काठमाण्डौ – नेपाली चलचित्र अवार्डकै सन्दर्भमापहिलोपटक गौरवमयबाह्रौं अवार्डको रुपमा डि सिने अवार्ड आयोजना हुने भएको छ । मूलतःनेपालीचलचित्रउद्योगको बृहत्तर हितमा अवार्ड आयोजनाप्रारम्भ गरी प्रविधिकामाध्यमले चलचित्रको गुणस्तर वृद्धि तथासिर्जनाकर्मी, पौरखीहातहरुलाई प्रोत्साहन–सम्मान गरी बृहत्तर चलचित्रउद्योगको परिदृश्यमाविगत १२ वर्षदेखि डि सिने अवार्ड आयोजना हुदै आईरहेको डिसिने अवार्डको बाह्रौ संस्करणको लागि उत्कृष्ट ५ मनोनयन को नामावली सार्वजनिक गरिएको छ । कोभिडका कारण विगत २ वर्ष देखी हुन नसकेका कारण विसं २०७६ सालमा प्रदर्शनीमा आएका चलचित्रहरु विच प्रतिस्पर्धा गर्न लागिएको बताइएको छ ।
१२औं संस्करणको छायाँछवि डि सिने अवार्डका लागिवर्ष २०७६ मा रिलिजभएका ६१ चलचित्रमध्ये ३६ चलचित्र मात्र छनौटमा परेका र यस पटकको अवार्डमा सहभागीताकालागिआब्हानगर्दा विभिन्न कारणले केहीचलचित्रभने सहभागीताजनाउन नआएपछि व्यक्तिगत स्वतन्त्रताभन्दै सहभागी नगराएको आयोजक समितिका अध्यक्ष शान्तिप्रियले जानकारी दिए । बाह्रौं छायाँछवि डि सिने अवार्डका लागि लेखक निर्देशक कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, प्रतिष्ठित संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्रीमोडल तथा साहित्यकार शोभीता सिंखडा निर्णायक रहेका थिए । अवार्ड चैत्र १२ गते काभ्रेको धुलीखेलमा सम्पन्नहुँदैछ। कार्यक्रम संयोजक समीर लामाकाअनुसार अवार्ड भब्यताका साथ सम्पन्न गरीने बताए ।
१. उत्कृष्ट पाश्व संगीत
क. रोहीत शाक्य : कबड्डी कबड्डी कबड्डी
ख. शैलेश श्रेष्ठ : मारुनी
ग. सुजिल कर्माचार्य : हजार जुनीसम्म
घ. एलिस कार्की : साङ्लो
ङ. एलिस कार्की : रातो टीका निधारमा
२. उत्कृष्ट ध्वनी मिश्रण
क. उक्तम न्यौपाने : लभ डायरीज
ख. मुकेश शाह : हजार जुनीसम्म
ग. अमित श्रेष्ठ : आमा
घ. सुनयमान श्रेष्ठ : छ माया छपक्कै
ङ. अमित श्रेष्ठ : जात्रै जात्रा
३. उत्कृष्ट गीतकार
क. हर्क साउद – जुनी काट्छु भन्थ्यौ : कबड्डी कबड्डी कबड्डी
ख. नरेश भट्टराई – बाचा : वीर वीक्रम
ग. राजेन्द्र थापा – जुनको जुनेली : छ माया छपक्कै
घ. सुरेश गैरे ‘विवश’ – जीन्दगीको के छ र : सेल्फी किङ
ङ. सुरेश वाग्ले – सक्दिन म : मारुनी
४. उत्कृष्ट पाश्र्व गायिका
क.मिलन नेवार – चरीले काफल टीप्यो : साङ्लो
ख. मेलिना राई – रातो टीका निधारमा : रातो टीका नीधारमा
ग. इतु जोजीजु – बिर्सन सकिन : मखमली मखमली
घ. अञ्जु पन्त – भिजिट भिषामा : दाल भात तरकारी
ङ. मिना निरौला – जुनको जुनेली : छ माया छपक्कै
५. उत्कृष्ट पाश्र्व गायक
क. सुगम पोखरेल – सत्य सत्य : हजार जुनीसम्म
ख. हेमन्त राना – जुनी काट्छु भन्थेउनी : कबड्डी कबड्डी कबड्डी
ग. कृष्ण काफ्ले – हाने मैले झटारो : मारुनी
