entertainment
||Power News Asia||

आजको समाचार

वैशाख १ गते काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम हुने

मनोरञ्जन


काठमाडौं -नेपाली नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । ध्यान, संगीतिक प्रस्तुति, नृत्य र उत्सवका साथ नयाँ वर्षको सुरुवात गर्ने लक्ष्यसहित ओम नेपाल मिडियाको आयोजना र ओशो तपोवनको सहकार्यमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको आयोजकको भनाइ छ । ‘ध्यान र नृत्यको उत्सवमा रमाएर न्यु इअर सेलिब्रेसन गर्नु यहाँले अहिलेसम्म गरेर आउनु भएको सेलिब्रेसन भन्दा भिन्दै हुनेछ,’ स्वामी आनन्द अरुणले भन्नुभएको छ, ‘आउनुहोस् यो नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गरौं । आफ्नो जीवनमा ध्यानको सुरुवात गरौं ।

आउनुहोस् यो नयाँ वर्ष ध्यानमा रमाउनुहोस् ।’ कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान गराउनेछन् भने विश्वप्रसिद्ध निर्गुण कबीरवाणी गायक पद्मश्री विभुषित श्री प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुति रहनेछ । त्यस्तै नेपाली लोक सुप्रासिद्ध ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहनेछ । हाँस्य कलाकार स्ट्यान्डप कमेडियन मनोज गजुरेलले आफ्नो प्रस्तुति दिनुहुने छ, ।

गजल प्रस्रतोता प्रदीप रोदन, गायिका बेनिसा पौडेल, मोहन वीणा वादक रोशन शर्माको पनि प्रस्तुति रहने जनाइएको छ । मौलिक नेपाली पर्वहरू ओझेल परि रहेको वर्तमान सामाजिक परिस्थितिमा नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउने र हरेक वर्ष मनाउने आयोजकको लक्ष्य छ । कार्यक्रम सुरुवात ४ बजेबाट हुने जनाइएको छ भने कार्यक्रम स्थलमा ३ बजेबाट प्रवेश गर्न सकिनेछ ।

‘दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड’का लागि आवेदन खुला

मनोरञ्जन


काठमाडौं -मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै ‘दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड – २०२२’ हुने भएको छ। मौलिक कला, संस्कृति, गीत संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उदेश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधा तर्फ ‘दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड–२०२२’ गरिने भएकोछ । अवार्ड कार्यक्रम यहिं आउँदो जेष्ठ महिना २०७९ भित्र काठमाडौंमा गरिने भएको छ।

अवार्ड आबेदनको लागि दर्ता फारम निशुल्क गरिएको छ भने बैसाख २० गते सम्म फारम भरिने जानकारी गराईएको छ । जसका लागि २०२० जनवरी देखि २०२१ डिसेम्बर सम्मका गित संगीतहरुलाई समाबेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०२१ भित्र गीत निकालेको हुनु पर्नेछ ।

क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा ब्यबस्थापनमा हुन लागेको यस अवार्ड कार्यक्रमको संयोजक तथा संस्थापक निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक(गायिका, पर्ब बिसेष गीत –तिज, दशैँ तिहार, होलि, भेग बिसेष –पुर्बेली, काठे, पश्चिमेली, भजन, पप रआधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडल, चलचित्रका सम्पूर्ण विधा, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

“दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड(२०२२” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक व्यक्तित्वले निशुल्क फर्म भर्न पाउने छन्। फारम भर्नको शुभकामना मिडिया सोलुसनको कार्यालय सामाखुसी र क्रियटिभ ईन्साइट मिडियाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको औपचारिक भेटघाट तथा परिचय पत्र प्रदान कार्यक्रम सम्पन्न

मनोरञ्जन


काठमाण्डौ– नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको औपचारिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यसमिति मानार्थ सदस्यता प्रदान, पदाधिकारी तथा सदस्यको परिचय पत्र वितरण लगायतका कार्यक्रम सहित मंगलबार राजधानीको रक हाउस क्याफेमा फावनको परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
गत साउनमा सम्पन्न फावनको पाँचौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको औपचारिक तथा नव नियुक्ति मानार्थ तथा साधारण सदस्यलाई सांगठनिक सदस्यता परिचय पत्र र प्रमाण पत्र प्रदान गरिएको थियो । नवनिर्वाचित अध्यक्ष खगेन्द्र प्याकुरेल, वरिष्ठ उपाध्यक्ष ऋmषिराज आचार्य, कृष्ण काफ्ले, शिव परियार, ऋषि लामिछाने, चिरञ्जिवी गरागाई, महांसंघका केन्द्रिय सदस्य बेदराज लामा, उपाध्यक्ष दयाराम घिमिरे, महिला उपाध्यक्ष सरिता भारती, महासचिव राजन थापा, सचिव प्रदिप वासतोला, कोषाध्यक्ष कमला कुमारी जोशी र सहकोषध्यक्ष प्रवण भुषाल, सदस्य सन्जित भण्डारी, मिडिया संयोजक जिवन पराजुली, केन्द्रिय सदस्य तथा आईटी विज्ञ डेविल सिंह राजपुत, सदस्य सुस्मा देवकोटो, सदस्य साक्षि लम्साल गायत कार्यसमिति सदस्य, मानार्थ सदस्य तथा सल्लाहकार समितिको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गायक शिव परियार र गायक कृष्ण काफ्लेलाई पनि मानार्थ सदस्यका रुपमा सम्मान सहित कार्य समितिमा मनोनयन गरिएको छ । चार वर्षका लागि निर्वाचित नयाँ कार्यसमितिको मानार्थ सदस्यमा वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला, वरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, चलचित्र निर्देशक माधव राज खरेल लगायत मानार्थ सदस्य रहेको कार्यसमितिमा सल्लाहकार चलचित्र अर्काईष्टि चिरञ्जिवी गुरागांईं श्रीदेव भट्टराई लगायतलाई पनि परिचय पत्र वितरण गरिएको थियो ।
कार्यसमितिको मंगलबारको बैठकमा अध्यक्ष प्याकुरेलले कला क्षेत्रमा भौती तथा बौद्धिक श्रमदान गर्दै आएका कलाकर्मीको उचित सम्मान हुनु पर्नेमा जोड दिनुका साथै आफ्नै अधिकारप्रति सचेत र नेपाली कलाकारिता प्रति जिम्मेबार रहन संगठनका पदाधिकारी तथा सदस्यहरुलाई ध्यानाकर्षण पनि गराएका छन् ।संगठनका मानार्थ सदस्या तथा चलचित्र निर्देशक माधव राज खरेलले नेपाली चलचित्र क्षेत्रको ईतिहास देखी वर्तमान अवस्था प्रति कलाकर्मीको भुमिका र संगठनको विधानगत साथै उदेस्य र योजनाबारे प्रकाश पारेका थिए । विसं २०६० सालमा स्थापना भएको संगठनले नेपाली चलचित्र, गीतसंगीतका क्षेत्रमा कार्यरत कलाकर्मी तथा श्रमिकहरुको हकहितका लागि विभिन्न समयका विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको संगठनमा  चलचित्र गीत संगीतका क्षेत्रमा कार्यरत हरेक व्यक्तिले नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनमा सदस्य बन्न सक्ने प्रावधान रहेको छ ।

