entertainment
||Power News Asia||

आजको समाचार

'मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

मनोरञ्जन


काठमाडौँ — कार्तिक ७, २०७८। 

ईम्पेरियल क्वीन ईभेन्ट्सको आयोजनामा 'मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' सम्पन्न भएको छ । म्युजिक सिटि हलमा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा मिस्टरतर्फ रोजक श्रेष्ठ र मिस तर्फ सुहानी सिंह विजेता भएका छन । बिजेताद्वयले उपाधीसंगै एवरेस्ट फिल्म एकेडेमीको तर्फबाट एक लाख बराबरको छात्रवृत्ती,  आईएल्स क्लासअध्ययनका लागि छात्रावृत्ती, फ़ोटोसुट र मोडलिङ सम्झौतासहित विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेका छन। 

प्रतियोगितामा सेहाङ राई र सुलभा न्यौपानेले फष्ट रनरअपको ताज हात पारे भने सेकेण्ड रनरअपको ताज सर्फराज खान र करेन प्रधानाङ्गले हात पारे।  त्यस्तै, थर्ड रनरअपको ताज ईक्षाहाङ लिम्बूले जित्दा प्रसंशा राउत र प्रशान्त थापा मगर अर्गनाईजर चोईस घोषित भए । प्रतियोगिताको ब्राण्ड एम्बासडरमा लाक्डोल्मा शेर्पा र लोकेश बोगटी चयन हुँदा  व्युटी विथ ब्रेन तर्फको उपाधी भने उम्बिका गोराजुले हात पारिन।  

सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको प्रतियोगिता रुविश्का श्रेष्ठले संचालन गरेकी थिईन । उक्त प्रतियोगिताको निर्णायकमा सुशान्त काजी श्रेष्ठ, साक्षी लम्साल, शैलजा शाह, दिव्या महर्जन र आशिष नापित रहेका थिए । 

आयोजक कृ्ष्ण श्रेष्ठका अनुसार अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरि अन्तिम स्पर्धामा उतारिएको थियो जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण प्रदान गरिएको थियो ।

श्रीदेवको नेतृत्वमा ‘नेशनल डेल्फिक काउन्सिल’ स्थापना

मनोरञ्जन


काठमाडौं - कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मको रुपमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको नेपाल च्याप्टर नेशनल डेल्फिक काउन्सिल नेपाल स्थापना भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा श्रीदेव बिएलको नेतृत्वमा काउन्सिलको नेपाल कार्यसमिति गठन भएको हो ।

काउन्सिलको उपाध्यक्षमा जिवन कुमार पराजुली, महासचिवमा नरेशध्वज श्रेष्ठ, सचिवमा सूर्यबहादुर रासकोटी, कोषाध्यक्षमा सवेरा नकर्मी श्रेष्ठ, सदस्यहरुमा शारदा खड्का अर्याल र दीपक विष्ट गौली रहेका छन् । त्यस्तै, सल्लाहकारमा संस्कृतिविद् बदनलाल न्याछोर, पर्यटनविद् तथा नेपाल पर्यटन बोर्डका पूर्व निर्देशक कृष्ण कुमार अर्याल, नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशी, अधिवक्ता सर्वज्ञराज नायो, कानुनी सल्लाहकारमा आशिष शर्मा रहेका छन् ।

नेशनल डेल्फिक काउन्सिल नेपालको सदुभावना दुतमा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन तथा कलाकार विजय लामा नियुक्त भएका छन् । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनलाई सद्भावना दुतमा नियुक्त भएको प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा कलाकार लामाले नेपालको कला, संस्कृतिलाई विश्वमाझ पुर्‍याउन डेल्फिक काउन्सिलको माध्यमबाट आफूले सकेको प्रयास गर्ने बताए । विश्वले आफ्नो देशको कला संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्न विशेष ध्यान दिएको तर नेपालमा यो हुन नसकेकोमा गुनासो पोखे । उनले नेपालका कला, संस्कृतिलाई विश्वमाझ पुर्‍याएर पर्यटन भित्राउन सक्ने पनि बताए 

