काठमाडौं- गायक जय खडगी'जिमी'को सुमधुर स्वरले सुसज्जित निकै नै मिठो गीत "हेलम्बुको स्याउ मिठो' बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठको निर्देशनमा तयार पारिएको यस् म्युजिक भिडियोमा गायक खडगीलाई डोल्मा शेर्पाले अभिनयमा साथ दिएकी छिन । बिक्रम थापाको संगीत तथा आतिस लामाको शब्द रहेको यस गीतमा काठमाण्डौको छेउ हिमालसंगैको ठाँउहरुको मनोरम दृश्यहरु कैद गर्दै प्रस्तुत गरिएको छ । भिडियोमा राजु के सिको सिनेम्याटोग्राफी नवीन चौधरीको सम्पादन तथा रंग संयोजन रहेको छ । स्वयम् गायक जय र मोडेल डोल्माको अभिनयसंगै भुमिका लामा, समीक्षा अधिकारी, स्मृति राई, सम्झना मगर लगायत रोशनी लामा र सुजन तामाङले बाल कलाकारको रुपमा अभिनय गरेका छन ।
भिडियोमा आफ्नो सानै देखिको मायालाई पर्खेर बसेको एक युवक र युवतीको प्रेम कथामा आधारित रहेर भिडियोलाई सकेसम्म न्याय दिन खोजेको निर्देशक सुमन कुमार श्रेष्ठले बताए । त्यस्तै आफ्नो पहिलेको भिडियोलाई जस्तै यस भिडियोलाई पनि दर्शकश्रोताले मनपराईदिने र माया गर्ने कुरामा आफू ढुक्क रहेको र भिडियोमा सहयोग पुर्याउने सम्पुर्ण सहयोगी हात र मनलाई हृदयदेखि नै धन्यवाद दिन चाहेको कुरा गायक जय खडगीले बताए । तेजस्वी कला केन्द्र एण्ड मिडिया तथा तेजनेपालको प्रोडक्सनमा तयार पारीएको भिडियोलाई गायक जय खड्गी 'जिमी'को अफिसियल युट्युब च्यानल मार्फत तमु ल्होसारको अवसरमा सार्वजनिक गरिएको हो ।
काठमाडौं- सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ काठमाडौंमा बिहिबार सम्पन्न भएको छ । अवार्ड समारोहमा अग्रज गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । उनलाई आवर्ड सहित १७ हजार ६९६ रुपैयाँ र ताम्रपत्र पनि प्रदान गरियो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए ।
नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण । प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाकारको सम्मानको लागि नगरपालिकाले सहकार्य गरेको बताए । साथै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए । अधिकारीले कलाकारलाई सम्मान गर्न पाउँदा आफु हर्षित भएको पनि बताए ।
त्यसैगरी वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई ८ हजार ८४८ रुपैयाँ सहित सगरमाथा कला पत्रकारिता रजत सम्मान प्रदान गरियो । सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भट्टराई, नेमिष गौतम, कल्पना रेग्मीलाई र सगरमाथा रेडियो पत्रकारिता सम्मान कमला पन्थीलाई प्रदान गरियो । कार्यक्रममा वरिष्ठ संगीत प्रशिक्षक तिलकसिंह पेलालाई संगीत विशेष सम्मान गरियो । लोक गायक अमृत सापकोटा, गायक चिरञ्जीवी भण्डारी, गायिका सुनिता गुरुङ,साउण्ड डिजाइनर मनोज परियार, बाल गायिका सफलता श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, गीतकार लोकराज अधिकारी लगायतकालाई सम्मान गरियो ।
सो अवार्डको निर्णायकहरुमा लोक तथा पारम्पारिक गायिका झुमा लिम्बु, गीतकार बद्री पाण्डे, संगीतकार योगेन्द्र उपाध्याय, गायक शंकर थापा (स्माइल), रमेश पाठक र मोडल सनम कठायत थिए ।
चौथो सगरमाथा अवार्ड विजेताहरु यस प्रकार छन्
१, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार : घनेन्द्र ओझा – परे म मर्छु भोकैले
२, सर्वोत्कृष्ट राष्ट्रिय भाव संगीतकार : रोशन बान्तवा – गौतम बुद्ध
३, सर्वोत्कृष्ट गायक चलचित्र : प्रदाप दास – हर युग होस
४, सर्वोत्कृष्ट गायिका चलचित्र : मेलिना राई – सुन्तला
५, सर्वोत्कृष्ट गीतकार चलचित्र : राजेश कुमार श्रेष्ठ – हर युग होस
६, सर्वोत्कृष्ट संगीतकार चलचित्र : एलिस कार्की – हर युग होस
७, सर्वोत्कृष्ट आधुनिक गायक : युवराज चौलागाई – तिम्रो याद
८, सर्वोत्कृष्ट पप गायक : आशिष सचिन – सानो सानो कुरामा
९,सर्वोत्कृष्ट पप आधुनिक गायक (जुरी) राज सागर – खै कसोरी विझाए
१०, सर्वोत्कृष्ट पप–आधुनिक गायिका – निशा देशार – पाउ हजुर
११, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष : विरेन्द्र कुमार बलामी – म बाचेको संसार
१२, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष (डायस्पोरा) : कुमार मिश्र – एउटा कथा
१३, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला : गीता अधिकारी – स्वास फेरी
१४, सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार : योगेश काजी – मलाई हेप्नी
१५, सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार (जुरी) : शेरा थामी – तिमी बस दिलैमा
१६, सर्वोत्कृष्ट नव प्रतिभा गायन : सौगातजंग थापा – हाम्रो माया जाल
१७, सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन : रिता केसी / प्रविण बेडवाल – तिमी पनि हरायौं
१८, सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला : रोशनी कार्की – विरानो देश
