काठमाडौं- ¥याप गीतमा आधारित रियालिटी सो ‘¥याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो । हिपहप र ‘¥याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरिएको निर्देशक आदित्यविक्रम अछामीले बताउनुभयो । ‘हामीले हिपहप र ‘¥याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शो को आयोजना गरेका छौं । पहिलो शो बाटै हामी धेरै उत्साहित भएका छौं’, निर्देशक अछामीले भन्नुभयो । अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेती (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुग्नुभएको छ । उहाँहरूमध्ये असार–
२ गते हुने अन्तिम प्रतिस्पर्धामा एकजना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेतीले जानकारी गराउनुभयो । यो प्रतियोगिता नयाँ पुस्ताहरूमा लोकप्रिय रहेकाले आयोजक टोली उत्साहित हुँदै यस कार्यक्रमको सिजन–२ छिट्टै आउने ग्रीन मन्की फिल्मस् प्रा.लि.का सिइओ सुरेश कुसवारले बताउनुभयो दिनुभयो । यो कार्यक्रमले नयाँ प्रतिभालाई प्लेट्फर्म दिँदा नयाँ–नयाँ प्रतिभाले पनि अवसर पाएको कार्यक्रमका कृएटिभ हेड अबिरल विष्टको भनाइ थियो । कार्यक्रमका अर्का निर्माता विनोद पोख्रेलका अनुसार यो प्रतियोगितमा भोटिङको आधारमा विजेता घोषणा गरिने छ ।
प्रतियोगितको भोटिङ पार्टनरमा ओएसआर डिजिटल, टिकट पाटनरमा माइपे र फोटोग्राफी पाटनरमा फोटो फेशन स्टुडियो रहेका छन् । करिब चार महिना चलेको यो कार्यक्रमलाई बिबी एयरबेजले मुख्य प्रायोजन गरेको छ भने स्पेश फोरके टिभीमा नियमित प्रसारण हुँदै आएको छ । यो प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा देख्न सकिन्छ । प्रतियोगितको निर्णयकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) रहनुभएको छ ।
काठमाडौँ — जेष्ठ २४, २०८०।
शनिबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ‘मिस्टर एन्ड मिस एसईई फेसनिस्टा २०२३’ को फाईनल प्रतिस्पर्धा सम्पन्न भएको छ। द राईजिङ क्रियसनको आयोजनामा सम्पन्न प्रतियोगिताको शिर्ष ताज समिन तामाङ (मिस्टरतर्फ) र डोल्मा तामाङ (मिसतर्फ) ले पहिरिएका छन् ।

अन्य प्रतियोगीहरुलाई पछि पार्दै समिन र डोल्माले प्रतियोगिताको शिर्ष उपाधि चुमेका छन् । विजेताद्वयले विभिन्न आकर्षक गिफ्ट ह्याम्परसँगै उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति लगायत विभिन्न मोडलिङ सम्वद्द क्षेत्रहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरहरु प्राप्त गरेका छन् ।
शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा बिबेक राई र अरिष्मा महर्जन फस्ट रनरअप, करिना गिरी सेकेन्ड रनरअप र कृतिका झा थर्ड रनरअप घोषित भए । सबै विजेताले विभिन्न विभिन्न गिफ्ट र उपहारसमेत हात परेका छन् । त्यस्तै कबिता घले अर्गनाईजर चोईस र पुजा तामाङ ब्राण्ड एम्बासडर घोषित भए ।

प्रनिमा दाहालले संचालन गरेको प्रतियोगिताको केरियोग्राफी आर्शु महर्जनले गरेका थिए । प्रतियोगिताको को-अर्डिनेटर उर्गेन घलान र मेन्टर सुमन घलान रहेका थिए।
