entertainment
||Power News Asia||

आजको समाचार

पतिको साथ, मदिराको मातमा मस्त सन्नी !

मनोरञ्जन


एजेन्सी, १६ बैशाख । पुर्व पोस्र्ण स्टार तथा बलिउड नायिका सनी लियोनीको हट अवतार सामाजिक संजालमा हमेसा भाइरल भइरहेका हुन्छन् । उनको अदा हेर्न जो कोहि पनि लालायित हुने गर्छन् । त्यसैले त सन्नीले पनि बेला-बेला आफ्नो तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी हुन्छिन् ।

सन्नी निकै मिलनसार स्वभावकी र मिडियाफ्रेण्ड्ली भएको बताइन्छ । नेपाली चलचित्र पासवर्डमा पनि सन्नीले एउटा गीतमा डान्स गरेकी थिइन् । जुन गीतको लागि उनले दुई करोड नेपाली रुपैया लिएको चर्चा पनि उत्तिकै चलेको थियो । त्यसकारण पनि उनि चलचित्रको प्रिमियरका लागि नेपालसमेत आएकी थिइन् ।

उनै सन्नीले यतिबेला सामाजिक संजालमा म’दिरामा मस्त भएको तस्विर शेयर गरेकी छिन् । उनि पति ड्यानियल वेबरसँगै आफ्नै घरको डाइनिङ टेबलमा बसेर मदिरामा झुमेको देख्न सकिन्छ ।

नेपालमा छायाँकन भएको हिन्दी गीत युट्युवमा सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन


प्राकृतिक सौन्दर्यले भरिपुर्ण नेपालमा आएर फिल्म तथा म्युजिक भिडियोको सुटिङ्ग गर्नेहरुको भिड लाग्ने गरेको छ । अहिले लकडाउनले गर्दा कलिउड बलिउड तथा हलिउड प्रभावित भएका छन् ।

लकडाउन सुरु हुनु अगावै नेपालमा हिन्दी गीतको छायाँकन भएको छ । नेपाली प्राविधिक र केही कलाकारहरु प्रयोग गरि हिन्दी गीतको नेपालमा छायाँकन गरेको हो ।

पछिल्लो समय इन्डियामा टिकटक हुँदै म्युजिक भिडियोमा पपुलर बनिरहेका मोडल मञ्जुल खट्टर अभिनित ’साथिया तेरे बिना’ गीतको नेपालमा छायाँकन गरिएको हो । गीतमा उनीसँगै नेपाली नायिका तथा मोडल रिस्ता बस्नेत पनि देखिएकी छिन् ।

नेपालको पोखरा आसपास छायाँकन गरिएको भिडियोलाई जी म्युजिकको युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । छायाँकन सकिएपछी नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया मञ्जुलले दिएका थिए । नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यहिँ गीतको छायाँकनको लागि पहिलो पटक नेपाल आएका थिए ।

उनले सुन्दर भिडियो निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवाद दिएका छन् । गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ । गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन् । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शक्याले निर्देशन गरेका छन् ।

तात्कालिन समयमा नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाललाई टेवा पुग्ने उदेश्यले भिडियो तयार गरिएको सम्राटले बताए । 

लकडाउनमा साकिरालाई दर्शनशास्त्रमा डिग्री

मनोरञ्जन


लण्डन(एजेन्सी) । कोलम्बियन गायिका साकिराले लकडाउनको समयलाई उपलब्धिमूलक बनाएकी छन् । उनले यो समयमा अमेरिकाको पेन्सिलवेनिया यूनिभर्सिटीबाट प्राचीन दर्शनशास्त्रमा सर्ट टर्म डिग्री कोर्ष पुरा गरेकी छन् । साकिरा हाल दुई सन्तान र फूटबलर पति जेरार्ड पीकेका साथ स्पेनस्थित घरमा बस्दै आएकी छन् ।

‘मैले केही दिन पहिला नै पेन्सिलवेनिया युनिभर्सिटीमा चार हप्ताको प्राचीन दर्शनशास्त्रको ग्रेजुएट कोर्ष पुरा गरेकी छु । मलाई थाहा छ कि मेरो शोख निकै अव्यवहारिक छ । तर बच्चा सुतेपछि म यो काम गर्न सफल भएकी छु । पछिल्लो एक महिनाको समयमा मिलेको सबै किसिमको खुशीका लागि दार्शनिक प्लूटो र उनका पूर्ववर्तीहरुलाई धन्यवाद दिन चाहन्छु’, साकिराले ट्वीटेकी छन् ।

साकिराले यो ट्वीटमा कोर्ष पुरा गरेपछि प्राप्त गरेको सर्टिफिकेटको तस्बिर पनि राखेकी छन् । सुपरहिट गीत ‘हिप्स डन्ट लाई’ गायिका साकिराले गत महिना सामाजिक सन्जालमा लकडाउनलाई उद्देश्यपरक बनाउनका लागि आफूले पाठ्यक्रमलाई पुरा गर्ने निर्णय लिएको बताएकी थिइन् ।

प्रेमचन्दका उत्कृष्ट रचनामा आधारित ५ फिल्म, युट्युबमा

मनोरञ्जन


हिन्दी तथा उर्दू भाषामा कलम चलाउने प्रेमचन्द (१८८० देखि १९३६) भारतीय सिनेमासँग पनि जोडिएको नाम हो। 'निर्मला', 'गबन', 'गोदान', 'कायाकल्प', 'सोजे वतन' जस्ता बहुचर्चित उपन्यास लेखक प्रेमचन्दका सयौं कथा प्रकाशित छन्।

सशक्त कहानी लेख्ने सीप भएका प्रेमचन्द एक समय फिल्मको पटकथा लेखनमा पनि रूचि राख्थे। उनको कथामा सन् १९३४ मा 'मजदुर' नामको सिनेमा बने पनि उनी सन्तुष्ट हुन सकेनन्।

उनी फिल्म क्षेत्रमा नलागे पनि उनले लेखेका कथालाई उनको मृत्युपछिसम्म पनि फिल्म बनाउने काम भइरह्यो। उनको कृति वा फुटकर कथामा 'सेवासदन', 'हिरा मोती', 'गोदान', 'गबन', 'शतरञ्ज के खिलाडी', 'ऊका ओरी कथा'लगायत फिल्म बनेका छन्। उनकै रचनामा आधारित टेलिसिरियल, टेलिफिल्म र छोटा फिल्म पनि बनेका छन्।

जमिनदारी प्रथा, जातीय विभेद, अनिकाल, धनी र गरिबबीचको खाडल र आर्थिक शोषण, साम्प्रदायिकता, धार्मिक आडम्बरजस्ता कुराले समाजमा सिर्जेका समस्यामाथि निरन्तर आफ्नो लेखनमार्फत हस्तक्षेप गर्न चाहने प्रेमचन्द विचारले प्रगतिशील थिए। उनले गान्धीको असहयोग आन्दोलनलाई सहयोग गर्दै सरकारी जागिरसमेत त्यागेका थिए।

उनको लेखन गरिबको पक्षमा र शासकको विपक्षमा हुने भएकाले उनको कहानीमा आधारित 'सोजे वतन' फिल्मलाई त बेलायती सरकारले प्रतिबन्धसमेत लगाएको थियो। जनताको पक्षमा लेखेकै कारण राज्यले जरिवाना तिराएपछि उनी धनपतरायबाट मुन्शी प्रेमचन्द बनेका हुन्।

Munshi Premchand – Lit Cafe

प्रेमचन्द

प्रेमचन्दले आफ्नो साहित्यमा आममान्छेको भोगाइलाई विशेष स्थान दिए। साहित्यमा मनोरञ्जनलाई लोकवर्णनको माध्यम बनाए। गरिब, कृषक र निमुखा नै उनको लेखनमा सधैं मुख्य नायक-नायिका बनिरहे। उन्नाइसौं शताब्दीको उत्तरार्द्ध र बीसौं शताब्दीको पूर्वार्द्ध दशकको परिवेशको नाडी छामेका उनले मूलतः ग्रामीण समाजको यथार्थपरक ढंगले चित्रण गरेका छन्।

लेखनमा समाजको मुहार देखाउन सक्ने उनको यही सीप र शक्तिलाई भारतका दिग्गज निर्देशकले महत्व दिएको पाइन्छ। यसमा हिन्दी र उर्दूबाहेकका भाषामा फिल्म बनाउने निर्देशक पनि पर्छन्। तीमध्ये मृणाल सेन, सत्यजीत राय, हृषिकेष मुखर्जी, गुलजारजस्ता नामूद निर्देशकले उनका सिर्जनालाई फिल्ममा रुपान्तरण गरेका छन्।

गुलजारले प्रेमचन्दका उपन्यास र कथा आधुनिक भारतमा पनि उत्तिकै सान्दर्भिक छ भन्दै उनका 'गोदान' र 'निर्मला' उपन्यासलाई टेलिशृंखला बनाएर निर्देशन गरेका छन्।

यो सूचीमा साहित्यको फाँटमा ठूलो ख्याती कमाउन सफल उनै प्रेमचन्दका पाँच फिल्म छानिएको छ। यी फिल्मले उनको रचनाले जस्तै आममानिस र समाजको कथा भन्छ।

सदगति (१९८१) निर्देशक: सत्यजीत राय

प्रेमचन्दको 'सदगति' कथामा आधारित यो फिल्म चमार परिवारको कथा हो। फिल्म एक दिनको घटनामै सकिन्छ। फिल्ममा मुख्य पात्र दुःखीको भूमिकामा ओम पुरी छन् र स्मिता पाटिल उनकी पत्नी झुमरी बनेकी छन्। फिल्मको मुख्य पात्र दुःखी नामजस्तै गरिब छन्। उनी दुःखी भएपछि उनको परिवार सुखी हुने कुरै भएन।

दुःखी छोरीको 'सगाई'को साइतका लागि पण्डित (मोनह अगासे) लाई घरमा डाक्न हतारहतार खाली पेट घरबाट निस्कन्छन्। उत्साहित भएर घरबाट हिँडे पनि तथाकथित 'तल्लो जात'को दुःखीले भन्ने बित्तिकै पण्डितले के मानून्! उसलाई घरी झाडु लगाउन लाउँछन्, त घरी भुस बोक्न लाउँछन्। यति काम सकेपछि दुःखीलाई दाउरा काट्न अह्राउँछन्।

घाँस काटे पनि दाउरा काट्ने अनुभव नभएको ऊ मरीमरी बञ्चरो चलाउँछन्। खाना नपाए पनि तम्बाखुले मन शीतल पार्ने ठानेर छिमेकका मान्छेले दिएको गाँजा पिउँछन् र थाहै नपाई निदाउँछन्।

मस्त खाना खाएर डकार्दै एक निद्रा पुर्‍याएका पण्डित दुःखीलाई निदाएको देखेर आगो हुन्छन्। गाली गर्दै भोकै भए पनि दाउरा काट्ने आदेश दिन्छन्। केही समयमा फर्कनुपर्ने दुःखी नफर्केपछि झुमरी र छोरी चिन्तित हुन्छन्।

पण्डितले दिएको दाउरा काट्ने काम भोको दुःखीले कहिलेसम्म सकाउलान्? उनले काम सकाएर पण्डितलाई मनाएर घर लैजान सक्लान्? वा कथाले अरू नै कुनै मोड लेला? थाहा पाउन हेर्नुस्, 'सदगति'।

मालिकको शोषणलाई पनि सामान्य नियमका रूपमा स्वीकार्ने दुःखीजस्ता दलित पात्रको कथालाई 'सदगति'ले सरल तर स्पष्ट देखाएको छ। बाहिर विद्रोह गर्न नसके पनि दाउरा काट्दा कस्सेर बञ्चरो चलाउने दृश्यहरूमा दुःखीको आक्रोश देखिन्छ। फिल्मका तीनै मुख्य पात्रहरूको अभिनय दमदार छ।

भारतीय समाज र दक्षिण एसियामै जरो गाडेको छुवाछुतजस्तो अमानवीय मुद्दामा बनेको यो फिल्म भारतीय दुरदर्शन च्यानलले निर्माण गरेको हो।