घ. प्रमोद खरेल – रातो टीका निधारमा : रातो टीका निधारमा
ङ. नीशान भट्टराई – भिजिट भिषामा : दाल भात तरकारी
६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार
क. एस.डी. योगी – जुनी काट्छेउ : कबड्डी कबड्डी कबड्डी
ख. राजनराज सिवाकोटी – चरीले काफल टिप्यो : साङ्लो
ग. बसन्त थापा – जुनको जुनेली : छ माया छपक्कै
घ. राजनराज सिजाकोटी – एमजी रोडैमा : हजार जुनीसम्म
ङ. अर्जुन पोखरेल – छम् छम् : लभ डायरिज
७. उत्कृष्ट संगीतकार
क. अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ : लभ डायरीज
ख. सुरेश अधिकारी – झ्याम्मै आँखा झ्याम्मै : साङ्लो
ग. कोशिष क्षेत्री – बजार लाग्या छ : दी कर्मा
घ. एलिस कार्की – कुन मायाको साईनो : साइनो
ङ. ताराप्रकाश लिम्बु – बाचा : वीरवीक्रम २
८. उत्कृष्ट नृत्य निर्देशक
क. कविराज गहतराज – एम जी रोडैमा : हजार जुनीसम्म
ख. शिशिर खाती – सिल्की सिल्की : च च हुई
ग. कविराज गहतराज – जुनको जुनेली : छ माया छपक्कै
घ. विक्रम लामा÷एञ्जीला खत्री – सुन्यौ कि सुनेनौ : लभ डायरीज
ङ. कविराज गहतराज – चरीले काफल : साङ्लो
९. उत्कृष्ट द्वन्द्व निर्देशक
क. सम्राट बस्नेत : जाईरा
ख. शंकर महर्जन : हिरो नं. १
ग. श्री श्रेष्ठ : साङलो
घ. अष्ट महर्जन : दी कर्मा
ङ. हिमाल के.सी. : वीर विक्रम २
१०. उत्कृष्ट हाँस्य कलाकार
क. राजाराम पौडेल : दाल भात तरकारी
ख. जयनन्द लामा : साङ्लो
ग. केदार प्रसाद घिमिरे : छ माया छपक्कै
घ. क्षितिज सुवेदी : वीरबीक्रम २
ङ. शिवहरी पौडेल : रातो टीका निधारमा
११. उत्कृष्ट खलपात्र
क. प्रकाश शाह : साङ्लो
ख. शिशिर वाङदेल : छ माया छपक्कै
ग. प्रमोद अग्रहरी : जाईरा
घ. परमिता आर.एल. शाह : दी कर्मा
ङ. बुद्धी तामाङ : वीर वीक्रम २
१२. उत्कृष्ट कथा
क. गोविन्द फूयांल : मारुनी
ख. दीपेन्द्र लामा : छ माया छपक्कै
ग. अशोक शर्मा : रातो टीका निधारमा
घ. सुवास सिंह बस्न्यात : धुलो
ङ. सम्राट सापकोटा : कप्स
१३. उत्कृष्ट पटकथा
क.रामबाबु गुरुङ्÷उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी
ख. गोविन्द फुयांल÷नवल नेपाल : मारुनी
ग. दीपराज गिरी : छ माया छपक्कै
घ. आशुतोष राज श्रेष्ठ : जाईरा
ङ. विकाश आचार्य÷सामीप्यराज तिमिल्सीना : हजार जुनी सम्म
१४. उत्कृष्ट सम्वाद
क. रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी
ख. गोविन्द फुँयाल÷नवल नेपाल : मारुनी
ग. विकाश आचार्य÷सामिप्यराज तिमल्सीना : हजार जुनीसम्म
घ. दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, अभिमन्यू निरवी : छ माया छपक्कै
ङ. महेश दवाडी : कुम्भ करण
१५. उत्कृष्ट नव–नायिका
क. रुवीना थापा : लभ डायरीज
ख. रेवीका गुरुङ : मारुनी
ग. सिर्जना रेग्मी : जाईरा
