entertainment
||Power News Asia||

आजको समाचार

फोटो पसलले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने विजेताले २५ हजार पाउने

मनोरञ्जन


काठमाडौं– विश्व फोटो दिवस अगस्ट १९ लाइ मध्ये नजर गरेर फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने भएको छ । आम नेपाली नागरिकले यस प्रतियोगिमा सहभागि भै पुरस्कार र प्रमाण प्रत्रप्राप्त गर्न सक्ने उक्त संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता दिदै आइरहेको छ भन्ने कुराको संहग्र गर्ने उद्देश्यले वर्तमानमा यसले पारेको असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेजका रुपमा प्रस्तुुत गरी कोभिड १९ फोटो प्रतियोगिता फोटो पसल प्रालिले गर्न लागेको प्रतियोगिता संयोजक हरी पाण्डेले जानकारी दिए । यसका साथै अगस्ट १९ का दिन विश्व फोटो दिवसको अवसर पारेर फोटोग्राफी सम्बन्धी व्यवसाय एवं यस सम्वन्धि रुची राख्ने नेपाली नागरिकहरुलाई सम्मान गर्नु पनि रहेको संस्थाका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए । कोभिड १९ संग सम्बन्धी फोटोलाई प्रमुखतामा राखेर नै फोटो समाबेश गरि प्रतियोगितामा आम नेपाली नागरिकले यसमा सहभागीता जनाउन सक्नेछन साथै देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार र फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीहरुले समेत यस प्रतियोगितामा निशुल्क सहभागी हुन सक्ने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सहभागी हुनका लागि फेसबुक पेजमा रहेको जिमेलमा ओरजिनल फाइल फोटो कम्तिमा पनि ठुलो साइजमा प्रिर्न्ट गर्न मिल्ने र आफैले खिचेकोमात्र पठाउनु पर्ने छ । यस प्रतियोगिताको बिजेता छनोटका लागि आयोजक कमिटिले वरिष्ट फोटोग्राफर, वरिष्ठ फोटो प्रत्रकार लगाएत ३ सदस्यिय निर्णायक मण्डल छनोट गरेको छ । प्रतियोगिताको प्रथम पुरस्कार रू २५ हजार, दोस्रो पुरस्कार रू१० हजार र तेस्रो पुरस्कार रू ५ हजार सम्मान स्वरूप प्रदान गर्ने निर्णय फोटा पसल प्रालिको छ भने साथै सम्पुर्ण सहभागीलाइ समेत आयोजक कमिटिद्दारा डिजिटल प्रमाण प्रत्रको व्यवस्था समेत गरिएको छ ।
यस प्रतियोगितामा सहभागीले पठाउनु भएको सम्पुर्ण फोटो आयोजक कमिटिले सहज परिस्थिति आए पछि फोटो अनलाइन वा अफलाइनमा प्रर्दशिनि गर्न फोटो पसलले पाउने छ भने यदि प्रतियोगि मध्येका कुनै फोटो विक्रि वितरण भएमा उक्त फोटोको विक्रि मुल्यको आधा रकम सम्वन्धित फोटोग्राफरले समेत पाउने कुरामा सहमति जनाउनु पर्ने संस्थाले जनाएको छ । साथै प्रतियोगिहरूले आफुले पठाउने फोटो प्रविधि प्रयोग गरी लाइट वा कलर चलाएर राम्रो बनाएर पठाउन सक्नु हुन्छ । फोटो यहि श्रावण ३१ गते शनिवार सम्म पठाइसक्नु पर्ने छ भने पठाउने फोटो कोभिड–१९ सम्वन्धि जनचेतना,सुचना एवं यसको प्रभावलाइ उजागर गराउने विषय वस्तुमा केन्द्रित हुनु पर्ने छ ।

विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले’ सार्वजनिक(भिडियोसहित)

मनोरञ्जन


विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले…’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले…’को भिडियो सार्वजनिक भएको हो ।

शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन् ।

अर्जुन तिवारीले छायाँकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

‘हामी सबैको मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो स्रोता/दर्शकमाझ प्रस्तु्त गरेका छौ, सबैको साथ सहयोग र माया पाउने अपेक्षा लिएका छौं,’ सङ्गीतकार हरि लम्सालले भने । गीतको भिडियो टुवेल्थ टोन्स मार्फत सार्वजनिक गरिएको छ ।

