entertainment
||Power News Asia||

आजको समाचार

सारङीवादक गन्धर्वलाई ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान

मनोरञ्जन


काठमाडौं - नेपाली साङ्गीतिक क्षेत्रका गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापना गरिएको ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८०’ यस वर्ष वरिष्ठ गायक एवम् वाद्यवादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई नगद ५१ हजार राशीको उक्त पुरस्कार अर्पण गरिएको हो ।

वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ गायिका चन्द्रकला शाह, वरिष्ठ गीतकार विश्व बल्लभ, गायक कन्हैया सिंह परियार, कार्यक्रम संयोजक कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधवराज खरेल र टीका गोपाल डिजिटल एम क्रियसन प्रालिका अध्यक्ष गीता सिंहले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

नेपाली लोकगीत तथा सुगम सङ्गीतमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएका सङ्गीतकर्मी एवम् अग्रज तथा वरिष्ठ सारङ्गी बाद्यबाधक कृष्णबहादुर गन्धर्व नेपाली लोकगीत सङ्गीत एवम् सुगम सङ्गीतको विकासमा अनवरत रूपमा योगदान दिँदै आएका प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ । कार्यक्रममा सम्मानित स्रष्टा गन्धर्वले सारङ्गीमा आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो ।

यो पुरस्कार स्थापनापछि पहिलो पटक पुरस्कृत हुनुभएकी गायिका चन्द्रकला शाहले उक्त पुरस्कारबाट पाएको पैसाले आफ्नो पहिलो किताब प्रकाशन गर्नुभएको छ । गायिका शाहको उक्त गीत र गजलसङ्ग्रह उक्त कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

कन्हैया सिंह परियार नेपाली गीतसङ्गीतको क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशील गायक एवम् सङ्गीतकारका रूपमा परिचित हुनुहुन्छ भने अञ्जना गुरुङ नेपाली सुगम सङ्गीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरका रूपमा रहनुभएकी गायिका हुनुहुन्छ । नेपाली साङ्गीतिक क्षेत्रमा आदर्श जोडीको छवि बनाएको यस जोडीले विगतका वर्षदेखि निरन्तररूपमा नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एकजना सङ्गीतकर्मीलाई नगद राशिसहित सम्मान गर्दै आएको छ । यसअघि वरिष्ठ लोकगायिका चन्द्रकला शाह र वरिष्ठ गीतकार विश्वबल्लभ नेपाली यो पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भइसक्नुभएको छ ।

यसअघि पुरस्कृत हुने व्यक्तित्व स्वतः ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिको सल्लाहकारसमेत रहने प्रावधान रहेको समितिका सदस्य - सचिव चलचित्र निर्देशक माधवराज खरेलले जानकारी गराउनुभयो । ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिमा वरिष्ठ सल्लाहकारका रूपमा विशिष्ट सङ्गीतकार, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा परिषद्का पूर्वउपकुलपति शम्भुजित बाँस्कोटा, सल्लाहकारमा विशिष्ट लोकगायिका चन्द्रकला शाह, विशिष्ट गीतकार विश्वबल्लभ रहनुभएको छ । अफिसियल उद्घोषकमा रेडियोकर्मी हेम सुवेदी एवम् समाचार संयोजकमा सञ्चारकर्मी कृष्ण भट्टराई हुनुहुन्छ ।

त्यसैगरी ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’को आयोजक समितिमा अध्यक्षमा गीता सिंह, कार्यक्रमका संयोजकमा सङ्गीतकार सन्तोष श्रेष्ठ, सदस्यसचिव चलचित्र निर्देशक माधवराज खरेल र सदस्यहरूमा मोडल अपेक्षा सिंह, अनुप सिंह बागदास, निर्देशक हेम प्रभाष, सञ्चारकर्मी कमला जोशी, सिर्जना श्रेष्ठ एवम् अनुगीत सिंह बागदासलगायत रहनुभएको छ । 

गीतकार गदालको “फूल हौ तिमी” सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ - लोकप्रिय गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको नयाँँ गीत “फूल हौ तिमी” सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ ।

विशिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बासकोटाको प्रमुख आतिथ्यतामा गदालको नयाँ गीत र उक्त गीतको म्यूजिक भिडियो “फूल हौ तिमी” को सार्वजनिक भएको गरिएको थियो ।

कार्यक्रममा गदालको वहिनी एवम् गीतकार सावु रवि, गायक तथा संगीतकार कन्हैया सिंह परियार, चलचित्र निर्देशक माधब राज खरेल, संचारकर्मी सानु श्रेष्ठ, गीता अधिकारी, सुमन बैरागी, सविता पोखरेल, भोला अधिकारी, रघुनाथ सापकोटा, सुरेन्द्र थापा, गोपिकृष्ण चापागाई , गीतकार संघका महासचिव टीका राई लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

गीतकार संघको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रको सभापतित्व गीतकार संघका अध्यक्ष तथा बरिष्ठ गीतकार बसन्त वित्यासी गरेका थिए भने कार्यक्रमको संचालन गीतकार संघका महासचीव उपाध्य रमेश कोईरालाले गरेका थिए ।

