काठमाण्डौ - तेश्रो स्टार ईन्टरनेशनल अवार्ड बैंककमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल एयरलाईन्सका कार्यकारी अध्यक्ष तथा वरिष्ठ गीतकार युवराज अधिकारीको प्रमुख आतिथ्यता तथा एयरलाईन्सका निर्देशक अनिल घिमिरे तथा थाइलैण्डका प्रतिष्ठित व्यबसायी विजय तिमल्सिनाको विशेष आतिथ्यतामा उक्त अवार्ड बैंककमा सम्पन्न भएको हो । लामो समयदेखि आ( आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिने प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गर्ने उक्त अवार्ड समारोहमा सहभागी हुन नेपाल सहित म्यानमार,थाईलैण्ड र युएईबाट करिव ३ दर्जन व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
प्याजेन्ट नेपाल नेटवर्क र दक्ष ईन्टरनेशनलको संयुक्त आयोजना तथा निकिला मिडियाको सहकार्यमा आयोजित अवार्डमा कलाकारिता तर्फबाट रजत सम्मान विशिष्ट कलाकार शिवहरि वैरागीलाई प्रदान गरियो भने ,साहित्य तर्फ राधादेवी पराजुली,सामाजिक सेवाका लागि टंक प्रसाद न्यौपाने,शान्ता कुमारी दाहाल भट्टराई, र लक्ष्मी प्रसाद संग्रौलालाई प्रदान गर्दा, शिक्षा सेवाबाट जयन्ती शिवाकोटीलाई,बैंकिङ क्षेत्रबाट रन्जु खत्री र युवा व्यबसायी एवं प्रवास सेवाबाट यदु केसीलाई सम्मान प्रदान गरिएको थियो । बैंककको होटल सायम सिजनमा आयोजित कार्यक्रममा यो वर्षको स्टार ईन्टरनेशनल अवार्ड पाउनेहरुमा उत्कृष्ट गीतकारको तर्फबाट प्रमोद भट्टराई ‘प्रतिक’,उत्कृष्ट मेकअप आर्टिष्ट हेयरमा सविना खड्का, उत्कृष्ट कोरियोग्राफरमा महेश गोदार,उत्कृष्ट व्युटिसियन सरिता पत्रवंश, उत्कृष्ट होटल तालीम केन्द्रमा ग्रिनल्याण्ड होटल तालिम केन्द्र,उत्कृष्ट मोडल प्रकाश वोसेल,उत्कृष्ट ईमर्जिगं विजनेश अफ दि ईयरका लागि प्रविन रानाभाट रहेका थिए ।
यसै गरि, मोडल अफ द ईयरका लागि अनुप अधिकारी, उत्कृष्ट प्याजेन्ट मोडलका लागि रितिका शाह, ईमर्जिङ कन्सल्टेन्सीका लागि जजमेन्ट एजुकेशन फाउण्डेशन, उत्कृष्ट एभिएसन टेनिङ ईन्ष्टिच्यूटका लागि गिता एभिएसन,उत्कृष्ट दशक चरित्र अभिनेता अवार्डबाट वरिष्ठ कलाकार उद्धव प्रसाद भट्टराईलाई प्रदान गरिदा उत्कृष्ट दशक अभिनेताबाट श्रीदेव भट्टराई र उत्कृष्ट व्यबसायीमा गोपाल खड्कालाई अवार्ड प्रदान गरिएको थियो । यसै गरि विभिन्न कारणले कार्यक्रममा उपस्थित हुन नसकेका अवार्ड विजेताहरु उत्कृष्ट लोक दाहोरी गायक विर्ख कामी र उत्कृष्ट पप गायक अर्जुन खरेलको अवार्ड अन्य सहभागीलाई प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी अधिकारी,विशेष अतिथीहरु घिमिरे , तिमल्सिना र आयोजक कमिटीका अध्यक्ष राज लुईटेलले अवार्ड तथा सम्मान प्रदान गरेका थिए ।
समारोहमा प्रमुख अतिथी अधिकारीले आफु गीत संगीतमा लामो समयदेखि लगाव भएकाले यस्ता कार्यक्रममा सहभागी हुन पाउनु निकै गौरवान्वित महशुस भएको र आफ्नो नेतृत्वमा रहेको कर्पोरेशनको महत्वपूर्ण गन्तव्य रहेको थाईलैण्डमा नै यसरी ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान गर्न पाउनुलाई अवष्मरणीय क्षणको रुपमा लिएको कुरा बताए । भने अन्य उपस्थिती विशेष अतिथीहरुले विदेशमा यस्तो भव्य कार्यक्रम गर्न सफल भएकोमा आयोजक संस्थालाई वधाई तथा धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन संचारकर्मी सोनीत राज ढुंगेलले गरेका थिए । राष्टखवर,पव्लिक सूचना तथा नेपाल एयरलाईन्सको सहयोग रहेको कार्यक्रमसंगै थाईलैण्ड मलेसिया तथा सिंगापुरमा ग्लोबल टुरिज्म कन्फ्रेन्सको समेत आयोजना गरिने कार्यक्रम रहेको छ ।
