नेपाली गीत संगीतको दुनीयाँमा अर्को एउटा मनछुने गीत बजारमा आएको छ । गीतकार डीपी दाहाल ‘परीश्रमी’ को रचनामा रहेको संसार जितेर गएनि माटोलाई भुल्दीन बोलको म्युजिक भिडियो बजामा आएको हो । डिलाईटेड नेपालयुटुब च्यानल मार्फत बजारमा ल्याईएको सो गीतमा लोकप्रीय गायक निशान भट्टराईले स्वर दिएका छन् ।अनुभवी संगीतकार लक्ष्मण शेषले दिएको संगीत उतिकै मनछुने छ ।
गीतले देशको माटो र मातृभूमि नेपालको बारे मर्म पोखेको छ । मिचिएको कालापानी, लिपुलेक देखी जातीय छुवाछुत विरुद्घको गीत निकै शसक्त बनेको छ ।सार्वजनिक भएको केही दिनमै यो गीतले चर्चा कमाएको गीतकार ‘परीश्रमी’ले बताए । उनका अनुसार आफ्नो मातृभुमिलाई कोरोना कहरले बढि सम्झाएको र देशको माटो कहिल्यै भूल्नु हुँदैन भन्ने कुरा गीत मार्फत दर्शाइएको छ ।यो गीत वास्तवमै जति धेरै सुन्यो त्यति नै कर्णप्रिय छ ।
हेर्नुहाेस् भिडियाे
डिलाईटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहार्ल परीश्रमी को रचनामा रहेको गीत संसार जितेर गएनी माटोलाई भुल्दीनको म्युजिक भिडियो सार्बजनिक भएकोछ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको सो गीतमा लोकप्रीय गायक निशान भट्टराईको मार्मिक श्वर रहेकोछ । अनुभवी संगीतकार लक्ष्मण शेषले यस गीतमा संगीत दिनु भएकोछ । संगीत उतिकै मनछुने रहेको छ ।
गीतले देशको माटो र मातृभूमि नेपालको बारे मर्म पोखेको छ । कालापानी, लिपुलेक देखी जातीय छुवाछुत बिरुद्घमा गीत निकै ससक्त बनेको छ ।
यो गीत बास्तबमै जति धेरै सुन्यो त्यति कर्णप्रिय बनेको देखिन्छ । गीतकार परीश्रमीका अनुसार आफ्नो मातृभुमिलाई कोरोना कहरले बढि सम्झाएको र देशको माटो कहिल्यै भूल्नु हुदैन भन्ने कुरा गीतले बोलेको छ ।
सबैले यस गीतलाई सुनेर सल्लाह सुझाव उपलब्ध गराई दिन गीतकारले सबैलार्य अनुरोध पनि गरेका छन् ।
https://youtu.be/_sqj1NRl8vY
काठमाडौं, बैशाख ३० । १ मे अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् ।
कविताको शीर्षक थियो, ‘अब आँसु खसाउनु पर्दैन’ ।
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
सर्जकको दृष्टिबाट योगीलाई कविता राम्रो लाग्यो । तुरुन्तै उनले सांसद न्यौपानेसँग कवितालाई गीत बनाउन आग्रह गरे । र, पहिलो पंक्ति गुनगुनाएर सुनाए पनि ।
योगीलाई त्यसको केही दिनपछि कवितालाई गीत बनाउने प्रस्ताव आयो ।अनि चार दिन लगाएर कवितालाई संगीतको लयमा ढाले । रेकर्डिङ भने लकडाउन खुलेपछि मात्र गर्ने तयारीमा छन् ।
कवितामा प्रधानमन्त्रीको देशभक्ति पोखिएको योगी बताउँछन् । त्यसमा संगीत भरेर उनले प्रधानमन्त्रीलाई सुनाइसकेका छन् । र, प्रधानमन्त्रीले आफूलाई अझ ऊर्जाशील बनाएको प्रतिक्रिया दिएको योगी बताउँछन् ।
त्यसलगत्तै प्रधानमन्त्री ओलीको अर्को कवितामा पनि संगीत दिँदै छन् योगीले । उनका अनुसार मिर्गौला प्रत्यारोपणको चौथो दिन सिसियूमारहेकै वेला प्रधानमन्त्री ओलीले उक्त कविता रचना गरेका थिए ।
अस्पतालमै रहेका वेला प्रधानमन्त्री ओलीले आफूलाई ‘यो कवितामा संगीत बन्न सक्छ’ भनेर सोधेको योगी बताउँछन् । फोनबाटै ओलीले योगीलाई कवितावाचन गरेर सुनाएका थिए ।नयाँ पत्रिका दैनिकबाट
काठमाडौँ — आजकल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको मोबाइलको घन्टी बजेको–बज्यै गर्छ । फिल्म सुटिङका दौरान तल्लो तहमा बसेर काम गर्ने प्राविधिक लामासँग बिन्ती बिसाउँछन्, ‘सर, खाने र कोठा भाडा तिर्ने पैसा पनि छैन । भोकै मरिएला भन्ने डर भो । संघबाट केही सहयोग पाइएला ?’