दीपेन्द्र नेवाको सङ्गीत सँयोजन रहेको यो गीतमा मिक्सिङ्ग र मास्टरिङ्ग प्रकाश मिश्रले गरेका हुन् रेकर्डिङ एकोउस्टिक रेकर्डिङ्ग स्टुडियोमा भएको हो । सौरभ तुलाधरको निर्देशनमा निकेश धामी र श्रद्धा अधिकारीको अभिनय रहेको छ।

अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियो आकर्षक बनेको प्रमुख अतिथि बासकोटाले मन्तव्यको क्रममा बताएका थिए । बासकोटालाई नेपाली म्यूजिक भिडियो निर्माणको थालनी गर्ने ब्यक्तिको रुपमा पनि लिने गरिन्छ । लेकटाओको ए एन्ड ए इन, अमेरिकाको प्रायोजन रहेको यो गीतको भिडियो न्युयोर्कको मोक्तान डिजिटलले निर्माण गरेको हो ।

पूर्वप्रधानमन्त्री ओलीद्वारा अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण

मनोरञ्जन


काठमाडौं - गीतकार/साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रालिको आयोजनामा भएको कार्यक्रममा लोकार्पित पुस्तकमा वरिष्ठ साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल र  वरिष्ठ चलचित्रकर्मी प्रकाश सायमीले कृतिको समीक्षा गर्नुभएको हो ।

प्रा.दाहालले रुसी कवि पुस्किनको कविताका पंक्तिको चर्चा गर्दै अनुसँग यी पंक्ति मिल्ने सुनाउनुभयो । उहाँले साहित्यकार, कलाकार, सम्पदाककर्मी, भाषासेवी, लेखक र संस्कृतिकर्मीलाई राष्ट्रका गहना भनेर सम्बोधन गर्ने प्रचलन रहेको भन्दै आफू यो भनाइमा सहमत नभएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘कलाकार, साहित्यकार, लेखक, भाषासेवी, सम्पदाकर्मी, संस्कृतिकर्मी सबै नै राष्ट्रका स्पन्दन हुन् । राष्ट्रलाई बचाउने प्राण हुन् । राष्ट्रका धड्कन हुन्,’ उहाँले भन्नुभयो, ‘गहना, आभूषण भनेर मन लागे लगाउने, नलागे फुकालेर राख्ने वस्तु जस्तो यी ‘स्पन्दन’ होइनन् । मेरो आग्रह छ लेखक, साहित्यकार, कलाकार, भाषासेवी, सम्पदाकर्मी, संस्कृतिकर्मीलाई आभूषण नभनौं यी स्पन्दन हुन् धुकधुकी हुन् ।’

प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले कृतिमा रहेका कविताको चर्चा गर्दै अनुका कविताको तारिफ गर्नुभएको थियो । उहाँले अनुको स्वास्थ्यलाभको कामना गर्दै आत्म विश्वास सबैभन्दा ठूलो ओखती रहेको अनुभव सुनाउनुभयो । आफ्नो स्वास्थ्यको अनुभव सुनाउँदै उहाँले पछिल्ला खोज अनुसन्धानले जटिल रोगहरू पनि निको हुँदै गएको बताउनुभयो । कतिपय आफ्ना कुरालाई नबुझेर विरोध गर्नका लागि मात्रै चर्चामा ल्याउने गरेको उहाँको भनाइ थियो । फरक प्रसंगमा उहाँले कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिनुभएको थियो । अध्यक्ष ओलीले सो कुरा सही ठहरिए एक हजार थपेर दिने चुनौती दिनुभएको हो । ‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुहोस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु ।’ आफू र एमालेलाई बदनाम बनाउन विदेशमा पैसा लगानी गरेको छ भन्नेजस्ता आरोप लगाइने गरिएको ओलीको भनाइ थियो ।

प्रकाशकका तर्फबाट अनु शाहका श्रीमान् सूर्य चन्दले स्तन क्यान्सरबाट पीडित रहनुभएकी आफ्नी श्रीमतीलाई थाहै नदिइकन यो पुस्तक तयार पारेको बताउनुभयो । उहाँले अनुलाई सप्राइज दिनका लागि पुस्तक तयार गरेको भए पनि पछि जानकारी गराएको सुनाउनुभयो । क्यान्सरसँग लडनका लागि अनुलाई यो पुस्तकले थप हौसला मिलेको उहाँको भनाइ थियो ।

मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष एवं वरिष्ठ अभिनेता कृष्ण मल्लले अनु एक कुशल कलाकार पनि भएको सुनाउँदै उहाँको कविता कृृतिको चर्चा गर्नुभएको थियो । कृतिकार अनु शाहले कृतिमा रहेका कविताका केही पंक्ति वाचन गर्दै सबैको साथ सहयोगका लागि धन्यवाद दिनुभएको थियो । उहाँले सबैले समयमै आफ्नो स्वास्थ्यको जाँच गर्नुपर्ने सुझाब दिनुभएको थियो ।

