि अर्जुन नरसिंह केसीको प्रमुख आथित्यमा बिदुर नगरपालिका वडा नम्बर १ स्थित होटल यान्ग्राको सभा हलमा हुने आयोजकले जानकारी दिएको छ । साथै कार्यक्रममा जिल्लाको स्थानीय निकायको प्रमुख ,उपप्रमुख ,नेपालि संगीत क्षेत्रको बिशिस्ट व्यक्तिहरुको उपस्थिति रहनेछ ।
कार्यक्रमको दिन नेपाली गीतसंगीत क्षेत्रका हस्ती, रंगपत्रकारिताको क्षेत्रमा कलम चलाउने चार जना संचारकर्मीलाई सम्मानित गरिने नाट्यश्वर म्यूजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण अवार्डको पहिलेको मितिमा गर्न नसकी हाल परिस्थिति सहज भएकोले अवार्ड भब्य र शब्य रुपमा गर्न लागिएको कार्यक्रमका सदस्य सचिव दिनेश शिवाकोटीले जानकारी दिएका छन् ।
यसैगरी कार्यक्रममा संगीत क्षेत्रका बरिस्ठ एकजनालाइ दिर्घ साधना सम्मान समेत प्रदान गरिने छ ्यसको साथै नया पुरा केहि कलाकर ,सामाजिक व्यक्तित्व पनि सम्मानित हुदै छन् ।
विश्वब्यापी रुपमा फैलिएको महामारी कोरोना नियन्त्रण गर्न उल्लेखनीय योगदान पुराएको जिल्लाको स्थानीय निकाय र सस्था समेत समानित गरिन लागेको कार्यक्रम निर्देशक किरण अधिकारिले जानकारी दिएका छन् सम्मानित हुने व्यक्ति ,श्रस्था ,सर्जक ,सामाजीक व्यक्तित्व र संचारकर्मिको नाम केहि दिनमा सार्बजनिक गरिनेछ ।
काठमाडौँ — माघ १२, २०७७।
साधना डिजिटल रेकर्डिङ स्टुडियोको शनिबार शुभारम्भ गरेको छ । अत्याधुनिक डिजिटल प्रविधिद्वारा रेकर्डिङ गरिने साधनाको हिजो शनिबार एक कार्यक्रमबीच शुभारम्भ गरेको हो ।
काठमाडौंस्थित नागार्जुन नगरपालिका–१, रानीवनमा गायक चन्द्रकुमार मोक्तानले उद्घाटन गर्दै सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा धर्म टेलिभिजनका अध्यक्ष खेन्पो सोनाम घ्युर्मे, नेपाल तामाङ संस्कृति घेदुङका उपाध्यक्ष कुमार घिसिङ, वरिष्ट गायक संगीतकार चन्द्रकुमार दोङ, गायिका इन्दिरा गोले, संगीत संयोजक डिका गुरुङ,संस्कृति घेदुङका उपाध्यक्ष एवं ताम्बा संघका अध्यक्ष धावावाङ्गेल लामाले स्टुडियोहरुको भीडमा एउटा स्टुडियो थपिएकाले व्यावसायिक रुपमा अगाडि बढ्न शुभकामना दिएका थिए ।
रेकर्डिङ स्टुडियोका संचालक संगीत शिक्षक, म्युजिक एरेन्जर,गायक एवं सङ्गितकार छेवाङतेन्जिङ लामा र बाँसुरी बादक सोनाम लो लामा हुन् ।
बहुल जात, भाषा, धर्म र कला, संस्कार, संस्कृति रहेको हाम्रो देशको श्रृंगारको रुपमा रहेको लोपोन्मुख गीतसंगीतहरु संकलन गर्दै अत्याधुनिक डिजिटल प्रविधिद्वारा रेकर्डिङ गरी उक्त गीतसंगीतलाई पुस्तौपस्तासम्म विश्वभरिका संगीत अनुरागीहरुले हेर्न र सुन्न सक्ने गरी डिजिटल लाइब्रेरीमा भण्डारण गर्ने उद्देश्यले स्थापना गरेको संचालकहरुले बताएका छन् ।
साथै विभिन्न चर्चित कलाकारहरुले यसै महिनामा सोहि रेकर्डिङ स्टुडियोमार्फत रेकर्डिङ गर्ने प्रतिबद्धता समेत जनाईसकेको युथ कृयसन नेपालका संस्थापक अध्यक्ष रबि लामा तामाङ ले जानाएका छन।
गायक छेवाङतेन्जिङले स्वर साधना संगीत पाठशालाबाट विगत वि.सं.२०५९ बाट गीतसंगीतका प्रशिक्षण दिइरहेका छन् ।