entertainment
||Power News Asia||

आजको समाचार

नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने

मनोरञ्जन


भक्तपुर- नयाँ वर्ष २०८० सालको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को आयोजना हुने भएको छ । शनिबार होटल ग्रीनल्याण्डमा आयोजना गरिएको पत्रकार सम्मेलनमा औधोगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको आयोजक टिमले जानकारी दिएका छन । यहि चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने महोत्सवका संयोजक दीपक थापाले बताए । “हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौं,” थापाले भने । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको हुने जहाँ २०० भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्दन्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरुका स्टलहरु हुने संयोजक थापाले बताए ।

कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् । सो स्थानमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहनेछन् । “बिक्री गरिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं ।” औधोगिक शान्ति नेपाल अध्यक्ष सन्दिप महतले जानकारी गराए । महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र करिब स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहित व्याण्डको प्रस्तुतिसंगै मनोरञ्जनात्मक प्रस्तुति रहने कुरा आयोजकले जानकारी गराए ।

महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता हुनेछ जसमा एकल र समुहको चरणबद्ध रुपमा छनौट हुने र अन्तिम प्रतिस्पर्धी बीच प्रतिस्पर्धा गराई विजयी घोषणा गरिने जानकारी पनि गराइयो । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान हासिल गर्नेले क्रमश: ३० हजार, २० हजार, १० हजार नगद सहित ट्रफी, प्रमाण-पत्र, म्युजिक भिडियोमा अभिनय गर्ने मौकासंगै प्रोफेश्नल फोटोसुट लगायतका पुरस्कारको व्यवस्था गरिएको संयोजक सुमन कुमार श्रेष्ठ र ईन्द्र विसुन्केले संयुक्त रुपमा जानकारी गराए । प्रतियोगिताको फारमका लागि सल्लाघारी महोत्सब स्थलमा सम्पर्क गर्न सकिने आयोजक टिमले जानकारी गराए । महोत्सवको प्रवेश शुल्क रु. ५० र ७० रहेकोका विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताए । महोत्सवमा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले यसबाट लाभ लिनेछन्, थापाले भने । बैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम हुने सो कार्यक्रमकबो टिकटको मुल्य रु. २०० रहेको आयोजकले जानकारी दिएको छ ।

निर्देशक समाजको चुनावी साधारण सभामा गैर सदस्यको प्रभावले चलचित्रका क्याप्टेन, सर्जकहरुको चुनाव नदेखिएको भन्दै पुर्व अध्यक्षद्धारा राजीनामा

मनोरञ्जन


काठमाडौँ-नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ। नेपाली चलचित्र निर्देशकहरुको छाता संगठनको रुपमा रहेको समाजको १५औं साधारणसभाले समझदारीमा आगामी तीन वर्षका लागि कार्यसमिति तय गरेको हो। दुई उपाध्यक्षहरुमा सुवासप्रसाद गजुरेल र दिपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सह-कोषाध्यक्षमा राज बस्न्यात, ६ जना सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी र अमृतमान महर्जन चयन भए। सह-सदस्य पदमा भने समझदारी हुन नसकेपछि भएको निर्वाचनबाट सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ निर्वाचित भए ।

सर्वसम्मत कार्यसमिति चयन गर्ने क्रममा विवाद उत्पन्न भएको थियो। लामो विवादबीच कार्यसमिति चयन भएपछि असन्तुष्ट निर्देशकहरुले साधारण सदस्यबाट समेत राजीनामा दिने घोषणा लगायत संस्था बाहिरका व्यक्तिहरुको प्रभाव परेको भन्दै विरोध जनाइरहेका छन्।

सहमतिमा पुग्न सुरुमा रमेश बुढाथोकीलाई अध्यक्ष बनाई अध्यक्षका दावेदार जनकदीपलाई महासचिव बनाउने सहमति भएको थियो। तर, सचिव पदमा विवाद उत्पन्न भएपछि सो सहमति भंग भई मनोनयन दर्ता भएको थियो। मनोनयन दर्ता भएपनि समझदारीको प्रयास गरि कार्यसमिति चुनिएको थियो। उक्त प्रक्रियामा समेत केहि निर्देशकले असन्तुष्ट व्यक्त गरेका हुन्। चुनावको प्रचारप्रसार गरि उम्मेदवारी दिएका एक निर्देशकले आफुले निर्वाचनमा भाग लिन पाउने संवैधानिक अधिकारलाई संस्था बाहिरको व्यक्तिहरुको प्रभाव र संस्थाकै केहि व्यक्तिहरुको संलग्नतामा खोसिएको बताए। उनले यस्ता प्रवृत्तिले संस्थाको कहिल्यै भलो हुन नसक्ने भन्दै आफु संस्थामा नहुन पनि सक्ने संकेत गरे।

