काठमाडौं, असार ८ । सभ्यता गिरी नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउँदै अघि बढिरहेकी छन् । नेपाली कलाकारिता क्षेत्रमा पनि उनले आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी छन भने भारतमा पनि उनको राम्रै चर्चा छ ।उनी अभिनित पछिल्लो हिन्दी गीत ‘पसन्द आया’को भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भिडियोमा भुषण पटेलसँग उनी अभिनयमा देखिएकी छन् । ए आर प्रोडक्सनको निर्माणमा बनेको उक्त भिडयोलाई अजित गाडेले कोरियोग्रफ गरेका छन् । प्रतिभा शर्माको आवाज तथा विपिन दासकोको शब्द सङ्गीत रहेको उक्त गीतलाई आनन्द राउतले निर्देशन गरेका छन् । गीतको भिडियो जी म्युजिक कम्पनी मार्फत सार्वजनिक गरिएको छ ।
निर्देशक श्रीराम महतको दोश्रो अन टाईटल प्रोजेक्टको लागि गीतको रेकर्डिङ्ग सम्पन्न भएको छ । उनले आईतबारको गीत रेकर्डिङ्ग संगै सिनेमाको निर्माण घोषणा समेत गरेका छन् । चर्चित नायक आकाश श्रेष्ठलाई नेपाली चलचित्रमा डेब्यु गराएर चर्चा कमाएका निर्देशक महतको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ नेपाली बक्स अफिसमा सफल मानिएको चलचित्र हो ।
एउटा चलचित्र निर्देशन पश्चात बिज्ञापन तथा डकुमेन्ट्रीमा ब्यस्त निर्देशक महतले बाकी रहेको समय यसै चलचित्रको तयारीमा व्यस्त रहेको बताए । म अब आफ्नै कथा मार्फत नयाँ सिनेमा लिएर आउंदै छु उनले भने । आइतबार राजधानीको नक्साल स्थीत एकेवस्टिक रेकर्डिङ्ग स्टुडियोमा महतको दोश्रो प्रोजेक्टको आईटम गीत रेकर्ड सम्पन्न भयो । नेपाली सांगीतिक आकाशमा चम्किएकि अहिलेका चर्चित गायिका टिका प्रशाईको आवाजमा रहने यस गीतलाई सिनेमा कै निर्माता तथा बरिष्ट गीतकार हिरा काजी थापाले लेखेका हुन, गीतमा शाहस शाक्यको एरेन्ज र नागेन्द्र श्रेष्ठको संगीत रहेको छ।
न्युन संख्यामा आइटम गीत गएकी गायिका टिका प्रशाईले यस गीत ‘सुनको बाला हातमा’ ले निकै राम्रो चर्चा पाउनेमा आफु ढुक्क रहेको बताईंन । मैले धेरै किसिमको गीत गएको छु तर यो सिनेमाको यस आइटम गीत भने मलाई फरक लाग्यो र मौलिक पनि छ आशा छ गीतको राम्रो चर्चा हुन्छ र यस गीतले सिनेमालाई पनि निकै राम्रो फाईदा गर्ने पक्का छ गायिका टिका प्रशाईले भनिन ।
कुल ४ गीत रहने यस अन टाईटल सिनेमा फुल लभ स्टोरीमा निर्माण हुने निर्देशक श्रीराम महतले बताए । केहि दिनमा नै औपचारिक जानकारी सहित सिनेमाको नाम सार्वजनिक गरिने बताउदै निर्देशक महतले यस सिनेमामा दुई नायिका रहने पनि खुलाए । नायक पनि हामीले बिचार गरिरहेका छौ तर यो बन्दबंदिले गर्दा हामी थप प्री प्रोडक्सनको काम लाई अघि बढाउन सकिरहेका छैनौ , यद्दपी दुई नायिका मध्ये एक जना पुरानै नायिका रहने छिन भने एक जना नायिका यस सिनेमा डेब्यु गर्नेछिन्, निर्देशक महतले भने ।

गायक बिनय कार्कीको ६ बर्षीय छोरी आरोही कार्कीले सबै बाबाहरु प्रति समर्पित गर्दै पहिलो पल्ट गायन मा पाइला चाल्दै नया गीत ‘नमस्ते गर्छु म’ को म्युजिक भिडोयो सार्बजनिक गरेका छन् ।लकडाउन को बेलामा घर मा बसी बसी बाबा छोरी मिलेर नया गीत को साथमा सांगीतिक क्षेत्रमा आरोहिको पाइला चलेको छ । पहिलो पल्ट गायन मा प्रयाश गरे पनि ६ बर्षिय आरोही ले निकै राम्रो संग
आवाज दियर अभिनय गर्नु भयको छ । उक्त गीतमा गायक बिनय कै शब्द संगीत संगीत संयोजन रहेको छ । गायक बिनय कार्की संगीतकार संगीत संयोजक पनि हुन् ।