यस अघि कतारमा पहिलो संस्करण गरिएको स्टार ईन्टरनेशन अवार्ड दोश्रो नेपालमा र तेश्रो थाईलैण्डमा गरिएको हो ।
काठमाण्डौ - चर्चित नायक सागर घिसिङ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘पोङ्दी नाम्साला साँईली’ बोलको तामाङ दोहोरीमा सागर फरक अवतारमा देखिएका छन् । विशेष गरी रोमान्टिक म्युजिक भिडियो र चलचित्रमा देखिँदै आएका सागर यसपटक नृत्य गर्दै भिडियोमा देखिएका छन् । उनीसँगै कलाकारहरु लाक्पा लामा र रेजिना योञ्जनले भिडियोमा उत्कृष्ट अभिनय गरेका छन् ।
चर्चित गायक अविषेक तामाङ र गायिका सुमिना लोको आवाजसमा सजिएको यो गीतमा ङीमा दोङ र पवन लामाको शब्द रहेको छ । पवन लामाको सँगीतमा तयार भएको गीतमा जोगलाल लामाको एरेञ्ज रहेको छ । फणिन्द्र राईको एरेञ्ज मोडिफिकेसनमा तयार भएको गीतलाई दिपेश प्रधानले मिक्सिङ मास्टरिङ गरेका हुन् ।
गीतको म्युजिक भिडियोलाई विवेक लामाले छायाँकन र सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई प्रतिक ङेस्युरले निर्देशन गरेका हुन् । गीतको म्युजिक भिडियो गायक अभिषेक तामाङकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
काठमाण्डौ - ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘उपहार’का लागि मुख्य कलाकारहरूको लाइनअप पुरा भएको छ । रेखा थापाको निर्माणमा तयार हुन लागेको फिल्ममा मुख्य तीन नायिका र २ नायक अनुबन्धित भइसकेका छन् । यसअघि फिल्ममा रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल फाइनल भइसकेका छन् । फिल्ममा रेखाको जोडीको रुपमा मुकुन भुषाल, पूजाको जोडीको रुपमा समर्पण कार्की फाइनल भइसकेका थिए ।
अब, नायिका बेनिशा हमालको जोडीको रुपमा कलाकार तेज गिरीलाई अनुबन्धित गरिएको बुझिएको छ । बेनिशा र तेजले फिल्म ‘प्रेमगञ्ज’मा एकसाथ काम गरेका थिए । यो फिल्ममा तेजले सशक्त अभिनय गरेका थिए । फिल्ममा बेनिशा र तेजको जोडीलाई मन पराइएको थियो । यसैले, निर्देशक देउजा र निर्मात्री थापाले बेनिशा र तेजको जोडीलाई ‘उपहार’मा दोहोर्याएको बुझ्न सकिन्छ ।
उनै, तेजले फिल्म ‘हुक्का’मा पनि काम गरिसकेका छन् । थुप्रै फिल्महरूमा अभिनय गरिसकेका तेजले फिल्म ुप्रेमगञ्जुबाट आफूलाई अभिनयमा सशक्त रुपमा प्रस्तुत गरेका थिए। तेजले अब कलाकारको बलियो लाइनअप भएको फिल्ममा काम गर्ने पक्का भएको हो । यो फिल्मको छायांकन चाँडै नै सुरु गर्ने योजनामा निर्देशक देउजा छन् ।
काठमाण्डौ - ‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड २०२२’ सरगम कौशलले सहभागिता जनाउने पक्का भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले मिसेस वल्र्ड कौशलले सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । कार्तिक पहिलो साता राजधानीमा आयोजना हुने फिनालेमा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरुको पनि उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन् ।
विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले जानकारी दिएका छन् ।
प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा अडिसन हुने आयोजकले जनाएका छन् । मिसेस नेपाल वल्र्ड २०२३ को विजेताले २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने गर्नेछिन । त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिता जनाउने पाउनेछिन ।
काठमाण्डौ - हिन्दू मिहलाहरुको महान चाँड तिज नजिकिदै गर्दा यतिवेला नेपाली सांगीततिक बजार तिजका भाकाहरुले गुन्जायमान भईरहेको छ । यसैको अवसर पारेर गायिका सुजाता केसी र समिक्षा अधिकारीको तिज गीत नाच्न हिडिन्छ सार्वजनिक भएको छ ।