समाजका दुई कार्यकाल नेतृत्व गरेका पूर्व अध्यक्ष निर्देशक केपि पाठकले आफुले समाजको सदस्यता त्यागेको बताएका छन्। सामाजिक सञ्जालमा एक नोट लेख्दै उनले समाजको चुनावी साधारण सभामा गैर सदस्यको प्रभावल, उम्मेदवारलाई जबरजस्ती उम्मेदवारी फिर्ता लिन दवाव, उम्मेदवारको रुवाबासि र महिला सदस्य प्रति गरिएको ब्यवहार देख्दा कुनै दृष्टिले पनि त्यो चलचित्रका क्याप्टेन, सर्जकहरुको चुनाव नदेखिएको र एउटा सदस्य र पूर्व अध्यक्षको नाताले आफ्नो शिर निहुरिएको बताएका छन्।

राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ भव्य रुपमा सम्पन्न

मनोरञ्जन


काठमाण्डौ–बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्दै राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ भव्य रुपमा सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न भएको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिाष्ठ अतिथितका रुपमा पुर्व शिक्षा मन्त्री एवं पुर्व उपसभामुख चित्रलेखा यादव, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, चलचित्र निर्देशक ऋषि लामिछाने, अरुण प्रधान, बरिष्ठ नृत्य निर्देशक दिनेश पाख्रीन, डेल्फिक काउन्सील नेपालका अध्यक्ष श्रीदेव विएल, पत्रकार डब्बु क्षेत्री, जिवन पराजुली, विधान कार्की, विष्णु सुवेदी, कुवेर गिरी, सुरक्षा भट्टराई, गीता अधिकारी, अभिनेता सञ्जय खतीवडा, साहित्यकार भिष्मराज फुलारा, गीतकार वि पाण्डे, संगीतकार दिपक शर्मा, राजेन्द्र बजगाई, निर्देशक देवेन्द्र पाण्डे, लिगेश भट्टराई, लव प्याकुरेल, चलचित्र विकास बोर्डका चिरञ्जिवी गुरागाई लगायत बरिष्ठ तथा विशिष्ठ व्यक्तित्वहरुको सहभागीता थियो ।
कार्यक्रममा यस वर्षको संगीत पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार विदुर गिरीलाइ प्रदान गरिएको छ भने साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँबर, भुम्लु गाउपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा), रमा थापा, गीतकार राजेन्द्र पुरी, गायिका केन्जुमा सुब्बा, पत्रकार राज लुईटेल, संगीतकार शंकर थापा स्माई, गायिका अमृता श्रीपाली, व्यवसायी नमराज श्रेष्ठ, संचारकर्मी दिनेश थापा, मुर्तिकार विनिता श्रेष्ठ, निर्देशक चेतनाथ दंगाल, अभिनेता दिनेश के.सी लगायतका व्यक्तित्वहरु पनि सोही समारोहमा सम्मानित भए । कार्यक्रम गीतकार तथा सञ्चारकर्मी शान्तिप्रियको सभापतित्वमा सम्पन्न भएको थियो ।

नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं भन्ने मुल नारा लिएर विगत ६ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने सम्पुर्ण भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ । सम्पुर्ण भाषा भाषिका कलाकारहरुलाई प्रतिष्पर्धा भन्दा पनि सामुहिक मञ्च प्रदान गरेर आत्मियता भाईचार र एकताको शन्देश प्रवाह गर्ने उदेश्य लिएको आयोजक समितिका अध्यक्ष माधव राज खरेलले जानकारी दिएका छन् ।

कार्यक्रममा होटल आर्ट ठमेल, गोल्डेन हस्पिटल बिराटनगर, नेशनल डेल्फिपक काउन्सील नेपाल, एस. के. डिजिटल नेपाल, ओम समाज डेन्टल अस्पाल, एवन क्याफे गौरीघाट, केईसी ईन्जिनियरिङ कन्सल्टेन्सी धनगढी र काठमाण्डौ, चलचित्र विच्छेद, एस एम् एस सेक्यूरिटि प्रा.लि. लगायत ले सहयोग गरेका थिए भने साँफेबगर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, भुम्लु गाउँपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १ र काठमाण्डौ महानगरपालिका ले कार्यक्रमको प्रवद्र्धन गरेका छन् । 

