काठमाडौं -तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले” सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, सब्द, संगीत, गर्न सक्ने क्षमता भएका ब्यक्ती हुन । यस अघि उनको “चकलेटी हिरो” बोलको तिज गित सार्वजनिक भएको थियो । यो अनुरुप यो वर्ष पनि नयाँ तिज गित लिएर उनी दर्शक माझ आएका हुन ।
अन्य तीज गीत भन्दा भिन्न रहेको तीज गीतमा मायालु जोडी बिचको शंका र नोकझोक गीतमा रहेको बताउछन । यो गीत उनको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा बिष्णु परियार र जय देवकोटाको स्वर छ ।
लय संकलन र शब्द तीलकको रहेको गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन । गीतको भिडियोमा रुविना अधिकारी र अस्वन मगर फिचर्ड छन । भिडियो मदन खड्काले निर्देशन गरेका हुन ।
काठमाडौं - विभिन्न ब्राण्डका कस्मेटिक उत्पादनहरू मार्फत आफ्नो छालामा प्रयोग गर्दा हानिकारक रसायनहरूको बारेमा आम नेपाली सौन्दर्य प्रशाधन उपभोक्ताहरु निकै चिन्तित छन । पछिल्लो रिपोर्ट अनुसार नेपालमा गुणस्तरहिन र नक्कली सौन्दर्य सामाग्रीहरु भित्रिने क्रम वृद्धि हुदै गएको छ । नक्कली उत्पादनको प्रयोगले सौन्दर्यता लागि भनेर प्रयोग गरिने सामाग्रीबाटै उपभोक्ताहरु ठगिने र त्यस्ता सामाग्रीको प्रयोगले छालाजन्य रोगीहरुको संख्या दिनानुदिन वढ्दो छ । यस्ता सामाग्रीहरुले स्वास्थ्यमा विभिन्न नकरात्मक असर पर्दै गईरहेको छ, भने आर्थिक व्ययभार समेत बढेको छ ।
खैर, अब नेपाली आम उपभोत्ताले यस्ता समस्याबाट चिन्ता गर्ने दिन गएको छ । सौन्दर्यताका लागि उपयोग गरिने यस्ता सामाग्रीहरुले पुर्याएको असरलाई ध्यानमा राखि विगत लामो समयदेखि शत प्रतिशत प्राकृतिक तथा कुनै साईड ईफेक्ट नभएको विभिन्न सौन्दर्य सामाग्रीहरु अर्गानिक रुपमा उत्पादन गरि विश्व बजारको अधिकाशं देशहरुमा निर्यात गर्दै आएको नन्दिनी हर्वल केयर प्रा।लि।का उत्कृष्ट ब्राण्डहरु नेपालमा भित्रिएको छ । भारतको गुजरातमा रहेको मुख्यालयबाट दुवई,कतार,थाईलैण्ड,न्यूजिल्याण्ड, ओमन,वंगलादेश,श्रीलंका लगायत करिव ४५ वटा देशहरुमा निर्यात हुदै आएको नन्दिनी अर्गानिक ब्राण्डका अर्गानिक सौन्दर्य सामाग्रीहरु औपचारिक रुपमा नेपाल भित्रिएको हो । पछिल्लो पटक खानामा होस या अन्य वस्तुहरुमा अर्गानिक उत्पादनहरुको माग ह्वात्तै बढेको छ । यसै अनुरुप बजारको माग अनुसार नेपालमा पनि सन स्क्रिन, मोश्चराईजर ,फेश वास, डे क्रिम, नाईट क्रिम,ईसन्सियल आईल लगायत थुप्रै अर्गानिक सौन्दर्य सामाग्रीहरुको विक्री वितरण गर्न लागेको कम्पनीका उत्पादक नन्दिनी हर्वल भारतका प्रबन्ध निर्देशक हितेश लिम्बानीले जानकारी दिए । उनका अनुसार, नेपाली उपभोक्ता माझ भारतिय सौन्दर्य सामाग्रीहरुको विश्वासका कारण लामो अनुसन्धान पछि हाम्रा अर्गानिक सौन्दर्य सामाग्रीहरुलाई सहज रुपमा बजारीकरण गर्न सकिने अवस्था देखेर नेपालमा नन्दिनी अर्गानिक ब्राण्डका सौन्दर्य सामाग्रीहरु भित्राइएको हो । नेपाली ग्राहकहरूलाई विश्वस्तरीय सौन्दर्य हेरचाह उत्पादनहरू प्रदान गर्ने स्पष्ट मिशनका साथ यस्ता उत्पादनहरू नेपाल ल्याउन आफ्नो पसिना र परिश्रम लगाएको लिम्बानी बताउछन्।
