काठमाडौँ । नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारका विषयमा सामाजिक सञ्जालका साथै विभिन्न सञ्चार माध्यममा आएका आरोप, प्रत्यारोप, विवादलगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार सङ्घको फेरि ध्यानाकर्षण भएको जनाइएको छ । नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यो भन्दा अगाडी मिति ०७७ जेठ १८ गते, ०७७ जेठ २३ गते र ०७७ असार १८ गते प्रेस विज्ञप्ती मार्फत सबै पक्षको ध्यानाकर्षण गराएको भन्दै फेरि ध्यानाकर्षण भएको जनाएको हो । चलचित्र कलाकारका समस्या र विवाद समाधानका लागि सङ्घले पहल गर्दै आइरहेको पनि भनिएको छ ।
नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ । आफूलाई लागेका कुराहरु मात्र हैन पीडालगायतका विकृती विसङ्गती विरुद्ध आवाज उठाउन पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हो । कसैको अभिव्यक्ती चित्त बुझेन भने शिष्ट भाषामा मर्यादित तरिकाले त्यस्को आलोचना र प्रतिवाद गर्न पाइन्छ । तर, आलोचना र प्रतिवादको नाममा कसैलाई गाली गलौच र अशिष्टताको प्रदर्शन गर्नु निन्दनिय हुने भनिएको छ ।
कुनै कलाकारलाई दुव्र्यवहार भए, हिंसामा परे वा मर्कामा परेमा तत्कालै आफ्नो मर्का पीडा आफूमाथि भएको दुव्र्यवहारबारे सङ्घलाई जानकारी गराउने र सोही समयमा आवश्यक कानुनी उपचार लिएमा प्रभावकारी हुने भएकाले तत्काल आफ्नो पीडा, समस्या, मर्का, सङ्घलाई जानकारी दिने र कानुनी उपचार लिने सङ्घका सबै सदस्यहरुलाई पनि यसै बक्तव्य मार्फत अनुरोध गर्न चाहन्छौं भनिएको छ ।
यस्तै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सचेतना फैलाउने कार्यको समेत अभिभारा लिएका कलाकारहरुले आदर्श समाज निर्माण गर्नुपर्ने भएकाले कलाकारहरुले हिंसा पीडा र अन्यायलाई निरुत्साहित गर्न लागिपर्नु पर्ने कुरा पनि यसै बक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं । हाल चलचित्र क्षेत्रमा देखिएका विविध समस्या र विवादको समाधानका लागि चलचित्र क्षेत्रका सबै पेशागत सङ्घ संस्थाले चासो राख्नु पर्ने र ऐक्यवद्ध हुनुपर्ने पनि यसै बक्तव्य मार्फत अनुरोध गर्दछौं भनिएको छ ।

काठमाडौं– गायक चिरञ्जीवी भण्डारी नयां गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् ।
‘बदमास’ बोलको उक्त गीतको म्युजिक भिडियो बिहिबार साँझ सार्वजनिक गरिएको छ । उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् भने शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् । गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् ।
दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।
दर्जनौ लोकप्रिय गीतमा संगीत भरेका संगीतकार एवम् गायक सन्तोष श्रेष्ठको नाम गिनीज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता भएको छ । तिम्रो दिलमा चोट लाग्दा, तिमीले पराइ ठानेपछि लगायतका उनले सयौ गीतहरुमा संगीत भरेका छन् ।
दाङ्गको हापुरमा जन्मिएका सन्तोष लोक संगीतबाट संगीतकर्ममा लागेका थिए । सुगम संगीतको क्षेत्रमा अहिले उनी लोकप्रिय संगीतकारको रुपमा चिनिने गरेका छन् । उनले एउटै गीतलाई अन्तर्राष्ट्रिय ११ भाषामा संगीत गरेका कारण गिनीज बुक अफ द वल्र्ड रेकर्डमा नाम राख्न सफल भएको बताए ।
काठमाडौमा बसेर संगीत कर्मलाई नै व्यवसाय वनाएका श्रेष्ठले डिआर उपाध्यायको शब्दमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १२ भाषामा गीत रेकर्डिङ गरिएको थियो । विगत २० वर्षदेखि नेपाली गीत/संगीत क्षेत्रमा सक्रिय सन्तोष यो सफलताले आगामी दिनमा झनै संगीत कर्ममा डटेर लाग्ने प्रोत्साहन मिलेको बताउँछन् ।
गीतमा सागर अधिकारी, प्रकाश तिमल्सिना र डा. डि आर उपाध्यायको स्वर छ। यो गीतलाई देवेन्द्र नेवाले एरेञ्ज गरेका हुन्।

काठमाडौं,
असार २३ ।
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायाको सागरमा’को लिरिकल भिडियो सार्वजनिक भएको छ । केही समय अघि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको यो गीतको लिरिकल भिडियो डीआर म्युजिक क्रिएशन मार्फत सार्वजनिक गरिएको हो ।
मायाको सागरमा’ एक गीत १२ भाषामा (12 Languages in one song)ले गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको हो । गीतमा सन्तोष श्रेष्ठको सङ्गीत निर्देशन रहेको छ भने देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।
एल्बममा रहेका गीतमा सागर अधिकारी ‘शरद’, डा. डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर रहेको छ । यो गीतलाई नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारी रेकर्ड गरिएको हो ।
डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र सपनाकी रानी जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् ।
डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । गीत लेखेर डा. डीआर उपाध्यायले विभिन्न १५ वटा विश्व रकेर्ड राखेका छन् ।
भुवन चैत्य बसुन्धरा फाउण्डेशनले नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा ६ दशक भन्दा बढी समय देखि कार्यरत विशिष्ट नृत्य निर्देशक भैरव बहादुर थापालाई हरिश भुवनचन्द पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
यसैगरी चैत्य देवी सिंह पुरस्कार ४ दशक भन्दा बढी समय देखि रंगमञ्च, चलचित्र तथा सामाजिक सेवामा सकृय रहेएका विशिष्ट हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी) लाई र चेतनारायण बसुन्धरा भूसाल पुरस्कार ५ दशक भन्दा बढी समय देखि रंगमञ्च तथा चलचित्रमा कार्यरत विशिष्ट अभिनेत्री सकुन्तला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।
प्रत्येक पुरस्कारको रकम एकाउन्न हजार राशीको रहेको छ। फाउण्डेशनकी अध्यक्ष वरिष्ठ कलाकार बसुन्धरा भुसालकाे अध्यक्षतामा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे।
अघिल्लो वर्षको तीनवटै पुरस्कार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई एक लाख त्रिपन्न हजार प्रदान गरिएको फाउण्डेसनले जनाएको छ।

काठमाडौं– सफल संगीतकारको रुपमा चर्चा कमाएका संगीतकार सन्तोष श्रेष्ठले आफ्नै स्वर र संगीतमा ‘मायामा मालामाल’ बोलको गीत ल्याएका छन्। सन्तोषलाई मीना कार्कीले स्वरमा साथ दिएकी छन्। डा. नवी अधिकारी (टाकिन्द्र)को शब्द रहेको गीतको एरेन्ज देवेन्द्र नेवाःले गरेका हुन्।
किशोर थापाको मिक्सिङ रहेको गीत ए–वान म्यूजिसियन स्टूडियोमा रेकर्ड भएको हो। म्यूजिक भिडियोको निर्देशन सन्तोष राजबहाकले गरेका छन्। भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठले अभिनय गरेका छन्। भिडियोमा उत्सव दाहालको छायांकन छ।
उपन्यासकार तथा गीतकार डा. डीआर उपाध्यायको आज अर्को विश्व रेकर्ड सार्वजनिक भएको छ । आधुनिक गीति एल्वम ‘मायाको सागरमा’ एक गीत १२ भाषामा (12 Languages in one song)ले गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको सार्वजनिक गरिएको हो ।
गीत लेखेर यसअघि विभिन्न १४ वटा विश्व रकेर्ड राखेका उपाध्यायको शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा सामाजिक दुरी कायम राख्दै पत्रकार भेटघाटबीच गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको सार्वजनिक गरिएको हो ।
उक्त अवसरमा प्रमुख अतिथि मन्त्री रामेश्वर राय यादवले ‘उपाध्यायले गीत मार्फत धेरैवटा विश्व रकेर्ड कायम गर्नुभएको विषय सम्पूर्ण नेपालीकै लागि गौरवको कुरा हो’, भन्दै ‘उपाध्यायका अझ रेकर्डहरु कार्यम हुँदै जाउन’ भने ।
उपाध्यायले ‘म समाजका लागि गीत लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’, भन्दै आफूले रेकर्ड, पुरस्कार र अवार्डका लागि गीत लेखेकको नभई लेख्दै जादा गीत मार्फत विभिन्न पुरस्कार, अवार्ड तथा रकेर्ड राख्न सफल भए’, भने ।
मायाको सागर एल्बममा रहेका गीतमा सन्तोष श्रेष्ठको सङ्गीत निर्देशन रहेको छ भने देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । एल्बममा रहेका गीतमा सागर अधिकारी ‘शरद’, डा. डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर रहेको छ । सो अवसरमा सङ्गीतकार, एरेञ्जर र गायककालाई वल्र्ड रेकर्डको प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै डा. उपाध्यायलाई मन्त्रीले बधाई तथा शुभकामना सम्मान प्रदान गरेका थिए ।
डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक छन् ।
त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र सपनाकी रानी जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् ।
डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका १९ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् उनका ।
२०७५ साल असार ८ गते पहिलो एल्वम ‘प्रणय’ स्रोता/दर्शकमाझ ल्याएका डा. उपाध्यायले २०७५ सालको मंसिरमा सातवटा गीतिएल्बम, जेठमा तीन गीति एल्बम, २०७६ कात्तिकमा सात गीति एल्बम र फागुनमा एक गीति एल्बम गरी १९ वटा गीति एल्बम स्रोता÷दर्शकमाझ ल्याएका छन् । यसरी उनले छोटो समयमै धेरै गीत सार्वजनिक गरेका छन् ।
गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले वल्र्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, वल्र्ड बुक्स अफ लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् । उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् ।
‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीतकार पुरस्कार’बाट पुरस्कृति गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत-सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायःजसो सबै अवार्ड चुम्न सफल भएका छन् ।
काठमाडौं । चर्चित गायक आनन्द कार्कीको स्वर रहेको गीत ‘नेपाल भारत’ सार्वजनिक भएको छ । नयाँ गीत ‘ नेपाल भारत’ हाल नेपाल भारत वीच सिमा बिवादले देखिएको चिसिएको सम्बन्धलाई सुधार गर्नुपर्छ भन्ने सन्देश गीत मार्फत प्रस्तुत गरेका छन ।
‘नेपाल र भारतबीच मित्रताको बर्षौं पुरानो सभ्यता भएको र गहिरो सामाजिक, सांस्कृतिक सम्बन्धमा निहित रहेकोले दुवै देशबीचको व्यापारिक सम्बन्धलाई मजबुत रुपमा अघि बढाउन आवश्यक देखिएकोले उक्त गीत तयार पारिएको ‘ जानकारी लोकप्रिय गायक कार्कीले बताए ।
बुद्धिसागर दाहालको शव्द,भुपेन्द्र रायमाझीको एरेन्ज तथा संगीत रहेको गीतको भिडियोलाई चर्चित कोरियोग्राफर समेत रहेका म्यूजिक भिडियो निर्देशक माईकल चन्दले निर्देशन गरेका छन ।
बिरेन टिटुङ्ग तथा बिनोद याक्खाको छायांकन,राम सिंह भाटको सम्पादन रहेको भिडियोको कन्सेप्ट अनुज कार्कीको रहेको छ । वल्र्ड कभर मिडियाको पोष्ट प्रडक्सन रहेको भिडियोलाई गायक कार्कीको आफ्नै यूट्यूब च्यानल आनन्द कार्कीबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस :
नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करणका लागि फिल्म दर्ता गर्ने समय खुल्ला गरिएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको फेस्टिभलको नयाँ संस्करण फागुन १२ देखि १६ (फेब्रुअरी २४ देखि २८,२०२१) सम्म हुने र त्यसका लागि आवेदन खुल्ला गरिएको आयोजकले जनाएको छ ।
फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीहरुले यही २०२० जुलाई १ देखि नोभेम्बर ३० सम्म सहभागिताका लागि आवदेन गर्न सकिने प्रतिष्ठान अध्यक्ष पाठकले विज्ञप्ति मार्फत् जनाएका छन् । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरुभएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । ‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड अवार्ड प्रदान गरिनेछ भने यो फिल्मले इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजको जुरीको तर्फबाट आइएफएफएस डन क्विजोट अवार्ड (IFFS Don Quijote Award) प्राप्त गर्नेछ । यसैगरी अन्तर्राष्ट्रिय विधा तर्फै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान गरिनेछ । साथै , नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख नगद, उत्कृष्ट सर्ट फिल्मलाई रु. ५० हजार नगद र सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफि प्रदान गरिनेछ । यो बाहेक फिचर फिल्म विधा तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । फेस्टिभलमा सहभागिताका लागि फिल्मकर्मीहरुले www.filmfreeway.com मार्फत फिल्म पठाउनुपर्नेछ ।
अन्त्ररास्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्ट र डकुमेन्ट्री फिल्मले १५ अमेरिकी डलर र फिचर फिल्मले २० डलर आबेदन शुल्क Filmfreeway लाई तिर्नुपर्नेछ । । यसैगरी महामारीको विषयमा बनेका फिल्मले १० डलर तिरेर सहभागिता जनाउन सक्नेछन् । तर,नेपाली प्रतिस्पर्धा अन्तर्गत आबेदन दिन भने भने कुनै शुल्क लाग्ने छैन।
१५असार २०७७
युकेशमान ज्ञवाली । चितवनकै गरिमाबोकेको युवालक्षितकार्यक्रम मिष्टर एण्ड मिस चितवन एसइइ २०२०सुरु भएको छ ।अनलाइन अडिसन वाट छनोटमा परेका १० जनासहभागि सहितकार्यक्रम सुरु भएको आयोजक स.स्थामञ्जरी नेपालकाअध्यक्षबिशालएचआलले बताउन्ु भयो । अनलाइन अडिसनमाआएकाकरिब २ सय ५० जनामध्ये १० जनालाइमात्रअन्तिमप्रतियोगितामा सहभागि गराइएको हो ।
प्रतियोगिताअव ४५ दिन सम्मचल्ने कार्यक्रमकीअध्यक्षअञ्जु श्रेष्ठले बताउनु भयो । कार्यक्रममाउपाधिविजेतालाइआउदो अप्रिल २०२१ माम्यानमारमाआयोजनाहुने लिटिल मिस एण्ड मिष्टर वल्र्डमा सहभागिताको अवसर रहेको छ । यसका साथै कक्षाको निशुल्क छात्रवृत्तिको अवसर रहेको छ । विभिन्न पुरस्कार सहितअन्य २ जना रनर अप छनोट गरिने कार्यक्रमकानिर्देशकओमश्री रामदामले बताउनु भयो ।
सन २०१७ बाट सुरु भएको प्रतियोगिताको यो चौथ्यो सस्करण हो । कार्यक्रममा सहभागिको लागी टिर्सट वितरण गरिएको थियो । नेपालीकथानकचलचित्रमाया बस्छ कि के हो ले प्रायोजन गरिएको टिर्सट वितरणमा चलचित्रकानायक सोनालतामाड्ढ उपस्थित रहनु भएको थियो ।
कार्यक्रममावाइइभेण्टका सुरज शाह , सिनर्जी एफएमका स्टेशनम्यानेजर रामकान्तपौडेलले कार्यक्रम सफलताको शुभकामनाव्यक्तगर्नु भएको थियो ।