नेशनल डेल्फिक काउन्सिल नेपाल’ ले बरिष्ठ मानार्थ र मानार्थ सदस्यता पनि वितरण गरेको छ । शताब्दी पुरुष मानिने बरिष्ठ साहित्यकार तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई काउन्सिलले आइतवार विहान उनकै निवासमा गएर बिशिष्ठ मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरेको हो । मानार्थको सदस्यता प्राप्त गरेपछि भिडियो सन्देशमार्फत् संस्कृतिविद् जोशीले नेपालको कला र संस्कृतिलाई विश्वमाझ पुर्‍याउन काउन्सिलले महत्त्वपूर्ण भूमिकामा खेल्नेमा विश्वास व्यक्त गरे ।

त्यस्तै, फिल्म क्षेत्रबाट नेपालको पहिलो नायिका भुवन चन्द, हास्यसाम्राज्ञी बसुन्धरा भुषाल, बरिष्ठ अभिनेत्रीहरु मिथिला शर्मा, शर्मिला मल्ल र सूर्यमाला खनाल, बरिष्ठ अभिनेताहरु शिव श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, सरोज खनाल र कृष्ण मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र बरिष्ठ निर्देशक मोहन निरौललाई मानार्थ सदस्यता प्रदान गरियो भने चित्रकलाबाट जया शर्मा, जात्रा तथा संस्कृतिविद् मनोज नेवा र उपन्यासकार निजिरोष श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको छ । 

जर्मनीको बर्लिनमा ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को हेडक्वाटर रहेको छ । यसका संस्थापक तथा सेक्रेटरी जनरल क्रिष्टियन बि। कर्ष हुन् । कर्षले नेपाल च्याप्टरलाई बधाई र सफलताको भिडियो सन्देश पठाएका थिए । कार्यक्रममा प्रस्तुत सन्देशमा उनले सोह्र सय बर्षदेखि शुन्य अवस्थामा रहेको डेल्फिक काउन्सिललाई तीस बर्ष अगाडी पुनस् सुचारु गरेको तथा तीस बर्षमा नेपालसम्म आईपुगेकोमा खुशी व्यक्त गरे । प्राचिन समयमा ग्रीसबाट ओलम्पिक सँगै शुरु भएको डेल्फिक बिभिन्न कारणले बन्द भएको थियो । प्राचिन ग्रीसका शासकहरुद्वारा यि दुवैमाथी रोक लगाईएको थियो । ओलम्पिक सन् १८९४ मा पुनस् शुरु भयो भने डेल्फिक त्यसको एक सयबर्ष पछि सन् १९९४ मा पुनस् सुचारु भएको थियो । प्राचिन ग्रीसको डेल्फी भनिने स्थानबाट डेल्फिक सुरु भएको मानिन्छ ।

विश्वमाझ नेपालको कला, संस्कृतिका ६ विधालाई प्रस्तुत गर्ने साझा प्लेटफर्मको रुपमा ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ स्थापना भएको अध्यक्ष श्रीदेव विएलले बताए । उनले कार्यक्रममा भने, ‘कुनै पनि राष्ट्रको पर्यटन प्रवर्द्धनका लागि होस् वा देशलाई चिनाउने सन्दर्भमा होस्, कला, साहित्य, संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ । काउन्सिल नेपालले यिनै कुराहरुलाई विश्वमाझ पुर्‍याउन भूमिका खेल्नेछ ।’

हरेक चार वर्षमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलले संसारका विभिन्न देशमा आयोजना गर्ने ‘वर्ल्ड कन्भेन्सन’ मा नेपालको प्रतिनिधित्व गर्दै काउन्सिलले नेपालको कला, सँस्कृतिलाई प्रस्तुत गर्ने अध्यक्ष विएलले बताए । काउन्सिलले कलाका विभिन्न विधालाई एउटै छातामा समेट्न प्रयास गर्ने उनको भनाई छ । उनका अनुसार, नेपालसहित यो काउन्सिलको १ सय ४७ देशमा स्थापना भइसकेको छ ।

तेश्रो र चौथो संस्करणको पिम नेपाल फिल्म फेष्टिवल भव्य रुपमा सम्पन्न

मनोरञ्जन


काठमाण्डौ, पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल )ले राजधानी काठमाण्डौमा सन् २०२० र सन् २०२१को फेष्टिवल आयोजना गरेको गरेको छ । प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्रधा गराई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। शो समारोहमा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको थियो भने कार्यक्रमका सभापति चलचित्र निर्देशक मोहन निरनैलाले गरेका थिए ।

त्यस्तै चौथो संस्करणको नियमित कार्यक्रम असोज २० गते नै सम्पन्न गरिएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त महोत्सव समारोहमा १७ वटा फिचर फिल्म, ५० भन्दा माथी सर्टफिल्म र १० वटा वृत्तचित्रको सहभागिता रहेको थियो । कोभिडका कारणले अनलाईन माध्यमवाट चलचित्रहरुको प्रदर्शनी गरिएको थियो भने विभिन्न विधाका निर्णायकहरु राखेर महोत्सवमा सहभागी चलचित्र, वृत्तचित्र, लघुचलचित्रहरुको मुल्यांकन गरिएको फेष्टिवलका अध्यक्ष कमला जोशीले जानकारी गराएकी छिन् ।

कोभिडका कारणले गत वर्ष जस्तो भव्य कार्यक्रम गर्न नसकेपनि ३ सम्म आयोजना गरेको कार्यक्रममा चलचित्रकर्मी र संचारकर्मीहरुको उल्लेख्य सहभागीताले आफुहरुलाई थप अगाडी वढ्न हौशला मिलेका कार्यक्रमका संयोजक राजन थापाले वताएका छन् भने तेश्रो संस्करणको कार्यक्रम फेष्टिवलका सदस्य सचीव गोपाल ढकालले संचालन गरेका थिए भने चौथो संस्करणको कार्यक्रमको संचालन भने संचारकर्मी सरोज कोईरालाले गरेका थिए ।

पिम नेपाल फिल्म फेष्टिवल २०२० अवार्ड बिजेताहरु
रविचन्द्र कोइराला : विचबाटो (सर्वोत्कृष्ट सिनेमाटोग्राफर)
सरोज कोइराला : म्हेन्दो (सर्वोत्कृष्ट म्युजिक डाईरेक्टर)
समिर मियां : लक्ष्मी पुजा (सर्वोत्कृष्ट भिफएक्स)
यम प्रसाद ओली : पुरानो बुलेट (सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनर)
अमर विश्वकर्मा : जिस्म–२ (सर्वोत्कृष्ट निर्देशक)
सर्वोत्कृष्ट डोटेली फिल्म : नन्दी
बिनोद बोहोरा : सर्वोत्कृष्ट नायक (डोटेली भाषा)
रश्मि भट्ट : शिवम् (सर्वोत्कृष्ट चरित्र अभिनेत्री)
विपना बस्नेत : यात्रा जिन्दगीको (सर्वोत्कृष्ट बायोपिक फिल्म)
डा हुस्नेद अजाद : ईल्डर्स होम (सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशक)
उत्तम सन्जेल : बा (सर्वोत्कृष्ट सर्टफिल्म)
ओम सुनार : लोभि पापी (सर्वोत्कृष्ट गायक) 
शितल केसी : सम्हाल िराख है (सर्वोत्कृष्ट नायक) 
जुगल डंगोल : धुलो (सर्वोत्कृष्ट म्युजिक डाईरेक्टर पपुलर)
राजु गीरी : तिम्रो हुने कहिले (सर्वोत्कृष्ट निर्देशक जुरी अवार्ड )
ऋषिराज आचार्य : नशा (सर्वोत्कृष्ट लघुचलचित्र निर्देशक)
राजेन्द्र खाती : अपहरण (सर्वोत्कृष्ट नायक लघुचलचित्र)
संजय राउत : अपहरण (सर्वोत्कृष्ट खलानायक लघुचलचित्र)

पिम नेपाल फिल्म फेष्टिवल २०२० का सम्मानित व्यक्तित्वहरु

श्याम स्मृत : पत्रकार
बाबुराम सिग्देल : पत्रकार
कृष्णा आचार्य : पत्रकार


पिम नेपाल फिल्म फेष्टिवल २०२१ अवार्ड बिजेताहरु
सर्वोत्कृष्ट सम्पादक ( आमा) : दिर्घराज खड्का 
सर्वोत्कृष्ट निर्देशक (लभडायरिज) : सौरभ चौधरी
सर्वोत्कृष्ट फिल्म : लभडायरिज
सर्वोत्कृष्ट कलरिष्ट (लभ डायरिज): राजेन्द्र मोक्तान
सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनर ( लभडायरिज): मोति कार्की
सर्वोत्कृष्ट लेखक सर्टफिल्म (पुतली र दिदि बहिनी): टाकासी इन्वाई
सर्वोत्कृष्ट नायक सर्टफिल्म (द डटर) : प्रवण भुषाल
सर्वोत्कृष्ट नायिका (द डटर): सरीता भारती
सर्वोत्कृष्ट डकुमेन्ट्रि (जलेश्वर झर्ना झोर) : सानुकाजी थापा
सर्वोत्कृष्ट डकुमेन्ट्री निर्देशक (हल्कारा) : दयाराम घिमिरे
सर्वोत्कृष्ट नायक (जुरी) (यस्तो पो वडा अध्यक्ष) : तेज गिरी
सर्वोत्कृष्ट पाश्व गायिका तिम्रो हुने कहिले : सुजाता केसी
सर्वोत्कृष्ट म्युजिक निर्देशक म त मर्छु की क्या हो : राजेन्द्र बजगाई
सर्वोत्कृष्ट चरित्र अभिनेता सर्टफिल्म (द डटर) : प्रेम पाण्डे
सर्वोत्कृष्ट इन्टरटेनमेन्ट जर्नालिजम : जिवन पराजुली
सर्वोत्कृष्ट फिल्म जर्नालिजम : विष्णु सुवेदी
सर्वोत्कृष्ट अभिनेता (लभ डायरिज) :शुशिल श्रेष्ठ
सर्वोत्कृष्ट नव नायक (लभ डायरिज) : विश्वजित रिमाल 


पिम नेपाल फिल्म फेष्टिवल २०२१ का सम्मानित व्यक्तित्वहरु
१.चैत्यदेवी सिंह : प्रथम नेपाली रंगीन सिनेमा कुमारी की नायिका
२. व्याकुल माईला : राष्ठ्रिय गानका सर्जक 
३. कुल आचार्य : समाजसेवी तथा व्यवसायी
४. सुचित्रा श्रेष्ठ : नेपाली चलचित्रको प्रथम महिला निर्देशक
५. चिरञ्जीवी गुरागाई : अन्तराष्ट्रिय सम्वन्ध अधिकृत (चलचित्र विकास वोर्ड)
६. मदन घिमिरे : चलचित्र निर्देशक
७. कृष्ण भुषाल : संचारकर्मी
८. अर्पण शर्मा : मेमोरि किंग
९. ज्ञान बहादुर लामा : गीतकार /समाजसेवी
१० नविन पौडेल : गायक
११. बेवी राजभण्डारी : समाजसेवी
12. डिल्ली अधिकारी : समाजसेवी
13. केशव न्यौपाने : समाजसेवी

 

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा भव्यताको साथ् सम्पन्न

मनोरञ्जन


काठमाडौं– नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा संघका अध्यक्ष एवं समारोहका सभापति रविन्द्र खड्काले आफ्ना भनाईहरु राख्दै आफूले पदभार ग्रहण गरेपछि हालसम्म सङ्घले गरेका गतिविधि र कार्य प्रगतिबारे विस्तृतमा प्रकाश पारेका थिए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले समारोहलाइ सम्बोधन गर्दै दशैंअघि नै नेपालभरका सिनेमा हलहरु खुल्ने जानकारी गराउंदै बोर्डले गरेका अन्य महत्वपूर्ण कामहरुको बारेका जानकारी गराएका थिए ।

अध्यक्ष दाहालले मरणोप्रान्त विशिष्ट श्रेणीका कलाकारहरुलाई सरकारले सम्मान गर्ने, विशिष्ट श्रेणीका कलाकारहरुको लागि स्वास्थ्य बीमाको व्यवस्था गर्ने, युवा चलचित्रकर्मीहरुलाई अन्तर्राष्ट्रिय संस्थाहरुसँगको समन्वयमा आयोजित कार्यशालाहरुमा सहभागी गराउने, क्षेत्रीय स्तरमा चलचित्र महोत्सवहरुको नियमित आयोजना गर्ने, बोर्डमा चलचित्र क्षेत्रको चुस्त–दुरुस्त आधिकारिक अभिलेखलाई डिजिटल प्रविधिमा राख्ने लगायतका कामहरुको पहल भईरहेको र यी मध्ये कतिपय काम अन्तिम चरणमा पुगेको जानकारी गराए ।

समारोहमा बसुन्धरा भुसालले कलाकार संघले आयोजना गरेका कार्यक्रम तथा चलचित्रकर्मीहरुको देहावसान हुँदा समेत श्रद्धाञ्जली दिन नआउने कलाकर्मीहरुप्रति असन्तुष्टि व्यक्त गरिन् ।

कलाकार मदनदास श्रेष्ठले समारोहमा नाम चलेकै धेरैजसो कलाकारहरु अनुपस्थित रहेकोप्रति आक्रोश व्यक्त गर्दै आफूलाई समस्या पर्दा संघ चाहिने तर यत्रो साधारण सभामा नआउने भन्दै उनीहरु यसरी संस्थालाई बेवास्ता गर्छन् भने त्यस्ता कलाकारलाई संघले पनि वास्ता गर्न नहुने विचार व्यक्त गरे ।

समारोहमा कृष्ण मल्लले भने मनगढन्ते उपाधि लिने र दिनेहरुप्रति असन्तुष्टि व्यक्त गर्दै इतिहासको सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको बेला महानायक र महानायिकाको आत्मरतिमा रमाईरहेको तथा यदि तपाईंहरु महान हुनुहुन्छ भने फिल्म चलाएर देखाउनुस् न, तपाईंहरु महान होईन, दर्शक महान हुन् भन्ने धारणा व्यक्त गरेका थिए ।

समारोहमा लय सङ्ग्रौला, कृष्ण मल्ल लगायतका वक्ताहरुले संघको वर्तमान कार्यसमितिले गरेका राम्रा कामहरुको खुलेर प्रशंसा गरेका थिए ।

संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले कार्यक्रम सञ्चालन गर्ने क्रममा कोभिड १९ का कारण यो कार्यक्रम समयमै आयोजना गर्न नसकिएको धारणा व्यक्त गरे ।

गायक शिव परियारको माया विक्ने भएछ चर्चामा

मनोरञ्जन


काठमाण्डौ - भर्खरै मात्र शिव परियारले गाएको गीत ‘माया बिक्ने भएछ’ निकै चर्चामा छ । उक्त गीत चर्चासँगै ट्रेण्डिङमा समेत १ नं.रहन सफल भएको छ । संगीत तर्फबाट गीत १ नं. ट्रेण्डिङमा परेको हो । गीतको भिडियोलाई १२ लाख ५६ हजार बढी दर्शकले हेरिसकेका छन् । उत्कृष्ट गीत भन्ने भावका कमेन्ट अत्याधिक छन् । विशेषतः गायक शिव परियार र कलाकार पुजा शर्मा र आकाश श्रेष्ठको उत्कृष्ट काम भनेर तारिफ गरिएको छ ।

गणेश अधिकारीको शब्द र नबिन कार्कीको संगीत रहेको गीतमा बिशाल निरौलाको एरेन्ज रहेको छ । लोकप्रिय कलाकारद्वय पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकाश धामलाले सम्पादन गरेका हुन् । भिडियोलाई गीतका एरेन्जर बिशाल निरौलाको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

सन्तोष श्रेष्ठको ‘खोजिरहेछ देशले एक युग नायक’ गीतको म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौं - गीतकार डा. नवि अधिकारी (टाकिन्द्र) को शब्द र सन्तोष श्रेष्ठको स्वरमा सजिएको ‘खोजिरहेछ देशले एक युग नायक’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई देबेन्द्र नेवाले एरेन्ज गरेका हुन भने गायक सन्तोष श्रेष्ठकै संगित रहेको छ । 
काठमाडौंमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले उक्त भिडिओ सार्वजनिक गरेका हुन् । युवराज दाहालको अभिनय रहेको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । भिडियोलाई राजकुमार केसीले खिचेका हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोलाई गोल्डेन क्रियसन नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

कहिले राणाले खाए बोलको गीत सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ - गायक शिशिर योगीको स्वरमा सजिएको गीत कहिले राणाले खाए बजारमा आएको छ । इष्ट वेष्ट नेपालकोे युटुव  च्यानर मार्फत सार्वजनिक गरिएको उक्त गीतको  सम्पादन तथा भिडियो निर्देशन सम्पादक विरेन्द्र भाट विपिनको रहेको छ भने शब्द तथा संगीत भुपिन्द्र खत्रीको रहेको छ ।

गीतमा  ईतिहासका  राजा रजौटा देखी लिएर अहिलेका पाटी हरुसम्म देशलाई कुनै न कनै रुपमा खाने व्यक्ति मात्रै भेटिएको र साच्चिकै देशको लागी काम गर्ने व्यक्ति नभेटिएको दुखलाई व्यक्त गरिएको छ । सत्तामा जो आए पनि जनताले सधै दुख पाएको कुराहरुलाई समेटेर तयार पारिएको गीतमा हरिश महराको छायाँकन रहेको छ ।
 

स्रष्टा लेखनाथ पोखरेलले ल्याए कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’

मनोरञ्जन


काठमाडौं- स्रष्टा लेखनाथ पोखरेलको कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो । सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासंग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ ।
पुस्तकमा ‘तृष्ण’, ‘ममता’, ‘विद्रोही’, ‘विकल्प’, ‘जन्मकुण्डली’, ‘प्रतिकार’, ‘मार्बल हाउसकी शालिनी’, ‘पुनर्मिलन’, ‘उज्ज्वला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’ र ‘कथा यस्तो पनि’ जस्ता कथाका पन्ध्र गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर पन्ध्र गुच्छालाई मालामा उन्नु भएको छ ।
कृतिमा लेखकले समुद्रबाट मोती टिपेझैँ टिपेका समाजभित्रका विविध वस्तुलाई उनेर तयार पारेको साहित्यकार खेमनाथ दाहाल बताउनुहुन्छ । ‘समाजमा रहेका रिती र विकृतिको अत्यन्तै सरल भाषा र पठनीय शैलीमा कथाकारले समेटेका छन्र’, दाहालले भन्नुभयो । कृतिमा स्रष्टाले प्रायशः सबै कथालाई नारी प्रधान कथाका रुपमा प्रस्तुत गर्नुभएको छ ।
‘आत्मकथा होस् कि नियात्रा ¤ चाहे त्यो आख्यान नै किन नहोस् । मानिसले अरुको कुरा कहाँ लेख्दछ र रु पात्र र स्थानविशेषको नामकरण जेसुकै गरिएको किन नहोस् घटना र विषयवस्तुको प्रस्तुति प्रायः आफूसम्बद्ध नै हुने गर्छन् । जे–जति लेखिन्छन्, ती आफ्नै मन–मस्तिष्कमा छरपस्ट भई तम्तयार बसेका, देखेका, सुनेका, जानेका र भोगेका घटना शब्दरुपी अलंकारको रंगले लिपपोत गरेर पस्किइने अव्यक्तमध्येका केही भाव र घटनाक्रम मात्र हुन्’, स्रष्टा पोखरेल भन्नुहुन्छ । आफ्नो पहिलो कृति नियात्रासंग्र्रह ‘फकलीको गाउँ’ जस्तै यो कथा संग्र्रहले पनि पाठकको मन जित्नेमा आफू आशावादी भएको बताउँदै कमीकमजोरीलाई सुझाव र सल्लाह उपलब्ध गराइदिन उहाँले आग्रह गर्नुभयो ।
पत्रकाररलेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषाविन्यास रहेको छ ।
स्रष्टा पोखरलेका विभिन्न पत्र पत्रिकामा नियमित वंग्यात्क लेख, कथा र नियात्रा प्रकाशन हुँदै आएका छन् । उहाँको अर्को कृति प्रेत लेखक (हास्य निबन्ध) पनि पाठकमाझ आउने तयारीमा रहेको छ ।

वियोगान्त भावको गीतमा सङ्गीतकार ज्योतिप्रकाश

मनोरञ्जन


काठमाण्डौ - गायक एवं सङ्गीतकार ज्योतिप्रकाशले सङ्गीत भरेको गीत दिलमा सजाउन छोडेँ को भिडिओ सार्वजनिक भएको छ । डा। बी। पी। भुसालको शब्दरचना रहेको यस गीतमा प्रवीण बेडवालले आवाज दिएका छन् भने  मन्धर सुनामको सङ्गीत संयोजन रहेको छ । बेनिश थापाको निर्देशनमा तयार भएको यो भिडिओमा राज पोख्रेलको सिनेम्याटोग्राफी रहेको छ । भिडिओमा मनोज वली, प्रीति श्रेष्ठ, सुरज कपाली, आकाश गहतराज, महिमा भुजेल र समुन्द्र कार्कीले अभिनय गरेका छन् ।

शिलन लम्सालले सम्पादन गरेको यो भिडिओ ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत वियोगान्त भावमा रहेको छ  िमाया प्रेमका विभिन्न प्रसङ्गलाई गीतको शब्दका भावमा उठान गरिएको कुरा सङ्गीतकार ज्योतिप्रकाशले बताए । लामो समयदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील गायक एवं सङ्गीतकार ज्योतिको आफ्नै आवाज र सङ्गीतमा यसभन्दा अघिपनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् । साथै, उनले विभिन्न संस्थाहरुद्वारा आयोजित अवार्ड समारोहहरुमा म्युजिक अवार्डहरु पनि प्राप्त गरेका छन् ।

गायक तथा संगीतकार सरोज कोइरालाले ल्याए भकारीमा धान

मनोरञ्जन


काठमाडौं - गायक तथा संगीतकार सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘भकारीमा धान’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सरोज कोइरालाकै शब्द तथा संगीत रहेको यस गीतको संगीत संयोजन भने पुरुषोत्तम सुवेदीले गरेका छन् ।
गायनको क्रममा आफूलाई पछिल्लो आशा लागेको गीतको रुपमा भाकारीमा धान लिएको गायक कोइरालाले बताए । शब्द, संगीत र गायनसँगै पछिल्लो समयको ट्रेन्डलाई पछ्याएको हुँदा यो गीतबाट आशावादी रहेको उनले बताए ।

यसै गीतबाट गायक कोइरालाले आफ्नी जीवन संगीनी सगुन कोइरालाई भिडियोमा डेब्यू गराएका छन् । विधान कार्कीको निर्देशन रहेको भिडियोमा उनले सुगनसँगै सुधिर श्रेष्ठलाई अभिनय गराए छन् । भिडियोको छायाँकन उत्सव दाहालको रहेको छ भने सम्पादन विकास दाहालले गरेका छन् ।
यस गीतको भिडियोलाई द डिभाइन म्युजिक युटुब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।