बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित हांस्य कलाकार पौडेलको साथमा समिक्षा अधिकारीको स्वर रहेको गीतमा सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको छ ।
लक्का जवानबाट चलचित्र निर्देशक समेत बनेका शिवहरिकै निर्देशन रहेको गीतको भिडियोमा विकास फिरोज, मनिषा श्रेष्ठ लगायतको अभिनय रहेको छ । देवराज सापकोटा र नवराज रिजालको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । नन्दा अधिकारीको मेकअप रहेको छ । गीत मुखमा हान्नुजस्तो नामको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
सारिका घिमिरेको स्वरमा रहेको गीत ‘यो जुनीभरिलाई…’ सार्वजनिक भएको छ । टंक कंडेलको शब्द, योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको गीत ‘यो जुनीभरिलाई…’को लिरिकल भिडियो सार्वजनिक भएको हो । एचवीएन किस्मतको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियोलाई लोकेश भाटले सम्पादन गरेका छन् ।
नायिका तथा मोडेल सारिका घिमिरे यतिवेला गीतमार्फत् पनि स्रोता/दर्शकको मन जित्न सफल भएकी छन् । उनका पछिल्लो समय सार्वजनिक भएका धेरै गीत स्रोता/दर्शकको अत्यधिक रोजाइमा पर्न सफल भएका छन् । ‘मेरा अन्य गीत जस्तै यो गीत ‘यो जुनीभरिलाई…’ पनि सबैले माया गरिदिनुहुने छ भन्ने आशा लिएकी छु’, सरिकाले भनिन् ।
काठमाडौं– लोकप्रिय वरिष्ठ हाँस्यकलाकार किरण केसी आज असार १५ गतेदेखि आफ्नो जन्मदिन मनाउँदै छन। कृषकहरुको महत्वपूर्ण चाड समेत परेको दिन भएकोले जन्मदिनको साथमा दहि चिउरा भोजको आयोजना गरि कृषिको महत्व समेत दर्शाउदै आएका केसीले प्रत्येक वर्ष यस दिनलाई हांस्यव्यंङ्ग क्षेत्रको विकास र प्रवद्र्धनात्मक कार्यक्रम समेत गर्दै आईरहेका छन ।
आफ्नो जन्मदिनको दिन भव्य रुपमा कार्यक्रम आयोजना गर्दै हरेक वर्ष कलाकारिता क्षेत्रबाट लामो समय देखी योगदान गर्ने वरिष्ठ कलाकार तथा पत्रकारिता क्षेत्रमा लामो समय देखि निरन्तर कलम चलाउदै आएका एक जना पत्रकारलाई गरि वर्षमा दुईजना व्यक्तित्वहरुलाई नगद दश /दश हजार सहित सम्मान गर्दै आएका ख्याति प्राप्त हांस्य कलाकार केसीले यो पटक आफ्नो जन्मदिनमा लकडाउनका कारण सम्मान कार्यक्रमलाई मात्र निरन्तरता दिई अन्य कार्यक्रम नगरिने उनले बताए । केसीले यो पटकको जन्मदिनमा कलाकारिता क्षेत्रबाट वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरी तथा लामो समयदेखि मनोरन्जन क्षेत्रमा कलम चलाउदै आएका चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान दिएका वरिष्ठ पत्रकार डब्बु क्षेत्रीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेका छन ।
