entertainment
||Power News Asia||

आजको समाचार

चौथो संस्करणको समावेशी म्यूजिक अवार्डको आवेदन खुल्ला

मनोरञ्जन


काठमाण्डौ- नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०२१” को आवेदन खुला गरिएको छ । आगामी चैत्र २० गते काठमाण्डौमा सम्पन्न हुने उक्त अर्वाडका लागी यहि पुष १६ गतेवाट आवेदन फारम खुल्ला गरिएको हो । तिन वर्ष देखी नेशनल पावर न्युज म्युजिक अवार्डको रुपमा आयोजना हुदै आएको यस अवार्डको नाम परिवर्तन गरी NATIONAL INCLUSIVE MUSIC AWARD (निम अवार्ड) अर्थात राष्ट्रिय समावेशी म्यूजिक अवार्ड नाम राखिएको हो । अव उप्रान्त नेशनल पावर न्युज म्युजिक अवार्डको आगामी संस्करणहरु राष्ट्रिय समावेशी अवार्डका रुपमा आयोजना गरिने आयोजक समितिका अध्यक्ष माधव राज खरलले वताएका छन् । 

यस अवार्डमा पहिलो वर्ष देखी नै नेपालमा बोलीने विभिन्न भाषा भाषीका गीत संगीतहरुलाई बिशेष प्राथमिकताका साथ समेटिदै आएको र अहिले सम्मकै बृहत संख्याका भाषाभाषीका गीतहरुको उत्साहपुर्वक सहभागिता हुदै आएकोले पनि यसलाई नेपालकै पहिलो सवाबेशी अवार्डको नारा दिईएको हो । नेपाली सहित काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई , लिम्बु , चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीतर भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् । 

नेपाली भाषाको हकमा अंग्रेजी क्यालेन्डर अनुसार २०२० जनवरी १ देखि २०२० डिसेम्बर ३० सम्म बजारमा आएका गीत तथा भिडियोहरु हुनु पर्नेछ भने अन्य भाषाहरुको लागि २०१९ र २०२० वर्ष भित्रका वजारमा आएका गीतहरुलाई समावेश गरिने छ आयोजक समितिको निर्देशक कमला जोशीले वताईन् । गीतहरु दर्ता गर्नको लागी आवेदनको अन्तिम म्याद फाल्गुन ५गते सम्म निर्धारण गरिएको वताईएको छ ।
 

प्रमोदको दोषमा देखिए सनम

मनोरञ्जन


काठमाण्डौ – प्रसिद्ध गायक प्रमोद खरेलको मार्मिक गीत दोष सार्वजनिक भएको छ । गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको उत्कृष्ट शब्द रचनामा पछिल्लो पुस्ताका लोकपृय संगितकार रोशन सिंहको उत्कृष्ट संगित रहेको छ ।

अधिकांस गायक प्रमोद खरेलका म्युजिक भिडियोमा अभिनय गर्ने उनै सदाबहार मोडल सनम कठायतको बेजोड अभिनय रहेको उक्त गीतको भिडियोमा सनमसंगै अस्मिता पन्तसं, सन्कर कोइराला र आबृती कोइरालाको समेत अभिनय रहेको छ ।

विकाश दाहालको सम्पादन , ज्ञानेन्द्र शर्माको छायांकन रहेको उक्त भिडियोको कथा र परिकल्पना मोडल स्वयं सनम कठायतकै रहेको छ भने निर्देशन अन्जन शर्माले गर्नु भएको छ ।

निकै मेहनतका साथ निर्माण गरिएको उक्त म्युजिक भिडियो चितवन् क्षेत्रमा छायांकन गरिएको हो भने एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको छ । म्युजिक भिडियो सार्वजनिक भए संगै यसको सर्वपक्षीय चर्चामा संगित वृतमा बढेको छ ।

सौन्दर्य सम्बन्धी ज्ञान लिदै ‘मिस नेवाः ११४१’ का प्रतिस्पर्धीहरु

मनोरञ्जन


काठमाडौँ — माघ ५, २०७७। 

नेप्लिज फेशन होमले आयोजना गरेको ‘मिस नेवाः ११४१’ पन्ध्रौं संस्करणका प्रतिस्प्रर्धिहरुलाई राजधानीस्थित काठमाडौँ मलमा रहेको ग्लो ब्यूटि स्टुडियोमा सौन्दर्य सम्वन्धी ज्ञान प्रदान गरिएको छ । 