घ. सन्दिपा लिम्बु : कप्स
ङ. निकीता चण्डक : साङ्लो
१६. उत्कृष्ट नव–नायक
क. आकाश पल : कुम्भ करण
ख. सम्राट मगर : जाईरा
ग. अंकीत शर्मा : रातो टीका निधारमा
घ. करण वर्मा : दी कर्मा
ङ. अखिलेष प्रधान : हजार जुनीसम्म
१७. उत्कृष्ट नव–निर्देशक
क. सुधन के.सी. : दाल भात तरकारी
ख. विराज भट्ट : साङ्लो
ग. विशाल सापकोटा : सेल्फी किङ
घ. आशुतोष राज श्रेष्ठ : जाईरा
ङ. सौरभ चौधरी : लभ डायरिज
१८. उत्कृष्ट चरित्र अभिनेत्री
क. अरुणा कार्की : रातो टीका निधारमा
ख. संचीता लुइटेल : हजार जुनीसम्म
ग. मिथिला शर्मा : आमा
घ. रमा थपलिया : छ माया छपक्कै
ङ. सरीता राजेपाध्याय : बीर वीक्रम २
१९. उत्कृष्ट चरित्र अभिनेता
क. विष्णु सापकोटा : लभ डायरिज
ख. माओत्से गुरुङ : कबड्डी कबड्डी कबड्डी
ग. अर्जुन श्रेष्ठ : मारुनी
घ. विनोद श्रेष्ठ : कीर्तिपुर
ङ. प्रकाश घिमिरे : छ माया छपक्कै
२०. उत्कृष्ट सह–अभिनेत्री
क. स्वस्तीमा खड्का : हजार जुनीसम्म
ख. सरिता गिरी : आमा
ग. संगीता नापित : दी कर्मा
घ. आँचल शर्मा : दाल भात तरकारी
ङ. नीता ढुंगाना : साईनो
२१. उत्कृष्ट सह–अभिनेता
क. कर्मा : कबड्डी कबड्डी कबड्डी
ख. सलोन बस्नेत : हजार जुनीसम्म
ग. भोलाराज सापकोटा : च च हुई
घ. जीतु नेपाल : छ माया छपक्कै
ङ. रविन्द्र झा : जात्रै जात्रा
२२. उत्कृष्ट छायाँकार
क. पुरुषोक्तम प्रधान : हजार जुनी सम्म
ख. शैलेन्द्र डी कार्की : कबड्डी कबड्डी कबड्डी
ग. हरी हुमागाई : छ माया छपक्कै
घ. सञ्जय लामा : मारुनी
ङ. मानकृष्ण महर्जन : साङ्लो
२३. उत्कृष्ट सम्पादक
क. निमेश श्रेष्ठ÷सुरेन्द्र पौडेल : कबड्डी कबड्डी कबड्डी
ख. लोकेश बज्राचार्य÷प्रवीन श्रेष्ठ : जाईरा
ग. बिपिन मल्ल : छ माया छपक्कै
घ. मित्रदेव गुरुङ : मारुनी
ङ. मित्र डी. गुरुङ : जात्रै जात्रा
२४. उत्कृष्ट अभिनेत्री
क. वर्षा सिवाकोटी : विरविक्रम २
ख. साम्राज्ञी आर.एल. शाह : मारुनी
ग. नम्रता श्रेष्ठ : जाईरा
घ. सुरक्षा पन्त : आमा
ङ. केकी अधिकारी : छ माया छपक्कै
२५. उत्कृष्ट अभिनेता
क. दयाहाङ राई : कबड्डी कबड्डी कबड्डी
ख. पुष्पल खड्का : मारुनी
ग. आर्यन सिग्देल : हजार जुनीसम्म
घ. दीपकराज गिरी : छ माया छपक्कै
ङ. विपिन कार्की : जात्रै जात्रा
२६. उत्कृष्ट निर्देशक
क. दिपेन्द्र लामा : छ माया छपक्कै
ख. प्रदीप भट्टराई : जात्रै जात्रा
ग. विकाशराज आचार्य : हजार जुनीसम्म
घ. नवल नेपाल : मारुनी
ङ. रामबाबु गुरुङ : कबड्डी कबड्डी कबड्डी
२७. उत्कृष्ट चलचित्र
क. कबड्डी कबड्डी कबड्डी : सिनेमा आर्ट प्रा.लि.
ख. मारुनी : पुनम इन्टरटेनमेन्ट प्रा.लि.
ग. हजार जुनीसम्म : एवीसी एण्ड एआरसी ग्रान्डसन फिल्मस् प्रा.लि.
घ. जात्रै जात्रा : षटकोण आर्टस् प्रा.लि.
ङ. छ माया छपक्कै : आमा सरस्वती मूभिज् प्रा.लि.
