काठमाडौँ - नेपाली सौन्दर्य प्रतियोगिता जगतमै पहिलोपटक कर्पोरेट क्षेत्रमा आवद्ध रहेका महिला र पुरुष दुबैलाई समेट्दै सौन्दर्य प्रतियोगिता ‘‘फेस अफकर्पोरेट २०२२” आयोजना हुने भएको छ । कलिउड हव मिडिया प्रा.लीले राजधानीको अनामनगरस्थि तक्याफे केटिएम हाईटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रा.लिका अध्यक्ष राजन खरेलले, कर्पोरेट क्षेत्रमा आवद्ध महिला तथा पुरुषहरुलाई सहभागी गराउदै आयोजना गर्न लागिएको यस सौन्दर्य प्रतियोगीतामा देशभरिबाट इच्छुक उद्यमी महिला तथा पुरुषहरु सहभागीहुन पाउने जानकारी दिएका छन् ।
कर्पोरेट क्षेत्रमै आफ्नो भविष्य खोजि रहेकाहरुलाई विषेश प्राथमिकता दिदै उनीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि विभिन्न आकर्षक अवसर प्रदान गर्नुका साथै उनीहरुको आन्तरिक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल व्यवसायिक व्याक्तित्व तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यस्तो किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक पक्षले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कर्पोरेट क्षेत्रका साथै चलचित्रकर्मी, संगीतकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रसंग आवद्ध व्यक्तित्वहरुले कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिएका थिए । फेस अफ कर्पोरेटमा भाग लिन चाहाने व्यक्तिहरुले कलिउुडहव मिडिया प्रा.लिको कार्यलय बागबजारमा आएर फारम सक्ने छन् भने ग्लोवल अनलाईन पेको वेवसाईट मार्फत पनि अनलाईन फारम भर्न सकिने छ । कार्यक्रममा शिर्ष ताज उपाधि सहित नगद रु पचास हजार प्रदान गरिनुका साथै कुल १५ विधामा विभिन्न किसिमका गिप्ट ह्याम्परहरु समेत प्रदान गरिने बताइएको छ । उक्त कार्यक्रममा सहभागीताको लागि १८ वर्ष देखि माथिको उमेर समूहका युवा, युवती तथा विवाहित महिला/पुरुषले ‘‘फेस अफकर्पोरेट २०२२”मा सहभागी हुन पाउने अध्यक्ष खरेलले बताए ।
कार्यक्रममा चलचित्र निर्देशक एवं कार्यक्रमका सल्लाहकार तथा निर्णाक समितिका संयोजक समेत रहेका माधव राज खरेल, नेपाल टेलिभिजनको पहिलो महिला समाचार बाचिका रचना सिंह, कार्यक्रम संयोजक राजन थापा र कार्यक्रमका अध्यक्ष राजन खरेल सहित भएर फेस अफ कर्पोरेटको पोष्टरलाइ सामुहित रुपमा सार्वजनिक गर्दै आजकै मिति देखी फारम खुल्ला गरिएको घोषणा गरेका थिए ।
काठमाण्डौ – डी.सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो । शनिवार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल भएको छ । यस्तै, मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेका छन् । प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरिएको थियो । वर्षको उत्कृष्ट फिल्ममा मारुनीसँगै निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल भए ।
यस्तै अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारीले अवार्ड जित्न सफल भइन् । यस्तै, जुरी अवार्डतर्फ यहिँ फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अवार्ड जित्न सफल भए । यसै फिल्मतर्फ निर्देशनमा दीपेन्द्र लामा र पपुलर फिल्ममा छ माया छपक्कैले जुरी अवार्ड जित्यो । लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाको संयोजकत्वमा निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा मोडल शोभीता सिम्खडा निर्णायक रहेको टोलीले अवार्डमा दर्ता भएका फिल्म मध्येबाट उत्कृष्ट चयन गरेका हुन् ।
अवार्डको १२ औँ संस्करणमा आइपुग्दा डिजिटल फिल्मको विकल्प नरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताए । उनले आफूसहित आफ्नो टिम सात प्रदेश चौध सहरमा फिल्म प्रमोसनका विविध कार्यक्रम लिएर पुग्नेसमेत बताए । इभेन्ट आयोजनाकालागि हेराल्ड मिडियाका तर्फबाट समिर लामा संयोजन रहेका थिए भने लामाको संयोजकत्वमा भएको १२ औँ संस्करणको अवार्डमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो फिल्म ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरियो । उनलाई नगद पच्चीस हजार एक रुपैयाँसहित सम्मान गरिएको हो ।
