entertainment
||Power News Asia||

आजको समाचार

बाबा प्रति समर्पित एलेक्स शर्माको “मेरो बाबा”सार्वजनिक (भिडियो)

मनोरञ्जन


काठमाडौं – आफ्नो जन्म दिने बाबा प्रति सम्मान स्वरुप समर्पित गितको म्युजिक भिडियो एक भब्य समारोह बिच सार्वजनिक गरिएको छ।

नव गायक एलेक्स शर्माको स्वर तथा अभिनय रहेको उक्त गीतको संगित एरेन्ज चर्चित संगितकार दिवान किनारले गर्नु भएको थियो । सम्भवत नेपालि सांगीतिक क्षेत्रमा एक छुट्टै किसिमको गीत तयार पारी निकै मार्मिक रुपमा उत्कृष्ट ढंगले सम्पूर्ण जन्म दिने बाबा प्रति समर्पित गरिएको भिडियो नयाँ – नौलो हुन सक्छ, किनकि यस्ता बिषय बस्तु मा कमै मात्र गित संगित तयार हुने गर्दछ ।

गायक शर्माको यथार्थ जिवनमा आधारित गीतको भिडियो निकै मर्मस्पर्शी छ । उनको भनाई अनुसार, आफु निकै कठिन अबस्थाबाट पटक-पटक असफलता संग लड्दै आफन्त,इस्टमित्र र आमा बाबाबाट तिरस्कृत हुदै भौतारिएको थिए , त्यो चुडिएको माया आफन्त को साथ फर्काउन रातदिन मेहेनत गरे पश्चात आफ्नो पुरा हुन लागेको सपना र खुसि मैले आफ्नो बावालाई देखाउन नपाई समय वितिसकेको थियो ।

मैले आफ्ना बाबा गुमाइ सकेका थिए । त्यही चोट,पिडा यति सम्म बल्झियो कि जस्को कारण “मेरो बाबा” गित भिडियोको सृजना भयो। जस्ले बाबा प्रति को सम्मान समर्पित भावलाइ निकै भावनात्मक शब्द,संगितमा उत्कृष्ट म्युजिक भिडियो बनेको छ।
‘गितले भने जस्तै भिडियोमा कैद भएको दृश्य गायक तथा मोडल एलेक्स शर्माको आफ्नो बास्तबिक जिबनको घटना भएको र वास्तविक जिबनको घटनालाइ भुलाउन गित र म्युजिक भिडियो निर्माण गरिएको’ उनी बताउछन।

‘मेरो मात्र कथा नभएर धेरै छोराहरुको जिवन संग मेल खाने छोराहरुको बाबा प्रति समर्पित गित भिडियो रहेकोले यस भिडियोले धेरै छोराहरुको प्रतिनिधित्व गर्ने आशा लिएको छ ‘उनी सुनाउछन।

म्युजिक भिडियोमा गायन र मोडल स्वयं शर्मा र अर्का मोडल बिजय गजमेरले पहिलो पटक मोडलिङ छेत्रमा उदाएका छन भने लछुमन चौलागाइ, गितान्जलि, बाल कलाकार मिसन न्यौपाने र काब्य कार्कीले अभिनय गरेका छन, भने निर्देशन अमर ओलीले गरेका छन।

भिडियो समाजसेवी दौलत बिक्रम कार्की,नायक शितल केसी, हेम थापा, र पुन्य प्रसाद गौतमबाट सयुक्त रुपमा स्कृन अन गरि सार्बजनिक गरिएको थियो।

नयाँ चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ– निर्माण कम्पनी एरा प्रोडक्सनले आफ्नो नयाँ चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक गरेको छ । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन । 

माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा अनिता कुँवर र कृष्णा आचार्यले एसोसियट निर्माताको रुपमा रहेका छन् भने सह निर्माता समिर खान रहेका छन् ।
चलचित्र चिट्ठीमा प्रमुख कलकारका रुपमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल रहेका छन् भने विशेष भुमिकामा बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