चर्चित निर्माता तथा निर्देशक तथा कलाकार निर्मल शर्मा(गैँडा) द्वारा निर्देशन गरिएको "एउटा सपना"बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लकडाउनको समय भएका कारण कुनै सार्वजनिक कार्यक्रम गरी भिडियो रिलिज तथा अन्य कार्य गर्न नमिल्ने भएका कारण डिजिटल रिलिज गरिएको कुरा निर्देशक तथा कलाकार शर्माले तेजनेपाललाई बताउनु भयो । भिडियोमा वरिष्ठ कलाकार कमलकान्तको दमदार अभिनय हेर्न पाईन्छ । भिडियोमा उनले आफ्नो मायालुसंग बिताएका बिगतका पलहरुलाई सम्झिदै कसरी जिवन बिताईरहेका छन भन्ने देखाउन खोजिएको छ । अभिनयमा उनलाई अभिनेत्री रजनी के सि र कलाकार अशिम पौडेलले साथ दिएका छन । भिडियोलाई वरिष्ठ सिनेम्याटोग्राफर राजु के सि ले निकै नै आकर्षक तरिकाले छांयाकन गरेका छन भने सम्पादनको कार्य गौतम राज खडकाले गरेका हुन । भिडियो ओएसआर डिजिटको युटुब च्यानलबाट रिलिज गरिएको छ । निकै नै भावुक शैलीमा प्रस्तत उक्त गीतमा गायक उत्सव कान्त मैनालीको सुमधुर स्वर सुन्न पाईन्छ । गीतको शब्द रमेश सुबेदीले लेखेका छन भने संगीत रोशन राज गुरुङको रहेको छ । गीतलाई कुमार थापाले एरेन्ज गरेका हुन भने मनोज परियारले रेकर्डिङ तथा मिक्सिङको कार्य गरेका हुन ।
मिना कार्कीको स्वर, प्रकाश केसीको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीत ‘शिरमा फूल’ सार्वजनिक भएको छ । पछिल्लो समय मानिस धेरै निराशा र वियोगमा बाँचिरहेको बेला एउटा संयोगान्त भावको गीत ‘शिरमा फूल…’को अडियो भिडियो सार्वजनिक गरिएको हो ।
देवेन्द्र नेवाःको एरेन्ज, किशोर थापाको मिक्सिङ तथा मास्टरिङमा रहेको गीतको भिडियोमा समीक्षा पोख्रेल र कैलाश कठायतको अभिनय रहेको छ । उत्सव दाहालको छायाँन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबहाकको निर्देशन रहेको छ गीतको भिडियोमा । एभरेष्ट ग्यालरीको युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ ।
यो गीत आधुनिक गीति एल्बम ‘सदिक्षा’ मा रहेको छ । ‘सदिक्षा’ कोरोना सङ्क्रमणका कारण औपचारिक सार्वजनिक हुन सकेको छैन । सहज वातावरणमा सदिक्षा एल्बम एक औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिने सङ्गीतकार सन्तोषले जनाकारी गराए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापन लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले सामाजिक संजालको प्लेटफर्मलाई प्रयोग गर्दैै आफ्नो फेसबुक पेजमा लाइभ टक शो संचालनमा ल्याएका छन् । ‘स्पीक टू मी’ नाम दिइएको उक्त टक शो विगत ५ साताबाट नियमित रुपमा शुक्रबार र शनिबार साँझ ४ बजेबाट करिब एक घण्टा संचालन हुने गरेको छ । विशेषतः फेसन, मोडलिङ, ब्युटी, संचार, अभिनय तथा सौन्दर्य प्रतियोगिता क्षेत्रमा उपलब्धी हासिल गरेका व्यक्तित्वहरुको उपलब्धी, उनीहरुको क्यारिएर, व्यवसायिक यात्राको विभिन्न पाटो संगै व्यक्तिगत जीवनका रमाइला पक्षहरुको सेरोफेरोमा सो कार्यक्रम केन्दि«त रहेको छ । कार्यक्रमको प्रारम्भिक चरणमा उल्लेखीत क्षेत्रका व्यक्तिहरुमा केन्दि«त रहेता पनि विस्तारै यसको स्वरुपमा समाजका अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका युवाहरुलाई पनि समेटिने छ ।
हालसम्म रोजिनले संचालन गर्दै आएको ‘स्पीक टू मी’ मा मिस कस्मोपोलिटन वल्र्ड २०१९ प्रिया रानी लामा, मोडल एवं मिस इको इन्टरनेसनल नेपाल २०१९ मुना गौचन, मोडल एवं अभिनेत्री सुमी मोक्तान, मोडल तथा मिष्टर ओसियन नेपाल २०१७ विवेक खड्का, मोडल एवं अभिनेता एसराज गराच, मिस लिटिल प्रिन्सेस् इन्टरनेसनल २०१८ प्रितान्शा थापा, मेकअप आर्टिष्ट स्वस्तिका राजभण्डारी, फेसन डिजाइनर मनिश राईलाई प्रस्तुत भइसकेका छन् ।
टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा यसअघि वि.सं. २०५८ सालमा च्यानल नेपालको पर्दामा नेपाली चलचित्र सम्बन्धीत दुई वटा कार्यक्रमहरु सप्तरंगी र सिनेबाइट्स संचालन गरेका रोजिनले वि.सं. २०६० सालमा एनटिभि टुमा प्रवेश गरेका थिए । त्यहाँ करिब ६ वर्ष सम्म फेसन सम्बन्धीत कार्यक्रम फेसन बज र चलचित्र सम्बन्धीत कार्यक्रम सिने सिज्लर नामक कार्यक्रमको प्रस्तोता एवं निर्माताको रुपमा भूमिका निर्वाह गरेका थिए । यसैगरी केही समय अगाडि ईमेज टेलिभिजनबाट प्रशारण भएको अभियन सम्बन्धीत टेलिभिजन रियालिटी शो नेसनल एक्टिङ कम्पीटिसनको संचालनको जिम्मेवारी पनि उनले निर्वाह गरेका थिए । विगत १२ वर्ष यताबाट रोजिन नेपाल भाषाको समाचार वाचकका रुपमा प्रस्तुत हुँदै आएका छन् ।
लकडाउनको समयमा समेत घरमै बसेर समय सान्दर्भिक गीत तथा भिडियो श्रृजना गरि आम दर्शकसामू उत्कृष्ट मनोरन्जन पस्किदै आएका निर्देशक तथा कलाकार यमन श्रेष्ठले पछिल्लो पटक ‘स्कूल कहिले खुल्छ ?’ सर्ट फिल्मको निर्माण तथा निर्देशन गरि सार्वजनिक गरेका छन ।लक डाउनको समयमा सबैभन्दा मारमा परेका विद्यार्थी तथा स्कूलको पिडा समेटिएको उक्त सर्ट मुभीको कथा समेत लेखेका यमनले मोबाईलबाटै छायांकन गरि मनोरन्जनात्मक ढंगले निर्माण निर्देशन गरेका हुन । लामो समयदेखी बन्द रहेको बिद्यालयलाई केही विद्यालयले अनलाईनको माध्यमबाट पढाउने प्रयास गरे पनि ग्रामीण भेगका विद्यालय तथा सामूदायिक बिद्यालयले कसरी बिद्यार्थीलाई पढाउन सकिन्छ भन्ने वहसलाई कलाकार यमनले व्यंग्यात्मक तवरले प्रस्तुत गरेका छन ।
सामाजिक सन्जाल फेसबुक, ईन्स्ट्रागाम तथा युट्यूबबाट सार्वजनिक गरिएको उक्त सर्ट मुभीमा कलाकारहरु रिंकु बज्राचार्य श्रेष्ठ, सुनिता गौतम, अजय अधिकारी सुशिल,रोशन कोईराला तथा बाल कलाकार निशुना बजगाईको अभिनय रहेको छ ।लकडाउनको समयको सदुपयोग गर्दै घरमै बसेर निर्माण गरेको स्कूल कहिले खुल्छ ? ले घरमै बसेका अभिभावक तथा विद्यार्थीलाई मनोरन्जन दिने विश्वास गायक समेत रहेका निर्देशक एवं कलाकार यमन श्रेष्ठ बताउछन । भिडियोलाई निम्बुस बजार डटकमले सहकार्य गरेको छ ।
स्कूल कहिले खुल्छ ? को भिडियो हेर्नुहोस ।
काठमाडौं, जेठ २३ । सञ्चारकर्मी सूर्य चन्दको निर्देशनमा रहेको गीत ‘दैब कसम कोरोनाको’ सार्वजनिक भएको छ । रञ्जना दाहालको शब्द तथा स्वर मा रहेको सन्देशमुलक गीत ‘दैब कसम कोरोनाको’ भिडियो सार्बजनिक हो । गीतमा शिशिर भण्डारीको लय सङ्गीत र कुशल सिंहको एरेञ्ज रहेको छ । महेश श्रेष्ठ र पशुपति श्रेष्ठले छायाँकन तथा सम्पादन गरेको गीतको भिडियोमा रञ्जना दाहाल, गोबिन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देबी पन्तलाई फिचर्ड गरिएको छ । कोभिड-१९ले गर्दा लाखौं नेपाली भोक भोकै मर्ने अबस्था आएकोले गर्दा मानबसेवा नै सबै भन्दा ठूलो धर्म भएको र सेवाभाबमा समर्पित भई एकजुट भएर अगाडि बढ्न रञ्जनाले सार्बजनिक भिडियो मार्फत अनुरोध गरेकी छन ।