त्यस्तै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फ) अभिनेता विजय लामा र छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फ) झरना थापालाई प्रदान गरियो । छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरिएको छ । उनलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित पुरष्कार प्रदान गरिएको हो ।
यस्तै, नेपाली फिल्मको प्रवर्द्धनमा योगदान दिएको भन्दै मोडल सगार घिसिङ, गीतकार सुरेन्द्र महर्जन, निर्माता विनोद गुरुङ, मोडेल नन्दा बस्याल, संगीतकार राजेन्द्र बजगाईं, मोडेल गौतम खाती, कलाकार इन्द्र दोङ तामाङ, निर्माण नियन्त्रक यमप्रसाद ओली र फोटो पत्रकार च्याङवा लामालाई डिसीने अवार्डमा आयोजक संस्था छायाँछवि क्रियसनले सम्मान गरेको थियो ।
कार्यक्रममा प्रतिष्पर्धामा रहेका बाहेक चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदय, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ फिल्मकर्मी कृष्ण मल्ल, निर्देशक तथा निर्माता अशोक शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, निर्देशक दीपक श्रेष्ठ, कलाकार गजित विष्ट, निर्देशक शोभित बस्नेतलगायत फिल्मकर्मीको उपस्थिति थियो । कार्यक्रममा जीतु नेपालले आफ्नो हाँस्य प्रस्तुति दिँदै बढ्दो सामाजिक सञ्जालको विकृतिमाथि व्यंग्य गरेका थिए भने दीपशा विसीले नृत्य प्रस्तुत, कृष्ण काफ्लेको गायन प्रस्तुती तथा संजिवनी स्कूलको स्वागत नृत्य रहेको थियो ।
अवार्ड विजेताको सूची १. उत्कृष्ट पाश्व संगीत : एलिस कार्की : साङ्लो २. उत्कृष्ट ध्वनीमिश्रण : अमित श्रेष्ठ : जात्रै जात्रा ३. उत्कृष्ट गीतकार : राजेन्द्र थापा – जुनको जुनेली : छ माया छपक्कै ४. उत्कृष्ट पाश्र्व गायिका : इतु जोजीजु – बिर्सन सकिन : मखमलीमखमली ५. उत्कृष्ट पाश्र्व गायक : कृष्ण काफ्ले – हाने मैले झटारो : मारुनी ६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार : बसन्त थापा – जुनको जुनेली : छ माया छपक्कै ७. उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ : लभ डायरीज ८. उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज – एम जी रोडैमा : हजार जुनीसम्म ९. उत्कृष्ट द्वन्द्व निर्देशक : श्री श्रेष्ठ : साङलो १०. उत्कृष्ट हाँस्यकलाकार : केदार प्रसाद घिमिरे : छ माया छपक्कै ११. उत्कृष्ट खलपात्र : प्रकाश शाह : साङ्लो १२. उत्कृष्ट कथा : गोविन्द फूयांल : मारुनी १३. उत्कृष्ट पटकथा : आशुतोष राज श्रेष्ठ : जाईरा १४. उत्कृष्ट सम्वाद : रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी १५. उत्कृष्ट नव–नायिका : रुवीना थापा : लभ डायरीज १६. उत्कृष्ट नव–नायक : अंकीत शर्मा : रातो टीका निधारमा १७. उत्कृष्ट नव–निर्देशक : विराज भट्ट : साङ्लो १८. उत्कृष्ट चरित्र अभिनेत्री : मिथिला शर्मा : आमा १९. उत्कृष्ट चरित्र अभिनेता : माओत्से गुरुङ : कबड्डी कबड्डी कबड्डी २०. उत्कृष्ट सह–अभिनेत्री : स्वस्तीमा खड्का : हजार जुनीसम्म २१. उत्कृष्ट सह–अभिनेता : जीतु नेपाल : छ माया छपक्कै २२. उत्कृष्ट छायाँकार : सञ्जय लामा : मारुनी २३. उत्कृष्ट सम्पादक : बिपिन मल्ल : छ माया छपक्कै २४. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी : छ माया छपक्कै २५. उत्कृष्ट अभिनेता : पुष्प खड्का : मारुनी २६. उत्कृष्ट निर्देशक : नवल नेपाल : मारुनी २७. उत्कृष्ट फिल्म : मारुनी : पुनम इन्टरटेनमेन्ट प्रा.लि. जुरीद्वारा थप गरिएको ६ विधा इनकरेजमेन्ट अवार्ड : क्षितिज सुवेदी : वीर विक्रम २ साउण्ड एडिटर : किशोर आचार्य : सानो मन भिएफएक्स आर्टिस्ट : समिर मियाँ : साङ्लो वर्षको पपुलर गायिका : मिलन नेवार : चरीले काफल : साङ्लो जुरी अवार्ड (निर्देशक) : दीपेन्द्र लामा : छ माया छपक्कै पपुलर फिल्म : छ माया छपक्कै : रोहित अधिकारी फिल्म्स् प्रा.लि.
