काठमाण्डौ– संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ ।
कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा पत्रकार समेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले संगीत भरेका छन् । शिब परियार, बेनिसा पौडेल, बसन्त अर्यालको स्वरमा ती गीतहरु रेकर्ड भएका हुन् । डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् ।
जीवन पराजुली एबम् राजन खरेलको छायाङ्कन रहेको चिट्ठीलाई काठमाण्डौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीयस्थल छायाङ्कन गरिएको थियो । अच्यूत बजगाई, राजेश कुमार र माधव खरेल सम्पादन रहेको उक्त चलचित्रमा समिर मियाँको कलर तथा एनिमेसन रहेको छ । चलचित्रमा पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ । चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
काठमाडौं-चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा लघु चलचित्र ‘संघर्ष’ उत्कृष्ट भएको छ । विलक्षण क्रियसन प्रा.लि. र स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित चौथो सर्ट फिल्म फेस्टिबल तथा अवार्ड समारोहमा संघर्ष उत्कृष्ट भएको हो । अवार्ड समारोहमा सहभागी एक दर्जन भन्दा सर्ट फिल्मबाट संघर्ष उत्कृष्ट भएको हो ।
यस्तै चरित्र भूमिकामा उत्कृष्ट चरित्र अभिनेताको वार्ड चलचित्र संघर्षबाटै प्रेम पाण्डेले जितेका छन् । चलचित्र संघर्षबाटै उत्कृष्ट सम्पादकको अवार्ड शाहिल खानले हाँसिल गरेका छन् । ’
सो प्रतियोगितामा उत्कृष्ट अभिनेताको अवार्ड सर्छ फिल्म कहानी एकादेशकोबाट सागर लम्साल बलेले जितेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र प्रवासीको जीवनबाट अभिनेत्री सरिता लामिछानेले हाँसिल गरेकी छिन् ।
यस्तै उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड सर्ट फिल्म ए हिडन लाइफबाट राजन खरेल प्राप्त गरे भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र दुर्गमण्डुबाट माधव राज खरेलले हाँसिल गरेका छन् ।
सर्ट फिल्म अवार्ड २०२३ को निर्णायकमा अभिनेता आर्यन सिग्देल, अभिनेता बीरेन्द्र हमाल, अभिनेता तेज गिरी र चलचित्र निर्देशक दिनेश राउत थिए ।
काठमाण्डौ- लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज २५ गते एन प्लस प्रोफेशनल लक्की फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो । मोफसलमा रहेर पनि नेपाली सिनेजगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो ।े ‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने मूल नाराका साथ चितवनमा मोफसलबाट पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले आज अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ ।
काठमाडौँबाट आज मनोनयनमा पर्न सफल १० विधाको प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गरीएको हो । १० बिधा बाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका बिधामा अवार्ड प्रदान गरीनेछ । अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धका हरि कार्की लक्कीले अवार्डको आयोजना आगामी असोज २५ गते चितवन सिने प्लेक्स सिजि मल भरतपुरमा विशिष्ट चलचित्रकर्मीहरुको साथमा भव्य रुपमा कार्यक्रम आयोजना गरिने बताए । अवार्डको निर्णायक मण्डलमा वरिष्ट चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहेका छन् भने सदस्यहरुमा वरिष्ट रंग पत्रकार एवं गीतकार शान्तिप्रिय एवं वरिष्ट रंग पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर रहेका छन् ।