कलाकारिता क्षेत्रमा जति ख्याती कमाएका छन उतिनै समाजसेवामा निरन्तर अहोरात्र खटिने वरिष्ठ समाजसेवीको रुपमा समेत चिनिएका केसीले लकडाउनको समयमा समेत समाजसेवामा सक्रिय भएर लागे । दैनिक गुजारा गरेर खाने श्रमजिवीलाई परेको पिडा होस, या भोकाएका पशुपन्छि, स्वास्थ्य सेवाबाट बन्चित मानिसहरुको सेवामा अहोरात्र खटिएका केसीले देशमा परेको जुनसुकै दैवी विपत्तिमा गरिएको समाजसेवाको सम्पूर्ण जनमानसबाट उनको कार्यको प्रशंसा हुने गरेको छ । समाज सेवाको नाउमा चन्दा संकलन गरेर चन्दा संकलकहरुको भिडमा आफ्नै परिश्रम र मिहिनेतले आर्जेको खर्च जुटाएर समाजसेवीको रुपमा चिनिएका केसीलाई ‘रातामकै’को उपमाले समेत चिनिन्छ ।
मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य अर्थात मह जोडीको समुहमा रहेर अभिनय यात्रा प्रारम्भ गरेका केसी पछिल्लो समय चर्चित कलाकार शिवहरि पौडेलसंगै सहकार्य गरि सफल चलचित्र निर्माताको रुपमा समेत स्थापित छन।
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘म केही भन्छु…’ सार्वजनिक भएको छ । डीआरको शब्द, नरहरि प्रेमी र सुम्निमा लोको स्वर तथा नरहरिकै सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । यो गीत उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘अनुभुतिको मझेरी’मा समाविष्ट छ ।
गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्यायले यो सार्वजनिक गीतमा बाबु छोरीको प्रेमलाई प्रस्तुत गरेका छन् । ‘छोरीको लागि बाबाको कत्वर्य के हो र बाबाप्रति छोरीको जिम्मेबारीका कुरालाई गीत मार्फत सवैले आफ्नो जिम्मेबारी वहन गरुन भन्ने हेतुले मैले यो गीत स्रोता/दर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने ।
यस्तो छ गीत :-
म केही भन्छु आज सुन
मुटुको टुक्रा तिमी
आर्शीवचन मानेर छोरी
जिउनु जूनी जूनी
देउता जस्ता बाबा मेरा
छोइन यस्तो कोही
हजुर हरेक आज्ञा मान्छु
म त खुशी भइ
मेरो बाबा
मेरी छोरी
तिमी हाँस्दा खुशी हुन्छु
रूँदा तिमी रून्छु म
तिम्रै लागि सधै मीठा
सपनाहरू बुन्छु म
पिताश्रीको अर्ती उपदेश
शीर माथि राखेर
बाबाको शीर ठाडो पार्छु
स्वाभिमानी बनेर
तिम्रो कारण कोही पनि
निराश हुनु नपरोस्
दुःखी गरिब खुशी होउन्
कैल्यै आँसु नझरोस्
बुबा जस्तै संस्कारी
मान्छे बन्न सकुं म
कूल घरानाकी छोरी भनी
गर्व गर्न सकुं म
दश उपन्यास र सयौं गीतमार्फत पाठक, स्रोता तथा दर्शकको मन मष्तिस्कम बस्न सफल डा. डीआर उपाध्यायको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो । डा. उपाध्यायका अहिलेसम्म १८ एल्बम र सयौं गीत स्रोता/दर्शकमाझ आएका छन् ।
गीत लेखेर एक पछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले वल्र्ड बुक्स अर्फ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको नामको खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् । ‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कारबाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत-सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायःजसो सबै अवार्ड चुम्न सफल भएका छन् ।
गायक दिनेश गौतमको ‘मायाँ आफैं हुन्छ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा राम भट्टराईको शब्द तथा बसन्त सापकोटाको संगीत छ । भिडियोमा विनोद श्रेष्ठ र लक्ष्मी शर्मा फिचर्ड छन् । कलाकार तथा निर्माता दीपशिखा सिंह खड्काले निर्देशन गरेको भिडियोमा भेषबन्धु ढकालको छायांकन, विक्रमकुमार श्रेष्ठको सम्पादन छ ।
