काठमाडौँ — भाद्र १२, २०७७।
नेपालभरका स्केच आर्टमा रुची राख्नेहरुका लागि प्लेटफार्म प्रदान गर्ने गरी पेन्सिल आर्ट ड्रोईङ्गको प्रस्तुतीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताका साथै सम्मान कार्यक्रमहरु आयोजना गर्दै आएको मोडल सङ्ग्स नेपालको आयोजना रहेको अनलाईन स्केच एण्ड ड्रोईङ्ग प्रतियोगिता,२०२० भोल्युम-२ मा सिद्दार्थ उप्रेती प्रथम भएका हुन् ।
सो विधामा ग्लोवल अनलाईन पे मार्फत भएको भोटिङमार्फत् फर्स्ट रनर अप निरज श्रेष्ठ हुँदा सेकेन्ड रनर अप उमित जोशी भएका छन ।
राजधानी लगायत मोफसलमा विभिन्न सफल सौन्दर्य प्रतियोगिता सम्पन्न गरि चर्चा बटुल्न सफल मोडल सङ्ग्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार अनलाईन भोटिङ मार्फत सर्वाधिक भोटिङ प्राप्त उत्कृष्ट तीन विजेताहरुको नाम सार्वजनिक गरिएको हो ।
काठमाडौँ — भाद्र १२, २०७७।
देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ । शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन् ।
हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन हुनेछ । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् । अन्य हप्ताको कार्यक्रम जस्तै शुक्रबारको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल–३ को विजेता घोषणा गरिने प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार कोभिड—१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गर्न लागिएको हो । लकडाउन भएको थिएन भने गत चैतमै कार्यक्रम सम्पन्न भइसक्थ्यो । कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।
नेपाल आइडल यस्तो एउटा मञ्च हो जसले हर कोहीलाई अवसर दिन्छ । यसले दूरदराजमा लुकेर रहेका प्रतिभालाई अगाडि बढ्न समान अवसर दिन्छ । नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल हरेकको सपना हो । यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।
सुमधुर स्वरकी धनी गायिका मोनिका ल्होरुङको नयाँ गीत ‘जाती हुन्थियो बैगुनीलाइ’ सार्वजनिक भएको छ ।
रमेश पौडेलको शब्द रचना, सुशील बिश्वकर्माको संगीत रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको ‘जाती हुन्थियो बैगुनीलाइ’को भिडियोमा रितु पौडेलको अभिनय रहेको छ।
भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।
मोडल, अभिनेता, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका युवा निर्देशक प्रहिल कार्की हाल लोकप्रिय गायक, गायिका एबम संगीतकार हरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङ्गमा ब्यस्त छन् भने उनी पछिल्लो समय राम्रा र गुणस्तरीय भिडियो निर्देशकको रुपमा आफ्नो पहिचान बनाउदै छन ।
काठमाडौँ — भाद्र ७, २०७७।
छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ ।
एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन् ।
त्यस्तै तनुजा कार्की, निशाव लम्साल, युमी बरालले यसमा अभिनय गरेका छन्।
साहिल खान चलचित्र उद्योगका सर्वाधिक डिमान्डेड ट्रेलर मेकर हुन् ।
सूर्याले केही चलचित्रमा अभिनेत्रीको भूमिकामा काम गरिसकेकी छिन् भने क्रिजन गौतम नेपाली चलचित्र उद्योगका बाल कलाकार हुन् ।
सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको छ ।
एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्संदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ ? यसमा मन छुने तरिकाले देखाउन खोजिएको छ ।
निर्देशक ज्ञवाली भन्छन्, ‘यो समाजको यथार्थ तस्बिर हो, जुन भिडियोबाट देखाउन खोजिएको छ । यो हेरिसकेपछि हरेक आमाबुबाले के सोचिदिनुपर्छ भने, आफ्ना सन्तान आफ्नै कारण घरवारविहीन नहुन्। आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने सन्देश दिनु यसको उद्देश्य हो ।’
डार्क मुनको कथा नेपाली चलचित्र उद्योगको सफल चलचित्र लेखक प्रदीप भारद्वाजले लेखेका हुन्।
कृष्मा गौतम र सारा भुर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्।
चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउन्ड स्कोर, विशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ ।
चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो। द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो चलचित्र सार्वजनिक गरिएको छ ।
