entertainment
||Power News Asia||

आजको समाचार

चलचित्र चिट्ठीको “टुटेको तारा” सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ – चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा” सार्वजनिक भएको छ । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्दरचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन् । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ ।
कमेडी जनारामा बनेको चलचित्र चिट्ठीको केन्द्रिय भुमिकामा संजीत भण्डारी, खड्ग बहादुर पुन मगर “खबपु”, गोपाल ढकाल“छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई जीवन पराजुली र राजन खरेल खिचेका हुन भने सम्पादन माधब खरेल र अच्यूत बजगाईले गरेका छन् भने, कलर संयोजक तथा भिएफ्एक्स समिर मिँया, गीतको मिक्सिङ तथा मिक्सिङ एवम् चलचित्रको ब्याकग्राउण्ड स्कोरिङ पुस्कर खत्रीले गरेका हुन । मनोज परियारले चलचित्रको साउण्ड मिक्सिङ गरेका हुन् भने ५.१ साउण्ड मिक्सिङ अमित श्रेष्ठ, श्रृंगार नरेश खरेल, द्धन्द निर्देशन किरण दाहालले गरेका हुन् । त्यसैगरी अमृत चापागाईको पोष्टर डिजाईन र साहिल खानको पब्लिसिटी डिजाईन रहेको छ । चलचित्रको साहायक निर्माताको रुपमा अनिता कुँवर, समिर खान र कृष्णादेबी आचार्य रहेका छन् ।

काठमाण्डौ, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको चलचित्र चिट्ठीको पोष्ट–प्रोडक्सनको सम्पुर्ण कार्य सकाएको निर्माण कम्पनीले प्रदर्शनी मिति भने छिट्टै तोकिने बताएकोे छ ।

एरा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र चिट्ठीलाई संचारकर्मी कमला जोशीले निर्माण गरेकी हुन् ।

बलिवुडका बहुचर्चित गायक विनीत सिंहको लाइभ शो प्लाटिनममा सम्पन्न

मनोरञ्जन


काठमाडौं । प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक, बलिवुड आर्टिष्ट विनीत सिंहको लाइभ शो सम्पन्न भएको छ । उक्त शो आईतबार दरबारमार्ग स्थित प्लाटिनममा भएको हो । शनिवार राती पौने १२ बजे स्टेज उक्लेका उनले डेढ दर्जन गीत गायका थिए । शो सकिदा आईतबार करिब २ बजेको थियो । उनले हुक्का बार लगायतका हिन्दीसहित नेपाली गीत समेत गाएका थिए । विनित सिंहको लाइभ शोमा प्लाटिनियम खचाखच भरिएको थियो । शो अवधिभर दर्शकदिर्घा उनको सुरिलो स्वरमा झुमेका देखिन्थे । त्यसो त बेला बेलामा प्रशंसकहरुले हुटिङ् गरिरहेको देखिन्थ्यो ।

विनित सिंह जस्ता चर्चित भारतिय कलाकारलाई नेपाल ल्याउन पाउँदा आफुलाई निकै खुशी मिलेको आयोजक कम्पनी एल एण्ड एन इभेन्टसका प्रमुख नितिन कायस्थले राज्यदैनिकलाई बताए । ‘कार्यक्रम सफल पार्न हाम्रो व्यवस्थापन टोली, मोडेलहरू, समर्थकहरू, प्रायोजकहरू, तपाईं लगायतका मिडिया, समाचार र टेलिभिजन साझेदारहरूका साथसाथै सबै दर्शकहरू र क्लब प्लेटिनमप्रति आभारी गर्न चाहन्छु’ कायस्थले भने ।

गायक सिंहले शनिवार पशुपतिनाथको दर्शन समेत गरेका छन् ।

 निम अवार्डको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

मनोरञ्जन


काठमाडौं –  निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२४’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो सातौं संस्करण हो ।

उक्त अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिले सम्मकै बृहत संख्याका भाषा–भाषीका गीतहरुको उत्साह पूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डको रुपमा लिने गरिन्छ ।  नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरुलाई कार्यक्रममा सहभागी गर्दै आईरहेको उक्त अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीत र भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषा तथा भाकाका गीत संगीतहरुलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जानकारी दिएको छ ।