०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
उत्कृष्ट गायिका
१. सहिमा श्रेष्ठ ः दर्शन सलाम – छक्का पञ्जा ४
२. शान्तिश्री परियार ः आगो बिना – झिंगेदाउ
३. अस्मिता अधिकारी ः फुलको थुँगा – ए मेरो हजुर ४
४. प्रविशा अधिकारी ः हर युग होस् – प्रेमगीत ३
५. मेलिना राई ः माया जदौ – हिजो आजका कुरा
उत्कृष्ट गायक
१. डेवीड शंकर ः दर्शन सलाम – छक्का पञ्जा
२. रवि ओड ः अटल बाचा गरे – कृष्ण लीला
३. सुगम पोखरेल ः फुल्को थँुगा – ए मेरो हजुर ४
४. प्रताप दास ः हर युग होस् – प्रेम गीत ३
५. रामकृष्ण ढकाल ः माया जदौ – हिजो आजका कुरा
उत्कृष्ट संगीतकार
१. दीपक शर्मा ः दर्शन सलाम – छक्का पञ्जा ४
२. अर्जुन पोखरेल ः आगो बिना – झिंगेदाउ
३. एलिस कार्की ः हर युग होस् – प्रेम गीत ३
४. दीपक शर्मा ः माया जदौ – हिजो आजका कुरा
५. बाबुल गीरी ः सिरुपाते जुंगामा – छक्का पञ्जा ४
उत्कृष्ट लेखन
१. दिपकराज गिरी – छक्का पञ्जा ४
२. प्रदिप भट्टराई – महापुरुष
३. विकाश सुवेदी – प्रकाश
४. उपेन्द्र सुब्बा ÷ रामबाबु गुरुङ – कबड्डी ४
५. रिमेश अधिकारी ÷ कृष्ण आचार्य – नालापानी
उत्कृष्ट छायांकार
१. संजय लामा – ए मेरो हजुर ४
२. राजेश श्रेष्ठ – प्रकाश
३. राजेश श्रेष्ठ ÷ पुरुषोत्तम प्रधान – प्रेम गीत ३
४. नरेन्द्र मैनाली – छक्का पञ्जा ४
५. शैलेन्द्र डि कार्की – कबड्डी ४
उत्कृष्ट सम्पादक
१. विपिन मल्ल – नालापानी
२. जीवन थापा – प्रकाश
३. निमेश श्रेष्ठ – छक्का पञ्जा ४
४. निमेश श्रेष्ठ – कबड्डी ४
५. मित्र डी गुरुङ – झिंगेदाउ
उत्कृष्ट अभिनेत्री
१. केकी अधिकारी – झिंगेदाउ
२. बेनिशा हमाल – छक्का पञ्जा ४
३. आँचल शर्मा – झिंगेदाउ
४. सृष्टि श्रेष्ठ – राधा
५. स्वस्तिमा खड्का – चिसो मान्छे
उत्कृष्ट अभिनेता
१. प्रदिप खड्का – प्रकाश
२. हरिवंश आचार्य – महापुरुष
३. विपिन कार्की – फुलबारी
४. दयाह्याङ राई – कबड्डी ४
५. अनमोल केसी – ए मेरो हजुर ४
उत्कृष्ट निर्देशक
१. दिपाश्री निरौला – छक्का पञ्जा ४
२. दिनेश राउत – प्रकाश
३. रामबाबु गुरुङ – कबड्डी ४
४. ज्ञानेन्द्र देउजा – झिंगेदाउ
५. प्रदिप भट्टराई – महापुरुष
उत्कृष्ट चलचित्र
१. कबड्डी ४ – बासुरी फिल्म्स्
२. प्रकाश – बिनिश एन्टरटेन्टमेन्ट
३. झिंगेदाउ – कपनगढी सिनेमा / फिल्म क्रिउ नेपाल
४. महापुरुष – षटकोण आर्टस् प्रिजेन्टस्
५. छक्का पञ्जा ४ – आमा सरस्वती मुभिज
काठमाण्डौ - ४४ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंबाट यात्रा थालेको करीब ५० जना राइडरलाई पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत गरिएको छ । बुधबार बिहान ८ बजे नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीबाट फ्यालग अफ गरेर सुरुवात भएको बाइक टुर पर्सा राष्ट्रिय निकुञ्जमा अपरान्ह ४ बजे पुगेको हो ।
