entertainment
||Power News Asia||

आजको समाचार

नयाँ बर्षको अवसरमा अमेरिकाको बाल्टिमोरमा साँगीतिक कार्यक्रम हुँदै

मनोरञ्जन


काठमाण्डौ– नयाँ वर्षको अवसर पारेर अमेरिकाको बाल्टिमोर स्थित नेपाली कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती सहितको सांगीतिक कार्यक्रम हुने भएको छ ।  शुक्रबार अर्थात जनवरी २६को साँझ बाल्टिमोर स्थित 4132 E Joppa Rd, Nottingham, MD 21236  मा हुने कार्यक्रममा चर्चित गायक "शिव परियार, कन्हैया सिंह परियार, अञ्जना गुरुङ, आभा मुकारुङ, कल्पना देवकोटा, प्रनिमा आचार्य, स्वरुपा रसाईली ,गायक लक्ष्मण पौडेल, भगवान भण्डारी, उदय भट्टराई, राजल लामा" लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ ।

बाल्टिमोर अमेरिकामा रहेका ख्यातिप्राप्त कलाकारहरु समेतको प्रस्तुति हेर्नको लागि जनवरी २६को साँझ बाल्टिमोर आसपासको क्षेत्रमा बस्नु हुने सम्पूर्ण संगीतप्रेमी दर्शक तथा श्रोताहरुलाइ उपस्थितिको कार्यक्रमका सल्लाहकार एवं बरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह परियारले आव्हान गरेका छन् ।

कार्यक्रमको संयोजन मोडल तथा गायिका शान्ति भण्डारीले गरेकी छिन् भने कार्यक्रमलाई गायक तथा मोडल सज्जन बाहोराले संचालन गर्ने भएका छन् ।

राजेश पौडेलको "म त हजुर हङकङको लाहुरे" सार्वजानिक

मनोरञ्जन


काठमाण्डौ-  नेपाली मौलिकता र आफ्नोपनलाई  आधुनिकताले थिचिरहेको अबस्थामा राजन कार्कीको शब्द र लय, यम थापा मगरको सङ्गीत संयोजन, र  जीवन दाहाल, राजन कार्की, रमा गौतम र मधू थापाको स्वरमा अत्यन्तै मौलिकताले भरिएको "हङकङको लाहुरे"  बोलक‍ो लोकभाका शैलिको गीत सार्वजनिक भएको छ। 

"म त हजुर हङकङका लाहुरे , त्यसैमाथि अत्तरै घसेको" थेगो रहेको गीतमा नव कलाकार राजेश पौडेललाई लाहुरे पात्रका रूपमा उभ्याइएको छ भने उनलाई अभिनयमा गायिका  गायक गायिकाले नै साथ दिएका छन्। केही दिन अगाडि राजन कार्की युट्युव च्यानलबाट सार्वजनिक भएको गीति भिडियोमा गणेश सापकोटाको छायाङ्कन, अमृत चापागाईँको सम्पादन र रङ्गसंयोजन र सर्जक राजन कार्कीकै निर्देशन रहेको छ। 

गीति भिडियोमा आवद्ध नवनायक राजेश पौडेलका दाइ र भाइ  सेनाको उच्च पदमा सेवारत छन्। दाइ र भाइ मात्र हैन राजेशको गाउँ टक्सार स्याङ्जाका अधिकाँश दामलीहरु कोही भारतीय सेनामा र कोही नेपाली सेनामा भर्ति भएर सेनाको पोशाकमा सजिएको देख्दा राजेशलाई पनि सेनामै भर्ती हुँ कि झ‌ैँ भने नलागेको हैन। सानै देखि चतुर र दूरदर्शि स्वभावका राजेशले सेनामा भन्दा अङ्ग्रेजी विषय पढेर एकेडमिक क्षेत्रमा लाग्छु भन्ने अठोट गरेँ। उच्च शिक्षाको पूर्वार्द्ध दखिनै अध्ययन र अध्यापनलाई सँगसँगै लगेका राजेश आफ्नो ब्याचको उत्कृष्ट मध्येका विद्यार्थीमा पर्दथे। 