एसईई दिएर बसेका छात्रछात्राहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता आफूले सोचेभन्दा उत्कृष्ट तवरले सम्पन्न भएको र अब लगत्तै 'टीन एजर' सम्वद्द अर्को प्रतियोगिता आयोजनाको तयारीमा रहेको आयोजक संस्थाका सिईओ सागर मगरले जनाए ।
काठमाडौँ — जेष्ठ २४, २०८०।
'मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२३' को शिर्ष उपाधि सज्ञान ओझा र आर्या गौतमले जितेका छन् । एभरेष्ट ईभेन्ट्सको आयोजनामा अवेर साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा अत्यन्तै रोमान्चक प्रतिस्पर्धासंगै सम्पन्न 'मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२३' को फाइनल प्रतिस्पर्धामा आफ्ना अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सज्ञान र आर्याले बिजेताको ताज पहिरिए ।
प्रतियोगितामा लाजिमा लिम्बु र अनुज कटुवाल फर्स्ट रनर अप, खुबी श्रेष्ठ र टासि शेर्पा सेकेन्ड रनर अप तथा खुशी कार्की र अनिश खड्का थर्ड रनर अप छनौट भए । त्यस्तै एन्जेल शेर्पा फोर्थ रनर अप चयन भएकी थिइन् ।

रोजिन शाक्यले संचालन गर्नुभएको उक्त कार्यक्रममा आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको थियो। बिधागत तर्फ कृतिका प्रधान र रुस्तम रोक्का प्रतियोगिताको ब्राण्ड एम्बेसडर तथा सिफाली महर्जन र सृजल श्रेष्ठ अर्गनाइजर च्वाइस घोषित भएका थिए । ब्युटी विथ ब्रेनको अवार्ड शुवानी श्रेष्ठ हात पारिन् ।
रन्जु ठकुरी स्टेला प्रोफेसनलको ब्रान्ड एम्बेसेडर छनौट भइन् भने बेदान्त नरसिंह राणा र रिद्धिमा महर्जन आरुप्स डिजाइनका लागि ब्रान्ड एम्बेसडर नियुक्त भए । यसैगरी एन्जेल शेर्पा, रिद्धिमा श्रेष्ठ र सृजल श्रेष्ठले पपुलर विधाको अवार्ड जित्न सफल भए भने जेनी श्रेष्ठ र ओम थिङले भ्युअर च्वाइस विधाको अवार्ड हात पारे।

यस वर्षको एसएलसी परिक्षा दिएर बसेका परिक्षार्थीहरुबीच खाली रहेको समय मोडलिङ संगसगै उनीहरुको व्याक्तित्व बिकास, आत्मविश्वास अभिवृद्दि तथा उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने हेतुले 'मिस्टर एण्ड मिस एसईई सुपर मोडल' को आयोजना गरेको र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाका सिईओ कृष्ण श्रेष्ठले जनाए।
काठमाण्डौ– पिम नेपाल चलचित्र महोत्सव २०२२ को लागि आवेदन खुल्ला गरिएको छ । यहि असार १३ देखी १५ गते सम्म काठमाण्डौमा आयोजना हुन गईरहेको पाँचौ संस्करणको फिल्म फेष्टिवलका आवेदन खुला गरिएको आयोजक समितिले बताएका छन् । चलचित्र, बृत्तचित्र तथा लघुचलचित्र लगायतले विभिन्न विधामा आवेदन फारम भर्न सक्ने छन् । आवेदन दिने अन्तिम मिति २०८० को असार असार ७ गते सम्म रहेको आयोजक समितिको अध्यक्ष कमला जोशीले वताईन ।
नेपालमा बोलिने विभिन्न भाषामा बनेका चलचित्र, बृत्तचित्र र लघुचलचित्रले महोत्सवमा सहभागिता जनाउन पाउने भएका छन् । नेपाली चलचित्र, कला संस्कृति तथा पर्यटन प्रवद्र्धन तथा सम्वद्र्धनको गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले यस महोत्सवको सुरुवात गरेको हो । हाल संस्थाले पाँचौ संस्करणको कार्यक्रमको आयोजना गर्न गईरहेको संस्थाका अध्यक्ष माधब राज खरेलले वताए ।