अंग्रेजी क्यालेन्डर अनुसार २०२३ जनवरी १ देखि २०२३ डिसेम्बर ३० सम्म (१ वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरुलाई समावेस गरिने अवार्ड आयोजकले बताएका छन् ।

एरा प्रोडक्सन प्रा.लि.को ब्यवस्थापनमा सम्पन्न हुने निम अवार्डको फारमहरु आयोजक संस्थाको कार्यलयवाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाईन पे को अनलाईन मार्फत पनि भर्न सकिने छ । गीतहरु दर्ता गर्नको लागि आवेदनको अन्तिम मिति पुस २५ गते सम्मको लागि तोकिएको आयोजक समितिले बताएको छ ।

दुई गीत एकैचोटि बजारमा ल्याउने तयारीमा संगीतकार चौलागाईं

मनोरञ्जन


काठमाण्डौ-  विगत लामो समयदेखि गीत संगीत क्षेत्रमा क्रियाशिल लोकप्रिय संगीतकार तथा संगीत संयोजक मनोज चौलागाईंले आफ्नै स्वरमा दुई गीत भर्खरै रेकर्डिङ गरेर सकाएका छन् ।

वरिष्ठ गीतकार वी।वी थापाको शब्द रहेको गीत ‘मायामा हैसियत’ र आफ्नै शब्दमा ‘ज्ञानी मान्छे नुगेको हुन्छ, मायामा मान्छे चुकेको हुन्छ’ बोलको दुई गीत एकैचोटि बजारमा ल्याउने तयारीमा रहेको संगीतकार चौलागाईंले बताए । 

दर्शकश्रोताहरु र साथीभाईको मायाले मलाई हौसला दिईरहेको र यही मायालाई सम्मान गर्दै आफूले पनि गीतमा स्वर दिएको मनोजले बताए । आफ्नै संगीत, आफ्नै एरेन्जमा गीत गाउँदा आफूलाई सहज भएको बताउने चौलागाईंलाई साथीभाइको हौसलाले पनि आफूलाई हौसला मिलेको बताउछन् ।

वरिष्ठ गीतकार वी।वी थापा, स्टुडियोका साथीभाई र वाद्यवादनमा साथ दिने म्यूजिसियन र मेरो कामलाई सधैं साथ दिने सबैप्रति आभारी रहेको पनि बताए । अहिले गीतको भिडियोको काम भइरहेकोले गीतको अडियो भिडियो सहित यही महिनाको अन्तिमतिर दर्शकश्रोतामाझ आउने बताए ।

अर्धमृत शरीर माथि...

मनोरञ्जन


अर्धमृत शरीर माथि
मसानघाटमा लगिसकेको लासलाई
झारफूक के के गर्दै फेरि जिवित बनाउन खोज्नेहरु
याद राख तिम्रा ती हरेक खाले दिवा सपनाहरु
मसानघाटको लास सँगै जलेर राख हुनेछन् ।

आफ्नो व्यक्तिगत स्वार्थसिद्धिको लागि
निमुखा दाजुभाई तथा दिदीबहिनीहरुको
आलो रगतलाई कौडीको भाउमा,
सडकमा रगत बगाइदिन उद्दत हे कलियुगे महिसासुरहर
तिम्रा सपनाहरु चैत मासको डढेलोमा जलेको खरघारी जस्तै
तिम्रै आँखा अगाडी डढेर खाग बन्नेछन् ।

वेलैमा तिम्रो चेत खुलेन भने यस्तो दिन आउन सक्छ
जहाँ तिम्रा कपोलकल्पित कामना संगसंगै
तिमीहरु पनि जलेर भष्म हुनेछौ ।।

बचाउ बचाउ भनेर चिच्याइरहेको 
तिम्रो अर्धमृत शरीर माथि पानी होइन
डिजेल र पेट्रोलको धाराहरु खनिन सक्छ ।


त्यसैले तिमीहरुको चेत वेलैमा खुलेको राम्रो 
नत्र तिमीले टेकेका हरेक जमीन
स्वत माइन बनेर पड्कने छन्  ।

अनि भुस्याहा कुकुरहरुले तिम्रा उछिट्टीएका मांसपिण्ड माथि
बर्षौ देखिको भोक खुशी हुँदै मेटाउनेछन् ।।