कार्यक्रममा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले श्रीमान् सूर्य चन्द र अनु शाहको जोडिको प्रशंसा गर्दै सूर्यले अनुकरणीय कार्य गरेको बताउनुभयो । सो अवसरमा मिलापको कभरमा आउने व्यक्तित्वलाई कभर सम्मान पनि अर्पण गरिएको थियो । पूर्वप्रधानमन्त्री ओली, साहित्यकार वसन्त श्रेष्ठ, अनु शाह र सङ्गीतकार दीपक शर्मालाई कभर सम्मान प्रदान गरिएको थियो ।

यस्तै कृतिको भूमिका लेखन, सम्पादन तथा प्रकाशनमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वलाई ‘अनुराधा फिल्मस् इन्टरनेशनल विशेष व्यक्तित्व सम्मान’बाट विभूषित गरिएको थियो । यो सम्मानबाट वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, प्रकाश सायमी, अनेसास बोष्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त, वरिष्ठ गीतकार अमर वान्तु, चलचित्र निर्देशक माधब राज खरेल, नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डा. डिबी राणपाल , सम्पादक रमेश दाहाल, पत्रकार गीतकार गीता अधिकारीलाई सम्मान गरिएको थियो ।

यस्तै, शेखर खनाल, सुमन वैरागी, व्यवसायीरसमाजसेवी प्रकाश श्रेष्ठ, रश्मिला श्रेष्ठ, राजेश विशुराल, दुर्गा विशुराल, नरेश पाण्डे, निकिता पाण्डे, गायक समाजसेवी लक्षमणश्री, ट्याटु आर्टिस सुमिना श्रेष्ठ, युवा पर्यटन व्यवसायी बालकृष्ण खड्का, व्यवसायी रेशमबहादुर थापा, सौन्दर्यकर्मी रेणु रानामगर, रचना शाक्य, देवी महर्जन, फेशन डिजाइनर काजल शर्मा, कीर्तिमानी सगरमाथा आरोही पुरुषोत्तम नेपाली, भिडियो निर्देशक प्रहिृल कार्की र मानवअधिकारकर्मी राजु बञ्जाडेलाई सम्मानित गरिएको थियो ।

सञ्चारकर्मी सरोज कोइरालाले सहजीकरण गर्नुभएको कार्यक्रममा पूर्वसांसद एवं गायिका कोमल वली, शान्ता चौधरी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्य पत्रकार संघ अध्यक्ष राधेश्याम लेकाली, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, वरिष्ठ अभिनेत्री सर्मिला मल्ल, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, विशिष्ट कलाकार लय संग्रौला, पशुपति क्षेत्र विकास कोषका निर्देशक डा।घनश्याम खतिवडा, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका निर्वतमान अध्यक्ष रविन्द्र खडका, नायक विक्रान्त बस्नेत, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायिका देवीका बन्दना, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ, संगीतकर्मी संघका अध्यक्ष मिलन मोक्तान, गीतकार संघका पूर्वउपाध्यक्ष भरत बमजन, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, गीतकार निर्देशक गणेश सुवेदीलगायत विभिन्न संघसंस्थाका विशिष्ठ व्यक्ति र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

चुडालले चुमे चौथो मिस्टर इन्टरनेशनल नेपाल २०२३ मा अन्तराष्ट्रिय अवार्ड

मनोरञ्जन


काठमाण्डौ - अभिषेक चुडालले चौथो मिस्टर इन्टरनेशनल नेपाल २०२३ अन्तराष्ट्रिय अवार्ड चुमेका छन्। चुडालले फिलिपिन्सको बागुयो शहरको कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्रि क्लबमा सम्पन्न पुरुषहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर इन्टरनेसनल २०२३ मा मिष्टर कन्जिनियालिटीको अवार्ड चुमेका हुन्। ‘अन्तराष्ट्रिय मञ्चमा पुगेर नेपालका लागि केही न केही लिएरै आउँछु भन्ने सोच काठमाडौंबाट फिलिपिन्सतर्फ लाग्दा नै थियो। टफ कम्पिटिशनमा मिष्टर कन्जिनियालिटी अवार्ड जित्न सफल भएँ’ अभिषेक भन्छन्।

हिमालय एयरलाइन्समा क्याबिन क्रु रहेका अभिषेक यसअघि मिष्टर नेपाल २०२२ मा फस्ट रनर्सअप भएका थिए। अभिषेकलाई मिष्टर नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिईंईले सम्पूर्ण तयारी सहित मिष्टर इन्टरनेसनल २०२३ मा नेपालका तर्फबाट सहभागिता गराएको थियो। मिष्टर इन्टरनेसनल २०२३ मा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि चुमेका थिए। मिस्टर इन्टरनेसनल २०२३ मा विभिन्न ३५ देशका पुरुषले स्पर्धा गरेका थिए। प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गरेका थिए। काठमाडौंको मूलपानीका २५ वर्षीय चुडालले ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट मिस्टर इन्टरनेसनल नेपाल २०२३ छनोट भई सो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। ६ फिट अग्ला अभिषेकले बिजनेस एडमिनिस्ट्रेसन एन्ड ट्राभल एन्ड टुरिजममा ब्याचलर गरेका छन्।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिस्टर इन्टरनेसनल) को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिस्टर इन्टरनेसनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको र अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराए। अनुपका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पुरण जोशी, प्रवीणराज जोशी र सुजन जंगमले गरेका थिए भने लोकेसन नेपालका गौतम धिमालले फोटो सुट गरेका थिए।

नक्कली मोरी ओएसआर डिजिटल च्यानल मार्फत सार्वजानिक

मनोरञ्जन


काठमाडौं - युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको म्यूजिक भिडियो ‘नक्कली मोरी’ ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक भएको छ । प्रतिभाशाली गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको उक्त गीतको भिडियो ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतलाई याकुव तामाङ गरेका हुन् ।

कलाकार तथा संगीतकर्मी दिल ब्लोन एक दशक पछि गीतसंगीतको क्षेत्रमा पुनःफर्केका हुन् । क्रान्ति केसीको सम्पादन तथा निर्देशनमा रहेको उक्त भिडियोमा दिल ब्लोन, उषा उप्रेती लगायतको कलाकारहरुको अभिनिय रहेको छ । उत्सव दाहालले उक्त गीतको म्युजिक भिडियोलाई खिचेका छन्।

कोइरालालाई मानार्थ विद्याबारिधिको उपाधि

मनोरञ्जन


काठमाडौं- संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सामाजिक जागरूकता र शान्ति विश्वविद्यालयले कलाकार तथा लोक सॉस्कृतिक अभियान्ता आरसी कोइराला (रामचन्द्र) लाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरेको छ ।

कोइरालाले अन्तर्राष्ट्रिय संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै अन्तर्राष्ट्रिय संस्कृति विज्ञको रुपमा उनलाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरिएको सो विश्वविद्यालयले जनाएको छ।  

नुवाकोट जिल्लाको हर्कपुर (हाल बिदुर नगरपालिका वडा नम्बर १३) मा बुबा रत्न प्रसाद कोइराला तथा माता सावित्री कोइरालाको कोखबाट जन्मेका कोइराला विगत तीन दशकदेखि अनवरतरुपमा नेपाली कला संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनमा उल्लेखनीय कार्य गर्दै विश्वभर नेपाली संस्कृतिमार्फत नेपालाई परिचित गराउँदै  आएका छन् ।

उनी एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष समेत हुन् । उनको नेतृत्व तथा  एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा नेपालमा हरेक वर्ष एक मात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना हुँदै आएको छ ।

मेरो जीत सुनिश्चित छ: रोबिन शेरचन (एनआरएनए उपाध्यक्ष पदको उम्मेदवार)

मनोरञ्जन


काठमाण्डौ- एनआरएनए एउटा विसुद्ध सामाजिक परोपकारी संस्था हो । यसका उद्देश्यहरु प्रष्ट छन् । बिचमा केही आफ्ना उद्देश्य र पद्धति कार्यन्वयनका सन्दर्भमा डगमग गरेको जस्तो भएतापनि सधै त्यस्तो हुँदैन । त्यसैले, आउनुस् हातेमालो गरौं । एकले अर्कालाई सहयोग गरौं । मानवताको धर्म निभाऔं । भन्ने सन्देस प्रबाह गरेका शेरचन यस पटकको एनआरएनए चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

जापानमा रहेर नेपाली समुदायका बिच एक सफल व्यवसायी र सामाजिक व्यक्तित्वको छवि बनाउन सफल रोबिन शेरचनलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै, विश्वभरका एनआरएनएका बिच उनि निकै चर्चामा आइरहेका छन् । हुन त पछिल्लो समय नेपालको राजधानी काठमाण्डौं एनआरएनएमय बनेको छ । आज असोज ३० देखि कार्तिक ३ गतेसम्म अर्थात अक्टोबर १७ देखि २० तारिखसम्म ११औं महाधिवेशन हुने भएकाले विश्वभरका एनआरएनएहरु काठमाडौंमा उत्रिएका छन्।उक्त महाधिवेशन अन्तर्गत कार्तिक २ गते अर्थात सेप्टेम्बर १९ तारिख बिहीवारका दिन नयाँ कार्यकाल(२०२३–२५) का लागि निर्वाचन पनि हुदैछ । सो निर्वाचनमा भाग लिदै लामो समयदेखि जापानमा बस्दै आइरहेका रोबिन शेरचनले पनि उपाध्यक्ष पद (खुला तर्फ ६ जना चुनिने) मा उमेदवारी दिएरका छन् ।

मुस्ताङमा जन्मिएका रोविनको बाल्यकाल पोखरामै वितेको थियो । पोखराको गण्डकी बोर्डिङ स्कुलमा माध्यामिक तहको शिक्षा पुरा गरेपछि उनि उच्च शिक्षा हासिल गर्नका लागी काठमाडौं आए । शंकरदेव क्याम्पसवाट स्नातक गरेपछि परिवार र आफन्तको सल्लाहमा रोविन ३५ बर्ष अघि जापान गएका थिए ।

हाल जापानमा शेरचन रेष्टुरेन्ट, होटल, कलेज, विध्यालय, सीप तालिम कक्षा, हाईड्रोपावर, रेमिट्यान्सलगायतका विविध व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष जोडिएको बताउँछन् । उनको ३५ वर्षको प्रवास बसोबाससलाई फर्के हेर्दा सामान्य युवा विदेशमा जाँदा पाउने सबै किसिमका दुःख सुख पार गरेर आफू जस्तै पाँचसय बढी नेपाली परिवारसंग प्रत्यक्ष जोडिएको पनि छन् उनि रोजगारको प्रवद्र्धन मार्फत । उनि आफ्नो व्यवसायसंगै आपत विपतमा परेका नेपालीहरुलाई सहयोग गर्न पनि अग्रसर हुने गर्दछन् ।

शेरचन नेपाली कला संस्कृतिलाई औधि मन पराउनेहरुमा पर्दछन् । विशेषतः नेपालको कला संस्कृति जगेर्ना गर्ने खालका कार्यक्रमहरुलाई उनले यथासक्य सहयोग पनि पुरÞ्याउँदै आएका छन् । शेरचन परदेशमा बसेका धेरै नेपालीहरु जोडिएको संस्था एनआरएनएसंग जोडिएका छन । उनि अहिले आईसीसी सदस्य पनि छन् निश्वार्थ समाजसेवा, परोपकारी साथै नेपालको विकास र समृद्धिका लागि उनिल व्यापक रुपमा काम समेत गरि रहेका छन् भने आफुले सके सम्म अझै काम गर्ने बताउँछन् ।

शेरचनका अनुसार “नयाँ नयाँ परदेशमा आएकाहरुले विभिन्न किसिमका कठिनाइहरु सामना गर्नुपर्ने हुन्छ । भाषा, काम, परिवेश, जीवनशैली सबै नयाँ हुन्छ। अप्ठ्यारोमा परेकाहरुलाई थोरै भएपनि सहयोग गर्दा उनिहरूलाई ठूलो राहत पुग्छ। नेपाली भएर हेर्दा दान गर्ने दिने अनि अर्कोलाई परेको बेलामा सक्दो सहयोग गर्ने हाम्रो संस्कार हो । यो ३ दशकको अवधिमा आफूले केही रूपमा स्थापित हुने कोसिस गरेका र आफु संगै आफ्नो व्यवसायमा जोडिएका नेपालीहरु र तिनका परिवारलाई परेको बेला धेरै सहयोग गर्दै आएका छन् । उनि भन्छन् “पहिलेबाट अहिलेसम्म पनि साना ठूला हरेकको समस्यालाई प्रत्यक्ष ढंगले हातेमालो गर्दै आएको छु । सामाजिक काममा एक पटक दुइ पटक भन्ने हुदैन । परेको बेला सदैव सहयोग गर्ने नै छु ।”

शेरचनका अनुसार “कम्पनी, व्यवसायको संचालन र परोपकारी कार्य बिच एक किसिमको घनिष्ठ सम्बन्ध हुन्छ । एकले अर्कोलाई सहयोग पुर्याउन सकेमा ठूलो धर्म हुन्छ भन्ने उनि ठान्दछन् । नेपाली भएका नाताले नेपालीले कहीपनि दुःख पायो भने मैले तपाईले सहयोग गर्नुपर्छ भन्ने भावना उनि पाईने उनका निकट रहेर काम गर्नेहरु बताउँदछन् ।”

लामो समयदेखि समुदायमा मेरो भूमिका फरक र आवश्यक संझिएर त म कहा आउनुहुन्छ । दिन सकेको मैले दिएको छु । यसले मलाई एककिसिमको आत्मसन्तुष्टि मिल्छ । तसर्थ, मैले सहयोग गर्दा दिल खोलेर निस्वार्थ सहयोग गरेको छु । अहिलेसम्म बाहिर हल्लाखल्ला नगरि चुपचाप निस्वार्थ सेवा र काम मात्र गरेको हुँ । मनबाटै चाहने हो भने असम्भव केही छैन । व्यवसाय पनि समाजसेवा पनि संगै गर्न सकिने तर्क शेरचनको रहको छ ।

विशेषत पछिल्लो समय एनआरएनएमा कुर्सीका लागि लडाइ हुन्छ, काम भन्दा कुरा बढि हुन्छ आरोपलाइ रोविनले फरक किसिमले प्रष्टाउने कोशिस गरेका थिए । उनि भन्छन् “नेपाल आमाका सन्तान थरिथरिका भने जस्तै संस्थाको विधान, पद्दति र प्रणालीलाई आफू अनुकुल व्याख्या गर्दा बाहिरबाट हेर्नेले लडाइ झगडा भएको देखिन्छ । तर, विधान, संरचनाले बहुपद अनि प्रजातान्त्रीक प्रणाली अवलम्बन गरेकाले विश्वभरिका अभियान्ताहरुका बिच प्रतिस्पर्धा भएको हो । नेतृत्वका लागि तँछाडमछाड गरे पनि काम गर्नेबेलामा नीति तथा कार्यतालिका अनुरूप ठोस कार्ययोजना बनाएर काम नभएकाले अलिक व्यवस्थिति नभएको भान त पक्कै पनि हामी सबैलाई भएकै हो । तर, जव सम्म कुरा बढी र काम कमको विषयमा चर्चा हुने गरेको छ यस भने म आफै चाही काम मात्र गर्ने र कुरा नगर्नेमा पर्छु । कतिपय साथीहरूले नगरेको काम पनि मैले गरेको र म मात्र जान्ने हुँ भन्न खोजेको जस्तो बुझिन्छ । यस्ता गलत परिपाटी भएका व्यक्तिका कारण संस्था पनि बदनाम छ । तर, अब गलत काम गर्न नदिन हामी आउदै छौं । यदि हामीले संस्थाकोे बागडोर सम्हाल्ने अवसर आएमा पक्कै पनि अवका दिनहरुमा यस्ता नचाहिने कुराहरू अथवा नकरात्मक कुराहरु कमै सुन्न पाउनुहुनेछ हामी तपाईहरुलाई काम मार्फत सकारात्मक सन्देस प्रवाह गर्ने प्रयासमा रहने छौं ।”