पिम नेपाल चलचित्र महोत्सवमा नेपाली चलचित्र एवं विभिन्न भाषाभाषीका चलचित्रहरुतर्फ निर्देशक, लेखक, नायक/ नायिकाको लगायतको प्रतिष्प्रधा हुनेछ भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार, सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिष्प्रधा हुनेछ जसमा निर्देशक, लेखक ,स्वरांकन, छाँयांकार लगायतका रहनेछन् । त्यस्तै लघु चलचित्र तर्फ निर्देशक र नायक / नायिकाको प्रतिष्प्रधा हुने र विजेतालाई अवार्ड समेत प्रदान गरिने आयोजकले वताएको छ । कार्यक्रममा चलचित्र कलकार तथा श्रमिक संगठन, एरा प्रोडक्सन, राष्ट्रिय लोक सांस्कृतिक संघ, पावर न्यूज मासिक, नेशनल पावर न्यूज डट कम लगायतका विभिन्न संघ संस्थाहरुको संलग्नता रहने बताईएको छ ।
लखनऊ—जेष्ठ १५, २०८०।
भारतमा चार नेपाली 'भारत गौरव सम्मान, २०२३' बाट सम्मानित भएका छन। सम्मानित हुनेहरुमा पत्रकार सरोज ओझा, समाजसेवी सुशिला थापा र कलाकारद्वय नितु कोईराला र बिनोद ढकाल रहेका छन। उनीहरुलाई विश्व मानव अधिकार परिषदले उक्त सम्मानबाट विभुषित गरेको हो। जेष्ठ १४ गते लखनऊ स्थित उर्दु एकेडेमी सभाहलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य एवं नेपाललगायत बिभिन्न मुलुकका नागरिकहरुलाई सम्मान प्रदान गरिएको थियो।

सो अवसरमा उच्च प्रहरी अधिकारी, सामाजिक अभियान्ता, पत्रकार, कलाकार, चिकित्सक लगायतलाई मेडल, प्रमाणपत्र एवं ट्रफीबाट सम्मानित गरियो। जसमा कास्मीरका आईजिपी कार्फ एम.एस भाटिया, आईपिएस डि.आई.जी सभाराज, सुजित कुमार सिंह, आईपिएस अफिसरहरु सिमआ नावी, तनुश्रीलाई लाईफटाईम एचिवमेन्ट अवार्ड समर्पण गरिएको थियो।
भारतमा प्रसिद्दि कमाएका टिभी आर्टिस्ट रेखा शर्मा, सामाजिक अभियान्ता एवं कलाकार ममता राजपुत, टप न्युजकी निधी सिंहलगयतले उक्त अवार्ड प्राप्त गरेका छन। विश्व मानवाधिकार परिषदका अध्यक्ष डा. एम. आर. अन्सारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनवासल हक, राम अकवाल, बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो।
काठमाण्डौ – पछिल्लो युवा पुस्तामा निक्कै रुचाइएकी गायिका सुजाता केसी, दिल दुखेको दवाइको सांगितीक सफलता पछि हालै धन सम्पती लिएर आएकि छन् । सुमधुर आवाजकी धनी गायिकाका यस अघि पनि दर्जनौ गीतहरु नेपाली सांगीतीक बजारमा चर्चाको शिखरमा रहेका छन् । गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द संगीत रहेको छ भने गायिका केसी संगै गायनमा पनि पोखरेलले स्वर दिएका छन् ।
माधव शर्माको निर्देशन रहेको भिडियोमा उषा उप्रेती र रोशन केसीको अभिनय देख्न सकिन्छ । सुजाता केसी युटुव च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोको सम्पादन विकाश ज्ञावालीले गरेका छन् भने नरेश उप्रेतीको छायाँकन रहेको छ ।