दिउँसो १ बजे मकावनपुरगढी आइपुगेको राइडरहरुलाई मकावनपुरगढी वडा नं २ का वडा अध्यक्ष बखानसिंह पाख्रिनले स्वागत गरेका थिए । मकावनपुरगढीका स्थानिय सरोकाहरुरसँग अन्तर्रक्रिया गर्दै राइडरहरु हेंटौडा हुँदै बारा ९पर्सा राष्ट्रिय निकुञ्ज० तर्फ निस्किएका थिए । पर्सा राष्ट्रिय निकुञ्जको जङ्गल सफारीसँगै राइडर स्वागत कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, नाटा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा, सबुज गणका प्रमुख सेनानी गणेशमान पन्त, होटल सघं बाराका अर्जुन लम्साल लगाएत स्थानिय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
करीब १००० किमि यात्रा र १५ वटा जिल्लाको पर्यटन प्रबर्द्धन सँगै स्थानिय तहमा भइराखेको पर्यटकिय गतिबिधिलाई नजिकबाट ध्ययेका साथ टुर सुरु गरिएको हो । कलाकार तथा मोडल सनम कठाएत, गायक डेभिड शंकर र मोडल कुशुम शर्मा समेत सहभागी टुरमा विभिन्न रमाइला कार्यक्रमहरु समेत समावेश गरिएको छ । राइडरहरुको टोली आज चितवनमा बास बस्दै, लुम्बिनी, बुटवल, पाल्पा, पोखरा हुँदै १५ गते काठमाडौं फर्किने छ ।
काठमाडौं-शिखर नेपाल प्रालिको आयोजनामा क्यानडामा हुने ‘चौथोे राष्ट्रिय शिखर कृषि अवार्ड –२०२३’ को बिभिन्न १० बिधामा टपटेन नोमिनेशन सार्वजनिक गरिएको छ । कृषि तथा व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले विभिन्न उत्पादनका सफल उद्यमीहरुलाई विगतदेखि नै पुरस्कृत गर्दै आएको शिखर नेपालले सन् २०२३ को चौथो अन्तर्राष्ट्रिय शिखर कृषि अवार्ड क्यानडामा प्रदान गर्न लागेको हो ।
शिखर नेपालले विभिन्न उत्पादनका सफल १० जना कृर्षकलाई क्यानडा लगेर त्यहाँ विशेष समारोहका साथ ‘चौथो अन्तर्राष्ट्रिय शिखर कृषि अवार्ड– २०२३’ दिने निर्णय गरेको छ । शिखर नेपालले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा त्यसबारे जानकारी गराएको हो । कृषि तथा व्यवसाय प्रवद्र्धनको लागि ‘शिखर नेपालको अन्तर्राष्ट्रिय अभियान कर्मशील कृर्षकहरुको सम्मान’ भन्ने उद्घोषका साथ कार्यक्रम तयारी गरिएको छ ।
क्यानडा लगेर अवार्ड दिनको लागि शिखर नेपालले अहिले विभिन्न प्रकृयाबाट उत्कृष्ट कृर्षक पहिचान गरिरहेको छ । कृषि मन्त्रालय तथा सम्बन्धित निकायका विज्ञहरुसँगको परामर्शमा विभिन्न उत्पादन क्षेत्रका १० जना उत्कृष्ट कृषक छनौट गर्ने कार्य भइरहेको शिखर नेपालका अध्यक्ष शेखर खनालले जानकारी दिनुभएको छ । ‘अहिले हामी उत्कृष्ट १० कृषक छनौट गर्ने प्रकृयामा छौँ’ उहाँले भन्नुभयो– छनौट भइसकेपछि उहाँलाई छिट्टै क्यानडा लगेर विशेष कार्यक्रम गरी अवार्ड बितरण गर्ने छौँ ।’
अध्यक्ष खनालका अनुसार पशुपालन, पन्छी पालन, फलफूल, उत्पादन, तरकारी उत्पादन, माछा तथा मौरी पालन, दुध उत्पादन ९डेरी०, नर्सरी तथा पुष्प व्यवसाय, कृषि वस्तु तथा आहार उत्पादन र कृषि सहकारी तथा एग्रो इको टुरिजम लगायतका क्षेत्र समेटेर अवार्ड दिन लागिएको छ ।
कार्यक्रममा वरिष्ठ कृषि इन्जिनियर डा। जीत चन्दले कृर्षकहरुलाई उत्पादनमा प्रोत्साहन गर्न शिखर नेपालले विगतदेखि नै विभिन्न कार्यक्रम संचालन गर्दै आएको स्मरण गराउँदै क्यानडामा गरिने अवार्ड कार्यक्रमले कृषकहरुलाई उत्साहित पार्ने बताउनुभयो । कृषि इन्जिनियर चन्दले ‘सरकारले गर्नुपर्ने कार्यक्रम शिखर नेपालले गर्न लागेको’ भन्दै खुशी व्यक्त गर्नुभयो । यसमा सरकारले समेत सहकार्य तथा सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।