– रमेश कुँवर

गीतकार श्रेष्ठका गीतहरु समावेश ‘शारदा’ को विशेषांक लोकार्पण, ‘ए मेरो मनको राजा’ को प्रीमियर

मनोरञ्जन


काठमाडौं– करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आउनु भएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५ सालभन्दा अघिदेखि साहित्य–सिर्जनाको क्षेत्रमा चलाउन थालेको कलम आज पनि निरन्तर अघि बढिरहेको छ ।

यसपटक केही महिनाका लागि स्वदेश आएको मौका पारेर साहित्यकार श्रेष्ठद्वारा केही ऐतिहासिक कार्यहरु भएको छ  । समाजसेवीको रुपमा समेत सक्रिय रहँदै आएकी गीतकार श्रेष्ठद्वारा विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीतहरु श्रेष्ठकै हस्तलिपीमा नेपालको ऐतिहासिक साहित्यिक मासिक पत्रिका ‘शारदा’ मा प्रकाशित गरिएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्व बल्लभ, साहित्यकार तथा पत्रकार बिमल भौकाजी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा लगायतका व्यक्तित्वले गीतकार श्रेष्ठका हस्तलिपीमा रहेका गीतहरु समावेश ‘शारदा’ मासिक लोकार्पण गरियो ।

‘शारदा’ मासिक पत्रिकाको कात्तिक अंकलाई सरला श्रेष्ठका गीतहरुको विशेषांकको रुपमा प्रकाशित गरिएको हो । कात्तिक ‌महिनाको ‘शारदा’ पत्रिकाको को वर्ष १०, अंक ७, पूर्णांक ११५ मा सरला श्रेष्ठका ५६ वटा गीतहरु गीतकारको हस्तलिपीमा प्रकाशित भएका छन् ।

‘समारोहमा ‘शारदा’ मासिक पत्रिकाका प्रधान सम्पादक विमल भौकाजीले नेपालमा एकल सर्जकको हस्तलिपीमा कुनै पनि पत्रिकामा विशेषांक प्रकाशन गरेको यो पहिलो पटक भएको बताए ।

समारोहलाई सम्बोधन गर्दै गीतकार सरला श्रेष्ठले ‘शारदा’ जस्तो ऐतिहासिक साहित्यिक पत्रिकामा आफ्नो हस्तलिपीमा एकल गीति विशेषांक प्रकाशित भएकोमा गौरवको क्षण महसुस गरिरहेको धारणा व्यक्त गरिन् ।

समारोहमा ‘शारदा’ मासिकमा प्रकाशित आफ्ना केही विशेष गीतहरु वाचन गर्दै गीतकार श्रेष्ठले विदेशमा रहँदा सधैं देशलाई शिरमा राखेर हिँडिरहेको बताइन् । गीतकार श्रेष्ठले आफ्नो शरीरमात्र विदेशमा रहेको, तर मन र मुटुसधैं स्वदेशमै रहेको बताइन् ।

समारोहमा ‘शारदा’ मासिक पत्रिमामा प्रकाशित एउटा यूगल गीत ‘ए मेरो मनको राजा’ को म्युजिक भिडियो समेत प्रीमियर गरिएको छ । गायक प्रमोद खरेल तथा गायिका अञ्जु पन्तको यूगल स्वरको यो गीतलाई कीर्ति न्यौपानेले संगीतबद्ध गरेका छन् । यो गीतको म्युजिक भिडियोको निर्देशन वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीले गरेका हुन् । कुलेखानी क्षेत्रका रमणीय लोकेशनमा छायांकन गरिएको भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री गरिमा शर्माको जोडीलाई चित्रण गरिएको छ ।

यो गीतको संगीत संयोजक पुरुषोत्तम सुवेदी हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ, मिक्सिङ तथा माष्टरिङ किशोर थापाले गरेका छन् । यो गीत ए वन म्यूजिसिएन स्टुडियोमा रेकर्ड गरिएको हो ।

मासिक पत्रिकाको लोकार्पण तथा म्युजिक भिडियोका प्रीमियर समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले गीत रचना गर्नु आफैंमा जटिल कार्य भएको बताउँदै गीतकार सरला श्रेष्ठको लेखन शैलीको प्रशंसा गरे ।  श्रेष्ठले गीत सार्वजनिक भएकोमा शुभकामना दिँदै आफू पनि लेखनमा रुचि राख्ने व्यक्ति भएको बताए ।