१९, सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष : कमल सिंह – रुन्न भन्दानी
२०, सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष (जुरी) : विरेन्द्र नौभाग्य – अर्को सार्थी
२१ सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला : अस्मी थापा – चरी भरर
२२, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला (जुरी) : प्रनिमा दाहाल – तिम्रै माया
२३, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल पुरुष : अंश वर्मा –ए साइली
२४, सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन : प्रकाश धिताल – भन्नु हुन्थ्यो बाले
२५, सर्वोत्कृष्ट लोक पप गायक : ओम सुनार – लाहुरे सिपाई दाई
२६, सर्वोत्कृष्ट लोक पप गायिका : निता आचार्य – रंगीन संसार
२७, सर्वोत्कृष्ट लोक पप गायिका (जुरी) : अन्जु श्रेष्ठ – नहेरे झै गर्ने
२८, सर्वोत्कृष्ट लोक दोहोरी गायक : नमराज ढुंगाना – पिरतीमा दम छ
२९, सर्वोत्कृष्ट लोक दोहोरी गायक (जुरी) : रामहरी भण्डारी – चुरोट सलाई
३०, सर्वोत्कृष्ट लोक दोहोरी गायक (पब्लिक च्वाइस ) : जय देवकोटा – माया लाउँछ र त
३१, सर्वोत्कृष्ट लोक दोहोरी गायिका : कालिका रोक्का मगर – मुग्लिन पुलतरी
३२, सर्वोत्कृष्ट लोक दोहोरी शब्द : विपिन केसी – दाजु भाई
३३, सर्वोत्कृष्ट लोक दोहोरी लय : सागर विरही – फुल रसैको
३४, सर्वोत्कृष्ट लोक दोहोरी नव गायक : रमेश लामिछाने – हेलम्बुको स्याउ
३५, सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका : रिया घले – बार्दलीमा गम्छा
३६, सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष : निक्स शर्मा – सिकारी
३७, सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला : एलिना रायमाझी – मैले माया सम्झेर
३८, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला : खुशी थापा – ए मुना
३९, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला (जुरी) : अपेक्षा सिंह– नजर नजरको
४०, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष : यज्ञराज गिरी – फुर्के जुंगा
४१, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष (सन्देश मुलक जुरी) : नरेन्द्र सिंह ठकुरी
४२, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक : स्मृति तिमिल्सीना – मुटु बैना
४३, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (पप/आधुनिक) : अमृत सुनुवार – माया लाग्छ कति
४४, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (लोक दोहोरी) : कृष्णबहादुर थापा – मिठो सारंगी
४५, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन : अनिलकुमार महर्जन – आज किन
४६, सर्वोत्कृष्ट नव गितकार पप/आधुनिक : विजय खड्का – न बदलिन्छ जीन्दगी
४७, सर्वोत्कृष्ट नव गितकार पप/ आधुनिक (जुरी) : सागर बास्तोला– हे धोकेवाज
४८, सर्वोत्कृष्ट नव गितकार ( सन्देश मुलक लोक दोहोरी) : दान आचार्य – बस पियारी
४९, सर्वोत्कृष्ट एरेन्जर पप/आधुनिक : जीवन बडु – तामा पित्तल
५०, सिनियर सिनेमाटोग्राफर अवार्ड : मधुर बस्नेत
काठमाडौं – चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि निर्माण भएको चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी निर्माता तथा लेखक मौनता श्रेष्ठले दिएका छन् । वितरक कम्पनी आरआर फिल्मससँग छलफल गर्दै यो मितिमा चलचित्र प्रदर्शन गर्ने सहमति भएको उनले बताए ।
चलचित्रमा सञ्जीत भण्डारी, संजय खतिवडा, आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, विन्दिया ठकुरी, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, रुपा केसी, ऋचा थापा, चक्र राई, कनिज कोइराला, लगायतको अभिनय छ ।
मदन घिमिरे निर्देशित चलचित्रमा छायांकन रामशरण उप्रती, नृत्य कमल राई र अभि वाग्ले, संगीत सुरेश अधिकारी र विक्रम थापा, शब्द रचना हरी उपे्रती र दीपेन्द्र खड्काको रहेको छ भने विनुसा राई र अर्जुन लिम्बुको स्वर रहेको छ । प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् ।
Kathmandu - Inspired by True Events, Dev – Ghat, a family crime thriller movie has just been announced by a group of young film-makers looking to make their mark. The film is set to be made under the banner of FA Productions.
The film is written and set to be directed by Diwash Amgain, 26 years old, a Film College graduate. He has previously worked in various commercials and short films, winning the Jury Award in NIFF. He also travelled to Thailand in 2017 after being selected from Nepal for Thailand International Film Festival. Diwash described the film as a family murder mystery set against the backdrop of DevGhat, Chitwan.
