काठमाण्डौँ - विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’सिजन- ३ र फेस अफ दि स्मार्ट किड्स २०२२ सिजन-२ गरेर एकैचोटी दुईवटा प्रतियोगिता गर्ने घोषणा गरेको छ ।
यही आँउदो पुषको शनिबार युथ क्रियसन नेपालको कार्यालय पुतलीसडकमा उक्त प्रतियोगिताको अडिसन हुने जानकारी आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले जानकारी गराए ।
मोडलिङ क्षेत्र रोजेर उज्ज्वल भविष्य बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि आत्मा बिश्वास, मोडलिङ प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको कुरा पनि अध्यक्ष लामाले बताए साथे आफुले गर्ने सौन्दर्य प्रतियोगिता अरुले गर्ने भन्दा केही भिन्न तरिकाले गर्ने र प्रतिभाको मुल्याङ्कन पनि भिन्न तरिकाले गर्ने गरेको समेत जानकारी गराए ।
विशेष गरि बालबालिकालाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा टेवा पुर्याउने र बालबालिकाको व्यक्तित्व बिकास गर्ने उद्देश्यले फेस किड्स गरिरहेको अध्यक्ष लामाले बताए ।
‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-३ र फेस अफ दि स्मार्ट किड्स २०२२ सिजन-२ को कोरियोग्राफी अन्तराष्ट्रिय स्तरका कोरियोग्राफर रोजिन शाक्यले गर्नेछन् । दुवै प्रतियोगिताका विजेता, फष्ट रनर अपर, सेकेन्ड रनर अपले आकर्षक गिफ्ट ह्याम्परका साथै विभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्नेछन ।
‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ का प्रतिस्प्रधीहरुलाइ विभिन्न अतिरिक्त क्रियाकलापहरु चङ्गा चेट, रक्तदान कार्यक्रम, निशुल्क पानि तथा खाना बितरण, अनाथ बालबालिकालाई सहयोग गर्ने लगायतका विभिन्न सामाजिक कार्यमा समेत सहभागी गराईनेछ । त्यसैगरि विभिन्न सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत कुराको जानकारी अध्यक्ष लामा गराए ।
काठमाण्डौ- भ्वाईस अफ नेपालबाट भुमो गायकका रुपमा चर्चित बिनय कार्कीले आफ्नो नयाँ गीत सालको पात सार्वजनिक गरेका छन । डेढ दशकदेखि सांगितिक क्षेत्रमा कृयाशील गायक बिनय कार्की बिनय के टुको नामले चर्चित छन भने कार्कीले भ्वाइसमा आफ्नो कलाको जादु छरेपछी विगतलाई फर्केर हेर्नु नपरेको कुरा सुनाए ।
बिक्रम के सि को शब्द तथा गायक कार्कीको आफ्नै संगीत तथा एरेन्जमा तयार पारीएको यस् गीतको भिडियोमा अहिलेका चर्चित हास्य कलाकार पवन खतिवडा(म्याकुरी)को अभिनय देख्न सकिन्छ भने उनलाई उनकै जीवनसाथी सुमिना खालिङले अभिनयमा साथ दिएकी छिन । यी दम्पतीको हालै यही मंसिरमा विवाह भएको हो भने यी दुई साथमा अभिनय गरेको यो पहिलो म्युजिक भिडियो पनि हो । यी जोडी अहिले मिडियामा भाईरल जोडीको रुपमा पनि चर्चित छन । त्यस्तै जि बि चिरन, सुरेश खोली, बबिता न्यौपाने लगायतको पनि अभिनय भिडियोमा देख्न सकिन्छ ।
आरोही इन्टरटेन्टमेण्टको प्रस्तुति रहेको भिडियोलाई शशान कंडेलले निर्देशन् गरेका छ भने छांयाकन बुद्ध थापा, सम्पादन बिकास दाहाल तथा कोरियोग्राफी सन्तोष राजबाहकको रहेको छ ।
काठमाण्डौ – पछिल्लो समयका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत “भत्केको घर” एभरेष्ट ग्यालरी मार्फत सार्वजनिक भएको छ । गीतकार अभि क्षेत्री समर्पणको उत्कृष्ट शब्द रचनामा युवा संगीतकार ऋषी खड्काले उत्कृष्ट संगीत भरेका छन ।
सुगम संगीतका सदाबहार मोडल सनम कठायतको फरक तथा बेजोड अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोमा सनमसंगै गीतकार स्वयं अभि क्षेत्री र पुजा पन्तको अभिनय हेर्न सकिन्छ ।
उत्सव दाहालको छायांकन , बिकास दाहालको सम्पाद्न र अन्जन शर्मा निर्देशन रहेको उक्त भिडियो अहिले निकै चर्चामा रहेको छ । गीत सार्वजनिक भए लगत्तै युट्युब र टिकटकमा समेत दर्शक श्रोताहरुको सकारात्मक प्रतिक्रिया सहित माया बटुलिरहेको छ ।
