entertainment
||Power News Asia||

आजको समाचार

राजनिति चल्दैन भन्दै बजारमा आए गायक काफ्ले

मनोरञ्जन


काठमाण्डौ– छोटो समयमै चर्चाको शिखर चुम्न सफल गायक कृष्ण काफ्लेको हाम्रोे सम्बन्धमा राजनिति चल्दैन बोलको गीत सार्वजनिक भएको छ । मायाप्रेम तथा मिलन विछोडका कुराहरु समावेश गरिएको गीतले माया प्रेम गर्ने जोडीहरु माथी विभिन्न किसिमका सड्यन्त्रहरु हुने र विछोड गराई दिने बाध्यत्मक कुराहरुलाई पनि उजागर गर्न खोजिएको छ ।  साथै गीत मार्फत गायक काफ्लेले आफ्नो सम्बन्ध लोभ र लालचमा आएर छुट्ने खालको नभएको बताएका छन् । माया प्रेमलाई निकै सस्तो रुपमा लिदै आएको पछिल्लो पुस्तालाई यस गीतले निदै दह्रोे ब्याङ्गे प्रस्तुत गरेको छ भने सम्बन्धलाई विश्वासले बलियो बनाउने कुरामाथी पनि जोड दिएका छन् ।

मुटु मुटु जुटे पछि जुनी जुनीको लागि एक अर्काको हुने कुरालाई गायक काफ्लेले आफ्नो सुमधुर आवाज मार्फत स्रोतामाझ ल्याएका छन् । कृष्ण काफ्लेको युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा लोकराज अधिकारीको शब्द रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । निशान घिमिरेको निर्देशनमा बनेको भिडियोमा वर्षा शिवाकोटी, शुधिर श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

‘तिमी बिना’ वेवसिरिज रिलिज

मनोरञ्जन


काठमाडौं, दमदार एक्सन, रोमान्स, पीडा समेटिएको वेवसिरिज ‘तिमी बिना’ रिलिज भएको छ । एबिफिल्म डिजिटलद्वारा निर्मित यस सिरिजको एक्शन डिरेक्टरमा नेपाली चलचित्रका प्रसिद्ध  द्धन्द निर्देशक शुक्रराज शाह रहेका छन् ।                                                                                              नयाँ तथा पुराना कलाकारको बेजोड प्रस्तुती रहेको यस सिरिजमा दिनेश तामाङ, रोहनी लामालाई मुख्य भूमिकामा देख्न सकिनेछ भने कमल मैनाली, रोशनी सापकोटा, सरिता राजोपाध्यय ,गणेश दुलाल, पवन के. सी.,रश्मी आचार्य , प्रियंशा शाही ,अम्बिका अधिकारी, अमु क्षेत्री, विश्व लामा, सञ्जय थापाको अभिनय देख्न सकिनेछ । यस सिरिजको शब्द, संगीत, एरेन्ज रोशन बालुवाले गरेका छन् भने नब गायक अर्विन तामाङको स्वर रहेको छ । तिमी बिना वेवसिरिजको कथा, सम्बाद, पटकथा रबिन दोङले लेखेका हुन् । पोस्ट प्रोडक्सन ओजस फिल्म स्टुडियोले गरेको छ भने श्रृंगार रुबिना बुढाथोकी, छायांकन बासु न्यौपाने, सम्पादन नरोत्तम पाण्डे र श्याम कार्कीले गरेका हुन् । 


उक्त सिरिज लाई आहिलेको व्यस्त युवा निर्देशक अर्जुन गौतमले गरेका छन् । दर्शक श्रोताहरु बाट राम्रो प्रतिक्रिया पाएको निर्देशक गौतमले बताए । ‘यो सिरिज बिल्कुल अरु सिरिज भन्दा फरक रहेको, अपलोड भएको शुरु दिनमै राम्रो प्रतिकृया पाएका छौं’ उनले भने । एक्शन, सस्पेन्स र प्रेम समेटेको यो वेब सेरिज नेपालमै पहिलो पटक निर्माण भएको उनको दाबी छ ।

मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१ को विजेतामा सिद्धार्थनगर भैरहवाकी ३६ वर्षीया उर्मीला

मनोरञ्जन


काठमाडौं । उर्मीला उप्रेती सिलवाल मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१ को विजेता बनेकी छिन् । सिद्धार्थनगर भैरहवाकी ३६ वर्षीया सिलवालले बिवाहित महिलाहरु बीच भएको स्पर्धामा उत्कृष्ट प्रस्तुतीका साथ ताज पहिरीएकी हुन् ।  ‘मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि हात पार्न सफल भएकी सिलवालले आउँदो अप्रिल २०२२ मा म्यानमारमा हुने मिसेस इन्टरनेशनलमा नेपालको तर्फबाट भाग लिनेछन, जहाँ विभिन्न देशबाट उनी जस्तै उपाधी हासिल गर्न सफल सुन्दरी महिलाहरु स्पर्धामा सहभागी हुनेछन् ।

 

को हुन उर्मीला उप्रेती सिलवाल ?

