entertainment
||Power News Asia||

आजको समाचार

साहारा एप सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करणको फारम खुल्ला

मनोरञ्जन


काठमाडौं – तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ हुने भएको छ ।  अर्थ नेपाल प्रालिलेको आयोजनामा हुने  अवार्डको तेस्रो संस्करणको लािग आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अवार्डको दुई संस्करण भव्यरुपमा सम्पन्न भइसकेको छ ।
कोभिडको कारण सुस्ताएको नेपाली संगित क्षेत्रलाई चलायनमान बनाउन तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ गर्न लागिएको आयोजक संस्था अर्थ नेपाल प्रालिे जनाएको छ । यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा २०७६ बैशाखदेखी २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले जानकारी दिए । 
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।
तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ  । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
 

हरितालिका तिजमा मेकअप गर्ने तरिका : यस्तो छ रोशनीको टिप्स

मनोरञ्जन


काठमाण्डौ  – मेक अप एउटा कला हो । मेकअप एक दिनमा नै सिकिदैन । एउटा साधारण नारि मेकअपको कला छ भने अनुपम बन्न सक्दछिन त्यसका लागि अनुभव तथा अनुसन्धानको आवश्यक पर्दछ । जसमा अनुहारको राम्रो भागलाई अझ बढी देखाएर नराम्रो भागलाई छोपेर राम्रो बनाईन्छ । हाम्रो नजिकै आउदै गरेको महिला दिदि बहिनीको हरितालिका तिज आएको हँदा, म सानो तथा घरमै पनि गर्न सकिने केही टिप्सहरु दिन गईरहेकी छ ।
मेक अपलाई चाहिने सामाग्रीहरु
१. C.T.M जरुरी छ, क्लिजिन, टोनिङ, मस्टराईजर, लगाउने SPF लगाउने
२. प्राईमर लगाउने त्यसपछि कन्सिलरले आफ्नो दाग आखाको वरिपरि डार्क सर्कल मा दागहरुमा लगाउने जसले दाग कम देखिन्छ दागले कोभन गर्छ ।
३. फाउण्डेसन, फाउण्डेसन लगाउन व्युटीब्लण्डर बजारमा पाईन्छ जसलाई भिजाएर सबैतिर फैलाउदै लैजाने । मेक अप लाई सेट गर्ने कम्प्याट पाउडर लगाइन्छ । कम्प्याट पाउडर लगाउदा पफको सहायताले लगाउने मेकअप धेरैवेर टिक्छ ।
आइस्याडो ः आखालाई सुन्दर देखाउन यो लगाइन्छ । आफ्नो ड्रेसको कलर र कस्तो प्रकारको पार्टी हो त्यस अनुसार गरिन्छ । यो मेकअप तिज विषेश भएको हँदा हल्का र रातो गोल्डेन टच दिन सकिन्छ ।
४.ब्लसन ः अनुहारको गालाको सतहलाई उभार र सुन्दर हल्का गुलाबी रंग दिन यो लगाइन्छ । जसले श्रृङ्गार मा जिवन्त दिन्छ । नरम ब्रसको सहायताले यो गालामा हल्का ब्लेण्डिङ गर्ने ।
५. श्रृङ्गारलाई पुर्णरुप दिन लिपिष्टक लगाइन्छ यो कला ले पातलो ओठ छ भने लिप लाईनरको सहायताले यसलाई अनुरुप बनाएर लगाउन सकिन्छ ।
६. आइब्रो सेडिङ ः आइब्रो पातलो सेफ राम्रो देखाउन यसलाई ब्राउन कलर पेन्सिल पाउडर केक जस्तो सामाग्रीले सेपदिन सकिन्छ । जसले अनुहारलाई आकर्षण देखाउछ ।
७. हाईलाईट ः हाईलाईट यो नाकको टुप्पा गालाको माथिल्लो भागमा टुप्पामा टच गर्ने , जसले चमक बढ्छ ।
गाँजल ः आईलाईन, मसकरा, आइकल गर्ने अन्तिममा मेकअप स्प्रे ले स्प्रे गर्ने ।
पहिरन ः टिका लगाउने , साडी संग सुहाँउदो आफ्नो निधार अनुसार साथै आफ्नो परम्परालाई ध्यानमा राखी सुहाउदो पहिरन गर्नुहोस । यो हाम्रो सांस्कृतिलाई झल्काउने पर्व हो , धेरै गहना नलगाउदा राम्रो यसले कुनै सुन्दर देखिने हैन यसरी गहना लगाउदा वार वार ध्यान त्यस मानै जान्छ । खुलेर रमाउन पाईदैन ।डर भइ रहन्छ । आजकाल बजारमा नक्कली गहनाहरु सुन जस्तै देखिने हँदा मन नै भए नक्कली गहना प्रयोग गर्नुहोस । हराउदा नी डर हुदैन । त्यही भएर रमाईलो गर्न सक्नु हुन्छ नियमित ।
सुझाव ः तिज हाम्रो धार्मिक परम्परिक संस्कृतिक पर्व हो । महिला दिदि बहिनि आफ्नो श्रीमानको लामो आयुको लागि निराहार बस्ने चलन छ । यो उहाँको प्रगाढ माया र श्रीमान प्रति सम्मानको ब्रत हो तर यदि स्वास्थ्यलाई ध्यान राखेर गर्न सके राम्रो हो । नसके लामो समय देखी विरामी, औषधी खाने महिला दिदि बहिनी र गर्भवती महिला कमजोर हुनुहुन्छ भने निराहार नबस्दा राम्रो हजुरको स्वास्थ्य बिग्रेमा परिवारलाई चिन्ता बढ्छ । आफुले ब्रत लिएर अरुलाई दुख दिनुमा कुनै धर्म हुदैन । आफ्नो स्वाथ्यको ख्याल राख्नुहोस् ।
निराहार ब्रत बस्न नसक्ने दिदि बहिनीहरुले फलदार जुस पानी दुध लिनु होला । दर खाने क्रममा अधिल्लो दिन धेरै भरि दर कम सकि नसकि नखानु होला । जसले गर्दा भोली पल्ट स्वास्थ्यमा गडबड नहोस , समय र परिस्थितीलाई धयानमा राखी भिडिभाड नगराई घर परिवारमै रमाउनु होला । घरमै बस्नुस सुरक्षित बस्नुस, स्वस्थ रहनुहोस र खुसी रहनु होस ।