काठमाडौं – नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो । पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ । ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल स् युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र स् सीमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौं अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ति कालखण्डका चलचित्रकर्मीहरुको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ ।
कार्यक्रममा निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गरेका थिए । उनले ‘क्लोज(अप’ एउटा राम्रो दस्तावेज भएको बताउँदै नेपाली चलचित्रलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे । उनले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरुका अनुभवलाई समेट्न लेखकलाई सुझाएका छन् ।
कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुराहरु इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरुमा नलाग्ने बताइन् । ‘किताबको आफ्नै महत्त्व छ । आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु । किनकि, किताबमा म वास्तविकता भेट्छु । ‘क्लोज(अप’ले पनि नेपाली चलचित्रलाई थप नजिकबाट चिनाउनेछ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।
निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज(अप’ले नेपाली चलचित्रकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन् । निर्देशक दीपाश्री निरौलाले भने ‘क्लोज(अप’लाई आफूले नेपाली चलचित्र र चलचित्रकर्मीहरुको दस्तावेजको रुपमा लिएको धारणा राखिन् । उनले कार्यक्रममा भनिन्, ‘चलचित्रकर्मीहरुको यात्रा लाइमलाइटमा रहँदासम्म मात्र देखिन्छ । लाइमलाइटमा हुँदासम्म सबैले वाहवाही गर्छन् तर त्यसपछि हामी थियौं र १ भन्ने खालको स्थिति छ । ‘क्लोज(अप’ले चलचित्रकर्मीलाई लिपिवद्ध गरिदिएको महशुस गरेकी छु ।’
त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज(अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा ब्याख्या गर्दै भने, ‘नेपाली चलचित्र पत्रकारिता सतहीमात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढंगबाट लैजाने विश्वास लिएको छु । पुस्तकले नेपाली चलचित्रको समग्र इतिहास र पात्रलाई समेट्न नसके पनि भोलीका दिनमा अझ फराकिलो रुपमा पुस्तक ल्याउन म लेखकलाई आग्रह गर्छु ।
पुस्तकबारे कार्यक्रममा अभिनेता उत्तम प्रधान, निर्देशकहरु नारायण पुरी, दिनेश डिसी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतले पनि बोलेका थिए । कार्यक्रममा लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरु समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरु पुस्तकहरु पनि क्रमशः लेख्दै जाने बताए ।
कार्यक्रममा लेखक पराजुलीले भने, ‘मैले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु । यो एउटा सुरुवात मात्र हो । पुस्तकलाई पहिलो खण्डको रुपमा मात्र लिन सकिन्छ । पहिलो खण्ड यस अर्थमा कि चलचित्रको इतिहास झल्काउने धेरै कुराहरु लेख्न बाँकी नै छ । त्यस्ता धेरै व्यक्तित्वहरु हुनुहुन्छ, जसले नेपाली चलचित्रलाई आजको स्थानसम्म पुर्याउन योगदान दिनुभएको छ । उहाँहरुका बारेमा लेख्न बाँकी नै छन् ।’
ठुलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ । यूरोपका विभिन्न देशहरु र थाईल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशहरुमा पनि सार्वजनिक गर्ने तयारी गरिएको कार्यक्रममा बताईयो । ५९९ रुपैयाँ मुल्य रहेको पुस्तक यसै साताबाट देशभर तथा अमेजन मार्फत संसारभर उपलब्ध हुने जानकारी गराइयो । कार्यक्रममा संचारकर्मीसहित चलचित्र क्षेत्रका साथै अन्य विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