लामाका अनुसार नेपाली फिल्मबाट करिब ३ हजार ५ सय प्राविधिकको रोजीरोटी चलिरहेको छ । तीमध्ये अधिकांश स्पट ब्वाई, लाइटम्यान, क्ल्याप ब्वाई आदि छन् । जसले सुटिङ हुँदा दैनिक औसत ८ सय कमाउँछन् । लकडाउन लम्बिँदै गएपछि तिनलाई दैनिक गुजारामै संकट परेको छ । संघले २ सय ३० प्राविधिकलाई राहत सामग्री बाँडेको लामाले जानकारी दिए । ‘तर, यो हात्तीको मुखमा जिराजस्तै हो । प्राविधिकको बिचल्ली होलाजस्तो छ,’ उनले दुखेसो पोखे ।
सन्तोष सेनले ‘प्रेमगीत ३’ को सुटिङमा मात्र ४ करोड रुपैयाँ खर्चिए । ओभरसिज राइट बिकिसकेको र देशभित्र पनि फिल्मले चर्चा बटुलिरहेकाले लगानी उठ्नेमा सेन आशावादी थिए । नयाँ वर्षको मौका छोपेर चैत २८ गते रिलिज गर्दै थिए । प्रचारप्रचार सुरु हुँदै गर्दा कोभिड–१९ को त्रासका कारण सरकारले चैत ११ गते देशव्यापी लकडाउन घोषणा गर्यो । कहिले खुल्छ, टुंगो छैन । रिलिज अनिश्चय हुँदै जाँदा ब्याज थपिएको थपियै छ । अब प्रमोसनको खर्च अझ दोब्बर लाग्नेछ । निर्देशकसमेत रहेका सेनले दुःखी हुँदै सुनाए, ‘दर्शकले फिल्मबारे बिर्सिसकेका हुन्छन्, त्यसैले जोडतोडले प्रचार गर्नुपर्छ । सम्पादन पनि गर्न पाइएन, बजेट सम्झेरै डर लाग्छ ।’ विदेशमा चल्ने अवस्था नदेखिएकाले उनी थप आत्तिएका छन् ।
नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन हो, क्यूएफएक्स । यसको देशभर १२ हलमा २७ पर्दा छन् । कर्मचारीको संख्या ५ सय छ । हल बन्द भएपछि कर्मचारीलाई तलब खुवाउन धौ–धौ परेको क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन अडिगा बताउँछन् । ‘आधा तलब दिएर भए पनि जेठसम्म तन्काउन खोज्दै छौं । बन्द भए पनि हलको भाडा, बत्ती र बैंकको ब्याज तिर्नु परिहाल्यो । कसरी टिक्ने, अन्योलको स्थिति छ,’ अडिगाले पीडा पोखे ।
फिल्म बनेर हलसम्म पुग्दा तीन चरण पार गर्नुपर्छ– निर्माण, वितरण र प्रदर्शन । निर्माण र प्रदर्शनमा सयौं जोडिएका हुन्छन् । फिल्मको व्यापारले सिर्जने अनौपचारिक रोजगारी त्यत्तिकै हुन्छ । कोरोना महाव्याधिले अन्य व्यवसायजस्तै फिल्म क्षेत्र पनि ठप्प छ । माथिका तीन दृष्टान्तबाट प्रस्ट हुन्छ, दैनिक केही सय कमाउने प्राविधिक, लाखौं लगानी गर्ने निर्मातादेखि करोडौं लगानी गर्ने हलवालासम्म थलिएका छन् । ज्यालादारीमा काम गर्नुपर्ने बाध्यता भएका प्राविधिकको अझ बेहाल छ । गिनेचुनेका कलाकार र निर्देशकसमेत चिन्तित छन् । ‘अहिले त कोरोनाबाट बच्नु नै ठूलो कुरा हो तर महामारी अन्त्यपछि पनि अन्य व्यापार/व्यवसायको तुलनामा फिल्म क्षेत्र तंग्रिन समय लाग्छ,’ निर्माता/कलाकार दीपकराज गिरीले भने ।
लकडाउन सुरु भएपछि चलचित्र विकास बोर्डले गरेको अध्ययनअनुसार नेपालको फिल्म क्षेत्रबाट १२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमा लेखक/कलाकारदेखि रिलिजको अघिल्लो दिन पोस्टर टाँस्नेसम्म पर्छन् । त्यस्तै, देशभर २ सय ५ सिनेमा पर्दा सञ्चालनमा छन् । एउटा पर्दा चलाउन औसत १५ कर्मचारीको आवश्यक पर्छ, यसअनुसार हलको कर्मचारीको संख्या ३ हजार ७५ छ । अहिले सबै कामविहीन छन् । सिनेमा क्षेत्रमा २ लाख ५० हजार मान्छेहरू आश्रित भएको चलचित्र निर्माता संघको दाबी छ ।