Jason Lopchan will be serving as the executive producer of the movie. Jason, being a Director himself, has previously directed Mayor Balen Shah’s music video and currently has his own directorial movie, “Ananta” starring Karma and Laxmi Bardewa under post production.
The film titled, Dev – Ghat, is currently holding a Casting Call for Actors and will be announcing the full cast and crew in the next few weeks. The film is set to start production in the first week of Falgun this year.
काठमाडौं- सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित हुनुभएको छ । उहाँलाई शुक्रबार एक विशेष सामारोहबीच मिलाप विशिष्ट सम्मानले बिभूषित गरिएको हो । मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न भएको समारोहमा प्रमुख अतिथि विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय, गीतकार संघका निर्वतमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, बिशिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखनाथ पोख्रेल, बरिष्ठ कलाकार उत्तम केसीलगायतले स्रष्टा शर्मालाई खादा, दोसल्ला, माला र सम्मान पत्रले बिभूषित गर्नुभएको थियो ।
निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलले सहजीकरण गरेको कार्यक्रममा स्रष्टा शर्माले आफू नेपाली भाषा साहित्य कला संस्कृतिको एक साधक रहेको बताउँदै नेपालमा आफूले पाएको यो सम्मानका लागि विशेष आभारी रहेको बताउनुभयो । उहाँले साहित्य कुनै सीमा भित्र नबाधिने र यसको क्षेत्र व्यापक र विस्तार भएको बताउनुभयो । यस सम्मानले आफूमा अझ जिम्मेबारी थपिएको बताउँदै आउँदा दिनमा पनि यस क्षेत्रमा आफू अविरल लागिरहने शर्माले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि डा.उपाध्यायले नेपाल बाहिर पनि नेपाली भाषीले भाषा साहित्य कला संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने जुन कार्य गरिरहनुभएको छ त्यो अत्यन्त स्तुत्य रहेको बताउनुभयो । उहाँले आफूले पनि विविध क्षेत्रमा कलम चलाएको सुनाउँदै फरक ढंगका काम गर्दै जादा १३२ विश्व कीर्तिमान कायम गर्न सफल भएको सुनाउनुभयो । आफू केही वर्ष अघि सिक्किममा गएर पुस्तक तथा एल्वम विमोचन गरेको स्मरण गर्दै सिक्किमले यस क्षेत्रमा निक्कै प्रशंसनिय कार्य गरेको चर्चा गर्नुभयो ।
यस्तै, साहित्यकार लेकालीले नेपाल बाहिर सिक्किममा साहित्यको उर्बर भूमि रहेको बताउँदै पछिल्लो समय सिक्किमले नयाँ नयाँ प्रतिभा जन्माएको जिकिर गर्नुभयो । पहिला दार्जिलिङमा भाषा साहित्यका धेरै कार्यक्रम गतिविधि हुने गरेकोमा अहिले आएर सिक्किममा यस्तो धेरै हुने गरेको भनाइ राख्नुभयो । उहाँले स्रष्टा शर्माको साहित्यिक व्यक्तित्वका बारेमा प्रकाश पार्दै नेपालमा उहाँलाई सम्मान गर्न पाउदा खुशी लागेको बताउनुभयो ।
यस्तै, गीतकार देवकोटाले गीत संगीतमा शर्माको योगदानको प्रशंसा गर्दै आउँदा दिनमा उहाँका अझ धेरै सिर्जनाले नेपाली गीत संगीतको क्षेत्र सिंचित हुनेमा आफू आशावादी रहेको बताउनुभयो । त्यस्तै साहित्यकार दाहालले मिलापका कार्यको प्रशंसा गर्दै स्रष्टा शर्माले नेपाली गीत संगीत क्षेत्रका पुर्याएको योगदानको चर्चा गर्नुभयो । उहाँले नेपाल बाहिर रहेका नेपाली भाषी भाषा साहित्य कला संस्कृतिका व्यक्तित्वहरूले मिलापले जोडने काम गरेको बताउनुभयो ।
त्यस्तै, कलाकार केसीले सिक्किमले नेपाली भाषाका चलचित्रलाई प्राथमिकतामा रोखर गरेका कार्यको प्रशंसा गर्नुभयो । उहाँले हाम्रो पहिचान भनेको हाम्रा संस्कार र संस्कृति रहेको भन्दै हाम्रा प्रस्तुतिमा यस्ता विषयलाई प्राथमिकता दिनुपर्ने जिकर गर्नुभयो ।