 

लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वरी स्कुल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रिन्सीपल हुन उर्मीला उप्रेती सिलवाल । विगत १० वर्षदेखि शिक्षा क्षेत्रमा संलग्न सिलवाल विद्यार्थीहरुको सुन्दर भविस्यका लागि तल्लिन रहदै विशिस्ट योगदान पुर्याउदै आएकी छिन् । हालसम्म ३०० भन्दा बढी शिक्षकहरुलाई मन्टेश्वरी तालिम दिएकी उनी मन्टेश्वरी शिक्षा प्रवाह गर्ने टप ट्रेनर समेत हुन् । सिलवालले भविष्यमा अन्तराष्ट्रियरुपमै यस्ता लाखौं शिक्षक उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको समेत बताएकी छन् ।पाँचजना बालबालिकाबाट निःशुल्क शिक्षा अभियान प्रारम्भ गरेकी सिलवालले अभियान अन्तर्गत लाखौंको संख्या पुर्याएर शिक्षा क्षेत्रमा ठूलो परिवर्तन ल्याउने आफ्नो लक्ष्य रहेको बताएकी छिन् ।

सिलवाल क्यानडामा रहेको डोमेष्टिक वर्कर युनाइट नामक संस्थाको २०१७ देखि नेपाल संयोजक रहेर काम गरेकी छन् । सिलवालले जीवनमा सिक्ने सिकाउने काम निरन्तर रहने हुनाले आफु यस्ता नयाँ काममा भाग लिनका लागि सधै उत्साहित रहेको बताउँदै उक्त प्रतियोगितामा भाग लिएको र उपाधि जित्न सफल भएकोमा खुशी व्यक्त गरिन।

ज्याकलिनको गोप्य तस्बिर बाहिरियो

मनोरञ्जन


काठमाण्डौ - बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ । केही दिन अगाडि मात्रै​ ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो । गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन् ।  ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै माया दिएका छन् । यसमा मिडियाका सबै साथीहरु पनि सामेल हुनुहुन्छ । म यतिबेला निकै नराम्रो समयबाट गुज्रिरहेकी छु । मलाई आशा छ म छिट्टै यो तनावबाट मुक्त हुनेछु ।’

उनले मिडियालाई आफ्नो बाहिरिएको गोप्य तस्बिर भाइरल नबनाइदिन आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘म मिडियालाई मेरो व्यक्तिगत कुरालाई ध्यान दिएर मेरो व्यक्तिगत तस्बिर भाइरल नबनाइदिन आग्रह गर्छु । तपाईंहरु आफ्नो प्रिय र नजिकको व्यक्तिसँग यस्तो व्यवहार गर्न सक्नुहुन्न ।’ ज्याकलिनको केही समयअगाडि मात्रै ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएको थियो । उनलाई ठगी गरेको आरोपमा सोधपुछ पनि भएको थियो । 

सुमनको निर्देशनमा यो जीवन मिठोको भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौं – नयाँ गीत यो जीवन मिठोको भिडियो शुक्रबार रिलिज गरिएको छ । यो गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो जीवन मिठो गीतलाई सुदन डोटेलले लेखेका हुन् । जसमा कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको छ । गीतमा सरोज प्याकुरेलले संगीत सृजना र मनोहर सुनामले संगीत संयोजन गरेका छन् ।

सँयुक्त राज्य अमेरिकामा बसेर पनि म्युजिक भिडियो, लघू चलचित्र तथा लोक दोहोरी कार्यक्रम निर्देशन गर्दै आएका सुमन दाहालको निर्देशनमा यो गीतको भिडियो तयार गरिएको हो । भिडियोलाई सँयुक्त राज्य अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायाँकन गरिएको हो । भिडियोका दृष्यहरु मनमोहक छन् ।