‘पहिलो त, कोरोनालाई पराजित गरेर दैनिक जीवन कहिले सामान्य हुन्छ भन्ने अन्योल कायमै छ । दोस्रो, अवस्था सामान्य भइसकेपछि फिल्मका प्राविधिक र कलाकारले काम पाइहाल्ने अवस्था हुन्न,’ वितरक तथा निर्माता करण श्रेष्ठ भन्छन्, ‘अहिलेसम्मकै हिसाब गर्ने हो भने पनि फिल्म क्षेत्र तीन वर्ष पछाडि धकेलिसक्यो । यो निराशाबाट उठ्न मुस्किल पर्छ ।’
कोरोनाको कहर सुरु हुनुअगावै वर्ष २०७६ नेपाली फिल्मका लागि चरम निराशाजनक थियो । वैशाख १३ गते चलेको ‘कालो वर्ष’ देखि फागुन १६ गतेको ‘धूलो’ सम्म आइपुग्दा ५५ फिल्म प्रदर्शन भए । जसमध्ये ‘जात्रै जात्रा’, ‘छ माया छपक्कै’ र ‘कबड्डी कबड्डी कबड्डी’ मात्र सुपरहिट भए । २०७५ सालमा ९६ फिल्म रिलिज हुँदा आधा दर्जनले नाफा कमाएका थिए । यसरी हेर्दा गत वर्ष फिल्म संख्या मात्र होइन, व्यापार पनि स्वाट्टै ओरालो लाग्यो । पुसदेखि माघ तेस्रो सातासम्म त कुनै स्वदेशी फिल्म हलमा लागेनन् ।
र, पनि वर्षको अन्त्य सुखद हुने आशा गरेका थिए, फिल्मकर्मी र हल सञ्चालकले । विगतको तथ्यांक केलाउँदा मध्य फागुनदेखि वैशाखसम्म सिनेमा हलमा दर्शकको चाप बढ्छ । यो अवधिमा होली, शिवरात्रिजस्ता पर्व पर्छन्, एसईई सकिन्छ अनि नयाँ वर्षको रौनक सुरु हुन्छ । ‘दुई चौमासिकमा नोक्सान भए पनि अन्तिम चौमासिकले हललाई बचाउँछ भन्नेमा ढुक्क थियौं,’ क्यूएफएक्सका सीईओ अडिगा भन्छन्, ‘तर सिजनको मुखमै कोरोना आइपुग्यो । त्यसपछि त बिजोग भइहाल्यो ।’
क्यूएफएक्सले पछिल्लो चार महिनामा भक्तपुर, विराटनगर र बुटवलमा शाखा विस्तार गरेको थियो ।
राजधानीको वान सिनेमाज, आईएनआई सिनेमाज अनि बागलुङको बीएसआर मुभिज पनि नयाँ मल्टिप्लेक्स हुन् । हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार सुविधा सम्पन्न मल्टिप्लेक्स खोल्न कम्तीमा ६ करोड लाग्छ । यो विपद्ले नयाँ हललाई अझ समस्यामा पारिदिएको छ । प्रधान भन्छन्, ‘मोफसलमा मल्टिप्लेक्स बढ्दै थिए, दर्शकहरू तान्दै थिए तर कोरोनाले बर्बाद बनायो ।’ त्यसो त ठूलो लगानीको मल्टिप्लेक्समात्र होइन, पहिल्यैबाट चल्दै आएका स्थापित सिंगल थिएटरसमेत मर्कामा परेका छन् । चाबहिलस्थित गोपीकृष्ण हल एउटा उदाहरण हो ।
गोपीकृष्णका म्यानेजर प्रदीप दाहालका अनुसार यहाँका सात पर्दामा २८ सय सिट क्षमता छ । सबै पर्दा हाउसफुल हुँदा एकै दिन ७ लाख रुपैयाँसम्मको व्यापार हुन्छ । प्रायः डेढ लाखको व्यापार घट्दैन तर कोरोनाको महामारी पहिल्यै हलमा सुस्तता छाएको थियो । कतिसम्म भने ठूलै हल्लाखल्ला भएको टाइगर श्राफ अभिनीत हिन्दी फिल्म ‘बागी ३’ समेत अपेक्षाअनुसार चलेन । दाहालका अनुसार कोरोनाको त्रास सुरु हुनासाथ व्यापार दैनिक २५ हजारमा झरेको थियो । सरकारले लकडाउनभन्दा पाँच दिनअगावै अर्थात् चैत ६ गतेबाटै हल बन्द गरेको थियो ।
गोपीकृष्णका ७० कर्मचारीको तलबमा मात्र मासिक १५ लाख खर्च हुने दाहालले जानकारी दिए । दैनिक ५० हजार बैंकमा ब्याज बुझाउनुपर्छ । बत्ती र अन्य खर्चमै लकडाउनको एक महिनामा तीन लाख सकियो । ‘हामीलाई एक महिनामा घटीमा ३५ लाख रुपैयाँ घाटा हुन्छ । अब २–३ वर्ष नाफाको आसै नराखे हुन्छ,’ दाहाल भन्छन्, ‘हामी कुहिरोमा हराएको कागजस्तै भएका छौं । कसरी अगाडि बढ्ने सोच्नै सकेका छैनौं ।’ उनले हलको निरन्तरतामाथि नै प्रश्न उठिरहेको समेत बताए । झन् राजधानीबाहिरका साना हलको हविगत के होला ?