काठमाण्डौ– समाजका विभिन्न तह र तप्कामा रहेका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान गर्दै गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव काठमाण्डौमा सम्पन्न भएको छ । बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि माननिय संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले रहनुभएको थियो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै मन्त्री आलेले गौरीशंकर च्छोरोल्पा मिडियाले नेपालको मिडिया क्षेत्रमा मात्र नभई विभिन्न सांस्कृतिक तथा पर्यटकिय क्षेत्रलाई पनि उजागर गर्दै आईरहेको बताउदै कुनै पार्टी पंती भन्दा पनि सत्यका पक्षमा सम्पुर्ण मिडिया क्षेत्र लाग्नुपर्नेमा जोडदिनुभयो । गौरी शंकर च्छोरोल्पामिडियाले सिंगो दोलखाको पर्यटकिय नगरिको प्रतिनिधित्व गरेको छ र यसलाइ अझै भव्य, सभ्य र सुसम्पन्न बनाउन आफु तत्पर रहेको बताउनुभयो । दोलखाको शैलुङमा निर्माण गर्ने भनिएको फिल्म सिटीको लागी पनी दशौं वर्ष होइन, आगामी तिन वर्ष भित्र सक्नको लागि प्रधानमन्त्री शेर बहादुर देउवा, अर्थ मन्त्री र सचार मन्त्री ज्युहरु संग कुरा राख्ने र आफै अगाडी बढेर पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री आलेले नेकपा एमालेका नेता तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रती कटाक्ष गर्दै भन्नु भयो " विगतमा एमाले र माओवदी मिलेर निर्वाचनमा गएको थियो, आज कसै व्यक्तिको अहमताले गर्दा संघको सरकार पनि गयो, प्रदेशकको सरका पनि गयो, अझै आउने बैशाखमा स्थानिय तहमा ६० प्रतिशत जित्छु भन्ने जुन घमण्ड गरेको छ , यो घमण्ड महाभारतको दुर्योधन र नेकपा एमालेको राजनेता भनाउदो केपी शर्मा ओली विच कुनै फरक मेले पाएको छैन" । नारायणहिटी मात्रै हैन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारती जनताहरु पशुपतीमा आउदा सस्तो सुलभ मुल्यमा बस्न पाउन भनी २५ करोड दिएर बनाएको धरमशाला कौडीको भाउमा बेचिएको भन्दै आक्रोश व्यक्त गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा समाज सेवी भरत मोहन श्रेष्ठ, ध्रपद गायक विष्णु आचार्य, समाज सेवी दिक्षा चापागाई, स्वास्थ्यविद देवेन्द्र गौतम, प्रेस चोतारी दोलखा अध्यक्ष गणेश बस्नेत, पत्रकार कमला जोशी, सहकारीविद् बागमती प्रदेश हेमन्त चौलागाई, शिक्षाविद् प्रदेश नम्बर १ जगदिश प्रशाद ओली, अभियान्ता प्रविन शिवाकोटी, सामाजिक अभियान्ता राजन बस्नेत, स्वास्थ्यसेवी राजेन्द्र भण्डारी, अभियान्ता राजीव श्रेष्ठ, बरिष्ठ कलाकार शुशिल पोखरेल लगायतका रहेका छन् । देश समाज र जनताको लागि विभिन्न क्षेत्रबाट योगदा पुर्याउने व्यक्तित्वहरुलाई उनिहरुको योगदानको कदर गर्दै विभिन्न शिर्षकबाट सम्मान गरिएको छ ।
कार्यक्रममा कलाकार, पत्रकार, समाजसेवी, शिक्षाविद्, स्वाथ्यविद्, लगायत विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागीता रहेको थियो भने विविध किसिमका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।
काठमाडौं- नेपाल सांस्कृतिक कला मन्दिरको आयोजनामा दुई दिने बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कलाकार, पत्रकार र समाजमा उल्लेखनीय योगदान दिने विभिन्न व्यक्तित्वलाई कार्यक्रममा सम्मान गरिएको थियो । कला मन्दिरको आयोजनामा फागुण २७ र २८ गते चन्द्रागिरि, मच्छेगाउँमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लोकप्रिय कलाकारको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति रहेको थियो भने विभिन्न कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।