स्नातकोत्तर अध्ययन गर्दागर्दै पोखराको एक प्रतिष्ठित सामूदायिक विद्यालयमा प्राचार्य समेत बनेका राजेशले स्नातकोत्तर पश्चात् केही समय पोखराकै केही क्याम्पसहरुमा अध्यापन गरे। पढाईमा अति लगाव राख्ने राजेशलाई एउटा स्नातकोत्तरले मन मानेन र अर्को विषयमा पनि अध्ययन गर्न बेलायत पुगे। बेलायतको अध्ययन पश्चात् सन् २०१३ देखि सपरिवार आप्रवासी भिजामा क्यानडा पुगेका उनी एडमण्टन शहरमा  रहन्छन्।

सानै उमेरमा प्राज्ञिक क्षेत्रमा राम्रो शाख बनाईरहेका राजेशलाई आफ्नो भाइको नेपाल आर्मीमा भइरहेको पदोन्नति र नेपाली सेनाका बिच उनले पाएको सम्मान देख्दा आजका दिनमा पनि कता कता सेनामै लाग्नुपर्नेरहेछ भन्ने लागिरहन्छ। 

त्यहाँ पनि राम्रै पेशा अँगालेको हुनाले राजेशको प्रवासी जीवनशैलि राम्रो छ भने सामाजिक सेवामा पनि त्यति नै सक्रीय छन्। पहिल्यैदेखि नेपालमा गएर एउटा म्यूजिक भिडियोमा अभिनय गर्छु र त्यो पनि सेनाकै भूमिकामा भन्ने सोँच बनाईरहेका राजेशले यस पटक म्यूजिक भिडियोमै भने पनि सेना भएरै छाडे। सायद राजेशको मनासय बुझेर नै होला  राजन कार्कीले यो गीत  उनकै लागि लेखेका हुन्। राजेश भन्छन् मेरो यो गीति भिडियो मभित्र बच्चैदेखि रहेको नेपाली सेनाप्रतिको उच्च सम्मान हो।

- Prakash Subedi

साथीत्वको कथामा सन्जीत र मेगको अभिनय रहेको गीत  ‘साथी’ सार्वजानिक

मनोरञ्जन


काठमाण्डौ - अभिनेता संजीत भण्डारी र मेघ सुवेदीको अभिनय रहेको साथीत्वको भाव र महत्वलाई दर्शाउन खोजिएको साथी बोलको गीतको म्यूजिक भिडियोलाई बुधबार राजधानीस्थित विश्वज्योती हल काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ । चर्चित गायकद्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको उक्त गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ ।

भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ । स्वदेश होस् या विदेश जो जहाँ भए पनि साथीको मित्रता असल हुन्छ भन्ने सन्देश भिडियोमा दिन खोजिएको छ । 

कुवेर तामाङको निर्देशन रहेको भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार(नवीन)को सहायक निर्देशन, निर्मल न्यौपानेको प्रोडक्सन डिजाइन छ । सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

कार्यक्रममा गायक यम बरालले गायक विश्व नेपाली उमेरले भाइ भए पनि सिनियर र जुनियर पनि साथी हुन्छन् भन्ने सन्देश दिन सहकार्य गरेको बताए । गायक बरालले गीतको शब्दले आफूलाई तानेकाले गीतमा सहकार्य गर्न राजी भएको खुलाए । गायक विश्वले यम बरालको गीत सुनेर हुर्किएको आफूले यमलाई गुरु मान्दै सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

केही चलचित्रमा समेत काम गरिसकेका अभिनेता सन्जीत भण्डारीले साथी आम दर्शकका लागि फरक स्वाद हुने बताए । उनले अभिनय गरेको चलचित्रमा ‘चिठ्ठी’ आगामी जेठमा रिलिज हुँदैछ ।

भिडियोका मोडल मेगले गीतले आत्मीय साथीको सम्बन्धलाई प्रस्तुत गर्ने भएकाले गीतले आम दर्शकको भावनालाई प्रतिनिधित्व गर्ने बताए । मेगले पहिलो पटक अभिनय गरेका हुन् ।