चर्चित गीत पैसा कस्ले बनायो ? बाट चर्चामा आएका गायक गौतम दुई दशकदेखी निरन्तर नेपाली गीत संगीतमा लागि रहेका छन । पैसा, इश्वर, प्रजुसा, प्रभाब, शीतल, चुपचाप चुपचाप, लगायत ११ म्युजिक एल्बम सर्बजनिक गरिसकेका गौतमका पैसा कस्ले बनायो ? , घरबनाउला बाँसै काटेर , फर्केर आएन मायाँलु ,इमान बेचिदिन्छ मान्छे, म मरिसके पछि लगायत थुप्रै चर्चित गीतहरु पस्किसकेका छन । विशेष गरि कालजयी गीत गाउने गौतमले थुप्रै नेपाली फिल्ममा आफ्नो सुमधुर आवाज दिई सकेका छन । गायन मात्र नभएर नेपाली साहित्यमा पनि निकै राम्रो कलम चलाउने गौतमको लेखन तर्फ पुस्तकप्रसाद को नाम ले परिचित छन फेरि गीत फेरि गजल , (गीत, गजल संग्रह ) र ‘पुस्तक’ नामको गीत संग्रह प्रकाशित छन,कविता गीत र गजलमा सशक्त कलम चलाउने गौतमले पैसा कस्ले बनायो गीत उनको आफ्नै लेखन, सङीत, र आवाजमा तयार भएको गीत बाट उनको चर्चा चुलिएको थियो । गजल गायनमा समेत उत्तिकै दमदार क्षमता र अब्बल दिनेश गौतम उर्फ ‘पुस्तकप्रसाद’ लाई लेखक संगीतकार तथा कुशल गायकको त्रीबेणी मान्न सकिन्छ ।
काठमाडौं । देशको पछिल्लो घटनाक्रम अनुसारको गीतहरु सार्वजनिक हुने क्रममा एमसीसी विषयको समय सान्दर्भिक गीत ‘एमसीसी चाहिदैन’ बोलको गीत सार्वजनिक भएको छ । नेपालको समसामयिक घटना र वास्तविकतालाई मध्यनजर गरि तयार गरिएको गीत एमसीसी चाहिदैन लाई गायक कुवेर पि. उप्रेती दाह्रीले स्वर दिएका छन । गायक स्वयंकै संगित तथा शव्द रहेको गीतको भिडियो उनकै कुवेर पि. उफ्रेती दाह्रीको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । विद्युतीय व्यबसायी समेत रहेका उफ्रेतीको उक्त गीतको ऐरेन्ज दर्पण यात्रीले गरेका हुन भने मिक्सिङ्ग तथा मास्टरिङ्ग मान बहादुर बरालले गरेका हुन ।
भारतको पिस अफ ईन्डिया नामक संस्थाली आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याए बापत हालै नेपालकी अभिनेत्री नितु कोईराला तथा भारतका चर्चित अभिनेता राहुल रोय, मिसेज एसिया विनर मोडेल तथा नायिका हिना कौसेर, बलिउड अभिनेता वरुन सुरी तथा राज अरोरा लगायतका बिशिष्ट व्यक्तित्वहरुलाई “शान्ती”अवार्डद्वारा सम्मानित गरिएको छ ।
कार्यक्रमको निश्चित अवधी यही सन २०२० जुनको २३ तारिख राखिएको तर हालै चलेको बिषम परिस्थितिका कारण भने अनलाइनबाटै भर्चुयल कार्यक्रम गरी अवार्ड समारोह सम्पन्न गरिएको कुरा सम्मानित मध्यकी एक नेपाली अभिनेत्री तथा पिस अफ इण्डियाका लागि नेपालबाट प्रतिनिधित्व गर्दै आएकी नितु कोइरालाले जानकारी गराउनु भयो । कार्यक्रममा सो अवार्ड समारोहलाई पिस अफ इन्डियाका संस्थापक अध्यक्ष बिशाल भारद्वजले सम्बोधन गर्नु भएको थियो ।
अवार्ड बितरणसंगै कार्यक्रममा सम्पूर्ण सम्मनित व्यक्तित्वहरुले आफ्नो तर्फबाट आफ्नो देशमा शान्ती स्थापना तथा अनवरत निस्वार्थ सेवा गर्ने प्रण पनि गर्नु भयो ।