निम अवार्डको प्रत्यक्ष प्रशारण काष्टमण्डप टेलिभिजन, जि टिभि नेपाल, सप्तकोशी टेलिभिजन लगायत विभिन्न युटुव च्यानलहरुबाट तथा अनलाईमाफर्त प्रत्यक्ष प्रशासण गरिएको छ ।
कार्यक्रममा मोडल सनम कठायत, पत्रकार चक्र कुँबर, गायिका कालिका रोक्का, छायाँकार कृष्ण बहादुर थापा, निर्देशक निरेन श्रेष्ठ, गायक ओम सुनार, संगीतकार राजु शर्मा नेपाली, गायिका रोशनी रसाईली निर्देशक उमेश गुरुङ, संगीतकार योगेन्द्र उपाध्याय, कल्याण अधिकारी, बरिष्ठ संगीतकार जुगल डंगोल, गीतकार भरत बम्जन, संचारकर्मी तथा निर्देशक विजय रत्न तुलाधर, कस्तुप पन्त, विरेन्द्रभाट विपिन, लगायतका विभिन्न क्षेत्रमा ख्याती कमाएका र विभिन्न भाषा भाषिहरुमा काम गर्ने व्यक्तित्वहरुले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

छैठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२३ (निम अवार्ड) का विजेताहरु
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
प्रकाश सुवेदी :असारै लाग्यो
सर्वोत्कृष्ट आधुनिक गीतकार
सुनिल संगम: तिम्रो लागी
सर्वोत्कृष्ट आधुनिक गायक
अभिनय यादव: मायाको सुरुवात
पपुलर गायक शिव परियार: धोकेबाज
सर्वोत्कृष्ट आधुनिक गायिका
बेनिशा पौडेल: नछुटोस
सर्वोत्कृष्ट आधुनिक संगीतकार
अर्जुन पोखरेल: धर्ती आकाश
सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष
दिलिप ओखेडा : भनि देन ए मन
सर्वोत्कृष्ट आधुनिक मोडल जुरी अवार्ड
लाक्पा लामा : फकाँउदानी रिसाउने
सर्वोत्कृष्ट आधुनिक मोडल महिला
सुष्टि खड्का : छुनुमुनु
सर्वोत्कृष्ट आधुनिक/ पप निर्देशक
कृष्णदेव रुपाखेती: याद किन यस्तो आउँछ्
सर्वोत्कृष्ट आधुनिक/पप निर्देशक जुरी अवार्ड
दिनेश ठकुल्ला : पागल हो म पगाल
सर्वोत्कृष्ट लोकपप गायन पुरुष
कृष्ण काफ्ले :  सके हंसाउछु
सर्वोत्कृष्ट लोकपप गायन महिला
निता आचार्य  : मनको धोको
सर्वोत्कृष्ट लोकपप गायिका महिला जुरी अवार्ड
सरिता भारती : तिम्रो मायाले न हो
सर्वोत्कृष्ट लोकपप गायिका पब्लिक च्यवाईस अवार्ड
बसन्ती राई : बेबी बसन्ती
सर्वोत्कृष्ट लोकपप गीतकार
भानु आचार्य : प्रतिक्षा
सर्वोत्कृष्ट लोकपप गीतकार जुरी अवार्ड
पुरुषोत्तम सानु :  ढुङ्गा कुँदेर
सर्वोत्कृष्ट लोकपप संगीतकार
मानस राज : लै लै राजकुमारी
सर्वोत्कृष्ट लोकपप संगीतकार पब्लिक च्वाईस अवार्ड
टिका बम्जन : ठ्याक्क ठ्याक्क
सर्वोत्कृष्ट नवप्रतिभा गायन
दिपेन्द्र सोनाम : तिमिले छोडेनी सक्छु
सर्वोत्कृष्ट नवप्रतिभा मोडल पुरुष
विकसीत शर्मा : मुना मदन ३
सर्वोत्कृष्ट नवप्रतिभा मोडल पुरुष जुरी अवार्ड
सुदिप श्रेष्ठ : नेपाली भेष
सर्वोत्कृष्ट नवप्रतिभा मोडल महिला
कुमारी बराईली : विदा मागेर तिमि
सर्वोत्कृष्ट युगल गायन
नविन कार्की र मेलिना राई : सागरले मोती पायो
सर्वोत्कृष्ट युगल गायन
देविका बन्दना : तिम्रो मायाको सागर जुरी अवार्ड
सर्वोत्कृष्ट लोकदोहोरी शब्द
नारायण कँडेल : यति कुरा भन्नु थियो
