entertainment
||Power News Asia||

आजको समाचार

कस्तो बन्यो त “हेर यो मुटुमा चिरा पर्‍याछ”,को अफिसियल भिडियो (भिडियो सहित)

मनोरञ्जन


  काठमाडौं २५ साउन।
पछिल्लो समय एउटा फरक शैलीको सेन्टीमेन्टल गीत टिकटकमा अत्याधिक छाइरहेको छ। त्यो गीत हो गायक हुन् बादल थापाको “हेर यो मुटुमा चिरा पर्‍याछ”, जुन गीतलाई यतिबेला अत्याधिक रुचाइएको छ। सो गितको अफिसियल भिडियो अज आहा टिभि मार्फत सार्वजनिक भएको छ।


बादल थापाकै शब्द संगित रहेको उक्त गीतलाई चारैतिर दर्शक स्रोताले अत्याधिक रुचाएपछि अफिसियल म्युजिक भिडियो निर्माण गरिएको छ।


बिन्दास मिडिया नेटवर्क प्रालीले निर्माण गरेको  नयाँ अफिसियल भिडियोमा कलाकार रोश्नी कार्की र चिरञ्जीवी सापकोटा (जिबि चिरन),प्रेम पुरी ,राज थापा क्षेत्री एकसाथ देखिएका छन् । रोश्नी विगत लामो समयदेखि थ्रीयटरमा अभिनय गर्दै आएकी अब्बल कलाकार हुन् । 

यता, चिरञ्जीवी  पनि लामो समयदेखि मिडिया क्षेत्र हुँदै कलाकारितामा अगाडि बढीरहेका सन्चारकर्मी एवम् कलाकार हुन् । यसरी, दुबैजना अब्बल कलाकारहरु आवद्ध भएर निर्माण  उक्त “चिरा पर्‍याछ”को भिडियो उत्कृष्ट बनेको छ। भिडियोको छायांकार  ज्ञानेन्द्र शर्मा हुन् भने सृजन बरालले निर्देशन गरेका छन् ।
हेर्नु होस् पुरा  भिडियो https://youtu.be/G1BQ7Mqm80I

रक गायक बिनोद ढकालको कालापानी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौं — श्रावण २५, २०७७। 

नेपाली बव मार्लीको रुपमा ख्याती कमाएका चर्चित गायक बिनोद ढकाल ‘शास्त्र‘ व्याण्ड मार्फत आफ्नै, शव्द, स्वर तथा संगित रहेको गीत “कालापानी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

होमवर्क रेकर्डस नेपालको प्रस्तुतीमा निर्माण गीतलाई अन्य ब्याण्ड मेम्वर ड्रमसेटमा सुन्दर महर्जन, बैस गितारमा श्याम महर्जन लिड गितारमा दिपेश सिंहले साथ दिएका छन । प्रमोद परियारको एरेन्ज तथा प्रदिप जोशीको मिक्सिङ्गमा तयार भएको गीतको भिडियोलाई निर्देशन स्वयं गायक ढकालले गरेका छन । अरुण अशोक कुमार तथा कुवेर तामाङ्गको छायांकनमा निर्माण भिडियोलाई लक्ष्मण सुनारले सम्पादन गरेका हुन ।

राष्ट्रप्रेम संग सम्बन्धित गितमा गायक तथा शास्त्र बैण्ड मेम्वरहरु फिचर्ड रहेका छन । हाल अधिक चर्चाको विषय बनेको र भारतले अतिक्रमित गरेको कालापानी भूभाग को विषयमा समेटेर रचित गीतको भिडियो गायक् ढकालको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियो —

अमृत सुनुवार निर्देशित गायिका एलिनाको स्वरमा पिलेन चढेर को भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरञ्जन


काठमाडौं/ पछिल्लो पटक चर्चामा रहेकी गायिका एलिना चौहानको स्वरमा रहेको तीज गीत “पिलेन चढेर” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ज्योती अधिकारीको शव्द रहेको गीतलाई कल्याण सिंहले संगित दिएका छन । दिनेश श्रेष्ठको एरेन्ज रहेको गीतको रेकर्डष्टि लुमन स्थापित हुन । चर्चित छायांकार अमृत सुनुवारको निर्देशन तथा छायांकन रहेको भिडियोमा मोडल जुना सुन्दासको साथमा कोरसहरुको आकर्षक नृत्य देख्न सकिन्छ ।