अवार्डको छनौट निर्णायक मण्डलमा वरिष्ठ कृषि इन्जिनियर डा। जीत चन्द, कृषि वैज्ञानिक डा। शिवकुमार झा, वरिष्ठ पशु विज्ञ डा। रामकुमार कार्की, प्राविधिक विज्ञ रवि अर्याल र वरिष्ठ पत्रकार कृष्णप्रसाद भुसाल रहनुभएको छ ।
‘चौथो अन्तर्राष्ट्रिय शिखर कृषि अवार्ड– २०२३’ का लागि ३९२ ब्यवसायिक कृषि फार्मले कार्यक्रममा सहभागिताका लागि आवेदन दर्ता गरेकोमा प्रत्यक बिधामा गरि ९० टपटेनमा पर्न सफल फार्महरु यस प्रकार रहेका छन् ।
पशुपालन
आरुबोटे कृषि फार्म, बिनिता एग्रो, दनाइ गाई पालन फाम, लेकाली ब्यबसायिक बाख्रा पालन तथा दाना उधोग, एस.एस.जे।जे.एग्रा, शिव चौर पशुपन्छी तथा कृषि फार्म, सुर्खेत एग्रिकल्चर, बागमती गट्स एण्ड सिड्स, कैलाश क्याटल फुड ईन्डष्ट्रि, कामधेनु गाई फार्म ।
दुग्धजन्य पदार्थ (डेरी)
ब्ल्याक आर्किड एग्रो फार्म, हेम्जा गाई फार्म, श्री भागवती दुग्ध उत्पादक सहकारी संस्था लि।, गढी दुग्ध उत्पादक सहकारी संस्था लि, प्रसंसा कृषि तथा पशुपालन फार्म, भट्टराई गाई फार्म, सारदा श्रृजनशिल गाई फार्म, गोर्खाली गाई फार्म, माँहकाल डेरी उधोग ।
मत्स्य तथा मौरी उत्पादन
रेन्बो ट्राउट फार्म, गण्डकी ट्राउट फार्म, सुलभ मत्स्य प्रजनन केन्द्र, अन्नपुर्ण मत्स्य ह्याचरी तथा एकिकृत कृषि फार्म, सुर्य एग्रिकल्चर, बोधबन माछा फार्म, त्रिशुल मौरी पालन उधोग, शान्ति उन्नत पशुपालन तथा माछा फार्म, बिशाल इन्टिग्रेटेड इकोलोजिकल एग्रो टुरिजम प्रा.लि. ।
फलफुल उत्पादन
कालिञ्चोक मल्टि एग्रो, एग्रो मनाङ्ग, बनाना एग्रो रिर्सोट तथा रेस्टुरेन्ट, सप्तभूमि एग्रो फार्म तथा रिसर्च सेन्टर, गुठी चौर एग्रो प्रालि, काशिखण्ड ड्रागन एग्रिकल्चर फार्म, दधिपुर फलफुल तथा कृषि फार्म, मोक्तान मल्टि प्रपोज एग्रो फार्म, बदमाया कृषि तथा फलफुल फार्म ।
कृषि वस्तु तथा पशु आहार उत्पादन
सदबरिया कृषि सहकारी संस्था, चौधरी कृषि फार्म, किसान दाना उधोग, प्रोगेशिभ क्याटल फार्मिङ्ग, शिला भैरब कृषि तथा पशुपन्छी फार्म, हाइजिन प्रा.लि., खरेल कृषि तथा पशु फार्म, विश्वकर्मा कृषि तथा पशुपन्छी फार्म, श्री सुलजन कृषि तथा पशुपन्छी फार्म, आर.पि. एग्रो ।
पन्छिपालन
बाग्लुङग काली पोल्ट्री फार्म, दाउन्ने एग्रो फार्म प्रालि, कँडेल पोल्ट्री एण्ड एग्रो रिसर्च फार्म प्रालि, कालिका पोल्ट्री ब्लिडिङ्ग प्रा।लि।, कुशल पोल्ट्री एण्ड फार्म, रिभाश पोल्ट्री फार्म, देबचुली पोल्ट्री बिल्डिङ्ग, बि।एण्ड एस। ट्रेर्डस, बिदुर कुखुरा पालन उधोग ।
कृषि सहकारी तथा एग्रो इको टुरिजम
पाँचखाल टप अर्गानिक फुडल्यण्ड विथ होम स्टे, न्यु टेक फार्म हाउस, हाम्रो टप टाउन कृषि फार्म हाउस, मधुमल्ला एग्रो फार्म हाउस रिसोर्ट प्रालि, उर्लाबारी वारिष्ठ एकेडेमि, कुशवहा बिज भण्डार एण्ड सिड्स अर्गानिक फटिलाईजार प्रोडक्ट, राइनो कुञ्ज कृषि तथा सहकारी संस्था लिमिटेड, अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था, श्री जीवन साहरा कृषि सहकारी संस्था लिमिटेड, एभरेष्ट एग्रो टुरिजम एण्ड डेभलोपमेन्ट प्रा.लि. ।
नर्सरी तथा पुष्प व्यवशाय
आइरिस गार्डेन एण्ड एड्भरटाईजिङ्ग सर्भीस प्रा.लि., ब्लु ओशियन एग्रो फार्म, एभरेष्ट फ्लावर, कान्तिपुर नर्सरी, काठमाडौ नर्सरी, मोर्डन नर्सरी, माउण्टेन मल्टीप्रपोज प्रा.लि., नेपाल फ्लावर एण्ड डेकोर प्रा.लि.