एन एफ एच इभेण्टको सहकार्यमा ग्लो ब्यूटि स्टुडियोको संचालक तथा मोडल दिपाशा बिसीले ‘मिस नेवाः ११४१’का सम्पूर्ण प्रतिस्पर्धी तथा आयोजक टिमलाई खादा तथा केक काटेर सौन्दर्य सम्वन्धी ज्ञान प्रदान गर्ने कार्यक्रममा स्वागत गर्नुभएको थियो। 

आयोजक नेप्लिज फेशन होमले नेवार कला, भाषा तथा संस्कृतिको जगेर्ना गर्नका लागि विगत १७ वर्षदेखि लगातार ‘मिस नेवाः’ का साथै सानासाना नेवाः नानीहरुका लागि ‘मिस लिटिल नेवाः’ जस्ता सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आईरहेको आयोजक संस्थाका अध्यक्ष हेमा मानन्धरले जनाउनु भयो। 

‘मिस नेवाः ११४१’ का प्रतिस्पर्धीहरुलाई नेवारी कला, भाषा, भेषभुषा, संस्कृतीसम्वन्धी ज्ञानका लागि विभिन्न चरणमा हुने कार्यक्रम अन्तर्गत कल्चरल फोटोसुट, नेवारी पहिरण सम्वन्धी ज्ञान, नेवार भाषा तथा लिपीसम्बन्धी ज्ञान, नेवारी भोज तथा लाखवत्ती सम्वन्धी कार्यक्रम, ट्यालेन्ट शो लगायत विभिन्न चरणमा प्रतिस्पर्धीहरुलाई उक्त बिषयप्रतिको ज्ञान तथा उनीहरुको क्षमता अभिवृद्दी गराउँदै लैजाने क्रममा सौन्दर्य सम्वन्धी ज्ञान प्रदान गर्नु पनि आवश्यक रहेकोले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो। 

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण स्थगित रहेको कार्यक्रम स्वास्थ्य सम्वन्धी सम्पूर्ण सुरक्षाका उपायहरु अवलम्बन गर्दै  पुनः संचालनमा आएको हो। हाल अडिसनमार्फत छानिएका उत्कृष्ट १५ नेवार सुन्दरीहरु ‘मिस नेवाः ११४१’ को ताज जित्न प्रतिस्पर्धामा उत्रिएका छन। 

उक्त कार्यक्रममा नेपाल क्याेकुशिन सेईसिनका अध्यक्ष तथा नेपाल ब्रान्चचिफ शिहान अशाेक कुमार श्रेष्ठ लगायत मिस नेवाःनेपाल ११३९ का बिजेता नितु डंगाेल तथा मिस नेवाःहरु प्रजिता श्रेष्ठ, युनिसा शाहीकाे समेत विशेष उपस्थिति रहेकाे थियाे ।

‘लिटिल एण्ड टिन फारवेस्ट नेपाल २०२१’ को उपाधि एन्जल, आशिका र सन्दीपको हातमा

मनोरञ्जन


धनगढी — माघ ५, २०७७। 

न्यू राईज इन्टरटेनमेन्टको आयोजनामा धनगढीमा सम्पन्न भएको ‘लिटिल एण्ड टिन फारवेस्ट नेपाल २०२१’ को उपाधि एन्जल घिमिरे, आशिका शाह सन्दीप चौधरी ले जित्न सफल भएका छन्। 

एन्जलले मिस लिटिल फारवेस्ट नेपालको उपाधी हात पार्दा आशिकाले मिस टिन फारवेस्टको उपाधी आफ्मो हातमा पारिन।  त्यसैगरी मिस्टर टिन फारवेस्टको उपाधी सन्दीपले हात पार्न सफल भए। 

सुदूरपश्चिम प्रदेश पर्यटन ईकाइ प्रमुख  भोजराज पाठकको प्रमुख आतिथ्यता तथा नाङ्ग्लो क्याफेका संचालक वहादुर कार्कीको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा फर्स्ट रनरअपको उपाधी आरुषी शाहले पहिरिदा अर्गनाईजर चोईस तर्फको अवार्ड एलिजा देउवाले हात पारेकी थिईन। 

