काठमाण्डौ- नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड हात पारेका थिए ।
त्यस्तै अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन फिल्म बडीज द्याट फाइट (चिली), वुमेन फिल्म फेमिनाईजेसन (लेबनान), चिल्ड्रेन फिल्म कर्मा (ईरान), सर्ट फिल्म द ट्यालेन्ट (रसियन फेडेरेसन), जूरी च्वाईस फिल्म मन्नू (भारत), विशेष फिल्म सेनाइ (भारत), स्पेशल मेन्सन फिल्म अन्टार्कटिका (बुल्गारिया)। स्पेशल मेन्सन फिल्म सरिता (नेपाल), रिकग्निशन फिल्म अर्थ इज होम (ट्यूनीसा), रिकग्निशन फिल्म फायर अफ टीक फ्लेम अफ चिनार (भारत)ले उक्त महोत्सवमा उत्कृष्ट अवार्ड जित्न सफल भएका थिए ।
कार्यक्रममा कलाकार प्रेम पाण्डे, झा, समता फाउन्डेशनका दिपक संजेल, पत्रकार राज लुईटेल,ईभेन्ट डाईरेक्टर तथा कार्यक्रम व्यबस्थापन संघ नेपालका अध्यक्ष लब वहादुर कार्की, पेजेन्ट डाईरेक्टर निशुकान्त झा, संचारकर्मी राजन थापा लगायतका ब्यक्तिहरुलाई आयोजकले सम्मान समेत प्रदान गरेको थियो । साथै उक्त महोत्सवमा विभिन्न राष्ट्रबाट चलचित्र कर्मीहरुका साथै समाजसेवी एवम् कलाकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत रहेको थियो ।
नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय चलचित्र क्षेत्रसंग जोड्ने एवं नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले आयोजना गरिएको उक्त चलचित्र महोत्सवमा विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवं एनिमेशन, लघुचलचित्रहरुले प्रतिष्प्रधातमक सहभागीता जनाएका थिए ।
नेपाल कल्चरल फिल्मी सेन्टरको आयोजनामा मंसीर १५ देखी १७ गते सम्म तीन दिन संचालन भएको कार्यक्रममा आयेजनामा सहभागीता जनाएका विभिन्न चलचिहरुको प्रर्दशनी गरिएको नेपाल कल्चरल फिल्मी सेन्टरका अध्यक्ष एवं फेष्टिवलका निर्देशक सन्तोष सुवेदी वताएका थिए ।
यूवा तथा खेलकुद मन्त्री माननिय महेश्वर जंग गहतराजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विधाका फिचर फिल्म,सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, ह्युमन राइट्स, चिल्ड्रेन फिल्म, वुमन फिल्म र एनिमेटेड फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, जुरी अवार्ड लगाएत विभिन्न २५ वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ऋषि लामीछाने, दिनेश राउत, बिष्णु प्रसाद सुवेदी, उत्तम न्यौपाने, शितल के.सी. लगाएतका नेशनल जुरी र डेभिड विल्सन, बोर्जे लुम्बर्ग, योङ उ किम, विलजान टुटोरोभ, मिया माईल्जर, रादा सेसिक लगायतका ईन्टरनेशनल जुरीहरुले चलचित्रका मुल्यांकन गरेका थिए ।


चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको सेन्टिमेन्टल आधुनिक गीत ‘सानो कुरामा’ सार्वजनिक भएको छ । अनन्त केसी र प्रवीषा अधिकारीको स्वर रहेकोगीतमा शब्द प्रकाश केसीको छ ।
सिवी चिरन, रोशनी कार्की, अरिजा केसी र शिक्षा खड्गीको अभियन रहेको भिडियोमा श्रीमान् श्रीमती बीचको प्रेम र खटपट देखाइएको छ । भिडियोको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् । गीतबाट राम्रो अपेक्षा लिइएको गायक अनन्त केसीले बताए । ‘मैले राम्रो काम गरेको छु’ उनले भने, ‘गीतलाई दर्शक, स्रोताले राम्रो माया दिनुहुनेछ भन्ने अपेक्षा लिएका छौँ ।’
नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को मनोनयनमा परेका उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको म्यूजिक खबर म्यूजिक अवार्डको ४२ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको हो । राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत र गजलका उत्कृष्ट पाँचमा परेका स्रष्टा, सर्जक, कलाकार र प्राविधिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पूर्व मन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनाल, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका अध्यक्ष हरिमाया गुरुङ, गोरखा सांस्कृतिक समाजकी उपाध्यक्ष रञ्जिता गुरुङ, वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक सिताराम पोखरेल, निर्देशक प्रकाश भट्ट, गायिका मुना थापा, गायिका देवी घर्ती लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रममा गायिकाहरु टीका प्रसाईं, सिर्जना कार्की, रुचि घिमिरे, सहिमा श्रेष्ठ, सीता केसी, लक्ष्मी आचार्य, सुनितामी परियार, अमृता श्रीपाल, गीता देवी, अन्जु गौतम, सिर्जु अधिकारी, बानिका प्रधान, रिता केसी, गायकहरु चिरञ्जीवी भण्डारी, अर्जुन सापकोटा, रविन लामिछाने, शिव संगीत, हरिराम परियार, विक्रम परियार, मौसम गुरुङ, ध्रव विस्को, शिरीष देवकोटा, सरोज कोइराला, दिपसागर थापा, सन्तु थापा, पवन राना, तुलसी पराजुली, नवीन कार्की, कौशलराज खड्का, संगीतकारहरु राम सिटौला, बादल घिमिरे, अमृत खाती, विपिन आचार्य, डेनी निरौला, ज्योतिप्रकाश, गीतकारहरु रमेश दाहाल, महेश आचार्य, पारसमणी बराल, एचके धिताल, नूतन भूसाल, मन्दिरा ढुंगेल, प्रकाश पुञ्ज, नवराज भट्टराई, लोकराज अधिकारी, मोडलहरु रमेश थापा, एलिना रायमाझी, सुशीला थापा, शिशिर पौडेल, गौतम खाती, सनम कठायत, दिपेन्द्र सोनाम, अनिता गिरी, निर्देशकहरु दीप गुरुङ, विना श्रेष्ठ, निशान बानियाँ, चित्र मास्की, पुरन थापा, प्रकाश धिताल, विज्ञान राई, राजीव बलामी लगायत दुई सयभन्दा बढी कलाकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अभिनेता गजित विष्ट, मोडल नारायण ढकाल, साहित्यकार, गीतकार कमला रिसाल, संगीतकार गायक दिलिप केसी, गायिका लक्ष्मी पुरी प्रधान र गायिका कल्पना काफ्लेलाई विशेष सम्मान गरिएको थियो ।
अवार्ड कार्यक्रमका निर्देशक मिलन मोक्तानको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई कार्यक्रम निर्देशक शान्तिप्रियले स्वागत मन्तव्य व्यक्त गर्दै अवार्डको बारेमा प्रष्ट पारेका थिए । त्यस्तै अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनालले गीतसंगीतको क्षेत्रमा लागेका कलाकारहरुप्रति साधुवाद प्रकट गर्दै संगीत क्षेत्रको विकास र प्रबद्र्धनमा लाग्न म्यूजिक खबर अवार्डले प्रेरित गरेका बताए । त्यसैगरी प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सम्पूर्ण कलाकारहरुको सम्मानमा सहभागी हुन पाएकोमा गौरवान्वित भएको भन्दै खुशी प्रकट गरे । सम्पूर्ण मनोनयनमा परेका कलाकारलाई बधाई तथा शुभकामना दिँदै पूर्वमन्त्री ढकालले म्यूजिक खबरले आयोजना कलाकारको सम्मान कार्यक्रममा आफू सदैव साथ र सहयोग दिने बताए । कार्यक्रम आगामी पौष ११ गते काठमाडौंमा सम्पन्न हुनेछ ।