नन्दिनी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामाग्रीहरु नेपालका विभिन्न आउटलेट,वितरक,व्यूटिपार्लर,सलुन,मेडिकल स्टोर लगायत मार्ट सपिङ्ग मलहरुमा सहजै उपलव्ध हुने, उक्त उत्पादनहरुलाई नेपालमा वजारीकरण तथा व्यबस्थापनको जिम्मेवारी लिएका कन्ट्रि म्यानेजर पदम शर्माले जानकारी दिए । गुणस्तरमा शत प्रतिशत प्रतिवद्धता जनाएको कम्पनीले करिव ३ वर्षदेखि नेपाली बजारमा एन प्लस प्रोफेशनल तथा ला रिभेरी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामाग्रीहरु बिक्री वितरण गर्दै आएको छ । नेपालको अधिकांश युनीसेक्स सलुन,पार्लर तथा सौन्दर्यकर्मीको पहिलो रोजाई रहेको एनप्लस प्रोफेशनल तथा ला रिभेरीका उत्पादनहरुको माग बढ्दै गएको कन्ट्रि म्यानेजर शर्मा बताउछन । भारतको सौन्दर्य सामाग्रीहरुको चर्चित ब्राण्ड भित्र उत्कृष्टमा पर्ने नन्दिनी हर्वलले नेपालमा पनि राम्रो बजार लिनेमा ढुक्क छौं, उनी बताउछन ।
नन्दिनी अर्गानिक ब्राण्डका वारेमा जानकारी दिने उद्देश्यले राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मिस नेपाल (२००० उषा खड्गी तथा सामाजिक अभियन्ता भिम उपाध्यायले संयुक्त रुपमा उक्त उत्पादनहरुको औपचारिक विक्री वितरण शुभारम्भ गरेका थिए । होटल ग्राण्डमा आयोजित उक्त कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले नन्दिनी अर्गानिकका ब्राण्डले नेपालमा राम्रो बजार लिने र सौन्दर्य पारखीहरुको रोजाईमा पर्नेमा आफुहरु विश्वस्त भएको कुरा बताए ।
मिस नेपाल खड्गीले आफुले विभिन्न ब्राण्डको एम्बेसडर भएर काम गरेको र विभिन्न ब्राण्डेड उत्पादन प्रयोग गर्दै आएको तर पहिलो पटक यस्ता अर्गानिक सौन्र्दय ब्राण्डका वारेमा जानकारी लिदा यस उत्पादनले नेपालमा राम्रो बजार पाउने कुरा बताईन । संचारकर्मी सोनीत राज ढुंगेलले संचालन गरेको कार्यक्रममा संचारकर्मी राज लुईटेलले सहजीकरण गरेका थिए । कार्यक्रममा उक्त कम्पनीका २ दर्जन डिलरहरुको समेत उपस्थिती रहेको थियो ।
काठमाण्डौ – नेपाली सांगीतिक र संचार क्षेत्रमा सुनिरहेकै नाम हो किस्ना आचार्य रोशनी , पत्रकारिता साहित्य र गीतसंगीतमा लामो समय देखि सक्रिय रोशनीको भर्खरै मात्र नयाँ आधुनिक गीत तिम्रो याद ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ ।
मनोजराज सिवाकोटीको स्वर, ज्योति प्रकाशको संगीत र रोशनीको रचना रहेको उक्त गीतको म्युजिक भिडियो मुकेश हुमागाइले खिचेका हुन् भने दिपेन्द्र केसीको निर्देशन र प्रकाश भट्टको सम्पादनमा तयार भएको छ । म्युजिक भिडियोमा इस्टु कार्की र धिरेन्द्र शाही ठकुरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