प्रतियोगिताका बिजेताहरुले उपाधीको साथमा बिभिन्न गिफ्ट ह्याम्परसंगै विभिन्न कम्पनिको ब्राण्ड एम्बस्डर तथा म्युजिक भिडियोहरुमा अभिनय गर्न पाउने कुरा कार्यक्रमका आयोजक कमल देउवाले जानकारी गराएका छन्।

पुजा सिंह र सागर सिंहको कोरियोग्राफी रहेको ‘लिटिल एण्ड टिन फारवेस्ट नेपाल २०२१’ को निर्णायकमण्डलमा रजनी केसी, ऐश्वर्य क्षेत्री र रितिका गुरुङ्ग रहेका थिए। 

कला संस्कृ्तिको सम्वर्द्दन तथा प्रवर्द्दन गर्ने हेतुले संचालित यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक प्रभाव पार्दै नयाँ प्रतिभाहरु उजागर गर्न आगामी दिनमा समेत यस्ता अन्य प्रतियोगिताहरु संचालन गर्दै जाने आयोजक हिमानी देउवाले जनाएकी छिन।

ऐलानमा देखिए नायक भट्टराई

मनोरञ्जन


काठमाण्डौ - चर्चित गायिका मेलिना राई र सञ्चारकर्मी एवं सरोज कोइरालाको ‘ऐलान गर्दिएँ लौ‘’ सार्वजनिक भएको छ । लाइमलाइट नेपालले प्रोडक्सन गरेको गीत आइतबार ओएसआर डिजिटलको यूट्युबबाट सार्वजनिक गरिएको हो । गीत १९ हजारभन्दा धेरैले हेरिसकेका छन् ।

म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रमा लामो समय रहेर काम गरिरहेका नायक श्रीदेव भट्टराई र ताजपुरियाले अभिनय गरेका छन् । डा. कृष्णहरि बरालका शब्दमा दीपक र्शमाले संगीत भरेका छन् भने कोरियाग्राफी समिर थोकरले गरेका छन् । ‘ऐलान गर्दिएँ लौ‘’ गीतमा म्युजिक भिडियोको निर्देशन हेमप्रभाष अधिकारीले गरेका हुन्

 

अमेरिकी इतिहासमा दोस्रो पटक महाभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति

मनोरञ्जन


एजेन्सी-अमेरिकी हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दास्रो पटक महाभियोग लगाएको छ । बुधबार दिउँसो अमेरिकी हाउसमा महाभियोग प्रति भएको मतदान दानमा ट्रम्पको विपक्षमा भारी मत खसेको हो ।

२३२ जान प्रतिनिधि भएको हाउसमा १९७ जनाले ट्रम्पलाई महाभियोग लगाउन दोस्रो पटक स्वीकृती दिएको छ । त्यस मध्ये १० जना उनकै पार्टीककाले विपक्षमा मत खसालेका थिए । राजधानीमा दंगा भड्किएपछि उनी अमेरिकी इतिहासमा पहिलो राष्ट्रपति हुन् जसलाई दूई पटक महाभियोग लागेको जनाइएको छ ।

सुपर प्लस साइज मोडलको दोस्रो अडिसन माघ १० गते

मनोरञ्जन


 

काठमाडौं, २८ पौष - मोडल सङ्स नेपालले आयोजना गर्दै आएको सुपर प्लस साइज मोडल २०२१ को दोस्रो अडिसन माघ १० गते हुने भएको छ । अल साइज इज ब्युटिफुल भन्ने नाराको साथ आयोजनामा आएको सुपर प्लस साइज मोडल नेपालको यो तेस्रो संस्करण हो । तेस्रो संस्करण अन्तर्गतको पहिलो अडिसन भने गत शनिवार सम्पन्न भएको थियो । काठमाण्डौको बागबजार स्थित बर्गर हाउसमा आयोजित अडिसनमा कुल २६ जनाले सहभागीता जनाएका थिए  ।  जस मध्ये उक्त अडिसनबाट कुल ९ जना फिनालेका लागि छनौटमा परेका छन् । टेलिभिजनकर्मी सरोज ओझा, अभिनेता दिपक डोटेल, कोरियोग्राफर रोजिन शाक्य र प्लस साइज मोडेल रुबी महतो सम्मिलित निर्णायक मण्डलले मोडलहरुको छनौट गरेको थियो ।  मोडल सङ्स नेपाल दोस्रो अडिसनबाट थप  मोडलहरु छनौट गर्दै  प्रशिक्षणमा सहभागी गराउने अन्तिम तयारीमा  छ । उनीहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले  मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिने छन् ।  प्रशिक्षण पस्चात सहभागीहरु बीच                            स्पर्धा गराईनेछ ।  

