२०७८ भाद्र, ३०। द पाल्म ग्रुप प्रा.ली.को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र टुल्कीको फस्ट लुक तथा टिजर सार्वजनिक भएको छ। विगत ४ वर्ष पछिको लामो अनुसन्धान र अन्वेषण पछि उक्त चलचित्रको निर्माण सम्पन्न भएको हो। दर्शक माझ नउतारिएको एकमात्र नेपालको हिमाली भेकमा प्रचलित बहुपति प्रथा मुख्य विषय वस्तुरहेको यस चलचित्र, मध्यपश्चिमको विकट जिल्ला डोल्पाका से–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका सुदुर वस्तिहरुमा छयांकन गरिएको हो।
यस चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दिर्घ लामा, भक्तसिंह कठायत लगायतका कलाकारहरुको अभिनय रहेको छ । सन्जिव लिम्बुले संगित, तारा किम्भे थापाले सम्पादन गरेका हुन । आर. पि. कर्माचार्य र शेखर लामा को संयूक्त लगानिमा निर्माण भएको यस चलिचत्रमा देव जंग थापा को छायांकन र निर्देशन देख्न सकिन्छ ।
‘प्रचलित नेपाली चलचित्रहरु भन्दा भिन्दै धारमा रहेर यो चलचित्रको कथालाई तयार गरेको थियौं । सुन्नमा आए पनि अहिले सम्म चलचित्रमा नउतारीएको नेपालका हिमाली भेक मा प्रचलित बहुपति प्रथा हाम्रो चलचित्रको मुख्य विषय वस्तुरहेको छ । डोल्पाको तल्लो भागमा रहेको व्राम्हण बस्तिमा जन्मेकी टुल्की मायाँ प्रेममा परेर माथिल्लो डोल्पाको सेर्पा संग प्रेम विवाह गर्छिन, त्यहाँको संस्कार नवुझेकी टुल्की ले भोग्नुपरेको व्यथा चलचित्रमा देख्न पाउनुहुनेछ ।’ निर्माता शेखर लामा भन्नुहुन्छ।
फोटो फिचर :
काठमाडौं - चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । स्थानीय संस्थाहरु इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो । एनआरएनले क्यान्टकीका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चलचित्र निर्देशक सुमन दाहाललाई बिदेशमा बसेर पनि नेपाली चलचित्र तथा म्युजिक भिडियोको माध्यमबाट नेपाली गीत संगीत, कला संस्कृतिको संरक्षण एवम् प्रवर्धनमा योगदान पुर्याएको र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोगना गर्दै आएको ठहर गर्दै सो सम्मानबाट सम्मानित गरिएको हो । उनी बिगत ५ वर्ष देखि क्यान्टकीको ल्याक्सिङटनमा रहेर म्युजिक भिडियो निर्देशन तथा विभिन्न सांस्कृतिक गतिविधिमा निकै सक्रिय रहँदै आएका छन् ।
यस्तै एनआरएनए क्यान्टकी स्थापना गरेर पहिलो र दोश्रो कार्यक्रममा महत्वपूर्ण योगदान पुर्याएका ठहर सहित एनआरएनए क्यान्टकीका पूर्व अध्यक्ष दिलु पराजुली सहित एनआरएनए क्यान्टकीका अग्रज व्यक्तित्व पुरुषोत्तम बोहरा, शशी अधिकारीलाई कार्यक्रममा एनआरएनए मुभमेन्ट सम्मानबाट सम्मानित गरियो । यस्तै नृत्यमा निकै प्रतिभाशाली बाल कलाकार बारुणी पान्डेलाई प्रोत्साहन सम्मान, युवा स्वयम्सेवकहरु सौरभ खड्का, सफल डुम्रे, सार्थक रिजाललाई युथ स्पोर्ट अवार्ड प्रदान गरियो ।
यस्तै निशान बुढाथोकी, विशेष पौडेल तथा ०१८ देखि २०२१सम्म हाईस्कुल ग्राजुएट गर्ने ५० जना नेपाली विधार्थीहरुलाई प्रोत्साहन पुरस्कार पत्र प्रदान गरियो ।
एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशब राज लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए आईसीसी अमेरिका क्षेत्रका आरसी राजन त्रिपाठी, अतिथिहरु एनआरएनए आईसीसी मेम्बर पुरुषोत्तम बोहरा, एनआरएनए एसीसी उपाध्यक्ष दिलु पराजुली, एन्काका अध्यक्ष थिरलाल अर्याल, नेपाल अमेरिका सोसाईटी अफ केन्टकीका अध्यक्ष राजन भुजेल, इनास केन्टकीका अध्यक्ष अर्जुन थापालगायत विभिन्न संस्थाका सल्लाहकार तथा पदाधिकारीहरु थिए ।
एनआरएनए केन्टकी च्याप्टरका उपाध्यक्ष डमरु पौडेल र सचिब अर्जुन किशोर न्यौपानेले सञ्चालन गरेको सो सम्मान कार्यक्रममा कलाकार बारुणी पान्डेले प्रस्तुत गरेको नृत्य र गायक गायक बिष्णु डुम्रेको गायन निकै आकर्षक थियो ।
काठमाडौं । संसार क्रियशन आयोजना र संसार अनलाइन टिभीको प्रस्तुतीमा सञ्चालन गरिएको संसार अनलाइन सिंङ्गिङ स्टार अवार्ड २०२०÷२१ प्राप्ती तामाङ र अश्विन प्रधानले पाएका छन् । शनिबार काठमाडौंमा आयोजना गरिएको प्रतिष्पर्धामा १६ वर्षमुनिको तर्फबाट गायनमा काभ्रेकी प्राप्ती तामाङ प्रथम भएकी छिन् । त्यस्तै काठमाडौंमा रितु श्रेष्ठ द्धितीय र भक्तपुरकी झरना खनाल तृतीय भएकी छिन् । प्रथम, द्धितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपिँयासहित ट्रफी पुरस्कार पाएका छन् । उनीहरुले शनिबार आफ्नो गायकी प्रस्तुत गरेका थिए ।
त्यस्तै खुल्लातर्फ इलामका अश्विन प्रधान प्रथम, ललितपुर अमोघा बीर वज्राचार्य दोस्रो र आश्रय रञ्जित तेस्रो भएका थिए । खुल्लातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार , १५ हजार रुपिँया र १० हजार रुपिँयासहित ट्रफी पाएका छन् । निर्णायक तथा कार्यक्रममा उपस्थित अतिथिहरुले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए । गत वर्षबाट अनलाइन विधिबाट सहभागी भएका ७ सय ४० जना प्रतियोगीमध्ये १७ जना छनौट भएका थिए । प्रतियोगितामा सहभागी अन्यलाई पनि विविध प्रस्तुतीको लागि ट्रफी प्रदान गरिएको थियो । बाहिरी देशमा बस्ने १९ देशका नेपालीले पनि प्रतिष्पर्धामा भाग लिएका थिए । कार्यक्रमकी प्रमुख अतिथि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बालबालिकाको क्षमता विस्तार गर्ने यस प्रकारका कार्यक्रमले प्रतियोगीमा उत्साह प्रदान गर्ने बताइन् ।
गत वर्षबाट सुरु भएको कोरोनाका कारण मानिसको जनजीवन अस्तव्यस्त भएको बेला भएको यस किसिमको प्रतिष्पर्धाले मानिसमा निराशा कम गर्ने पनि जनाइन् । उनले गीत, संगीत र कलाको आफू पारखी भए पनि यसबारे आफू पोख्त नभएको स्पष्ट पारिन् । संसार अनलाइन टिभीका अध्यक्ष स्वतन्त्र महर्जनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिने बताए । उनले कोरोना संक्रमणकालमा मानिसमा छाएको अन्यौलता र दिक्दारीलाई थोरै भए पनि कम गर्न पनि कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारेका छन् ।
