entertainment
||Power News Asia||

आजको समाचार

वियोगान्त भावको गीतमा सङ्गीतकार ज्योतिप्रकाश

मनोरञ्जन


काठमाण्डौ - गायक एवं सङ्गीतकार ज्योतिप्रकाशले सङ्गीत भरेको गीत दिलमा सजाउन छोडेँ को भिडिओ सार्वजनिक भएको छ । डा। बी। पी। भुसालको शब्दरचना रहेको यस गीतमा प्रवीण बेडवालले आवाज दिएका छन् भने  मन्धर सुनामको सङ्गीत संयोजन रहेको छ । बेनिश थापाको निर्देशनमा तयार भएको यो भिडिओमा राज पोख्रेलको सिनेम्याटोग्राफी रहेको छ । भिडिओमा मनोज वली, प्रीति श्रेष्ठ, सुरज कपाली, आकाश गहतराज, महिमा भुजेल र समुन्द्र कार्कीले अभिनय गरेका छन् ।

शिलन लम्सालले सम्पादन गरेको यो भिडिओ ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत वियोगान्त भावमा रहेको छ  िमाया प्रेमका विभिन्न प्रसङ्गलाई गीतको शब्दका भावमा उठान गरिएको कुरा सङ्गीतकार ज्योतिप्रकाशले बताए । लामो समयदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील गायक एवं सङ्गीतकार ज्योतिको आफ्नै आवाज र सङ्गीतमा यसभन्दा अघिपनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् । साथै, उनले विभिन्न संस्थाहरुद्वारा आयोजित अवार्ड समारोहहरुमा म्युजिक अवार्डहरु पनि प्राप्त गरेका छन् ।

गायक तथा संगीतकार सरोज कोइरालाले ल्याए भकारीमा धान

मनोरञ्जन


काठमाडौं - गायक तथा संगीतकार सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘भकारीमा धान’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सरोज कोइरालाकै शब्द तथा संगीत रहेको यस गीतको संगीत संयोजन भने पुरुषोत्तम सुवेदीले गरेका छन् ।
गायनको क्रममा आफूलाई पछिल्लो आशा लागेको गीतको रुपमा भाकारीमा धान लिएको गायक कोइरालाले बताए । शब्द, संगीत र गायनसँगै पछिल्लो समयको ट्रेन्डलाई पछ्याएको हुँदा यो गीतबाट आशावादी रहेको उनले बताए ।

यसै गीतबाट गायक कोइरालाले आफ्नी जीवन संगीनी सगुन कोइरालाई भिडियोमा डेब्यू गराएका छन् । विधान कार्कीको निर्देशन रहेको भिडियोमा उनले सुगनसँगै सुधिर श्रेष्ठलाई अभिनय गराए छन् । भिडियोको छायाँकन उत्सव दाहालको रहेको छ भने सम्पादन विकास दाहालले गरेका छन् ।
यस गीतको भिडियोलाई द डिभाइन म्युजिक युटुब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

माया गर्ने मान्छे लिएर बजारमा आईन अनामिका

मनोरञ्जन


काठमाण्डौ- अभिनेत्रीएंव मोडल अनामिका चौलागाईं अब गायिकाभएकी छिन् । बिभिन्नचलचित्रसहितम्युजिकभिडियोकी मोडल अनामिका चौलागाईंले माया गर्ने मान्छेले कहिले काही रीसाउननी पाउँछ , बोलको गीतबजारमा ल्याएकीहुन् ।
गीतको शब्दशान्तिप्रियको रहेको छ । गीतको संगीतरामसिटौलाले गरेका हुन् भने एरेञ्ज राजेन्द्रबजगाईंले गरेका हून् । गीतको भिडियो पनितयार पारीएको छ ।

भिडियोमा गायिकाअनामिकाचौलागाईं नै फिचरिङ छिन् । श्रृंगार भने पवित्रा भट्टराईको रहको छ । भिडियो गोविन्दअञ्जानले छायांकन गरेका हुन् भने रंग संयोजन एवं सम्पादनबिनोद बमले गरेका हुन् । भिडियोमा क्यामरा असिस्टेनको रुपमा राममणी ढकाल छन् भने प्रोडक्सन दीपकथापाले हेरेका हुन् । भिडियोको निर्देशनगीतकार स्वयंशान्तिप्रियले गरेका छन् । छायांछवि क्रियशनले भिडियोनिमार्ण गरेको हो । सीसी नेपाल युट्युबच्यानल बाटगीत रीलीज गरिएको छ ।

 

नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न

मनोरञ्जन


काठमाडौं - नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि ूनेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड पाएका छन् । क्रियटिभ ईन्साइटको आयोजना तथा  रोज शिप विकास तालिम केन्द्रको व्यवस्थापनमा  उक्त सम्मान तथा अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।

सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य व्यवसायसँग आबद्ध सम्पूर्ण विधा-मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ समेट्दै अवार्ड सम्पन्न गरिएको कुरा रोज शिप विकास तालिम केन्द्रको अध्यक्ष बरिष्ट सौन्दर्यबिद सोनी कारंजितले जानकारी गराएकी छिन।

प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा विषेश अतिथिहरुमा चलचित्र  कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका उपाध्यक्ष बरिष्ट चलचित्रकर्मी मोहन निरौलाको उपस्थिति रहेको थियो ।

त्यस्तै,  नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, चलचित्र निर्देशक समाजकि कोषाध्यक्ष समुन्द्र भट्ट, बरिष्ट अभिनेता धिरेन शाक्य, बरिष्ट अभिनेत्री शर्मिला मल्ल, बरिष्ट गायिका देविका बन्दना, बरिष्ट हास्य कलाकार उत्तम केसी, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, ईभेण्ट डाइरेक्टर निशु कान्त झा, पत्रकार डब्बु क्षेत्रि, अभिनेता प्रसान्त ताम्राकार, लागायतका रहेका थिए।

अवार्ड समारोहमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान समेत गरिएको थियो। सम्मानित हुनेहरुमा शर्मिला मुनिकर, वेष्ट ब्यूटी ट्रेनिङ सेन्टर अफ दि इयर (जस्मिन ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर),  रिना अवाले, वेष्ट हेयर टेक्निसियन अफ दि इयर, टेकराज पाण्डे, वेष्ट मेकअफ आर्टिष्ट अफ दि इयर, ट्र्यु ड्रमा, वेष्ट ड्रमा कम्पनी अफ दि इयर, गोमा विस्ट, कृपाज ब्यूटी होम एण्ड ट्रेनिङ सेन्टर, वेष्ट ब्यूटी पार्लर अफ दि इयर रहेका छन् ।

त्यस्तै, प्रतिभा शाही, वेष्ट आइलेस टेक्निसियन अफ दि इयर, रुबिस्का श्रेष्ठ, वेष्ट नेल टेक्निसियन अफ दि इयर, प्रोत्साहना राना मगर, पपुलर नेल टेक्निसियन अफ दि इयर, मिनु श्रेष्ठ, वेष्ट फेसन डिजाइनर अफ दि इयर, सिर्जना कँडेल, वेष्ट हेयर कलर टेक्निसियन अफ दि इयर, मन्जुश्री श्रेष्ठ, वेष्ट ब्यूटीसियन अफ दि इयर छन् ।

त्यस्तै, मिना लामा, पपुलर मेकअप आर्टिष्ट अफ दि इयर, रिना लामा, पपुलर ब्यूटिसियन अफ दि इयर, सिर्जना कुँवर, मेकअफ आर्टिष्ट अफ दि इयर(महिला), सुनिता राना मगर, वेष्ट ब्यूटिसियन ट्रेनर अफ दि इयर, निकिता बुढाथोकी, पपुलर नेल आर्टिष्ट अफ दि इयर, भावना विष्ट, वेष्ट फेसन डिजाइनर अफ दि इयर सम्मानित भएका छन् ।

त्यस्तै, गीता मगर, बेष्ट नेल आर्टिष्ट अफ दि इयर, कार्भनल प्रोफेसनल हङकङ, वेष्ट ब्यूटी प्रोडक्ट अफ दि इयर(डबल ट्रिट्मेण्ट), दिपिका गैरे, वेष्ट हेयर स्टाइलिस्ट अफ दि इयर, गुड्डी जोशी वेस्ट ब्युटिसियन अफ द ईयर विरगंज छन् ।