गायक ओमको नयाँ गीत ‘मायाँले सजाउँला ’को भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ - गायक ओम सुनारले जातीय विभेद बिरुद्ध आफ्नो नयाँ गीत ‘मायाँले सजाउँला ’को भिडियो सार्वजनिक गरेका छन् । शुक्रबार बेलुका काठमाडौंमा एक समारोहबीच यो गीत तथा भिडियोलाई चलचित्र पत्रकार संघका पूर्व अध्यक्षहरु बिदूर गिरी, शान्तिप्रिय, अभिनेता गजित बिष्ट, अन्तराष्ट्रिय इभेन्ट डिरेक्टर निशुकान्त झा, सामाजिक अभियान्ता खगेन्द्र सुनार, अन्तराष्ट्रिय इभेन्ट कोरियोग्राफर अश्विनी कान्त झा सहित गायक ओम सुनार र मोडल एशिला बास्तोलाले यो गीतको पोष्टर सार्वजनिक गरेका हुन् ।

पत्रकार जीवन पराजुली सञ्चालित सो कार्यक्रममा बोल्दै गीतकार एवम् पत्रकार शान्तिप्रियले भने,‘मानिसहरु सबै एक भएकाले मनवबीच जातीय विभेद हुनुहुन्न भन्ने सन्देश बोकेको यो गीत र भिडियो आफैंमा समय सान्दर्भिक छ ।’

सामाजिक अभियान्ता खगेन्द्र सुनारले मुलुकमा जातीय विभेद नरोकिएको बताए । उनले उपल्लो जातीका चेलीसँग प्रेम तथा विवाह गरेको भन्दै दलितहरुको ज्यान लिने क्रम जारी रहेको बेला यो गीतले त्यस्तो अपराध रोक्न मद्धत पु¥याउने विश्वास आफुले लिएको छु भने ।

गीतका गायक ओम सुनारले समाजमा गीतसंगीतबाट पनि सकरात्मक सन्देश दिन सकिन्छ भनेर यो गीत र सन्देश मुलक भिडियो बजारमा ल्याएको बताए । भिडियोमा जातीय विभेदले समाजमा निम्त्याएका घटनालाई उठाएको जानकारी गराउँदै उनले भने,‘समृद्ध नेपाल हुनका लागि रोक्ने एउटा समस्या जातीय विभेद पनि भएकाले त्यसलाई अन्त्य गर्नैपर्छ भन्ने नै यसको मुख्य सन्देश हो ।’ गायक ओमकै अवधारणमा यो गीतको भिडियो तयार भएको हो ।

भिडियोलाई ओम सुनारले आफ्नै अफिसियल च्यानलबाट रिलिज गरेका छन् । गीतलाई मुना शाहले लेखेकी हुन भने यसमा संगीत र संगीत संयोजन पनि ओमकै रहेको छ ।  यो गीतको भिडियोमा मुख्य भूमिकामा पनि ओम आफैं छन् । उनीसँगै भिडियोमा एलिसा बास्तोला, बिजय परियार, लक्ष्मण बस्नेत, उत्तम केसी, कुमार भारती, मीना जिसी, आरजे प्रणब, दीपक पराजुली, आराधना पराजुली, ढक बहादुर बिक, लालबहादुर सुनार, रमा थापालगायतको अभिनय छ ।

यो म्युजिक भिडियोलाई बिमल ढकालले छायाँकन र बिनोद बमले सम्पादन एवम् रंग संयोजन गरेका हुन् । भिडियोमा देवेन्द्र कुँवरको निर्देशन रहेको छ ।

ग्लोबल ग्ल्यामर भेन्चरले मिस युनिभर्स नेपाल २०२४ को आयोजना गर्ने

मनोरञ्जन


काठमाण्डौ - ग्लोबल ग्ल्यामर भेन्चरले मिस युनिभर्स नेपाल २०२४ को लागि आधिकारिक प्रेस सम्मेलन सम्पन्न भएको छ । ग्लोबल ग्ल्यामर भेन्चरले प्रतिष्ठित मिस युनिभर्स  प्रतियोगिताको लागि नेपालको तर्फबाट अर्को प्रतिनिधि तयारी सम्बन्धित जानकारी प्रदान गरेको छ । 

बिहीबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिईओ डा. धनन्जय रेग्मीको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्ज्याण्डर गोन्जालेज र युनिभर्स वुमन २०२३ बिजाता भ्यालेन्टिना सान्चेज ट्रिभेलाको पनि उपस्थिती रहेको थियो । यस्तै मिडिया प्रतिनिधिहरू र अन्य अतिथिहरूको उपस्थितीमा कार्यक्रम सम्पन्न भयो । 

युनिभर्स वुमन २०२३ भ्यालेन्टिना सान्चेज ट्रिभेलाले आफ्नो प्रतियोगितामा जानेका तथा सिकेका कुरा सुनाउनु भयो । प्रतियोगीहरूलाई प्रेरित हुने प्रकारका आफ्नो विश्वव्यापी परिप्रेक्ष्य र अनुभवहरू सेयर गर्नुभयो । यस्तै अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्ज्याण्डर गोन्जालेजले सहभागीहरूलाई बहुमूल्य मार्गदर्शन प्रदान गर्दै आगामी मिस युनिभर्स नेपाल २०२४ प्रतियोगिताको  लागि आफ्नो दृष्टिकोण राख्नु भयो, साथै आगामी मिस युनिभर्स २०२४ मा कोच भ्यालेन्टिना सान्चेज ट्रिभेलाको सहभागिता रहने छ ।  

ग्लोबल ग्ल्यामर भेन्चरको प्रमुख कार्यकारी अधिकृत सबि पुरी, फाउण्डर संगीता पुरी र अध्यक्ष आलोक क्षेत्रीले कार्यक्रममा मिस युनिभर्स नेपाल २०२४बारे प्रष्ट पार्नुभयो । क्षेत्रीले सहभागी जनाउन चाहनेहरुले आगामी अप्रिलबाट फर्म खुल्ला गरिने जानकारी गराउनुभयो । मिस  यूनिभर्स नेपाल २०२४ को दर्ता अप्रिल  देखि गरिने बताईउको छ भने विजयता घोषणा सेप्टेमबरमा गरिने भएकोछ त्यस्तै बिजेताले मिस युनिभर्स २०२४ कोलागी मेक्सिको मा ९० देशहरु सँग नोभेम्वर मा प्रतिष्प्रधा गर्न पाउने छन् । उक्त जानकारी ग्लोबल ग्ल्यामर भेन्चर अफिस्यल पेज फेसबुक र ईनस्ट्रा मा हेर्न सकिने आयोजकले बताएको छ ।

     

फागुन ११ मा सिनेमा ‘गोर्खा वारियर’

मनोरञ्जन


काठमाडौं - फागुन ११ गते बाट निर्देशक मिलन चाम्स निर्देशित  सिनेमा ‘गोर्खा वारियर’ नेपाल प्रदर्शन हुँदैछ । नेपाली, अंग्रेजी र हिन्दी गरी तीन भाषामा तयार भएको सिनेमालाई अहिले कोरियन भाषामा स्वरांकन गरिँदैछ । निर्मातामा निर्देशक चाम्स, सुमन राई र सुस्मिता वाइवा छन् भने कार्यकारी निर्माता प्रशान्त थापा र राजेन्द्र घिमिरे हुन् । सुरेश राई सह(निर्माता रहेको सिनेमामा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन रहको छ ।

सन् १९४९ मा भएको ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथालाई उठान गरिएको सिनेमामा विजय लामा ,रितेश चाम्स, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, सुमन गुरुङलगायतको अभिनय रहेको छ ।
 

गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउँदै

मनोरञ्जन


काठमाडौँ -  नेपाल साँच्चिकै सयौं थुँगामाा उनिएको एउटा सुन्दर माला हो । नेपालीहरुको आफ्नै मौलिक कलाा, संस्कृति, परम्परा छ । हामीले मनाउने चाडपर्वको विशेषताले विश्वमा हामीलाई अनेकताका एकताको प्रतिकको रुपमा परिचय गराएको छ । हामीले आफ्नो समुदायको पहिचान अनुरुपको विभिन्न चाडपर्वहरु मनाउँदै आईरहेका छौ सवै समुदायहरुले मिलेर ।

आज नेपालीहरु विच मनाईने लोकप्रिय पर्व तमु ल्होसार पर्व हो । विशेष गरेर गुरुङ समुदायले आज यस पर्वलाई धूमधामसँग मनाइरहेका छन् । हरेक बर्ष पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । काठमाडौँ लगायत देशका अधिकांश स्थानमा यो पर्वको रौनक देखिएको छ । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३ सम्पन्न

मनोरञ्जन


काठमाण्डौ - तेश्रो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३ मलेशिया पछि बाँकी अवार्ड २०० पौष १३ शुक्रबार नाचघरमा सम्पन्न गरिएको छ । क्वालिटी फिल्मस् प्रा.लि.द्धारा आयोजित तथा बिलक्षण क्रियसनको व्यबस्थपकमा अवार्ड सम्पन्न भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माको प्रमुख आतिथ्यतामा अवार्ड सम्पन्न भएको हो । गत ११ मँसिरमा मलेशियामा सम्पन्न अवार्ड समारोहमा बिजेता तय गरिए पनि शुक्रबार बेलुका काठमाडौंमा नाचघरमा एक समारोहबीच उनीहरुलाई यो अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा आधुनिक गायन तर्फ उत्कृष्ट गायकको अवार्ड बलेको आगो २बाट राजकुमार सिंहले जितेका छन भने सँधै यस्तै मिठा कुरा गीतबार डेविड शँकरले जुरी अवार्ड हाँसिल गरेका छन् । यस्तै यो मायाँबाट श्रद्धा दियालीले उत्कृष्ट गायिका, यो खुसीको पलबाट बुद्धिमान थापाले उत्कृष्ट गीतकार र सँधै यस्तै मिठा कुराबाट दिपक शर्माले उत्कृष्ट संगीतकारको अवार्ड चुमेका छन् ।

कार्यक्रमा आधुनिक तर्फ नै बलेको आगो २ बाट प्रभु गुरुङले उत्कृष्ट भिडियो निर्देशक अवार्ड, यही गीतबाट रोशन बस्नेतले पुरुष मोडल अवार्ड, समलिँगी गीतबाट दीपशिखा खड्काले महिला मोडल अवार्ड हाँसिल गरे । यस्तै पप गीत तर्फ उत्कृष्ट गायकको अवार्ड बाडुल्कीबाट सागर जोशीले, लोकपप तर्फ उत्कृष्ट गायकको अवार्ड हिरा टललबाट राजमान तामाङले र बाडुल्की गीतबाट विकाश सुवेदी उत्कृष्ट पपगीत पुरुष मोडल अवार्ड चुमे ।

यस्तै लोक दोहोरी गीत गायकको अवार्ड फुल मायाँमा नभुलबाट राजु आरडीले, जुरी अवार्ड हेर्छन रमिताबाट तुलमान गुरुङले र पब्लिक च्वाईस अवार्ड मायाँ फिक्का फिक्काबाट गणेश सेन्चुरीले हाँसिल गरेर भने लोक दोहोरी नव गायकको अवार्ड धोको थिएनबाट रोशन तीखत्रीले र जुरी अवार्ड सुन्दर बजार कटेसी कुन्छाबाट विवेक धितालले, उत्कृष्ट गायिकाको अवार्ड सलीसली बगेको कालीबाट बसन्ती सुनारी मगरले र जुरी अवार्ड लम्जुङ दरबारबाट निमा तामाङले हाँसिल गरे । लोक दोहोरी भिडियो तर्फ पुरुष मोडलको अवार्ड कठै म बिचरोबाट इश्वर खातीले, महिला मोडलको अवार्ड हल्का तुच्चबाट पवित्रा गुरुङले, जुरी अवार्ड तिजैमा सुहाउनेबाट सरस्वती योञ्जन तामाङले, लोक दोहोरी संगीतकारको अवार्ड भोजपुरै जिल्लाबाट खगेन्द्र थामीले हाँसिल गरे । उत्कृष्ट लाईभ दोहोरी गायकको अवार्ड पानको पत्ता छबाट धिरज कोईरालाले्, जुरी अवार्ड लाईछ्यौ बेसनबाट सृजन आलेले हाँसिल गरे । उत्कृष्ट लोकगीत गायकको अवार्ड पिरती छुटाएँबाट रमेश परियारले, लोकगीत गायिकाको अवार्ड लमजुङको ठाडो भाकाबाट सन्ध्या परियारले प्राप्त गरे ।