आर्थिक कोणबाट नियाल्दा कोरोनाले फिल्मका विविध पाटोमध्ये प्रदर्शनमा अधिक नोक्सान पुगेकोमा सन्देह छैन । चलचित्र संघले देशभरका हल सञ्चालकसँग नियमित छलफल गरे पनि अहिलेसम्मको घाटाको हिसाब नगरेको संघका अध्यक्ष प्रधानले जानकारी दिए । भन्छन्, ‘ठ्याक्कै हिसाब गरेका छैनौं तर पहिलेको कारोबारका आधारमा पनि देशभरका हलले करोडौं नोक्सान बेहोर्नुपरेको अनुमान लगाउन सकिन्छ ।’
चिन्ता लकडाउन अवधिको मात्र होइन, भोलि सरकारले हल खोल्ने निर्णय गरेपछि पनि नयाँ फिल्म लाग्दैनन् र दर्शक हलमा आउँदैनन् भन्ने चिन्ताले हल सञ्चालकलाई सताइरहेको छ । जस्तो : २०७२ को भूकम्पपछि हलमा दर्शकको आगमन पहिलेकै हाराहारीमा पुग्न एक वर्ष लागेको थियो । ठूला फिल्म चलाउन निर्माताले आनाकानी गरेका थिए । क्यूएफएक्सका सीईओ अडिगा भन्छन्, ‘कोरोनाको त्रास भूकम्पको भन्दा ज्यादा छ । त्यसैले पुरानै अवस्थामा फर्किन अझ लामो समय लाग्न सक्छ ।’
चलचित्र संघले हल खुल्यो भने पनि पहिलेझैं सबै सिटमा दर्शक नराख्ने जनाएको छ । ४ सय सिट छ भने २ सय मात्र राखेर दर्शकलाई सुरक्षित महसुस गराएर हलमा आकर्षित गर्ने तयारी रहेको प्रधानले जानकारी दिए । सेनिटाइजर, मास्क र छिनछिनमा स्प्रेको व्यवस्था मिलाइनेछ । प्रधान भन्छन्, ‘जेठ लागेपछि लकडाउन खुला भनेर आशा राखौंला तर त्यसपछि वर्षायाम सुरु हुन्छ । पानी परेपछि हलमा दर्शकको खडेरी लाग्छ ।’
कोरोनाको पिरलो नहुँदो हो त ‘म यस्तो गीत गाउँछु २’ रिलिज भइसक्थ्यो, ‘२ नम्बरी’ को सुटिङ सकिन्थ्यो अनि ‘बेन्जो’ को धमाधम छायांकन भइरहेको हुन्थ्यो तर अहिले तीनै फिल्म थन्किएका छन् ।
अभिनेत्री/निर्माता पूजा शर्माका अनुुसार २ करोड ८० लाख लगानीमा बनेको ‘म यस्तो गीत गाउँछु २’ को प्रमोसनमा २० लाख खर्च भइसकेको थियो, पोस्टर/पम्प्लेट छापिसकेको थियो । तर, पूर्वनिर्धारित मिति फागुन ३० मा फिल्म चल्न सकेन । प्रमोसनको खर्च बालुवामा पानीजस्तै भयो । अब चलाउँदा प्रमोसनमा त्यति नै खर्च हुन्छ । रिलिज समयमा नहुँदा लगानीको भार बढेको बढ्यै छ । यस्तै हविगत छ, बनेर चल्न तम्तयार झन्डै दुई
दर्जन फिल्मको । ‘हिजो आजको कुरा’, ‘लक्का–जवान’, ‘सुस्केरा’, ‘चपली हाइट ३’ केही उदाहरण हुन् ।
दीपेन्द्र लामा निर्देशित ‘२ नम्बरी’ को २५ प्रतिशत छायांकन सकिएपछि रोक्नुपर्यो । ४० लाख रुपैयाँ खर्च भइसकेको लामाले जानकारी दिए । लकडाउन खुल्यो भने पनि प्राविधिक र कलाकार जम्मा पार्न र मनोवैज्ञानिक रूपमा तयार हुन अर्को दुई साता लाग्छ । उसै पनि पानी पर्ने सिजन सुटिङका लागि उपयुक्त हुन्न । एक दिन सुटिङ लम्बिनु भनेको निर्माताको डेढ लाख बजेट बढ्नु हो । लामा भन्छन्, ‘यसरी हेर्दा अब लकडाउन खुलिहाल्यो भने पनि भदौ नलागी फ्लोरमा जाने अवस्था छैन ।’
‘परदेशी २’, ‘ए मेरो हजुर ४’, ‘गुञ्जन’, ‘देशान’ लगायत फिल्मको पनि सुटिङ पूरा हुन पाएन । एक सेड्युलमै सुटिङ नसकिँदा बजेट बढ्ने मात्र होइन, मौसममा बदलाव आउने भएकाले फिल्मको ‘कन्टिन्युटी जर्क’ हुने चिन्ता हुन्छ । त्यस्तै, वर्षा सुरु हुनुअगावै सुटिङ सक्ने योजना बनाएका ‘छक्का–पञ्जा ४’, ‘नाइँ नभन्नु ल ६’, ‘मन परेसी’, ‘प्रेमपूजा’ लगायत फिल्म त फ्लोरमै जान पाएनन् ।
निर्माता, निर्देशक तथा वितरण कम्पनी स्टेसन फाइभका सीईओ प्रचण्डमान श्रेष्ठ भन्छन्, ‘चार वटा फिल्म बनेन भने एक वर्षमा घटीमा सय जना प्रत्यक्ष रूपमा बेरोजगार हुन्छन् । अनौपचारिक रोजगारी त कति गुम्छ, गुम्छ ।’ प्राविधिक संघका अध्यक्ष लामा यसैमा थप्छन्, ‘अघिल्लो वर्ष फिल्म कम बन्दा २० प्रतिशत प्राविधिकले काम पाएका थिएनन् । अब लकडाउन खुल्यो भने ८० प्रतिशतले काम पाउँदैनन् ।’
उनले तल्लो तहका प्राविधिकसँग सरकारले लिने १५ प्रतिशत कर छुट गरिदिन आग्रह गरे । ‘तीन महिनामा बल्ल–तल्ल एक महिनाका लागि दिनको आठ सय कमाउँछन्, त्यही पनि १५ प्रतिशत कर काटिन्छ । यो त अन्याय भएन र ?’ लामाले दुखेसो पोखे ।