 

रेडियो प्रचार सेवा विकास समितिको सदस्यमा गायक सिताराम पोखरेल नियुक्त

मनोरञ्जन


काठमाण्डौ - वरिष्ठ गायक सिताराम पोखरेल रेडियो प्रचार सेवा विकास समितिको सदस्यमा नियुक्त भएका छन् । उनलाई संचार तथा सुचना प्रविधि मन्त्री स्तरिय निर्णयबाट दुई वर्षका लागि सदस्यमा नियुक्त गरिएको हो ।

सदस्य नियुक्त भएपछि पोखरेलले रेडियो प्रचार सेवा विकास समितिमा रहेर रेडियो नेपालको विकास र विस्तारमा सक्दो योगदान दिने बताए । २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट सांगीतिक यात्रा थालेका पोखरेलका अहिलेसम्म दुई सयभन्दा बढी गीत तथा कबिर एक दर्जन एल्बम बाहिर आएका छन् ।

पोखरेल मोडल तथा कलाकार पनि हुन् । उनी आफ्नो गीतको भिडियोको अलवा ठुला तथा सानापर्दाका फिल्ममा समेत अभिनय गर्दै आएका छन् ।

गायक पोखरेललाई मन्त्रालयका उपसचिव मुकुन्द शर्माद्वारा हस्ताक्षरित पत्रमा समितिको सदस्यमा मनोनित हुनु भएको वधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ भव्यरुपमा सम्पन्न

मनोरञ्जन


काठमाण्डौ – नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो पाँचौं संस्करणको कार्यक्रम हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका गीतहरु सहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड प्रदान गरिएको पिम नेपालकी महासचिव एवं कार्यक्रम संयोजक कमला जोशीले बताएकि छन् ।

त्यसैगरी यस वर्षको रजत सम्मानबाट वरिष्ठ गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” सम्मानित भएका छन् । रंग पत्रकारितामा लामो समय कलम चलाएका बरिष्ठ पत्रकार कृष्ण भट्टराईलाई पिम नेपाल कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने लामो समय देखी मानव अधिकारका क्षेत्रमा सक्रिय अधिकारकर्मी दिर्घ राज जोशीलाई सेवा सम्मान, चर्चित संगीतकार दिपक शर्मालाई यूवा संगीत सम्मान, बालगायिका सफलता श्रेष्ठलाई बाल प्रतिभा सम्मानवाट सम्मान गरिएको थियो भने अन्य विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान एवं कदर गरिएको थियो ।

कार्यक्रममा नेपाली चलचित्र, गीत संगीत, कला संस्कृतिका क्षेत्रमा साथै विभिन्न क्षेत्रमा सक्रिय विशिष्ठ तथा अतिविशिष्ठ व्यक्तित्वहरुको भव्य सहभागीता रहेको थियो भने कार्यक्रमलाई नेपाल टेलिकम, एभरेष्ट वियर, गरिमा विकास बैंक, गोकर्णेश्वर नगरपालिका, वुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका, साउथ वेष्टर्न कलेज, ओम समाज अस्पताल, व्ल्याकपर्ल कस्मेटिक, होटल आर्ट, गरिमा विकास बैंक, कुमारी बैंक, एस.मए.एस . सेक्यूरिटी एण्ड एच आर सोलुशन प्रा.लि., टिका गोपाल एम्. क्रियशन, डेल्फिक काउन्सिल, काठमाण्डौ महानगरपालिका लगायतको संघ संस्था तथा प्रतिष्ठानहरुको सहभागिता रहेको थियो ।