चर्चित संगतिकार तथा गीतकार अर्जुन पोख्रेलको शब्द तथा संगति रहेको गीतलाई एप्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । सुजाता केसी कै युटुव च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा कलाकार किरन केसी, गायिका सुजाता केसी, अभिनेता पुष्प खड्का र समिक्षा अधिकारीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।
नवराज उपे्रतीको छायाँकन रहेको भिडियोमा सिलन लम्सालको सम्पादन रहेको छ भने माईकल चन्दको निर्देशन रहेको छ ।
काठमाडौ । महिलाहरूको महान् पर्व तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा सामाजिक अभियान्ता नव गायिका शर्मिला फूयाँलको नयाँ तीज गीत ‘राजाले दिएको ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा शब्द ,संगीत,स्वर शर्मिला फूयाँलको नै रहेको छ । भिडियोमा केशवराज भाटको निर्देशन तथा कोरियोग्राफीमा सिनेमेटोग्राफर प्रकाश खड्का एरेन्जिङ आकाश नेपाली ,मिक्सिङ मास्टरिङ दीप तुलाधर, दिन्सन शाहको सम्पादन रहेको छ।
उक्त तिज गीतमा स्मरिका ढकाल,शर्मिला फूयाँल नव मोडल स्नेहा रुपाखेतीको अभिनय देख्न सकिने छ । गायिका शर्मिला फूयाँल (सन्ध्या)को शब्द संगीत र गायक कर्णराज गिरीको स्वर रहेको ‘कुन तार मिलेन’? बोलको म्युजिक भिडियोले रिलिज भएको तीन साता नपुग्दै उक्त गीतलाई युट्युबमा १० लाख भ्युज क्रस गरेर दर्शकको मन जितिसकेको छ ।
काठमाण्डौ – लामो समय देखी नेपाल चलचित्र कलाकार संघमा गैर कलाकारहरुको हावी रहदै आएको भन्ने आरोपलाई चिर्नको लागि संघले कडा निर्णय गरेको छ । यहि भाद्र २ गते बसेको नेपाल चलचित्र कलकार संघको बैठकले संघलाई चुस्त र दुरुस्त बनाउनको लागि कलाकारहरुको अभिलेखिकरण गर्ने र प्रकृया नपुगेका कलाकारहरुलाई छ महिनाको समय दिएर पनि गैर कलाकार पत्ता लागेको खण्डमा विधान अनुसार गर्ने निर्णय पारित गरेको हो ।
जस अनुसार कलाकारहरुको आवेदन फारम सँग संलग्न गर्नुपर्ने कागजपत्रमा करार पत्र वा अनुहार र चलचित्रको नाम देखिने गरि लिएको स्कृनसट, नागरिकताको प्रतिलिपि फोटो आदि कतिपय कलाकारहरुको संघमा रहेको व्यक्तिगत फाइलमा नभएको पाइएकोले संघले सदस्य कलाकारहरुको अभिलेख तयार पार्ने काममा अस्पष्टता अपूर्ण देखिन आएकोले अभिलेखिकरणलाई चुस्त दुरुस्त बनाउनका लागि उपरोक्त तथ्यहरु सहित कागजपत्र संघमा उपलब्ध गराइदिनुभई ६ महिनाभित्र कागजपत्र इमेल मार्फत् वा स्वयम् उपस्थित भएर अभिलेखिकरणलाई पूर्णता दिन सबै सदस्यहरुलाई अनुरोध गर्ने संघको बैठकले निर्णय गरेको छ ।
संघका सबै तहका सदस्य कलाकारले अभिलेखिकरणमा चासो दिन अनुरोध गरिन्छ संघका अध्यक्ष मोहन निरौलाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । ६ महिनाको समयलाई मान्य अवधि मान्दै अभिलेखिकरण नगरे संघमा रहेको व्यक्तिगत विवरण सहितको फायलमा विधान अनुसारको प्रक्रिया नपुगेको देखिएमा विधानले तोकेको प्रकृया अनुसार हुने पनि यसै वक्तव्य मार्फत् अनुरोध गरिन्छ विज्ञप्तिमा भनिएको छ ।