शुक्रबार मात्रै यसको टिजर सार्वजनिक गरिएको थियो ।
‘डार्क मुन’ निर्देशक ज्ञवालीले यसअघि ‘लकडाउन’नामक छोटो चलचित्र सार्वजनिक गरेका थिए ।
काठमाडौं — भाद्र २, २०७७।
‘जोन्ता इन्टरनेसनल यङ वुमन इन पब्लिक अफेयर्स अवार्ड–२०२०’ बाट दीपिसा भुजेल सम्मानित भएकी छन् ।
भुजेललाई जोन्ता क्लब अफ काठमाडौं डिस्ट्रिक्ट–२५ एरिया २ ले छनोट गरेर पुरस्कारका लागि जोन्ता इन्टरनेसनल डिस्ट्रिक्टमा पठाइएको थियो । उनी जोन्ता डिस्ट्रिक्टका ३२ जना पुरस्कार प्राप्त गर्नेमध्ये एक हुन् ।
३२ जनामध्ये उनी शीर्ष १० मा पर्दै पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् । उनले शीर्ष ३२ बाट १५ सय र शीर्ष १० बाट ५ हजार गरी ६५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछिन् ।
काठमाडौँ — श्रावण २९, २०७७।
बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको छ ।
थप उपचारका लागि उनी अमेरिका प्रस्थान गर्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
अगस्ट ८ मा श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षणमा फोक्सोमा क्यान्सर देखिएको हो ।
क्यान्सरको रिर्पोट आएपछि सञ्जय स्तब्ध बनेको र उनका प्रशंसकहरुले स्वास्थ्य लाभको कामना गरिरहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
दत्तले मंगलवार स्वास्थ्यका कारण केही समय चलचित्रबाट ब्रेक लिने घोषणा गरेका थिए ।
उनले लेखेका थिए, ‘म मेडिकल ट्रिटमेन्ट्सका कारण कामबाट केही समय ब्रेक लिँदैछु । मेरो परिवार र साथीको मलाई साथ छ । म सबै शुभचिन्तकसँग निवेदन गर्छु कि चिन्ता नलिनुहोला र अनावश्यक रुपमा अड्कल पनि नलगाउनुहोला । तपाईंको प्रेम र शुभकामनाले चाँडै फर्किनेछु ।’
६१ वर्षीय दत्तको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।
दत्तका श्रीमती र सन्तान लकाउन र उडान प्रभावित बनेपछि पाँच महिनादेखि दुबईमा रहेका छन् ।
उनकी आमा नरगिसको पनि क्यान्सरका कारण सन् १९८१ मा निधन भएको थियो ।
(ईमेज खबर)
काठमाडौं। कराओके इन्टेरटेन्मेन्टले लकडाउनको समयमा अनलाईन सिङ्गीङ्ग कम्पिटिसनको आयोजना गरेको छ। काठमाडौंको बालाजुस्थित अष्टनारायण हलमा आयोजित फाइनलमा बिजयी प्रतिस्पर्धी तथा सव टाईटल होल्डरहरुलाई अवार्ड प्रदान गरिएको छ।
नेपालका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यता तथा नेप्लिज फेसन होमकी संस्थापक अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा गायक भिम तुलाधर, संगीतकार राजु सिंह, म्युजिक टिचर भानुभक्त ढकाल, गायक निर्णय श्रेष्ठ, गायिका बुनु राई मानन्धर, गायक प्रशान्त श्रेष्ठ (मिस्ट), करओके आईकन सिजन वान को बिजेता अशेष महर्जन, भोटिङ पार्ट्नर डेबिल सिङ्ग राजपुत, मिस्टर नेशनल रबिन तण्डुकार र मिस नेशनल नैना खड्गी लगायत सम्मानित भएका थिए।
कार्यक्रममा ५६० जना प्रतिस्पर्धीवाट टप २५ पश्चात टप ९ मा आएर ९ जनाले सव–टाईटल जिते। प्रतिस्पर्धी दर्पण रिजालले टप नाईन , सुजाता चापागाईंले एस्पाईरिङ्ग सिङ्गर , गौरी गिरीले प्रोमिशिङ्ग सिङ्गर , शिशिर थापाले शोम्यानसीप सिङ्गर , ममता अधिकारी चौलागाईंले डाईनामिक सिङ्गर, गिरिजा खटिवडाले (प्रेम खटिवडा ) भोकल टेक्निक सिङ्गर, देबेन्द्र बास्कोटाले बेस्ट सङ्ग चोईस, मोना थापाले भिओर्स ओफ चोईस र रबिन चौलागाईंले विन्नेर ओफ अत्तालिका सङ्गको अवार्ड प्राप्त जितेका थिए।
यो कार्यक्रमको मुख्य उदेश्य नव गायक–गायिकाको जन्म हो भन्दै आयोजक तथा कराओके इन्टरटेन्मेन्टका फाउन्डर खगेश रन्जितकारले आफूले सकेजति बल बुद्धि पुर्याएर गीत रचनाकार , सङीतकार , एरेन्जर , म्युजिक टिचर , गायक गायिका लगायक सङ्गीत बिधामा लागेका ब्यक्तित्वहरुको हक अधिकार प्राप्तिको लागि सदा अघि बढिरहने प्रस्ट पारेका छन्।
काठमाडौं ।हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अबसर लक्ष्यित गरि हरेक दिन नयाँ तिज गित सार्बजनिक भएका छन् ।
यसैक्रममा सामाजिक अभियान्ता एवं महिला उधमी ताराकुमारी खत्री रोकाया ले पनि आफ्नो पहिलो तिज गित “साह्रै पिर पर्दो रहेछ”सार्बजनिक गरेकी छिन ।
तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् ।उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा आफ्नै कला संस्कृती र मौलिकताको जगेनार्थ तयार पारी परम्परामा आधारित नेपाली महिलाहरूको तीज जस्तो चाडपर्व माइत जान नपाउँदा एउटा चेलीलाई गाउँघरमा पर्ने वास्तविक पिडाको अवस्थालाई गीतमा समेटिएको छ।
उक्त गीतमा निर्देशन,अभिनय,शब्द,आवाज तथा संगीत स्वयं तारा कुमारी रोकायाको छ। पुर्णतारा फाउन्डेसनको आयोजनामा निर्माण गरिएको छ।
अभिनयको निकै प्रशंसा भएको नेपालगन्जमा छायांकनगरिएको भिडियो निर्मल कुमार बुढाले खिचेका छन् । सम्पादन भिडियो निदेशन विपिन खडकाले गरेका छन् । भिडियो उज्यालो एचडि टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।
हेर्नुस् भिडियो।
https://www.youtube.com/watch?v=y6lnrn9zPp0
यस बर्षको चैत्यदेवी सिंह पुरस्कार महजोडीलाई प्रदान गरिएको छ । भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस बर्षको चैत्यदेवी सिंह पुरस्कार महजोडीलाई प्रदान गरिएको हो । ५१ हजार राशिसहितको उक्त पुरस्कार आज राजधानीमा एक कार्यक्रमबीच प्रदान गरिएको थियो ।
फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल चलचित्र कलाकार सङ्घ काअध्यक्ष रविन्द्र खड्कालगायत फाउन्डसेनका सम्पूर्ण कार्यसमिति र सञ्चारकर्मीबीच सामाजिक दुराी कायम गर्दै गरिएको कार्यक्रमा प्रदान गरिएको थियो ।
कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण बढीरहेको अबस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम ठूलो जमघट नगरी आयोजना गरिएको थियो । महजोडीलाई कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्काले रुद्राक्षको माला लगाइदिनुभएको थियो भने भुवन–हरिष चन्दले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
केहीदिन अगाडि मात्र ५ दशकदेखि नेपाली चलचित्र र रङ्गमञ्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रङ्गकर्मी तथा चरित्र अभिनेत्री शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक भन्दा बढी समयदेखि नेपाली रङ्गमञ्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरबबहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको थियो । दुबै पुरस्कार राशी जनही एकाउन्न हजार रहेको थियो ।
फाउन्डेसनले स्थापना बर्षको पुरस्कार गतबर्ष चलचित्र बिकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एकलाख त्रिपन्नहजार रूपैया अर्पण गरिएको थियो । पुरस्कार अर्पणको कार्यक्रममा फाउण्डेसनका सचिव मोहन निरौला, सदस्य पुष्कर लामा, अञ्जु रन्जीतकार र निर्देशक सम्झना उप्रेती सहभागी हुनुहुन्थ्यो ।
चलचित्र निर्माता, वितरक, कलाकार तथा जागौं यूवा अभियानका अध्यक्ष करण श्रेष्ठले आम मानिसका लागि निशुल्क सेनिटाइजर बुथको शुरुवात गरेका छन्।
करणले अनमानगरबाट सो कार्यको थालनी गरेका हुन्। बाटो हिँड्ने आम मानिसका लागि बाटोमै अटोमेटिक सेनिटाइजर बुथको व्यवस्था शुरु गरेको हो। हाललाई अनामनगरस्थित पूर्वी गेटमा बाटो हिँड्ने आम मानिसका लागि सेनिटाइजरको बुथ राखिएको छ।
जहाँ हात राख्नासाथ सेनिटाइजर लगाउन पाईन्छ। कोरोना त्रास बढ्दै गर्दा आम मानिसको स्वास्थ्यलाई ख्याल गरेर यस्तो वुथ सञ्चालनमा ल्याएको उनले बताएका छन्।
केही दिन अघिदेखि जागौं यूवा अभियानले निशुल्क मास्क समेत वितरण गर्दै आएको थियो। त्यस लगतै अटोमेटिक निशुल्क सेनिटाइजर बुथ सञ्चालनमा ल्याईएको हो।
सो बुथको उद्घाटन कलाकार दिपकराज गिरी, अनामनगर प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत, चलचित्र पत्रकार संघका महासचिव समीर बलामी, गुण सिनेमा प्रालिका सञ्चालक महेश प्रसाद किजु र जागौं यूवा अभियानका अध्यक्ष करण श्रेष्ठ लगायतले गरेका थिए।
अभियानका अध्यक्ष श्रेष्ठका अनुसार, सो बाटो भएर हिँडडुल गर्ने आम मानिसले उक्त बुथबाट हात सेनिटाइज गर्न सक्नेछ। यसले कोभिड–१९ सँगको लडाई सहकार्यमा सहयोग हुने उनले बताएका छन्।
सरकारको अभियानलाई सफल पार्न पनि आम मानिस र सामाजिक अगुवाई गर्ने व्यक्तिहरुले यस्तो खालको कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने करणले बताए। सबै मानिसले सेनिटाईजर बोकेर हिडेँको पनि नहुन सक्छ। कतिपयले सधैँ किनेर लगाउन पनि सक्दैना्। त्यसैले यस्तो अभियानलाई सबै ठाउँमा तिब्रता दिए सिंगो समाज नै सेनिटाइज हुने उनले बताए।