विगत लामो समय देखी चलचित्र र सुगम संगीतको गीति गायनको क्षेत्रमा सक्रिय रहेकी गायिका सुजता केसीका गीतहरु जस्तै “ तिम्रो हुने कहिले, मेरो बोली सुन्दा, क्या बबाल, बाजा बजाउँदै, ओई कान्छी, कुरा सिधा छ, बतास बनी, लेहेङ्गा हरर, जाल बुन्यो माकुरीले, राती राती फोन गर्ने, पान मिठो चुनाले लगायत दर्जनौ गीतहरुलाई श्रोताको मन मस्तिष्कमा बस्न सफल भईसकेका छन् । कला संस्कृतिलाई निकै नै माया गर्ने गायिका सुजता केसीले समय सान्दर्भिक गीतहरु दर्शक श्रोता माझ पस्कने कारण नै उनि समाजमा निकै लोकप्रिय बनेकी छन् ।
काठमाण्डौ - चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा २१औं चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रथम रंगीन नेपाली फिल्मकी अभिनेत्री चैत्य देवी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र संघका पूर्व अध्यक्ष विदुर गिरीसहितले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
२५ वर्षभन्दा लामो समयदेखि कला पत्रकारितामा सक्रिय रहेको भन्दै शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८०’, तुलसी गिरी ‘भावुक’ र श्रीराम सिग्देललाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८०’, कुबेर डंगोल र दीपज्योति थापालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ र सृष्टि पोखरेललाई एक थान ल्यापटपसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८०’ र रवि अधिकारीलाई २५ हजार राशीको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरियो ।
त्यस्तै, अघिल्लो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा संघका निर्वतमान अध्यक्ष दिनेश दिनेश सिटौलालाई धन्यवाद पत्र प्रदान गरिँदा मनोज केसी, ज्ञानु राई, रश्मी थापा र निरज पन्थीलाई कदर पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा संघले ६० वर्ष पूरा गरेका पत्रकारलाई मासिक चार हजार रुपैयाँ पेशागत सुरक्षा भत्ता प्रदान गर्ने कार्यको पनि थालनी गरेको छ । यो भत्ता प्राप्त गर्ने विजयरत्न तुलाधर पहिलो कला पत्रकार बनेका छन् । उनलाई संघका अध्यक्ष बलामीले बैशाख र जेठ महिनाको गरी आठ हजार भत्ता प्रदान गरे ।
कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले फिल्मको समग्र पाटोलाई पत्रकारिताले समेट्ने भएकाले राज्यदेखि फिल्मकर्मी सबैले माया गर्नुपर्ने धारणा राखे । उनले भने, ‘फिल्ममा कलाकारको अभिनय कस्तो छ, फिल्मले के भन्न खोजेको छ, फिल्म हेर्ने कि नहेर्ने भन्ने धेरै कुरा पत्रकारिताबाट आउने भएकाले यसलाई सबैले माया गर्नुपर्छ ।’ नेपाली फिल्मलाई विश्वमा नै फरक पहिचान दिलाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष विदुर गिरी, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्माता संघका अध्यक्ष नवल खड्का,निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान,निर्माता तथा वितरक गोपाल कायस्थ, अभिनेता तथा निर्माता दीपकराज गिरी, निर्देशक माधव राज खरेल, शोभित बस्नेत, निर्माता सुनिल कुमार थापालगायतको उपस्थिति रहेको थियो । संघले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।
काठमाण्डौ – नेपालको सुदूर पश्चिम क्षेत्रमा बसोबास भई अमेरिकाको केन्टकीमा रहनु भयका सम्पूर्ण सुदूर पश्चिमबासी नेपालीहरुको भाषा, सस्कृति, परम्परा, कलाको संरक्षण र संवर्धन गर्ने, नेपालीहरुबीच आपसी भाइचाराको सम्बन्ध स्थापित गरि सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक उन्नति गर्न र समाजलाई एकताबद्द बनाई समाज विकास गर्ने गरी आउदो पुस्तामा नेपालीपन हस्तान्तरण गर्ने प्रमुख लक्ष्य रहेको सुदूर पश्चिम समाज Lexington केन्टकीको दोस्रो साधारण सभा मिति २०२३ मे २० शनिबारका दिन सम्पन्न भयको छ। उद्दव राज उप्रेतीको सभापतित्वमा सम्पन्न भयको साधारण सभाको संचालन मानब शाहले गरेका थिय भने सम्पूर्ण उपस्थित सुदूर पश्चिम बासी महानुभावहरुलाई चुडामणि अवस्थीले स्वागत मन्तब्य राखेका थिय।
सुदूर पश्चिम समाजका अध्यक्ष उद्दव राज उप्रेतीले समाजको प्रगति बिबरण पेश गरेको सभामा समाजको आर्थिक बिबरण समाजका कोषाध्यक्ष बिपिन पन्तले प्रस्तुत गरेका थिय। समाजका सचिव मानब शाहले प्रस्तुत गरेको “सुदूर पश्चिम समाज गठन, संचालन र संरक्षण कार्यविधि २०२३” लाई दोस्रो साधारण सभाले पास गरेको थियो। सो सभाको अतिथिमा रामचन्द्र जोशी, भागरथी पन्त, डम्बर बहादुर खडका, अमर महर, केशब दत्त जोशी, ईश्वरी जोशी र गौरी देबी बिष्ट हुनुहुन्थ्यो। समाजले सुदूर पश्चिम समाजको दोस्रो साधारण सभाकोलागी सहयोग गर्ने पारश खडका, दिपेन्द्र कुँवर, प्रकास पाण्डेय, जनक जोशी, नरेन्द्र पन्त, धवल सिंह ठगुन्ना, दिवाकर भट्ट, चुडामणि अवस्थी, जनक उपाध्याय, उमेश भट्ट लगायत महानुभावहरुलाई सम्मान गरेको थियो। दोस्रो साधारण सभाले तपशिल बमोजिमको नयाँ कार्यसमिति, सल्लाहकार समिति र युवा उपसमिति चयन गर्दै उल्लाहसमय वातावरणमा देउडा खेल्दै सम्पन्न भयको थियो। सम्पूर्णलाई बधाई तथा शुभकामना।
नयाँ कार्यसमिति यस प्रकार रहेको छ।
अध्यक्ष – उद्दव राज उप्रेती
उपाध्यक्ष – मानब शाह महिला
उपाध्यक्ष- बसन्ती बिष्ट
सचिव – सुरेन्द्र सिंह ऎर
सह सचिव – निरज शर्मा
कोषाध्यक्ष – सुजन सिंह ऎर
सदस्य – नारायण भट्ट, जगत तिरुवा, लोकेन्द्र कुँवर, संजिव मार्कन्ड, शोभा बुढा, अशोक परियार र अर्चना शाही
सलाहकार समिति संयोजक – चुडामणि अवस्थी
सदस्य – रेखा जोशी र नरेन्द्र कलौनी
युवा उपसमिति – संयोजक – प्रकाश थापा
सदस्यहरु- प्रयाग बि क, निर्मल गिरि, इन्द्रदेव भट्ट, बसन्ती जोशी र दिपेश कठायत
काठमाडौं - संगीतकार दीपक शर्माले आफ्नो संगीतमा एक करोड भन्दा माथि भ्युज पाएका चलचित्र गीतहरुको सँग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक गरेका छन् ।आईतबार काठमाडौंमा एक समारोहबीच बरिष्ट गीतकारहरु राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक आफैंले यो गीतिसँग्रहको बिमोचन गरे ।
दीपक शर्माले संगीत गरेका ६ वटा चलचित्रका एक करोड भन्दा बढी भ्युज भएका ६ वटै गीतहरु यो सँग्रहमा छन् । जसमा चलचित्र छक्का पञ्जाको शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वरको देखन चम्पा, चलचित्र छक्का पञ्जा ३ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र बिन्दू परियारको स्वरको पहिलो नम्बरमा, छक्का पञ्जा ४ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र सहिमा श्रेष्ठको स्वरको दर्शन सलाम, चलचित्र मँगलमको दीपककै शब्द तथा बिन्दू परियार र कृष्ण काफ्लेको स्वरको पर्ख पर्ख मायाँलु, चलचित्र हल्दार सुन्तलीको लेखु सहयात्रीको शब्द तथा सहिमा श्रेष्ठको स्वरको चि मुसी ची गीतहरु रहेका छन् ।
कार्यक्रममा बोल्दै संगीतकार दीपक शर्माले भने,‘मैले चलचित्र तेजावबाट चलचित्र संगीत सुरु गरेको हुँ । दर्शक श्रोताको मायाँले यहाँसम्म आईपुग्दा ६ वटा गीतले एक करोड देखि ३ करोड भन्दा बढी भ्युज पाएका छन् । यिनै करोड क्लबमा पुगेका गीतहरुको सँग्रहलाई आज सार्वजनिक गरेका हुँ ।’ आफ्ना अन्य चलचित्रका आधा दर्जन गीतहरु पनि अहिले करोड भ्युजको नजिक पुगेको र ती गीतहरु केही महिनामै करोड भन्दा बढी भ्युज पुग्ने पनि उनले बताए ।
दीपकका चलचित्रका ६ वटा गीत मध्य आफुले लेखेको दुई वटा गीतले दुई देखि तीन करोड भ्युज पाएको भन्दै बरिष्ट गीतकार राजेन्द्र थापाले हरेक प्रकारको गीतलाई आफ्नो फरक शैली दिनसक्नु दीपक शर्माको बिशेषता भएको बताए । आगामी दिनमा पनि आफु र दीपकको सहकार्यमा थुप्रै गीत आउने उनले जनाए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य एवम् संगीतकार चेतन सापकोटाले दीपक शर्मालाई धेरै गीतमा करोड भ्युजको लागि शुभकामना दिँदै भने,‘दर्शकको यति धेरै मायाँ पाएका दीपकजीले अब आफ्ना यी हिट गीतले कहाँ कती रोयल्टी कमायो भनेर पनि खोजी गर्नु पर्छ । उहाँका दर्जनौ हिट गीतबाट अरु धेरै धनी भएका छन र अब उहाँले आफ्नो अधिकार खोज्नु पर्छ ।’
संगीत यात्राको डेढ दशकमा यति धेरै हिट गीत दिनुले दिपक शर्मा फरक प्रकारको संगीत गर्न सक्ने श्रष्टा हुन भन्ने कुरा प्रष्टिएका दीपककै गुरु तथा संगीतकार नरहरि प्रेमीले कार्यक्रममा बताए ।
देखन चम्पाका गीतकार शान्तिप्रियले यो गीतले चलचित्र छक्का पञ्जाको स्कृप्ट देखि लवज नै परिवर्तन गरिदिएको अनुभव सुनाए । दीपकसँगको सहकार्यमा आफ्नो गीत पनि करोड भ्युजमा पुगेका खुसी व्यक्त गर्दै उनले आगामी दिनमा यस्ता करोड भ्युज गीतका लागि दीपकलाई शुभकामना दिए ।
काठमाडौं – नेपालका लागि कतारका राजदुत युसुफ बिन मुहमद अल–हेलले संग अरबी संगीत र नेपाली संगीत बिचको समानता, फरकपनका बारेमा छलफल भएको छ ।सोमबार विश्व संगीतको अवस्थाको बारेमा राजदुतको कार्यक्रममा नेपालका संगीतकर्मीले छलफल गरेका हुन् ।
भेटघाट कार्यक्रममा संस्थाका तर्फबाट राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष तथा संगीतकार राजेन्द्र बजगाई,संगीतकार नारायण थापा गायिका रिता केसी,गायिका वेनिशा पौडेल,गीता पाण्डे,निर्देशक माईकल चन्द लगायतका संगीतकर्मीहरु उपस्थिती रहेको थियो ।