काठमाडौं -नेपाली नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । ध्यान, संगीतिक प्रस्तुति, नृत्य र उत्सवका साथ नयाँ वर्षको सुरुवात गर्ने लक्ष्यसहित ओम नेपाल मिडियाको आयोजना र ओशो तपोवनको सहकार्यमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको आयोजकको भनाइ छ । ‘ध्यान र नृत्यको उत्सवमा रमाएर न्यु इअर सेलिब्रेसन गर्नु यहाँले अहिलेसम्म गरेर आउनु भएको सेलिब्रेसन भन्दा भिन्दै हुनेछ,’ स्वामी आनन्द अरुणले भन्नुभएको छ, ‘आउनुहोस् यो नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गरौं । आफ्नो जीवनमा ध्यानको सुरुवात गरौं ।
आउनुहोस् यो नयाँ वर्ष ध्यानमा रमाउनुहोस् ।’ कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान गराउनेछन् भने विश्वप्रसिद्ध निर्गुण कबीरवाणी गायक पद्मश्री विभुषित श्री प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुति रहनेछ । त्यस्तै नेपाली लोक सुप्रासिद्ध ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहनेछ । हाँस्य कलाकार स्ट्यान्डप कमेडियन मनोज गजुरेलले आफ्नो प्रस्तुति दिनुहुने छ, ।
गजल प्रस्रतोता प्रदीप रोदन, गायिका बेनिसा पौडेल, मोहन वीणा वादक रोशन शर्माको पनि प्रस्तुति रहने जनाइएको छ । मौलिक नेपाली पर्वहरू ओझेल परि रहेको वर्तमान सामाजिक परिस्थितिमा नयाँ वर्षको पहिलो दिनलाई विशेष बनाउने र हरेक वर्ष मनाउने आयोजकको लक्ष्य छ । कार्यक्रम सुरुवात ४ बजेबाट हुने जनाइएको छ भने कार्यक्रम स्थलमा ३ बजेबाट प्रवेश गर्न सकिनेछ ।
काठमाडौं -मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै ‘दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड – २०२२’ हुने भएको छ। मौलिक कला, संस्कृति, गीत संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उदेश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधा तर्फ ‘दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड–२०२२’ गरिने भएकोछ । अवार्ड कार्यक्रम यहिं आउँदो जेष्ठ महिना २०७९ भित्र काठमाडौंमा गरिने भएको छ।
अवार्ड आबेदनको लागि दर्ता फारम निशुल्क गरिएको छ भने बैसाख २० गते सम्म फारम भरिने जानकारी गराईएको छ । जसका लागि २०२० जनवरी देखि २०२१ डिसेम्बर सम्मका गित संगीतहरुलाई समाबेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०२१ भित्र गीत निकालेको हुनु पर्नेछ ।
क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा ब्यबस्थापनमा हुन लागेको यस अवार्ड कार्यक्रमको संयोजक तथा संस्थापक निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक(गायिका, पर्ब बिसेष गीत –तिज, दशैँ तिहार, होलि, भेग बिसेष –पुर्बेली, काठे, पश्चिमेली, भजन, पप रआधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्युजिक भिडियो मोडल, चलचित्रका सम्पूर्ण विधा, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
“दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड(२०२२” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक व्यक्तित्वले निशुल्क फर्म भर्न पाउने छन्। फारम भर्नको शुभकामना मिडिया सोलुसनको कार्यालय सामाखुसी र क्रियटिभ ईन्साइट मिडियाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
काठमाण्डौ– नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको औपचारिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यसमिति मानार्थ सदस्यता प्रदान, पदाधिकारी तथा सदस्यको परिचय पत्र वितरण लगायतका कार्यक्रम सहित मंगलबार राजधानीको रक हाउस क्याफेमा फावनको परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