गीतको भिडियोमा युगल जोडीको प्रगाढ प्रेमलाई प्रस्तुत गरिएको छ । जसमा मोडलको रुपमा भुवन लोहनी र अन्जली दियाली प्रस्तुत भएका छन् । उनीहरु रोमान्टिक जोडीको रुपमा भिडियोमा अभिनयरत छन् । नया कलाकार भएर पनि सुमनले उनीहरुलाई परिपक्क कलाकार जस्तै अभिनयमा प्रस्तुत गरेका छन् ।
अक्की शर्माले खिचेको यो गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । जसमा रंग सँयोजन रेनिश फागोको रहेको छ ।

दीक्षा बनिन् मिसेस् नेपाल वर्ल्ड

मनोरञ्जन


काठमाडौँ – ‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को उपाधि बाफल, काठमाडौँकी दीक्षा केसीले जितेकी छन् । शनिवार आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा शीर्ष उपाधि चुमेकी उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस् वर्ल्ड’ जाने अवसर समेत प्राप्त गरिन् ।

विवाहित महिलाहरूबीच आयोजित प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस् नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ घोषित भए । दुवै सिङ्गापुरमा आयोजना हुने क्रमशः मिसेस् इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उषा प्रतियोगितामा मस्ट ट्यालेन्टेड तथा मस्ट बोल्डको उपाधि पनि हात पारिन् ।

रिबन इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा सुनिता लामा फस्ट रनरअप, राजश्री थापा सेकेण्ड रनरअप र मनीता प्याकुरेल थर्ड रनरअप भए । प्रतियोगितामा माधुरी कर्णले बेस्ट स्माइल, भ्यूअर्स च्वाइस र प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रलाय मिसेस् टुरिजम एम्बेस्डरको अवार्ड जितिन् भने लक्ष्मी जोशीले पब्लिक च्वाइस अवार्ड हात पारेकी छन् ।

नरहरी र प्रज्ञा को "तिमिलाई नै सम्झिरहन्छु" सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ -  नवप्रतिभा प्रज्ञा अधिकारी 'तिमिलाई नै सम्झिरहन्छु' गीतमार्फत नेपाली सांगीतिक बजारमा उदाएकी छिन् । अधिकारीले नरहरि प्रेमीको संगीत र पुष्पा पौडेलको शव्दमा तयार पारिएको गीतमा प्रज्ञाले नरहरिसँग युगल गायन गरेकी छिन् । लोकभाकालाई संगीत तथा प्रस्तुतिकरणका साथै वाद्यवादनको संयोजनले केहि नयाँपन थपेको महसुस गर्न सकिन्छ । संजय हमालको संगीत संयोजन रहेको गीतमा मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका छन् । सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई बजार व्यवस्थापन भने श्रुति संगीत विद्यालयले गरेकोछ ।

Narahari Premee YouTube Channel मार्फत प्रस्तुत यो क्यात Soft Romantic गीत निर्माण शैलीका हिसाबले हेर्नेहोभने विशेषगरि नयाँ पुस्तालाई लक्षित गरि तयार पारिएको देखिन्छ । यद्यपि शव्द संगीतको आधारमा भने सवै उमेरका श्रोताहरुले मन पराउने संकेत देखिन्छ । संगीतका सबैखाले विधामा उत्तिकैनिपुर्ण गायक तथा संगीतकार नरहरि प्रेमीले यस गीतमा आफ्ना अघिल्ला प्रस्तुतिहरुभन्दा केहि पृथकता दिने प्रयास गरेका छन् ।  

नेपाली संगीत वृतका अत्यन्तै लोकप्रिय वाद्यवाधकहरु रत्न बि.क. को बाँसुरी , मनिष गन्धर्वका सारङ्गी , संजीव बराईलीको गिटार साथै पोषण मगरको मादल आदिको कलात्मक वाद्यसंयोजनले पनि यस गीतमा सुनमा सुगन्ध थपेजसरी काम गरेको छ ।

पछिल्लो थोरै समयकै अन्तरालमा एउटा गुनासो , नरोज माया, कान्हा र पैसोवाला गीतमा आफ्नो सिजर्नात्मक विविधता पस्किसकेका संगीत गुरु नरहरि प्रेमी आफ्नी नवचेलीसँगको 'तिमीलाई नै सम्झिरहन्छु' नेपाली संगीत जगतको नौलो दस्तावेज हुनेमा ढुक्क देखिएका छन् । 