पूर्वमन्त्री राजेन्द्रकुमार केसीद्वारा उद्घाटन गरिएको कार्यक्रमको विशेष अतिथिमा चन्द्रगिरि नगर प्रमुख घनश्याम गिरि, पूर्वगृहराज्य मन्त्री इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा पत्रकारद्वय सानुकाजी श्रेष्ठ र विष्णु सुवेदीका साथै गायिकाहरू रचना रिमाल, समीक्षा अधिकारी, अस्मिता अधिकारी, गायक पदम राई, निर्देशक श्यामराज श्रेष्ठ, मोडल साक्षी लम्साल लगायतलाई सम्मान गरिएको थियो । नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्बद्र्धन र संरक्षणका लागि वार्षिक रूपमा कार्यक्रम हुँदै आएको छ । रमेश शाहीको नेतृत्वमा २०५८ सालमा स्थापना भएको नेपाल सांस्कृतिक कला मन्दिरले कला संस्कृतिको संरक्षणका लागि विविध सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।
काठमाण्डौ – यही शुक्रवार (चैत ४) बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चिसो एष्ट्रे’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको छ । मंगलवार साँझ सुन्धाराको सिभिल मलमा आयोजना भएको प्रिमियरमा फिल्मकर्मीहरुले निर्देशकिय पाटो, कलाकारको अभिनय, छायांकन पक्ष, कथावस्तुको मुक्तकण्ठले प्रशंसा गरेका थिए । केही फिल्मकर्मीले हलिउड स्तरको फिल्म भन्दै प्रशंसा पनि गरे ।
नेपाली फिल्मको प्रिमियरमा कमै उपस्थित हुने अभिनेता राजेश हमालले ‘चिसो एष्ट्रे’ राम्रो बनेको प्रतिक्रिया दिए । उनले भने( ‘विशेषगरी युवापुस्ताले फिल्मलाई बढी रिलेट गर्नुहुन्छ होला । फिल्ममा युवापुस्ताको आकांक्षा, प्राप्ति, हार, जित, मित्रता सबै समेटिएको छ । काठमाडौंमा बस्ने जो कोहीलाई फिल्मको कथाले छुन्छ । ‘चिसो एष्ट्रे’ सिनेमाको पारखीहरुले नछुटाइ हेर्नुपर्ने फिल्म हो ।’
कलाकार, लेखक तथा निर्देशक खगेन्द्र लामिछाने आफूले नियमित हेर्ने गरेको फिल्म र अभिनय गर्दै आएको फिल्मभन्दा ‘चिसो एष्ट्रे’ एकदमै फरक रहेको बताउँछन् । कथा भन्ने शैली अझ फरक तरिकाले प्रस्तुत भएकोमा उनले खुसी व्यक्त गरे । त्यस्तै, निर्देशक निश्चल बस्नेतले फिल्ममा सबै पक्ष राम्रो रहेको बताउँदै भिजुअल ल्याङ्वेजलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको धारणा राखे ।
‘फिल्ममा धेरै पक्षहरु राम्रो छ । फिल्ममा देखिनेभन्दा सोचिने कामहरु बढी भएको छ । फिल्ममा सिनेम्याट्रिक प्रस्तुति कुन लेभलमा हुनुपर्छ भन्ने ‘चिसो एष्ट्रे’ले देखाउँछ । भिजुअल ल्याङ्वेजलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । हरेक कुरालाई फिल्ममा निकै राम्रोसँग प्रस्तुत गरिएको छ । यद्यपि, केही कमजोरी भने नखड्किने होइन तर फिल्म जस्तो छ राम्रो छ,’ निर्देशक बस्नेतले भने ।
‘जात्रा’ निर्देशक प्रदीप भट्टराई भने ‘चिसो एष्ट्रे’लाई हलिउड स्तरको फिल्म भन्न रुचाउँछन् । उनी भन्छन्, ‘नेपाली फिल्मको कथावाचन शैलीमा ‘लुट’पछि ठूलो परिवर्तन आएको थियो । अब ‘चिसो एष्ट्रे’ले भिजुअल ल्याङ्वेजमा अर्को फड्को मार्छ भन्ने आश जगाएको छ । नेपाली फिल्म हलिउड स्टाइलको भएन भन्ने धेरैको गुनासो हुने गरेको छ । यो फिल्म चाहिँ हलिउड लेभलकै बनेको हो ।’
कलाकार सन्तोष पन्तले पनि ‘चिसो एष्ट्रे’ हलिउड स्तरको रहेको बताए । ‘फिल्म हलिउड स्तरको जस्तो छ । युवापुस्ताले फिल्मलाई साह्रै नै मन पराउनेछन् । फिल्मको स्टाइल एकदमै राम्रो छ,’ उनले भने, ‘कलाकारहरुले जुन(जुन चरित्रमा अभिनय गर्नुभएको छ, त्यसमा पूर्ण न्याय गर्नुभएको छ । हरेक कलाकारको अभिनय लाजबाब छ । सबैले एकपटक फिल्म हेर्नैपर्छ जस्तो लाग्छ ।’