मोफसलमा रहँदै सांगीतिक तथा साहित्यिक सिर्जना यात्रामा रहेकी रोशनीका स्कुले विद्यार्थी जीवनमै ूसंघर्षू गजल सङ्ग्रह, ूच्यातिएको मनू उपन्यास र केही दोहोरी गीत प्रकाशित भइसकेका थिए। त्यसैको निरन्तरतास्वरूप उनका दर्जनौं लोक तथा दोहोरी गीत, मौलिक सालैजो गीत, तीज गीत, दशैं गीत, झ्याउरे गीत प्रकाशित भएका छन्।
गीतरसंगीत र साहित्य सिर्जनामा अब्बल रोशनीका केही गीतमा उनकै स्वर र अभिनय पनि सुन्नरदेख्न सकिन्छ। काठमाडौं आएपछि गीत संगीतका अलावा पत्रकारितालाई पनि आफ्नो कर्म बनाएकी उनले विशेष कला मनोरञ्जन सम्बन्धी लेखनलाई अघि बढाएको पाइन्छ।
उनी अनलाइन, छापा, युट्युब मार्फत् कला र कलाकारका कुरा प्रकाशित गर्दै पत्रकारितामा सक्रिय रहेकी छन्। उनका सिर्जनामा रहेका थुप्रै लोकदोहोरी गीतका सिर्जनाले सांगीतिक बजारमा राम्रो चर्चा बटुलेका छ्न् । उनले गीत संगीत र पत्रकारिता क्षेत्रमा गरेको उल्लेखनीय कामको उच्च मूल्याङ्कन गर्दै विभिन्न अवार्ड र सम्मान आयोजक संस्थाले सम्मानित पनि गरेका छन्।
जसमा सुन्दरादेवी सन्देश म्युजिक अवार्ड सर्वोत्कृष्ट शव्द रचना २०७४, निम अवार्ड युवा पत्रकारिता सम्मान २०७५, उत्कृष्ट मौलिक सिर्जना सम्मान नाट्यश्वर म्युजिक अवार्ड , इपिक नेपाल म्युजिक अवार्ड २०७५ कला पत्रकारिता सम्मान ,निम अवार्ड सर्वोत्कृष्ट शब्द रचना २०७६, म्युजिक खबर म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्द रचना २०७७, पावर इन्टरनेशनल फिल्म फेस्टिवल रंगपत्रकारिता संमान २०७८, योङमाइन्डस् म्युजिक अवार्ड २०७८ रंग पत्रकारिता संमान लगायत छ्न् ।
आगामी सांगीतिक यात्रा कलम अझै सशक्त रहोस् शुभकामना ।
काठमाडाैं। शिव कैलाश कला मन्दिरको आयोजना मा दोस्रो उपत्यकाव्यापी विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चलचित्र नृत्य निर्देशक नारायण रिजालकाे सभापतित्वमा भएकाे कार्यक्रममा टोखा नगरपालिका उप-मेयर मुरारी तमाङ्ग प्रमुख अतिथि रहेकाे थियाे। उनीहरुले नै प्रतियागिताकाे उद्घाटन गरेका थिए।
विगत २४ वर्षदेखि मन्दिरले कला र संस्कृति बचाउन र नयाँ पुस्तामा समेत कलाकाे उजागर गर्नमा महत्वपूर्ण भुमुका खेल्दै आएको छ। प्रतियाेगितामा उपत्यकाका १३ विद्यालयका २८० विद्यार्थीहरुले सहभागिता जनाएका थिए। ३ दिनसम्म चलेको प्रतियोगितामा पहिलो दिन निर्णायक तर्फ कोरियो ग्राफर मोडेल सुरेन्द्र बसेल ,नायक तथा कोरियोग्राफर सोन बहादुर तामाङ, दाेश्राे दिन वरिष्ठ चलचित्र नृत्य निर्देशक गोविन्द प्रभात र तेश्राे दिन लोक नृत्य, खोज कर्ता, शास्त्रीय नृत्यका प्रशिक्षक वरिष्ठ निर्देशक कृष्ण प्रसाद पौडेल(केपी पौडेल) वरिष्ठ चलचित्र नृत्य निर्देशक गोविन्द प्रभात ,मोडेल तथा नृत्य निर्देशक कृष्ण रसाइली उपस्थित रहेको कोरियोग्राफर रेनुका रिजालले बताइन्।