काठमाण्डौ -जी सेवेन प्रोडक्सनको ब्यानरमा बन्न लागेको निर्देशक अरुण लामाको निर्देशन रहने नेपाली कथानक चलचित्र ‘डोरी’को घोषणा गरिएको छ । यस् अघि केही लघु चलचित्र, शर्ट फिल्म र डकुमेन्ट्रीमा समेत आफुले राम्रो अनुभव बटुलिसकेका निर्देशक लामाको भने यो डेब्यु चलचित्र हो । उनका अनुसार उनले यस चलचित्रमा सबै नयाँ कलाकारहरु अनुबन्धित गरेका छन ।
चलचित्रमा उनी स्वयम पनि अभिनय गर्ने तयारीमा छन भने उनीसंगै राज पौडेल, सिद्धार्थ सिंह, सरोज लामिछाने, वीरेन्द्र सिंह, श्रवण क्षेत्री, राज थापा, मिलन राई, सौरभ नुतन, प्रिन्स शेर्पा, विशाल किराती, पूर्ण नेपाली, भीम मगर लगायतका कलाकारहरुको अभिनय रहने छ भने अन्य बांकी कलाकारहरु पनि अडिसनद्वारा छनौटको क्रममा छन ।
यस् चलचित्रमा अभिनय गर्न लाएका कलाकारद्वय सिद्धार्थ र सरोजले भने केही साता अघि नेपालमा नै छांयाकन सम्पन्न भएको बलिउड चलचित्र ‘उचाई’मा समेत कलाकारको रुपमा अभिनय गर्न भ्याईसकेका छन ।
नेपाली सिनेमाको ईतिहासमा नै यस् फिल्मको कस्तो स्वाद शायदै देखिने छ भन्ने कुरामा निर्देशक लामा विश्वस्त छन भने सिनेमाले दर्शकलाई एकै साथमा हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणले भरपुर आनन्द दिलाउने छ’उनले थपे
काठमाण्डौ – हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ को निर्देशक रहेको म्युजिक भिडियो ‘शहर’ सार्वजनिक भएको छ । गायक कृष्ण भट्टराईको स्वर रहेको गीतमा बाबुराम राईको शब्द तथा एसडी योगीको संगीत छ ।
गीतको भिडियोमा शीतल केसी, संजित भण्डारी, गोपाल ढकाल, रिया श्रेष्ठ, रामेश्वर बुर्लाकोटी, प्रेम पाण्डे, प्रमिला राई, लक्ष्मीनाथ मौडगल्या, मदन दवाडी, केशवराज अर्याल, रुपेश पुडासैनी, कृष्णप्रसाद वस्ती, राजु रेग्मीको अभिनय देख्न सकिन्छ ।
वर्ल्ड वाईड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको गीत काठमाडौँ,भक्तपुर र ललितपुरका बिभिन्न स्थानमा छायाँकन भएको हो । भिडियोमा हर्कमान वाईवा (रिदम)को छायाङ्कन र तारा थापा (किम्भे) को सम्पादन रहेको छ ।
काठमाण्डौ – गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ । गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ ।सार्वजनिक उक्त भिडियोमा अहिलेको चल्तीकी मोडेल गरीमा शर्मा फिचर्ड छिन् । साथै उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन् । रोशनको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै रोशनको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक निशान बताउँछन् । हरि बहादुर घलेको छायाङ्कन , शिशिर खातीको कोरीयोग्राफी रहेको भिडियोको निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन भने र्याड स्टुडियोमा गरिएको हो ।राम्रो टिमसँग काम भएको र निकै मेहनत गरिएको कारणले पनि गायक काफ्ले यस गीत प्रति आशाबादी देखिएका छन् । हुन त गायक कृष्ण काफ्लेका थुप्रै गीतहरू हिट छन् । पर्ख पर्ख मायालु, देखन चम्पा , तिम्रो पिक्चर हिट, मैले बोलेको छैन ढाँटेर, हाने मैले झटारो, चाखुम चाखुम, माया बस्यो, ताला चाबी लगायत काफ्लेका हिट गीतहरू हुन् । कृष्ण काफ्लेलाई नेपाली फिल्म क्षेत्रमा एउटा बेग्लै पहिचान बनाउन सफल र बहु आयामिक गायकको रूपमा लिइन्छ । यसो त गायिका समीक्षा पनि अहिलेकी चल्ती गायिका हुन् । दर्जनौँ गीतमा आवाज दिइसकेकी उनको प्राय गीतहरू हिट छन् ।