त्यस्तै, सुशीला चूडाल गौतम (रजत), रुश्का श्रेष्ठ वैद्य (विशिष्ट सौन्दर्यविद् ), रश्मिला श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद्स, रचना शाक्य, वरिष्ठ सौन्दर्यकर्मी, रेणु शाक्य राना, वरिष्ठ सौन्दर्यकर्मी, कुमारी सिग्देल लामिछाने, वरिष्ठ सौन्दर्यकर्मी  छन् ।

त्यस्तै, मेनुका शिवाकोटी, वरिष्ठ सौन्दर्यकर्मी, मञ्जु प्रधान, वरिष्ठ सौन्दर्यकर्मी, ईश्वरी कारञ्जित, राष्ट्रिय सौन्दर्यकर्मी, सरोज लामिछाने, राष्ट्रिय चिकित्सक, सरु श्रेष्ठ, राष्ट्रिय सौन्दर्यकर्मी, चेसाङ लामा, राष्ट्रिय सौन्दर्यकर्मी, गोपीमाया थुलुङ, राष्ट्रिय सौन्दर्यकर्मी सम्मान, सिता श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सम्मानित भएका छन् ।

त्यस्तै, अनिता सुब्बा लिम्बू, वरिष्ठ सौन्दर्यकर्मी सम्मान, विमला बोहरा, वरिष्ठ सौन्दर्यकर्मी, चाँदनी घिमिरे, राष्ट्रिय सौन्दर्यकर्मी, इन्ता श्रेष्ठ, राष्ट्रिय फेसन डिजाइनर, काजल शर्मा, राष्ट्रिय फेसन डिजाइनर , रायन राई, राष्ट्रिय सौन्दर्यकला, सुजन तिमिल्सिना, राष्ट्रिय सौन्दर्यकला,सुलोचना श्रेष्ठ, राष्ट्रिय सौन्दर्यकर्मी,निकिता पाण्डे, राष्ट्रिय समाजसेवी, लिना डंगोल, सौन्दर्यकर्मी, सुहाना अर्याल, सौन्दर्यकर्मी सम्मान पाएका छन् ।

ममता साह, सौन्दर्यकर्मी, भावना विष्ट, सौन्दर्यकर्मी , देवी महर्जन, सौन्दर्यकर्मी, अन्जु श्रेष्ठ, सौन्दर्यकर्मी, अनु नापित, सौन्दर्यकर्मी ,आश्मा शाक्य, सौन्दर्यकर्मी,देवीमाया दाहाल, सौन्दर्यकर्मी ,  मन्जु सुवेदी, सौन्दर्यकर्मी,मनु पुन, सौन्दर्यकर्मी, मीना पौडेल, सौन्दर्यकर्मी,रुबि महर्जन, सौन्दर्यकर्मी, नविना राजथला, सौन्दर्यकर्मी,नमिना श्रेष्ठ, सौन्दर्यकर्मी, रविता कुमारी महतो, सौन्दर्यकर्मी, नन्दकुमारी अधिकारी, सौन्दर्यकर्मी,सजना राई, सौन्दर्यकर्मी, शान्ति तामाङ, सौन्दर्यकर्मी, सीता धमाला, सौन्दर्यकर्मी, गंगा लामा, सौन्दर्यकर्मी र शेष जिकुल्लाह, फेसन डिजाइनरले सम्मान पाएका छन् ।

चौथो पिम नेपाल चलचित्र महोत्सव २०२१ आयोजना हुँदै

मनोरञ्जन


काठमाण्डौ– पिम नेपाल चलचित्र महोत्सव २०२१ को लागि आवेदन खुल्ला गरिएको छ ।  यहि असोज १८ देखी २० गते सम्म काठमाण्डौमा आयोजना हुन गईरहेको फिल्म फेष्टिवलका लागि आवेदन दिने अन्तिम मिति तोकिएको छ । विभिन्न विधामा आवेदन फारम भर्न चाहाने स्रष्टाहरुले असोज १६ गते सम्म फारम भरिसक्नुपर्ने छ । नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले सुरु गरेको प्रतिष्ठित फेष्टिवल हो “पिम नेपाल फिल्म फेष्टिवल” ।

विभिन्न यथार्तपरक विषय, क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयहरुसंग सम्वन्धित रहेर सचेतना, जानकारी एवं प्रचारका लागी काम गर्ने फिल्म मेकर्सहरुलाई प्रोत्साहन गर्दै आईरहेको यस कार्यक्रमले यस पटकवाट स्थानिय स्तरमा वसेर भाषा, भेषभुषा र संस्कृति लागी काम गरेका फिल्म मेकर्सहरुलाई पनि समेट्ने उदेश्य लिएको छ । 

गत वर्ष प्रदेश नं ७ को राजधानी धनगढी रंगशालामा मिति २०७६ पौष २४, २५ र २६ सम्म आयोजना गरिएको थियो । ३ दिन सम्म संचालन गरिएको उक्त कार्यक्रमका चर्चित नेपाली गायक गायिका एवं अभिनेता अभिनेत्रीहरुको उपस्थिति समेत रहेको थियो । जसमा विशिष्ठि संगीतकार शम्भूजित बासकोटा, अभिनेत्री बसुन्धरा भुषाल, गायक यम बराल, रामचन्द्र काफ्ले, चक्र बम, तेजश रेग्मी, लोकनाथ सापकोटा, अभिनेता श्रीदेव भट्टराई, गोपाल ढकाल, संजीत भण्डारी, उद्धब भट्टराई, शेखर खनाल, भिष्मराज फुलारा,संचारकर्मी शान्तिप्रिय, लोकराज अधिकारी, गीता अधिकारी, राजन थापा, समिर लामा, गणेश सुवेदी, अरविन्द्र गौतम निर्देशक राजु अधिकारी, चलचित्रकर्मी ओम जैशीका साथमा स्थानिय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुती समेत रहेको थियो । 

महोत्सवमा नेपाली चलचित्र एवं विभिन्न भाषाभाषीका चलचित्रहरुतर्फ निर्देशक, लेखक, नायक/ नायिकाको लगायतको प्रतिष्प्रधा हुनेछ  भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार , सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिष्प्रधा हुनेछ जसमा निर्देशक, लेखक ,स्वरांकन, छाँयांकार लगायतका रहनेछन् । त्यस्तै लघु चलचित्र तर्फ निर्देशक र नायक / नायिकाको प्रतिष्प्रधा हुने र विजेतालाई अवार्ड समेत प्रदान गरिने आयोजकले वताएको छ । आवेदनको अन्तिम मिति २०७८ असोज १५ गते सम्म तोकिएको छ ।
 

‘अनलाइन एक्टिङ कम्पिटिसन’ को उपाधी मनिष पाण्डेलाई

मनोरञ्जन


काठमाडौँ — आश्विन ५, २०७८। 

ग्रेट भिजन मिडियाको आयोजनामा संचालित ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को उपाधी मनिष पाण्डेले हात पारेका छन। 

विश्वव्यापी संकटको रुपमा देखापरेको कोभिडको त्रास र खतराको बीचमा मनोरन्जन प्रदान गर्ने र लुकेर रहेका प्रतिभाको क्षमता उजागर गर्ने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” को आयोजन गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक के. डी. भट्टराईले जनाए।   

आयोजक भट्टराईले दिएको जानकारी अनुसार २१ जना प्रतियोगीहरु सहभागी भएको उक्त प्रतियोगितामा २० जना प्रतिस्पर्धीलाई पछि पार्दै पाण्डे ले उपाधी जितेका हुन। 

प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक गोबिन्द राई, वरिष्ठ अभिनेत्री मौषमी मल्ल र मोडल तथा एक्टर एसराज गराच रहेका थिए ।निर्णायकहरुको निर्णयसंगै युट्युबको भ्युज र ग्लोवल अनलाईन पे मार्फत संचालित अनलाईन भोटिङ मार्फत विजेताको छनौट गरिएको हो । 

विजयी पाण्डेले नगद पुरस्कार, अवार्ड, ट्रफीको साथै म्युजिक भिडियो, सर्ट मुभि र वेभ सिरिजमा अभिनय गर्ने अवसर सहित अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन।  

ग्रेट भिजन मिडियाद्वारा आयोजित सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनालेको अवसरमा विजयी प्रतिस्पर्धीलाई पुरस्कार हस्तान्तरण गरिने  आयोजक भट्टराईले जनाएका छन ।

‘मिस्टर एण्ड मिस ग्ल्यामर’ बने रोमन र रिया

मनोरञ्जन


काठमाडौँ — आश्विन ५, २०७८। 

डेस्टिनी ईभेन्ट मेनेजमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस ग्ल्यामर’ को विजेता रोमन परियार र रिया नापित भएका छन।  विजेताद्वयले ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधिसहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। 

राजधानीमा सम्पन्न भएको उक्त सौन्दर्य प्रतियोगितामा गौरव बिश्वकर्मा र प्रियंका शाही फष्ट रनरअप भए भने प्रतियोगितामा राहुल गरु र प्रसंसा ढुङ्गेलले सेकेन्ड रनरअपको उपाधी हात पारे।

त्यसैगरी प्रतियोगिताको ब्रान्ड एम्बासडर अनिता तामाङ, पपुलर चोईस सुरक्षा भट्टराई, मस्ट पपुलर कौशला कट्वाल, अर्गनाईजर चोईस सम्झना दनुवार घोषित भए। 

सुवास प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको निर्णायक मण्डलमा नवराज देउवा, संजय श्रेष्ठ र पुजा ठाकुर रहेको ईभेन्ट व्यवस्थापक रशिला गरुले बताईन।

करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर विशाल पासवान र ईभेन्ट कोरियोग्राफर रेनुका चौधरीले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरुमा प्रशिक्षण प्रदान गरेका थिए। 

यस्ता प्रतियोगितात्मक कार्यक्रमले युवायुवतीको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने भएकाले अझै व्यवस्थित रुपमा अन्य सौन्दर्य प्रतियोगिताहरु समेत आयोजना गर्दै अघि बढ्न हौसला मिलेको संस्थाका सिईओ राजन पटेलले बताए।

गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत ‘निर हो’ सार्वजनिक

मनोरञ्जन


सुनिल थापा मगरले ल्याए मर्मस्पर्शी गीत ‘निर हो’ भ्वाइस अफ नेपालका सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक शशान कंडेलको निर्देशनमा सुनिल थापा मगरले ल्याए मर्मस्पर्शी गीत ‘निर हो’ माझिको कथा व्यथा बोकेको सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक काठमाण्डौँ, असोज ३ ।

भ्वाइस अफ नेपाल सिजन ३ बाट राम्रै चर्चा बटुलेका गायक सुनिल थापा मगरले हालै ‘निर हो’ बोलको मर्मास्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन । २०६६ सालबाट आफ्नो सांगितिक यात्राा शुरु गरेका गायक मगर नुवाकोटमा जन्मेका हुन भने उनले पहिलो पल्ट रेकर्डिङ गरेर सार्वजनिक गरेको पहिलो गीतको बोल ‘नशालु’ हो । सानैदेखि नै गीत संगीतको मोहमा डुबेका उनले सबै थरिका गीतहरु गाउने लेख्ने र संगीत भर्ने पनि गर्छन् भने थुप्रै गीत र भिडियोहरु सांगितिक बजारमा ल्याइसकेका छन । गीत संगीत त मेरो नसा नसामा रगत बनेर बगेको छ भन्ने उनी भ्वाइस अफ नेपालमा राम्रै लेभलसम्म पुगेका थिए । आफुलाई त्यो बेला स्वास्थ्य र भाग्यले साथ दिएन भन्दै आफ्नो मनको व्यथा पोखेका थिए । दर्शक श्रोताले त्यो बेला राम्रै माया र साथ दिनु भएको थियो । प्रतिस्पर्धामा त हार र जित त भई हाल्छ नी तर पनि दर्शकश्रोताको यती धेरै माया पाए म त्यस्मै खुशी छु ‘ गायक सुनिलले तेजनेपाललाई बताए ।

हालै सार्वजनिक गीतमा उनलाई स्वरमा सुजिता योञ्नजनले साथ दिएकी छिन भने शब्द संगीत किरण माइकल घिमिरेको रहेको छ । सञ्जय हमालको संगीत संयोजन रहेको गीतलाई गोबिन्द सोनीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन भने ब्याक्राउण्ड स्कोर म्युजिक बिनय कार्कीले गरेका हुन ।

एउटा सामान्य माझिको जोडीको कथा व्यथालाई सेमेटेर प्रस्तुतु गरिएको भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक शसान कंडेलको निर्देशन गरेका छन । भिडियोमा जि बि चिरन र सोनिया महतको दमदार अभिनय देख्न सकिन्छ भने बाल कलाकार प्रियाान्स कंडेलको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा बुद्ध लामा र दिपक गिरीको छांयाकन, बिकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई गायक सुनिल थापा मगरले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ- परदेशमा गएका छोराछोरीले आमाबाबु र देशलाई नभुलुन भन्ने सन्देश सहितको “सबै कुरा भुल तिमी आमाबुवा कहीले नभुल”बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निर्माता निर्देशक तथा लोकप्रिय अभिनेता निर्मल शर्माको निर्देशनमा बनेको उक्त भिडियोमा वरिष्ठ अभिनेता चीज कुमार श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ भने सहनिर्देशन रजनी के.सि.को रहेको छ ।

गायक जे बि बिष्टको सुमधुर स्वरले सुसज्जित मर्मस्पर्शी सन्देशमुलक गीतमा स्वयमा गायक विष्टकै शब्द संगीतमा रहेको छ भने संगीत संयोजन किरण कडेँलको रहेको छ । काठमाण्डौको पर्यटकिय धार्मिक स्थल सांखुमा रहेको निकै नै रमणीय ठाउँ पालुबारिको ‘पालुबारि होम स्टे’लगायतका ठाउँहरुमा छाँयाकन भएको उकत भिडियोलाई निकै नै अनुभवी वरिष्ठ सिनेम्याटोग्राफर राजु के.सि.ले खिचेका हुन ।

समाजसेवी शंकर दुलालको विशेष सहयोगमा बनेको भिडियोमा सम्पादन गौतम राज खडका, मेकअप मुना नेपाली राई र फिल्ड सपोर्टमा सुमन कुमार श्रेष्ठ र कपिल कार्की रहेका छन । भिडियोलाई निर्माता निर्देशक अभिनेता निर्मल शर्माको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकको हातमा

मनोरञ्जन


काठमाडौँ — आश्विन ५, २०७८। 

एआर ईन्टरटेनमेन्टको प्रस्तुती तथा राईजिङ कृयसनसंगको सहकार्यमा पि प्रोडक्सनलेआयोजना गरेको ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ मा काठमाडौंका सुमन तामाङ र निर्जला रजक विजयी भएका छन।  विजेताले ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधि, म्युजिक भिडियो कन्ट्र्याक्टसहित अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। 

गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक मिस नेपाल ईन्टरनेसनल वर्षा लेखी सहित अभिबिन्द खनिया, रोहित मल्ल र गोमा तिवारी निर्णायक रहेका थिए। 

निशा पाठकले संचालन गरेको उक्त प्रतियोगितामा विधागत तर्फको अवार्ड हातपार्नेमा मिस्टर भिवर्स चोईस र मिस्टर फोटोजेनिक सप्रस्वत कोईराला, मिस भिवर्स चोईस, मिस फोटोजेनिक र मिस ट्यालेन्ट आयुस्का महर्जन, मिस्टर पिपुल्स चोईस र मिस्टर ट्यालेन्ट मनदोज लामा, मिस पिपुल्स चोईस, मिस मल्टिमिडिया बिनु थापा, हेन्सम विथ पर्पस र बेस्ट वाक राजु साह, मिस्टर मल्टिमिडिया र बेस्ट ड्रेस सुमन तामाङ, मिस एथ्लेट निकिता चौहान, बेस्ट ड्रेस पल्लवी क्षेत्री, मिस क्याटवाक पुजा शर्मा, मिस डिसिपिलिन रितु थापा, मिस्टर कन्जिनियालिटी आयुष खत्री, मिस कन्जिनियालिटी गंगा राई रहेको आयोजक संस्थाका सिईओ सगर मगरले जनाए।

प्रतियोगितात्मक कार्यक्रमले युवायुवतीको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रशान्त साहले बताए ।  

करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर आर्शु महर्जनले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरु गराएको कायक्रमका हेड अफ अपरेसन सौरभ चौधरीले जनाए।