साधना म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न

मनोरञ्जन


काठमाडौं- सामना म्युजिक क्रियशन प्रा.लि.को आयोजनामा राजधानीमा शुक्रबार दोस्रो साधना म्युजिक अवार्डमा सम्पन्न भएको छ । विभिन्न ३० विधामा अवार्ड प्रदान गरिएको समारोहमा गायक कृष्णभक्त राईलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । उहाँलाई नगद ११ हजार १११ नगद सहित सम्मान गरिएको थियो ।

गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार दामोदर पुडासैनी, कलाकार मोहन निरौला, गायक चन्द्र शर्मा, शिव परियार, सीताराम पोख्रेल, गीतकार तथा साहित्यकार शान्तिप्रिय, चलचित्र लेखक तथा निर्देशक माधव राज खरेल, नायक संजित भण्डारी, श्रीदेव भट्टराई, समाजसेवी टेकबहादुर बम, सहित्यकार डीआर राई, गीतकार/पत्रकार सुमन वैरागी लगायतले सम्मानित व्यक्तित्व तथा उत्कृष्ट सर्जकहरूलाई अवार्ड प्रदान गर्नुभएको थियो ।

समारोहमा आइटिविज्ञ राजेन्द्र अर्याल र लेखक तथा पत्रकार गीता अधिकारीलाई सम्मान प्रदान गरिएको थियो । अवार्ड समारोहका सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राख्नुभएको सामारोहमा आयोजक संस्थाकी अध्यक्ष सामना शाहले गीत संगीत र यससँग सम्बन्धितका सर्जकहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्ड, पुरस्कार तथा सम्मानका लागि अवार्ड समारोह आयोजना गरिएको बताउनुभयो । कोरोना संक्रमणका कारण समयमै अवार्ड हुन नसकेर केही विलम्बगरी दोस्रो संस्करण सम्पन्न गरेको बताउनुभयो ।