संदिप भुजेलले कोरियोग्राफी गरेको भिडियो माधव बेल्वासेलेको सम्पादन रहेको छ भने विशाल अर्यालले सहनिर्देशन गरेका छन ।

भरिया बन्दै विपिन (भिडियो)

मनोरञ्जन


काठमाडौं – अभिनेता विपिन कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनी अभिनित ‘डर छैन’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा सन्तोष लामाको स्वर सुन्न सकिन्छ भने नारायण गौतमले शब्द कोरेका छन् । यस्तै गीतमा हरि लम्सालले संगीत दिएका छन् ।

भिडियोमा विपिनसँगै लोकमणि गौतम र बालकलाकार स्रभनी थापाको समेत अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । उनी फिल्म निर्देशक पनि हुन् । त्यसैगरी भिडियोमा हरि हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन छ ।

‘जात्रा’, ‘पशुपतिप्रसाद’, ‘प्रसाद’ लगायतका फिल्ममा अभिनय गरेका विपिनको यो तेस्रो म्युजिक भिडियो हो ।

‘नाचौंन नाचौंन…’ भन्दै आइन रेखा (भिडियोसहित)

मनोरञ्जन


सङ्गीतकार रेखा पौडेलले आफ्नै स्वर तथा सङ्गीतमा रहेको तीज गीत ‘नाचौंन नाचौंन…’ सार्वजनिक भएको छ । डा. कृष्णहरी बरालको रचना, कमल सौरागको सङ्गीत संयोजन र कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री तथा मोडल नीतु कोइराला तथा मोडल सुशिला थापाको साथमा गायिका पौडेलले नृत्य रहेको छ । भिडियोलाई सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन् ।

गायिका रोजी श्रेष्ठ र सुजाता केसीको गीत ‘सलहका बगाल बारीको पाटामा’ सार्वजनिक (भिडियो)

मनोरञ्जन


काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महान चाड चिजलाई सांस्कृतिक पर्वका रुपमा पनि हेरिन्छ । हिन्दू नारीहरुका लागि यो एउटा महत्व बोकेको पर्व हो । यही पर्वलाई उत्साह र उल्लासपूर्ण बनाउन गायक गायिकाहरु तिजका गीतहरु लिएर आउने गरेका छन् । यसैक्रममा गायिका रोजी श्रेष्ठ र सुजाता केसीले नयाँ गीत ‘सलहका बगाल बारीको पाटामा’ बजारमा ल्याएका छन् । ‘सलहका बगाल बारीको पाटामा’ गीत गीतकार लोकराज अधिकारीले लेखेका हुन् । गीतकार अधिकारी दाङमा रहँदा सलह र कोरोनाको दुःख भोगिरहेका बेला आएको तिजलाई गीतमा उतारेका थिए । गीतलाई लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका हुन् । गीतमा संगीत संयोजन संगीतकार पोखरेलकै रहेको छ ।

‘सलहका बगाल बारीको पाटामा’ भिडियोमा भिडियोमा दिपाशा बिसि र शुशिला थापाले छमछमी कम्मर भाचेका छन् । म्युजिक भिडियोको कोरियोग्राफ र निर्देशन काजिश श्रेष्ठले गरेका हुन । अजय रेग्मीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन ।

पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने

मनोरञ्जन


 
नेपालमा फरक क्षमता (अपांगता)भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ।

आज ललितपुरमा दिव्यज्योति फाउन्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमिको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

बिश्वब्यापी फैलिएको कोरोना को महामारीलाई मध्ये नजर गरि सामाजिक दुरि कायम गरिएको कार्यक्रममा विश्व साइकल यात्री चित्र पौडेलको सभापति र डा.समीर मणी दिक्क्षितको प्रमुख अतिथि,राष्ट्रिय अपाङ्ग पत्रकार संघका केन्द्रीय अध्यक्ष रबिन प्रसाद थपलिया,बरिस्ठ कलाकार किरण के सि,सुरेन्द्र के सि,बिश्व साइकल यात्री पुस्कर शाह,पुर्ब रा.मन्त्री बिराज बिष्ट,ज्योति के सि,गणेश राई लगाएतको अतिथिहरूको उपस्थिति र पत्रकार मिलन लामाको संचालनमा सम्पन्न भयो।