त्यस्तै उक्त अवार्ड कार्यक्रममा नेपाली रंगीन सिनेमाको पहिलो नायिकाचैत्य देवी सिंह, चलचित्र प्राविधिक संघ पुष्कर लाम, बरिष्ठ पत्रकार,गीतकार शान्तिप्रय ,अध्यक्ष, म्यूजिक भिडियो समाज अध्यक्ष, विधान कार्की , गायक अजय अधिकारी “सुशिल” समाजसेवी /गायिका सोमा खत्री वित्तविद नन्दहरि शर्मा, बरिष्ठ गीतकार भरत बम्जन बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ गायक सिताराम पोखरेल, बरिष्ठ संगीतकार जुगल डंगोल चर्चित संगीतकार सन्तोष श्रेष्ठ चर्चित गायक शिव परियार चर्चित गायक कृष्ण काफ्ले, गीतकार रमेश दाहाल, कोरियो ग्राफर अजय स्याङ्तान सम्पादक विपिन भाट ,संगीतकार/एरेन्जर राजेन्द्र बजगाई, रंग पत्रकार जिवन पराजुली, रंग पत्रकार विष्णु सुवेदी, पत्रकार गीता अधिकारी ,अभिनेता विशाल विष्ट, सञ्जित भण्डारी, गोपाल ढकाल “छन्दे”, श्रीदेव भट्टराई लगायका व्यक्तित्वहरुको उत्साहजनक सहभागीता रहेको कार्यक्रमकी संयोजक जोशीले बताइन् ।

राष्ट्रिय समावेशी म्युजिक अवार्डका विजेताहरु यस प्रकार रहेका छन् :

उत्कृष्ट राष्ट्रिय भावको गीत टेक तामाङ: नेपाल आमा

उत्कृष्ट गजल बी.बी. थापा : बाँचुञ्जेल हाँसो रहेछ

उत्कृष्ट आधुनिक गायक नविन कार्की : आँखाले हेर्यो

उत्कृष्ट आधुनिक गायिका मिलन नेवार : पल पल चोट

आधुनिक संगीतकार ओम प्रकाश राई : सिरानी लाए

उत्कृष्ट आधुनिक गीतकार (महिला) तारा अधिकारी : तिम्रै लागि

उत्कृष्ट आधुनिक गीतकार (पुरुष) डा.कृष्णहरि बराल : ऐलान

उत्कृष्ट आधुनिक निर्देशन अञ्जन शर्मा : भत्केको घर

उत्कृष्ट आधुनिक/लोकपप मोडल(पुरुष) सनम कठायत : किन मरिन म

उत्कृष्ट आधुनिक लोकपप मोडल महिला अनु शाह : उसलाई पाउन–२

उत्कृष्ट लोकपप गायन नविन कुमार पौडेल : मेरी डल्ली

उत्कृष्ट लोकपप गीतकार अभि क्षेत्री (समर्पण) : नसोध भो

उत्कृष्ट लोकपप संगीतकार राजेश थापा : सल्लेरीको फेदैमा

उत्कृष्ट लोकपप निर्देशन बविता श्रेष्ठ : हाम्रो माया चोखो

उत्कृष्ट पप गायन कृष्ण भट्टराई : शहर

उत्कृष्ट पप गीतकार गौतम डंगोल “सन्देश” : अर्कै साथी

सर्वोत्कृष्ट गीतकार (महिला ) रमा थापा : माया विरानो

उत्कृष्ट नवगायिका (आधुनिक/लोकपप) मिना नेपाली : हर श्वासमा

उत्कृष्ट नवगायक (आधुनिक/लोकपप) सविन सुवेदी : आज त लभ पर्छ

उत्कृष्ट नवगायक/गायिका लोकदोहोरी बाबुराम भट्टराई : लभको चक्करमा

उत्कृष्ट नव मोडल (पुरुष) अभि लामा : मर्यो भन्दिनु

उत्कृष्ट नव मोडल (महिला) आलिसा बास्तोला : रुवाउने हजार

उत्कृष्ट लोकदोहोरी गायक स्वरुप राज आचार्य : डाँडाघरे सांइली

उत्कृष्ट लोकदोहोरी गायिका रमिला न्यौपाने : पिर नभाको को छ र

उत्कृष्ट लोकदोहोरी गीतकार सविता पोखरेल : ढाँटे मरिजाउ

उत्कृष्ट लोकदोहोरी संगीतकार श्रीकृष्ण बम मल्ल : डाँडाघरे सांईली

उत्कृष्ट लोकदोहोरी निर्देशन देबेन्द्र पाण्डे : मन बुढो भएन

उत्कृष्ट लोकदोहोरी मोडल(महिला/पुरुष) जिसु कोईराला : कसो गर्ने होला

उत्कृष्ट ध्वनी मिश्रण मनोज परियार : नयाँ गलबन्दी

उत्कृष्ट सम्पादन राजेश कुमार : तारी खेत

उत्कृष्ट छाँयाकार उत्सव दाहाल : किन मरिन म

उत्कृष्ट कोरियोग्राफर सुनिता बस्नेत : भाग्य भित्र

उत्कृष्ट डेउडा भाका गायन पुष्पा बोहोरा : झुम्केनी बौजु

उत्कृष्ट डेउडा भाका मोडल चक्र बम : ओ मेरी बौजु

उत्कष्ठ थारु भाषा गायन राजेन्द्र शर्मा : सखिय हो

उत्कृष्ट थारु भाषा निर्देशन हिरा चौधरी : सुनर सुनर पहिरन

उत्कृष्ट थारु भाषा मोडल सुनिता दहित : सखिय हो

उत्कृष्ट काँठे भाका गायक अमृत खाती : मिरमिरे साइली

उत्कृष्ट काँठे भाका गायिका उमा श्रेष्ठ : मिरमिरे साईली

उत्कृष्ट काँठे भाका गीतकार डब्बु क्षेत्री : असारे मास

उत्कृष्ट मैथली भाषा गायन आदित्य अजय : रमजान के महिना

उत्कृष्ट मैथली भाषा गीतकार समिर खान : समझु प्रेमक इशारा

उत्कृष्ट मैथली भाषा निर्देशन हुशैन शेख : धोखा हमरा

उत्कृष्ट मैथली भाषा मोडल फिरोज शेख : हम अहाँ के दीवाना

उत्कृष्ट तामाङ भाषा गायक अभिषेक तामाङ : ज्याबा ङ्ङ्बा

उत्कृष्ट तामाङ भाषा गायिका लक्ष्मी तामाङ : चाईना जुत्ता

उत्कष्ट तामाङ भाषा मोडल (पुरुष) हेरुका लामा : चम चम

उत्कृष्ट तामाङ भाषा मोडल (महिला) सुष्मा मोक्तान : रानी

उत्कृष्ट नेपाल भाषा गायन तेजवती जोशी : योःम जित

उत्कृष्ट नेपाल भाषा शब्द राजु मानन्धर : सुथें लुमनी छन्तः

उत्कृष्ट नेपाल भाषा मोडल श्रेया कार्की : पन्तिया मकर मेला

उत्कृष्ट कल्चरल गीत सिता तुम्रुक : हिलिक हिलक (लिम्बु भाषा)