यस्तै उत्कृष्ट नृत्य निर्देशकको अवार्ड मुसुक्क हाँसेबाट नेत्र बहादुर गुरुङले, उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड बलेको आगो २बाट पुष्पा गुरुङले, छायाँकार तर्फ उत्कृष्ट छायाँकार अवार्ड फेरी तिम्ले छुरा रोपीबाट सुनिल परियारले, डायस्पोरा छायाँकारको अवार्ड बलेको आगो २बाट सुमन श्रेष्ठले, नव छायाँकारको अवार्ड दमौलीको चाईनापुलबाट सुनिल भण्डारीले, उत्कृष्ट आधुनिक भिडियो सम्पादकको अवार्ड शिरफुलबाट बिष्णु खड्काले, लोक दोहोरी भिडियो सम्पादक अवार्ड सुन्दर बजारबाट रोशन धितालले, उत्कृष्ट टेली सृँखला अभिनेत्रीको अवार्ड नारीबाट शर्मिला शर्माले जितिन भने उत्कृष्ट बाल कलाकारको अवार्ड दुई नम्बरी गीतबाट श्रेयस पौडेल क्षेत्रीले र बाल कलाकार जुरी अवार्ड छोराछोरी बिदेशी भूमिमाबाट सम्राट दाहालले हाँसिल गरे ।

भाषाभाषी तथा भेग विशेष गीत तर्फ लिम्बु गीतकारको अवार्ड इच्छिङमाबाट सैलेन्द्र नाल्बोले, जुरी अवार्ड सिमाना गीतबाट लिला सिलिङ मावोले, उत्कृष्ट लिम्बु गीत गायकको अवार्ड थोक्फेला २बाट सुमन लिम्बुले, जुरी अवार्ड मगर भाषाको गीत जोस लेउबाट गोपाल पुन मगर )सिङरोन)ले, उत्कृष्ट भाषाभाषी गायिकाको अवार्ड मारुम (सि यु पारती)बाट सुमित्रा बुढामगरले, उत्कृष्ट कौडागीत गायिकाको अवार्ड दमौलीको चाईना पुलबाट रमिला गुरुङले हाँले हाँसिल गरे । यस्तै यही विधामा पुरुष मोडलको अवार्ड लिम्बुगीत थोक्फेला २ बाट पूर्ण सेलिङले, पूर्वेली गीतबाट पुरुष मोडलको अवार्ड हङकङ सिँगापुर गीतबाट दीपक काम्फे सुब्बाले, महिला मोडलको अवार्ड लिम्बु गीत इच्छिङमाबाट पुष्पाञ्जली तिलिङ (चपेतीको आमा)ले प्राप्त गरे ।

कार्यक्रममा यसपटक १५ हजार रुपैयाँ सहित रजत चलचित्र पत्रकारिता सम्मान पत्रकार बिदूर गिरीलाई र रजत कलाकारिता सम्मान निर्देशक सुचित्रा श्रेष्ठलाई प्रदान गरियो । यस्तै कार्यक्रममा सञ्चारकर्मीहरु गोपिकृष्ण चापागाईं, गीता अधिकारी, रेणुका ढकाल, गायक लोकेन तामाङ, फेशन डिजाईनर दिलमायाँ मगर, समाजसेवी मुना लिम्बु पनि सम्मानित भए ।