काठमाडौं - गायक मोहन राई ‘दुखुन’नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । कलाकारिता क्षेत्रमार्फत लोकतन्त्रको प्रवद्र्धन र सम्बद्र्धन साथै नेपाली सांस्कृतिक क्षेत्रको उत्थानमा क्रियाशील रहेको जनाउँदै संघका अध्यक्ष तीर्थ थापाले राईलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको विधानको परिच्छेद ७ दफा २ (च) बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरिएको अध्यक्ष थापाले जनाउनुभयो । राईलाई अध्यक्ष थापा र कार्यबाहक सभापति जनार्दन आचार्यले मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो । संघको पत्र बुझ्दै राईले सांस्कृतिक क्षेत्रको उत्थान साथै कांग्रेसको गरिमालाई जोगाउन संघमार्फत सक्दो भूमिका निर्वाह गर्ने र भविष्यमा थप जिम्मेवारी थपिए इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपालका ‘हेभिवेट’ नेता तथा उच्च ओहोदाका सरकारी कर्मचारीहरूले रचना गरेका गीतहरू गाएर चर्चा कमाउनु भएका गायक राई राष्ट्रिय भाव र मायाप्रेमका गीतहरू गाउँदै आउनुभएको छ । इलामको रोङ गाउँपालिका निवासी राईका ‘कस्तो सपना’ र ‘मायाको खेल’ गीति एल्बम बजारमा ल्याइसक्नु भएको छ । उहाँले आफ्नो एल्बम ‘कस्तो सपना’को शीतल निवासमै एक भब्य समारोहबीच नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवबाट २०७१ सालमा विमोचनसमेत गराउनुभएको थियो । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय पदकबाट पनि विभूषित हुनुभएको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ, व्याकुल माइला, प्रदीप ज्ञवाली, नवराज सिलवाल, दिनेश थपलिया, मुकेश राई, मनु लोहारुङ राई, राजा घले, दिपेन्द्र शर्मालगायतले रचना गरेका गीतहरूमा मोहनले स्वर भर्नुभएको छ ।
काठमाण्डौ - एक्सन प्रधान नेपाली कथानक चलचित्र ‘आँधी तुफान -२’ को दुईवटा गीतको छायांकन सकेर शुटिङ युनिट नेपाल फर्किएको छ । केही महिना अघि मात्र नेपालमा शुटिङ सम्पन्न गरी चलचित्रको टिम गोवा पुगेको र सम्पूर्ण कार्य सकेर फर्किएको जानकारी चलचित्रका निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी गराउनु भयो ।
चलचित्रको टाइटल गीतमा सिवानी मोक्तानको स्वर रहेको छ भने संगीत सुरेश अधिकारीको रहेको छ । त्यस्तै अर्को गीतमा ओम सुनारको संगीत, दिपेन्द्र खड्का शब्द तथा संगीत रहेको छ । गीतमा नृत्य निर्देशन भने अबी वाग्लेको रहेको छ भने अभिनय सन्जित भण्डारी, सोनी बिसी, यङ्शु श्रेष्ठ र आरती आचार्यको रहेको छ । हाल बनिरहेको चलचित्र डेढ दशक अघि व्यावसायिक रूपमा सफल मानिएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेल हो ।