सर्वोत्कृष्ट गायक आधुनिक (पपुलर) यम बराल : खुशीको गीत

सर्वोत्कृष्ट मोडल आधुनिक (पपुलर) राजेश हमाल :मन बुढो भएन

सर्वोत्कृष्ट गीतकार आधुनिक (पब्लिक च्वाईस) भिष्मराज फुलारा :आँशु पिउँदै

सर्वोत्कृष्ट संगीतकार (पब्लिक च्वाईस) सरोज कोईराला : भकारीमा धान

सर्वोत्कृष्ट काँठे गायक (पब्लिक च्वाईस) शरण प्रसाद हुमागाई : भिरैको खनायो

सर्वोत्कृष्ट मोडल आधुनिक (जुरी) अनिषा पोखरेल : पिक्का

सर्वोत्कृष्ट मोडल आधुनिक (जुरी) समिक्षा क्षेत्री : दोष

सर्वोत्कृष्ट लोकदोहारी शब्द (जुरी) शिव पौडेल : अँधेरीमा जुन

सर्वोत्कृष्ट गीतकार आधुनिक (जुरी) विरेन्द्र थाम्सोहाङ : मनमा माया

सर्वोत्कृष्ट गायिका (जुरी) अस्मिता श्रेष्ठ : शिरमा रिवन

सर्वोत्कृष्ट गीतकार पप (जुरी) पदम विश्वकर्मा : सल्लेरीको फेदैमा

सर्वोत्कृष्ट गायक लोकपप (जुरी) सुजन मोक्तान : नाच्ने गाउने

सर्वोत्कृष्ट गायक लोकपप (जुरी) सुनिल कटुवाल : फिक्का

सर्वोत्कृष्ट मोडल डेउडा (ईन्करेज्मेन्ट) उमेश भट्ट : मन पण्याकी

सर्वोत्कृष्ट गायिका लोकपप (ईन्करेज्मेन्ट) सदिक्षा भुर्तेल : घाँसको भारी

सर्वोत्कृष्ट गतिकार लोकपप (जुरी) ज्ञान बहादुर लामा : नाच्नु गाउनु

सर्वोत्कृष्ट थारु भाषा मोडल (जुरी) प्रमोद चौधरी : कंगना

सर्वोत्कृष्ट नेपाल भाषा गायन (जुरी) विजेन्द्र चवाल : जिवनया छु ईं

सर्वोत्कृष्ट मोडल लोकदोहोरी (जुरी) सजिना लामिछाने : पैसाको विटो

सर्वोत्कृष्ट लोकपप निर्देशन (जुरी) केशव राज भट्ट : पिरती वस्यो

 

निम अवार्डको पाँचौ संस्करणमा महर्जन, भट्टराई, शर्मा लगायतका श्रष्ठाहरु सम्मानित हुँदै

मनोरञ्जन


काठमाण्डौ– पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा चैत्र २० गते आइतवार राधानीमा सम्पन्न हुन गईरहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “निम अवार्ड”मा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मानित गरिदै छ । सम्मानित हुनेमा बरिष्ठ गीतकार/ साहित्यकार सुरेन्द्र महर्जन “अमर”, बरिष्ठ पत्रकार कृष्ण भट्टराई, चर्चित युवा संगीतकार दिपक शर्मा, समाज सेवी एवं मानव अधिकारकर्मी दिर्घ राज जोशी, बाल गायिका सफलता श्रेष्ठ, गीतकार राखी गौचन लगायतका विभिन्न व्यक्तित्वहरु सम्मानित हुने कार्यक्रमकी संयोजक कमला जोशीले वताएकी छिन् । विगत लामो समय देखि विभिन्न क्षेत्रमा रहेर देश र समाजमा को लागि उल्लेखनिय कार्य गर्दै उदाहरणीय व्यक्तित्वको रुपमा उदाउन सफल व्यत्तित्वहरुको योगदानलाई मुल्याँकन गर्दै निम अवार्डको भव्य समारोहमा सम्मान गर्न लागिएको जोशीले वताईन ।
विगत पाँच वर्ष देखी नेपालमा बोलीने विभिन्न भाषा भाषीसहितलाई समेटेर बृहत् रुपमा निम अवार्डको आयोजना हुदै आईरहेको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्डको रुपमा आफ्नो वेग्लै प्रस्तुती र भुमिका गीत संगीत र कला एवं संस्कृतिको प्रवद्र्धन गर्दै निम अवार्डले कलाकारिता क्षेत्र मात्रै नभएर विभिन्न क्षेत्रमा सिद्धहस्त व्यक्तित्वहरुलाई उनिहरुको कार्यको सम्मान स्वरुप सम्मान एवं पुरस्कृत गर्दै आईरहेको छ ।
कार्यक्रममा नेपाल टेलिकम, एभरेष्ट वियर, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका, काठमाण्डौ महानगरपालिका, गरिमा विकास बैंक, होटल आर्ट, व्ल्याक पर्ल, डेल्फिक काउन्सिल, ओम समाज डेन्टल अस्पताल, साउथवेष्र्टन कलेज, एस.आई गु्रप, एस.एम्ं.एस.सेक्यूरिटिज प्रा.लि., कुमारी बैंक, प्लान ईन्टरनेशनल एजुकेशन, शोभा कलेक्सन लगाएतका व्यवसायिक संस्थाहरुले कार्यक्रमलाई सघाएका छन् । स्मार्ट प्यालेस चावहिलमा सम्पन्न हुन गेरहेको उक्त समारोहमा कुल ५१ विधामा अवार्ड प्रदान गरिनेछ ।