प्रतियोगितामा नाम्स स्कुल गोङ्गबुकी छात्रा सिरीना परियार, रेडअन स्कुल सामाखुसीकी कक्षा दुइ मा अध्ययनरत शिखा बिष्ट, काठमाडौं लिङ्कन तारकेश्वरकी कक्षा तीन मा अध्ययनरत सफला तामाङ, कक्षा ४ बाट गिनिज स्कुल धर्मस्थली सानो बाइपास कि सोनाली गुरुङ, कक्षा ५ बाट सभ्यता पाठशाला रानीवन कि प्रजिता भट्टराई, कक्षा ६ बाट नान्स स्कुल गोङ्गबुकी रिविशा गुरुङ,कक्षा ७ बाट रेडअन स्कुल सामाखुसीकी आरध्या सिंह, कक्षा ८ बाट क्युपिड स्कुल बनियाटरकी किन्जल रिमाल, कक्षा ९ बाट नाम्स स्कुल कि आर्शिया पियाले प्रथम स्थान हासिल गरेका छन्।
ज्ञानभूमि स्कुल मनमैजु, प्रज्ञान स्कुल टाेखा ३ धलमल, मिलन धर्मस्थली स्कुल काभ्रेस्थलि, सौरेदिप स्कुल बनस्थली, लालिगुराँस विद्या सदन काभ्रेस्थलीका सहभागिहरुले द्वितिय तथा तृतीय, सान्त्वना र उत्कृष्ट नृत्य का ट्रफिहरु प्राप्त गरे। १३ वटै विद्यालयहरुलाई सम्मान गरिएकाे साे प्रतियोगितामा शिव कैलाश कला मन्दिरका कोरियोग्राफरहरु चेत कुमारी कार्की ,भरत पुतुवार, रस्तावी रिजाल, बिशाल तामङ, सविना पन्डित, प्रनिता खड्का, रोसनी बुढाथोकी, सर्मिला धिताल अनिसा पुर्जालगायतले प्रतियोगिताको सहजिकरणमा भूमिका निर्वाह गरेका थिए। विशिष्ठ अतिथि टाेखा नगरपालिकाका सचिव सानु श्रेष्ठ, समाजसेवी हरिवंश पन्त, चलचित्र नृत्य संघका महासचिव दीपेन्द्र तिमल्सिना लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए।
त्यसक्रममा वालवालिकाहरुकाे कला उजागर गर्ने काममा महत्वपूर्ण भूमिका खलेकाे भन्दै टाेखा नगरपालिकाका उप-मेयर तमाङ्गले शिव कैलाश कला मन्दिरलाई धन्यवाद दिएका थिए।
काठमाडौँ । विनोद ढकाल र अरमान तामाङको र्याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा एक विशेष समारोहबीच विशिष्ट सङ्गीतकार शम्भुजीत बास्कोटाले गीत भिडियो सहित सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बास्कोटाले सङ्गीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्यापमा युवापुस्ता आउनु राम्रो रहेको बताए । उनले अरमानको भिडियो तथा गायन राम्रो रहेकाले यसले सकारात्मक सन्देश दिएको बताए ।
अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र सङ्गीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोमा अरमानलाई रिया लामाले साथ दिएकी छन् ।
दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ । सार्वजनिक गीतको भिडियोमा समाजमा कुलतमा फसेकालाई घृणा हैन माया गरौँ, उनीहरूको भावनालाई बुझौँ भन्ने सन्देश दिन खोजिएको छ ।
कार्यक्रममा बुलेट फ्लो र डिबी द रियलले प्रस्तुति दिएका थिए ।