चलचित्रमा पत्रकार समेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले चलचित्रमा संगीत भरेका छन् । चलचित्रमा शिब परियार, बेनिसा पौडेल, बसन्त अर्यालको स्वरमा रहेको छ । डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् । जीवन पराजुली एबम् राजन खरेलको छायाङ्कन, किरण दाहालको द्धन्द्ध निर्देशन, कृष्ण बहादुर कार्की प्रोडक्सन डिजाइनर, अमृत चापागाई पोष्टर  एबम् साहिल खान पब्लिसिटी डिजाईनरका रुपमा रहेको चलचित्र चिट्ठीलाई काठमाण्डौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न स्थानमा छायाङ्कन गरिएको थियो । 

चलचित्रलाइ अच्यूत बजगाइ र माधव खरेल सम्पादन गरेका हुन् । समिर मियाँको कलर तथा भिएफ्एक्स रहेको चिट्ठीमा पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ तथा डिजाईन रहेको छ । चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
 

एनआरएनए चुनावमा जापानका गोविन्दको उपाध्यक्षमा दावी

मनोरञ्जन


काठमाडौं - जापानबाट एनआरएनए आईसीसीको उपाध्यक्ष जिम्मेवारी सम्हालिरहेका रोबिन्द्रप्रसाद श्रेष्ठ गोविन्द फेरि पनि आगामी कार्यकालमा आफु बिजयी हुनेमा ढुक्क देखिन्छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै एक दर्जन देशको भ्रमण पुरा गर्दै ११ वटा एजेण्डामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् ।  प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रमका साथ उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठ बताउँछन् ।

नेपालको संवृद्धि र बिकासको लागि मुलुक बाहिर रहेका नेपालीको भूमिका महत्वपूर्ण हुने बताउँदै श्रेष्ठले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले आगामी कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्रेष्ठ तीन दशकदेखि जापानलाई कर्मथलो बनाएर व्यवसाय सहित २०० जना बढ़ीलाई प्रत्यक्ष रोजगार दिएका छान । गोबिन्द सामाजिक सेवा सहित एनआरएनए अभियानमा एक दशकदेखि सक्रिय रुपमा आवद्ध रहँदै आएका छन् । एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक सहित संयोजक र आइसीसी उपाध्यक्षको जिम्मेवारी सफलतापूवर्क निभाएका श्रेष्ठ आफुले आजसम्म निभाएको भूमिका र कामको मुल्यांकन गर्दै विश्वभरबाट एनआरएनए डेलिगेट्सहरुको साथ र समर्थन पाएको बताउँछन् ।

आर्थिक पारदर्शिता सहित एनआरएनए मार्फत सामाजिक सेवाको लागि आफुले मन, बचन र कर्मले इमान्दिारिता पूर्वक काम गर्ने श्रेष्ठले व्यक्त गरे । प्रवासी श्रमिकहरूका पक्षमा काम गर्दै विश्वभर रहेका नेपालीले एनआरएनए मेरो हो भन्ने भावना जगाउनेगरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनए ११ औं महाधिवेशन मार्फत २०२३–२०२५ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका एक दर्जन बढि उम्मेदवारमा सबैभन्दा बढि चर्चामा रहेका गोबिन्द आरके शर्मा टीमबाट उपाध्यक्षको पदको लागी चुनावी मैदानमा छन ।

-समीर लामा 

गीतकार रमेश दहालको नयाँ गीत ‘जति टाले पनि जुता कुर्कुचामा फाट्यो’ सार्वजनिक

मनोरञ्जन


काठमाडौं – गीतकार रमेश दहालको नयाँ गीत ‘जति टाले पनि जुता कुर्कुचामा फाट्यो’ सार्वजनिक भएको छ । साधारण मानिसका कथामा गीत लेख्ने गीतकार दहालको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो ।

‘रेलको बाटो, सिंहहदरबार’लगायत गीतबाट परिचय बनाउनुभएका गायक तथा संगगीतकार सुरज पण्डितको संगीत तथा स्वरमा बनेको यो गीत ज्वाला प्रडक्सनले उत्पादन गरेको हो ।