स्टेशनरी सामाग्री सहित जन्मदिन मनाउन बाल आश्रम पुगे संगीतकार बजाईं

मनोरञ्जन


काठमाडौं-सङ्गीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाउनुभएको छ । काठमाडौंको मूलपानी फूयाँलगाउँमा हास्य कलाकार सुलेमान शंकर (इकु)ले विगत आधा दशकदेखि सञ्चालन गर्दैै आएको स्नेह बाल आश्रममा पुगेर सङ्गीतकार बजगाईले आफ्नो जन्म दिन मनाउनु भएको हो । त्यहाँ रहेको १६ जना बालबालिकाहरूलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफूल, मास्कलगायतका सामग्री सङ्गीतकार बजगाईंले प्रदान गर्नुभएको थियो । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरूलाई खाना खुलाउँदै उहाँले जन्मदिन मनाउनुभयो ।

स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्म दिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरूका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो । सङ्गीतकार बजगाईंको जन्मदिन मनाउन आश्रम पुग्नुभएका गायक तथा सङ्गीतकार भुवन प्यासीले पनि सो क्रममा अनाथ बालबालिकाहरूको स्कुल शुल्कको लागि भनेर पाँच हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।

नयाँ वर्षकाे आगमनसंगै भक्तपुरमा छैठौं भक्तपुर औद्योगिक मेला आयोजना हुने

मनोरञ्जन


काठमाडौं –  नयाँवर्ष २०७९ को भक्तपुरमा छैठौं भक्तपुर औद्योगिक मेला आयोजना हुने भएके छ । नयाँ वर्षकाे आगमनसंगै लामो समयदेखि विभिन्न जिल्लामा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाईज व्याण्डको आयोजनामा भक्तपुर जिल्लामा छैठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ को आयोजना गर्न लागिएको हो ।

चैत्र २४ बिहिबारदेखि सुरु हुने मेला बैशाख ४ गते सम्पन्न हुने भएको यस मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयाेजक संयाेजक दिपक थापाले जनाएकाे छ । मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रिय स्तरका कलाकारहरुको हास्य व्यङ्ग्य तथा गीत संगीतको प्रस्तुती रहने छ ।

ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थानले भरिभराऊ क्षेत्र भक्तपुरमा यसै जिल्लाको अरनिको राजमार्ग खण्ड ६ लेन सडकसंगै जोडिएको भक्तपुरको सल्लाघारी तीनकुने स्थित १०८ रोपनी क्षेत्रफल जग्गामा यस संस्थाले विशाल रूपमा मेला आयोजना गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया पुरा गरिसकेको र तत्कालै यस क्षेत्रमा स्टल निर्माण कार्यका लागि तयारीमा जुट्ने योजना रहेको जनाए ।

मेलामा २०० भन्दा बढी स्टल राखिने भएको छ स्टलको साईज अनुसार कम्तीमा ६ हजारदेखि रु १९ हजार ५०० सम्म शुल्क लिएर स्थानीय व्यापारीहरुलाई समेत स्टल उपलब्ध गराउने ब्यवस्था रहेकाे छ । मेलामा करिब ३ लाख भन्दा बढी उपभोक्ताको आगमन र करिब ८ करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

मेलामा दैनिक जीवनमा प्रयोग हुने उपभोग्य खाद्यान्न , लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु पाईनुका साथै कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, ग्रामीण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, नृत्य प्रतियोगिता, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामान र व्यापार तथा पर्यटकीय प्रर्दशनी उक्त मेलामा रहने छ । एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा विविध प्रस्तुती रहने समेत थापाले जनाएको छ ।

नयाँवर्षको अवसरमा आयोजना गर्न लागेको मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराईने आयोजकले जनाएको छ । भक्तपुर, काठमाडाैँ, ललितपुर र काभ्रेदेखि आसपास जिल्लाहरुका बासिन्दाले समेत यसबाट लाभ लिन सक्ने जनाइएको छ ।

आयोजक टिमका अनुसार मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई रु. ४० र अन्यका लागि रु ५० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । कोभिड -१९ को महामारीका कारण गतवर्ष आयोजना गर्न नपाए पनि यसवर्ष भने भव्य रुपमा मेलाको आयोजना गरिने बताइएको छ । अध्यक्ष सन्दिप महत जनाएको छ । भत्तपुरको सुर्यविनायकमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका निर्देशक सुनिल बज्राचार्य, कार्यक्रमका विभिन्न पधादिकारीहरु र पत्रकारहरुको ठुलो उपस्थिति रहेको थियो ।

निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

मनोरञ्जन


 काठमाण्डौ – पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम चैत्र ७ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ ।

कुल ५१ वटा विधामा उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई राष्ट्रिय नाचघर जमलमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो । “नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं “भन्ने मुल नाराका साथ सुरु गरिएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषीका कलाकारहरुलाई विशेष प्रथमिकताका साथ समेट्दै आईरहेको छ ।

वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको सभापतित्व एवम्  गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रिय, भरत बम्जन, विजयरत्न तुलाधर, गायक तथा गीतकार कस्तुप पन्त, चर्चित लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा, लोकेन्द्र शाही, रेनुका सुवेदी, मायालु लामा, दर्शनविर शाक्य, नेपाल चलचित्र कलाकार श्रमिक संगठनका उपाध्यक्ष ऋषि राज आचार्य,  प्राज्ञ एवं संगीतकार ज्योती प्रकाश, अभिनेता रोशन श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, संगीतकार एरेन्जर राजेन्द्र बजगाई, गीतका एवं संगीतकार पुरुषोत्तम सानु,  सम्पादक विपिन भाट,कलाकार तुलसी प्रसाद श्रेष्ठ, नवराज थापा, रमेश अधिकारी , नम्रता खरेल (पौडेल), अजय स्याङ्तान, सिटिजन भ्वाईसका अध्यक्ष रिता थापा, नेपाल कल्चर फिल्म सेन्टरका अध्यक्ष सन्तोष सुवेदी, संचारकर्मी जिवन पराजुली, संगीत तथा चलचित्र उत्पादक संघका निर्मल राज ढकाल, युवा व्यवसायी केशव न्यौपाने, व्यवसायी खेम नारायण भुर्तेल, समाजसेवी सोमा खत्री, समाजसेवी राजु कार्की, अधिवक्ता रामजनक कटुवाल लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै मेयर चालिसेले लामो समय देखी राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) संग गोकर्णेश्वर नगरपालिका सहकार्य गर्दै आईरहेको र आगामी दिनहरुमा पनि कला संस्कृतिको संरक्षणको लागि सदैव तत्पर रहने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै चलचित्र निर्देशक तथा निम अवार्ड समितिका अध्यक्ष माधव राज खरेलले लामो समय देखी नेपालमा बोली सम्पुर्ण भाषाभाषीका कलाकारहरुलाई प्रोत्साहन गर्दै कला संस्कृति बचाउ अभियानमा एउटा सानो इट्टा थप्ने कोशीस निम अवार्डले गरिरहेको बताउदै यो अभियान निजि क्षेत्रबाट घरखेतै बेचेरै सम्भव नभएको यसको संरक्षणको लागि राज्यपक्षबाट पनि केही राहत जरुरी रहेकोले यसको लागि आ–आफ्नो क्षेत्रका जनप्रतिनिधीहरुलाई दवाव दिन पनि सम्पुर्ण कलाकार्मीहरुसंग अनुरोध गरेका थिए ।

बरिष्ठ चलचित्र निर्देशक मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको निम अवार्डमा उत्कृष्ट पाँचको मनोनयन कार्यक्रमको संचालन गायक तथा संगीतकार सरोज कोईरालाले गरेका थिए । निम अवार्डको ग्राण्ड फिनाली यहि चैत्र २० गते आइतवार सम्पन्न गरिने आयोजक पक्षले बताएको छ  ।

कार्यक्रम माधव राज खरेलको अध्यक्षतामा कमला जोशी, राजन थापा, संजीत भण्डारी, श्रीदेव भट्टराई, गीता अधिकारी, पुर्ण राई, सुर्य चन्द, सामना शाह, गोकर्ण लामिछाने, हिरामणि भुषाल, गोपाल ढकाल, बद्रि थापा, राजन खरेल, डेभिल सिंह राजपुत, गीता सिंह, दक्ष टेकराज पाण्डे, राजु सिग्देलल लगायतको टिमले आयोजना गरेको हो । काष्टमण्डप टेलिभिजन, थारु टेलिभिजन, जी टिभी नेपालले कार्यक्रमलाई प्रत्यक्ष प्रशारण गर्ने भएका छन् ।

दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक भव्यरुपमा सम्पन्न

मनोरञ्जन


काठमाडौं -  दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न भएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजसेवी चन्द्र बहादुर चन्दको सभापतित्व रहेको थियो । कार्यक्रममा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ गीतकार तथा निर्देशक दयाराम दाहाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीलाई स्वरभूषण सम्मान प्रदान गरिएको थियो । त्यस्तै लोकप्रिय पत्रकार प्रकाश सुवेदीलाई पत्रकारिता रजत सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा संघीय सभासद् माननीय सुजाता परियार, वरिष्ठ निर्देशक, लेखक एवं गीतकार नीर शाह,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडा, पूर्व सेनापति राजेन्द्र क्षेत्री, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र नृत्य कलाकार संघका कार्यवाहक अध्यक्ष जनक कार्की, नेपाल चलचित्र संघका महासचिव गोपालकाजी कायस्थ, चलचित्र सेन्सर बोर्डका सदस्य राजेश महर्जन, वरिष्ठ सौन्दर्यविद् रुस्का श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, लोकप्रिय निर्देशक प्रकाश भट्ट लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक कमिटिका अध्यक्ष सूर्य चन्दले उपस्थित सम्पूर्ण अतिथिलाई स्वागत गर्दै अवार्डका हिसाबले फरक तर ललितकलाका ५ वटै विधालाई समेटेर आयोजना गरिएको पहिलो अवार्ड भएको बताएका थिए । हामीले नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका सबै सिर्जनशील हातहरुलाई सम्मान गर्न खोजेका हौं, अवार्ड प्रदान गर्दै सिर्जनाका लागि प्रोत्साहन गर्न खोजेका हौं । मुलुकभित्र धेरै अवार्डहरु हुन्छन् होला तर कसले कसरी सम्मान तथा प्रोत्साहन ग¥यो भन्ने कुरा सधैं फरक हुन्छ, उनले भने ।