काठमाडौं – चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्र चिठ्ठी को विषेश भुमिकामा नायक श्रीदेव भट्टराइलाई अनुबन्धीत गरेका छन् । यस अघि कमेडियन कलाकार नायक संजित भण्डारी , गोपाल ढकाल ‘छन्दे’, खड्गबहादुर पुनमगर ‘खबपु’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित गरिसकेका निर्देशक खरेलले विषेश भुमिकामा भट्टराईलाई अनुबन्धीत गरेका हुन् ।
पिम नेपालको प्रस्तुति रहने चलचित्रका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल समेत कलाकारको रुपमा छानिएकोे निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।
चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चाँडै छायाँकन सुरु गरिने चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पुगेको निर्देशक खरेलले बताएका छन् । शान्तिप्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा जिवन पराजुलीे छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्ममा सह–निर्माताको रुपमा राजन थापाको उपस्थिती रहने छ ।
चलचित्रको छायाँकन काभ्रे र काठमाण्डौका विभिन्न रमणीय स्थलहरुमा गरिदै छ ।
काठमाण्डौ - हरेक गीतहरुमा प्रेमिप्रमिकालाई सम्झेर गीतहरु लेखिन्छन् । आमाप्रति समपर्ण गरेर गीतहरु लेखिन्छन् तर बुवाप्रति समर्पण गरेर गीत बजारमा लिएर आएको पाइदैन ।बुवाको बारेमा गीत बजारमा आइहाले पनि त्यति चासो दिएर सुनेको पाइदैन । तर,लोकप्रिय गीतकार लोकराज अधिकारीले बुवाको सम्झनामा ‘भन्नुहुन्थ्यो बा’ले’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । केहि दिन अघि सार्वजनिक गरिएको यो गीतमा बाबुले छोराको खुसीका लागि के–केसम्म गरेका हुन्छन् भाव देखाउन खोजिएको छ ।
सोमबार अनामनगरमा यो गीतको भिडियो हेर्न कार्यक्रम राखिएको थियो । गीतको भिडियो हेर्दै दिवंगत् बुवा सम्झिएर भावुक बनेका गीतकार अधिकारीले भने,‘आमाको बारेमा गीत लेखेको थिए । तर, बुवाकाका बारेमा गीत लेख्न पाएको थिइन् । मेरो बुवाले यो गीत देखाउने धोको थियो तर,उहाँले मलाई छोडेर जानुभएको सात, आठ वर्ष भइसक्यो । यसमा म निकै दुखी छु ।’ यसगीतमा अभिनेता आकाश अधिकारीले बुवाको भुमिका निभाएका छन् । कार्यक्रममा उपस्थित भएका अभिनेता आकाश अधिकारी यो गीतको भिडियो हेर्दा आफ्ना बुवालाई सम्झिएर निकै भावुक बने । भिडियो हेर्दा उनका आखामा आँसु टिलपिल भएको थियो । गीतको बारेमा बोल्दै गर्दा भकानिएका अभिनेता अधिकारीले बुवाले बाल्यकालमा माया गरेको हिडेको ,बोलेको र आफु पढाईसिल सिलामा राजधानी फर्किदा मुग्लिङसम्मको यात्रा सम्झिए ।
आफु पढाईका सिलसिलामा मुम्बई हिडेको र बुवा आमा पुर्व जानेक्रममा मुग्लिङसम्मको यात्रा सम्झिदै अभिनेता अधिकारीले भने,‘त्यो नै मेरो र पिताजीको अन्तिम भेट रहेछ । त्यसपछि मैले कहिलै बुवाको मुख देख्न पाइन । म मेरो बुवाको र मेरो नजिकको मित्र श्रीकृष्ण श्रेष्ठको बारेमा बोल्दा निकै भावुक हुन्छु ।’
आफु सामाजिक विषय बस्तुमा आधारित फिल्म निर्माण गर्न रुचाउने भएका कारण यस्ता भावका गीतहरुमा अभिनय गर्न उत्सुक हुने बताए । उनले यस्ता विषयवस्तु कहिलै पुराना नहुने समेत दाबी गरे । अभिनेता अधिकारीले बुवालाई माया सम्मान गर्नुछ भने जिउँदो अवस्थामा नै गर्न सबैलाई आग्रह गरे ।
यो गीतमा राजेन्द्र बुढाथोकीको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेकोे उक्त गीत र भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतकार लोकराज अधिकारीले यो गीत रचना गर्दा निकै पटक भावुक बनेको सुनाए । गीतको भिडियोमा अभिनेता आकाशका अलवा संगम भण्डारी,जेल्सन अधिकारी,सुमन बैरागी पण्डित,ज्योती प्रकाश,दियान गौतम लगायतको अभिनय रहेको छ । भिडियोमा निर्देशक प्रकाश धिताल सम्पादन बिकाश दाहालको छ भने उत्सव दाहालले खिचेका छन् ।
काठमाडौं — भाद्र २३, २०७८।
न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित 'वर्ल्ड डाईभरसिटी नेपाल, २०२१' मा एलेक्स गुरुङ बिजयी भएका छन । जडिबुटीस्थित जडिबुटी बैङ्क्वेटमा सम्पन्न प्रतियोगितामा टिन र मिस डाईभरसिटी भने ऐश्वर्या क्षेत्री,र संस्कृती पौड्यालले हात पारे।
फस्ट रनर अप ईसिका र सरोजले हात पारे भने मिस ट्यालेन्ट पुजा खत्री, बेष्ट पर्सनालिटी अन्जली शाह, मिस कन्जेनालिटी सम्झना लामा र मिस्टर पर्सनालिटी रोमस मगरले हात पारे।

प्रतियोगिताको निर्णायकमा मनिष राउत, सङ्सिता श्रेष्ठ र वेनिस भन्डारी रहेका थिए । अतिथिका रुपमा माधव निर्दोस र दयाराम घिमिरे रहेका थिए। ।

न्यु राईज ईन्टरटेनमेन्टले अबको आउँदो दिनमा अझै नयाँ प्रतिभालाई प्राथमिकता दिने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गराउँदै प्रोत्साहन दिने आयोजक कमल देउवाले बताए।

आयोजकका अनुसार अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरि अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइएको थियो ।
काठमाडौं- २२ भदौ ।
ब्राइट इभेन्ट म्यानेजमेन्टले शनिवार राजधानीको पेप्सीकोलस्थित इन्टरनेसनल डान्स एकेडेमी एण्ड फिल्मक परिसरमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न गरेको छ ।
चर्चित फेशन कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेको उक्त फेशन शोमा नेपाल अधिराज्यभरबाट छानिएका चर्चित महिला तथा पुरुष मोडलहरु आकर्षक पहिरनमा स्टेजमा उत्रिएका थिए ।
अभिनेता, मोडल तथा कोरियोग्राफर एसराज गराचको कोरियोग्राफी रहेको उक्त फेसन शो मा जनकपुर, सिराह, रौतहट, विरगञ्ज, विराटनगर, दोलखा, काठमाडौं तथा भक्तपुरका गरि करिव ५० मोडलहरुले र्याम्प शो गरेका थिए ।
विश्वव्यापी स्वास्थ्य संकटको अवस्थामा विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड अनुरुप सम्पन्न उक्त फेसन शो का आयोजक राजन बुढाथोकीले कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्ने व्यक्ति, संघ,संस्था एवं मोडलहरुलाई धन्यवाद दिदै आगामी दिनमा थप उत्कृष्ट शो हरु आयोजना गर्दै लैजाने कुरा बताए ।