फिल्मको प्रिमियरमा कलाकार सन्दिप क्षेत्री, अभिनेत्री ऋचा शर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, गायक बालेन, अभिनेता महेश त्रिपाठी लगायतको उपस्थिति रहेको थियो । प्रियिमरमा फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ । निर्माणको ७ वर्षपछि प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको कथालाई देखाएको छ ।
भूपि शेरचनको कविता ‘चिसो एष्ट्रे’बाट प्रभावित भएर निर्माण भएको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । दिन्स पाल्पालीले निर्देशन गरेको फिल्मको निर्माण महेशबाबु तिमल्सिनाले गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको फिल्मको सह(निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् ।
काठमाण्डौ – चर्चित गायक दिनेश भण्डारीको गीतमा धिरज खत्रिको दमदार अभिनय ‘जाईफुलको माला गाँसेर गीतको भिडियोसहित बजारमा आएको छ ।
हुम गैरेको निर्देशन तथा सम्पादन रहेको जाईफुलको मालागाँसेर गीतको भिडियो केशब बिस्वकर्माले छायांकनगरेका हुन भिडियोमा धिरज खत्रि आायुसमा कार्कि रामकुमार थापा करुना चापागाईंको अभिनय हेर्न पाईन्छ ।
गीतमा लयरशब्द दिनेश भन्डारिको रहेको छ भने दिनेश भन्डारिरइस्वर साबकोटारप्रतिमा अर्यालरसंगिता कर्किरसान्ता रोक्का को स्वर गितमा सुन्न सकिन्छ१ पुर्ण गुरुङको संगीत संयोजन रहेको जाईफुलको माला गाँसेर गित म्युजिक ब्याङनेपाल अनामगगरमा रेकर्डिङ भयको हो।
भिडियोमा धिरज खत्रीरआयुस्मा कार्की रामकुमार थापारकरुना चापागाईको ससक्त अभिनय रहेको छ उक्त गितको द्रिस्य निर्माण डि।के।म्युजिक प्रा.लि।ले गरेकाहुन भिडियो मेनुका डिजिटल युट्यूब च्यानल मार्फत बजारमा आएको हो ।
काठमाडौं -वरिष्ठ कलाकार वसुन्धरा भुसालले सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि.बाट पीडित सबैलाई सरकारले न्याय दिनुपर्ने बताएकी छन् । सहकारी पीडितहरूको तर्फबाट न्यायका लागि बुधबार ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा उनले सहकारीमार्फत पीडा दिने इच्छाराज तामाङको ब्यक्तिगत सम्पत्तिबाट असुलेर भएपनि पीडितलाई न्याय दिनुपर्ने उनको धारणा छ ।
‘धेरैजसो ६० देखि ९० वर्षका सेवानिवृत्त कर्मचारी, महिला, सानातिना व्यापारी र मजदुरले भविष्यका लागि भनेर दुःख गरेर कमाएको रकम राखेका थिए । कतिपयले आफ्नो गरगहना र अन्य सम्पत्ति पनि बेचेको पैसा राखेका छन्’ भुषालले भनिन् ‘दैनिक दालभात खान नपुग्नेसम्म ठगिएका छन् ।’ उनले सबै पीडितले न्याय महसुस गर्ने गरेर फैसला गर्न न्यायधीशहरुलाई अनुरोध समेत गरेकी छन् ।
भुषालले आफ्नो भने ब्यक्तिगत भन्दा पनि संस्थागत पैसा ठगिएको बताइन् । ‘हामी भुवन चैत्य वसुन्धरा फाउन्डेसन’ को नामबाट १५ लाख रुपैया सहकारीमा राखेका थियौ । त्यो पैसा हामीले बर्षेनी एक वरिष्ठ व्यक्तिलाई ५० हजार रकमसहित सम्मान गर्दै आएका थियौ’ भुषालले अगाडि थपिन् स् ‘पैसा फसेपछि अब कसरी काम गर्ने ।’ राष्ट्रको टप इन्जिनियर भनेर विश्वास गर्दा आफुजस्ता धेरै फसेको उनले सुनाइन् । आन्दोलनमा पुरानी अभिनेत्री चैत्यदेवी सिंहको पनि सहभागिता रहेको थियो । चैत्यदेवीले आफ्नो व्यक्तिगत तथा संस्थागत दुबै पैसा फसेको बताइन् ।
‘म मात्र होइन पीडित सबैले न्याय पाउनुपर्छ भनेर हामी आन्दोलनमा आएका हौ’ चैत्यदेवीले भनिन्, ‘इच्छाराज तामाङलाई सरकारले सजाय दिनुपर्छ र हामी सबैको पैसा पनि निकाल्नुपर्छ ।’ न्याय नमिलेसम्म आफुहरु निरन्तर आन्दोलनमा रहने सिंहले सुनाइन् ।
काठमाडौं– अन्तत: छाउपडी’ बोलको गीत सार्वजनिक हुने भएको छ । शब्द सार्वजनिक भए लगत्तै विवादना परेको उक्त गीत अब भने सार्वजनिक गर्नका लागि तयार रहेको गायिका सोफिया थापाले बताएकी छन् ।सुदुर पश्चिममा रहेर महिला अधिकारको क्षेत्रमा काम गरिरहेका केही अधिकारकर्मीले गरेको विरोधका कारण रेकर्ड नहुँदै यो गीत विवादमा परेको थियो ।