शारदा मासिक पत्रिकाका सम्पादक बिमल भौकाजीले श्रेष्ठका गीतहरुको समिक्षा गर्दै हरेक गीतको पछाडि एउटा कथा व्यक्त गर्न सक्नु गीतकारको शब्दमाथिको विजय भएको बताए । नेपालमा महिला गीतकारहरुको संख्या कम भएको बताउँदै भौकाजीले विदेशमा बसेर नेपाली गीत–संगीतमा निरन्तरता दिन सक्नु गीतकारश्रेष्ठको ठूलो खुबी भएको स्पष्ट पारे ।

गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले गीत–संगीतको क्षेत्रलाई लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए । उनले भने– ‘लगानी पनि सुनिश्चित गर्नुपर्छ भनेर हामी उद्यमीहरु संस्थागत हिसाबले उद्योगको रुपमा स्थापित हुनुपर्छ भनेर गीत सङ्गीतको क्षेत्रलाई अगाडि बढाइरहेका छौं ।’

समारोहमा गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, रोयल्टी संकलन समाजका महासचिव बि पाण्डे,  म्युजिक भिडियो निर्देशक कृष्णदेव रुपाखेती, कवि विश्व वल्लभसहितका वक्ताले गीतकार श्रेष्ठका गीतहरुको प्रशंसा गर्दै सफलताको शुभकामना दिए ।

शारदा मासिक तथा ए मेरो मनको राजा गीतको म्युजिक भिडियोका लोकार्पण समारोह गीतकार संघ नेपालको आयोजना तथा एसएस क्रिएसनको व्यवस्थापनमा सम्पन्न भएको हो ।

‘शारदा’ मासिक पत्रिकाका बारेमा

‘शारदा’ आधिकारिक रूपले नेपाली वाङ्मयको जेठो पत्रिका हो । सुब्बा ऋद्धिबहादुर मल्लले १९९१ सालमा यसको प्रथम प्रकाशन गरेका थिए । यसको दर्जा नम्बर ००१ हो । जबकि गोरखापत्र १९५८ देखि प्रकाशित भए पनि आधिकारिक रूपले यसको दर्ता ‘शारदा’ पछि मात्रै भयो । बालकृष्ण सम, देवकोटा, सिद्धिचरणलगायत बीपी, रिमाल, मल्ल दाजुभाइको साहित्यिक यात्रा ‘शारदा’ बाटै शुरू भएको हो । राणाकालीन अन्धकारको साम्राज्य भनिएको त्यो समयमा पनि शारदा एक्लैले नेपाली साहित्यको उत्थान खातिर काम गरेको त्यो इतिहास गर्वयोग्य छ ।

२०२० सालसम्म १८३ अंक छापिएपछि शारदाको यात्रामा बिराम लाग्यो । ४३ वर्षपश्चात् २०६३ मा पुनःस्थापित गरेर प्रकाशन थालियो । बीचमा केही समय अनियमित भए पनि ०७१ सालदेखि ०८० सालको कात्तिकसम्म एक अंक पनि नबिराई ११५ वटा अंक प्रकाशित भइसकेको छ । साहित्यिक विधाका कविता, कथा, गीत, गजल, मुक्तक, नियात्रालगायत अनुवादका विशेषाङ्कहरू समेत प्रकाशित गरिरहेको शारदाका सम्पादक तथा प्रकाशक कवि विमल भौकाजी हुन् ।

चलचित्र पत्रकार संघ नेपालको इलाम,झापा र मोरङ्गमा शाखा बिस्तार

मनोरञ्जन


काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालको झापा जिल्ला, इलाम जिल्ला र मोरङ्ग जिल्ला शाखा गठन भएको छ । संघको १० र ११ औँ र १२ औं शाखाको रूपमा यी शाखा गठन भएका हुन् । त्यसैगरी कोशी प्रदेशको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो।  तिन जिल्ला आयोजित भेलामा सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा तथा संघका सदस्य कुमार आचार्य लगाएको उपस्थित थिए । कार्यक्रम प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको हो।