काठमाडौं- नेपाली चलचित्रकर्मीहरु नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्ध एकिकृत भएका छन् । उनीहरुले यसका बिरुद्ध लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । परिवर्तन नेपाल मार्फत उनीहरुले यो अभियानको शुभारम्भ गरेका हुन् । महाअभियान अन्तर्गत नाटक मञ्चन गर्नेदेखि फिल्म समेत निर्माण हुनेछ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच यसको घोषणा गरिएको हो । ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को संयोजकमा मोहन निरौला रहेका छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोज कुमार भेटवाल र विश्वमणी घिमिरे सदस्यमा छन् । संयोजक निरौलाले आवश्यकता अनुसार थप सदस्यहरु मनोनयन गरिने र महाअभियानसँग संस्थाबाहेक अन्य तह र तप्काका व्यक्तिहरु पनि क्रमशः जोडिन सक्ने जानकारी दिएका छन् । उनले यो महाअभियानको कार्यक्रम गैह्र मुनाफा र गैह्र व्यवसायिक रहने जानकारी दिएका छन् । महाअभियान प्रारम्भ भएको ३ महिनामा वक्तव्यमार्फत् कार्य प्रगति पनि सार्वजनिक गरिने उनले बताए । नेपालको कला, साहित्य, संस्कृति मासिएको खण्डमा देशको पहिचान पनि मासिने भएकाले नेपाली संस्कृतिमाथिको अतिक्रमण अन्त्य गर्न यो अभियान थालिएको उनको भनाई छ ।
महाअभियानका संयोजक मोहन निरौलाले राजनीनिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने लगायत महाअभियानका कार्यक्रमहरु रहेको बताए । कलाकार तथा फिल्म निर्देशक समेत रहेका निरौलाले भने, ‘देश समाप्त पार्न युद्ध लड्नै पर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ । अहिले हामी संस्कृति सकिने कठघरामा छौं । त्यसकारण संस्कृति बचाउनु पर्छ भनेर हामीले यो महाअभियानको शुभारम्भ गरेका हौं ।’ नेपाली कला, साहित्य, चलचित्रहरु आफ्नै पहिचान र मौलिकतामा रहेर प्रस्तुत गर्न पनि उनको आग्रह छ ।
‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को शुभारम्भ समारोहका प्रमुख अतिथी तथा फिल्म निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । नयाँ पुस्तालाई हामीले बेलैमा हाम्रो संस्कृतिबारे सजग नगराए यो धारसायी हुने चिन्ता खरेलले कार्यक्रममा व्यक्त गरे ।
यस्तै अग्रज अभिनेत्री बसन्धुरा भुषालले पनि नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ सहयोग गर्नुपर्ने बताएकी छन् । अबका दिनमा चलचित्र निर्माण गर्दा मौलिक संस्कृतिलाई सकेसम्म समेट्नु पर्नेमा उनले जोड दिईन् । त्यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा सबै एकजुट हुन आग्रह गरेकी छन् । परिवर्तन नेपालको संस्थापक अध्यक्ष समेत रहेकी उनले अबदेखि आफूले नेपाली गीतबाहेक विदेशी भाषाका गीतमा टिकटक नबनाउने समेत वाचा गरेकी छन् ।
यो महाअभियानलाई शुभकामना दिन कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव विएल लगायतको उल्लेख उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको अपिल महाअभियानका सदस्य ठण्डबहादुर अधिकारीले प्रस्तुत गरेका थिए भने महाअभियान अन्तर्गतका कार्यक्रमको जानकारी मनोज भेटवालले दिएका छन् ।
काठमाण्डौ – नायक सलोन र रुबिनाको जोडी फेरी पनि अर्को म्युजिक भिडियो मार्फत देखिएको छ । तर हामी वस्तबिक जोडी होइनौ सलोनले भने म त माया पौडिदै छु उनी त यो क्षेत्र भन्दा फरक विधामा छिन, सलोनले बताए । तिम्रो मायाले बोल रहेको उक्त गीतमा गायिका रचना रिमाल र गायक केशब भावुकको सुमधुर स्वरले सजिएको छ ।
भिडियोमा सलोन र रुबिनसंगै भाईरल टिकटकर सन्तोष बस्नेत, लोसिन लमिछने, प्रख्यात घिमिरे, तप्स्या, गोपाल, कृति लगायतले अभिनयमा साथ दिएका छन । बिदेशमा रहेर पनि आफ्नै देशको संस्कृति, भेषभुषा र नेपाली गीत संगीतलाई माया गर्ने, थुप्रै चर्चित गीतहरुकी सर्जक गीतकार सुधा मरहठ्ठाको शब्द लेखन र चर्चित संगीतकार राजन तिमिल्सिनाले संगीत रहेको गीतको भिडियो निर्देशन चर्चित तथा अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक शशान कँडेलले गरेका हुन ।