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वर्ल्ड टप प्लस साइज, २०२१’ मा सहभागिता जनाउन पाउने कम्पनीका प्रमुख डेभिल सिंह राजपुतले जानकारी दिएका छन्। उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने  पनि राजपुतले  जानकारी दिएका छन्।

राजपुतका भन्छन- ’प्लस साइज (मोटोपना) का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो’ ।  

प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती/महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साइज नेपालको आयोजना गर्दै समेत आएको छ ।

सातौं तीज म्यूजिक अवार्ड तथा चौथो काठमाण्डौं सर्टफिल्म फेष्टा सम्पन्न

मनोरञ्जन


काठमाण्डौ - बिगत ७ बर्षदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’को सातौं संस्करण र चौथो काठमाण्डौ सर्टफिल्म फेष्टा औपचारिक रुपमा आज सम्पन्न भएको छ । तिज पर्व अन्र्तगतको छायाँछवि तीज गीत म्युजिक अवार्ड संगीतकर्मी र कलाकर्मीले कोरोनाकहर र संन्त्रासका बिचमै पनि आफ्ना गीतहरु रेकर्ड गराएर तथा भिडियो निर्माण गरेर यसपर्वको महत्वमाथी आ–आफ्नो तरिकाले योगदान पुर्याएकाले पनि हौसला र योगदानको कदर स्वरुप अवार्ड रोक्न नहुने महशुस गरेर सबैको स्वस्थ्य सुरक्षाको ख्याल गर्दै पहिलेनै सर्बोत्कृट घोषणा गरिएको थियो ।
सरकारले गत आईतबार देखी औपचारिक रुपमा कार्यक्रम स्थलहरु खुल्ला गरिएको बताएपछि कार्यक्रमहरुले औपचारिकता पाएका छन् । कोरोनाका कारण रोकिएका छायाँछवि क्रियशनका कार्यक्रमहरु क्रमशः तिज म्युजिक अवार्ड र काठमाण्डौ सर्ट फिल्म फेष्टाका ट्रफि र प्रमाणपत्रहरु प्रदान कार्यक्रम सम्पन्न भएको हो । आज ठमेलको एसिई लाउन्ज एण्ड बारमा एक कार्यक्रमको आयोजना गरि सम्पुर्ण विजेता श्रष्टा तथा सर्जकहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
बिभिन्न ३३ बिधामा प्रदान गरिएकोे यस बर्षको अवार्ड समारोहमा विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरि विश्वकिर्तिमानी राख्न सफल चलचित्र निर्देशक माधव राज खरेल, पत्रकार कमला जोशी, पुष्कर नेपाल, गायक पुर्ण बहादुर राईलाई छायाँछवि किर्तिमानी सम्मान २०७७ बाट सम्मानित गरिएको छ भने लक्ष्मी बस्नेत र राजन थापालाई समाज सेवा सम्मान र पत्रकार राधिका अधिकारीलाई नारी रंगपत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ ।
छाँयाछवि क्रियशनका अध्यक्ष समेत रहेका शान्तिप्रियको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष समेत रहेका चलचित्र निर्देशक दयाराम दाहालप्रमुख अतिथिको रुपमा थिए भने गीतकार संघका अध्यक्ष शुभ मुकारुङ, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार डव्वु क्षेत्री, प्राज्ञ ज्योती वि।क।, अभिनेता श्रीदेव भट्टराई लगायतका अतिथिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । तीज म्यूजिक अवार्डको संयोजक गीता अधिकारी रहेकी थिईन भने राम ढकाल, दिपक थापा लगायत आयोजक समितिमा रहेका थिए । पत्रकार सुमन वैरागीले कार्यक्रलाई संचालन गरेका थिए ।
साथै पाचौं काठमाण्डौ सर्टफिल्म फेष्टाका लागि आज देखिनै आवेदन खोलिएको पनि यसै कार्यक्रम मार्फत जानकारी गराइएको छ ।

अवार्ड विजेताहरु यसप्रकार छन् :