समारोहमा सर्वोत्कृष्ट अवार्ड चुम्न सफल हुने सर्जजकहरू
सर्वोत्कृष्ट लोकदोहोरी
विष्णु माझी – शित ।
सार्वेत्कृष्ट शब्द
सुजन लम्साल – सुन्तला गुलियो ।
सर्वोत्कृष्ट लय
रामु खडका – सोझोपन ।
सर्वोत्कृष्ट शब्द (नवप्रतिभा)
रमेशबाबु थापा – मयााकै नाम प्यारो ।
सर्वोत्कृष्ट लय (नवप्रतिभा)
दामोदर भण्डारी – छुर्पी चौरी गाईको ।
सर्वोत्कृष्ट गायक
नेत्र भण्डारी – बनपालेको लोरी
सर्वोत्कृष्ट गायक (नवप्रतिभा)
ईश्वर थापा – लाइदिम कि मोहोनी
सर्वोत्कृष्ट गायिका
देवी घर्ती – बनकी चरी
सर्वोत्कृष्ट गायिका (नवप्रतिभा)
रितु तामाङ – मनचरी
सर्वोत्कृष्ट मोडल पुरुष (अभिनय)
शिशिर पौडेल – आज मुटु
सर्वोत्कृष्ट मोडल महिला (अभिनय)
सञ्चिता शाही – स्यानु मायालु
सर्वोत्कृष्ट मोडल पुरुष (नृत्य)
शंकर बि.सी. – लाममाया छपक्कै
सर्वोत्कृष्ट मोडल महिला (नृत्य)
टिका जैशी – आए छैली
सर्वोत्कृष्ट निर्देशक
काजीश श्रेष्ठ – लाईदिम की मोहनी
यस्तै आधुनिक विधामा
सर्वोत्कृष्ट गीतकार
रामचन्द्र ढकाल – पिडा
सर्वोत्कृष्ट नवगीतकार
वीरेन्द्रकुमार बलामी – मैले बोल्नै जानीन
सर्वोत्कृष्ट संगीतकार
सन्तोष श्रेष्ठ – उदास जवानी
सर्वोत्कृष्ट गायक
प्रमोद खरेल – भुपु माया २
सर्वोत्कृष्ट गायिका
प्रविशा अधिकारी – कतिमाया
सर्वोत्कृष्ट मोडल पुरुष
सनम कठायत – भुपु माया २
सर्वोत्कृष्ट मोडल महिला
अप्सना थापा – एक पल्ट भन २
सर्वोत्कृष्ट मोडल पुरुष (नवप्रतिभा)
राज तमाङ – बारीको बनमारा
सार्वोत्कृष्ट मोडल महिला (नवप्रतिभा)
सुजल बम – जसलाई म आफ्नो
सार्वोत्कृष्ट गायक (नवप्रतिभा)
सम्राट चौलागाईं – आमा
सर्वोत्कृष्ट गायिका (नवप्रतिभा)
एलिना चौहान – छोडेर नजाउ
सर्वोत्कृष्ट युगल गीत
सुनिल कटुवाल र मेलिना राई – मुखैमा राम राम
सार्वोत्कृष्ट निर्देशक
अञ्जन शर्मा – अरुलाई माया
यस्तै अन्य बिधामा
सार्वोत्कृष्ट छायाँकार
शम्भु चालिसे – रामकसम
सर्वोत्कृष्ट सम्पादक
विकाश दाहाल – कोशौ टाढा
सर्वोत्कृष्ट एरेञ्जर
केशव बडु – ओए काजल
त्यसैगरी जुरी अवार्डमा
सार्वोत्कृष्ट लोक गीत – कृष्ण रेउले
सार्वोत्कृष्ट मोडल अभिनय – उषा सुवेदी
सर्वोत्कृष्ट मोडल नृत्य – पीएन सापकोटा
सार्वोत्कृष्ट बेष्ट मोडल – रिना थापा
इन्करेजमेन्ट अवार्ड – अभिषेक खडका ।
मिस्टर एण्ड मिस एसईइ,२०२१ को उपाधी अनुपम र जेनिशालाई