भिडियोमा जती नै लगानी भएपनी यसबाट हुने कमाईसआओ समाज सेवामा लगाउछु गीतकार मरहठ्ठाले बताईन गीतमा योगेश काजीको संगीत संयोजन अशिष अविरलको मिक्सिङ मास्टरिङ्ग रहेको छ । काठमाण्डौ एक प्रेस रिलिज कार्यक्रम गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी बुद्ध थापाको छाँयाकन बिकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई गीतकार सुधा मरहठ्ठाको अफिसियल युट्युब च्यानल सुधा इन्टरटेन्मेण्ट मार्फत सार्वजनिक गरिएको छ ।
काठमाण्डौ- नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड हात पारेका थिए ।
त्यस्तै अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन फिल्म बडीज द्याट फाइट (चिली), वुमेन फिल्म फेमिनाईजेसन (लेबनान), चिल्ड्रेन फिल्म कर्मा (ईरान), सर्ट फिल्म द ट्यालेन्ट (रसियन फेडेरेसन), जूरी च्वाईस फिल्म मन्नू (भारत), विशेष फिल्म सेनाइ (भारत), स्पेशल मेन्सन फिल्म अन्टार्कटिका (बुल्गारिया)। स्पेशल मेन्सन फिल्म सरिता (नेपाल), रिकग्निशन फिल्म अर्थ इज होम (ट्यूनीसा), रिकग्निशन फिल्म फायर अफ टीक फ्लेम अफ चिनार (भारत)ले उक्त महोत्सवमा उत्कृष्ट अवार्ड जित्न सफल भएका थिए ।
कार्यक्रममा कलाकार प्रेम पाण्डे, झा, समता फाउन्डेशनका दिपक संजेल, पत्रकार राज लुईटेल,ईभेन्ट डाईरेक्टर तथा कार्यक्रम व्यबस्थापन संघ नेपालका अध्यक्ष लब वहादुर कार्की, पेजेन्ट डाईरेक्टर निशुकान्त झा, संचारकर्मी राजन थापा लगायतका ब्यक्तिहरुलाई आयोजकले सम्मान समेत प्रदान गरेको थियो । साथै उक्त महोत्सवमा विभिन्न राष्ट्रबाट चलचित्र कर्मीहरुका साथै समाजसेवी एवम् कलाकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत रहेको थियो ।
नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय चलचित्र क्षेत्रसंग जोड्ने एवं नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले आयोजना गरिएको उक्त चलचित्र महोत्सवमा विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवं एनिमेशन, लघुचलचित्रहरुले प्रतिष्प्रधातमक सहभागीता जनाएका थिए ।
नेपाल कल्चरल फिल्मी सेन्टरको आयोजनामा मंसीर १५ देखी १७ गते सम्म तीन दिन संचालन भएको कार्यक्रममा आयेजनामा सहभागीता जनाएका विभिन्न चलचिहरुको प्रर्दशनी गरिएको नेपाल कल्चरल फिल्मी सेन्टरका अध्यक्ष एवं फेष्टिवलका निर्देशक सन्तोष सुवेदी वताएका थिए ।
यूवा तथा खेलकुद मन्त्री माननिय महेश्वर जंग गहतराजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विधाका फिचर फिल्म,सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, ह्युमन राइट्स, चिल्ड्रेन फिल्म, वुमन फिल्म र एनिमेटेड फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, जुरी अवार्ड लगाएत विभिन्न २५ वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ऋषि लामीछाने, दिनेश राउत, बिष्णु प्रसाद सुवेदी, उत्तम न्यौपाने, शितल के.सी. लगाएतका नेशनल जुरी र डेभिड विल्सन, बोर्जे लुम्बर्ग, योङ उ किम, विलजान टुटोरोभ, मिया माईल्जर, रादा सेसिक लगायतका ईन्टरनेशनल जुरीहरुले चलचित्रका मुल्यांकन गरेका थिए ।


चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको सेन्टिमेन्टल आधुनिक गीत ‘सानो कुरामा’ सार्वजनिक भएको छ । अनन्त केसी र प्रवीषा अधिकारीको स्वर रहेकोगीतमा शब्द प्रकाश केसीको छ ।
सिवी चिरन, रोशनी कार्की, अरिजा केसी र शिक्षा खड्गीको अभियन रहेको भिडियोमा श्रीमान् श्रीमती बीचको प्रेम र खटपट देखाइएको छ । भिडियोको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् । गीतबाट राम्रो अपेक्षा लिइएको गायक अनन्त केसीले बताए । ‘मैले राम्रो काम गरेको छु’ उनले भने, ‘गीतलाई दर्शक, स्रोताले राम्रो माया दिनुहुनेछ भन्ने अपेक्षा लिएका छौँ ।’