गत साउनमा सम्पन्न फावनको पाँचौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको औपचारिक तथा नव नियुक्ति मानार्थ तथा साधारण सदस्यलाई सांगठनिक सदस्यता परिचय पत्र र प्रमाण पत्र प्रदान गरिएको थियो । नवनिर्वाचित अध्यक्ष खगेन्द्र प्याकुरेल, वरिष्ठ उपाध्यक्ष ऋmषिराज आचार्य, कृष्ण काफ्ले, शिव परियार, ऋषि लामिछाने, चिरञ्जिवी गरागाई, महांसंघका केन्द्रिय सदस्य बेदराज लामा, उपाध्यक्ष दयाराम घिमिरे, महिला उपाध्यक्ष सरिता भारती, महासचिव राजन थापा, सचिव प्रदिप वासतोला, कोषाध्यक्ष कमला कुमारी जोशी र सहकोषध्यक्ष प्रवण भुषाल, सदस्य सन्जित भण्डारी, मिडिया संयोजक जिवन पराजुली, केन्द्रिय सदस्य तथा आईटी विज्ञ डेविल सिंह राजपुत, सदस्य सुस्मा देवकोटो, सदस्य साक्षि लम्साल गायत कार्यसमिति सदस्य, मानार्थ सदस्य तथा सल्लाहकार समितिको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गायक शिव परियार र गायक कृष्ण काफ्लेलाई पनि मानार्थ सदस्यका रुपमा सम्मान सहित कार्य समितिमा मनोनयन गरिएको छ । चार वर्षका लागि निर्वाचित नयाँ कार्यसमितिको मानार्थ सदस्यमा वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला, वरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, चलचित्र निर्देशक माधव राज खरेल लगायत मानार्थ सदस्य रहेको कार्यसमितिमा सल्लाहकार चलचित्र अर्काईष्टि चिरञ्जिवी गुरागांईं श्रीदेव भट्टराई लगायतलाई पनि परिचय पत्र वितरण गरिएको थियो ।
कार्यसमितिको मंगलबारको बैठकमा अध्यक्ष प्याकुरेलले कला क्षेत्रमा भौती तथा बौद्धिक श्रमदान गर्दै आएका कलाकर्मीको उचित सम्मान हुनु पर्नेमा जोड दिनुका साथै आफ्नै अधिकारप्रति सचेत र नेपाली कलाकारिता प्रति जिम्मेबार रहन संगठनका पदाधिकारी तथा सदस्यहरुलाई ध्यानाकर्षण पनि गराएका छन् ।संगठनका मानार्थ सदस्या तथा चलचित्र निर्देशक माधव राज खरेलले नेपाली चलचित्र क्षेत्रको ईतिहास देखी वर्तमान अवस्था प्रति कलाकर्मीको भुमिका र संगठनको विधानगत साथै उदेस्य र योजनाबारे प्रकाश पारेका थिए । विसं २०६० सालमा स्थापना भएको संगठनले नेपाली चलचित्र, गीतसंगीतका क्षेत्रमा कार्यरत कलाकर्मी तथा श्रमिकहरुको हकहितका लागि विभिन्न समयका विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको संगठनमा चलचित्र गीत संगीतका क्षेत्रमा कार्यरत हरेक व्यक्तिले नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनमा सदस्य बन्न सक्ने प्रावधान रहेको छ ।
काठमाण्डौ - वरिष्ठ गायक सिताराम पोखरेल रेडियो प्रचार सेवा विकास समितिको सदस्यमा नियुक्त भएका छन् । उनलाई संचार तथा सुचना प्रविधि मन्त्री स्तरिय निर्णयबाट दुई वर्षका लागि सदस्यमा नियुक्त गरिएको हो ।
सदस्य नियुक्त भएपछि पोखरेलले रेडियो प्रचार सेवा विकास समितिमा रहेर रेडियो नेपालको विकास र विस्तारमा सक्दो योगदान दिने बताए । २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट सांगीतिक यात्रा थालेका पोखरेलका अहिलेसम्म दुई सयभन्दा बढी गीत तथा कबिर एक दर्जन एल्बम बाहिर आएका छन् ।
पोखरेल मोडल तथा कलाकार पनि हुन् । उनी आफ्नो गीतको भिडियोको अलवा ठुला तथा सानापर्दाका फिल्ममा समेत अभिनय गर्दै आएका छन् ।
गायक पोखरेललाई मन्त्रालयका उपसचिव मुकुन्द शर्माद्वारा हस्ताक्षरित पत्रमा समितिको सदस्यमा मनोनित हुनु भएको वधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
काठमाण्डौ – नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो पाँचौं संस्करणको कार्यक्रम हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहनुभएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका गीतहरु सहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड प्रदान गरिएको पिम नेपालकी महासचिव एवं कार्यक्रम संयोजक कमला जोशीले बताएकि छन् ।
त्यसैगरी यस वर्षको रजत सम्मानबाट वरिष्ठ गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” सम्मानित भएका छन् । रंग पत्रकारितामा लामो समय कलम चलाएका बरिष्ठ पत्रकार कृष्ण भट्टराईलाई पिम नेपाल कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने लामो समय देखी मानव अधिकारका क्षेत्रमा सक्रिय अधिकारकर्मी दिर्घ राज जोशीलाई सेवा सम्मान, चर्चित संगीतकार दिपक शर्मालाई यूवा संगीत सम्मान, बालगायिका सफलता श्रेष्ठलाई बाल प्रतिभा सम्मानवाट सम्मान गरिएको थियो भने अन्य विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान एवं कदर गरिएको थियो ।
कार्यक्रममा नेपाली चलचित्र, गीत संगीत, कला संस्कृतिका क्षेत्रमा साथै विभिन्न क्षेत्रमा सक्रिय विशिष्ठ तथा अतिविशिष्ठ व्यक्तित्वहरुको भव्य सहभागीता रहेको थियो भने कार्यक्रमलाई नेपाल टेलिकम, एभरेष्ट वियर, गरिमा विकास बैंक, गोकर्णेश्वर नगरपालिका, वुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका, साउथ वेष्टर्न कलेज, ओम समाज अस्पताल, व्ल्याकपर्ल कस्मेटिक, होटल आर्ट, गरिमा विकास बैंक, कुमारी बैंक, एस.मए.एस . सेक्यूरिटी एण्ड एच आर सोलुशन प्रा.लि., टिका गोपाल एम्. क्रियशन, डेल्फिक काउन्सिल, काठमाण्डौ महानगरपालिका लगायतको संघ संस्था तथा प्रतिष्ठानहरुको सहभागिता रहेको थियो ।
त्यस्तै उक्त अवार्ड कार्यक्रममा नेपाली रंगीन सिनेमाको पहिलो नायिकाचैत्य देवी सिंह, चलचित्र प्राविधिक संघ पुष्कर लाम, बरिष्ठ पत्रकार,गीतकार शान्तिप्रय ,अध्यक्ष, म्यूजिक भिडियो समाज अध्यक्ष, विधान कार्की , गायक अजय अधिकारी “सुशिल” समाजसेवी /गायिका सोमा खत्री वित्तविद नन्दहरि शर्मा, बरिष्ठ गीतकार भरत बम्जन बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ गायक सिताराम पोखरेल, बरिष्ठ संगीतकार जुगल डंगोल चर्चित संगीतकार सन्तोष श्रेष्ठ चर्चित गायक शिव परियार चर्चित गायक कृष्ण काफ्ले, गीतकार रमेश दाहाल, कोरियो ग्राफर अजय स्याङ्तान सम्पादक विपिन भाट ,संगीतकार/एरेन्जर राजेन्द्र बजगाई, रंग पत्रकार जिवन पराजुली, रंग पत्रकार विष्णु सुवेदी, पत्रकार गीता अधिकारी ,अभिनेता विशाल विष्ट, सञ्जित भण्डारी, गोपाल ढकाल “छन्दे”, श्रीदेव भट्टराई लगायका व्यक्तित्वहरुको उत्साहजनक सहभागीता रहेको कार्यक्रमकी संयोजक जोशीले बताइन् ।

राष्ट्रिय समावेशी म्युजिक अवार्डका विजेताहरु यस प्रकार रहेका छन् :
उत्कृष्ट राष्ट्रिय भावको गीत टेक तामाङ: नेपाल आमा
उत्कृष्ट गजल बी.बी. थापा : बाँचुञ्जेल हाँसो रहेछ
उत्कृष्ट आधुनिक गायक नविन कार्की : आँखाले हेर्यो
उत्कृष्ट आधुनिक गायिका मिलन नेवार : पल पल चोट
आधुनिक संगीतकार ओम प्रकाश राई : सिरानी लाए
उत्कृष्ट आधुनिक गीतकार (महिला) तारा अधिकारी : तिम्रै लागि
उत्कृष्ट आधुनिक गीतकार (पुरुष) डा.कृष्णहरि बराल : ऐलान
उत्कृष्ट आधुनिक निर्देशन अञ्जन शर्मा : भत्केको घर
उत्कृष्ट आधुनिक/लोकपप मोडल(पुरुष) सनम कठायत : किन मरिन म
उत्कृष्ट आधुनिक लोकपप मोडल महिला अनु शाह : उसलाई पाउन–२
उत्कृष्ट लोकपप गायन नविन कुमार पौडेल : मेरी डल्ली
उत्कृष्ट लोकपप गीतकार अभि क्षेत्री (समर्पण) : नसोध भो
उत्कृष्ट लोकपप संगीतकार राजेश थापा : सल्लेरीको फेदैमा
उत्कृष्ट लोकपप निर्देशन बविता श्रेष्ठ : हाम्रो माया चोखो
उत्कृष्ट पप गायन कृष्ण भट्टराई : शहर
उत्कृष्ट पप गीतकार गौतम डंगोल “सन्देश” : अर्कै साथी
सर्वोत्कृष्ट गीतकार (महिला ) रमा थापा : माया विरानो
उत्कृष्ट नवगायिका (आधुनिक/लोकपप) मिना नेपाली : हर श्वासमा
उत्कृष्ट नवगायक (आधुनिक/लोकपप) सविन सुवेदी : आज त लभ पर्छ
उत्कृष्ट नवगायक/गायिका लोकदोहोरी बाबुराम भट्टराई : लभको चक्करमा
उत्कृष्ट नव मोडल (पुरुष) अभि लामा : मर्यो भन्दिनु
उत्कृष्ट नव मोडल (महिला) आलिसा बास्तोला : रुवाउने हजार
उत्कृष्ट लोकदोहोरी गायक स्वरुप राज आचार्य : डाँडाघरे सांइली
उत्कृष्ट लोकदोहोरी गायिका रमिला न्यौपाने : पिर नभाको को छ र
उत्कृष्ट लोकदोहोरी गीतकार सविता पोखरेल : ढाँटे मरिजाउ
उत्कृष्ट लोकदोहोरी संगीतकार श्रीकृष्ण बम मल्ल : डाँडाघरे सांईली
उत्कृष्ट लोकदोहोरी निर्देशन देबेन्द्र पाण्डे : मन बुढो भएन
उत्कृष्ट लोकदोहोरी मोडल(महिला/पुरुष) जिसु कोईराला : कसो गर्ने होला
उत्कृष्ट ध्वनी मिश्रण मनोज परियार : नयाँ गलबन्दी
उत्कृष्ट सम्पादन राजेश कुमार : तारी खेत
उत्कृष्ट छाँयाकार उत्सव दाहाल : किन मरिन म
उत्कृष्ट कोरियोग्राफर सुनिता बस्नेत : भाग्य भित्र
उत्कृष्ट डेउडा भाका गायन पुष्पा बोहोरा : झुम्केनी बौजु
उत्कृष्ट डेउडा भाका मोडल चक्र बम : ओ मेरी बौजु
उत्कष्ठ थारु भाषा गायन राजेन्द्र शर्मा : सखिय हो
उत्कृष्ट थारु भाषा निर्देशन हिरा चौधरी : सुनर सुनर पहिरन
उत्कृष्ट थारु भाषा मोडल सुनिता दहित : सखिय हो
उत्कृष्ट काँठे भाका गायक अमृत खाती : मिरमिरे साइली
उत्कृष्ट काँठे भाका गायिका उमा श्रेष्ठ : मिरमिरे साईली
उत्कृष्ट काँठे भाका गीतकार डब्बु क्षेत्री : असारे मास
उत्कृष्ट मैथली भाषा गायन आदित्य अजय : रमजान के महिना
उत्कृष्ट मैथली भाषा गीतकार समिर खान : समझु प्रेमक इशारा
उत्कृष्ट मैथली भाषा निर्देशन हुशैन शेख : धोखा हमरा
उत्कृष्ट मैथली भाषा मोडल फिरोज शेख : हम अहाँ के दीवाना
उत्कृष्ट तामाङ भाषा गायक अभिषेक तामाङ : ज्याबा ङ्ङ्बा
उत्कृष्ट तामाङ भाषा गायिका लक्ष्मी तामाङ : चाईना जुत्ता
उत्कष्ट तामाङ भाषा मोडल (पुरुष) हेरुका लामा : चम चम
उत्कृष्ट तामाङ भाषा मोडल (महिला) सुष्मा मोक्तान : रानी
उत्कृष्ट नेपाल भाषा गायन तेजवती जोशी : योःम जित
उत्कृष्ट नेपाल भाषा शब्द राजु मानन्धर : सुथें लुमनी छन्तः
उत्कृष्ट नेपाल भाषा मोडल श्रेया कार्की : पन्तिया मकर मेला
उत्कृष्ट कल्चरल गीत सिता तुम्रुक : हिलिक हिलक (लिम्बु भाषा)
सर्वोत्कृष्ट गायक आधुनिक (पपुलर) यम बराल : खुशीको गीत
सर्वोत्कृष्ट मोडल आधुनिक (पपुलर) राजेश हमाल :मन बुढो भएन
सर्वोत्कृष्ट गीतकार आधुनिक (पब्लिक च्वाईस) भिष्मराज फुलारा :आँशु पिउँदै
सर्वोत्कृष्ट संगीतकार (पब्लिक च्वाईस) सरोज कोईराला : भकारीमा धान
सर्वोत्कृष्ट काँठे गायक (पब्लिक च्वाईस) शरण प्रसाद हुमागाई : भिरैको खनायो
सर्वोत्कृष्ट मोडल आधुनिक (जुरी) अनिषा पोखरेल : पिक्का
सर्वोत्कृष्ट मोडल आधुनिक (जुरी) समिक्षा क्षेत्री : दोष
सर्वोत्कृष्ट लोकदोहारी शब्द (जुरी) शिव पौडेल : अँधेरीमा जुन