मनोरञ्जन


काठमाडौँ — भाद्र ९, २०७८। 

फेसन ईराको ब्यानरमा संचालन भएको मिष्टर एण्ड मिस एसईइ २०२१ को फाइनल प्रतिस्पर्धामा अनुपम न्यौपाने र जेनिशा तामाङ विजेताका रुपमा चयन भएका छन् । मिष्टर तर्फ उपाधि विजेता अनुपम ट्यालेन्ट विधामा पनि उत्कृष्ट ठहरिए भने मिसतर्फकी उपाधि विजेता जेनिशाले वेष्ट फिगर विधामा आफूलाई अब्बल देखाइन् । प्रतियोगितामा भिअर च्वाइस, वेष्ट वाक र पर्फमेन्स अफ द डे विधा सहित गोरे तामाङ पुरुषतर्फ फस्ट रनर अप भए भने ब्युटी विथ ब्रेन विधाको अवार्ड सहित एलिजा राउत महिलातर्फ फस्ट रनर अप बनिन् ।
 

प्रतियोगितामा एलिगेन्स र वेष्ट ड्रेसको अवार्ड सहित ईस्पा महर्जन तथा वेष्ट ड्रेस र मोस्ट पपुलर विधाको अवार्ड सहित सुवास बोहोरा सेकेन्ड रनर अप बन्न सफल भएका थिए । यसैगरी मोस्ट पपुलर र भिअर च्वाइस सहित जुना मोक्तान र मल्टिमिडिया अवार्ड सहित विशाल तामाङ अर्गनाइजर च्वाइस अवार्डको हकदार बनेका थिए । आर्शु महर्जनको कोरियोग्राफी अन्तर्गत संचालन भएको सो प्रतियोगिता ललितपुर बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न भएको थियो ।

चकलेटी नायक सन्जित भण्डारीद्धारा अभिनित चलचित्र आँधितुफान -२ को छायाँकन सम्पन्न

मनोरञ्जन


काठमाण्डौ - चलचित्र ‘आँधी तुफान २’ को सम्पन्न भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बुधवार चलचित्रको छायांकन सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । स्टार लेखक मौनता श्रेष्ठको आंधि तुफान( २को कूल लागत बढेर करिव सवा करोड पुगेको छ । भव्य तथा वृहत लोकेशन, फरक द्धन्द, विग क्यानभास आदि कारण चलचित्रको लगानी वढ्न गएको हो । चलचित्रका निर्देशक मदन घिमिरे र निर्माता चक्र घर्ति मगरले दिएको जानकारी अनुसार अझै एउटा गीतको छायांकन बाकी भएको र चलचित्रको द्धन्दको छायांकनको क्रममा केहि कलाकारहरु घाईते समेत भएका थिए ।

काठमाडौं र धुलिखेलमा खिचिएको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चक्र घर्ती मगर निर्माता रहेको चलचित्रमा चकलेटी नायक सन्जित भण्डारी, कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, पुस्कर राउत, संजय खतिवडा, सिवन लामा, रवि गिरी,ऋचा थापा, विन्दिया शाही, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी लगायतको अभिनय छ ।

रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहेको ‘आँधी तुफान २’ ले एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा भन्नेछ । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट चलचित्र ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण भएको हो ।

कन्हैयासिंहको नेतृत्वमा इनास अमेरिका !

मनोरञ्जन


 

काठमाडौं- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को नयाँ नेतृत्व चयन भएको छ । इनास अमेरिकाको केन्द्रीय अध्यक्षमा गायक, संगीतकार कन्हैयासिंह परियारको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो । इनास विश्वको ७० राष्ट्रमा स्थापना भएको नेपाली कलाकारहरुको बृहत् संस्था हो । तन्दुरी पार्टी प्यालेस कार्यक्रमको हल भर्जिनिया फेरफेक्समा भएको इनासको तेस्रो अधिवेशनमा करिब डेढ सय नेपाली कलाकारको सहभागिता रहेको नवनिर्वाचित अध्यक्ष कन्हैयासिंहले नेपालखोजलाई जानकारी दिए ।