इलाम शाखामा अतीत योङहाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सहसचिव तारा खाती र कोषाध्यक्षमा सरिता राई छनौट भएका छन् । सदस्यहरूमा एलिना गुरूङ, त्रिलोचन अधिकारी, शुसिल मोरोहाङ, सुनिल शङ्कर, केशव भट्टराई, मिलन मुखिया, उमेश लिम्बू, रोशन काफ्ले, सृष्टि कुरूम्बाङ रहेका छन् ।

भेलाले तीन सदस्यीय प्रदेश प्रतिनिधिसमेत छनौट गरेको छ । सोम सुनुवार, सृजना श्रेष्ठ र काकीराम लावती (आन्छुमे नसान) छनौट भएका छन् । पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । सल्लाहकार समितिमा सटेन्द्र जबेगु, विप्लव भट्टराई, बुद्धमाया सोङ्मी, केवल तामाङ र सुरेश पोर्तेल रहेका छन् ।

त्यस्तै झापा शाखाको अध्यक्षमा रमेश तिवारी चयन भएका छन् । १५ सदस्यीय छानिएको कार्यसमितीम समीर सुवेदी उपाध्यक्ष, सचिव एकराज प्रधान, सहसचिव सुरज प्रधान कोषाध्यक्ष शुभला तामाङ र सदस्यहरूमा सन्तोष न्यौपाने, उद्धव पुरी , निराजन निरौला, सुनिता तामांग, अस्मिता सांखी, दिपेन भेटवाल, सन्तोष शर्मा , अभिषेक धमला , नगेन्द्र नेपाल र रवि किरण वान्तवा रहेका छन् ।

चलचित्र पत्रकार संघ नेपालको मोरङ्ग शाखामा प्रेम देवानको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्ष हुसेन सेख,सचिव सन्तोष बास्तोला,सहसचिव निरोज मल्ल,कोषाध्यक्ष सरिता कर्माकार तथा सदस्यहरु अपरोज हवारी,कप्लेस यादव,एलिसा रायमाझी,दिपेश रोक्का,अफ्ताप अली चयन भएका छन्।

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको बिशेष साधारण सभाबाट अध्यक्ष सन्जु राईको टिम निर्बिरोध निर्वाचित भएको छ। कार्यसमितिमा बिरेन्द्र कुमार शाह उपाध्यक्ष,सुवास संकल्प सचिव,बिकल श्रेष्ठ सहसचिव,रश्मी थापा कोषाध्यक्ष र सदस्यहरु तुल्सी प्रसाद निरौला,निशान कंडेल,गोपाल काफ्ले, सोम सुनुवार,सृजना श्रेष्ठ,आन्छुमे नसान (लावती) निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिले अन्य केहि सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको छ।चलचित्र पत्रकार संघ नेपालको इलाम,झापा र मोरङ्गमा शाखा बिस्तार र कोशी प्रदेशमा नयाँ नेतृत्वको चयन

कलाकार शान्ति रानाको निवासमै पुगेर आर्थिक सहयोग

मनोरञ्जन


काठमाण्डौ - बरिष्ठ कलाकार एबम् चलचित्र कलाकार संघको सदस्य शान्ति राना लाई अमेरिकामा बसोवास गदै आएका अभिनेता किरण प्रताप के, सि ले चलचित्र निर्देशक रामशरण कोइराला मार्फत पठाएको रु ७,५०० मा चलचित्र निर्माण नियन्त्रक सुबाश राज काफ्ले ले रु, २,५०० थप गरि एकमुष्ट नगद रु १०,००० नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, निर्देशक रामशरण कोइराला, निर्माण निर्देशक सुवाश राज काफ्ले तथा केन्द्रिय कार्यसमिति सदस्य पवन के सि, राजु शाही सहितको टोलीले रानालाई शो रकम हस्तान्तरण गरेका छन् ।

गत शनिवार कलाकार शान्ति रानाको निवासमै पुगेर रकम हतान्तरण गरेको कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का ले जनाएका छन् ।

कलाकार शान्ति राना विगत केही समय देखि अस्वस्थ रहेकी छन् । कलकार संघका पदाधिकारी तथा सदस्यहरुले शो अवसरमा रानाको स्वास्थ्य अवस्थाका बारेमा समेत चासो राखेको थियो ।

 

लामाको निर्देशनमा “त्यो डाँडा पारी,यो डाँडा पारी” सार्वजानिक

मनोरञ्जन


काठमाण्डौ - खरका छाना र काठका बलोले सजिने गाउँका घरहरुको कथा, लहरा र छहराले बान्की परेका डाँडापखाहरुको कथा , सेतै फुलेका हिम श्रृंखलाहरु, चरचुङ्गीहरुको चिरविर्र आवाजहरु, मेची महाकालीको कथा, प्रकृतिको कथा, सुन्दरताको कथा अनि हाम्रो आफ्नै माटोको कथा बोकेको एउटा सुन्दर प्रस्तुती हरेको “त्यो डाँडा पारी,यो डाँडा पारी”बोलको गीतलाई अहिलेकी सर्वाधिक चर्चित तथा मिठो स्वरकी धनी गायिका अञ्जु पन्तको स्वरमा ओएसआर मार्फत सार्वजानिक भएको छ ।

मोलिक शब्द तथा संगीतको संयोजन रहेको उक्त गीतले प्राकृतिक सुन्दरता, ग्रामिण सहअस्तित्वका कुराहरुलई बिम्बित गरेका छ । देशको माटोको, प्रकृति छटाको, पहाडको, कन्दराको तथा मेची महाकालीको कथालाई वाचन गरेको छ । गीतकार सालु डिसीको शब्द रचना रहेको उक्त गीतलाई अहिलेका चर्चित संगीतकार राजेश कुमार श्रेष्ठले एरेन्ज तथा संगीत गरेका हुन । गीतको शब्द र संगीतको भाव अनुसार गीतलाई प्राण भर्ने काम गायिका पन्तले गरेकी छिन् ।

मोडल तथा संचारकर्मी समिर लामाको निर्देशन रहेको उक्त गीतको भिडियो निक्कै आकर्षक बनेको छ । लामाले गीतको भाव अनुसार नै कथा वाचन गर्ने प्रयत्न गरेका छन् । प्रकृतिक सुन्दरता, ग्रामिण परिवेश तथा जनजीवन एवं राष्ट्रिय भावलाई उत्कृष्ट तवरवाट प्रस्तुत गर्न खोजेका छन् । गीतको कोरियोग्राफर राहुल बराईली हुन् ।

अनिसा ओलीको आकर्षक अभिनय रहेको उक्त गीतमा मुकेश हुँमागाईको छायाँकन तथा विनोद बमको सम्पादन रहेको छ । “त्यो डाँडा पारी,यो डाँडा पारी” बोलको गीत मेलोडी नम्बर मन पराउनेहरुको लागी उत्कृष्ट गीत रहेको छ ।

गायक कन्हैया सिंह परियारको नयाँ गीत ‘आँखी झ्यालैमा‘ सार्वजानिक

मनोरञ्जन


काठमाडौं– चर्चित एबम् गायक तथा संगीतकार कन्हैया सिंह परियार करिव आठ महिनापछि आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘आँखी झ्यालैमा’ बोलको यो गीतका म्युजिक भिडियो गायक सिंहको ‘कन्हैया सिंह परियार’ यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतमा बिपिन आचार्यको शब्द, संगीत तथा संगीत संयोजन छ ।

अञ्जना गुरुङ तथा अपेक्षा गुरुङ निर्माता रहेको यो गीतको अडियो तथा भिडियो टिका गोपाल डिजिटल एम.क्रिएशन प्रा.लिले तयार पारेको हो । गीतको भिडियोमा बिपिन आचार्यकै कथा तथा निर्देशन छ । भिडियोमा गायक कन्हैया सिंह परियार, प्रेक्षा बानिया तथा सञ्जीव तामाङलाई फिचर गरिएको छ । विजय रुम्बा यो भिडियोका छायांकार तथा सम्पादक हुन् ।

भिडियोमा गायक परियारले अभिनय तथा नृत्यसमेत गरेका छन् । फरक गेटअपमा देखिएका गायक परियारलाई भिडियोमा अभिनय गरेको सुहाएको छ । गायक परियारले निर्देशक निर्देशक आचार्यको अनुरोधमा अलि पृथक भूमिकामा देखिएको बताएका छन् ।