सम्पादक भुसालले सिक्किमा रहेर विगत तीन दशकदेखि निरन्तर गीत संगीतको क्षेत्रमा लाग्नुभएका स्रष्टा शर्मालाई नेपालमा सम्मान गर्न पाउँदा आफूहरू पुलकित भएको बताउनुभयो । शर्माले यस क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दैै आउँदा दिनमा उहाँका अझ धेरै सशक्त सिर्जना स्रोतारदर्शक र पाठकमाझ आउन भन्दै बधाई तथा शुभकामना दिनुभयो । मिलापले गर्दै आएका कार्यका बारेमा बताउँदै उहाँले भाषा साहित्य कला संस्कृतिका क्षेत्रका स्रष्टाहरूले पुर्याएको योगदानको उच्च कदर गर्दै स्रष्टा शर्मालाई सम्मान गरिएको जिकिर गर्नुभयो । यस्तै मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डशेनकी अध्यक्ष गीता अधिकारी र अन्य अतिथिहरूले स्रष्टा शर्मालाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा निर्देशक तथा गीतकार गणेश सुवेदी, कलाकार निर्देशक शेखर खनाल, प्रेम शर्मा पौडेल, साहित्यकार शैलेन्द्र चापागाईं, मिलन शाह शंकर, बरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, सूर्य चन्द, राज लुईंटेल, निमेश गौतम, कमला जोशी, किरण अधिकारी, राजन थापा, भोला अधिकारी, शम्भु ढुंगाना, रिना श्रेष्ठ, मदन ढुंगाना, कुमार आचार्य, अर्जुन गुरागाईं, गोमा गौतम, दिपाशा कार्की, अलिन पोख्रेल, राज गजमेर लगायतका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।
स्रष्टा शर्मालाई बुधबार काठमाडौंमा उर्वरा फाउण्डेशनले पनि सम्मान गरेको थियो । उहाँले बिहीबार एक नेपाली गीतको काठमाडौंमा रकेर्डिङ पनि गर्नुभएको छ । शर्माको स्वर र संगीतमा एक दर्जन भन्दा बढी गीत छन भने उहाँले गीत लेखन र कविता लेखनमा आफूलाई सक्रिय राख्दै आउनुभएको छ । उहाँ सिक्किमसाहित्य परिषदको पूर्व माहासचिव समेत हुनुहुन्छ ।
काठमाण्डौ – चौथों नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०७९ आयोजना हुने भएको छ । मंसिर २२ गतेदेखि २४ गतेसम्म हुने महोत्सवमा नेपालसंगै भारत, इरान, संयुक्त राज्य अमेरिका, चीन, टर्की, बंगलादेश, क्यानडा, ब्राजिल, ट्युनेसिया, श्रीलंका, पोल्याण्ड, फिलिपिन्स, लाटिभा, जर्मनी, अर्मेनिया, बेलायत, जापान, इटाली, फ्रान्स, ग्रीस, लेभना, नेदरल्याण्ड, क्यामरुन, कम्बोडिया, बेल्जियम, युएइ, साउथ अफ्रिका, हंकङ, इजिप्ट लगायतका देशका ख्यातीप्राप्त चलचित्रकर्मी सामेल हुनेछन् ।
तीन दिन सम्म हुने महोत्सवमा नेपालका ३४ वटा नेपाली र सहभागी राष्ट्रका ७२ वटा गरी १०६ वटा चलचित्र प्रर्दशन गरीने छ । साथै उत्कृष्ट ३० विधाका चलचित्रलाई सम्मानित पनि गरीने छ । काठमाडौंको राइजिङ महलस्थित क्यु एस हलमा उत्घाटन समारोह हुनेछ । आयोजक संस्थाका निर्देशक सन्तोष सुवेदीले जानकारी दिए । उनका अनुसार फिचर फिल्म, डकुमेन्ट्री फिल्म, सर्ट फिल्म, चिल्ड्रेन फिल्म, इन्भारन्मेन्टल फिल्म, वुमेन फिल्म, हुमन राइट फिल्मस् प्रदर्शन हुनेछ ।
काठमाडौं- निम अवार्डको छैठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन र्। विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो छैठौं संस्करण हो।
उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिले सम्मकै बृहत संख्याका भाषा–भाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रुपमा लिने गरिन्छ ।
नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरुलाई कार्यक्रममा सहभागी गर्दै आईरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीत र भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषा तथा भाकाका गीत संगीतहरुलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जानकारी दिएको छ ।
अंग्रेजी क्यालेन्डर अनुसार २०२२ जनवरी १ देखि २०२२ डिसेम्बर ३० सम्म (१ वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरुलाई समावेस गरिने कार्यक्रमका निर्देशक राजन थापाले बताए ।
एरा प्रोडक्सन प्रा.लि.को ब्यवस्थापनमा सम्पन्न हुने निम अवार्डको फारमहरु आयोजक संस्थाको कार्यलयवाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाईन पे को अनलाईन मार्फत पनि भर्न सकिने छ । गीतहरु दर्ता गर्नको लागि आवेदनको अन्तिम मिति पुस २५ गते सम्मको लागि तोकिएको आयोजक समितिले बताएको छ ।