कार्यक्रममा इनास ग्लोबलका उपाध्यक्ष साबु गदाल कार्की, बानाका निवर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्त, नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल, इनास ग्लोबलका सचिव हरि शर्मालगायतको उपस्थिति थियो । इनास उत्तर अमेरिकाका संयोजक आनन्दु लामाको सभापतित्वमा भएको कार्यक्रममा नायिका अरुणिमा लम्साल, नायक मुकेश ढकाल, चरित्र अभिनेता राजु बजाज, वरिष्ठ गायक मधु क्षेत्री, पुराना गायक वसन्त खड्कालाई सम्मान गरिएको थियो । रमेश मैनालीले सञ्चालन गरेको कार्यक्रम हसोल्लासका साथ सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको तेस्रो अधिवेशनले केन्द्रीय कार्यसमितिमा कन्हैयासिंहको अधक्ष्यतामा १७ सदस्य कार्यसमितिको गठन गरेको हो ।

यस्तै इनासको भर्जिनिया राज्यको कार्य समितिमा, राहुल केसीको अध्क्षतामा २० सदस्य कार्य समिति बनाइएको छ । मेरिलेन्ड राज्यको कार्य समितिमा सिर्जन ताम्राकारको नेतृत्वमा ३३ सदस्य कार्य समितिको गठन गरिएको छ । यसैगरी पेन्सलभेनिया राज्य कार्य समितिमा विकास घले गुरुङको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको गठन गरियो भने केन्टकी राज्यको कार्य समितिमा अर्जुन थापाको अध्यक्षतामा २८ सदस्य कार्य समिति गठन भएको केन्द्रीय अध्यक्ष कन्हैयासिंहले जनाए ।

 

हेरौं कार्यसमितिका सदस्यहरुको नामावली :

जान्छु माइत भन्दै शोभा र सोमा बजारमा आए ।

मनोरञ्जन


काठमाण्डौ – महिला दिदिवहिनीहरुको महानचाँड हरितालिका तिजलाई लक्षित गर्दै गायिका शोभा जि.सी ले  जान्छु माईत बजारमा ल्याएकी छिन् ।उक्त गीतमा जि.शीका अलावा समावसेवी शोमा खत्री र रस्मिता श्रेष्ठको स्वर रहेको छ भने भुपेन्द्र न्यौपानेको शब्द रहेको छ . यस्तै गीतमा नरहरी प्रेमीले संगीत दिएका छन् । नेपालको युटुव च्यालन मार्फत सार्वजनिक गरिएको भिडियोमा बिनोद बमको निर्देशनमा र अस्मिता जेरि लगायतका महिला दिदिबहिनीहरुको अभिनय देख्न सकिन्छ ।

 

मान्छेले पहिले हेर्ने लुक्स हेर्ने हो, व्यवहार हैन– मञ्जिला सुवेदी, सौन्दर्यविद्

मनोरञ्जन


काठमाण्डौ – मञ्जिला सुवेदी एक दशक देखी सौन्दर्य पेशामा संलग्न रहदै आएकी छिन् । उनि राम्रो सौन्दर्य प्रशिक्षक समेत हुन । उनि समाजसेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिए रहेकी छिन् । हालसालै उनले श्रृजनानगर, सल्लाघारी भक्तपुरलाई आधार  बनाएर मञ्जिलाज हेयर एण्ड व्यटि युनिसेक्स सलोनको स्थापना गरेकी छिन् । निकट भविष्यमै देशमा विभिन्न शहरहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष लिएकी मिञ्जला सुवेदी संग गरिएको कुराकानी संक्षिप्त रुपमा प्रीतुत गरिएको छ । 

सौन्दर्य पेशमा यहाँको प्रवेश कसरी भयो त ?
सौन्दर्य क्षेत्रमा मेरो रुची सानै देखी नै हो । म सानै उमेर देखी मेक अपमा असाध्यै ध्यान दिन्थे । गाउँभरिका बच्चाहरु जम्मा गरेर ममिको लिपिष्टीक चोरेर भएपनि उनिहरुको पनि मेकअप गरिरहन्थे । मेरो विचारमा सौन्दर्य विधातर्फ काम गर्न मलाई यतिवेला देखी नै अग्रसरता दिलाएको थियो । मेरो अभिभावकहरुले अहिले भन्नुहुन्छ । यसलाई पार्लर खोल्नुरैछ र सानै देखी यो मेकअप मन पराउदिरैछ भनेर । मलाई पार्लर खोल्न र यस कर्मलाई अधि बढाउको लागी परिवारको राम्रो साथ समर्थन रहेको छ त्यसैले म परिवार प्रति आभारी पनि छु । 

व्यूटिसलोन खोल्नुको उदेश्य के हो ?
अहिलेको समयमा मानिसहरु आकर्षक देखिन चाहान्छन् । यसको लागी मानिसहरुको लुक्सको भुमिका महत्वपुर्ण हुन्छ । मेरो विचारमा “मान्छेले पहिले हेर्ने लुक्स हेर्ने हो, व्यवहार हैन” जव मान्छेको व्यक्तित्व र आकर्षक उनको लुक्सले झल्काउँछ भने मानिसहरु त्यो व्यक्तिसंग आकर्षक हुन्छन् र मंगल गर्न थाल्छन् उनि मात्र त्यसको व्यवहार थाहा हुन्छ ।

त्यसैले हर मानिसमा व्यवहार त राम्रो हुनुपर्दछ नै तर उसको व्यवहारलाई स्थापित गर्न लुक्सले पनि महत्वपुर्ण भुमिका खेलेको हुन्छ । त्यसैले मैले मानिसहरुलाई आकर्षक देखियोस भन्नको लागी पनि यो व्युटिपार्लर स्थापना गरेको हु।


तपाइको पार्लर लेडिज÷ जेन्स दुवैको लागी होकी लेडिजको लागि मात्रै हो ?
हाम्रो पार्लर लेडिज र जेन्स दुवैको लागि हो । पछिल्लो समय पार्लरहरु मा जेन्सहरु पनि आफ्नो लुक्स बनाउनको लागि जाने गरेको पाईन्छ र हामीले पनि जेन्सहरुको लागि पार्लरबाट सुविधा पुर्याउने उदेश्यले पार्लरको स्थापना गरेका हौं । पछिल्लो समय जेन्सहरुको पार्लरहरु तर्फ बढ्दो आकर्षणले गर्दा पुरुष जनशक्तिको अभाव छ, यदि त्यो जनशक्तिमा बृद्धि गर्ने हो भने रोजगारीको बृद्धि गराउन सकिन्छ भने जेन्सहरुलाई पनि हामी पार्लरबाट सुविधा दिन सक्छौं ।

पार्लरमा जनशक्तिको अभाव भन्नुहुन्छ तर पछिल्लो समय पार्लर सिक्ने महिला पुरुषहरुको संख्या पनि त उल्लेखनिय छ त ?
सरसर्ति हेर्दा त्यस्तो लाग्छ सिक्ने मानिसहरु धेरै छन ,तर एक महिना सिक्दैमा पार्लर गर्नुपर्ने काम र पार्लरले पुर्याउनुपर्ने सुविधाका बारेमा खासै जानकारी नभई सकेको हुन्छ । हेयर स्टाईल बनाउँदा मेकअपको सामाग्री प्रयोग गर्दा त्यको लागि आवश्यक पर्ने कस्मेटिक सामाग्रीहरुको प्रयोग यसमा भएको केमिकल्सहरुको प्रयोगको बारेमा थाहा नहुन सक्छ । त्यस्तो वेलामा कष्टमरहरुको स्किनमा असर पुग्न सक्छ भने उसको लुक्समा पनि असर पुग्न सक्छ । मेरो विचारमा पार्लरमा काम गर्दा सामान्इ मेकअप गर्ने र कपाल मिलाउने मात्रै हैन मेकअप सम्बन्धी गर्नु पर्ने सम्पुर्ण कार्यहरु गर्न सक्ने कस्मिेटिक सामाग्रीहरुको गुणस्तरका बारेमा राम्रो जानकारी भएको दक्ष कामदारहरुको आवश्यकता छ ।

तपाइको पार्लरको भावी योजना के छ त ?
हुन त म व्यक्तिगत रुपमा १०–११ वर्ष देखी यस पेशामा संलग्न छु। थुप्रै तालिमका कक्षहरु संचालन गरेको छुर त्यहाँबाट थुप्रै मानिसहरुले तालिम प्राप्त गरेर देश विदेशमा सेवा पनि दिईरहनुभएको छ । यसले मलाई व्इत्तिःगत रुपमा सन्तुष्टि पनि मिलेको छ । मेरो भावी योजनाको कुरा गर्दा अहिले संचालनमा ल्याएकोयस पार्लरलाई श्रृजनानगर,भक्तपुरमा मात्रै नभएर देशभरिनै शाखा विस्तार गरी संचालन गर्ने र रोजगारीको बृद्धि गर्ने योजना बनाएको छु।