काठमाडाैं।चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवाल र गायिका सिर्जु अधिकारीको तिज गीत “नाठो पोइ” सार्वजनिक भएको छ। प्रकाश कटुवालकाे युट्युव च्यानलमार्फत सार्वजनिक भएकाे गीतमा प्रकाश कटुवालकै मौलिक शब्द रहेका छन्। गीतमा स्मृति तिमिल्सिना (गुरु आमा) ले निर्देशन गरेकी छन्। गीतमा कटुवाल सङ्गै चरचित तथा लोकप्रिय गायिका सिर्जु अधिकारीको कर्णप्रिय आवाज रहेको छ ।
चर्चित गायक कटुवालसँगै कलाकारहरू नेहा गौतम, साजन बाँस्कोटा, शोभा विश्वकर्मा, राम चन्द्र अधिकारी र कुस्मा दाहालको उत्कृष्ट अभिनय रहेको देखिन्छ । प्रीज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज चरचित संगीतकार बीबी अनुरागीले गरेका छन्। गीतमा अहिले पछिल्लो समयमा गाउँ समाजमा भईरहेका यथार्थ कुरालाई झल्काउन खोजिएको छ । दाजु बहिनीको पात्रबाट अभिनीत भिडियोमा भाइले दिदीलाई नाठो पोइ सङ्ग उठ्बस गरेको र भिनाजु विदेशमा रहेको देख्न सकिन्छ भने भाइ पनि विदेशीको श्रीमती सङ्ग लागेको दिदीले दर्साएको बुझ्न सकिन्छ ।
गीतमा बेला बेलामा प्रकाश कटुवालको ठट्यौली पना मिसिए सङ्गै गोप्ते काजीको कमेडी बोली र अभिनयले भिडियो अझ उत्कृष्ट बनेको पाइएको छ । उसो त प्रकाश कटुवाल र सिर्जु अधिकारीले यसअघि छेकेन जामाले, पहिलो बेसार लगायत सफल गीतहरू बजारमा ल्याई सकेका छन्।
काठमाडौ । नेपाली नारीहरुको महानचार्ड हरीतालीका तीज नजीकिदै जादा नयाँ नयाँ तीजका गीतहरु सार्वजनिक भएका छन् । योसँगै लोक दोहोरी गायिका तथा मोडल रिया घलेको नयाँ तिज गीत ‘भएन उज्यालो शीर बरिलै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा गायिका स्वयं रिया घलेले स्वर दिएकी छन् । सार्वजनिक गीतमा महँगीले गरिबी आमजनताको दैनिकीमा नराम्ररी प्रभाव परेको कथालाई देखाइएको छ।
मौसम हिमालीको निर्देशन र नविन घर्तीको सम्पादन रहेको म्युजिक भिडियोमा रमा थपलिया,रिया घले र खेम नेपाली लगायतका कलाकारको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस:
काठमाडौँ — श्रावण १०, २०८०।
प्लस टू अध्ययनरत छात्राहरुमा केन्द्रित प्रतिभा, व्यक्तित्व, सौन्दर्य मापनको प्रतियोगिता मिस प्लस टू नेपाल २०२३ को फाइनल प्रतिस्पर्धामा आफ्ना १८ प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल प्रमाणित गर्दै शिक्षा राणाले प्रतियोगिताको शीर्ष उपाधि जित्न सफल भएकी छिन् । शिक्षाले मिस पर्सनालिटी र मिस स्टाइलिस विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाइन् । प्रतियोगितामा याङ्जी दावा लामाले फस्ट रनर विधामा आफूलाई उभ्याउन सफल भइन् भने उनी भ्युअर च्वाइसमा विजेता र पब्लिक च्वाइसमा फस्ट रनर अप चयन भइन् । यसैगरी कन्फिडेन्ट अवार्ड सहित विशाखा श्रेष्ठले सेकेन्ड रनर अप स्थान हासिल गरिन् ।

युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा जमल स्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितामा झरना अधिकारी भ्युअर च्वाइस विधामा फस्ट रनर अप तथा प्रियाशा जोशी पब्लिक च्वाइस विधामा विजेताका रुपमा पुरस्कृत भएका थिए । प्रतियोगितामा कृष्टिना प्रजाले म्यानेज्मेन्ट च्वाइस, कृतिका गौतमले ट्यालेन्ट र फोटोजेनिक, समृद्धि जोशीले वेष्ट इन् इभिनिङ गाउन, सोनिमा घलानले वेष्ट वाक तथा ओसिन मालीले मिस कन्जिनियालिटीको अवार्ड जित्न सफल भएका थिए ।

संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफीमा संचालन भएको सो प्रतियोगितात्मक कार्यक्रममा चलचित्र निर्देशक एवं अभिनेता साहिल खान, इन्टरनेसनल नेपाली मोडल दिपक घिमिरे, फेसन उद्यमी स्वेता सिरोहिया रोक्का, एभिएसन उद्यमी संगीता रौनियार तथा नेपाल एयरहोस्टेस् एकेडेमीका निर्देशक रेजिना तुलाधार निर्णायकको भूमिकामा रहेका थिए । मिस प्लस टू नेपालको यस अघिका संस्करणमा सुप्रिया हमाल, अहिलेकी चर्चित अभिनेत्री आँचल शर्मा र प्रवेशिका अधिकारीले विजेताको ताज पहिरिन सफल भएका थिए ।

काठमाडौ । गायक शिव परियारको स्वर, गीतकार सत्यकला लामाको लेखन र संगितकार सिडी विजया अधिकारीको संगितमा ‘कसरी भुल्नु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोसहित तयार पारिएको उक्त गीत असार ३० गते युटयुवबाट प्रिमियर गरिएको हो । एएमएस इन्टरटेनमेण्टको व्यानरमा निर्माण भएको उक्त गीतको भिडियो आफनै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।
उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन । जसको छायाँकारमा नरेश अय्यर, सम्पादकमा लक्ष्मण चौहान र गीतको एरेन्जरमा उर्गेन दोङ, मास्टरिङ्ग तथा मिक्सरमा दिपेश प्रधान रहेका छन् ।
प्रेम वियोगको थिममा निर्मित कसरी भुल्नु तिमीलाई’ गीतको म्युजिक भिडियोमा नयन सिंह, याङि दोङ, कुमार कार्की र लिलम थापाको अभिनय रहेको छ ।
काठमाण्डौ – अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संकृती संरक्षणमा हाम्रो अभियान भन्ने मुल उद्देश्यका साथ अवार्ड संगै नगद राशि सहितको रिवार्ड आयोजना आयोजना गर्दै आईरहेको संस्था सामना म्युजीक क्रियसनले चौथौ संस्करणको राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) २०८० को लागी आवेदन खुल्ला गरेको आयोजक ले बताएको छ ।
नेपाली लोक गित आधुनिक, पप, राष्ट्रीय गित लगायतका २१ विद्यामा फारम भर्न सकिने आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिईन् । २०७८ चैत्र देखि २०७९ चैत्र मसान्तभित्र बजारमा आएका सिर्जनाहलाइृ समावेश गरिने आयोजकले बताएको छ ।नेपाली मौलिक लोक गित संगितको विकास र विस्तार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ भव्य र सभ्य रुपमा आयोजना गर्न लागिएको आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिइन् ।
आवेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियशन प्रा.लि.को कार्यालबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले वताएको छ ।