काठमाण्डौ – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाले अमेरिकामा रहेर पनि कला ,संगीत,साहित्य ,समाजसेवा ,खेलकुद ,पत्रकारिता लगायत विभिन्न क्षेत्र बिशेष योगदान पुर्याउने आधा दर्जन भन्दा ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । गत नोभेम्बर २६ का दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा इनास अमेरिकाद्वारा आयोजित इनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक साँझ २०२२ नामक कार्यक्रममा सम्मान गरेको हो । कला र कलाकारको सारथी इनास नारा सहित स्थापित इनास ७० वटा भन्दा ज्यादा देशमा विस्तार भएको संस्थाले आयोजना गरेको कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ । सम्मानित हुने ब्यक्तित्वहरुमा साहित्यकार होमनाथ सुबेदी,गायिका सपना श्री ,चलचित्र निर्मात्री तथा कलाकार अनसुया श्रेष्ठ वन्त ,सामाजिक अभियन्ता डा। श्याम कार्की ,डा. बिष्णुमाया परियार ,खेलाडी बिना खड्का लामा तथा ईनेप्लिजका पत्रकारद्वय विश्वराज थापा र बिजय थापा रहेका थिए ।
सम्मानित हुनेहरु मध्ये उपन्यासकार रसाहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास )को संस्थापक होमनाथ सुबेदी तथा अमेरिकामा ५० बर्ष अगाडी देखि बस्दै आउनु भएका नेपाली तथा अमेरिकी बिभिन्न संघर संस्थामा समेत आबद्ध भै सेवा गरी नेतृत्व लिई सक्नु भएका डा श्याम कार्कीलाई पनि सम्मान गरिएको छ ।
यसै गरि दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक जिताउने नेपालको पूर्व उशु खेलको राष्ट्रिय खेलाडी तथा सामाजिक अभियन्ता बिना खड्का लामा तथा न्यूयोर्कमा बस्दै आउनु भएकी चर्चित गायिका सपना श्री पनि सम्मानित भएका छन् । समाजसेवी तथा बाना कि पूर्व अध्यक्ष तथा चलचित्र निर्मात्री तथा कलाकार अनसुया श्रेष्ठ वन्तलाई पनि बिशेष सम्मान गरिएको छ । चर्चित चलचित्र लक्का जवानको निर्मात्री तथा बिदेशी भूमिमा रहेर पनि नेपाली चलचित्रको क्षेत्रलाई माथि उठाउन अनसुयाले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन ।
यसैगरि न्यू जर्सीकी डा. बिष्णुमाया परियारलाई पनि सम्मान गरिएको छ । उनि बिभिन्न संघ तथा संस्थाहरुका महिला बिषय सम्बन्धि बिभिन्न कार्यक्रमको प्रमुख संयोजक तथा वक्ताको रुपमा संलग्न भै सकेकी छिन । डा. विष्णुमाया परियारको संघर्षकथा विश्वकै ठूलोमध्येको पाठ्यक्रम प्रकाशकको पुस्तकमा समेत समावेश गरि सकेको छ । डा. परियारले घरेलु हिंशाबिरुद्ध र यौनहिंशाबिरुद्ध पहुँच ९आउटरिज० संयोजक रुपमा काम गर्दै आएकी छिन् । दलित र सिमान्तकृत महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको एडवानकी संस्थापक परियारले न्युजर्सी नगर प्रमुखका सल्लाहकार समितिमा रहेर समेत काम गरेकी छिन ।
हाल उनी जर्सी सिटी-शहरको रोजगारी र तालिम समितिमा समेत सदस्य छिन् । विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित भै सकेकी डा। परियारकोलाई विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मानित गरिसकेको छ ।
यसरी नै समुदायका हरेक गतिविधि, अमेरिकी मूलधार र विश्व समाचारलाई समेत समेट्दै समुदायलाई सु-सूचित गर्दै अहोरात्र खटने र समुदायमा योगदान पुर्याउने ईनेप्लिजका दाजुभाई पत्रकारद्वय विश्वराज थापा र बिजय थापालाई सम्मान गरिएको छ । जस्तो सुकै विषम परिस्थितीलाई पनि सहजतापूर्बक लिदै समाजका हरेक गतिबिधिमा उपस्थित हुने र प्रचार प्रसारमा खटिने इनेप्लिजका प्रधान सम्पादक विश्व राज थापा र सम्पादक बिजय थापालाई निस्वार्थ र निसर्त योगदान पुर्याए वापत सम्मान गरिएको हो ।
”अग्रजलाई सम्मान,बालबालिकालाई प्रोत्साहन” भन्ने मूल नाराका साथ कलाकारहरुको अन्तरराष्ट्रिय सन्जाल इनासले ”इनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक कार्यक्रम” अत्यन्तै व्यावसायिक ,स्तरीय र भब्य र सभ्यका साथ सम्पन्न गरेको छ । यसै गरि प्रोत्साहन स्वरुप नया पुस्ताका द भ्वाइसकी प्रतियोगी इनास मेरिल्याण्डकी युवा सदस्य परिजिता बास्तोला ,भ्वाइस अफ नेपालको प्रतिस्प्रद्धामा सहभागी भएका इनास केन्टकीका सदस्य प्रनिम राई तथा थुप्रै संगीत भिडियोमा अभिनय गरेका बालकलाकार सम्राट दाहाललाई पनि प्रोत्साहन पुरस्कार वितरण गरिएको थियो । परिजिता बास्तोला प्रतिस्प्रद्धामा भएकोले उनका पिता पंकज बास्तोलाले छोरीको तर्फबाट पुरस्कार ग्रहण गरेका थिए ।