प्रथम अभिनेत्री भुवन चन्द, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज गायिका तथा अभिनेत्री कविता आले, चलचित्र निर्देशक माधब राज खरेल लगायतले सो सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा गायक नविन कुमार पौडेल, डेभिड शँकरलगायतले आफ्ना गीतहरु प्रस्तुत गरेर दर्शकलाई नचाए । कार्यक्रममा सँयोजकमा सरिता भारती र व्यबस्थापकमा शनी लिम्बु थिए ।यस अघि मलेशियामा घोषणासँगै त्यहा केही कलाकारलाई अवार्ड प्रदान गरिएको र मलेशिया जान नसकेका कलाकारलाई यहाँ अवार्ड समापन समारोह आयोजना गरेर अवार्ड तथा सम्मान प्रदान गरिएको आयोजक क्वालिटी फिल्मस् प्रा.लि.का अध्यक्ष एवम् चलचित्र निर्देशक उमेश गुरुङले कार्यक्रममा बताए ।

रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण

मनोरञ्जन


काठमाण्डौ - गतबर्ष राष्ट्रपति विद्यादेवी भण्डारीवाट समुद्घाटन गरी सुरुवात भएको कनका सुरन्दरी फिल्मस् प्रा.लि. तथा एभरेष्ट ग्यालरीको सहकार्यमा दोश्रो रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० को उत्कृष्ट ५ को मनोनयनमा परेका कलाकार,प्राविधिकहरुलाई राजधानीमा एक कार्यक्रमको आयोजान गरी प्रमाण पत्र वितरण गरियो ।

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बी.सि. को प्रमुख आतिथ्यतातामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल सरकारका सह–सचीव गगन हमाल, राष्ट्रिय जनसाँस्कृतिक महासङ्घका अध्यक्ष प्रेम अधिकारि, बरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, समाजसेवी दलबहादुर जि.सि., राष्ट्रिय खेलकुद परिषद मार्सल गेम्स महासङ्घका उपाध्यक्ष लालबहादुर जि.सि. समाजसेवी टेक बहादुर बम, चलचित्र निर्देशक माधव खरेल, समाजसेवि डम्बर रावल , राष्ट्रिय जनसाँस्कृतिक महासंघका उपाध्यक्ष आरसि न्यौपाने, समाजसेवि माधव चौलागाईं , सास्कृतिक समाज नेपालका अध्यक्ष राम प्रसाद अवस्थी, देउडा गायक महेश कुमार औजि लगायातको विशिष्ठ व्यक्तित्वहरुको कायक्रममा उपस्थिति रहेको थियो ।

रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० का आयोजक समितिका अध्यक्ष पदम रोकायाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आयोजकका तर्फवाट एभरेष्ट ग्यालरीका प्रबन्ध निर्देशक तथा चर्चित मोडल सनम कठायतले उपस्थित अतिथि तथा कलकार र संचारकर्मीहरुलाई स्वागत गरेका थिए ।

चर्चित लोकगायक अमृत खातीले कार्यक्रम संचालक गरेका उक्त कार्यक्रममा छत्र शाही, शोभा थापा, राप्रसाद अवस्थी लगायतका कलाकारहरुले आफ्नो साँगीतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको समापन भने माघ महिनाको दोश्रो साता सम्म राष्ट्रपतिको समुपस्थितिमा गरिने आयोजकले वताएका छन् ।

https://nationalpowernews.com/2023/10/30663

कलाकार र फ्यानको अनुकरणीय प्रेम 

मनोरञ्जन


काठमाण्डौ - दोलखाका २४ वर्षीय दर्शन केसी 'शान्कु'ले  अब फरक क्षमता भएका कविका रुपमा परिचय बनाएका छन । हालै राजधानीमा एभरेष्ट ग्यालरीको आयोजनामा भव्य विमोचन समारोहका साथ कवि दर्शनको पहिलो अङ्ग्रेजी कविता संग्रह "दर्शन " बिमोचन भएको छ ।  कार्यक्रममा  बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यतामा  साथै नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल  लगायत दर्जनौ विभिन्न क्षेत्रका विशिस्ट व्यक्तित्वहरुको विशेष उपस्थितिमा  सम्पन्न भएको थियो ।  