रोविन शेरचन पक्कै पनि आसातित ब्यक्ति हुन् । अनुभवले निखारिएका, ब्यबसायिक क्षमता भएका । स्पष्ट वक्ताको रुपमा एआएनहरु विच चिनिएका शेरचनले विश्वभरिबाट आफुलाई उपाध्यक्ष पदमा जिताउन एक किसिमको अभियान नै साथीहरूले चलाउनु भएको सुनाउँछन् । उनि भन्छन् “स्वतस्फूर्त यसरी भइरहेको सहयोगप्रति आभारी छु ।” अहिलेसम्म आफुलार्ई ६०% भन्दा बढी निवर्तमान कमिटि र वर्तमान एनसीसी कमिटिबाट सकारात्मक सन्देश प्राप्त भएको शेरचन बताउँछन् । प्रतिस्पर्धामा केही नयाँ अनुहार तथा पुराना टिमका साथीहरूले समेत आकाँक्षा देखाउनु भएकाले, प्रतिस्पर्धा रोचक हुने देख्छ, मेरो चुनाव जित्ने आधारहरूमा मेरो काम मात्र हो । कुरा कम, काम बढी गर्ने भएकाले नै मैले निरन्तरको सम्मान र यो अभियानमा जोडिएको छु । यस कारणले नै मेरो जीत सुनिश्चित छ । म जित्नेमा ढुक्क छु ।

एनआरएनएको पद्धतिलाई सुदृढ बनाउने, रुपान्तरण गर्ने , बौद्धिक, सीपयुक्त जनशक्ति, दोस्रो पुस्तालाई एनआरएनएको घेरा भित्र ल्याउने, रेमिट्यान्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लगानीको वातावरण बनाउने लगायत यसका थुप्रै साझा मुद्दाहरु रहेका छन् त्यसलाई निराकरण पनि सुझवुझ युक्त नेतृत्वको आवश्यकता एनआरएनएमा देखिएको छ । शेरचन जस्ता अनुभवी नेतृत्वले मौका पाए भने पक्कै पनि संस्थागत सुधारहरु गरि सवै गैर आवसिय नेपालीहरुले गर्व गर्न लाएको साझा संस्था बनाउने कोशिस गर्ने थिए भन्ने विश्वास गर्न सकिन्छ ।

  • समिर लामा
किड्स आइडल चन्द्रागिरी २०२३ सम्पन्न

मनोरञ्जन


काठमाण्डौ- हिमालयन मुभिज को आयोजना एवं फोटो फेसन स्टुडियो को संलग्नतामा शनिवार अपरान्ह राजधानीमा ‘किड्स आइडल चन्द्रागिरी २०२३’ कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रागिरी नगरपालिका प्रमुख घनश्यामगीरीको विशेष आतिथ्य मा सम्पन्न उक्त कार्यक्रम विशेषगरि राजधानी उपत्यकाको चन्द्रागिरी क्षेत्रका बाल प्रतिभाको सम्बन्धि थियोे जसमा साम्राज्य रत्न बज्राचार्य बिजेता भएका थिए भने फस्ट रनर अपमा आरोग्या आर्चाय, सेकेन्ड रनर अपमा श्रीतिजा सिलवाल, थर्ड रनर अपमा निभा खड्का र फोर्थ रनरअपमा सारा तामाङ घोषित भएका थिए । विजेताहरुले कप, ट्रफी, स्यास र उपहारहरु पाएका थिए। करिब डेढ दर्जन प्रतियोगीहरुले सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा स्टेज प्रस्तुति का विविध तालिम समेत लिएका थिए ।