सर्वोत्कृष्ट लोकदोहोरी शब्द जुरी अवार्ड
अनिल खनाल : बच्चाकी आमा
सर्वोत्कृष्ट लोकदोहोरी गायक
कुलेन्द्र वि.क : जलजला
सवोत्कृष्ठ लोकदोहोरी गायक जुरी
शक्ति चन्द : स्याउला
सर्वोत्कृष्ट लोकदोहोरी गायिका
विन्दु विहानी : दिलको राजा
सवोत्कृष्ठ लोकदोहोरी गायिका जुरी
शुशिला गौतम : भुई छोडेकी चरी
सर्वोत्कृष्ट लोकदोहोरी गायिका जुरी अवार्ड
सविना कार्की : तिम्रो त्यो मुटुमा
सर्वोत्कृष्ट लोकदोहोरी लय
श्रीकृष्णबम मल्ल : निर्माया ठुली
सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
प्रकाश तामाङ : डोकोडालो
सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
कविता न्यौपाने : पेन किलर
सर्वोत्कृष्ट लोकदोहोरी नव प्रतिभा मोडल
यमुना रसाल : बैश दिन नमिल्ने सापटी
सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
शिव वि.क : रुमाल साँट्न पर्दैन
सर्वोत्कृष्ट कोरियोग्राफर
अजय स्याङ्तान : च्यागो
पपुलर कोरियोग्रफर
गम्भिर विष्ट : चस्मा
सर्वोत्कृष्ट भिडियो सम्पादक
अमृत चापाँगाई : रित्तिदैन आँशु
सर्वोत्कृष्ट ध्वनी मिश्रण
डिका गुरुङ : अर्को जुनी
सर्वोत्कृष्टसंगीत संयोजक (एरेन्जर)
पुष्कर खत्री : ओई कमला
सर्वोत्कृष्ट छायाँकार
दिपक गिरी : ए आकाश
सर्वोत्कृष्ट बाल प्रतिभा गायन
सुप्रिम मल्ल : फापरको पिठो
सर्वोत्कृष्ट बाल प्रतिभा मोडल जुरी
सम्राट दाहाल : छोराछोरी विदेशी
सर्वोत्कृष्ट बाल प्रतिभा गायन इन्करेज्मेन्ट
उपमा थपलिया : बुद्धको भुमि
सर्वोत्कृष्ट मौलीक भाषाभाषी गीत
झुमा लिम्बु : सामसोधा मुन्धुम (लिम्बु)
सर्वोत्कृष्ट मौलीक भाषाभाषी गीत
अनु लामा : च्यागो (तामाङ)
सर्वोत्कृष्ट डेउडा भाका गीत
दिपा रोकाया : मेरो प्यारो डडेल्धुरा
सर्वोत्कृष्ट डेउडा भाका गीत जुरी अवार्ड
शान्ति शाही चन्द : पहाडकी मैना चडी
सर्वोत्कृष्ट डेउडा भाका भिडियो
एलपि शर्मा : लिलु
सर्वोत्कृष्ट डेउडा भाका भिडियो पब्लिक च्वाईस अवार्ड
जनक सिंह : मेरा गाउँ जाल्ली
सर्वोत्कृष्ट काँठे भाका गीत
अमृत खाती : बाँसको कप्टेरो
सर्वोत्कृष्ट काँठे भाका गायन
नमराज ढुङ्गाना : फुल फुल्यो अमला
सर्वोत्कृष्ट नेपाल भाषा गीत
प्रकाशदिप श्रेष्ठ : फुलु फुलु जितः
सर्वोत्कृष्ट नेपाल भाषा गायन
राजेन्द्र डंगोल : चकना चकना
सर्वोत्कृष्ट तामाङ भाषा गीत
मदन घ्लान : पुर्व सिलिङ लिङ
सर्वोत्कृष्ट तामाङ भाषा मोडल
सागर घिसिङ : नेसी मुसुक्क
सर्वोत्कृष्ट गीत (मैथिली/भोजपुरी भाषा तर्फ)
विद्यानन्द बेदर्दी : प्रेमक पिचकारी
सर्वोत्कृष्ट गायन (मैथिली /भोजपुरी भाषा तर्फ)
बिरेन्द्र झा : हमरो रंग लगा दे
सर्वोत्कृष्ट मोडलिङ (मैथिली /भोजपुरी भाषा तर्फ)
बिक्रम गुप्ता : पूर्वा हावा
सर्वोत्कृष्ट मोडलिङ (मैथिली /भोजपुरी भाषा तर्फ) पब्लिक च्वाईस
मेनुका माझी :  कोन रोग तू लगा देलौ
सर्वोत्कृष्ट मेकअप आर्टिष्ट
विक्रम गौतम :  फिँजाई पंख
सर्वोत्कृष्ट दशकको अवार्ड
हरि कुमार कर्माचार्य : पिरतीको तालमा