निर्माता संघले लकडाउनयताको बैंक तथा वित्तीय संस्थासँग लिएको ऋणको ब्याजमा ७५ प्रतिशत छुट गरिदिन सरकारसँग आग्रह गरेको छ । संघका अध्यक्ष आकाश अधिकारीका अनुसार अर्थ मन्त्रालयसमक्ष पुरानै धितोमा २० प्रतिशत थप ऋण पाउनुपर्ने, ब्याज सुलभ हुनुपर्ने, ब्याज तिर्ने समयसीमा पुस मसान्तसम्म हुनुपर्नेलगायत माग राखिएको छ । ‘फिल्म क्षेत्रले राज्यलाई गरेको योगदानको कदर गर्दै अहिले संकटका बेला राज्यले फिल्म क्षेत्रलाई हेर्नुपर्छ । नत्र फिल्म उद्योग झन् धराशायी बन्छ,’ उनले भने ।
अक्षय कुमारको प्रतीक्षित फिल्म ‘लक्ष्मी बम’ सिनेमा हलमा नचल्ने लगभग पक्का भएको छ । यो फिल्म अब घरमै बसेर हेर्न पाइने भएको छ, स्ट्रिमिङ साइट डिज्ने प्लस हटस्टारमा । कोरोनाका कारण हल खुल्ने टुंगो नभएपछि निर्माण कम्पनीले ‘होल्ड’ गरेर बजेट बढाउन चाहेन, बरु हटस्टारलाई बेच्दा फाइदा देख्यो । बलिउडका अरू धेरै फिल्म यसैगरी ओभर–द–टप (ओटीटी) भनिने अनलाइन प्लेटफर्ममा उपलब्ध हुँदै छन् । हलिउडले यसअघि नै यही बाटो पछ्याइसकेको छ । तर, हामीकहाँ तत्कालका लागि यो विकल्प पनि देखिन्न । किनभने न विदेशी स्ट्रिमिङ साइटले नेपाली फिल्म किन्छन्, न नेपाली एप्सहरूले ठूलो बजेटको फिल्म किन्न सक्ने अवस्था छ ।
भारतमा इरोस नाउ, बिगफलेक्स, जीओ टीभी, जी फाइभजस्ता प्लेटफर्म छन्, जसले आफैं भिडियो कन्टेन्ट उत्पादनसमेत गर्छन् । आफ्नो प्रभाव विस्तारका लागि यी साइटले हलमा नचलेका फिल्म ठूलो मूल्यमा किन्न सक्छन् । नेटफ्लेक्स र अमेजन प्राइम त संसारभर पुगिसके । पछिल्लो एक महिनामा मात्र नेटफ्लेक्समा डेढ करोड ग्राहक थपिए । त्यसैले यसले हिन्दी र अंग्रेजी फिल्ममा ठूलो लगानी गर्न सक्छ । नेपालमा पनि यही प्रकृतिका प्लेटफर्म नभएका होइनन् । फोपी, आइफ्लेक्स, नेपालफ्लेक्स आदि छन् । तर, न दर्शक अभ्यस्त छन्, न यिनले प्रिमियम कन्टेन्ट उपलब्ध गराउन सकेका छन् । युट्युबको आम्दानी न्यून हुन्छ ।
बरु हलमा हिट भएका फिल्मले डिसहोमबाट २५ लाखसम्म कमाएको निर्माता दीपकराज गिरी बताउँछन् । तीन वर्ष अगाडि रेखा थापाले हल र डिसहोममा एकसाथ ‘रुद्रप्रिया’ चलाएकी थिइन् तर उपलब्धिमूलक हुन सकेन । त्यसपछि अरू निर्माताले त्यो बाटो रोज्दै रोजेनन् । सुरुमै डिसहोममा देखाए हलमा नचलाउने हल सञ्चालकको ‘धम्की’ ले निर्माता हतोत्साहित भए ।
त्यसो त, सुस्त गतिमै सही, नेपाली फिल्मले डिजिटल बजारलाई अँगालिरहेका थिए । कोरोनाले डिजिटल माध्यमको प्रभावकारितालाई थप बुलन्द बनाएको छ । ‘नयाँ प्लेटफर्मतिर फिल्म क्षेत्र जाने नै थियो । कोरोनाले त्यो प्रक्रियालाई एक वर्षअघि सारिदियो, आयको स्रोत बढ्नु सुखद हो,’ स्टेसन फाइभका श्रेष्ठ भन्छन्, ‘तर यसो भन्दैमा हलको व्यापार डुबिहाल्छ भन्ने होइन । हलको आकर्षण बेग्लै छ ।’ दीपकराज गिरीले डिसहोम वा अरू कुनै प्लेटफर्मसँगको सहकार्यमा वेबसिरिज बनाउनेबारे पनि गृहकार्य गरिरहेको बताए ।
नेपालपछि नेपाली डायस्पोरा नेपाली फिल्मको कमाइको केन्द्र हो । भूकम्पलगत्तै ओभरसिजले नेपाली फिल्मलाई भरथेग गरेको थियो । तर, अहिलेका लागि त्यो आशा पनि छैन । बरु नेपाली फिल्मले मनग्ये कमाउने देशहरू कोरोनाबाट नेपालभन्दा कैयौं गुणा थलिएका छन् । निर्माता/कलाकार गिरी भन्छन्, ‘धेरै नेपालीलाई विदेशमा टिक्नै संकट पर्छ, काम गुमाएका हुन्छन्, त्यस्तो बेला फिल्ममा कसले पैसा खर्च गर्छ ? डायस्पोराको बजारबाट एक–डेढ वर्ष आसै नराखे हुन्छ ।’
नेपाली फिल्मको सबैभन्दा धेरै माग हुने देश हो, अस्ट्रेलिया । ‘जात्रै जात्रा’ का निर्माताले अस्ट्रेलियाबाट मात्र झन्डै एक करोड पाएका थिए । नेपालमा हल्काफुल्का चलेका फिल्मले पनि अस्ट्रेलियाबाट ५–७ लाख पाएको बताइन्छ । अमेरिका, जापान, कोरिया, बेलायत, हङकङलगायतका मुलुकमा नियमितजस्तो नेपाली फिल्म चल्ने गर्छन् । तर, यी सबै देश कोरोनाले थिलथिलो भएका छन् ।
ती देशलाई सामान्य अवस्थामा फर्कन नेपाललाई भन्दा धेरै समय लाग्नेछ । यही कारण हुनुपर्छ, ओभरसिज राइट बिकिसकेका फिल्मको समेत सम्झौता रद्द हुने क्रममा छ । पहिलो मारमा प्रदर्शन उन्मुख फिल्महरू पर्नेछन् । निर्माता सेन भन्छन्, ‘ठूलो बजेटको फिल्मलाई डायस्पोराले नै बचाउने हो, यहाँबाट मात्र लगानी उठ्दैन । अब त चौपट हुने भयो ।’
लकडाउन लम्बिँदै गएपछि नाम चलेका फिल्मकर्मीहरूसमेत सामाजिक सञ्जालमा निराशा व्यक्त गरिरहेका छन् । सार एउटै हुन्छ, ‘सिने उद्योग ध्वस्त हुने भयो ।’ के साँच्चै, कोरोना हरेक कोणमा सिनेमा क्षेत्रका लागि अभिसाप नै बनेको हो त ? नेपाली फिल्मको बजारबारे जानकार मानिने स्टेसन फाइभका सीईओ श्रेष्ठको मत फरक छ । भन्छन्, ‘नोक्सान पक्कै भएको छ तर भविष्य पूरै अन्धकार छ भन्ने मलाई लाग्दैन ।’ यसको कारण पनि छ उनीसँग ।
लकडाउनमा खाने, बस्ने, सुत्नेबाहेक मान्छेहरूले सबैभन्दा धेरै समय केमा खर्चिएका छन् ? सम्भवतः फिल्म हेर्न हुनुपर्छ । कहिल्यै फिल्मबारे टीकाटिप्पणी नगर्नेहरूसमेत ‘फलानो फिल्म हेरें, यस्तो लाग्यो, अब कुन हेरौं’ भनेर फेसबुकमा लेख्न थालेका छन् । हलमा जान नपाए पनि टेलिभिजन, युट्युब, नेटफ्लेक्सदेखि टोरेन्टबाट डाउनलोड गरेर फिल्म हेर्ने क्रम बढेको छ । यसले हामीकहाँ फिल्मप्रतिको लगाव बढाउन भूमिका खेल्ने श्रेष्ठको ठम्याइ छ । ‘मनोरञ्जनको आवश्यकता कहिल्यै सकिँदैन,’ श्रेष्ठ भन्छन्, ‘संकटपछि त अझ बढ्छ । मरिलानु के रहेछ र भन्ने अवधारणाको विकास हुनु भनेको मनोरञ्जनको माग बढ्नु हो ।’
श्रेष्ठका अनुसार भूकम्पपछि हलमा दर्शकको आवागमन पुरानै अवस्थामा फर्कन एक वर्ष लाग्यो तर त्यसपछि भने तीव्र गतिमा दर्शकको संख्या बढ्यो । राजधानीबाहिर पनि सुविधा सम्पन्न मल्टिप्लेक्सहरू खुले । ‘हामीकहाँ अहिलेसम्म कोरोनाका कारण मानवीय क्षति भएको छैन, बरु मान्छेहरूले हलको माहोल मिस गरिरहेका हुन सक्छन्, त्यसैले हल खुलेपछि दर्शक बढ्न सक्छन्,’ उनले आशा व्यक्त गरे ।
फिल्मकर्मीका लागि संसारभरका सिनेमा हेरेर आत्मसमीक्षा गर्ने अवसर हो यो । त्यसो हुन सक्यो भने भोलि सिनेमाको रचनात्मक विकासमा योगदान पुग्न सक्छ । यो संकटले सिर्जनाका नयाँ पाटाहरू पटाक्षेप गर्न सक्छ । सोख र हावा तालमा फिल्म बनाउनेहरू निरुत्साहित हुन्छन् । श्रेष्ठ भन्छन्, ‘निर्माताका नाममा मुर्गा फसाउने संस्कृतिको अन्त्य भयो र फिल्ममेकिङमा गम्भीर भयौं भने पनि हाम्रा लागि ठूलो उपलब्धि हो । जति जे गरे पनि, फिल्म चल्न फिल्म नै राम्रो हुनुपर्छ ।’
हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चामा आएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ । विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
अहिले सुवास लण्डनमा नै छन् । कोरोना पुष्टी भएपछि उनलाई उनी बस्दै आएको घरमा नै आइसुलेसनमा राखिएको छ ।
कुमार कट्टेल ‘जिग्री’सँगको कुराकानीमा सुवासले आफ्नो स्वस्थ्यमा सुधार आइरहेको बताए । अहिले आफु पहिलाको भन्दा सहज महशुस गेन थालेको सुवासले बताएका थिए ।
कोरोना भाइरसको संक्रमण बढेपछि सुवासका साथीहरु भने नेपाल फर्किए । तर, सुवासले नेपाल आउने मन गरेनन् । रोग लागिहाले पनि नेपालमा भन्दा लण्डनमा राम्रो उपचार हुने सोचेर उनी त्यहीँ बसेका थिए ।
सुवास लण्डनमा सुरक्षा सम्बन्धि काम गर्छन् । उनको परिवार पनि उतै छन् । सुवासलाई कोरोना देखिएपछि उनको परिवारमा पनि डर थपिएको छ । सुवासको एक छोरा र एक छोरी छन् ।
एजेन्सी, १६ बैशाख । पुर्व पोस्र्ण स्टार तथा बलिउड नायिका सनी लियोनीको हट अवतार सामाजिक संजालमा हमेसा भाइरल भइरहेका हुन्छन् । उनको अदा हेर्न जो कोहि पनि लालायित हुने गर्छन् । त्यसैले त सन्नीले पनि बेला-बेला आफ्नो तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी हुन्छिन् ।