कार्यक्रममा बिबिध सबटाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो जसमा मोस्ट स्मार्ट निभा खडका, मोस्ट एयाक्टीभ सारा तामाङ, मोस्ट डिलाइटफुल प्रितम श्रेष्ठ, मस्ट इनिक्र्ज्वेल साम्राज्य रत्न बज्राचार्य, मोस्ट करिजम्याटिक आरोग्या आचार्य, बेस्ट डिसिप्लीन आकृति खनाल, मोस्ट इन्डरिङ इसिका महर्जन, मोस्ट सिन्सियर स्तुती सुवेदी, बेस्ट फोटोजेनिक श्रीतिजा सिलवाल, मोस्ट चार्मिङ देवयानी पाण्डे, मोस्ट प्यासोनेट बिबिसा सापकोटा, मोस्ट अनेस्ट बिनिसा सापकोटा, मोस्ट पपुलर गर्ल्स तर्फ श्रीतिजा सिलवाल र मोस्ट पपुलर ब्वाइज तर्फ प्रितम श्रेष्ठले हात पारेका थिए।
चलचित्र निर्देशक माधवराज खरेल, ब्यूटीयन नेपाल २०१९ हेमा पुन मगर, मिसेस क्यापिटल क्विन २०२३ लक्ष्मी भुसाल, मोडल मेकअप आर्टिस्ट दिलाशा श्रेष्ठ, गायिका सोना अमात्य एवं अभिनेता संजोग राणा निर्णायक रहेको सो कार्यक्रमको संयोजन ईश्वर बल्लभ उप्रेतीले गरेका थिए भने असिस्टेन्ट कोरियोग्राफी प्रतिशा कटुवालले गरेकी थिए । उक्त कार्यक्रममा काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरि घिमीरे तथा उपाध्यक्ष्य आनन्द प्रभाकर घिमीरेलाई NFEA 2023 बैंकक अर्वाड हयान्ड‌ओभर समेत गरिएको थियो भने लाइफ ओके टीभी बाट सम्प्रेसित कार्यक्रमको सन्चालन इभेन्ट म्यानेजर कोमल नाथ खतिवडाले गरेका थिए ।

पिम नेपालको अध्यक्षमा खरेल

मनोरञ्जन


काठमाडौं- पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को अध्यक्षमा माधबराज खरेल निर्वाचित भएका छन् । संस्थापक अध्यक्ष समेत रहेका खरेल चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

असोज २९ गते सोमबार राजधानीमा सम्पन्न निर्वाचनबाट अध्यक्षतामा खरेल, बरिष्ठ उपाध्यक्षमा गायक पुर्ण बहादुर राई, प्रथम उपाध्यक्षमा संगीतका शंकर थापा ‘स्माईल’, द्धितिय उपाध्यक्षमा गायक आर्जन पाण्डे, महासचिवमा निर्माता एवम् संचारकर्मी कमला कुमारी जोशी, उपमहासचिवमा मोडल तथा कलाकार प्रतिक्षा काफ्ले, सचिवमा गायक नारायण थापा, कोषाध्यक्षमा छायाँकार राजन खरेल तथा सदस्यहरुमा राममणी ढकाल, सपना जोशी, नम्रता खरेल, समिर खान, कृष्णा आचार्य ‘रोशनी’ लगायत निर्वाचित भएका छन् ।

समारोहमा संस्थाले बार्षिक रुपमा विभिन्न ब्यक्तित्वहरुलाई गर्दै आईरहेको सम्मानलाई यो वर्ष पनि निरन्तरता दिएको छ । बिभिन्न बिधामा रहेर समाजमा उल्लेखनिय योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । जसमा शारिरिक सुगठनका गोल्ड मेडलिष्ट खेलाडी संजीव श्रेष्ठ, साहित्यकार अनु शाह, अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झा, महिला उद्यमी तथा चलचित्र निर्माता सारदा श्रेष्ठ, संचारकर्मी, समाजसेवी तथा पिम नेपालका संस्थापक सचिव राजन थापा गायिका अनिता कुँवर, मोडल स्मारिका ढकाल र समाजसेवी गीता सिंह लगायतकालाई सम्मान गरिएको हो । सम्मानित ब्यक्तित्वहरुलाई राष्ट्रगानका रचनाकार ब्याकुल माईला, चलचित्र कलाकार तथा पिम नेपालका सल्लाहकार मोहन निरौला, संगीतकार राजु शाह, बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, द्धन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, गायक तथा पिम नेपालका सल्लाहकार सिताराम पोखरेल, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान र गायक तथा संगीतकार कन्हैया सिंह परियारले संयूक्त रुपमा सम्मान गरेका थिए ।

संस्थाका कानुनी सल्लाहकार समेत रहेका अधिबक्ता हरि बहादुर कार्की प्रमुख निर्वाचन अधिकृत, रोयल्टी संकलन समाजका महासचिव बी. पाण्डे र पत्रकार जिवन पराजुली निर्वाचन अधिकृत रहेको टिमले नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गराएको हो ।

संस्थाले राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड), पिम नेपाल फिल्म फेष्टिवल लगायत राष्ट्रिय रुपमा ख्याति कमाएका कार्यक्रमहरुको संचालन गर्दै आईरहेको छ । विशेषत नेपाली गीतसंगीत, कला, साहित्य, भाषा, संस्कृति र सम्पादाको प्रवद्र्धनमा संस्था क्रियाशिल रहँदै आएको छ ।

संचारकर्मी विष्णु सुवेदीले संचालन गरेको कार्यक्रममा बरिष्ठ पत्रकार बिजयरत्न तुलाधर, एनसिपीएका अध्यक्ष राजेन्द्र बजगाई, भरत बमजन, जुगल डंगोल, सन्तोष श्रेष्ठ, निर्देशक ऋषि लामिछाने, सुचित्रा श्रेष्ठ, दिनेश पाख्रिन, रश्मि भट्ट, बबिता श्रेष्ठ, लव प्याकुरेल, देबेन्द्र पाण्डे, संचारकर्मीहरु कुवेर गिरी, डब्बु क्षेत्री, तुलसी गिरी भावुक, गीता अधिकारी, सानु श्रेष्ठ, सुर्य चन्द, रेडियोकर्मी हेम सुवेदी, कलाकार श्रीदेव भट्टराई, मोडल सनम कठायत, संगीतकर्मी ज्योती प्रकाश, राजेन्द्र पुरी, केन्जुमा सुब्बा, अमृत खाती, सामना साह, ईन्जिनियर रमेश शिवशंकर,अभिनेता प्रभण भुषाल, ब्यवसायि विशाल खड्का, माउण्ट एभरेष्ट आरोही गीतकार पुरुषोत्तम सानु, फोटोग्राफर बद्रि थापा लगायतका विभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सभापतित्व बरिष्ठ कलकार तथा पिम नेपालका सल्लाहकार मोहन निरौलाले गरेका थिए ।

 

 

गीतिसँग्रह ‘कर्मा’ थाईल्यान्डमा विमोचन

मनोरञ्जन


काठमाण्डौ – संगीतकार जुगल डँगोलको संगीतमा नयाँ गीतिसँग्रह ‘कर्मा’ श्रोतामाझ आएको छ । जसमा गीतकार कर्माको एकल रचना रहेको छ । थाई नेपाली संघले थाईल्यान्डमा एक कार्यक्रम बीच यो गीतिसँग्रहलाई सार्वजनिक गरेको छ । थाली नेपाली संघको प्रस्तुति रहेको यो गीतिसँग्रहलाई थाई नेपाली संघका अध्यक्ष बासना राईले एक समारोहबीच सार्वजनिक गरेकी हुन् ।

थाईल्यान्डमै बसोबास गर्दै आएका नेपाली भाषी थाई कलाकारहरुको यो सँग्रहमा बाहुल्यता रहेको छ । सँग्रहमा पाँच वटा गीत रहेको छ । यी सबै गीतहरु कर्माले रचना गरेका हुन् । गीतकार कर्मा पनि थाईल्यान्ड बासी नै हुन् । विमोचन समारोहमा सो संघका संरक्षक कुमार कार्कीले सँग्रहका गायक गायिकाको प्रसँसा गर्दै भ्वाईस अफ नेपाल, मेरो भ्वाईस युनिभर्स जस्ता थुप्रै अन्तराष्ट्रिय नेपाली गायन रियालिटी शोमा थाईल्यान्डका नेपाली भाषी गायक गायिकाहरुले आफ्नो राम्रो प्रस्तुति दिईसकेको बताए । नेपाली भाषीहरु जहाँ रहे पनि उनीहरुले आफ्नो भाषा, भेषभुषा, धर्म सँस्कृति र परम्पारलाई सँधै जोगाएर अघि बढाउने गरेको सो संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष कार्कीले बताए ।

सो संघकी अध्यक्ष वासना राईले पनि आफुहरुले थाईल्यान्डमा रहेका नेपाली कलाकारहरुको प्रोत्साहनको लागि यो गीतिसँग्रह प्रस्तुत गरेको बताईन् । बिमोचन समारोहमा बोल्दै कर्माले विदेशमा रहेर पनि राम्रो नेपाली गीतहरु हामी ल्याउन सक्छौं भन्ने उदाहरणको लागि पनि यो गीतिसँग्रह बजारमा ल्याएको बताए । आफुहरुले आगामी दिनमा पनि नेपाली भाषी प्रतिभाहरुलाई प्रोत्साहन गर्ने पनि उनले कार्यक्रममा जनाए ।

पछिल्लो समय एकल गीत सार्वजनिक गरिँदै आएको बेला यो सँग्रहमा पाँच वटा गीत राखिएको संगीतकार जुगलले बताएका छन् । सँग्रहमा म तिमीलाई सम्झि रहन्छु…, जीवन एक सँघर्ष हो…, पुर्खाको देश…, हेर मेरो आँखामा… र थाई नेपाली संघको शिर्ष गीत रहेको छ ।

यो सँग्रहको गीत मध्य एउटा गीत नेपालबाट गायक शिव परियार गाएका छन् । अर्को गीत हेर मेरो आँखामालाई नेपाली गायिका केन्जुमा सुब्बा र थाईल्यान्डका कलाकार पुनराम भण्डारीले गाएका हुन भने यो गीत केन्जुमाले नै लेखेकी हुन् । यो सँग्रहका गीतहरु म्युजिक भिडियो भने चाँडै बनाएर क्रमश रिलिज गर्दैजाने संगीतकार जुगल डँगोलले बताएका छन् । बाँकी अरु गीतमा थाईल्यान्डका कलाकारहरु अश्विन कुमार तामाङ, विक्की सेन्चुरी, राजा सुवेदी, चेस्टर लिम्बुको स्वर रहेको छ ।