१. उत्कृष्ट तीज गीत एरेञ्जर
मनोज राजभण्डारी : ढाकाको चोलीमा
२. उत्कृष्ट तीज गीत मिक्सिङ
भोला पौडेल : आयो तीज
३. उत्कृष्ट तीज गीत दोहोरी नव–गायन
आयुषा गौत : विधुवा
४. उत्कृष्ट तीज गीत नव गायिका
सरीता भारती : रातो सारी लरक्कै
५. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
मिलन विश्वकर्मा : बरी लै माईतीको आगन
६. उत्कृष्ट तीज गीत सम्पादक
विरेन्द्र भाट विपिन : सम्झायो माइतिघर
७. उत्कृष्ट तीज दोहोरी गीत छायांकार
मुकेश हुमागाई : रातो रातो सारी
८. उत्कृष्ट तीज गीत छायांकार
अजय रेग्मी : चट्टटै माया फरर
९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
रोविन पोखरेल : रातो रातो सारी
१०. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
दीपाशा बी.सी. : पीर नभाको
११. उत्कृष्ट तीज गीत मोडल
नन्दा बस्याल : हाम्री संगीनी
१२. उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक
मानसिंह खड्का : बुहारी –३
१३. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुरेन्द्र बसेल : सुरक्षित तीज
१४. उत्कृष्ट तीज गीत भिडियो निर्देशक
राजकुमार मगर : बुट्टा भरेको
१५. युगल तीज गीत
सुजाता के.सी./रोजी श्रेष्ठ : सलहका बगाल
१६. तीज गीत युगल मोडल (मौलिक)
नितु कोइराला/सुशीला थापा : नाचौं न नाचौं न
१७. उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
राजकुमार फिल्मस् : नक्कले भिनाजु –४
१८. उत्कृष्ट तीज गीत कम्पनी
एस. थ्रि. के. इन्टटेनमेन्ट : चेलीको बेदना
१९. उत्कृष्ट तीज दोहोरी गीत शब्द
लोकराज अधिकारी : आयो तीज
२०. उत्कृष्ट तीज गीत शब्द
दयाराम पाण्डेय : सुरक्षित तीज
२१. उत्कृष्ट तीज गीत मौलिक शब्द
शुष्मा देवकोटा : भेल्वेटको चोली
२२. उत्कृष्ट तीज दोहोरी गीत लय
हेम श्रेष्ठ : नाच्न आकी छु
२३. उत्कृष्ट तीज गीत लय
योगेश काजी : बजाउँदै चुरा
२४. उत्कृष्ट तीज दोहोरी गीत गायक
सुर्य खड्का : सलह किराले
२५. उत्कृष्ट तीज दोहोरी गीत गायिका
टीका सानु : बुहारी–३
२६. उत्कृष्ट तीज गीत गायिका
मञ्जु थापा : यसपाली तीजैमा
२७. उत्कृष्ट तीज गीत मौलिक गायिका
कला लम्साल : पातली –२, ऐना हेरी हेरी
२८. उत्कृष्ट तीज मौलिक गीत
अनिता चलाउने : यस्तो बनोस् मेरो तीज

२९. जुरी अवार्ड (तिज गीत गायिका)
सञ्जु लम्साल : हाम्री संगिनी
३०. जुरी अवार्ड (तीज मौलिक गीत यसगल मोडल)
शुशिला थापा : सलहका बगाल
३१. जुरी अवार्ड (तीज गीत भिडियो निर्देशक)
सुर्य चन्द : छम् छम् बजाउँदै चुरा
३२. पब्लिक च्वाईस अवार्ड (तीज दोहोरी गीत भिडियो निर्देशक)
देवेन्द्र कुवर : बिधुवा
३३. पब्लिक च्वाइस अवार्ड (तिज दोहोरी गायिका)
सिर्जना खत्री हाउडेमाया : छड्के तीलहरी
३४. इनकरेजमेन्ट अवार्ड (उत्कृष्ट तीज दोहोरी गीत गायक)
कमल बी.सी. : लुती (साडी सुतीको)
३५. सामाजिक सन्देशमूलक गीत
गरीमा ज्ञावाली : सुरक्षित तीज
३६. उत्कृष्ट मोफसल तीज गीत
श्री नगर फिल्मस् : कोरोना र लकडाउन

काठमाण्डु शर्टफिल्म फेष्टा

१. दोस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१५
उत्कृष्ट डकुमेन्ट्री : रोशनी के.सी. – तीज
२. दोस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१५
उत्कृष्ट शर्ट फिल्म : बी.बी. फुयाल – रक्तभोग