तपाई त सौन्दर्य व्यवसायको साथमा समाजसेवाको क्षत्रमा पनि सक्रिय हुनुहुन्छ हैन ?
समाजमा दुःख पाएका मानिसहरु देख्दा मलाई पनि चिन्ता हुन्छ र उनिहरुलाई मैले आफुले सकेको सहयोग गर्ने गरेको छु। समाजसेवा गर्न मनदेखी नै भावनात्मक हुनुपर्छ भन्ने मलाई लाग्दछ । मैले आफ्नो सौन्दर्य पेशावाट कमाएको केही धनराशी आवश्यक परेका मानिसहरुको लागी खर्चने गरेको छु। यसले मलाई आनन्द आउने गर्दछ र मेरो यस कार्यलाई मेरो परिवारले पनि साथ दिने गरेकोले मलाई समाजसेवामा सक्रिय रहन उर्जा प्रदान गर्ने गरेको छ ।

अन्यमा ?
कोभिड १९का कारण हामी सवैले असह्य परिस्थितीको सामाना गरेका छौं हामी सवै सुरक्षित त छैनौ तर पनि यसका अलावा हामीले आफ्नो दैनिकीलाई पनि सामान्यता तर्फ लैजान जरुरी छ । म सवैसंग आग्रह गर्दछु की आफु सुक्षित रहँदै आफ्नो नियमित कर्मलाई ध्यान दिउँ र स्वदेशमै रोजगारीको अवसरको श्रृजना गरौं ।

अनिल खनालको तीज गीत ‘नाच संगी’ बजारमा

मनोरञ्जन


काठमाण्डौ  - लोकप्रिय गीतकार एवम् संगीतकार अनिल खनालको तीज गीत ‘नाच संगी’ बजारमा आएको छ । गीतकार अनिल खनालको शब्द रहेको गीतमा संगीत र एरेन्ज भने दिपेन्द्र बुढा क्षेत्रीको पाउन सकिन्छ ।यस गितमा गायिका टीका प्रसाईं र गगन सिंहले स्वर दिनुभएको छ । म्युजिक भिडियोमा साया भन्डारी, दुर्गा तामाङ, अरुण श्रेष्ठ र काजी एसिको नृत्य रहेको छ । उक्त म्युजिक  भिडियो निर्देशन निरेन श्रेष्ठले, छायांकन रामकृष्ण चौलागाईंले र सम्पादन सुजन कोइरालाले गरेका छन् । गीत OSR DiGITAL  युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।पछिल्लो पटक गीतकार खनालले आशा बिसीसँगको सहकार्यमा तीज गीत ‘छोरीको करिम’ बजारमा ल्याएका थिए । उक्त गित लगत्तै नयाँ गित लिएर खनाल नेपाली बजारमा फेरी आउनुभएको हो ।

 

‘मिस्टर एण्ड मिस राइजिङ्ग मेगा मोडल –२०२१’ को आयोजना हुँदै

मनोरञ्जन


एकेज इभेन्ट एण्ड इन्टरटेनमेन्ट कम्पनीले  ‘मिस्टर एण्ड मिस राइजिङ्ग मेगा मोडल – २०२१’को आयोजना गर्ने भएको छ ।  प्रतियोगितामा १५ देखि २६ वर्ष उमेरका युवायुवतीले भागलिन पाउने छन् । त्यसका लागि उनीहरूले एक हजार रुपैयाँ सहित आवेदन फारम भर्नु पर्ने छ ।  प्रतिस्पर्धीको आत्मविश्वास, शैक्षिक अभिवृद्धि तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो । काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त प्रतियाेगिताकाे देश व्यापी अडिसन मिति छिटै घाेषाणा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) आयुष के. सिंहले जानकारी दिए ।  उक्त कम्पनीले यसअघि पनि  ‘नेपाल वेस्ट रनवे मोडल २०२०’ को आयोजना गरी सकेको छ । प्रतियोगितामा विजेता बन्नेले नगद सहित स्कुटर/बाइक पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता छिटै नै आयोजना गरिने आयोजक टिमले जनाएको छ ।