कार्यक्रम नेपालको लागि अहिलेसम्म कै पहिलो अवार्ड हुनेछ। अवार्डमा सहभागिता जनाउनको लागि देशका सातैवटा प्रदेशका मुख्य शहरहरु बिर्तामोड,ईटहरी,जनकपुर,चितवन,पोखरा, बुटवल नेपालगंज,धनगडीबाट फरक क्षमता भएका विभिन्न विद्याका प्रतिभाहरु छनौट गरी अवार्डको आयोजना काठमाडौंमा गरिनेछ।

अवार्डमा सहभागिता जनाउनेले नृत्य, गायन,चित्रकला,हस्तकला,आविस्कार,तथा संगीतिक कला प्रस्तुत गर्न सकिनेछ,जसलाई उत्कृष्ट प्रतिस्पर्धाका आधारमा विजेता घोषणा गराईनेछ ।
विजेताले एक लाख नगद सहित मुस्ताङ घुम्ने अवसर पनि पाउने छन्।

 

अवार्ड कार्यक्रम संयोजक र व्यवस्थापन विश्व साइकल यात्री चित्र पौडेल र रश्मि शाक्यले गरेका छन् ।
व्यवस्थापन युनिक भिजन डन्टरटेनमेन्ट र लायन्स क्लब अफ काठमाडौ र राईजिङग गोल्डडेन डिमले गर्ने भएका छन।आयोजक समितिमा टिका थापा मगर,अनिता पौडेल,सुजता देवन ले व्यवस्थापन गर्ने छन।

गोपाल ढकाल छन्दे निर्देशित “टेन्सन साफ” शुक्रबारबाट छन्दे युट्युब च्यानलबाट सार्वजनिक(भिडियो)

मनोरञ्जन


काठमाडौं– हास्य श्रृंखला टेन्सन साफ आज शुक्रबारदेखि युट्युबको छन्दे च्यानलबाट प्रदर्शन भएको छ ।

लामो समयदेखि अभिनयमा सक्रिय कलाकार गोपाल ढकाल छन्देले टेन्सन साफ शीर्षकको टेलिश्रृंखलामार्फत आफ्नो युट्युब च्यालन छन्देबाट निरन्तरता दिने भएका छन् ।

हर्कमान वाइबा (रिदम), रबिन भुषाल(कडा), राजेश महर्जन, सुर्यकला आचार्यको निर्माण संयोजनमा तयार भएको ‘टेन्सन साफ’ श्रृंखलाको लेखन तथा निर्देशन पनि छन्देले नै गरेका छन् ।

एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट प्रा.लि को ब्यानरमा निर्मित टेन्सन साफमा श्याम राई, उद्धव प्रसाद भट्टराई, गोपाल ढकाल(छन्दे), गीता नेपाल, रोहित कार्की, प्रमिला राई, हर्कमान वाईबा(रिदम), रबिन भुषाल(कडा), आशिका अधिकारी, उमेश पाण्डे (उमिशा),शोभित वाईबा, मिठु माझी, राजेश महर्जन आदिले अभिनय गरेका छन् ।

गोपाल ढकाल छन्देको शीर्ष गीत लेखन, बैकुण्ठ अधिकारीको एरेन्ज तथा संगीतमा कृष्ण भट्टरार्ई, उद्धव प्रसाद भट्टराई तथा गीता नेपालले स्वर दिएका छन् भने पाश्र्व संगीत धनु ग्याङ्ग्मीको रहेको छ ।

नेपाली जनजीवन, सामाजिक, पारिवारिक, राजनीतिक तथा आर्थिक सम्बन्धका विकृतिजन्य हासपरिहासको चित्रण गर्नु, हाँस्यव्यङ्ग्यका माध्यमबाट समाजको साङ्गोपाङ्गो चित्रण गर्नु, प्राकृतिक तथा मानव सिर्जित समस्याबाट आक्रान्त आम नागरिकका पीडामा हाँस्यको मलम लगाउनु र स्थापित कलाकारका माध्यमबाट नवोदित कलाकारलाई मन्च सिर्जना गर्नु यो श्रृंखलाको मूल उद्देश्य रहेको छ ।

 