यस्तै संघले आफ्नो ३५ औं स्थापना दिवसका सम्बन्धमा नेपाल चलचित्र कलाकार संघको स्थापना दिवस भदौ २३ गते स्काई वैङ्क्वेट बग्गी खानामा नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भुमिका विषय अन्तरक्रिया कार्यक्रम सञ्चालन निर्णय गरेको छ । साथै स्थापना दिवसको उपलक्ष्यमा भदौ २४ गते बिहान मोटिभेसन क्लास र योगा कार्यक्रम गर्ने र सोका लागि प्रशिक्षकहरुलाई अनुरोध गर्ने निर्णय गरेको कुरा संघका अध्यक्ष निरौलाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं-चौथो संस्करणको ‘साधना म्युजिक रिवार्ड’का उत्कृष्टलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच उत्कृष्ट मनोनयनमा पर्न सफलभएका सर्जकलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो । सामना म्युजिक क्रियशन प्रा.लि.को यो अवार्ड (रिवार्ड) प्रदान गर्दै आएको छ ।
म्युजिक क्रियशनकी अध्यक्ष सामना शाह सभापतित्वमा भएको समारोहमा वरिष्ठ गायक संगीतकार निर्देशक नारायण रायमाझी प्रमुख अतिथि रहनुभएको थियो भने वरिष्ठ गायिका देविका वन्दना, वरिष्ठ साहित्यकार लेखक दामोदर पुडासैनी किशोर, वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, विशिष्ठ अतिथिका रूपमा हुनुहुन्थ्यो ।
कार्यक्रममा चित्रकार संगीतकार ज्योति प्रकाश, रंग पत्रकार गीतकार सुमन बैरागी, निर्देशक माधव खरेल, रंग पत्रकार तथा गितकार गिता अधिकारी लगायत व्यक्तित्व अतिथिका रूपमा रहनुभएको थियो । अतिथिहरूले उत्कृष्ट मनोनयनमा पर्न सफल सर्जकलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
साधना म्युजिक रिवार्ड पहिलो र दोस्रो संस्करण अवार्डको रूपमा रहेको थियो भने तेस्रोदेखि रिवार्ड भएको हो । कार्यक्रममा स्वागत गर्दै अवार्डका सचिव गोकर्ण लामिछानेले रिवार्डबारेमा स्पष्ट पार्नुभएको थियो ।
चौथो संस्करणको रिवार्डमा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका मोडलमा पुरुष र महिला त्यस्तै अन्य विधा भिडियो निर्देशक, छायांकार, दृश्य सम्पादक, एरेन्जर गरी १९ विधा छन् भने कार्यक्रममा सम्मान तथा दीर्घ साधना सम्मान रहनेसमेत जनाइएको छ ।
काठमाडौँ ।अर्जून गौतमको निर्देशनमा तयार पारिएको लोक गीत ‘नाबालिका’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत शुक्रबार नवसृष्टि ईन्टरटेण्टमेण्ट युट्युवबाट सार्वजनिक भएको हो । गायक मिनप्रकाश ओली र गायिका बबिना किरातीको स्वर रहेको गीतमा मिनप्रकाश स्वयंले शब्द सङ्गीत दिएका छन् भने एरेन्जमा राज सोनम रहेका छन् । गौतम निर्देशक रहेको भिडियोमा बिना रावत, बाबुराम सुनार, मन्दिरा थापा र रामप्रसाद महर्जनको अभिनय रहेको छ ।
देव दोर्जेले कोरियोग्राफी गरेको उक्त म्युजिक भिडियोको छाँयांकन बासु न्यौपानेले गरेका हुन भने सम्पादन गौतमराज खड्काले गरेका हुन् । म्युजिक भिडियो प्राविधिक रुपमा उत्कृष्ट रहेको निर्देशक गौतम बताउँछन् ।
MUSIC VIDEO - NABALIKA || MIN PRAKASH OLI, BABINA KIRATEE || BINA, BABURAM, RAMPRASAD, MANDIRA
काठमाण्डौ- उदाउंदो गायकको रुपमा आफुलाई सांगितिक क्षेत्रमा स्थापित गराउने क्रममा गायक लिजन्स श्रेष्ठले आफ्नो नयाँ सांगितिक कोसेली "मायामा" सार्वजनिक गरेका छन । आफ्नै स्वर, शब्द तथा संगीतमा तयार पारीएको उनको यो गीतको भिडियोलाई आफ्नै अफिसियल च्यानल लिजन्स श्रेष्ठबाट सार्वजनिक गरेका हुन ।
हाल दुबईलाई आफ्नो कर्मथलो बनाएका लिजन्सको यो भिडियो भने नेपालमै छांयाकन गरिएको हो । भिडियोमा उनलाई आफ्नै जीवनसाथी रुबिनाले साथ् दिएकी छिन भने त्यस बाहेक उनको आफ्नै भाई सिजन्स र बुहारी बीनीको अभिनय पनि देख्न सकिन्छ ।
थाजभिलेको प्रोडक्सनमा तयार पारीएको भिडियोलाई योन्सा मगरले छांयाकन तथा सम्पादन गरेका हुन भने ग्राफिक निश्चल लामाले गरेका हुन । भिडियोको निर्देशन भने स्वयम गायक लिजन्स श्रेष्ठले नै गरेका हुन । भिडियोलाई सबैले माया गरिदिनु हुन गायक लिजन्सले सबै संगीत प्रेमीहरुलाई आग्रह गरेका छन ।