३. तेस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१७
उत्कृष्ट वायोपिक डकुमेन्ट्री : मनिष पन्थ – नरसिंह
४. तेस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१७
उत्कृष्ट डकुमेन्ट्री : विकाश घले गुरुङ – कोरियोग्राफि नेपाल
५. तेस्रो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१७
उत्कृष्ट शर्ट फिल्म : संजय पाण्डे – प्रेम दिवस

६. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
इन्करेजमेन्ट अवार्ड : पनाह अधिकारी – आमा (शर्ट फिल्म)
७. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
इन्करेजमेन्ट अवार्ड : हेम प्रभाष – द मास्क (शर्ट फिल्म)
८. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
पब्लिक च्वाइस अवार्ड : दीपक थापा – श्री गुप्तेश्वर महादेव गुफा (डकुमेन्ट्री)
९. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
जुरी अवार्ड : परिच्छेद शेन – मदर (शर्ट फिल्म)

१०. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
उत्कृष्ट कन्सेप्ट÷स्कृप्ट : मिम बहादुर बस्नेत – हलो (शर्ट फिल्म)
११. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
उत्कृष्ट वायोपिक डकुमेन्ट्री : शेखर खनाल – द स्याडो अफ एभरेष्ट
१२. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
उत्कृष्ट डकुमेन्ट्री : दयाराम घिमिरे – जोगी
१३. चौंथो काठमाण्डु शर्टफिल्म फेष्टा –२०१९
उत्कृष्ट शर्ट फिल्म : सुभाष गजुरेल – मधुमालतीको कथा

 

गीतकार संघमा नयाँ नेतृत्व

मनोरञ्जन


काठमाडौं - गीतकार संघ नेपालको अध्यक्षमा शुभ मुकारुङ चयन भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं महाधिवेशन तथा ११ औं साधारणसभाले अध्यक्षमा शुभ मुकारुङलाई चयन गरेको हो । यस अगाडि संघको अध्यक्षमा चुडामणि देवकोटा रहेका थिए ।

महाधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्त वित्यासी थापा, महासचिवमा रमेश कोइराला, सचिवमा महेश आचार्य, कोषाध्यक्षमा जित बहादुर घले जेबी संयोगी रहेका छन् ।
सदस्यहरुमा सुमि सिंह, शित्तल कादम्बिनी, प्रतिमा श्रेष्ठ, लोकराज अधिकारी, चेतन खतिवडा तथा उमेश राईलाई चयन गरेको छ ।

गीतकार संघको नयाँ कार्यसमिति छनोट गर्दा अध्यक्षमा दुई जना, उपाध्यक्षमा दुई जना, महासचिवमा तीन जना, सचिवमा दुई जना, कोषाध्यक्षमा एकजना र सदस्यमा ८ जनाको उम्मेदवारी परेको थियो ।

सभ्यताको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन


 

काठमाडौं — पुस २४, २०७७।

नायिका तथा मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

अनुप तिवारीको शब्द, संगीत तथा गायन रहेको ‘फूल’ बोलको गीत  हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

युवराज केशरीको निर्देशन रहेको ‘फूल’ बोलको म्युजिक भिडियोमा नारी संवेदनामा आधारित कथा देख्न सकिन्छ । 

उक्त भिडियाेमा सभ्यता संगै निर्देशक स्वयं युवराज केशरी, पवन तिवारी, राज श्रीवास्तव लगायतको अभिनय रहेको छ ।
यस्तै भिडियोमा प्रेम कार्की र नितेश तिमिल्सिनाको छायांकन तथा प्रेम कार्कीकै सम्पादन देख्न सकिन्छ ।

काठमाडौमा स्थायी घर भई भारतको मुम्बईलाई आफ्नो कार्यक्षेत्र बनाउदै आएकी सभ्यताले आफुलाई वलिवूडमा समेत स्थापित गर्ने क्रममा रहेकी छिन ! पछिल्लो समय रिलिज भएको हिन्दी म्युजिक भिडियो पसन्द आया लगायत तीन दर्जन भन्दा बढी हिन्दी नाटकहरुमा अभिनय गरी सकेकी सभ्यताले क्राइम पेट्रोल, सावधान ईन्डिया, तुम बिन जिया जाएना, सावित्री देवी कलेज एण्ड हस्पिटल जस्ता चर्चित हिन्दी सिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन ।