काठमाडौं– टिकागोपाल एम क्रियशनको आयोजना तथा पिम नेपालको व्यवस्थापनमा गायक कन्हैया सिंह तथा गायिका अञ्जना गुरुङद्वारा स्थापित ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०७९’ गीतकार विश्व वल्लभलाई प्रदान गरिएको छ । टिकागोपाल एम क्रियसनका अध्यक्ष गीता सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा युवा तथा खेल कुद मन्त्री महेश्वर जंग गहतराज अथक प्रमुख अतिथि रहनुभएको थियो । साथै विशिष्ठ अतिथिमा कार्यक्रमका प्रमुख सल्लाहकार एवं वरिष्ट संगीतकार एवं गाएक शम्भूजित बासकोटा, बरिष्ट लोक गायिका चन्द्रकला शाह, ईनास अमेरिकाका क्षेत्रीय सभापति आनन्दु थिङ, सत्यनिररुपण तथा मेलमिलाप आयोजकी पुर्व सदस्य विष्णु पोखरेल, बरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, कृष्ण भट्टराई, डब्बु क्षेत्री, कमला जोशी, बरिष्ठ संगीत संयोजक अमुल कार्की ढली, चलचित्र निर्देशक माधव राज खरेल, चर्चित संगतिकार सन्तोष श्रेष्ठ, अभिनेता श्रीदेव भट्टराई, भिडियो निर्देशक हेम प्रभाष, भिडियो निर्देशक समन अधिकारी, संगतिकार विपिन आचार्य, लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ ले गीतकार वल्लभलाई ५१ हजार रुपैयाँ नगद राशि, दोसल्ला तथा सम्मान–पत्रसहित उक्त समारोहमा पुरस्कृत गरेका हुन् । पुरस्कारको यो दोस्रो संस्करण हो । अघिल्लो वर्ष लोकगायिका चन्द्रकला शाह शाहलाई यो पुरस्कार प्रदान गरिएको थियो । गीतकार वल्लभले धेरै दिन भो तिम्रो झझल्को, तिमी बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली, “भाग्यले खुशी खोसेर लग्या, सबैबाट फ्याकिएका, च्यातिदेउ जस्ता दर्जनौं लोकप्रिय गीतहरु रचना गरेका छन् । प्रमुख अतिथि मन्त्री गहतराजले जीवनभरी गीत–संगीतको माध्यमबाट देशलाई योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको धारणा व्यक्त गरे ।
मन्त्री अथकले विपिलाई सम्झदै भने “म नास्तिक हुं तर म गीत संगीतमा ईश्वर देख्छु” कलाकार र खेलाडीको माध्यमबाट मात्रै नेपाललाई संसार भरि चिनाउन सकिने तर्क मन्त्री अथकको रहेको छ । त्यसै गरि विशिष्ट संगीतकार शम्भूजित बासकोटाले लोकप्रिय गायक कन्हैया सिंह परियार र चर्चित गायिका अन्जना गुरुङको कार्यलाई सादुवाद दिदै यसको निरन्तरताको लागि पनि आग्रह गरेका छन् । गीतकार बल्लभ पुरानो र नयाँ पुस्ताका नयाँ गतिकारहरुका सेतुका रुपमा रहेकोले यस्ता सर्जकहरुलाई सबैले प्रोत्साहन गर्न आग्रह समेत गरेका छन् । समारोहमा पुरस्कृत गीतकार वल्लभलाई वधाइ दिँदै संगीतकार शम्भूजीत बासकोटाले नेपाली सुगम संगीतको विकासमा अनवरत रुपमा योगदान दिँदै आएका गीतकार वल्लभको प्रसंसा गरेका थिए ।
त्यसै गरि नेपाली गीत संगीतको क्षेत्रमा गायक जोडी कन्हैया र अन्जना योगदान विशिष्ट रहेको र यस्ता कार्यहरुले निरन्तरता पाउनेमा आफुहरु विश्वस्थ रहेको कार्यक्रमका संयोजक समेत रहेका संगीतकार सन्तोष श्रेष्ठले बताए ।
चर्चित सञ्चारकर्मी एवं प्रस्तोता हेम सुवेदीले सञ्चालन गरेको उक्त समारोहमा लोकप्रिय गायक कन्हैया सिंह तथा चर्चित गायिका अञ्जना गुरुङकी मोडेल सुपुत्री अपेक्षा सिंहले नृत्य प्रस्तुत गरेकी थिइन् भने गाायिका माण्डवी त्रिपाठी तथा जमुना शर्माले गीत गाएका थिए । र सोहि समारोहमा बरिष्ट संगीतकार शम्भूजित बासकोटाको शब्द संगीतमा तयार भएको गीत “नजर नजरको” को भिडियो समेत प्रदर्शनी गरिएको थियो । गायक कन्हैया सिंह तथा गायिका अञ्जना गुरुङ साढे दुई दशकभन्दा लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् ।

काठमाण्डौ – छौठौ काठमाण्डौ सर्टफिल्म फेष्टा सम्पन्न भएको छ । हिमाल उप्रेती निर्देशित सर्टफिल्म ‘आमा’बाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट चलचित्रको अवार्ड हाँसिल गरेका छन् । छायाँछबि क्रियसनले मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा आयोजना गरेको ‘छैठौ काठमाडौँं सर्टफिल्म फेष्टा २०७९’ मा उत्कृष्ट निर्देशक अवार्ड फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले प्राप्त गरे । यस्तै लघु चलचित्र ‘लड डाउनको पीडा’ बाट विष्णु प्रसाद काप्री (मुस्कान)ले उत्कृष्ट अभिनेताको अवार्ड चुमे । सो सर्ट फिल्म फेस्टामा ‘द डटर’ सरिता भारतीले अभिनेत्री तर्फ क्रिटिक्स अवार्ड जितन् । सो क्रममा ‘पैसा’ बाट सुनिला इन्करेजमेन्ट अवार्ड प्राप्त गरिन् ।