अवार्डको आयोजक कमिटिका सल्लाहकारहरु वरिष्ठ लेखक, निर्देशक तथा कलाकार मोहन निरौला, वरिष्ठ सञ्चारकर्मी, निर्देशक तथा अभिनेता दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ रङ्गपत्रकार विदुर गिरी, वरिष्ठ सौन्दर्यविद् सोनी कारञ्जित, निर्देशक समुन्द्र भट्ट, रहेका थिए । आयोजक कमिटिमा भने अध्यक्ष सूर्य चन्द, कार्यक्रम निर्देशक सुमन पण्डित, कार्यक्रम संयोजक सबिता पोखरेल, सदस्य सचिव सन्दिप महत, सदस्य वर्षा खनाल, सदस्य कविराज ढकाल, सदस्य एलिना खनाल, फोटोग्राफर बद्री थापा, भिडियोग्राफर सुरेश पन्त रहेका थिए । कार्यक्रम चर्चित कोरियोग्राफर तथा प्रस्तोता रोजिन शाक्यले सञ्चालन गरेका थिए ।

अवार्ड तथा सम्मान पाउनेहरुको नामावली निम्नानुसार रहेको छ ।

सम्मान कार्यक्रम
१. लाइफटाइम अचिभमेन्ट अवार्ड – वरिष्ठ गीतकार, निर्देशक दयाराम दाहाल
२. स्वरभूषण सम्मान – वरिष्ठ गायक आनन्द कार्की
३. पत्रकारिता रजत सम्मान – वरिष्ठ पत्रकार प्रकाश सुवेदी
४. सिता न्यौपाने पाठक– वरिष्ठ सौन्दर्यविद् सम्मान
५. डोमा थापा– समाजसेवी विशेष सम्मान (अमेरिका निवासी)
६. बिक्रम डी. जोशी – राष्ट्रिय कला सम्मान (बेलायत निवासी चलचित्र निर्माता)
७. हिराल जोशी–राष्ट्रिय कला सम्मान (बेलायत निवासी चलचित्र निर्माता)
८. हरिमाया गुरुङ– राष्ट्रिय गायन सम्मान
९. च्याङ्बा लामा – राष्ट्रिय फोटोग्राफी सम्मान
१०. रचना शाक्य – वरिष्ठ सौन्दर्यविद् सम्मान
११. राजेश विसुराल – राष्ट्रिय समाजसेवी सम्मान
१२. प्रिति सोनी शाह – वरिष्ठ सौन्दर्यविद् सम्मान
१३.कुमारी सिग्देल लामिछाने – राष्ट्रिय सौन्दर्यविद् सम्मान
१४. प्रतिभा शाही – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
१५. देवी महर्जन – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
१६. चिरञ्जीवी गुरागाई – सांस्कृतिक सम्पदा सम्मान
१७. महेश केसी – राष्ट्रिय कला सम्मान
१८. रुक्मिनी आचार्य – राष्ट्रिय समाजसेवी सम्मान
१९. नूतन गिरी – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
२०. राजेश पाख्रिन– राष्ट्रिय व्यवसायी सम्मान
२१. सुलोचना श्रेष्ठ – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
२२. मिनु श्रेष्ठ – राष्ट्रिय फेसन डिजाइनर सम्मान
२३. भावना कुमारी धानुक विष्ट – राष्ट्रिय फेसन डिजाइनर सम्मान
२४. ज्योति घिमिरे – राष्ट्रिय समाजसेवी सम्मान
२५. रिना महर्जन – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
२६. कुमारी भट्टराई – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
२७. मीना कुमारी दाहाल – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
२८. राधिका थापा मगर– राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
२९. शम्भु प्रसाद रेग्मी – राष्ट्रिय इभेन्ट म्यानेजमेन्ट सम्मान
३०. मीना कुमारी लामा – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
३१. रुबी महर्जन – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
३२. नविना राजथला – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
३३. पूर्णिमा शाक्य – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
३४. सोमलता वैद्य – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
३५. उषा कार्की – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
३६. ललिता कुमारी लामा – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
३७. आङटासी शेर्पा – राष्ट्रिय समाजसेवी सम्मान
३८. कमला श्रेष्ठ – राष्ट्रिय समाजसेवी सम्मान
३९. मन्जु सुवेदी – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
४०. निशा जोशी – राष्ट्रिय समाजसेवी सम्मान
४१. शान्ति महर्जन – राष्ट्रिय सौन्दर्यकर्मी सम्मान
४२. राजेन्द्र बजगाईं – राष्ट्रिय संगीत सम्मान
४३. रमेश श्रेष्ठ – राष्ट्रिय संगीत व्यवसायी सम्मान
४४. प्रमिला उप्रेती – राष्ट्रिय प्रतिभा सम्मान

अवार्ड पाउनेहरु
सर्वोत्कृष्ट चलचित्र निर्माताः सबिता गुरुङ – चलचित्र श्री
सर्वोत्कृष्ट चलचित्र निर्देशकः एभरेष्ट सूर्य बोहरा – चलचित्र श्री
सर्वोत्कृष्ट अभिनेताः सन्दिप क्षेत्री – चलचित्र श्री
वेष्ट ब्यूटिसियन ट्रेनरः रेणु शाक्य राना
बेस्ट ब्यूटिसियनः रिना अवाले
वेष्ट नेल आर्ट ट्रेनरः प्रतिभा शाही
वेष्ट नेल आर्टिष्टः गृष्मा शाक्य
वेष्ट मेकअप आर्टिष्टः ममता शाही

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
कल्पना आङबुहाङ–हामी नेपाली हामी गोर्खाली

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत भिडियो निर्देशन
रोशनी केसी– त्यही सच्चा नेपाली

पपुलर राष्ट्रिय भावको गीत भिडियो निर्देशक
सन्त कुमार राई– हामी नेपाली हामी गोर्खाली

सर्वोत्कृष्ट पप गायक
सन्दिप न्यौपाने–ओक्कल दोक्कल

सर्वोत्कृष्ट पप गायिका
सहिमा श्रेष्ठ– शिल्की कपाल (प्रतिनिधि)

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक पप लोक आधुनिक
इन्द्र दोङ लामा – कोइली

सर्वोत्कृष्ट मोडल पप लोक आधुनिक
भोजराज शर्मा– मायाको डोरी

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला पप लोक आधुनिक
अनिता गिरी– सजाएर माया

सर्वोत्कृष्ट भिडियो मोडल लोकदोहोरी
सुमित्रा गुरुङ – लाहुरे

सर्वोत्कृष्ट भिडियो निर्देशक महिला लोकदोहोरी
बबिता श्रेष्ठ– तिमी हिंड्ने बाटो

सर्वोत्कृष्ट भिडियो निर्देशक पुरुष लोकदोहोरी
दीप गुरुङ – काँचो बेलाउती

सर्वोत्कृष्ट गायक लोकदोहोरी
रविन लामिछाने– हातमा घडी छ–२

सर्वोत्कृष्ट गायिका लोकदोहोरी
रमिला न्यौपाने– पीर नभाको को छ र

सर्वोत्कृष्ट शब्द लोकदोहोरी
शिव केसी – पापी मायाले

सर्वोत्कृष्ट गायिका कल्चरल गीत नेवारी
सोनी राजभण्डारी– झिंगु मान स्वाना

सर्वोत्कृष्ट गायक कल्चरल गीत कौडा
आरके गुरुङ– बारपाक सुलिकोट

सर्वोत्कृष्ट कल्चरल गीत मोडल
लक्ष्मी गुरुङ– खन मुले (गुरुङभाषा)

सर्वोत्कृष्ट तामाङ सेलो गायिका
लक्ष्मी तामाङ – चाइना जुत्ता

सर्वोत्कृष्ट सेलो गीत गायक
सुदिप कुमार थकाली – एक बचन बोल्दैमा

सर्वोतकृष्ट गायक काठे गीत
सन्तोष गिरी – तिम्रो झल्को छ मलाई
सर्वोत्कृष्ट पर्व विशेष गीत दशैं
राजेश एकल– दशैं ठूलो चाड

सर्वोत्कृष्ट गायक तिज गीत
सचिन भट्टराई – नाइलनको साडी

सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी
निकेश तामाङ – औंठी सुनैको

सर्वोत्कृष्ट नवप्रतिभा गायक
बशिष्ठ ठकुरी – तिमी जहाँ जहाँ

जुरी अजार्ड नवप्रतिभा गायक
राजकुमार सिंह – बलेको आगो
इन्करेजमेन्ट भिडियो मोडल
रिवाज बिसुराल – संयोग

सर्वोत्कृष्ट नवप्रतिभा आधुनिक
हजुरी शाह– ए साइँला
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक
प्रहिल कार्की – तिम्रो हाँसो

सर्वोत्कृष्ट डायस्पोरा भिडियो निर्देशक
हिराकाजी थापा– के छ खबर

सर्वोत्कृष्ट भिडियो मोडल पुरुष आधुनिक
सागर खनाल – के छ खबर

पपुलर भिडियो मोडल आधुनिक पुरुष
रामहरि खड्का – बाफिएर

सर्वोत्कृष्ट भिडियो मोडल महिला
करुणा बस्नेत – ओ प्रिया ओ प्रिया

सर्वोत्कृष्ट नवमोडल पुरुष आधुनिक
आशिक गुरुङ – किन हो किन
सर्वोत्कृष्ट नव मोडल महिला आधुनिक
समिक्षा क्षेत्री – किन मरिनँ म

सर्वोत्कृष्ट गीतकार आधुनिक
हिराकाजी थापा – मिठो धोका देउ
जुरी अवार्ड गीतकार आधुनिक
पुरुषोत्तम सानु – ढुंगा कुँदेर देउता

सर्वोत्कृष्ट डायस्पोरा गीतकार
विकास विष्ट – मकैको घुँगा
सर्वोत्कृष्ट डायस्पोरा गायिका
ईशा कार्की – तिमी र म घुम्न

सर्वोत्कृष्ट गायिका आधुनिक
रानी शाक्य – चोखो माया
पपुलर गायिका आधुनिक
सुजाता बर्मा – मिठो धोका देउ
पपुलर म्यूजिक भिडियो निर्देशक
प्रभु गुरुङ – किन हो किन
सर्वोत्कृष्ट महिला गीतकार आधुनिक
कादम्बरी दाना श्रेष्ठ – झुमझुम
पपुलर गीतकार महिला आधुनिक
अनु शाह – तिम्रो प्यारमा छु
सर्वोत्कृष्ट संगीतकार आधुनिक
शिखर सन्तोष – पटक पटक

सर्वोत्कृष्ट डायस्पोरा संगीतकार
नागेन्द्र श्रेष्ठ – के छ खबर
सर्वोत्कृष्ट गायक आधुनिक
धनकिरण गुरुङ – किन हो किन
सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार
नमराज घिमिरे – सुहाउँदैन ओठमा हाँसो

सर्वोत्कृष्ट युगल गायन
प्रेम सेन्चुरी र सपना श्री –जीवन यहाँ यस्तै
सर्वोत्कृष्ट गजल गायिका
सोनी राजभण्डारी – आँखैमा

सर्वोत्कृष्ट गायक लोक आधुनिक गीत
हरि गिरी विमर्शी – चाइनाको रेल

पपुलर गायक आधुनिक
नारायण थापा – तिम्रो आकर्षणले

जुरी अवार्ड संगीतकार आधुनिक
डेनी निरौला – फूल भन्थ्यौ

पपुल मोडल अफ दि इयर लोक आधुनिक
सागर लम्साल– चाइनाको रेल

सर्वोत्कृष्ट डायस्पोरा गायक
राजमान तामाङ – बाग्मतीमा पुल
सर्वोत्कृष्ट गीतकार लोक आधुनिक
होम राज श्रेष्ठ– घार्रघुर्र