सर्वोत्कृष्ट गीतकार आधुनिक (जुरी) विरेन्द्र थाम्सोहाङ : मनमा माया
सर्वोत्कृष्ट गायिका (जुरी) अस्मिता श्रेष्ठ : शिरमा रिवन
सर्वोत्कृष्ट गीतकार पप (जुरी) पदम विश्वकर्मा : सल्लेरीको फेदैमा
सर्वोत्कृष्ट गायक लोकपप (जुरी) सुजन मोक्तान : नाच्ने गाउने
सर्वोत्कृष्ट गायक लोकपप (जुरी) सुनिल कटुवाल : फिक्का
सर्वोत्कृष्ट मोडल डेउडा (ईन्करेज्मेन्ट) उमेश भट्ट : मन पण्याकी
सर्वोत्कृष्ट गायिका लोकपप (ईन्करेज्मेन्ट) सदिक्षा भुर्तेल : घाँसको भारी
सर्वोत्कृष्ट गतिकार लोकपप (जुरी) ज्ञान बहादुर लामा : नाच्नु गाउनु
सर्वोत्कृष्ट थारु भाषा मोडल (जुरी) प्रमोद चौधरी : कंगना
सर्वोत्कृष्ट नेपाल भाषा गायन (जुरी) विजेन्द्र चवाल : जिवनया छु ईं
सर्वोत्कृष्ट मोडल लोकदोहोरी (जुरी) सजिना लामिछाने : पैसाको विटो
सर्वोत्कृष्ट लोकपप निर्देशन (जुरी) केशव राज भट्ट : पिरती वस्यो
काठमाण्डौ– पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा चैत्र २० गते आइतवार राधानीमा सम्पन्न हुन गईरहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “निम अवार्ड”मा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मानित गरिदै छ । सम्मानित हुनेमा बरिष्ठ गीतकार/ साहित्यकार सुरेन्द्र महर्जन “अमर”, बरिष्ठ पत्रकार कृष्ण भट्टराई, चर्चित युवा संगीतकार दिपक शर्मा, समाज सेवी एवं मानव अधिकारकर्मी दिर्घ राज जोशी, बाल गायिका सफलता श्रेष्ठ, गीतकार राखी गौचन लगायतका विभिन्न व्यक्तित्वहरु सम्मानित हुने कार्यक्रमकी संयोजक कमला जोशीले वताएकी छिन् । विगत लामो समय देखि विभिन्न क्षेत्रमा रहेर देश र समाजमा को लागि उल्लेखनिय कार्य गर्दै उदाहरणीय व्यक्तित्वको रुपमा उदाउन सफल व्यत्तित्वहरुको योगदानलाई मुल्याँकन गर्दै निम अवार्डको भव्य समारोहमा सम्मान गर्न लागिएको जोशीले वताईन ।
विगत पाँच वर्ष देखी नेपालमा बोलीने विभिन्न भाषा भाषीसहितलाई समेटेर बृहत् रुपमा निम अवार्डको आयोजना हुदै आईरहेको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्डको रुपमा आफ्नो वेग्लै प्रस्तुती र भुमिका गीत संगीत र कला एवं संस्कृतिको प्रवद्र्धन गर्दै निम अवार्डले कलाकारिता क्षेत्र मात्रै नभएर विभिन्न क्षेत्रमा सिद्धहस्त व्यक्तित्वहरुलाई उनिहरुको कार्यको सम्मान स्वरुप सम्मान एवं पुरस्कृत गर्दै आईरहेको छ ।
कार्यक्रममा नेपाल टेलिकम, एभरेष्ट वियर, गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका, काठमाण्डौ महानगरपालिका, गरिमा विकास बैंक, होटल आर्ट, व्ल्याक पर्ल, डेल्फिक काउन्सिल, ओम समाज डेन्टल अस्पताल, साउथवेष्र्टन कलेज, एस.आई गु्रप, एस.एम्ं.एस.सेक्यूरिटिज प्रा.लि., कुमारी बैंक, प्लान ईन्टरनेशनल एजुकेशन, शोभा कलेक्सन लगाएतका व्यवसायिक संस्थाहरुले कार्यक्रमलाई सघाएका छन् । स्मार्ट प्यालेस चावहिलमा सम्पन्न हुन गेरहेको उक्त समारोहमा कुल ५१ विधामा अवार्ड प्रदान गरिनेछ ।
काठमाडौं-सङ्गीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाउनुभएको छ । काठमाडौंको मूलपानी फूयाँलगाउँमा हास्य कलाकार सुलेमान शंकर (इकु)ले विगत आधा दशकदेखि सञ्चालन गर्दैै आएको स्नेह बाल आश्रममा पुगेर सङ्गीतकार बजगाईले आफ्नो जन्म दिन मनाउनु भएको हो । त्यहाँ रहेको १६ जना बालबालिकाहरूलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफूल, मास्कलगायतका सामग्री सङ्गीतकार बजगाईंले प्रदान गर्नुभएको थियो । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरूलाई खाना खुलाउँदै उहाँले जन्मदिन मनाउनुभयो ।
स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्म दिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरूका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो । सङ्गीतकार बजगाईंको जन्मदिन मनाउन आश्रम पुग्नुभएका गायक तथा सङ्गीतकार भुवन प्यासीले पनि सो क्रममा अनाथ बालबालिकाहरूको स्कुल शुल्कको लागि भनेर पाँच हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।
काठमाडौं – नयाँवर्ष २०७९ को भक्तपुरमा छैठौं भक्तपुर औद्योगिक मेला आयोजना हुने भएके छ । नयाँ वर्षकाे आगमनसंगै लामो समयदेखि विभिन्न जिल्लामा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाईज व्याण्डको आयोजनामा भक्तपुर जिल्लामा छैठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ को आयोजना गर्न लागिएको हो ।
चैत्र २४ बिहिबारदेखि सुरु हुने मेला बैशाख ४ गते सम्पन्न हुने भएको यस मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयाेजक संयाेजक दिपक थापाले जनाएकाे छ । मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रिय स्तरका कलाकारहरुको हास्य व्यङ्ग्य तथा गीत संगीतको प्रस्तुती रहने छ ।
ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थानले भरिभराऊ क्षेत्र भक्तपुरमा यसै जिल्लाको अरनिको राजमार्ग खण्ड ६ लेन सडकसंगै जोडिएको भक्तपुरको सल्लाघारी तीनकुने स्थित १०८ रोपनी क्षेत्रफल जग्गामा यस संस्थाले विशाल रूपमा मेला आयोजना गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया पुरा गरिसकेको र तत्कालै यस क्षेत्रमा स्टल निर्माण कार्यका लागि तयारीमा जुट्ने योजना रहेको जनाए ।
मेलामा २०० भन्दा बढी स्टल राखिने भएको छ स्टलको साईज अनुसार कम्तीमा ६ हजारदेखि रु १९ हजार ५०० सम्म शुल्क लिएर स्थानीय व्यापारीहरुलाई समेत स्टल उपलब्ध गराउने ब्यवस्था रहेकाे छ । मेलामा करिब ३ लाख भन्दा बढी उपभोक्ताको आगमन र करिब ८ करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
मेलामा दैनिक जीवनमा प्रयोग हुने उपभोग्य खाद्यान्न , लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु पाईनुका साथै कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, ग्रामीण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, नृत्य प्रतियोगिता, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामान र व्यापार तथा पर्यटकीय प्रर्दशनी उक्त मेलामा रहने छ । एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा विविध प्रस्तुती रहने समेत थापाले जनाएको छ ।
नयाँवर्षको अवसरमा आयोजना गर्न लागेको मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराईने आयोजकले जनाएको छ । भक्तपुर, काठमाडाैँ, ललितपुर र काभ्रेदेखि आसपास जिल्लाहरुका बासिन्दाले समेत यसबाट लाभ लिन सक्ने जनाइएको छ ।
आयोजक टिमका अनुसार मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई रु. ४० र अन्यका लागि रु ५० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । कोभिड -१९ को महामारीका कारण गतवर्ष आयोजना गर्न नपाए पनि यसवर्ष भने भव्य रुपमा मेलाको आयोजना गरिने बताइएको छ । अध्यक्ष सन्दिप महत जनाएको छ । भत्तपुरको सुर्यविनायकमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका निर्देशक सुनिल बज्राचार्य, कार्यक्रमका विभिन्न पधादिकारीहरु र पत्रकारहरुको ठुलो उपस्थिति रहेको थियो ।