तरकारी उप्पादन
प्रकाश गंगा एग्रो फार्म प्रा.लि., सहारा कृषि तथा पशुपंक्षी फार्म, एग्रो नारायणी फार्म, कालिका एग्रो फार्म प्रा.लि., धनेश्वर कृषि फार्म, हिमालयन गोरखा एग्रो फार्म प्रा.लि., हिमाली पोटाटो रिसर्च एण्ड डेभलोपमेन्ट सेन्टर, हिमाल एग्रो ।
काठमाडौं – काठमाडौं हुँदै मोफसल यात्रा सुरु गरेको टिम राजधानी बाहिरका विभिन्न शहरहरुमा दर्शकहरुसँग साक्षात्कार गरिरहेको छ यतिबेला। नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’ प्रदर्शन मितिको मुखैमा छ। निर्माण टिम यतिबेला धमाधम प्रचारप्रसारमा जुटिरहेको छ।
मोफसल यात्रामा नायक प्रकाश सपूत, नायिका केकी अधिकारी, निर्देशक नारायण रायमाझी लगायतको टिम हिडेको छ। निर्देशक रायमाझीसँग केकीको यो पहिलो सहकार्य हो। पहिलो सहकार्य निकै राम्रो भएको निर्देशक रायमाझीको अनुभव छ।
घरघरको अनि समाजको कथा नै ‘परदेशी २’ भएकोले यस्तो कथामा उपयुक्त पात्र केकी बाहेक अरु कुनै विकल्प नदेखेको निर्देशक रायमाझीले बताए। मोफसल प्रचारप्रसारको लागि नेपालगन्ज पुगेका रायमाझीले मिडियाकर्मीको कुराकानीमा कथा तयार भइसकेपछि कल्पनाको क्यारेक्टर केकी बाहेक अरु नभेटेको उनले जिकिर गरे।
त्यसो त, प्रकाश सपुतले पनि सिनेमामा राम्रो काम गरेको भन्दै रायमाझीले प्रशंसा गरे। प्रकाशको यो डेव्यू सिनेमा हो। गायन र म्युजिक भिडियो निर्देशनमा राम्रो जमेका प्रकाश सिनेमामा पनि राम्रै जम्ने अनुमान गरिएको छ।
सिनेमा आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउँदैछ। रमेश बिजीको सिनेमामा कथा रहेको छ। केकी र प्रकाशका अलावा दिलिप रायमाझी, वर्षा शिवाकोटी, रमा थपलिया, प्रशान्त तामाङ लगायतका कलाकारहरुको सिनेमामा अभिनय रहेको छ।
काठमाण्डौ - खप्तड क्षेत्रमा छायांकन गरिएको अर्को नयाँ म्युजिक भिडियो "तिम्रो सबै कुरा मन पर्छ" सार्वजनिक भएको छ । गायक बिशाल निरौला र रिज्योना कार्कीको आवाज रहेको उक्त गीतमा गायक निरौलाकै शब्द, संगीत र उहाँकै युट्युव मार्फत सार्वजनिक गरिएको दृश्यमा खप्तड अन्तर्गत रहेको उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको थियोे ।
खप्तडका अत्यान्तै मनमोहक दृश्यहरु कैद गरिएको उक्त म्युजिक भिडियोमा दृश्यमा खप्तड कार्यक्रमका अभियन्ता लोकपृय कलाकार मोडल सनम कठायत र हेमा थापालाई प्रेमिल जोडीको रुपमा देख्न सकिन्छ । दिपक गीरीको छायांकन, अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ ।
काठमाण्डौ-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्ष पदमा राहुल केसी निर्वाचित भएका छन् । सेप्टेम्बर २४ का दिन आइतबार भएको राष्ट्रिय अधिवेसनमा राहुल केसी अध्यक्ष लगायत वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार सहित १३ जनाको समितिको घोषणा गरिएको छ । इनास अमेरिकाका २०२१ – २०२३ का राष्ट्रिय महासचिव रहेका राहुल केसी २०२३-२०२५ का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त समितिमा वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार ,द्वय रिता श्रेष्ठ तथा अंकुश नेपाल उपाध्यक्षमा ,प्रकाश नेपाल महासचिव ,दिनेश कार्की कोषाध्यक्ष तथा सह( कोषाध्यक्षमा मनिष शर्मा निर्वाचित भएका छन् । यसै गरि कार्यकारी समितिको सदस्य तथा प्रवक्तामा गोपाल चन्द्र लामिछाने ,अनिल तिमिल्सिना ,अरुण कार्की ,गोपाल अधिकारी ,अमित लामा तथा बिश्व पौडेल समिति सदस्यमा निर्वाचित भएका छन् ।
यसी गरि विभिन्न राज्य समितिमा निर्वाचित भएका पदाधिकारीहरु समेतको सपथ ग्रहण गराईएको थियो । यसै गरि डा श्याम कार्की तथा मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्याललाई ईनास अमेरिकाको सल्लाहकारमा मनोनित गरिएको छ । त्यस्तै २०२३-२०२५ को लागि केन्टकी राज्य समितिमा गोपाल नेपाल फिस्टे अध्यक्ष ,मेरिल्याण्डको अध्यक्षमा पदमा लक्ष्मण पौडल ,भर्जिनियाको अध्यक्ष पदमा अर्जुन घिमिरे निर्वाचित भएका छन् । इनास अमेरिकाले प्रेम राजा महत,अनु वन्त ,सुवोध विलास पन्थ ,कन्हैया सिंह तथा सृजन ताम्राकारलाई संरक्षकमा मनोनित गरेको छ ।
कार्यक्रम दिउसो २ बजे देखि सुरु भएको उक्त कार्यक्रममा दुवै राष्ट्रको राष्ट्रगान बजाईएको थियो । प्रमुख अतिथि तथा इनास बिश्व९ग्लोबल०कि उपाध्यक्ष सबु गदाल कार्कीतथा मेरिल्याण्डका नेपाली मूलका बिधान सभा सदस्य डा ह्यारी भण्डारीले पानसमा बत्ति बालि राष्ट्रिय अधिवेसन सुरु गरेका थिए । इनासका क्षेत्रीय संयोजक आनन्दु लामाले इनास बारेमा बोलेका थिए भने मेरिल्याण्ड राज्यका इनास अध्यक्ष सृजन ताम्रकारले सबै मिलेर काम गर्नु पर्ने कुरामा जोड दिए। अधिवॆशनमा गायिका प्रविशा अधिकारी,रजतपट अङ्कल प्रकाश सुबेदी, गायक तुलसी पराजुली तथा नायक रमेश उप्रेतीलाई बिशेष सम्मान गरिएको थियो । कन्हैया सिंह परियारले २०२१-२०२३ को समितिलाई बिघटन गर्दै आफ्नो कार्यकालमा इनास बिश्व (ग्लोबल)लाई नृत्य प्रतियोगितामा आर्थिक सहयोग गरेको चर्चा गरेका थिए । त्यस्तै इनास अमेरिका पूर्व पदाधिकारी कृष्ण श्रेष्ठले अमेरिकामा स्थापनाको कुरा जोडेका थिए । त्यसै बीच माधवी भण्डारीको सांगीतिक प्रस्तुति रहेको थियो ।
इनास बिश्व(ग्लोबल) कि उपाध्यक्ष सबु गदाल कार्कीले सबैलाई सपथ ग्रहण गराएकी थिइन् । मेरिल्याण्डका सभासद डा ह्यारी भण्डारीले आफू सांसद भएकोले मेरिल्याण्ड राज्यमा नेपाली समुदायको लागि दशैँमा बिदा दिलाउन सकेकोमा गर्व गर्दै थुप्रै कुराहरु राज्यबाट लिन सकिने बताए । रजतपट अङ्कल प्रकाश सुबेदीले सम्मानित भएकोमा हर्षित भएको भन्दै नयाँ समितिलाई बधाई तथा शुभकामना दिए । उनले अमेरिकामा आफूलाई अमेरिकामा नभई नेपालमै भएको जस्तो लागेको बताए । त्यसै गरि शुभकामना दिनेहरुमा स्थानीय छाता संगठन बानाका अध्यक्ष सुबोध पन्थ ,एनआरएनए मेरिल्याण्डका अध्यक्ष कूल गुरुङ ,मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्यालले शुभकामना सहित आफ्ना मन्तब्य राखेका थिए ।
प्रमुख अतिथि तथा इनास बिश्व(ग्लोबल)कि उपाध्यक्ष सबु गदाल कार्कीले छोटकरीमा इनासको परिचय दिएकी थिइन् । उनले मन्तब्य राख्दै कला र साहित्यलाई बिस्व भर कसरी बिस्तार गर्ने भन्ने कुरामा आफ्नो ध्येय रहेको बताइन । इनासमा अनुशासनमा रहनु पर्ने कुरामा जोड दिदै अनुसासन बाहिर गए हामीले नजिकबाट हेर्ने समेत जनाइन । इनासको सपना भनेको नेपालमा एउटा आफ्नै घर बनाउने इच्छा रहेको बताइन । औपचारिक कार्यक्रम सुरु अगाडी लक्ष्मण पौडेल लगायत सांगीतिक टोलीले बाध्य वादन प्रस्तुति गरेका थिए भने महासचिव राहुल केसीले कार्यक्रम संचालन गरेका थिए । अन्तमा नाचगान सहितको रमाइलो तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । गायिका प्रविशा अधिकारी तथा गायक तुलसी पराजुलीले केही हरफ आफ्ना चचित गीत बिना संगीत प्रस्तुत गरेका थिए ।
काठमाण्डौ– सुगम संगीतका सदाबहार मोडल/ कलाकार सनम कठायतकी सुपुत्री श्रीनिधीको अन्नप्राशन कार्यक्रममा भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रका विभिन्न प्रतिष्ठित अग्रज देखि अनुज पुस्ताका प्रभावशाली व्यक्तित्वहरुको गरिमामय उपस्थितीले कार्यक्रमको माहोल निकै मनमोहक देखिन्थ्यो ।
स्वास्थ्यकर्मी समेत रहेका सफल कलाकार सनम र बैंकर अस्मिता खनालको पहिलो सन्तानको रुपमा बैशाख १३ गते जन्मिएकि श्रीनिधी कठायतको आगमनले जीवन अझै सुन्दर बनेको बताए कठायत दम्पतीले। सनमले उपस्थित सम्पूर्ण अतिथीज्युहरुको समय अनि सद्भावको लाग हार्दिक धन्यवाद सहित यस्तै माया र आशिर्वादका लागि कृतज्ञ रहेको बताए ।
निमन्त्रणालाई स्विकार्दै आतिथ्यता ग्रहण गरिदिनु हुनेहरुमा पुर्व मन्त्री मा. गगन थापा , पुर्व मन्त्री मा. प्रेम ब. आले , पुर्व मन्त्री दल ब . राना , नेपाल प्रहरीका AIGP टेक तामाङ , SSP विश्व अधिकारी लगायत करिव दुई दर्जन बढी प्रहरी अधिकारीहरु, नेपाल सरकारका विभिन्न कार्यलयहरुमा कार्यरत दर्जन बढी अधिकृतहरु, त्रिभुवन विश्व विद्यालयका प्रा. प्रदिप कु. शाह, NIC Asia बैंकका ACEO जयेन्द्र रावल लगायत विभिन्न बैंकका पदाधिकारीहरु, प्रसिद्ध कलाकार निर्मल शर्मा, राज कुमार बगर, सन्तोष श्रेष्ठ , दिपक शर्मा , निर्देशक माधव खरेल लगायत दर्जनौं कलाकारहरु , युवा नेतृत्व भुपेन्द्र शाही , टेक बम लगायत दर्जनौं राजनीतिकर्मी , युवा व्यवसायी पुष्कर ओझा, अधिवक्ता मनिष श्रेष्ठ, गीतकार विरेन्द्र बलामी , समाजसेवी उमादेवी बस्नेत ,ट्याक्सीमाण्डौका CEO अर्जुन केसी , म्युजिक भिडियो कलाकार संघका अध्यक्ष कलाकार सम्झना बुढाथोकी , गोरखापत्र संस्थानका प्रवन्ध निर्देशक लाल ऎरी लगायत दर्जनौं संचारकर्मीहरु लगायत सयौं विशेष व्यक्तित्वहरुको उपस्तिथि रहेको थियोे ।
छोटो समयमा निर्धारित कार्यक्रम भएका कारण आफ्ना अन्य धेरै सुभेछुक महानुभावहरुलाई यो पटक समेट्न असमर्थ भएकोले मोडल सनमले क्षमा समेत मागेका छ।

काठमण्डौ– नेपाली साँगीतिक आकाशका लोकप्रिय साङ्गीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङको नामबाट ३ वाषर्् अगाडी स्थापना भएको ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ यसबर्ष अग्रज तथा बरिष्ठ सारंगी बादक कृष्ण बहादुर गन्धर्वलाई प्रदान गरिने भएको छ । असोज ६ गते शनिबार राजधानीमा टिका गोपाल एम्। क्रियशनका अध्यक्ष गीता सिंहको अध्यक्षतामा बसेको बैठकले पुराना संगीतकर्मी अग्रज तथा बरिष्ठ सारंगी बाद्यबाधक गन्धर्वलाई ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८०’ बाट पुरस्कृत गर्न लागिएको कुरा कीर्तिमानी सङ्गीतकार तथा पुरस्कार समारोहका संयोजक सन्तोष श्रेष्ठले जानकारी गराएका छन् ।
नेपाली लोकगीत तथा सुगम संगीतमा आफ्नो सम्पुर्ण जीवनलाई समर्पण गर्नु भएका संगीतकर्मी एबम् अग्रज तथा बरिष्ठ सारंगी बाद्यबाधक कृष्ण बहादुर गन्धर्व नेपाली लोकगीत संगीत एवम् सुगम सङ्गीतको विकासमा अनवरत रुपमा योगदान दिँदै आएका प्रसिद्ध व्यक्तित्व हुन् । गन्धर्वलार्ई नगद रू। ५१ हजार सहित सम्मान पत्र प्रदान गरिने कुरा समेत कार्यक्रमका संयोजक एवं सङ्गीतकार सन्तोष श्रेष्ठले बताए ।
कन्हैया सिंह परियार नेपाली गीत सङ्गीतको क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशिल गायक एवम् सङ्गीतकारको रूपमा परिचित छन् भने अञ्जना गुरुङ नेपाली सुगम संगीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरको रुपमा रहेकी गायिका हुन् । नेपाली साङ्गीतिक आकाशमा आदर्श जोडीको छवि बनाएको यस जोडीले विगतका वर्षहरुदेखी निरन्तर रुपमा नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका एक जना सङ्गीतकर्मीलाई नगद राशी सहित सम्मान गर्दै आएको छ ।
यसअघि बरिष्ठ लोकगायिका चन्द्रकला शाह र बरिष्ठ गीतकार विश्व बल्लभ नेपालीलाई ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट पुरस्कृत गरिसकिएको छ । भने यस वर्ष यो पुरस्कारवाट संगीतकर्मी एवम् अग्रज तथा बरिष्ठ सारंगी बाद्यबाधक कृष्ण बहादुर गन्धर्वलाई पुरस्कृत गर्न लागिएको हो । यस अघि पुरस्कृत हुने ब्यक्तित्वहरु स्वतः ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिको सल्लाहकार समेत रहने प्रबधान रहेको समितिका सदस्य सचीव चलचित्र निर्देशक माधब राज खरेलले बताए ।
टिका गोपाल एम्। क्रियशनको आयोजना रहने ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिमा बरिष्ठ सल्लाहकारका रुपमा बिशिष्ठ संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा परिषद्का उपकुलपति शम्भुजित बासकोटा, सल्लाहकारहरुमा विशिष्ठ लोकगायिका चन्द्रकला शाह, विशिष्ठ गीतकार विश्व बल्लभ रहेका छन् भने अफिसियल उद्घोषक बरिष्ठ रेडियोकर्मी हेम सुवेदी एबम् समचार संयोजकमा बरिष्ठ संचारकर्मी कृष्ण भट्टराई रहेका छन् । त्यसैगरी ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’को आयोजक समितिमा अध्यक्ष गीता सिंह, कार्यक्रमका संयोजक चलर्चित संगीतका सन्तोष श्रेष्ठ, सदस्य सचीव चलचित्र निर्देशक माधब राज खरेल सदस्यहरु मोडल अपेक्षा सिंह, अनुप सिंह बागदास, निर्देशक हेम प्रभाष, संचारकर्मी कमला जोशी, श्रृजना श्रेष्ठ र अनुगीत सिंह बागदास लगायतका रहेका छन् ।