राष्ट्रिय समावेशी म्युजिक अवार्डमा दोङलाई रजत सम्मान, गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिदै

मनोरञ्जन


काठमाण्डौ – “नेपाली हुनमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ विगत ६वर्ष देखि आयोजना हुदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३ को समापन कार्यक्रम यहि आईतवार ललितपुरको स्क्वायर होटेलमा सम्पन्न हुँदै छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको प्रमुख आतिथ्यता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शुशीला श्रीपाली ठकुरीको विशिष्ठ आतिथ्यता तथा नेपाली कला संस्कृति तथा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न हुन गईरहेका कार्यक्रममा बरिष्ठ गायक एवं संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्न लागिएको आयोजक पक्षले जानकारी दिएको छ ।

यस्तै पिम नेपालले यस वर्षको रंग पत्रकारिता पुरस्कार बरिष्ठ रंग पत्रकार विदुर गिरीलाई प्रदान गर्न लागिएको बताइृएको छ । कला संस्कृति, पर्यटन तथा समाजसेवामा समर्पित व्यक्तित्व अछामका राजेन्द्र बहादुर कुँबर, भुम्लुगाउँपालिका जितेन्द्रमान तामाङ , पत्रकार राज लुईटेल, संगीतकार तथा गीतकार रमा भण्डारी, गीतकार तथा ईभेन्ट निर्देशक राजेन्द्र पुरी लगायतका कला,मनोरञ्जन तथा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु कार्यक्रममा सम्मानित हुने भएका छन् ।

गायक दोङलाई विगत चार दश देखि विषेश गरि तामाङ भाषाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पिम नेपाल रजत सम्मान प्रदान गर्न लागिएको हो भने लामो समय देखि पत्रकारिताका माध्यमबाट नेपाली चलचित्र तथा गीत संगीतका क्षेत्रमा योगदान पुर्याएको भन्दै बरिष्ठ पत्रकार गिरीलाई नगद सहित पिम नेपाल रंगपत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष माधव राज खरेलले बताएका छन् ।

नेपालमा बोलिने विभिन्न भाषाभाषिमा बनेका गीत संगीत तथा भिडियोहरुका कलाकारहरुको बृहत सहभागितामा आयोजना हुदै आएको अवार्ड कार्यक्रममा ४२ विधामा अवार्ड प्रदान गरिने भएको जानकारी आयोजक पक्षले गराएको छ ।

मिस लिटील नेवाः को १४ औँ संस्करण : प्रतिस्पर्धीले देखाए प्रतिभा

मनोरञ्जन


काठमाडौँ — फाल्गुन २१, २०७९। 

नेप्लिज फेसन होमले नेवार बालिकाको प्रतिभा प्रष्फुटनका लागि हरेक वर्ष आयोजना गर्दै आएको ‘मिस लिटील नेवाः’ को १४ औँ संस्करणका प्रतियोगीले आपसमा रहेको ट्यालेन्ट देखाएका छन् । शनिवार अबेर साँझ नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित ट्यालेन्ट शोमा मिस लिटिल नेवाः प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट देखाएका हुन् । 

प्रतियोगितामा अविषा महर्जन, रोनिशा खड्गी, ईच्छा महर्जन, मुखु महर्जन नृत्य, नुजलासिंं महर्जन, सफिना श्रेष्ठ, सुज्योजी डंगोल, वेदान्शी डंगोल, अनिका महर्जन, सुहिना श्रेष्ठ र लुमना महर्जनले नृत्य, लुन्जला महर्जन, विमीशा डंगोल र रुही महर्जनले कुमारी नृत्य, विपश्वी मानन्धरले जिम्न्यास्टिक, निलीशा जोशी, प्राज्ना महर्जन र निभा कायस्थले चित्रकला तथा ग्रीष्मा राजचलले गायन कला प्रस्तुत गरेका थिए ।

लिटिल नेवाः आर्या श्रेष्ठ, समाजसेवी सुरबहादुर श्रेष्ठ, किड् क्विन अपेक्षा शेरचन र समाजसेवी अनु शेरचनको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेण्ट शोमा विश्व क्योकुशिन सेईसिन काई कराँते महासंघका उपाध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोककुमार श्रेष्ठ, पत्रकार तथा साहित्यकार सृजना दुवाल, महिला उद्योमी तथा समाजसेवी रेश्मा श्रेष्ठ, मिस नेवाः २०२२ शलिना महर्जन, फेसन डिजाईनर तथा नायिका शोभा महर्जन र पूर्व मिस नेवाः रेजिशा डंगोल निर्णायक रहेका थिए । 

१४ वर्ष मुनिका १९ जना नेवार बालिकाले अन्तिम स्पर्धा गर्ने १४ औं संस्करणको मिस लिटिल नेवाः २०२२ मिस नेवाः नेपाल २०२१ कृषा महर्जनको संयोजन र प्रदिका महर्जनको उपसंयोजन तथा मिस नेवाः नेपाल २०२२ विजेता सलिना महर्जन र उप बिजेता प्रिया तण्डुकारको कोरियोग्राफीमा रहने आयोजक नेप्लिज फेशन होमकी अध्यक्ष तथा समाजसेवी हेमा मानन्धरले बताइन् । 

राष्ट्रिय समावेशी म्युजिक अवार्ड छैठौं ‘निम अवार्ड २०२३’ को समापन कार्यक्रम आगामी फागुन २८ गते

मनोरञ्जन


काठमाडौं- “नेपा ली हुनुमा गर्व गरौ , नेपाली कला र संस्कृतिको जगेर्ना ” गरौं भन्ने मुल नाराका साथ आयो जना हुंदै आएको नेपालको पहिलो समावेशी म्युजि क अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड छैठौं ‘निम अवार्ड २०२३’ को समापन कार्यक्रम आगामी फागुन २८ गते आईतबार हुने भएको छ ।
ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलमा हुने उक्त अवार्ड कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी भने एरा प्रोडक्सन प्रा .लि .ले लिएको छ । पावरईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजना मा विगत ६ वर्षदेखि नियमित गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले नेपाली सहित एक दर्जन भाषाभाषीको गीतलाई समेटेर अवार्ड आयोजना गर्दै आएको अवार्डकी संयोजक कमला जोशी ले जानकारी दिएकि छिन् ।

विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्पर्धा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुला ई अनलाईन भोटिङ प्रकृया र निर्णा यकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणागरी अवार्ड प्रदा न गर्न लागिएको निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताएका छन् । अवार्ड समारोहमा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने उनी बता उछन् ।

यहि फा गुन २८ गतेसम्पन्न हुन गईरहेको समावेशी म्युजिक अवार्डमा देश भरिका कलाकारहरुको भव्य सहभागीता रहने आयोजकले जना एको । शान्ति , भाइचारा र एकताको सन्देश फैलाउन सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले पनि नेपाली संस्कृति लाई जगेर्ना गर्ने उदेश्यले नेपाली सहित सम्पुर्ण भाषा भाषि काकलाका र कलाकारहरुला ई एउटै मञ्च प्रदान गर्दै आइरहेको छ ।

अमेरिकामा भाषिक चलचित्र ‘थेत्लङ’ भव्यताका साथ प्रदर्शन

मनोरञ्जन


अमेरिका –  किरात याक्थुंङ् चुम्लुंङ् टेक्सासको आयोजनामा यही फेब्रुवरी २३ विहिवार २०२३ का दिन टेक्सासको डालस स्थित लिफ करि एण्ड रेस्टुरेन्ट वारको शभा हलमा बिशेष प्रदर्शन भव्यताका साथ सम्पन्न भएको छ । मनि ताम्लिंङ्को प्रस्तुति रहेको चलचित्र सिक्किमका साहित्यकार देउमान होन्दोक लिम्बुको उपन्यासमा आधारित रहेको छ । जसको पटकथा संवाद र अनुवाद सागर केरुंङले गरेका हुनु भने निर्माण मनि ताम्लिंङ् र विराज लिम्बुले गरेका हुन ।

सम्पुर्ण छायांकन सिक्किममा गरिएको यस चलचित्रलाई अहिलेसम्म जतिपनि स्थानमा प्रदर्शन गरियो सर्वाधिक दर्शकले मनपराई दिनुभएको कुरा निर्देशक किशोर सुब्बा बताउनु भयो । हालै टेक्सासमा प्रदर्शन हुँदा पनि जतिपनि दर्शकले फिल्म हेर्नु भो सबैले राम्रो प्रतिक्रिया दिईएको उहाँले जानकारी गराउनु भयो ।

प्रदर्शनमा संयोजक कृष्ण जंग लिम्बुको विशेष योगदान रहेको थियो भने किरात याक्थुंङ् चुम्लुंङ टेक्सासका अध्यक्ष तोङ्सा योङ्या लिम्बु, सेरि ताम्लिंङ् सेनिहांङ्, दिल सेनिहांङ्, चर्चित नेपाली सिनेमा वगर र भेडिगोठका नायक, निर्माता नरेन्द्र सेन्दांङ्, त्यस्तै चर्चित लिम्बु चलचित्रका नायक आशिष लिंङ्देन, दुर्गा जवेगु लगायत कियाचु टेक्सास परिवारका सदस्यहरु र डालस वरिपरिका सवै लिम्बु तथा गैर लिम्बुहरुको अथक प्रयास र लिम्बु चलचित्र र कलासंस्कृति प्रतिको सकारात्मक सहयोगले नै व्यापक रुपमा सफल प्रदर्शन सम्भव भएको हो ।

चलचित्रमा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंड्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबांड्, सागर केरुंड्, सुखविर लिम्बु लगायतका कलाकार रहेको छ । ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘थेत्लंड्’ सिक्किमको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । फिल्मका निर्मातामा मनि ताम्लिंड् र बिराज लिम्बु रहेका छन् । विभिन्न कार्यक्रम सहित ‘थेत्लङ’ प्रदर्शन गरिएको कार्यक्रममा निर्देशक किशोर सुब्बालाई कियाचु टेक्सासका अध्यक्षबाट सम्मान गरिएको थियो । निर्देशक सुब्बालाई किरात याक्थुङ् चुम्लुङ् न्युयोर्क, किरात याक्थुंङ चुम्लुङ टेक्सासवाट सम्मान गरिसकिएको छ भने गत साल आदिवासी चलचित्र महोत्सवको मुख्य निर्णायकको भुमिका निभाए वापत आदावासी जनजाती महासंघ अमेरिकाबाट पनि सम्मान गरि सकिएको छ । निर्देशक सुब्बा अहिलेसम्म लिम्बू भाषाको सबै भन्दा बढि चलचित्र निर्देशन गर्ने निर्देशकमा पर्दछन् ।

उहाँद्वारा निर्देशित लिम्बु चलचित्रहरुमाः ‘तुम्दंङ’, ‘शाक्थिम’, ‘एउटा कथा’, ‘लाजेरेन् थोक्ला’, ‘अम्लारीफूंङ’, ‘हेल्लुक्वा’, ‘साम्’, ‘थेत्लंङ्’ आदि रहको छन् । निकट भविष्य पुनः लिम्बु चलचित्र निर्माण गर्ने योजनामा रहेका निर्देशक सुब्बाको ‘थेत्लंङ्’ भन्दा पहिला ‘आनि शाक्थिम’ पनि धेरै प्रदर्शन भएको लिम्बु चलचित्र हो । निर्देशक सुब्बाले नेपाली, थारु, जोंङ्खा भाषाको सानो ठुलो गरेर करिव ४० वटा चलचित्र निर्देशन गरिसकेका छन् भने हाल न्युयोर्कबाट ‘हेल्लो अमेरिका’ प्रोग्राम संचालन गरिरहेका छन् ।

गायक तथा संगीतकार कन्हैयासिंह परियारको अचानक सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन


काठमाडौं– गायक तथा संगीतकार कन्हैया सिंह परियार को स्वरमा तयार भएको गजल अचानक सार्वजनिक गरिएको छ । नेपाली चलचित्र आधुनिक लोक संगीत देखी विभिन्न विधाका गीतहरुमा सुमधुर गायकिले स्रोतालाई मन्त्रमुग्ध बनाउदै आएका परियार झण्डै तिन दशक देखी मनोरन्जनको दुनियमा क्रियसील छन् । पहिलो पटक गजलको दुनियामा आफ्नो उपस्थिती जनाउदै बिहिबार मैतीदेवी, काठमाडौंस्थित डोरी रेष्टुराँमा आयोजित भव्य सांगीतिक समारोहमा गजल ‘अचानक’ को म्युजिक भिडियोको प्रिमियर गरिएको छ ।

वरिष्ठ गीतकार डा.कृष्ण हरि बरालका शब्द तथा संगीतकार सन्तोष श्रेष्ठको संगीत निर्देशनको उक्त गजल सार्वजनिक भएपछि वरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले गजलका शब्द, संगीत संयोजन र गायकीको वयान गरेका थिए । समारोहमा गीतकार डा.बराल तथा संगीतकार श्रेष्ठले पनि गायक परियारको गायकीको वर्णन गर्दै यो गजल अचानक कसरी तयार भयो भन्ने बारेमा आफ्ना धारणा व्यक्त गरे ।

गायक परियारले भने गजलको बोल अचानक भए पनि करिव तीन वर्षको मेहनतपछि यो संगीत पारखीमाझ आउन सफल भएको बताए । राजु कार्की उक्त गजलका संगीत संयोजक हुन् । सञ्चारकर्मीहरुको बाक्लो उपस्थितिमा प्रीमियर गरिएको उक्त गजलको भिडियोमा अभिनेता गजित विष्ट तथा अभिनेत्री अञ्जली अधिकारीले अभिनय तथा नृत्य गरेका छन् । सुबोल थापाको कोरियोग्राफी रहेको यो भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने नबिन निरौला यसका सम्पादक हुन् ।

गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा गायक परियारलाई पनि फिचर गरिएको छ ।उक्त गजलको भिडियो कन्हैयासिंह परियारको युटुव चयानलमा हेर्न सकिन्छ ।

तारकेश्वर कला प्रतिष्ठानद्धारा दर्जनौं कलाकर्मी सम्मानित

मनोरञ्जन


काठमाडौं – तारकेश्वर कला प्रतिष्ठान तथा ब्राण्ड यू पिक्चर्स प्रा.लि।को आयोजनामा हाँस्य सिरियल ‘अब जे होला होला’ को सफलता पुर्वक ५१ औं भाग पुरा गरि ५२ औं भाग प्रवेश गरेको अवसरमा आयोजित ‘तारकेश्वर राष्ट्रिय व्यक्तित्व तथा कलाकार सर्जक सम्मान कार्यक्रम २०७९’ मा कलाकर्मी, पत्रकार लगायतका ब्यक्तित्वहरु सम्मानित भएका छन् । सम्माननिय उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष उत्तम केसीले गर्नु भएको थियो ।

कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी, भवन चन्द, वसुन्धरा भुसाल, चैतन्य देवि, लय संग्रौला, मोहन निरौला, मुकुन्द मैनाली, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष नवल खड्का, प्रबिधिक संघका अध्यक्ष पुष्कर लामा, शिखर नेपालका अध्यक्ष शेखर खनाल, चलचित्र निर्देशक शोभित वस्नेत, रामकाजी घिमिरे, माधव राज खरेल, निरेन श्रेष्ठ, पत्रकार सानुकाजी श्रेष्ठ, कृष्ण भुसाल, कुवेर गीरी, गीता अधिकारी, दिपज्योति थापा, चर्चित ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ, पेम शर्मा पौडेल, लगायतका ब्यक्तित्वहरु सम्मानित भएका थिए । ग्लोवल टिभिबाट प्रसारण हुदै आएको सिरियल ‘अब जे होला होला’का कथा, परिकल्पना उत्तम के.सी हुन् भने निर्देशन उत्सव के.सी.को रहेको छ ।

गायक रवि शर्माको शितल शितल बोलको गीत सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन


काठमाडौँ –  गायिका अस्मिता अधिकारी र गायक रवि शर्माको स्वर रहेको शितल शितल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित संगीतकार सिएल शर्माको संगीत, रोहित घिमिरहेको शब्द , पुष्कर खत्रीको मिक्सिगं,मास्टरिगं र एरेन्ज रहेको सार्वजनिक गीतको भिडियो मनाङ र मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको हो ।

केशवराज भट्टको निर्देशनमा तयार भिडियोले मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुर्नजन्मको कथालाई भिडियो मार्फत देखाउन खोजेका छन् । भिडियोमा नायिका तथा मोडल मलिका महत र प्रिन्स चौहानको अभिनय देख्न सकिन्छ । बुद्ध थापाको छायांकन तथा दिलशन शाहको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो ।