entertainment
||Power News Asia||

आजको समाचार

अभिनेता भट्टराई निर्देशक खरेलको चलचित्रमा विषेश भुमिकामा देखिदै

मनोरञ्जन


काठमाडौं – चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्र चिठ्ठी को विषेश भुमिकामा नायक श्रीदेव भट्टराइलाई अनुबन्धीत गरेका छन् । यस अघि कमेडियन कलाकार नायक संजित भण्डारी , गोपाल ढकाल ‘छन्दे’, खड्गबहादुर पुनमगर ‘खबपु’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित गरिसकेका निर्देशक खरेलले विषेश भुमिकामा  भट्टराईलाई अनुबन्धीत गरेका हुन् ।
पिम नेपालको प्रस्तुति रहने चलचित्रका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल समेत कलाकारको रुपमा छानिएकोे निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।

चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चाँडै छायाँकन सुरु गरिने चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पुगेको निर्देशक खरेलले बताएका छन् । शान्तिप्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा जिवन पराजुलीे छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्ममा सह–निर्माताको रुपमा राजन थापाको उपस्थिती रहने छ ।

चलचित्रको छायाँकन काभ्रे  र काठमाण्डौका विभिन्न रमणीय स्थलहरुमा  गरिदै छ । 

लोकराज अधिकारीले ल्याए बुवाको सम्झनामा ‘भन्नुहुन्थ्यो बा’ले’

मनोरञ्जन


काठमाण्डौ - हरेक गीतहरुमा  प्रेमिप्रमिकालाई सम्झेर गीतहरु लेखिन्छन् । आमाप्रति समपर्ण गरेर गीतहरु लेखिन्छन् तर बुवाप्रति समर्पण गरेर गीत बजारमा लिएर आएको पाइदैन ।बुवाको बारेमा गीत बजारमा आइहाले पनि   त्यति चासो दिएर सुनेको पाइदैन । तर,लोकप्रिय गीतकार लोकराज अधिकारीले बुवाको सम्झनामा ‘भन्नुहुन्थ्यो बा’ले’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । केहि दिन अघि सार्वजनिक गरिएको यो गीतमा बाबुले छोराको खुसीका लागि के–केसम्म गरेका हुन्छन् भाव देखाउन खोजिएको छ ।

सोमबार अनामनगरमा यो गीतको भिडियो हेर्न कार्यक्रम राखिएको थियो । गीतको भिडियो हेर्दै दिवंगत् बुवा सम्झिएर भावुक बनेका गीतकार अधिकारीले भने,‘आमाको बारेमा गीत लेखेको थिए । तर, बुवाकाका बारेमा गीत लेख्न पाएको थिइन् । मेरो बुवाले यो गीत देखाउने धोको थियो तर,उहाँले मलाई छोडेर जानुभएको सात, आठ वर्ष भइसक्यो । यसमा म निकै दुखी छु ।’ यसगीतमा अभिनेता आकाश अधिकारीले बुवाको भुमिका निभाएका छन् । कार्यक्रममा उपस्थित भएका अभिनेता आकाश अधिकारी यो गीतको भिडियो हेर्दा आफ्ना बुवालाई सम्झिएर निकै भावुक बने । भिडियो हेर्दा उनका आखामा आँसु टिलपिल भएको थियो । गीतको बारेमा बोल्दै गर्दा भकानिएका अभिनेता अधिकारीले बुवाले बाल्यकालमा माया गरेको हिडेको ,बोलेको र आफु पढाईसिल सिलामा राजधानी फर्किदा मुग्लिङसम्मको यात्रा सम्झिए ।

आफु पढाईका सिलसिलामा मुम्बई हिडेको र बुवा आमा पुर्व जानेक्रममा मुग्लिङसम्मको यात्रा सम्झिदै अभिनेता अधिकारीले भने,‘त्यो नै मेरो र पिताजीको अन्तिम भेट रहेछ । त्यसपछि मैले कहिलै बुवाको मुख देख्न पाइन । म मेरो बुवाको र मेरो नजिकको मित्र श्रीकृष्ण श्रेष्ठको बारेमा बोल्दा निकै भावुक हुन्छु ।’