‘श्वास फेरी...’ भन्दै आइन गीता अधिकारी

मनोरञ्जन


काठमाडौं – सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी‘’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।गीता अधिकारीको सभापतित्वमा भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो बनेको र गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफ छ । गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ । यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिम्लिसीनाको सम्पादन र सरिता पुरीको शृंगार छ । वियोगान्त शैलीको गीत निक्कै मार्मिक छ भने भिडियो पनि उत्कृष्ट बनेको छ ।निर्देशक तथा सञ्चारकर्मी माधव खरेलले सहजिकरण गरेको कार्यक्रममा मोडल लिगेश भट्टराई, एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईं, गायक तथा संगीतकार सुरज पौडेल, हिमालय टाइम्स दैनिकका उपसम्पादक सन्दीप पौड्याललगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।गीता अधिकारीका यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको उहाँले बताउनुभयो । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।
सञ्चार जगतमा सकृय रहँदै आउनु भएकी सञ्चारकर्मी अधिकारी गीतकार का रुपमा पनि परिचय बनाउनु भएकी प्रतिभा हुनुहुन्छ । उहाँ मिलाप फाउण्डेशनमार्फत पनि विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । विभिन्न सञ्चार माध्याममा काम गर्दै आउनुभएकी अधिकारी मिलाप म्यागजिन र मिलाप न्युज डटकमकी कार्यकारी सम्पादक हुनुहुन्छ ।

वरिष्ठ गीतकार राजेन्द्र थापालाई दीर्घ साधना सम्मान प्रदान गर्दै नवौं म्यूजिक खबर म्यूजिक अवार्ड भव्यताका साथ सम्पन्न

मनोरञ्जन


काठमाडौं – नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ । म्यूजिक खबरको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा वरिष्ठ गीतकार राजेन्द्र थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्दै सम्पन्न भएको हो । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा राजधानीको लैनचौरस्थित लैनचौर बैंकटको हलमा भएको उक्त कार्यक्रममा थापालाई ३०५५५। रुपैयाँ नगद राशिसहित दोसल्ला र सम्मानपत्रद्वारा दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा गायक राज सागर र गायिका मनिषा पोखरेलले वरिष्ठ गायक थापाका चार वटा गीत गाएर सम्मान अर्पण गरेका थिए ।

कार्यक्रममा गायिका पूर्णिमा लामा र गायक सरोज कोइराला सर्वोत्कृष्ट गायक गायिका बन्न सफल भएका थिए । गायिका लामाले एक पल्ट भनन गीतबाट अवार्ड चुमेकी थिइन् भने गायक कोइरालाले माया केवल मायाबाट अवार्ड चुम्न सफल भएका थिए ।

कार्यक्रममा वरिष्ठ गायक रामप्रसाद खनाललाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरिएको थियो भने लोकप्रिय गायक हेमन्त शर्मा र लोकप्रिय गायिका सीता थापालाई म्यूजिक खबर दशकको स्रष्टा सम्मान प्रदान गरिएको थियो । त्यस्तै गायक राजु ढकाललाई म्यूजिकखबर युवाप्रतिभा संगीत सम्मान प्रदान गरिएको थियो भने बालगायिका सफलता श्रेष्ठलाई म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिएको थियो । सोही कार्यक्रममा गायक सुमित खड्कालाई म्यूजिक खबर संगीत सम्मान प्रदान गरिएको थियो भने कवि तथा गीतकार युवराज अधिकारी र गीतकार अनु शाहलाई म्यूजिक खबर स्रष्टा सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै फोटोग्राफर च्याङ्बा लामालाई म्यूजिक खबर फोटोग्राफी सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा गायक भोजराज काफ्ले, गायिका अन्जु गौतम, गायिका पुष्पा बोहरा, गायक रविन लामिछाने, गायक सागर गुरुङ, गायक रमेशराज भट्टराई र गायक छिरिङ भुटियाले सांगीतिक प्रस्तुति दिएका थिए भने पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारहरुले सांगीतिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य वरिष्ठ गायिका कोमल वली, विराटनगर महानरपालिकाका मेयर भीम पराजुली, चलचित्र लेखक, निर्देशक गीतकार नीर शाह, अभिनेत्री लक्ष्मी गिरी, गीतकार चूडामणी देवकोटा, चलचित्र लेखन निर्देशक मोहन निरौला, गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझी, अभिनेता शिवहरि पौडेल, गायक दुर्गा रायमाझी, संगीतकर्मी आरसी कोइराला, निर्देशक अभिनेता तथा सञ्चारकर्मी दिनेश डिसी, निर्देशक बाबुराजा केसी, पर्यटन व्यवसायी तथा समाजसेवी नवराज अम्गाई, गायक विष्णु खत्री, गायक इन्द्र जिसी, गायक रेशम सापकोटा, गायिका बीमा कुमारी दूरा, गायिका शीला आले, गायिका संगीता राना प्रधान, लगायत गीतसंगीत, चलचित्र उद्योगका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, संगीतकार संघ नेपालका अध्यक्ष पारस मुकारुङ, गीतकार संघ नेपालका उपाध्यक्ष वसन्त वित्यासी थापा, लोकसंगीत बहुद्देश्यीय सहकारीका अध्यक्ष चन्द्र शर्मा, संगीत रोयल्टी संकलन समाजका निवर्तमान अध्यक्ष महेश खड्का, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, तमु कलाकार संघकी अध्यष शर्मिला गुरुङ लगायत विभिन्न संघसंस्थाको प्रतिनिधित्व रहेको थियो ।