सोमा र सविनाको चेतनामुलक गीत ‘बोकी सधैं दुनियाँमा’ सार्वजानिक

मनोरञ्जन


 

काठमाडौँ – नेपाली सांगितिक क्षेत्रमा सक्रिय गायिका सबिना श्रेष्ठ, सोमा खत्री तथा गायक सप्रेम सागरको सुमधुर आवाजमा नारी चेतना मुलक गीत ‘बोकी सधैं दुनियाँमा’ सार्बजनिक भएको छ।

सामाजिक कार्य र महिला ससक्तिकरणमा अग्रणी भूमिका निर्बाह गरेका दुइ महिला सोमा खत्री र सबिना श्रेष्ठले नारीहरुलाई चेतना फैलाउन तथा समाजमा घटिरहेका विभिन्न घट्नाहरुलाई उजागर गर्दै त्यसको बिरुद्ध आवाज उठाउन आव्हान गर्दै उक्त गित सार्बजनिक गरेका हुन्।

समाजिक गीतहरुमा कलम चलाउँदै आउका गीतकार देवदत्त भट्टको शब्द र सप्रेम सागरको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ विपिन भाटको सम्पादन, जनक अधिकारीको छायांकन रहेको छ भने दिनेश अधिकारिले निर्देशन गरेका छन्।

म्युजिक भिडियोमा गायिका तथा माननिय कोमल ओली, अधिवक्ता राजेन्द्र शर्मा, गीतकार देवदत्त भट्ट लगायत गायिकाद्धय सोमा खत्री र सविना श्रेष्ठले समेत अभिनय गरेका छन् ।

वुढासुव्वा म्यूजिकवाट सार्वजानिक गरिएको उक्त गीतलाई आम दर्शक एवं श्रोताहरुले मन पराउनेमा गायिकाद्धय विश्वस्त रहेका छन् ।

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीविरुद्ध प्रहरीमा पत्‍नीको उजुरी

मनोरञ्जन


काठमाडौं— श्रावण १६, २०७७।  

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीविरुद्ध उनकी पत्नी आलियाले प्रहरीमा उजुरी दर्ता गरेकी छिन्। 

मुम्बईस्थित वर्सोवा प्रहरी स्टेशनमा उजुरी दिएकी हुन्। 

नवाजुद्दीनसँग अलग भइसकेकी आलियाले २७ जुलाईमा दर्ता गरेको उजुरीमा जानी जानी कसैमाथि चोट पुर्‍याएको, अपमानित गरेको, धम्की दिएको तथा अपराधिक कार्य गरेको आरोप छ। प्रहरीले नवाजुद्दीनलाई नोटिस पठाइसकेको बताएको छ। तर, अहिलेसम्म उनलाई पक्राउ गरेको भने छैन। 

आलियाले भारतीय कानुन अनुसार आईपीसीको धारा ३२३, ३५४ (जानी जानी कोहीमाथि चोट पुर्‍याएको), ५०४ (शान्ति भंग गर्ने उद्देश्यले जानी जानी अपमान गरिएको), ५०६ (धम्की दिएको) तथा धारा ३४ अनुसार आपराधिक कार्य गरेको आरोप लगाएकी छिन्। 

नवाजुद्दीनमाथि आफ्नो भाइको गल्ती लुकाएको आरोपसमेत आलियाले  लगाएकी छिन्। उनले दिएको उजुरीमा भनिएको छ, "मेरो भतिजीले मलाई भनेकी थिइन्, मलाई अंकलसँग नपठाउनु, अंकलले मलाई नराम्रो व्यवहार गर्छन्।"

देवर मिनाजुद्दीनले उनकी छोरीमाथी २०१२ मा यौन शोषण गरेको तथा अश्लील भिडियो समेत पठाएको आरोप उजुरीमा उल्लेख गरेकी छिन्।

आफूले त्यसको प्रतिकार गर्दा देवरले कुटपिट गरेको समेत आलियाले बताएकी छिन्। त्यो समय मुम्बईमा रहेको श्रीमानलाई यो बारे जानकारी गराउँदा अहिले उ करिअरको शुरूआतमा छ, केही गर्‍यो भने उसको भविश्य बर्बाद हुन्छ भन्दै केही नगरेको आलियाको आरोप छ। 

(एजेन्सी)