प्रमुख अतिथि सावु गदाल कार्कीले सम्मानित हुने सबैलाई सम्मान पत्र वितरण गरेकी थिइन् भने सम्मानित भए पछि छोटो मन्तब्य समेत राखेकी थिइन् । साथै सम्मान कार्यक्रममा दोसल्ला ,रुद्राक्षको माला र ताम्रपत्र एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थ,इनास मेरिल्याण्डका अध्यक्ष सृजन ताम्राकार लगायत टोलि ,केन्टकी इनासका अध्यक्ष अर्जुन थापा बानाका अध्यक्ष सुबोध पन्त लगायत विभिन्न समाजसेवीहरुले सयुक्त रुपमा प्रदान गरेका थिए । सम्मानित हुने व्यक्तित्वहरुको सानो परिचय र उनीहरुको योगदानको चर्चा गरिएको थियो ।
कार्यक्रममा नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रियगानबाट प्रारम्भ गरिएको थियो भने प्रमुख अतिथि इनास अन्तर्राष्ट्रियकी उपाध्यक्ष सावु गदाल कार्कीले कार्यक्रम उदघाटन गरेकी थिइन् । कार्यक्रमको आकर्षण नै पन्चे बाजा रहेको थियो भने प्रवेशद्वार देखि नै टोलीले बाजा बजाउदै कार्यक्रमस्थल प्रवेश गरेको थियो । कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष कन्हैया सिंह परिवारले स्वागत मन्तब्य गरेका थिए ।
कार्यक्रममा नायिकाहरु ऋचा घिमिरे,अरुणा लम्साल,मेलिना मानन्धर, उषा पौडेल,सारङ्गा श्रेष्ठ नायक मुकेश ढकाल लगायत थुप्रै कलाकारहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन इनास अमेरिकाका महासचिव राहुल केसीले गरेका थिए भने सांस्कृतिक कार्यक्रम पत्राकार सन्देश कुमार खड्काले गरेका थिए । प्रसिद्ध गायक श्याम गुरुङले उक्त कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए भने एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, इनास भर्जिनियाका कार्यबाहक अध्यक्ष अर्जुन घिमिरे, इनास मेरिल्याण्डका अध्यक्ष सृजन ताम्राकार केन्टकी इनासका अध्यक्ष अर्जुन थापा बानाका अध्यक्ष सुबोध पन्त लगायत विभिन्न समाजसेवीहरुले उपस्थिति जनाएका थिए । सांस्कृतिक कार्यक्रममा दुई दर्जन सांगीतिक कोसेलीहरु प्रस्तुत भएका थिए भने मुख्य आकर्षण यम बरालको रहेको थियो । यस पटक पन्चे बाजामा दोहोरी गीत समेत प्रस्तुत गरिएको थियो ।
काठमाडौं – सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको यस अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले मुख्य प्रायोजन गरेको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३४ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र लोक दोहोरी विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापा । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन् ।
मनोनयनमा परेका कलाकर्मीहरु सर्वोत्कृष्ट राष्ट्रिय भाव १, डा.नवि अधिकारी (टाकिन्द्र) – खोजीरहेछ देशले २, रमेश दाहाल – नेपालीको मनमा ३, घनेन्द्र ओझा – परे म मर्छु भोकैले ४, प्रेम प्रसाद राजभण्डारी – लाहुरै जाने मेरो रहर ५, रोशन वान्तवा – गौतम बुद्ध सर्वोत्कृष्ट गायक (चलचित्र) १, सुरेश लामा – जरुरी छ कुरा (सम्हालीन्छ मन कहिले) २, रवि ओड – मेरो हजुर (कृष्ण लिला) ३, प्रताप दास – हर युग होस (प्रेम गित ३) ४, विश्व नेपाली – आमाको मन (झिंगेदाउ) ५, केतन क्षेत्री – क्या बाँचुला (प्रकाश) सर्वोत्कृष्ट गायिका (चलचित्र) १, अस्मिता अधिकारी – बाबरी रंग (बाबरी) २, प्रविशा अधिकारी – हर युग होस (प्रेम गित –३) ३, मेलिना राई – सुन्तला (ए मेरो हजुर –४) ४, मिलन नेवार – झम्के बुलाकी (हेल्लो जीन्दगी) ५, दिक्षा जोशी थापा – तारबार (प्रेमगञ्ज) सर्वोत्कृष्ट गीतकार (चलचित्र) १, सुरेश वाग्ले – जरुरी कुरा छ (सम्हालिन्छ मन कहिले) २, डिपी खनाल – सम्झना विर्सना (सम्झना विर्सना) ३, राम अविरल विष्ट – केशरी (कबडी– ४) ४, राजेश कुमार श्रेष्ठ – हर युग होस (प्रेम गित ३) ५, एभरेष्ट सूर्य बोहरा – कता कता (हेल्लो जीन्दगी) सर्वोत्कृष्ट