अवार्ड पाउने स्रष्टा, कलाकार तथा प्राविधिक सूची

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
पारसमणी बराल–मेरी आफ्नी आमा

सर्वोत्कृष्ट पप गायन महिला
रुचि घिमिरे– गालैको कोठीमा

सर्वोत्कृष्ट पप गायन पुरुष
देव तण्डुकार– सक्दिनँ म

सर्वोत्कृष्ट पप संगीतकार
राम सिटौला– घुम्न जाउँ न

सर्वोत्कृष्ट पप गीतकार
अमर वान्तु– शिल्की कपाल

सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी महिला
जानुका तामाङ–उखु गुलियो

सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी पुरुष
निकेश तामाङ– औंठी सुनको

सर्वोत्कृष्ट संगीत संयोजक लोकदोहोरी
कृष्ण केसी–बनपालेको लौरी

सर्वोत्कृष्ट मिक्सिङ लोकदोहोरी
मानबहादुर बराल–औंठी सुनैको

सर्वोत्कृष्ट मोडल महिला लोकदोहोरी
सञ्चिता शाही– माछी लेवैमा

सर्वोत्कृष्ट मोडल पुरुष लोकदोहोरी
रमेश थापा– रामकसम

सर्वोत्कृष्ट निर्देशक लोकदोहोरी
दीप गुरुङ– लाहुरेको कर्म

सर्वोत्कृष्ट शब्द लोकदोहोरी
रविन लामिछाने– हातमा घडी–२

सर्वोत्कृष्ट भाका लोकदोहोरी
धरोधर्म विद्यानास– श्रीकृष्ण बममल्ल

सर्वोत्कृष्ट गायक लोकदोहोरी
शिव संगीत– बनमा चरी

सर्वोत्कृष्ट गायिका लोकदोहोरी
कला लम्साल– लाहुरे आएन

सर्वोत्कृष्ट कल्चरल गीत
चोखो माया सलौजो
हरिराम परियार–विनिता गुरुङ

सर्वोत्कृष्ट कल्चरल गायिका
ए साइली–तारा श्रीष

सर्वोत्कृष्ट कल्चरल गायक
सन्तु थापा– सुपारी काँचो

सर्वोत्कृष्ट कल्चरल संगीतकार
दिपसागर थापा– फूलजस्तो जोवन

सर्वोत्कृष्ट लोकगीत
पाटनैको पातलो चिउरा–तुलसी पराजुली

सर्वोत्कृष्ट दोहोरी गीत
नैना रेशम
सूर्य खड्का–दुर्गा सापकोटा

सर्वोत्कृष्ट पूर्वेली गीत
शम्भू राई र अन्जु गौतम

सर्वोत्कृष्ट देउडा गायिका
लक्ष्मी आचार्य

सर्वोत्कृष्ट देउडा गायक
मायाले नै हो प्यारी–जोसेफ शाही ठकुरी

सर्वोत्कृष्ट चलचित्र गीतकार
लोकराज अधिकारी
ओ मेरो परान– म त मर्छु कि क्या हो

सर्वोत्कृष्ट चलचित्र संगीतकार
सुरेश अधिकारी–झ्याम्मै आँखा

सर्वोत्कृष्ट चलचित्र गायिका
सहिमा श्रेष्ठ– राइफलको सिरानी

सर्वोत्कृष्ट चलचित्र गायक
ध्रुव विस्को– राइफलको सिरानी

सर्वोत्कृष्ट गजल
पुरानो घाउ– चन्द्र प्रसाईं परिस्कृत

सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत
अनु अधिकारी– चड्कन दिनुपर्नेलाई