अझै पनि नेपालका कतिपय दुर्गम बस्तीमा यातायातको सुविधा छैन । यातायातको अभावमा मानिसले दैनिक उपभोग्य बस्तुदेखि निमार्ण सामग्री तथा औषधिमूलो समेत ढाकरमा बोकेरै लानुपर्ने बाध्यता छ । शहरमा समेत भारी बोकेरै आफ्नो जीवन गुजारा गर्नेहरूको संख्या ठूलै छ । यही श्रमजीवी वर्गको जीवन संघर्षलाई टिपेर लेखिएको गीतमा सुरजले संगीत भरेर गाउनुभएको हो । गीतमा कमल सौरागको संगीत संयोजन छ । सार्वजनिक गीतको भिडियोमा धनराज थापा, सरस्वती खत्री, र ईश्वर थापाकोे अभिनय छ ।

नेपाली सांगीतिक बजारमा के कस्ता गीत चल्ले हुन् त्यो अनुमान लगाउन सकिने अवस्था छैन । गीतमा गरिको लगानी पनि सुरक्षित छैन तापनि साहित्यिक चेतनाले पूर्ण गीत लेख्दै आउनुभएका रमेशका छाउपडि, भ्रष्टाचार, सामाजिक विभेद, अशान्ति, तथा युवा विदेश पलायन जस्ता विषयमा लेखिएका गीतहरू चर्चित छन् । फरक धारका गीत लेखेर चर्चामा रहनुभउका रमेश गीतसंगीतमा अनुसन्धान तथा समीक्षासमेत गर्ने गर्नुहुन्छ । उहाँका गीतले सामाजिक सद्भाव, शान्ति, समावेशीकरणमा समेत प्रभाव पारेको यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।

अभिनेता भण्डारीको समन्वयमा रोहिंग्या मुश्लिम शरणार्थीहरुका लागि खाद्यान्न वितरण

मनोरञ्जन


ललितपुर -समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले ललितपुर जिल्ला स्थित सुनाकोठीमा रहेका रोहिंग्या मुश्लिम शरणार्थीहरुका लागि खाद्यान्न वितरण गरेको छ ।

सन् २०१२ देखि आफ्नो देश वर्माबाट लखेटिएर बंगलादेश र भारत हुदै नेपाल पसेका रोहिंग्या मुश्लिम शरणार्थीहरु रहेको सुनाकोठीका शिविरमा आश्रित २०० परिवारलाई चामल,दाल,तेल,नून,चाउचाउ,चिउरा लगायत खाद्यान्न सामाग्री वितरण गरिएको समन्वयकर्ता तथा अभिनेता संजित भण्डारीले जानकारी दिए ।

२ रोपनी भन्दा वढि जग्गा ५ वर्षका लागि लिजमा लिएर आवासको व्यबस्था गरेपनि त्यहां आश्रित शरणार्थीहरुको जिवनस्तर निकै दयनिय अवस्थाका कारण उनीहरुलाई हालका लागि खाद्यान्न सामाग्रीहरु वितरण गरिएको अमेरिकी निवासी समाजसेवीद्वय कमल सुब्वा र कमल पोखरेलले बताए ।

उक्त राहत सामाग्री वितरण कार्यक्रममा उपस्थिती व्यक्तित्वहरु निर्देशक माधवराज खरेल,गीतकार सामना शाह, संचारकर्मी तथा सौन्दर्यविद मनिषा जिसी र समाजसेवी डुका कटेलले विदेशी भूमिमा रहेर पनि नेपालका विभिन्न स्थानमा पिडामा परेका मानिसहरुका आवश्यकता अनुसार सहयोगहरु प्रदान गर्दै समाजसेवामा सक्रिय रहेका समाजसेवी सुवेदी दम्पतीलाई धन्यवाद दिएका थिए ।