संगीतकार (चलचित्र) १, अर्जुन पोखरेल – आगो विना विँडी जल्दैन (झिंगेदाउ) २, एलिस कार्की – हर युग होस (प्रेम गित –३) ३, राजनराज सिवाकोटी – झम्के बुलाकी (हेल्लो जीन्दगी) ४, बसन्त सापकोटा – सुन्तला (ए मेरो हजुर –४) ५, सुवास भुषाल – जीवन बाटोमा (चिसो मान्छे) सर्वोत्कृष्ट गायक (पप–आधुनिक) १, युवराज चौलागाई – तिम्रो याद २, बादल थापा – नुनको भारी ३, कृष्ण काफ्ले – रुन दिन्नँ ४, राज सागर – खै कसोरी बिझाएँ ५, आशिष सचिन – सानो सानो कुरामा सर्वोत्कृष्ट गायिका (पप–आधुनिक) १, अन्जु पन्त – दुई मुटुको साइनो २, मञ्जु उपासना विके – मेरो नजर ३, पूर्णिमा लामा – मोड ४, निशा देशार – पाउ हजुर ५, बेनिशा पौडेल– जीवनको पाना सर्वोत्कृष्ट संगीतकार (पप–आधुनिक) १, योगेश काजी – मलाई हेप्नी २, शेरा थामी – तिमी बस दिलैमा ३, केशव सापकोटा – जाउ जाउ तिमी ४, सरोज प्याकुरेल – नो मनी ५, राजेन्द्र बजगाई – जाला जोवन सर्वोत्कृष्ट गीतकार पुरुष (पप–आधुनिक) १, एच.के. धिताल – घामपानी २, दीपेन्द्र के थापा – एउटै तस्वीर ३, कुमार मिश्र – एउटा कथा हो जिन्दगीको ४, अभि क्षेत्री (सर्मपण) – भत्केको घर ५, विरेन्द्र कुमार बलामी – म बाँचेको संसार सर्वोत्कृष्ट गीतकार महिला (पप–आधुनिक) १,यंशु थापा – पैसाले घुमाउछ २, निशा शर्मा – नयाँ जीवन ३, गीता अधिकारी – स्वास फेरी ४, सुनिता बस्नेत – सुटुक्कै ५, अम्बिका गुरुङ – तिम्रै माया सर्वोत्कृष्ट नव प्रतिभा गायन (पप–आधुनिक) १, शिखर थामी – सुर्ति २, सौगात जंग थापा – हाम्रो माया जाल ३, प्रिति रिमाल – पिरतीको भाषा ४, भुपेन्द्र थापा मगर – आमा ५, सुमन ताम्राकार – मेरी राई झुमा सर्वोत्कृष्ट युगल गायन १, रिता केसी / प्रविण बर्देवा – तिमी पनि हरायौं २, कन्यैया सिंह / अन्जना गुरुङ – नजर नजरको ३, धुर्ब बिस्को /सारिका घिमिरे – जित्यो मायाले ४, कृष्ण बिक / रचना रिमाल – हजुर मुसुक्कै ५, टेक बिसी /समिक्षा अधिकारी – ए साइली सर्वोत्कृष्ट मोडल महिला १, नम्रता सापकोटा – ए बैगुनी २, उषा उप्रेती – यस्तो माया ३, सुशिला थापा – मेरो माया ४, स्मृति श्रेष्ठ – कालले लगेसँगै ५, रोशनी कार्की – बिरानो देश सर्वोत्कृष्ट मोडल पुरुष १, विरेन्द्र नौभाग्य – अर्को साथी २, रञ्जित पौडेल – तिमीले हेरेर मलाई ३, दिलिप ओखेडा – भनी देन ए मन ४,कमल सिंह – रुन्न भन्दानी ५, चिरञ्जीवि सापकोटा – मेरो माया मजाक भयो सर्वोत्कृष्ट नव मोडल महिला १, अस्मी थापा – चरी भरर २, प्रीति तामाङ – रित्तिदैन आशुँ ३, दिया गिरी – रोएर कोहि आफ्नो हुँदैन ४, सुस्मिता पन्त – सुन चाँदी ५, प्रनिमा दाहाल – तिम्रै माया सर्वोत्कृष्ट नव मोडल पुरुष १, सन्दिप श्रेष्ठ – ए बैगुनी २, लक्ष्मण देवकोटा – नुनको भारी ३, अंशु बर्मा – ए साइली ४, आर.के परियार – धोका ५, अमित शर्मा – छल गरेर छोड्यौ सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन १, माधव राज खरेल– भन्दै होलान् २, प्रकाश धिताल– भन्नु हुन्थ्यो बाले ३, जनक सिंह – हे धोकेबाज ४, जिवी आग्री – ए बैगुनी ५, निशान एस.के – औकात सर्वोत्कृष्ट लोक पप गायक १, नवराज कलौनी – घुम्तिमा रेल २, मनास राज– लै लै ३, ओम सुनार – लाहुरेको सिपाही दाई ४, प्रविण भट्ट – सराङ्गकोटको डाँडैमा ५, सन्तोष सुनार – छमक छमक ६, रामकृष्ण श्रेष्ठ – बनारसी पान सर्वोत्कृष्ट लोक पप गायिका १, अन्जु श्रेष्ठ – नहेरे झंै गर्ने २, रानी शाक्य – सुटुक्कै ३, निता आचार्य – रंगीन संसार ४, सुजाता केसी – बतास भनी ५, अस्मिता श्रेष्ठ – सिमसिम पानी सर्वोत्कृष्ट गायक (लोक दोहोरी तर्फ) १, मौसम गुरुङ – माइली २, रामहरी भण्डारी – चुरोट सलाई ३, नमराज ढुंगाना – पिरतीमा दम छ ४, जय देवकोटा – माया लाउँछ र त ५, हरि गिरी (विमर्शी) – बंैशको गोली सर्वोत्कृष्ट गायिका (लोक दोहोरी तर्फ) १, देवी घर्ती– एकाउन्न/बाउन्न २, कालिका रोक्का मगर– मुग्लिन पुलपारी ३, श्रीदेवी देवकोटा – सरर हावा पिपलुको ४, जुना श्रीष मगर– आई पुग्यो बाग्लुङ बजार ५, रितु कंडेल – कहाँ हो तिम्रो सर्वोत्कृष्ट शब्द (लोक दोहोरी तर्फ) १, विपिन के.