निर्मल शर्माको निर्माण तथा गजित विष्ट निर्देशित ‘अचानक’ आजबाट रमाईलो एचडीमा

मनोरञ्जन


काठमाण्डौँ, लोकप्रिय कलाकार, निर्माता निर्मल शर्माको निर्माण तथा अभिनेता गजित विष्टको निर्देशनमा नयाँ टिभी सिरिज ‘अचानक’ आजबाट दर्शक समक्ष प्रसारण हुने भएको छ । जिवन्त अभिनय गर्ने नायकको रुपमा परिचत अभिनेता तथा सफल कोरियोग्राफरको रुपमा चर्चा कमाएका गजितले ‘अचानक’ टिभी सिरिजबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

उक्त टिभी सिरिज रमाइलो एचडी टिभीबाट आज बिहिवार साँझ ८ बजे देखि प्रशारण हुंदैछ । सिरिजको कथा र परिकल्पना गजित स्वयंको रहेको छ भने कार्यकारी निर्माता कलाकार निर्मल शर्मा ‘गैडा’ रहेका छन् ।

निर्मल शर्मा, रजनी केसी, गजित विष्ट, कृष्ण सिवाकोटी, प्रकाश बस्नेत, अंशिका बस्नेत, मेलिना ओलीलगायतका लोकप्रिय कलाकारहरुको अभिनय रहेको ‘अचानक’ क्राइम थ्रिलर सिरिज रहेको निर्देशक गजितले बताए ।

यो सिरिजको ४ एपिसोडको छायांकन पूरा भइसकेको छ । रमाइलो एचडीसँग १२ एपिसोडका लागि सम्झौता भएको जानकारी कार्यकारी निर्माता तथा कलाकार निर्मल शर्मालले दिए ।

सिरिजमा रहेको गीतमा चन्द्रमणी भट्टराईको शब्द, डेनी निरौलाको संगीत रहेको छ ।

वरिष्ठ छायांकार राजु केसीको छायांकन तथा सुनिल थापाको सम्पादन रहेको यो सिरिज दर्शकलाई मनपर्ने निर्देशक विष्टको विश्वास छ । १२ एपिसोड प्रशारण भएपछि दर्शकको प्रतिक्रिया अनुसार अगाडि बढ्ने उनले बताए ।

गीतकार तथा समाजसेवी यशु थापा रचित ‘बरिलै माईतिको आंगन’ गीत सार्वजनिक(भिडियो)

मनोरञ्जन


काठमाडौं, । हिन्दू नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा तिजका गीतसंगीत पनि सार्वजनिक हुने क्रम बढिरहेको छ । यस्तै विषयबस्तुलाइ समेटेर गीतकार तथा समाजसेवी यशु थापाको शव्दमा “बरिलै माइतिको आंगन ” सार्वजनिक गरेकी छिन् । कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड, सगरमाथा अवार्ड लगायत थुप्रै विधामा सम्मानित भैसकेकि गीतकार यशुका यस अघिका केही गीतहरु चर्चामा रहेका छन ।

सार्वजनिक भएका तिज गित भन्दा फरक तथा मौलिक किसिमको रहेको गितमा आवाज भने गायिका अन्जु पन्त र गायक तिलक बसनेतको रहेको छ भने संगीत पनि तिलक बस्नेतकै रहेको छ । गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन् ।

“बरिलै माइतीको आंगन” गितको भिडियोलाइ भने अर्जुन तिवारीले छायाँकन गरेका छन । शिव बिकले निर्देशन गरेका भिडियोमा गायक तथा मोडेल दुर्गेस थापा र सर्बाधिक नाचेर विश्व रेकर्ड राखन सफल दिदि र बहिनि रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठको अभिनय रहेको छ भिडियोलाई दुर्गेस थापाको यूटयूब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

फुलाराको ‘जूनसरी विलाई गयौं…..’ लिरिकल भिडियो सार्वजनिक

मनोरञ्जन


 

काठमाडौं । नेपाली साहित्य फाँटमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा नेपाली गीत, संगीतको क्षेत्रमा पदार्पण गरेका छन् । श्रीफुलाराद्वारा आमाको सम्झनामा लिखित ‘जूनसरी बिलाई गयौं…..’ बोलको उक्त गीतका संगीतकार विक्रम थापा र गायक स्वरुप राज आचार्य रहेका छन् भने संगीत संयोजन विसन मानन्धरको रहेको छ । फुलारा लिटरेचर फाउण्डेसन र द लभ अफिसेस अफ बासु डि. फुलारा पि.सी.को सहकार्यमा निर्माण गरिएको उक्त गीतको लिरिकल म्यूजिक भिडियो गीतकार फुलाराको आधिकारीक युट्यूब च्यानल ‘फुलारा इन्टटेनमेन्ट’ बाट एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । गीतकार भीष्म राज फुलारा गीतका बारेमा यसो भन्छन्, ‘आज म निक्कै नै भावुक भएको छु । मैले सानैमा मेरी आमा गुमाउनु परेकोले मेरी आमाको सम्झनामा यो गीतको सिर्जना गरेको थिएँ । यसका अतिरिक्त यो गीत संसारकी आमाहरुमा समर्पित गीत हो भन्न चाहन्छु ।’

त्यसैगरी उक्त गीतका गायक स्वरुप राज आचार्य यसो भन्छन् ‘मैले मेरो २५ वर्षे सांगीतिक यात्रामा सयौं गीतहरु गाएँ । म सधै गहन गीतहरुको खोजीमा हुन्छु । गीतकार भीष्मराज फुलाराज्युका शब्दहरु निक्कै नै अब्बल रहेको पाएँ । गीतकार फुलाराजीले भने झै आमा गुमाइसकेका संसारका ती सबै सन्तानहरुको साझा गीत हो यो भन्ने कुरामा म पनि सहमत छु ।’ कार्यक्रममा उक्त गीतका संगीतकार विक्रम थापाले समेत गीतकार भीष्म राज फुलारा नेपाली गीत संगीत क्षेत्रमा अब्बल गीतकारको रुपमा पदार्पण गर्नुभएको हुँदा उत्कृष्ट गीतहरुको अभाव रहेको वर्तमान अवस्थामा फुलाराजी जस्ता संवेदनशील गीतकारको खाँचो रहेको औल्याउनु भएको थियो ।’https://youtu.be/91ilY8D5iJA

गायिका ईन्दिराको स्वर तथा अभिनेत्री नितु अभिनित ‘नाचौं गाऔं रमाऔं’ सार्वजनिक (भिडियो)

मनोरञ्जन


नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा विगत भन्दा कम मात्रामा गीत तथा भिडियोहरु सार्वजनिक भईरहेको अवस्थामा हालै निर्देशक तथा कोरियोग्राफर सुमनकुमार श्रेष्ठले निर्देशन गरेको गायिका ईन्दिरा भट्टराईको स्वर, शब्द तथा सङ्गीतमा रहेको ‘नाचौ गाउ रमाउ’ बोलको तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको भएको छ ।
हाल दुवईमा रहेर व्यापार व्यबसायमा संलग्न रहदै आएकी गायिका ईन्दिराको यस अघिका गीतहरु पनि चर्चामा रहेको थियो । गीतको भिडियोमा नेपालमात्र नभै भारतमा समेत थुप्रै अन्तरराष्ट्रिय सम्मानबाट सम्मानित भै चर्चामा रहेकी मोडल, समाजसेवी नितु कोइरालाको अभिनय तथा नृत्य रहेको छ ।

 

जागरण महिला समाज समुहको आयोजन तथा निर्देशक तथा वरिष्ठ सिनेम्याटोग्राफर राजु केसीको सहयोगमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोलाई सूर्य महर्जनले छांयाकन गरेका हुन भने अर्कि कोरियोग्राफर सरस्वती लामाले कोरियोग्राफिमा सुमन कुमार श्रेष्ठलाई सहयोग गरेकी छिन । बिष्णु शर्माको सम्पादन रहेको भिडियोमा प्रिज्मा श्रेष्ठको मेकअप रहेको छ ।

चर्चित गीतकार लोकराज अधिकारीको “आयो तीज ” गित सार्बजनिक (भिडियो सहीत)

मनोरञ्जन


काठमाडौं / गीतकार लोकराज अधिकारीको नयाँ तीज गीत “आयो तीज ” सार्बजनिक भएको छ । समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वर अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन रहेको तीज गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा नम्रता सापकोटा,सङ्गै बालकलाकार अकेशा पोख्रेल, रोहबिन पोख्रेल र उजेश न्यौपानेले अभिनय गरेकाछन् । गीतमा अभिनय गर्ने अकेशा र रोहबिन बाबू छोरी हुन ।

म्युजिक भिडियोको निर्देशन त्रिशा केसीले गरेकी हुन् भने कोरियोग्राफी तेञ्जु योञ्जनले गरेका हुन् । यो गीतका गीतकार र निर्देशक एकै जिल्लाबासी दाङका हुन । गीतकार अधिकारीका यसअघि “जसो परेपर्ला  “घन्किदे मादलु ” रे पटम भरर ” “नाच चेली ” “आमाले पकाएको दर” लगायतका तीज गीत दर्शक स्रोतामाझ आइसकेका छन । अधिकारी नेपाली सुगम संगीत र चलचित्र गीत संगीतमा पनि स्थापित भैसकेका गीतकार हुन । लोकराजका”तिम्ले पराइ ठानेपछी ” “मर्छु बरु छट्पटीमा” रुपै “मोहनी ” “बाजा बजाउदै ” लगायत दर्जनौ गीत दर्शक स्रोतामाझ लोकप्रीय छन ।

निर्देशक राजकुमार र अञ्जलीको तिज गित "चुरा नारीमा" सार्वजनिक

मनोरञ्जन


 
लोकप्रिय गायिका बिमला गैरे र गायक प्रेम कुमार गैरेको स्वरबद्ध तीज गीत "चुरा नारीमा" सार्वजनिक भएको छ। उक्त गीतको शब्द/संगीत सर्जक गोबिन्द सुनामले गरेका छन् ।

सार्वजनिक उक्त गितमा गोबिन्द सुनाम र ममता सुनामको प्रस्तुती रहेको छ भने यस गीतलाई परिनिर्वाण क्रियशन प्रा.ली. ले बजारमा ल्याएको हो।
नेपाली गित संगितमा मात्र नभइ भोजपुरी चलचित्रमा समेत सर्किय अहिलेका चर्चित निर्देशक 
/कोरियोग्राफी एवम् डान्स डाइरेक्टर राजकुमार दर्जिले यस गितको निर्देशन गरेका छन् । बहुचर्चित मोडल तथा नायिका अञ्जली अधिकारीले महिला मोडलको भुमिका निर्वाह गरेकीछन् भने उनलाई निर्देशक तथा नायक राजकुमार दर्जीले साथ दिएकाछन् ।यो गीतलाई पिबि मियुजिक क्रियशनको  युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

कार्यक्रम आयोजक तथा व्यबस्थापन व्यबसायीलाई घरभाडामा छुट दिन घरधनिसंग ‘कार्यक्रम ब्यबस्थापन संघ’को आग्रह

मनोरञ्जन


काठमाडौं , असार :  ‘कार्यक्रम ब्यबस्थापन संघ’ले घरधनिसँग घरभाडा छुट मागेका छन् । कार्यक्रम व्यबस्थापन संघ (ईमान)ले एक विज्ञप्ति जारी गरी कोरोना माहामारीका कारण मनोरन्जन क्षेत्रमा लामो समय देखी विभिन्न टाईटलका सौन्दर्य प्रतियोगिता,फेशन शो, अवार्ड समारोह लगायत मनोरन्जनका साथसाथै व्यक्तित्व विकासका लागी प्रत्यक्ष रुपमा काम गर्दै आईरहेको ईभेन्टस व्यवसाय विस्थापित हुने अवस्थामा पुगेकाले घरभाडामा ५० प्रतिशत छुट गरी सहयोग गर्न आग्रह गरेको छ । ईमानले लकडाउन सुरु भएको चैत्र देखि यो असार मसान्त सम्मको घरभाडामा न्यूनतम ५० प्रतिशतसम्म वा पूर्ण छुटको लागि घरधनिलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ , अधिकांश घरधनिहरुको मुख्य आम्दानीको श्रोत घरभाडा नै रहेको यथार्थबाट हाम्रा व्यबसायीहरु पनि अनभिज्ञ छैनौं तथापी यस्तो विषम परिस्थितिमा व्यवसायीहरुलाई आत्मविश्वासका साथ व्यवसायमा टिकिरहन घरभाडामा अधिक छुट दिएर मात्र सम्भव देखिन्छ। अन्यथा यस क्षेत्रका अधिकांश व्यवसायीहरु विस्थापित भई घरहरु लामो समय सम्म खाली भई आम्दानीको बाटो नै बन्द हुने अवस्था आउन लामो समय लाग्ने देखिदैन ।
प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनका कारण मनोरन्जन उद्योग प्रभावित बन्नुका साथै सरकारले समेत कार्यक्रम गर्न रोक लगाएकोले कारोबार ठप्प भई आय स्रोत नै बन्द भएकाले घरभाडामा पचास प्रतिशतको छुट दिनु आग्रह गरेको हो । संघले यस संकटको घडीमा घरधनीको साथ र सहयोगको अपेक्षा राख्दै भोलीका दिनमा एकसाथमा हातेमालो गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेको छ । साथै संघले नेपाल सरकारलाई पनि छिटो भन्दा छिटो कार्यक्रम गर्नको लागि वातावरण निमार्ण गरि राज्यले लगाउदै आएको प्रतिबन्ध यथासक्य चाँडो फुकुवा गराउन अपिल गरेको छ । संघले सदस्य कम्पनीहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखी राहात प्याकेजको घोषणा गरि सहयोग गर्न समेत अनुरोध गरेको छ । साथै, सम्पूर्ण कार्यक्रम आयोजक सदस्यहरुलाई आआफ्नो घरधनीसंग समन्वय गरी आगामी दिनमा कसरी अगाडी वढ्ने भन्ने विषयमा ध्यान दिन आग्रह गरेको छ ।

२०७२ सालको महा भुकम्पवाट भर्खरै उस्किंदै गरेको यो व्यवसाय कोभिड-१९ को महामारीले झनै थला परेको र नेपाल लगायत विश्वव्यापी लकडाउन ले बन्द रहेको शैक्षिक क्षेत्र तथा सार्वजनिक यातायातबाट विभिन्न मनोरन्जनात्मक कार्यक्रम व्यवसाय पूर्णरुपमा प्रभावित भएको छ। व्यवसाय यति धेरै प्रभावित बन्न पुगेको छ कि यस व्यवसाय सामान्य अवस्थामा फर्किन लकडाउन विद्यालय,कलेज सार्वजनिक यातायात तथा सभा समारोह हल सुचारु भएको मितिले कम्तिमा १ वर्ष लाग्ने निश्चित रहेको ‘ईमान’का अध्यक्ष लब बहादुर कार्कीको भनाइ छ ।
संघले कार्यक्रम आयोजना सम्वन्धमा कुनै पनि सरकारी निर्णय नभएकाले सावधानी अपनाउदै आफु सुरक्षित भएर अगाडी बढन पनि अनुरोध गरेको छ ।

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘साक्षि राखेर भगवानलाई’ सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन


गीत लेखेर विभिन्न १५ विश्व रेकर्ड कायम गरेका विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘साक्षि राखेर भगवानलाई’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत रहेको गीत ‘साक्षी राखेर भगवानलाई’को भिडियो सार्वजनिक भएको हो । यो गीत डा. डीआर उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘नजरको तीर’मा समावेस रहेको छ ।

शुभाष प्रधानको निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा मनोज ओली र समिया कार्किलाई फिचरिङ गरिएको छ । डम्बर राईको छयाँकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । गीतको भिडियोलाई डीआर म्युजिक एण्ड क्रिएशन मार्फत सार्वजनिक गरिएको छ ।

डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र सपनाकी रानी जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् ।

डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । गीत लेखेर डा. डीआर उपाध्यायले विभिन्न १५ वटा विश्व रकेर्ड राखेका छन् ।