उक्त समुहले छाउगोठको नाममा रचनाकारले सुदुर पश्चिमको वदनाम गरेको आरोप लगाएका थिए । गीतका शब्द रमेश दहालले लेखेका हुन् । लामो समय सुदुर पश्चिमका विभिन्न जिल्लामा काम गर्ने क्रममा देखेको विषययलाई लिएर उनले गीतका शब्द तयार गरेका छन् ।गीतले कुनै पनि प्रकारको विभेद र विरोधका विषयय उठान नगरेकोमा उनी स्पष्ट छन् ।गीतमा संगीतसमेत गायिका थापा कै रहेको छ । यो गीत थापाको युट्युव च्यानलमार्फत फागुन २७ गते शुक्रबार सार्वजनिक हुँदैछ ।
काठमाडौं – ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सन् २०२२ जुलाई ३ तारिखमा अवार्ड आयोजना हुने जानकारी गराइयो । ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड र एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाजले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड आयोजनाबारे जानकारी दिइएको हो । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेन । अवार्ड कार्यक्रममा सफल नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली फिल्मकर्मीलाई प्रोत्साहन समेत गरिने भएको छ ।
अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवद्र्धन गर्नु रहेको ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए । ‘नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डले भूमिका खेल्नेछ,’ पत्रकार सम्मेलनमा उनले भने । नेपाललाई विदेशीमाझ फिल्म सुटिङको सुन्दर गन्तव्यको रुपमा चिनाउन पनि यसले मद्दत गर्ने उनले बताए । सकेसम्म हलिउड फिल्ममेकरलाई नेपालमा निम्ताएर कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि श्रेष्ठले जानकारी दिए ।
अवार्डका लागि चाँडै छनोट समिति गठन हुने बताइएको छ । कार्यक्रममा ग्लोबल नेपाली फिल्म अवार्डका नेपाल संयोजक मदु कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्दै कार्यक्रमको बारेमा प्रस्ट्याएका थिए। त्यस्तै कार्यक्रममा कलाकारहरु नीर शाह, करिश्मा मानन्धर, शिव श्रेष्ठ, अशोक शर्मा, उज्वल घिमिरे, दिनेश डिसी, आर्यन सिग्देल, रविन्द्र खड्का लगायतले अवार्डको सफलताको कामना गरे ।
अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई अवार्ड पनि प्रदान गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको उनले जानकारी दिएका छन् ।
‘यो अवार्डको उद्देश्य विदेशमा नेपाली चलचित्रको प्रवद्र्धन गर्नु हो । नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि हो । अमेरिकामा नेपालबाट धेरै कलाकारहरु पुगेका छन्, उनीहरुसँग पूर्नमिलन गर्नु पनि अवार्डको उद्देश्य हो । नेपाललाई चलचित्र टुरिजमको हब बनाउनु पनि अवार्डको उद्देश्य हो । हामीले पैसा कमाउनका लागि अवार्ड गरेका होइनौं,’ अध्यक्ष मल्लले भने ।
काठमाण्डौ – अभिनेता, समाजसेवी तथा चलचित्र कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवालका पिताको असमायिक निधन भएको छ । केही महिना अघि देखी अस्वस्थ रहदै आएका स्वर्गिय सुदर्शन कटुवालको यहि फागुन १४ गते निधन भएको हो ।
स्वर्गिय कटुवालका चार जना छोरा, बसन्त, सहदेव, सुनिल (संघका कोषाध्यक्ष) र सविन रहेका छन् । स्वर्गिय कटुवालको निधनको शोक बक्तब्य निकाल्दै चलचित्र कलाकार संघले हार्दिक समवेदना प्रकट गरेको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काद्धारा हस्ताक्षर गरिएको शोक वक्तव्यमा भनेको छ, “कटुवाल परिवारमा पर्न गएको अप्रत्याशित शोक र पिडामा कलाकार संघपरिवार हार्दिक समवेदना प्रकट गर्दै १३ दिनको पुण्य तिथिमा स्वर्गिय सुदर्शन कटुवाल प्रती हार्दिक श्रघद्धाञ्जली व्यक्त गर्दछ ।”