सी.– दाजु भाई २, कृष्ण बस्याल –स्याई स्याई ३, शिव हमाल – नयाँ गलबन्दी ४, प्रल्लाद सुवेदी – फुल माया ५,शंकर कंडेल – साइली माइली सर्वोत्कृष्ट लय (लोक दोहोरी तर्फ) १, सुमन राई – सेकमुरी फुल २, सागर विरही – फुल रसैको ३, प्रसाद लामिछाने – मिश्री खाने ४, ऋषी खड्का – तिमी नै सुनको गजुर ५, ज्ञानेन्द्र शाही – साइली माइली सर्वोत्कृष्ट नव गायक (लोक दोहोरी तर्फ) १, अर्जुन सापकोटा – ए ठुली २, बसन्त विश्वकर्मा – रेलि मै ३, एच.वि.एन किस्मत – नबोली पिरती बस्दैन ४, रमेश लामिछाने – हेलम्बुको स्याउ ५, केहर सिंह प्यासी – मुटुमा तिमी छौं सर्वोत्कृष्ट नव गायिका (लोक दोहोरी तर्फ) १, जानुका तामाङ– अच्छा लेकिन लाहुरे २, सपना रोक्का– नन्दनी ३, रिया घले – बार्दलीमा गम्छा ४, सुनिता तिमल्सीना – झम्के साँझ ५, रेनुका खतिवडा – मडिचुडको पानी ६, रिया खड्का – सुन्तली सर्वोत्कृष्ट मोडल पुरुष (लोक दोहोरी तर्फ) १, दुर्गेश थापा – दोहोरो मादल २, धुर्ब हिमाली – साइली माइली ३, शिशिर पौडेल– रुदै बित्छ रात ४,निक्स शर्मा– सिकारी ५, लोमश शर्मा – ढुंगे धारा सर्वोत्कृष्ट मोडल महिला (लोक दोहोरी तर्फ) १, जुना गुरुङ– एक्लोे न्याउली २, रविना भण्डारी – उहि खोलीको पानी ३, टिका जैसी – तिम्रो घरमा मेरो छोरी ४, एलिना रायमाझी – मैले माया सम्झेर ५, रुविना अधिकारी – हो र हो सर्वोत्कृष्ट नव मोडल महिला(लोक दोहोरी तर्फ) १, अपेक्षा सिंह – नजर नजरको २, यमुना रसाल – बँश दिन नमिल्ने सापटी ३, सिल्भिया रौनियार – किन हर हर ४, अस्मिता रनपाल – ढुंगे धारा ५, खुशी थापा – ए मुना ६, सुस्मा धमला – तोरी फुलेको सर्वोत्कृष्ट नव मोडल पुरुष (लोक दोहोरी तर्फ) १, कमल बुढाथोकी – किन फर्के २, यज्ञराज गिरी (राज टाइगर) – फुर्के जुंगा ३, नरेन्द्र सिंह ठकुरी – बस प्यारी ४, कैलाश कठायत – तिम्रै झल्को ५, जोन बम – डिम्पल गालैमा सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक(लोक दोहोरी तर्फ) १, स्मृति तिमिल्सीना – मुटु बैना २, मौसम हिमाली – जाम भो माइली ३, निशान बानियाँ – मैले धोका दिए ४, बबिता श्रेष्ठ – यो सोध्न मन छ ५, मदन खड्का – एकाउन्न बाउन्न ६, बिनोद सुन्दास – आफै रुन पर्ने सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (लोक दोहोरी तर्फ) १, अमृत सुनुवार – माया लाग्छ कति २, कृष्ण बहादुर थापा – मिठो सारङ्गी ३, करण चैसिर – चौतारीको बरको छायाँ ४, सुरेश श्रेष्ठ – भिरको खनियो ५, दिपक गिरी – ए आकाश सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन(लोक दोहोरी तर्फ) १, अनिल कुमार महर्जन – आज किन २, मिलन विश्वकर्मा – किन मरिन मँ ३, विकास दाहाल – ए आकाश ४, अमृत चापागाई – सोल्टी बजारमा ५, नविन घर्ति मगर – जाम भो साइली सर्वोत्कृष्ट नव गितकार १, सागर बाँस्तोला – हे धोकेबाज २, दिपक थापा मैथाने मगर – आमा ३, दान आचार्य – बस पियारी ४, विजय खड्का – न बदलीन्छ जिन्दगी ५, दुर्गा खतिवडा भट्टराई – निष्ठुरी माया सर्वोत्कृष्ट एरेन्जर १, देवन्द्र नेवा – जीवनको पाना २, कमल अधिकारी – घरवाली ३, जीवन वडु – तामा पित्तल ४, विशाल निरौला – अर्कै साथी ५, कमल सौराग – भत्केको घर
काठमाण्डौ – चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । एस के डिजिटल को युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ ।
नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ ।
झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन,सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेको छ भने म्युजिक भिडियोमा सम्पादन क्यामोदिन मियाँले गरेका छन् ।
त्यसै गरी स्थिर छायांकारका रुपमा राजन खरेल रहेको उक्त म्यूजिक भिडियोलाई एनिमेटर तथा निर्देशक समेत रहेका समिर मियाँले रंगसंयोजन गरेका हुनर । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त म्युजिक भिडियोलाई निर्माता तथा पत्रकार कमला जोशीले निर्माण गरेकी हुन ।