दर्शन जन्मजात देखीनै मस्तिष्क पक्षघातका कारण बोल्न हिड्डुल गर्न अनि शरीर चलाउन सक्दैनन । नाकको सहायताले मोबाइलमा टाइप गर्छन , अध्ययन  गर्छन  , कविता लेख्छ्न अनि गीत संगीत सुन्छ्न र भिडियोहरु हेर्छन । यसै क्रममा दर्शनले विगत लामो समय देखि निरन्तर सुगम संगीतका लोकपृय कलाकार / मोडल सनम कठायत अभिनित म्युजिक भिडियोहरु निकै हेर्ने गरेको पाइन्छ, अझै भनौं दर्शन कलाकार सनम कठायतका निकै ठूलो शुभचिन्तक बनिसकेका थिए । सनमका म्युजिक भिडियोहरु निरन्तर हेर्न र  सनमका अन्य गतिविधिहरु अवलोकन गर्न सामाजिक संजाल फेसबुक मार्फत सनमलाई भेटे  ।

नेपाली कलाकारिताको क्षेत्रमा आफ्नो पृथक छवि बनाइसकेका सनमले पनि केही बर्ष यता आफ्नो  जन्म दिनहरुमा अत्यन्तै मेहनतले लेखिएका अदभूत मायाले ओतप्रोत शुभकामनारुपी स्ट्याटसहरुलाई ख्याल गर्न थाले । निरन्तर सम्पर्कमा रहेका केही अन्य फ्यानहरु र केही संचारकर्मी साथीहरुले दिएको जानकारी मार्फत दर्शनलाई चिने र दर्शन आफ्नो निकै ठूलो शुभचिन्तक रहेको जानकारी पाएपश्चात्  फेसबुक मार्फत  फुर्सदको समयमा दर्शनसंग  म्यासेजमा कुराकानी गर्न थाले । करिव ५/६ बर्षको अनौपचारिक परिचय पश्चात् दर्शनका बुवा र आर्टिस्ट खवरले सनम र दर्शनको भेटघाट गराउने जमर्को गर्नु भयो र त्यो साइत मोडल सनमको जन्मदिन साउन १३ गते जुर्यो । आफुले अत्यन्तै माया गरेको कलाकार प्रत्यक्षरुपमा देख्न पाउँदा निकै खुसी बनेका दर्शनले सनमलाई भेटे पछि आफ्नो मनमा लागेका सम्पुर्ण  कुराहरु एकै छिनमा नाकको सहायताले मोबाईलमा टाइप गरेर  व्यक्त गरे ।

दशकौंदेखि सामाजिक कार्यहरुमा निकै सकृय रहेका सनमले दर्शनको कवि बन्ने रहर पूरा गर्ने प्रतिवद्द्ता गरेका थिए पहिलो भेटमा र त्यही प्रतिबद्द्ता अनुरुप सनमले आफ्ना केही शुभचिन्तक र साथीहरुको सहयोगमा दर्शनको कवि बन्ने सपना पूरा गरेका छ्न ।  पुस्तक विमोचनमा सनमले दर्शन जस्तो प्रतिभाशाली व्यक्ति आफ्नो अभिनय जिवनको शुभचिन्तकको रुपमा पाउनु सौभाग्य हो र दर्शन भित्रको प्रतिभालाई उजागर गर्न सहयोग गर्न पाएकोमा निकै खुशी लागेको बताए । दर्शनको अङ्ग्रेजी कविता संग्रह ' दर्शन ' प्रकाशनार्थ सहयोग गर्नुहुने सम्पुर्ण दर्शनका सहयोगी हातहरु विशेष धन्यवाद दिए । कलाकार सनमको यो उदार प्रेमभाव र सद्भाव पुर्ण सहयोग पक्कै पनि कलाकार र शुभचिन्तक विचको जिम्मेवारीपुर्ण  सम्वन्धको अनुकरणीय उदाहरण हो ।