हाल अमेरिका वस्दै आएक सुवेदी दम्पतीले यस अघि पनि पर्सा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका थिए भने स्नेही काखलाई भवन निर्माणका लागि आर्थिक सहयोग देखि लकडाउनको समयमा देशका विभिन्न स्थानमा दैनिक खाना वितरण देखि मेलम्ची वाढी पिडितका लागि आवश्यक सहयोग गर्दै आईरहेका थिए ।
नेपालमा भैरहने दैवि प्रकोपबाट पिडित भएकाहरुलाई तत्तकालै राहत पुर्याउनका लागि निरन्तर लागि पर्दै आएका अमेरिका निवासी समाजसेवी दम्पतीले झापा जिल्लाका विभिन्न स्थानमा निशूल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आईरहेका छन ।

झापाकै बाहुनडांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरुलाई मासिक एक लाख विस हजार सहयोग प्रदान गर्दै आईरहेका छन । ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओ समेत रहेका सुवेदीले सो संस्थाबाट करोडौं वरावरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आईरहेको छ ।

संचारकर्मि पराजुलीको अभिनयमा गायक बस्नेतको नयाँ दशैं गीत (भिडियो सहित )

मनोरञ्जन


काठमाडौ । दशैं तथा तिहार नजिकिए सँगै नेपाली गीत संगीतको बजारमा एक पछि अर्को दशैं तिहार गीत बजारमा आउने क्रम बढेको छ । यसै क्रममा गायक तिलक बस्नेतको नयाँ दशैं गीत बडा दशैंको शुभकामना सार्वजनिक भएको छ ।

बस्नेतको आफ्नै निर्देशन, शब्द, लय तथा स्वरमा रहेको बडा दशैंको शुभकामना बोलको गीत बजारमा ल्याएका हुन् । तिलक बस्नेत युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा गायिका उषा गजुरेलको स्वर रहेको छ । म्युजिक भिडियोको सिनेम्याटो ग्राफर अजय रेग्मी सम्पादन अमृत ​​चापागाईको रहेको छ

गीतमा सरु बिष्ट,तिलक बस्नेत,डीबी पराजुली,जीवन कुँवर,डम्बर प्रसाद दुलालको अभिनय रहेको छ ।

हेर्नुस् भिडियो :

 

 

आईसीसी युवा संयोजकमा उम्मेद्वारी घोषणा गरेका अधिकारीका प्रतिवद्धताहरु

मनोरञ्जन


काठमाण्डौ –  गैरआवासीय नेपाली संघ पोर्तुगलका निवर्तमान अध्यक्ष रविन अधिकारीले संघ आसन्न महाधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने घाेषणा गरेका छन् । आईतबार ओैपचारिक रुपमा आफ्नाे उम्मेद्वारी घाेषणा गरेका अधिकारी अहिले विभिन्न देशकाे भ्रमणमा रहेका छन् ।

उम्मेद्वारी घाेषणा गर्दै गर्दा अधिकारले जारी गरेकाे अपिल

आदरणीय गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता महानुभावहरु, सम्पूर्ण गैरआवासीय नेपाली साथीहरू तथा अन्तर्राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मित्रहरू सबैमा सादर नमस्कार !

संसारभरि रहनु भएका लाखौंलाख नेपालीहरुको साझा चौतारी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी १७-२० अक्टोबर २०२३ काठमाडौमा आयोजना हुँदैछ । संघले दुई दसक पार गर्दै गर्दा अनेकौं आरोह, अवरोह छिचोल्दै गैरआवासीय नेपालीहरुका हकहितका खातिर सयौं उपलब्धी हासिल गरेको छ भने आगामी दिनमा विशाल सम्भावनाहरुको गोरेटो कोरेको छ । संघको ११ औं महाधिवेशन आयोजना हुन अब दुईहप्ता मात्र समय बाँकी रहँदा आगामी नेतृत्वका लागि एनआरएनएका अग्रज अभियान्ताहरुले विभिन्न पदहरुमा आफ्नो आंकाक्षा र दावी प्रस्तुत गर्ने क्रम पनि चलिरहेको छ । म आफैं पनि झण्डै १४ बर्षदेखि संघको यो अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको छु । विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य(२०११-१३), पोर्चुगलको युवा संयोजक(२०१७-१९), आइसिसी सदस्य(२०१९-२१) हुँदै केही महिना अघिसम्म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्ष (२०२१-२३) को रूपमा रही आफ्नो गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेको छु ।