‘मिस्टर एण्ड मिस राइजिङ, मेगा मोडल –2021’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ ।
एकेज इभेन्टस एण्ड इन्टरटेनमेन्ट कम्पनीले काठमाडौँमा आयोजना गर्न लागेको उक्त प्रतियोगिताको आउँदो शनिबारबाट अडिसन सुरु हुँदैछ ।
प्रतियोगितामा १५ देखि २६ वर्षका युवा, युवती सहयोगी हुन पाउने छन् । प्रत्यक्ष तथा भर्चुअल रुपमा हुन लागेको उक्त अडिसनलाई काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ ।
अडिसनमा काठमाडौँ भेगका प्रतियोगीहरू प्रत्यक्ष सहभागि हुने छन् भने उपत्यका बाहिरका प्रतियोगीहरूको भर्चुअल अडिसन हुने छ ।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरूको तालिम लगायत अन्य तयारीको व्यवस्थापन एकेज इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट कम्पनीले गर्ने कम्पनीका सीइओ आयुष कुमार सिंहले जानकारी दिए ।
उक्त प्रतियोगितामा विजेता बन्नेले नगद तथा स्कुटर, बाइकको साथमा अन्य पुरस्कार पाउने छन् ।
उक्त सौन्दर्य प्रतियोगिताको दशैँ अघिनै अडिशन सक्ने योजना रहेको कम्पनीका सीइओ आयुष कुमार सिंहले जानकारी दिए ।
काठमाण्डौ- आठौं छायाँ छवी तीज म्युजिकअवार्डसम्पन्नभएकोछ। राजधानीमा आयोजित बिशेष समारोहका बिच २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजक लाई अवार्ड प्रदान गरिएको छ ।नेपाली चलचित्रकी प्रथम नेपाली नायिका भुवनचन्दको प्रमुख आतिथ्यता मासम्पन्न कार्यक्रममा बरिष्ठ गायिका देविका बन्दना, कलाकार तथा निर्देशकदिपाश्री निरौला, कलाकार तथानिर्देशकमोहननिरौला, निर्माता प्रदिप उदय, चलचित्र लेखक तथा निर्देशक माधव राज खरेल, चलचित्र पत्रकार संघकापूर्व उपाध्यक्ष बिष्णु प्रसाद सुबेदी, कलाकार रोशनीकेसी, नायिका अनामिकाचौलागाई लगायतकाकलाकर्मीकोउपस्थितिरहेकोथियो।
विगत आठ वर्ष देखि निरन्तर रुपमा आयोजना हुँदै आए को छायाँछवी तीज म्युजिक अवार्ड नेपालको पहिलो तीज म्युजिक अवार्ड हो।कार्यक्रम मा आयोजक संस्था छायाँछवी का अध्यक्ष शान्तिप्रियले मौलिक तीज गीत लाई प्रोत्साहन गर्दै नेपाली कलासंस्कृति को विकासमा अवार्डकामाध्यमबाट टेवापु¥याउने उद्देश्यले अवार्ड आयोजनागर्दै आएको जनाएका छन्। उनले कोरोनाको कहरका बिच स्वास्थ्यमाप दण्ड पुरा गरि अवार्ड आयोजना गरिएको जनाएका छन्।यस्तै प्रमुख अतिथी भुवनचन्द ले यस्ता खालका कार्यक्रमले मौलिक गीतसंगीतको विकासकालागि अहम्भुमिका खेल्ने जनाएका छिन।गायिका देविका बन्दना ले पछिल्लो वर्ष मौलिक शैलीका तीजगीत बढी आएको भन्दै त्यसोहुनुमा तीजम्युजिकअवार्ड जस्ता कार्यक्रम को प्रभावरहेको जनाइन।कार्यक्रममा दिप्सा थापाले फुल्यै फुल्योतिउरी बोलकोगीतमा नृत्यप्रस्तुतगरेकी थिइन भने कार्यक्रम सुमनबैरागीले संचालन गरेकाथिए ।
यस्तोछ२९विधामाबिजेताकोनामावली
उत्कृष्ट तीजगीत मिक्सीङ
मनोज परियार : पातली –३
उत्कृष्ट तीजगीत एरेञ्जर
राकेश सोनी : घिन घिन मादल
उत्कृष्ट तीज मौलिकगीत नव-गायिका
सकुना श्रेष्ठ : माइतीकोआगन
इन्करेजमेन्टअवार्ड
सारदा धिताल : सिङ्गापुरे साडी
उत्कृष्ट तीजगीत मोडल पुरुष
दिपेन्द्र तिमिल्सीना : पारी बन हरियो
उत्कृष्ट तीजगीत मोडल महिला
टीका जैशी : डालीमा पुतली भुरुभुरु
उत्कृष्ट तीजगीत भिडियो छायांकार
मुकेश हुमागाई : आँखा गयो नयाँ चिजैमा
उत्कृष्ट तीजमौलिकगीत भिडियो सम्पादक
बिनोद बम : आँखा गयो नयाँ चिजैमा
उत्कृष्ट तीज दोहोरीगीत भिडियो सम्पादक
राजकुमार मगर : हङ्कङ्कोसाडी –२
उत्कृष्ट तीजगीत नृत्य निर्देशक
केशवराज भट्ट : झिलिमाई
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
सुरेन्द्र वसेल : यस पाली कोतीमा
उत्कृष्ट तीज दोहोरीगीत भिडियो निर्देशक
सुमन सागर जंग केसी : जम्काभेट
उत्कृष्ट तीज गीत भिडियो निर्देशक (मोफसल)
होमगुरुङ : मुग्लिन
उत्कृष्ट तीज गीत शब्द
ज्योति गुरुङ : परदेशको छोरी
उत्कृष्ट सन्देशमुलक गीत गायिका
शुष्मा शाही ठकुरी : सानी
उत्कृष्ट तीज मौलिक गीत लय
एचवि सुनार : माईतीकोआगन
उत्कृष्ट तीज दोहोरीगीत लय
रमेशपरियार : माईतीदेशैको
उत्कृष्ट दोहोरी तीज गीत गायिका
चिजा तामाङ : ताराजुन
उत्कृष्ट दोहोरी तीजगीत गायक
भुवन प्यासी : मखमली
उत्कृष्ट दोहोरी तीजगीत गायक (पब्लिकच्वाइस)
सम्राट चौलागाई : सम्झिने पानी छम्कने
उत्कृष्ट तीजगीत
दीया नेपाल : पिलासेचोली
उत्कृष्ट तीजगीत
ऋतु कडेल : अलि अलि लजाउँदै
उत्कृष्ट तीजगीत गायिका
रोशनी रसाईली : गर्छु माया गर्छु
उत्कृष्ट तीज मौलिकगीत
सुनिता दुलाल : स्वामी कोप्यारी
उत्कृष्ट तीज मौलिक गीत गायिका
कल्पना काफ्ले : कम्मरैढलमल
उत्कृष्ट तीजगीत कम्पनी
शिवदर्शनफिल्मस् : गायत्रीथापा
युगलतीजगीतगायन
सोभा जि.सी / सोमाखत्री
जुरीअवार्ड
आमा कोवेदना : शुशील ज्ञावाली
काठमाडौं - बिन्दास मिडिया नेटवर्कको प्रस्तुति रहेको´तडपी तडपी` बोलको गित सार्वजनिक भएको छ। संचारकर्मी एवम् चर्चित मोडेल चिरञ्जीवी सापाकोट (जिबि चिरन), मोडेल निरुता शाही र समीर खान को मुख्य अभिनय रहेको यस गितमा नवराज पौडेल,समीर नेपाल र बिनोद खड्काको समेत अभिनय देख्न सकिन्छ। यस गितलाई ऋषि बराल(सिर्जन) ले निर्देशन गरेका हुन् ।
शिव परियारको स्वर रहेको यस गितमा सुवास कार्की अर्थात कार्की जि को शब्द एवम् संगित, बिसाल निरौलाको एरेन्ज रहेको सार्वजनिक गित लाई कुमार रानाले संगित मिश्रण गरेका छन्।करण चैसिरको छायांकन,दिन्सन शाह को सम्पादन रहेको यस गितलाई आइ क्याच स्टुडियोले निर्माण समायोजन गरेका छ।गितलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।सार्वजनिक भएको छोटो समयमै टिकटिकमा भाइरल नै भएको छ चौबीस घन्टा बित्दाबित्दै लगभग हजार भन्दा माथी टिकटक बनिसकेको छ।उक्त गितले युटुबमा पनि दर्शक राम्रो प्रतिक्रिया संगै माया पाएको छ।
हेर्नुहोस् गितको पूरा भिडियो….