आफु सामाजिक विषय बस्तुमा आधारित फिल्म निर्माण गर्न रुचाउने भएका कारण यस्ता भावका गीतहरुमा अभिनय गर्न उत्सुक हुने बताए । उनले यस्ता विषयवस्तु कहिलै पुराना नहुने समेत दाबी गरे । अभिनेता अधिकारीले बुवालाई माया सम्मान गर्नुछ भने जिउँदो अवस्थामा नै गर्न सबैलाई आग्रह गरे ।

यो गीतमा राजेन्द्र बुढाथोकीको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेकोे उक्त गीत र भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतकार लोकराज अधिकारीले यो गीत रचना गर्दा निकै पटक भावुक बनेको सुनाए । गीतको भिडियोमा अभिनेता आकाशका अलवा संगम भण्डारी,जेल्सन अधिकारी,सुमन बैरागी पण्डित,ज्योती प्रकाश,दियान गौतम लगायतको अभिनय रहेको छ । भिडियोमा निर्देशक प्रकाश धिताल सम्पादन बिकाश दाहालको छ भने उत्सव दाहालले खिचेका छन् ।

'वर्ल्ड डाईभरसिटी नेपाल, २०२१' सम्पन्न

मनोरञ्जन


काठमाडौं — भाद्र २३, २०७८। 

न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित 'वर्ल्ड डाईभरसिटी नेपाल, २०२१' मा एलेक्स गुरुङ  बिजयी भएका छन । जडिबुटीस्थित जडिबुटी बैङ्क्वेटमा सम्पन्न प्रतियोगितामा टिन र मिस डाईभरसिटी भने ऐश्वर्या क्षेत्री,र संस्कृती पौड्यालले हात पारे।

फस्ट रनर अप ईसिका र सरोजले हात पारे भने मिस ट्यालेन्ट पुजा खत्री, बेष्ट पर्सनालिटी अन्जली शाह, मिस कन्जेनालिटी सम्झना लामा र मिस्टर पर्सनालिटी रोमस मगरले हात  पारे। 

प्रतियोगिताको निर्णायकमा मनिष राउत, सङ्सिता श्रेष्ठ र वेनिस भन्डारी रहेका थिए ।  अतिथिका रुपमा माधव निर्दोस र दयाराम घिमिरे रहेका थिए। ।  

न्यु राईज ईन्टरटेनमेन्टले अबको आउँदो दिनमा अझै नयाँ प्रतिभालाई प्राथमिकता दिने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गराउँदै प्रोत्साहन दिने आयोजक कमल देउवाले बताए। 

आयोजकका अनुसार अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरि अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइएको थियो ।

‘ब्राइट इभेन्ट फेसन शो’ भव्य रुपमा सम्पन्न

मनोरञ्जन


काठमाडौं- २२ भदौ ।
ब्राइट इभेन्ट म्यानेजमेन्टले शनिवार राजधानीको पेप्सीकोलस्थित इन्टरनेसनल डान्स एकेडेमी एण्ड फिल्मक परिसरमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न गरेको छ ।

चर्चित फेशन कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेको उक्त फेशन शोमा नेपाल अधिराज्यभरबाट छानिएका चर्चित महिला तथा पुरुष मोडलहरु आकर्षक पहिरनमा स्टेजमा उत्रिएका थिए ।

अभिनेता, मोडल तथा कोरियोग्राफर एसराज गराचको कोरियोग्राफी रहेको उक्त फेसन शो मा जनकपुर, सिराह, रौतहट, विरगञ्ज, विराटनगर, दोलखा, काठमाडौं तथा भक्तपुरका गरि करिव ५० मोडलहरुले र्याम्प शो गरेका थिए ।

विश्वव्यापी स्वास्थ्य संकटको अवस्थामा विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड अनुरुप सम्पन्न उक्त फेसन शो का आयोजक राजन बुढाथोकीले कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्ने व्यक्ति, संघ,संस्था एवं मोडलहरुलाई धन्यवाद दिदै आगामी दिनमा थप उत्कृष्ट शो हरु आयोजना गर्दै लैजाने कुरा बताए ।

मिस्टर एण्ड मिस राइजिङ, मेगा मोडल’को अडिसन सुरु

मनोरञ्जन


‘मिस्टर एण्ड मिस राइजिङ, मेगा मोडल –2021’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ ।

एकेज इभेन्टस एण्ड इन्टरटेनमेन्ट कम्पनीले काठमाडौँमा आयोजना गर्न लागेको उक्त प्रतियोगिताको आउँदो शनिबारबाट अडिसन सुरु हुँदैछ ।

प्रतियोगितामा १५ देखि २६ वर्षका युवा, युवती सहयोगी हुन पाउने छन् । प्रत्यक्ष तथा भर्चुअल रुपमा हुन लागेको उक्त अडिसनलाई  काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ । 

अडिसनमा काठमाडौँ भेगका प्रतियोगीहरू प्रत्यक्ष सहभागि हुने छन् भने उपत्यका बाहिरका प्रतियोगीहरूको भर्चुअल अडिसन हुने छ । 

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरूको तालिम लगायत अन्य तयारीको व्यवस्थापन एकेज इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट कम्पनीले गर्ने कम्पनीका सीइओ आयुष कुमार सिंहले जानकारी दिए । 

उक्त प्रतियोगितामा विजेता बन्नेले नगद तथा स्कुटर, बाइकको साथमा अन्य पुरस्कार पाउने छन् । 

उक्त सौन्दर्य प्रतियोगिताको दशैँ अघिनै अडिशन सक्ने योजना रहेको कम्पनीका सीइओ आयुष कुमार सिंहले जानकारी  दिए । 

२९बिधामाअवार्डप्रदानगर्दैआठौंछायाँछवितीजम्युजिकअवार्डसम्पन्न

मनोरञ्जन


काठमाण्डौ- आठौं छायाँ छवी तीज म्युजिकअवार्डसम्पन्नभएकोछ। राजधानीमा आयोजित बिशेष समारोहका बिच २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजक लाई अवार्ड प्रदान गरिएको छ ।नेपाली चलचित्रकी प्रथम नेपाली नायिका भुवनचन्दको प्रमुख आतिथ्यता मासम्पन्न  कार्यक्रममा बरिष्ठ गायिका देविका बन्दना, कलाकार तथा निर्देशकदिपाश्री निरौला, कलाकार तथानिर्देशकमोहननिरौला, निर्माता प्रदिप उदय, चलचित्र लेखक तथा निर्देशक माधव राज खरेल, चलचित्र पत्रकार संघकापूर्व उपाध्यक्ष बिष्णु प्रसाद सुबेदी, कलाकार रोशनीकेसी, नायिका अनामिकाचौलागाई लगायतकाकलाकर्मीकोउपस्थितिरहेकोथियो।

विगत आठ वर्ष देखि निरन्तर रुपमा आयोजना हुँदै आए को छायाँछवी तीज म्युजिक अवार्ड नेपालको पहिलो तीज म्युजिक अवार्ड हो।कार्यक्रम मा आयोजक संस्था छायाँछवी का अध्यक्ष शान्तिप्रियले मौलिक तीज गीत लाई प्रोत्साहन गर्दै नेपाली कलासंस्कृति को विकासमा अवार्डकामाध्यमबाट टेवापु¥याउने उद्देश्यले अवार्ड आयोजनागर्दै आएको जनाएका छन्। उनले कोरोनाको कहरका बिच स्वास्थ्यमाप दण्ड पुरा गरि अवार्ड आयोजना गरिएको जनाएका छन्।यस्तै प्रमुख अतिथी भुवनचन्द ले यस्ता खालका कार्यक्रमले मौलिक गीतसंगीतको विकासकालागि अहम्भुमिका खेल्ने जनाएका छिन।गायिका देविका बन्दना ले पछिल्लो वर्ष मौलिक शैलीका तीजगीत बढी आएको भन्दै त्यसोहुनुमा तीजम्युजिकअवार्ड जस्ता कार्यक्रम को प्रभावरहेको जनाइन।कार्यक्रममा दिप्सा थापाले फुल्यै फुल्योतिउरी बोलकोगीतमा नृत्यप्रस्तुतगरेकी थिइन भने कार्यक्रम सुमनबैरागीले संचालन गरेकाथिए ।

यस्तोछ२९विधामाबिजेताकोनामावली

उत्कृष्ट तीजगीत मिक्सीङ

मनोज परियार : पातली –३

उत्कृष्ट तीजगीत एरेञ्जर

राकेश सोनी : घिन घिन मादल

उत्कृष्ट तीज मौलिकगीत नव-गायिका

सकुना श्रेष्ठ : माइतीकोआगन

इन्करेजमेन्टअवार्ड

सारदा धिताल : सिङ्गापुरे साडी

उत्कृष्ट तीजगीत मोडल पुरुष

दिपेन्द्र तिमिल्सीना : पारी बन हरियो

उत्कृष्ट तीजगीत मोडल महिला

टीका जैशी : डालीमा पुतली भुरुभुरु

उत्कृष्ट तीजगीत भिडियो छायांकार

मुकेश हुमागाई : आँखा गयो नयाँ चिजैमा

उत्कृष्ट तीजमौलिकगीत भिडियो सम्पादक

बिनोद बम : आँखा गयो नयाँ चिजैमा

उत्कृष्ट तीज दोहोरीगीत भिडियो सम्पादक

राजकुमार मगर : हङ्कङ्कोसाडी  –२

उत्कृष्ट तीजगीत नृत्य निर्देशक

केशवराज भट्ट : झिलिमाई

उत्कृष्ट तीज गीत भिडियो निर्देशक

सुरेन्द्र वसेल : यस पाली कोतीमा

उत्कृष्ट तीज दोहोरीगीत भिडियो निर्देशक

सुमन सागर जंग केसी : जम्काभेट

उत्कृष्ट तीज गीत भिडियो निर्देशक (मोफसल)

होमगुरुङ : मुग्लिन

उत्कृष्ट तीज गीत शब्द

ज्योति गुरुङ : परदेशको छोरी

उत्कृष्ट सन्देशमुलक गीत गायिका

शुष्मा शाही ठकुरी : सानी

उत्कृष्ट तीज मौलिक गीत लय

एचवि सुनार : माईतीकोआगन

उत्कृष्ट तीज दोहोरीगीत लय

रमेशपरियार : माईतीदेशैको

उत्कृष्ट दोहोरी तीज गीत गायिका

चिजा तामाङ : ताराजुन

उत्कृष्ट दोहोरी तीजगीत गायक

भुवन प्यासी : मखमली

उत्कृष्ट दोहोरी तीजगीत गायक (पब्लिकच्वाइस)

सम्राट चौलागाई : सम्झिने पानी छम्कने

उत्कृष्ट तीजगीत

दीया नेपाल : पिलासेचोली

उत्कृष्ट तीजगीत

ऋतु कडेल : अलि अलि लजाउँदै

उत्कृष्ट तीजगीत गायिका

रोशनी रसाईली : गर्छु माया गर्छु

उत्कृष्ट तीज मौलिकगीत

सुनिता दुलाल : स्वामी कोप्यारी

उत्कृष्ट तीज मौलिक गीत गायिका

कल्पना काफ्ले : कम्मरैढलमल

उत्कृष्ट तीजगीत कम्पनी

शिवदर्शनफिल्मस् : गायत्रीथापा

युगलतीजगीतगायन

सोभा जि.सी / सोमाखत्री

जुरीअवार्ड

आमा कोवेदना : शुशील ज्ञावाली

गायक शिव परियारको ´तडपी तडपी`बोलको गित सार्वजनिक (भिडियो)

मनोरञ्जन


काठमाडौं - बिन्दास मिडिया नेटवर्कको प्रस्तुति रहेको´तडपी तडपी` बोलको गित सार्वजनिक भएको छ। संचारकर्मी एवम् चर्चित मोडेल चिरञ्जीवी सापाकोट (जिबि चिरन), मोडेल निरुता शाही र समीर खान को मुख्य अभिनय रहेको यस गितमा नवराज पौडेल,समीर नेपाल र बिनोद खड्काको समेत अभिनय देख्न सकिन्छ। यस गितलाई ऋषि बराल(सिर्जन) ले निर्देशन गरेका हुन् ।

शिव परियारको स्वर रहेको यस गितमा सुवास कार्की अर्थात कार्की जि को शब्द एवम् संगित, बिसाल निरौलाको एरेन्ज रहेको सार्वजनिक गित लाई कुमार रानाले संगित मिश्रण गरेका छन्।करण चैसिरको छायांकन,दिन्सन शाह को सम्पादन रहेको यस गितलाई आइ क्याच स्टुडियोले निर्माण समायोजन गरेका छ।गितलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।सार्वजनिक भएको छोटो समयमै टिकटिकमा भाइरल नै भएको छ चौबीस घन्टा बित्दाबित्दै लगभग हजार भन्दा माथी टिकटक बनिसकेको छ।उक्त गितले युटुबमा पनि दर्शक राम्रो प्रतिक्रिया संगै माया पाएको छ।
हेर्नुहोस् गितको पूरा भिडियो….

 

पियोर स्टाइलिस्ट ब्युटी होमको दोस्रो ब्रान्च शुभारम्भ र १० औं बार्षिकोत्सब भव्यताको साथ् सम्पन्न

मनोरञ्जन


काठमाडौं - पियोर स्टाइलिस्ट ब्युटी होमको दोस्रो ब्रान्च शुभारम्भ सहित १० औं बार्षिकोत्सब भव्यताको साथ् सम्पन्न भएको छ। पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च ललितपुरको कुमारीपाटीमा संचालनमा ल्याइएको छ। उक्त पार्लरको पहिलो शाखा  पुल्चोक ललितपुर रहेको छ । बरिष्ट सौन्दर्यकर्मी रिना अवालेले संचालनमा ल्याएकी  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्चको बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी कारंजितले रिवन काटेर उद्घाटन गरेकी छिन ।  बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी कारंजितले उद्घाटनका क्रममा रिना अवाले द्वारा संचालित पहिलो पार्लर भन्दा अहिलेको  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर सुविधा सम्पन्न भएको भन्दै यसले ग्राहकलाई अझ बढी सेवा-सुविधा दिने र आकर्षण बढाउने बताईन् । रिना आफैंमा सफल र प्रतिभाशाली सौन्दर्यकर्मी भएकाले यो पार्लरको अन्य शाखा पनि खुलोस भन्दै उनले सफलताको शुभकामना व्यक्त गरिन् ।

रिना बिगत लामो समय देखि केराटिन टेक्निसियन, हेयर स्टाईलिस्ट र ब्युटिसियनको रुपमा लोकप्रिय छिन् । यो नयाँ ब्युटी होमको स्थापनाको १० औं वार्षिकउत्सबको अबसर पारेर ललितपुरको कुमारीपाटीमा खोलेको उनले बताईन् । अहिलेको पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर अत्याधुनिक प्रबिधि र सम्पूर्ण सुविधा सम्पन्न रहेको पनि उनले बताईन्। महिलाहरुको लागि सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा र ब्युटिसियन सम्बन्धि, बेसिक, एड्भान्स, र डिप्लोमा कोर्स सम्म ट्रेनीङको ब्यबस्था रहेको उनले जानकारी गराईन ।

 

उक्त अवसरमा बिसेष अतिथि बरिष्ट सौन्दर्यबिद रुस्का श्रेष्ठले पानसमा बत्ति बालेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको शुभारम्भ भएको घोषणा गर्दै सफलताको शुभकामना ब्यक्त गरेकी थिइन् । त्यसैगरी सो उद्घाटन समारोहमा बरिष्ट सौन्दर्यकर्मी रचना  शाक्य, रेणु राना मगरले पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर र सो पार्लरकी अध्यक्ष रिना अवालेलाई सफलताको शुभकामना दिए ।

 

पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको १० औं बार्षिकोत्सबको उपल्क्ष्यमा बरिष्ट सौन्दर्बिद रश्मिला श्रेष्ठ, सौन्दर्यकर्मी सुलोचना श्रेष्ठ, अनिता खड्का, कमला लामिछाने, पुनम श्रेष्ठ, मेनुका सिवाकोटी, समाजसेवी अन्जु बुढाथोकी, रबिना केसी, निकिता पाण्डे, लोकप्रिय गायिका मंजु पौडेल, ऋतु कंडेल, फेसन डिजाइनर इन्ता श्रेष्ठ, काजल शर्मा, सुष्मा सिंह, गोमा अधिकारि धिताल, पत्रकार डब्बु क्षेत्रि, कलाकार सुगत कारंजित, समाजसेवीहरु नारयण अधिकारि, कैलास श्रेष्ठ, सोनु श्रेष्ठ, एन्फा उपाध्यक्ष सुन्दर थापा, माछापुच्छ्रे बैंकको ब्रान्च म्यान्जेर अनिता सुबेदी शर्मा लगायतको बाक्लो उपस्थिति रहेको थियो।

अध्यक्ष रिना अवालेले उक्त अबसरमा बोल्दै  पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर १० औं बर्ष सम्म आइपुग्दा हजारौं नयाँ सौन्दर्यकर्मीहरु उत्पादन गरेर उनीहरुलाई आत्मानिर्भर तथा स्वरोजगार बनाएको र पार्लर बाट सामाजिक कार्य समेत उत्तिकै योगदान दिएको बताइन।  त्यसैगरी मुलुक भित्र रहेका प्रमुख शहरहरुमा गएर केराटिन तथा हेयर सम्बधिका विभिन्न ट्रेनीङ, सेमिनार र गोष्टि समेत गराउदैं आएको जानकारी गराईन भने सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद समेत दीइन। 

उक्त अबसरमा ११ जना नयाँ सौन्दर्यकर्मीहरुलाई प्रमाण-पत्र वितरण गर्नुको साथै उपस्थित अथितिहरु लाइ मायाको चिनो तथा उपहार प्रदान गरिएको थियो भने सपोटर कम्पनिहरुलाई समेत मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो । १० औं वर्षको अबसर पारेर केक काटेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको उत्सब मनाइएको थियो भने सौन्दर्यकर्मी प्रतिभा शाही र सकुन्तला अवालेलाई बिसेष सम्मान गरिएको थियो। कार्यक्रमको संचालन संचारकर्मी तथा कलाकार सुर्य चन्दले गरेका थिए। 

'द मम्'- व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने

मनोरञ्जन


काठमाडौं — भाद्र १८, २०७८।

मोडल सङ्स नेपालले ‘द मम् -व्युटी कन्टेस्ट’ को आवेदन खुला गरेको छ । मोडल सङ्सले अनलाईनमार्फत आवेदन दिन सकिने व्यवस्था सहित भाद्र १८ गते शुक्रबार देखी प्रतियोगिताको आवेदन खुला गरेको हो । द मम् मा भाग लिन इच्छुक महिलाहरुले अनलाईन मार्फत  वा मोडल सङ्सको कार्यालय कामपा-२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए ।  

कार्यक्रम बारे थप जानकारी दिदै राजपुत भन्छन् ’इच्छुक महिलाहरुले रु. एक हजार तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौं’ । 

सहभागीहरुलाई नेपालका चर्चित कोरियोग्राफर रोजिन शाक्यले तालिम दिने राजपुत बताउँछन् ।  

‘द मम्’ अन्य सौन्दर्य  प्रतियोगिता भन्दा पृथक रहने आयोजक संस्थाका सरोज ओझाको दाबी छ । द मम् लाई फरक तरिकाले गर्न खोजिएको जानकारी दिदै ओझा भन्छन् ‘इभेण्ट क्षेत्र गसिपको क्षेत्र हो, त्यसैले यहाँ अनेक खालका चर्चा परिचर्चा हुनु स्वभाविक मानिन्छ, यद्यपी हामी गसिप चाहदैनौ, यस अर्थमा हामीले प्रतियोगितालाई मनोरन्जनको दृष्‍टिकोणबाट मात्र नहेरी आमा बनिसक्नु भएका नारी/ महिलाहरुको क्षमतालाई मुखरित गर्न, ग्रुमिङको अवसर दिलाउन प्लेटफर्म विकास गर्ने लक्ष्यका साथ अघि बढेका छौं’ ।
 
अनलाईन फाराम लिङ्क —
https://themomnepal.com/form
 

देबेन्द्र कुंवरको निर्देशनमा राजेश हमाल, अश्मिता भट्ट अभिनित 'नाचन कान्छी' म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौँ — भाद्र १८, २०७८।

नेपाली सिने जगत देखि नेपाली म्युजिक भिडियोमा समेत राज गर्न सफल महानायक राजेश हमाल अभिनित बिभिन्न विधाका दर्जनौ दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक तथा कोरियोग्राफर देबेन्द्र कुंवरको निर्देशनमा फरक शैलीमा हमाललाई प्रस्तुत गरिएको”नाचन कान्छी”बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजेश हमालका साथमा पछिलो समय नेपाली म्युजिक भिडियोमा एकपछी अर्को भिडियोमा अभिनय गर्दै आएकी निकै नै सम्भावना बोकेकी मोडल अश्मिता भट्ट सहित अनमिका कार्की ,राहिषा रेग्मी,बिबिशा भण्डारी,बिमला लगायतका कलाकारको अभिनय रहेको छ । हरि बहादुर घलेले छायांकन गरेको म्युजिक भिडियो सम्पादन बन्डेले गर्नु भएको छ ।

ओम सुनारको शब्द संगीत रहेको गीतमा अभिराज ओलीको स्वर रहेको छ । Amsenz नामक अफिसियल युटुब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको छ । 

भिडियो :