चलचित्रलाई निर्देशक मदन घिमिरेले निर्देशन गरिरहेका छन भने चलचित्रमा सञ्जीत भण्डारी, सञ्जय खतिवडा, आरती आचार्य, रिचा थापा, पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, मुकुन्द थापा, कनिज कोइराला, याङ्सु श्रेष्ठ, पुष्कर राउत, बिन्दीया ठकुरी, रमेश तामाङ, राजाराम गौतम, गोकुल सुवेदी, सरोज दाहाल लगायतको अभिनय रहने छ । चक्र घर्ती निर्माता रहेको चलचित्रमा सुरेश अधिकारीको संगीत, प्रेम चुल्ठेको द्वन्द, कमल राईको नृत्य निर्देशन तथा रामशरण उप्रेतीको छायांकन रहनेछ ।
भक्तपुर- भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले सहकार्य गरेको तेस्रो एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न भएको छ । भक्तपुरको बोडेस्थित कुमारी मन्दिर परिसरमा शनिबार सम्पन्न अवार्ड गीतसंगीतका ३२ विधासहित विभिन्न ४० वटा अवार्ड तथा सम्मान प्रदान गरियो ।
कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली चलचित्र तथा गीतसंगीतको क्षेत्रका वरिष्ठ कलाकारहरू पनि अतिथिको रुपमा उपस्थिति थियो । प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमीभित्रका पुरातात्विक बस्तु, संस्कृति जगेर्ना गर्ने उद्देश्यले नगरपालिकाले अवार्डसँग सहकार्य गरेको बताए । साथै आगामी दिनमा सहकार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अवार्ड आयोजक संस्था एपिक नेपाल म्युजिक प्रालिकी अध्यक्ष बबिता श्रेष्ठले मध्यपुर थिमी नगरपालिका सहकार्य गर्न पाउँदा खुशी लागेको र नगरप्रमुखले नेपाली कला क्षेत्रप्रति देखाएको चासो र सद्भावका लागि धन्यवाद दिनुभयो । समारोहमा वरिष्ठ हास्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई १ लाख १ हजार रुपैयाँको राशिसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । महजोडी भने समारोहमा अनुपस्थित हुनुहुन्थ्यो । साथै लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका पत्रकार जीवन पराजुलीलाई नगद २१ हजार रुपैयाँको राशिसहित मनोरञ्जन पत्रकारिता सम्मान प्रदान गरियो ।
तेस्रो एपिक नेपाल म्युजिक अवार्डका लागि निर्णायकमा गायक तथा सर्जक कन्तुप पन्त, पत्रकार तथा निर्देशक सुव्रतराज आचार्य र म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेय रहनुभएको थियो । ३२ विधाकै उत्कृष्ट पाँचमा रहेकाहरूको भिडियो प्रोमोमा पत्रकार गोपिकृष्ण चापागाईंले ‘भ्वाइस’ दिनुभएको थियो भने कार्यक्रम दिनेश डिसीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्का, नायक धिरेन शाक्य, कलाकार पल्पसा डंगोललगायतको उपस्थिति थियो ।
अवार्ड पाउनेहरूमा लोकदोहोरी गायकमा खेम सेञ्चुरीले झ्यालमा पर्दा छ बाट, लोकदोहोरी गायिकामा टीका पुनले भाग्यमै छौबाट, लोकदोहोरी शब्दमा नेत्र अर्यालले झ्यालमा पर्दा छ बाटै, लोकदोहोरी लयमा श्रीकृष्ण बम मल्लले डाँडा घरे साइलीबाट, लोकदोहोरी मोडल पुरुषमा बिपेश घिमिरेले माइलीबाट, लोकदोहोरी मोडल महिलामा सारिका केसीले लाहुरबाट, लोकदोहोरी नवमोडल पुरुषतर्फ सुरज श्रेष्ठले ओई गन गन-२ बाट, लोकदोहोरी नव मोडल महिलातर्फ चौका दाउ, लोकदोहोरी नवगायकमा अलिफखानले झुम्के बुलाकीबाट, लोकदोहोरी नवगायीकामा सोनिया डिसीले नसालु मायाबाट रहनु भएको छ ।
यस्तै लोकदोहोरी भिडियो नृत्य निर्देशकतर्फ काजिस श्रेष्ठले सूर्ती माड्दै माड्दैबाट, लोकदोहोरी भिडियो निर्देशकतर्फ रविन शाहले बाँचे कमाउलाबाट, आधुनिक गायकतर्फ प्रेम सेञ्चुरीले जीवनयहाँ यस्तै छ बाट, आधुनिक गायिकामा मेलिना राईले कहाँहोला मेरो मायालुबाट, आधुनिक गीतकारमा भोजराज पाण्डेले आँधि हुरीबाट, आधुनिक संगीतकारमा केशव सापकोटाले तिम्लाई माया गर्ने मुटुबाट, आधुनिक मोडल पुरुषतर्फ पल शाहले फुलबुट्टे सारीबाट, आधुनिक मोडल महिलातर्फ सिल्पा पोखरेलले ए जिन्दगीबाट, आधुनिक नवमोडल पुरुषतर्फ विजय पुनले पथ्थरको मुटुबाट, आधुनिक नवमोडल महिलातर्फ प्राची लामाले तिमीयति राम्री किनबाट, आधुनिक नवगायकमा देवेन्द्र बब्लुले मायालुबाट, आधुनिक नवगायीकातर्फ एलिना चौहानले धोकेवाजबाट रहनु भएको छ ।
यस्तै आधुनिक भिडियो निर्देशकतर्फ विक्रम चौहानले भूपू माया-४ बाट, नवनिर्देशकतर्फ साहिल खानले एक्लै हुँदा परदेशमाबाट, संगीत संयोजनमा विश्वास नेपालले झल्को आम्च काबाट, भिडियो सम्पादकमा मिन रावलले चोटबाट, भिडियो छायांकारमा नवराज उप्रेतीले फुटेका चुराबाट, काँठे भाका गायकतर्फ रामशरण आले मगरले घैया मकैबाट, काँठे भाका गायिकातर्फ शारदा रसाइलीले खेतको आलिबाट, देउडा गायकमा ध्वज महराले धनगढी बजारबाट, देउडा गायिकातर्फ रेखा जोसीले नबड्याकी ठ्याउकीबाट, नेपालभाषा गायकमा हरि सुन्दर श्रेष्ठले भगवान खामबाबाट, नेपालभाषा गायिकामा कल्पना श्रेष्ठले छँगुःला स्वःगचु मिखाबाट, आधुनिक पपुलर मोडलमा दुर्गेश थापाले तिमियति राम्रि किनबाट, गायीका जुरिबाट सरिता डाँगीले मेरो हजुरबाट, भिडियो छायांकार (इन्करेजमेन्ट)तर्फ नमराज घिमिरेले लाइदेउ मायाबाट र नृत्य निर्देशक (जुरी_तर्फ प्रबिन थापाले मदानिमा नेति गीतबाट अवार्ड हात पार्नुभयो ।
काठमाडौं- हाँस्य प्रदान फिल्म ‘चुरीफुरी’ को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा बिदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ । हाइलाइट्स नेपालमार्फत दर्शकमाझ ल्याइएको ट्रेलर पौने तीन मिनेट लामो छ ।
पुष ९ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठ, रबिन्द्र झा, शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित (दारी बा), राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायत नवअभिनेत्री त्रय पूजा पन्त,सोना बज्राचार्य र रिन्जिन गुरुङलाई प्रस्तुत गरिएको छ । आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्म राहुल राईले खिचेका हुन भने सम्पादन र कलर ग्रेडिङ नवीन निरौलाको छ । निर्देशक आचार्य र रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिब थापा र खेमराज भण्डारी छन् ।