संघमा मेरो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र अझै पनि थप योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छा र भावनाले आगामी महाधिवेशनबाट सन् २०२३-२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था र खासगरी युवाहरुलागि विशेष योजनाका साथ मैले खेल्ने भूमिकालाई मूल्यांकन गरी मलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनु हुने सम्पूर्ण अग्रज अभियान्ता महानुभाव, सहकर्मी साथीहरु, विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्यज्यूहरु, तमाम महाधिवेशन प्रतिनिधिज्यूहरु र पत्रकार मित्रहरूमा विनम्र आग्रह गर्दछु ।

संघको युवा संयोजक पदमा उम्मेदवार घोषणा गरिरहँदा मेरा भावी केही प्रतिवद्दता र योजनाहरु निम्न बमोजिम रहने छन् :-

१) “सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता” भन्ने मुल भावनाका साथ संघमा युवा र नयाँ पुस्तालाई व्यापक सहभागिता बढाउने विशेष योजना ल्याइ कार्यान्वयन गराउनेछु ।

२) प्रवासमा रहेका युवाहरुलाइ फुटबल, भलिबल, क्रीकेट लगायतका खेलकुदहरुको माध्यमबाट जोड्न एनआरएन युवा खेलकुद कोष स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीहरुलाइ प्रोत्साहित गर्दै सहयोग पुर्याउने योजना ल्याइ कार्यान्वयन गर्नेछु ।

३) विदेश आएका कतिपय नेपाली युवाहरु आज विभिन्न खालको कुलत र समस्या पनि फसिरहेका छन् । उनीहरूलाई खेल लगायत विभिन्न साँस्कृतिक मनोरञ्जन कार्यक्रमबाट सकारात्मक सोच वृद्धि गराउनु र सही मार्गमा हिडाउनु आज हामी सबैको लागि चुनौती र दायित्व पनि हो । यसमा मेरो जोडदार प्रयास रहनेछ ।

४) रोजगारका लागी विदेश जान चाहने युवाहरुलाई नेपालमै रोजगारमूलक तालिम सन्चालन गरी जाने सम्बन्धित देशका NRNA NCC हरु संगको समन्वयमा दक्षता हासिल गरेको क्षेत्रमा रोजगारका लागी पहल गर्ने र त्यसको सुपरिवेक्षण गर्ने।

५) आइसिसी र एनसिसी बीचका युवाहरुलाई संयोजन गरी आपसी सहयोग अभिवृद्धि र आइपर्ने विभिन्न समस्या समाधानका लागि आइसिसीको तर्फबाट एनसिसीका युवा संयोजकहरुलाई समेटी एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु र एनसिसीका युवाहरुको भावनालाई आइसिसीसम्म पुर्याउन प्रयत्न गर्नेछु ।

६) विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्ताका युवा वर्गलाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्नेछु ।

७) “नेपालीका लागि नेपाली” र “एकपटकको नेपाली सधैंको नेपाली” भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद !

रमेश कुवँरको एक कविता अझैं पनि बाँकी छ….

मनोरञ्जन


अझैं पनि बाँकी
विहान झिसमिसे देखि वेलुका आधि रातसम्म
हड्डी घोटिरहने हाम्रा आमा दिदी र बहिनीहरुको
पसिना नगदमा परिणत हुन अझैं पनि वाँकी छ
घर वाहिरको त कुरै छोड़ौ घर भित्र पनि
एकाथरिले म मालिक हुं भन्दै गर्जने
अर्का थरिले ऑशुले लत्पतिएको एक गाँस भात
निल्नु पर्ने नियति अझै पनि वाँकी छ
एकाथरिले महंगा स्कूलमा कम्प्यूटर संग
भविष्यका ऐना मोनिटरमा कोर्ने
अधिकाँश अर्का थरि च्यातिएको झोलामा
गाता नभएको कपीसँगै तीन अम्मलको
सिसाकलमले जीन्दगीको नक्शा कोर्नु पर्ने
वाध्यता हट्न अझै धेरै वाँकी छ
चुनाव संगै आएका विकासका आश्वासन लाई
खाल्डा र खुल्डी संग धुलाम्य र हिलाम्मे बाटाहरुको
कालोपत्रे हुने उत्कट सपनाहरु
विपनामा परिणत हुन अझै धेरै बाँकी छ
विरोजगारी संगै रित्तिएक युवाका खल्तीहरु
स्वरोजगारी भइ नगदले भरिने सपनाहरू
विपनामा परिणत हुनअझैं पनि वॉकी छ
अभावै अभावले आक्रान्त बनेको आम नागरिकको
मुहारहरुमा समृद्धिको लालिमाले
खुशीका रंगहरू पोतिन अझैं धेरै वाँकी छ
विना वैज्ञानिक आधार सानो जाती र ठुला जाती भन्दै एक अर्काको वीचमा ठड्याइका ठूला 
पर्खालहरुलाई समानताका गल र गैंचीले भत्काएर
सम्म मैदान बनाउन अझै धेरै बाँकी छ
खुशीरूपी अविरले एक अर्कालाई रंगाएर
वेखुशीलाई साउने सक्रान्तिमा लुतो फाले झैं फाली
सबै मिलेर समानता एकता र समृद्धिका
गीत गाउन अझैं पनि वाँकी छ
चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य सम्पन्न

मनोरञ्जन


काठमाण्डौ– संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ । 

कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

चलचित्रमा पत्रकार समेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले संगीत भरेका छन् । शिब परियार, बेनिसा पौडेल, बसन्त अर्यालको स्वरमा ती गीतहरु रेकर्ड भएका हुन् । डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् ।

जीवन पराजुली एबम् राजन खरेलको छायाङ्कन रहेको चिट्ठीलाई काठमाण्डौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीयस्थल छायाङ्कन गरिएको थियो । अच्यूत बजगाई, राजेश कुमार र माधव खरेल सम्पादन रहेको उक्त चलचित्रमा समिर मियाँको कलर तथा एनिमेसन रहेको छ । चलचित्रमा पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ । चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

नेपाल सर्ट फिल्ममा सागर र सरिता उत्कृष्ट अभिनेता अभिनेत्री

मनोरञ्जन


काठमाडौं-चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा लघु चलचित्र ‘संघर्ष’ उत्कृष्ट भएको छ । विलक्षण क्रियसन प्रा.लि. र स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित चौथो सर्ट फिल्म फेस्टिबल तथा अवार्ड समारोहमा संघर्ष उत्कृष्ट भएको हो । अवार्ड समारोहमा सहभागी एक दर्जन भन्दा सर्ट फिल्मबाट संघर्ष उत्कृष्ट भएको हो ।
यस्तै चरित्र भूमिकामा उत्कृष्ट चरित्र अभिनेताको वार्ड चलचित्र संघर्षबाटै प्रेम पाण्डेले जितेका छन् । चलचित्र संघर्षबाटै उत्कृष्ट सम्पादकको अवार्ड शाहिल खानले हाँसिल गरेका छन् । ’
सो प्रतियोगितामा उत्कृष्ट अभिनेताको अवार्ड सर्छ फिल्म कहानी एकादेशकोबाट सागर लम्साल बलेले जितेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र प्रवासीको जीवनबाट अभिनेत्री सरिता लामिछानेले हाँसिल गरेकी छिन् ।
यस्तै उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड सर्ट फिल्म ए हिडन लाइफबाट राजन खरेल प्राप्त गरे भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र दुर्गमण्डुबाट माधव राज खरेलले हाँसिल गरेका छन् ।
सर्ट फिल्म अवार्ड २०२३ को निर्णायकमा अभिनेता आर्यन सिग्देल, अभिनेता बीरेन्द्र हमाल, अभिनेता तेज गिरी र चलचित्र निर्देशक दिनेश राउत थिए ।