सर्वोत्कृष्ट मोडल पुरुष सुगम संगीत
गौतम खाती–कोरेको छु तिम्रो तस्विर

सर्वोत्कृष्ट मोडल महिला सुगम संगीत
सुशीला थापा–कति माया गर्छौ

सर्वोत्कृष्ट निर्देशक सुगम संगीत
विज्ञान राई–तिमी नबुझी आयौ

सर्वोत्कृष्ट छायाँकन सुगम संगीत
नवराज उप्रेती–कुरा काट्ने मान्छेले

सर्वोत्कृष्ट सम्पादन सुगम संगीत
प्रविन भट्ट–गुड्डु आइ लभ यू

सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
मनोहर सुनाम– कुवाको पानी

सर्वोत्कृष्ट युगल गायन सुगम संगीत
सपना श्री र प्रेम सेन्चुरी
जीवन यहाँ यस्तै

सर्वोत्कृष्ट मिक्सिङ सुगम संगीत
भोला पौडेल– कुवाको पानी

सर्वोत्कृष्ट गीतकार महिला सुगम संगीत
प्रतिमा गुरुङ–विस्तारै विस्तारै

सर्वोत्कृष्ट डायस्पोरा गीतकार
नूतन भुसाल–थाहा छैन के हुन्छ

सर्वोत्कृष्ट गीतकार पुरुष सुगम संगीत
प्रकाशपुञ्ज– एउटा फूल

सर्वोत्कृष्ट संगीतकार सुगम संगीत
राजेश थापा–थियौ तिमी दिलमा

सर्वोत्कृष्ट गायिका सुगम संगीत
पूर्णिमा लामा– एकपल्ट भनन

सर्वोत्कृष्ट गायक सुगम संगीत
सरोज कोइराला–माया केवल माया

सर्वोत्कृष्ट गीत सुगम संगीत
झम्के माया
समिर आचार्य र अन्जु पन्त

सर्वोत्कृष्ट एल्बम
नीवन– नवीन कार्की

जुरी अवार्ड गायिका
देविका बन्दना–परदेशी

जुरी अवार्ड गायक
कौशलराज खड्का–यति धेरै

जुरी अवार्ड संगीतकार
डेनी निरौला–बितेका दिन

जुरी अवार्ड गायक लोकदोहोरी
विमल डाँगी–मेरो हजुर

पब्लिक च्वाइस अवार्ड
पूजा क्षेत्री–केमा चित्त दुख्यो

इन्करेजमेन्ट अवार्ड
सुप्रिमा भट्टराई–राजराज भन्थी

क्रिटिक्स अवार्ड गायिका लोकगीत
सीता केसी–सुनका बाला

पपुलर मोडल अफ दि इयर
दुर्गेश थापा–राजा राजा भन्थी

पब्लिक च्वाइस अवार्ड
पूजा क्षेत्री– के मा चित्त दुख्यो
चलचित्र काँडेतारको छायांकन सम्पन्न

मनोरञ्जन


काठमाण्डौं – सिमानामा काँडेतार बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ को सम्पूर्ण शुटिङ्ग समाप्त भएको छ ।
आफ्ना अघिल्ला चलचित्र निर्माणमा आईपरेको अड्चन सम्झदै निर्माता, निर्देशन नवल खड्का भन्छन् ‘विगतमा देशभक्तिपूर्ण चलचित्रहरूलाई विभिन्न थरिका तत्वहरूबाट गरिएका कर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दै छ भन्ने लागेको छ । त्यसैले त्यस्ता कर्तुत बिरूध्द लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राखेको छु ।’
करिब ३ करोडको लगानीमा निर्माण भएको बताइएको ‘काँडेतार’मा नवल खडका, गौरब पहाड, रेविका गुरूङ्ग, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु के।सी।, खेम नेपाली, देवेन्द्र कोईराला, राम बिश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की छवि बैरागी घिमिरे बाललाकारमा नादिया खड्का र सनया खड्का आदि रहेका छन् ।
नवल खडकाको निर्देशन रहेको ‘काँडेतार’मा कार्यकारी निर्माता सत्यकला राई, लेखन शिवम् अधिकारी र नवल खड्का, छायांकन सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराज, एसोसियट निर्देशक रामशरण कोईराला, कास्टिङ्ग निर्देशक केशव रायमाझी, मुख्य सहायक निर्देशक बिश्वजंङ्ग माझी, संगित मणि थापा र दिपक शर्माको रहेको छ ।