केही समयअघि शीर्ष गीत सार्वजनीक गरिएको फिल्ममा भीमफेदी गाइजको कोरियोग्राफी छ । दीपक शर्माको संगीत रहेको फिल्ममा सुनीता श्रेष्ठ, ऋतु आचार्य,जोया ढकाल,राजेन्द्र खाती, मनिल तामाङ,महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, रश्मी आचार्य,सरिस्मा मगरलगायतको पनि अभिनय छ । डिसिएनले बितरण गर्ने फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत रहेको दावी निर्देशक आचार्यको छ ।
जनकपुर - विन्टर फेशन शो सिसन-२ को पहिलो भाग भव्यका साथ मंसिर १०,शुक्रबारको दिन जनकपुरमा सप्पन्न भएको छ ,उक्त शो को ग्रान्ड फिनाले जनकपुर उधोग बाणिज्य संघमा भएको थियो। यश शो मा हाम्रो प्रमुख अतिथीको रुपमा प्रदेश न.२ को काणुण मन्त्री भरत साह ज्यु को आगमन थियी भने, बिभिन गाएक,डान्सर,अनि कलाकारहरुको उपस्थिति देखिएको थियो,भने कुरा यश शो को इभेन्ट कम्पनी प्रबन्ध सि वो बिपिन कर्ण,इभेन्ट डाईरेक्टर (मोनु साह ,फेसन कोरियोग्रापर(शिशिर सिंह अनि इभेन्ट कोर्डिनेटर) बजरङ्गी साहले बताएको छ।
हाम्रो यश शो मा बिभिन कम्पनीहरु,स्टोरहरु,अनि मेडियाहरुको आगमन देखिएको थियो ।उक्ति शो हाम्रो अप्पन टेलिभिजन र म स्टार टेलिभिजन बाट लाईभ प्रशार पनि भएको थियो।फेरि पनि उक्त शो को दोशो सृन्खला काठमाडौ हुँदै छ भने कुरा हाम्रो टिम मेमबरसले बताएको छ।
काठमाडौमा हुने शो को लागि ईक्छुक मान्छेहरुले हाम्रो पेजबाट सम्पर्क गरेर आवेदन फर्म भर्दा हुन्छ ,आवेदन फर्म खुलिसकेको छ भने कुरा जानकारी गराउदै छौ।
जनकपुर- विन्टर फेशन शो सिसन-२ को पहिलो भाग भव्यका साथ मंसिर १० शुक्रबारको दिन जनकपुरमा सप्पन्न भएको छ ,उक्त शो को ग्रान्ड फिनाले जनकपुर उधोग बाणिज्य संघमा भएको हो । प्रदेश नम्बर २ का कानुन मन्त्री भरत साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याति प्राप्त कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाइ इभेन्ट कम्पनी प्रबन्ध सि इ ओ बिपिन कर्ण, इभेन्ट डाईरेक्टर मोनु साह , फेसन कोरियोग्रापर शिशिर सिंह र इभेन्ट कोर्डिनेटर बजरङ्गी साहले आयोजना गरेका थिए ।
कार्यक्रममा बिभिन कम्पनीहरु,स्टोरहरु,अनि मिडियाहरुको सहभागीता रहेको थियो । कार्यक्रम अप्पन टेलिभिजन र म स्टार टेलिभिजन बाट लाईभ प्रशार पनि भएको थियो। उक्त शो को आगामी श्रृखला काठमाडौ हुने आयोजकले बताएको छ। काठमाडौमा आयोजनाहुने कार्यक्रममा भागलिन इच्छुक व्यक्तिहरुका लागि आवेदन समेत खुलेको जानकारी आयोजकले गराएका छन् ।
काठमाण्डौ – सरला श्रेष्ठको शब्दरचना, कृति न्यौपानेको संगीत तथा शिव परियारको स्वरमा सम्झौता बोलको गीत सार्वजनिक भएको छ । प्रेममा घातप्रतिघातको अवस्था सिर्जना भएपछि कयौँ युवायुवतीहरूको सुन्दर जीवन भताभुंग हुन सक्ने भएकोले विश्वासमाथि खेलबाड गर्नु नहुने तितो सत्यलाई भिडियोले कलात्मक कथावस्तुका साथ प्रस्तुत गरेको छ ।
आकाश श्रेष्ठ र गरिमा शर्मा अभिनीत भिडियोमा रामकुमार के।सी। को छायांकन, शर्मिला सुनुवारको सौन्दर्य विन्यास, सन्तोष राजबहाकको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ । ओएसआर डिजिटलको अफिसियल युट्यब च्यानलबाट सार्वजनिक भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् ।