यसरी आफ्नो देशको नाम देश लगायत अन्य देशमा पनि गौरवान्वित बनाउने नेपालकी अभिनेत्री नितु कोइराला लगायतका सम्पूर्ण कलाकार तथा बिशिष्ट व्यक्तित्वहरुलाई हाम्रो पनि सलाम ।
बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक हुने भएको छ । चर्चित हांस्य कलाकार पौडेलको साथमा समिक्षा अधिकारीको स्वर रहेको गीत ‘चियासँग चुरोट’को भिडियो स्रोतारदर्शकमाझ चांडै आउने पौडेलले बताए। सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको छ ।
शिवहरिकै निर्देशन रहेको गीतको भिडियोमा विकास फिरोज, मनिषा श्रेष्ठको अभिनय रहेने छ । देवराज सापकोटा र नवराज रिजालको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । नन्दा अधिकारीको मेकअप रहेको छ । ‘हामीले यो गीत मुखमा हान्नुजस्तो युट्युव च्यानलबाट छिट्टै सार्वजनिक गर्दै छौ’, पौडेलले भने ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका पदाधिकारिको एक टोलिले नेपाल चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष दयाराम दाहाललाई भेटी समग्र नेपाली चलचित्र क्षेत्रको समस्या र त्यसको समाधानका लागि सुझाव पेश गरेको छ।बोर्ड अध्यक्षको कार्य कक्षमा प्रतिष्ठानका पदाधिकारीहरुको भेटमा नेपाली चलचित्रलाई कसरी अन्तरास्ट्रिय बजारमा लान सकिन्छ ? र त्यसका लागि के के निती अपनाउनु पर्छ ? भन्ने बारेमा छलफल भएको थियो।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बिगत देखिनै नेपाली चलचित्रको स्तरोन्तीका लागि अन्तरास्ट्रिय चलचित्र महोत्सव (निफ) , कार्यशाला, गोष्ठी लगायत चलचित्र क्षेत्रको प्रवद्र्धन गर्दै आइरहेको छ। प्रतिष्ठानका अध्यक्ष केपि पाठकले सुझाव पत्र बोर्ड अध्यक्ष दाहाललाइ हस्तान्तरण गरेका थिए भने प्रतिष्ठानका महासचिव राजु के.सी.ले सुझाव पत्र वाचन गरेका थिए । सुझाव प्रति सकरात्मक प्रतिक्रिया दिदै बोर्ड अध्यक्ष दाहालले ‘आफूले यसलाई गम्भिरका साथ लिएर समस्या समाधान तथा चलचित्र क्षेत्रका विकासका निमित्त पहल गरिने ‘बताए ।
उक्त समारोहमा प्रतिष्ठानका कोषाध्यक्ष कमल शर्मा, सदस्य प्रमोद भण्डारी सहितको टोलि बोर्डमा उपस्थित थियो।
काठमाडौं, असार ८ । सभ्यता गिरी नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउँदै अघि बढिरहेकी छन् । नेपाली कलाकारिता क्षेत्रमा पनि उनले आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी छन भने भारतमा पनि उनको राम्रै चर्चा छ ।उनी अभिनित पछिल्लो हिन्दी गीत ‘पसन्द आया’को भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भिडियोमा भुषण पटेलसँग उनी अभिनयमा देखिएकी छन् । ए आर प्रोडक्सनको निर्माणमा बनेको उक्त भिडयोलाई अजित गाडेले कोरियोग्रफ गरेका छन् । प्रतिभा शर्माको आवाज तथा विपिन दासकोको शब्द सङ्गीत रहेको उक्त गीतलाई आनन्द राउतले निर्देशन गरेका छन् । गीतको भिडियो जी म्युजिक कम्पनी मार्फत सार्वजनिक गरिएको छ ।