सन्नी निकै मिलनसार स्वभावकी र मिडियाफ्रेण्ड्ली भएको बताइन्छ । नेपाली चलचित्र पासवर्डमा पनि सन्नीले एउटा गीतमा डान्स गरेकी थिइन् । जुन गीतको लागि उनले दुई करोड नेपाली रुपैया लिएको चर्चा पनि उत्तिकै चलेको थियो । त्यसकारण पनि उनि चलचित्रको प्रिमियरका लागि नेपालसमेत आएकी थिइन् ।
उनै सन्नीले यतिबेला सामाजिक संजालमा म’दिरामा मस्त भएको तस्विर शेयर गरेकी छिन् । उनि पति ड्यानियल वेबरसँगै आफ्नै घरको डाइनिङ टेबलमा बसेर मदिरामा झुमेको देख्न सकिन्छ ।
प्राकृतिक सौन्दर्यले भरिपुर्ण नेपालमा आएर फिल्म तथा म्युजिक भिडियोको सुटिङ्ग गर्नेहरुको भिड लाग्ने गरेको छ । अहिले लकडाउनले गर्दा कलिउड बलिउड तथा हलिउड प्रभावित भएका छन् ।
लकडाउन सुरु हुनु अगावै नेपालमा हिन्दी गीतको छायाँकन भएको छ । नेपाली प्राविधिक र केही कलाकारहरु प्रयोग गरि हिन्दी गीतको नेपालमा छायाँकन गरेको हो ।
पछिल्लो समय इन्डियामा टिकटक हुँदै म्युजिक भिडियोमा पपुलर बनिरहेका मोडल मञ्जुल खट्टर अभिनित ’साथिया तेरे बिना’ गीतको नेपालमा छायाँकन गरिएको हो । गीतमा उनीसँगै नेपाली नायिका तथा मोडल रिस्ता बस्नेत पनि देखिएकी छिन् ।
नेपालको पोखरा आसपास छायाँकन गरिएको भिडियोलाई जी म्युजिकको युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । छायाँकन सकिएपछी नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया मञ्जुलले दिएका थिए । नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यहिँ गीतको छायाँकनको लागि पहिलो पटक नेपाल आएका थिए ।
उनले सुन्दर भिडियो निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवाद दिएका छन् । गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ । गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन् । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शक्याले निर्देशन गरेका छन् ।
तात्कालिन समयमा नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाललाई टेवा पुग्ने उदेश्यले भिडियो तयार गरिएको सम्राटले बताए ।
लण्डन(एजेन्सी) । कोलम्बियन गायिका साकिराले लकडाउनको समयलाई उपलब्धिमूलक बनाएकी छन् । उनले यो समयमा अमेरिकाको पेन्सिलवेनिया यूनिभर्सिटीबाट प्राचीन दर्शनशास्त्रमा सर्ट टर्म डिग्री कोर्ष पुरा गरेकी छन् । साकिरा हाल दुई सन्तान र फूटबलर पति जेरार्ड पीकेका साथ स्पेनस्थित घरमा बस्दै आएकी छन् ।
‘मैले केही दिन पहिला नै पेन्सिलवेनिया युनिभर्सिटीमा चार हप्ताको प्राचीन दर्शनशास्त्रको ग्रेजुएट कोर्ष पुरा गरेकी छु । मलाई थाहा छ कि मेरो शोख निकै अव्यवहारिक छ । तर बच्चा सुतेपछि म यो काम गर्न सफल भएकी छु । पछिल्लो एक महिनाको समयमा मिलेको सबै किसिमको खुशीका लागि दार्शनिक प्लूटो र उनका पूर्ववर्तीहरुलाई धन्यवाद दिन चाहन्छु’, साकिराले ट्वीटेकी छन् ।
साकिराले यो ट्वीटमा कोर्ष पुरा गरेपछि प्राप्त गरेको सर्टिफिकेटको तस्बिर पनि राखेकी छन् । सुपरहिट गीत ‘हिप्स डन्ट लाई’ गायिका साकिराले गत महिना सामाजिक सन्जालमा लकडाउनलाई उद्देश्यपरक बनाउनका लागि आफूले पाठ्यक्रमलाई पुरा गर्ने निर्णय लिएको बताएकी थिइन् ।
हिन्दी तथा उर्दू भाषामा कलम चलाउने प्रेमचन्द (१८८० देखि १९३६) भारतीय सिनेमासँग पनि जोडिएको नाम हो। 'निर्मला', 'गबन', 'गोदान', 'कायाकल्प', 'सोजे वतन' जस्ता बहुचर्चित उपन्यास लेखक प्रेमचन्दका सयौं कथा प्रकाशित छन्।
सशक्त कहानी लेख्ने सीप भएका प्रेमचन्द एक समय फिल्मको पटकथा लेखनमा पनि रूचि राख्थे। उनको कथामा सन् १९३४ मा 'मजदुर' नामको सिनेमा बने पनि उनी सन्तुष्ट हुन सकेनन्।
उनी फिल्म क्षेत्रमा नलागे पनि उनले लेखेका कथालाई उनको मृत्युपछिसम्म पनि फिल्म बनाउने काम भइरह्यो। उनको कृति वा फुटकर कथामा 'सेवासदन', 'हिरा मोती', 'गोदान', 'गबन', 'शतरञ्ज के खिलाडी', 'ऊका ओरी कथा'लगायत फिल्म बनेका छन्। उनकै रचनामा आधारित टेलिसिरियल, टेलिफिल्म र छोटा फिल्म पनि बनेका छन्।
जमिनदारी प्रथा, जातीय विभेद, अनिकाल, धनी र गरिबबीचको खाडल र आर्थिक शोषण, साम्प्रदायिकता, धार्मिक आडम्बरजस्ता कुराले समाजमा सिर्जेका समस्यामाथि निरन्तर आफ्नो लेखनमार्फत हस्तक्षेप गर्न चाहने प्रेमचन्द विचारले प्रगतिशील थिए। उनले गान्धीको असहयोग आन्दोलनलाई सहयोग गर्दै सरकारी जागिरसमेत त्यागेका थिए।
उनको लेखन गरिबको पक्षमा र शासकको विपक्षमा हुने भएकाले उनको कहानीमा आधारित 'सोजे वतन' फिल्मलाई त बेलायती सरकारले प्रतिबन्धसमेत लगाएको थियो। जनताको पक्षमा लेखेकै कारण राज्यले जरिवाना तिराएपछि उनी धनपतरायबाट मुन्शी प्रेमचन्द बनेका हुन्।

प्रेमचन्द
प्रेमचन्दले आफ्नो साहित्यमा आममान्छेको भोगाइलाई विशेष स्थान दिए। साहित्यमा मनोरञ्जनलाई लोकवर्णनको माध्यम बनाए। गरिब, कृषक र निमुखा नै उनको लेखनमा सधैं मुख्य नायक-नायिका बनिरहे। उन्नाइसौं शताब्दीको उत्तरार्द्ध र बीसौं शताब्दीको पूर्वार्द्ध दशकको परिवेशको नाडी छामेका उनले मूलतः ग्रामीण समाजको यथार्थपरक ढंगले चित्रण गरेका छन्।
लेखनमा समाजको मुहार देखाउन सक्ने उनको यही सीप र शक्तिलाई भारतका दिग्गज निर्देशकले महत्व दिएको पाइन्छ। यसमा हिन्दी र उर्दूबाहेकका भाषामा फिल्म बनाउने निर्देशक पनि पर्छन्। तीमध्ये मृणाल सेन, सत्यजीत राय, हृषिकेष मुखर्जी, गुलजारजस्ता नामूद निर्देशकले उनका सिर्जनालाई फिल्ममा रुपान्तरण गरेका छन्।
गुलजारले प्रेमचन्दका उपन्यास र कथा आधुनिक भारतमा पनि उत्तिकै सान्दर्भिक छ भन्दै उनका 'गोदान' र 'निर्मला' उपन्यासलाई टेलिशृंखला बनाएर निर्देशन गरेका छन्।
यो सूचीमा साहित्यको फाँटमा ठूलो ख्याती कमाउन सफल उनै प्रेमचन्दका पाँच फिल्म छानिएको छ। यी फिल्मले उनको रचनाले जस्तै आममानिस र समाजको कथा भन्छ।
सदगति (१९८१) निर्देशक: सत्यजीत राय
प्रेमचन्दको 'सदगति' कथामा आधारित यो फिल्म चमार परिवारको कथा हो। फिल्म एक दिनको घटनामै सकिन्छ। फिल्ममा मुख्य पात्र दुःखीको भूमिकामा ओम पुरी छन् र स्मिता पाटिल उनकी पत्नी झुमरी बनेकी छन्। फिल्मको मुख्य पात्र दुःखी नामजस्तै गरिब छन्। उनी दुःखी भएपछि उनको परिवार सुखी हुने कुरै भएन।
दुःखी छोरीको 'सगाई'को साइतका लागि पण्डित (मोनह अगासे) लाई घरमा डाक्न हतारहतार खाली पेट घरबाट निस्कन्छन्। उत्साहित भएर घरबाट हिँडे पनि तथाकथित 'तल्लो जात'को दुःखीले भन्ने बित्तिकै पण्डितले के मानून्! उसलाई घरी झाडु लगाउन लाउँछन्, त घरी भुस बोक्न लाउँछन्। यति काम सकेपछि दुःखीलाई दाउरा काट्न अह्राउँछन्।
घाँस काटे पनि दाउरा काट्ने अनुभव नभएको ऊ मरीमरी बञ्चरो चलाउँछन्। खाना नपाए पनि तम्बाखुले मन शीतल पार्ने ठानेर छिमेकका मान्छेले दिएको गाँजा पिउँछन् र थाहै नपाई निदाउँछन्।
मस्त खाना खाएर डकार्दै एक निद्रा पुर्याएका पण्डित दुःखीलाई निदाएको देखेर आगो हुन्छन्। गाली गर्दै भोकै भए पनि दाउरा काट्ने आदेश दिन्छन्। केही समयमा फर्कनुपर्ने दुःखी नफर्केपछि झुमरी र छोरी चिन्तित हुन्छन्।
पण्डितले दिएको दाउरा काट्ने काम भोको दुःखीले कहिलेसम्म सकाउलान्? उनले काम सकाएर पण्डितलाई मनाएर घर लैजान सक्लान्? वा कथाले अरू नै कुनै मोड लेला? थाहा पाउन हेर्नुस्, 'सदगति'।
मालिकको शोषणलाई पनि सामान्य नियमका रूपमा स्वीकार्ने दुःखीजस्ता दलित पात्रको कथालाई 'सदगति'ले सरल तर स्पष्ट देखाएको छ। बाहिर विद्रोह गर्न नसके पनि दाउरा काट्दा कस्सेर बञ्चरो चलाउने दृश्यहरूमा दुःखीको आक्रोश देखिन्छ। फिल्मका तीनै मुख्य पात्रहरूको अभिनय दमदार छ।
भारतीय समाज र दक्षिण एसियामै जरो गाडेको छुवाछुतजस्तो अमानवीय मुद्दामा बनेको यो फिल्म भारतीय दुरदर्शन च्यानलले निर्माण गरेको हो।