फेष्टाका विजेतालाई बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्था, चलचित्र कलाकार संघका उपध्यक्ष तथा बरिष्ठ कलाकार मोहन निरौला लगायतले अवार्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए । काठमाडौं सर्ट फिल्म फेस्टाको निर्णायकमा गजित बिष्ट (अभिनेता), कुबेर गिरी (पत्रकार), हेरुका लामा (मोडल), सुशिला थापा (मोडल), सागर घिसिङ (अभिनेता), आयुव केसी (अभिनेता), सुदीप क्षेष्ठ (मोडल) रहेका थिए । बागमती प्रदेशका प्रदेश साँसद लक्ष्मण लम्सासले नेपाली चलचित्र क्षेत्रमा लगातार दुई दशकभन्दा बढी योगदान दिने कलाकारलाई राज्यले विधावारिधीबाट सम्मान गर्नुपर्ने धारणा उनले सो कार्यक्रममा राखे ।
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला लगायतले कलाक्षेको बिषयमा धारणा राखेका थिए । यो फेस्टाले नेपालमा लघू चलचित्रको विकाशमा टेवा पु¥याउने गरेको उनले बताए । आयोजक तथा कार्यक्रमका सभापति छायाँछवि क्रियसनका अध्यक्ष शान्ति प्रियले छोटा फिल्मले पनि प्रथामिकता पाउनुपर्ने र त्यसले पनि समाजमा राम्रो प्रभाव पार्नसक्छ भन्ने सन्देश दिदै त्यसका श्रष्ठालाई सम्मान तथा प्रोत्सानका लागि नियमित रुपमा आफुले काठमाडौं सर्टफिल्म फेष्टा आयोजना गर्दै आएको हो भने ।
सो कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, काभ्रेकी महिला नेतृ लक्ष्मी दनुवारलगायतले अवार्ड बिजेतालाई बधाई सहित फेस्टाले नेपालमा लघू चलचित्रको विकाशमा योगदान दिएको बताए । राममणी ढकालको सँयोजनमा भएको काठमाडौं सर्ट फिल्म फेस्टा २०७९ मा साप्ताहिक पत्रिका ‘हेराल्ड खबर’ को बिमोचन समेत गरिएको थियो । समिर लामा प्रकाशक रहेको पत्रिकाको सम्पादक शान्ति प्रिय हुन् ।
काठमाडौं-कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित नयाँ आधुनिक गीत तिम्रो मायाले न हो।।।को भिडियो ओएसआर डिजिटलबाट आज रिलिज गरिएको छ ।
गायक प्रताप दाश र गायिका सरिता भारतीको स्वरमा रहेको यो गीतको छायाँकन मुगुको रारा, आछाम र जुम्लाका विभिन्न स्थानमा गरिएको छ । छायाँकार दिब्यराज सुवेदीले कर्णालीको सुन्दरतालाई निकै आकर्षकसँग भिडियोमा उतारेका छन् । तिम्रो मायाले न हो गीतले सुन्दर भिडियोले अझ आकर्षक बनाएको छ ।
देवल भण्डारीले लेखेको यो गीतलाई एलिश कार्कीले संगीत गरेका हुन् । चलचित्रका लागि भनिएको यो गीतलाई बिलक्षण क्रियसनले बजारमा ल्याएको हो । गीतमा संगीत संयोजन शैलेन्द्र एम श्रेष्ठ ९बाबु०ले गरेका हुन् । जसमा जुगल डंगोलको मिक्सिङ र मास्टरिङ रहेको छ ।
यो गीतको भिडियोमा अभिनेता यसराज गराच र गायिका सरिता भारतीले अभिनय गरेका छन् । उनीहरुको अभिनय निकै आकर्षक छ । काठमाडौंबाट चार दिनको यात्रा पछि सो स्थान पुगेर भिडियोको छायाँकन गरिएको हो ।
कर्णाली प्रदेश प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेकाले त्यहाँको पर्यटन प्रवर्धन गर्न यो भिडियोको छायाँकन मुगु, अक्षाम र जुम्लामा गरिएको भिडियोका निर्देशक डब्बु क्षत्रीले बताए ।
यो भिडियोमा सुवास बुढाथोकीको नृत्य निर्देशन रहेको छ । दिलमाया मगर (एमकेएम फेसन हाउस) र चिटिक्क द फेसन स्टोरको फेसन रहेको यो भिडियो फिल्मी शैलीको बनेको छ । जसमा बीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=MTFiDL8SisE&list=RDMTFiDL8SisE&start_radio=1
काठमाण्डौ– टिकागोपाल एम्. क्रियशन प्रा.लि.को आयोजनामा चर्चित सांगीतिक जोडी कन्हैया सिंह परियार र अन्जना गुरुङको नामबाट स्थापना भएको ”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार” श्रावण १८ गते राजधानी काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । शो कार्यक्रमको कार्यसमिति विस्तार समेत भएको छ ।
कार्यक्रमको प्रमुख सल्लाहकारमा विशिष्ट संगीतकार तथा सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बासकोटा, विशेष सल्लाहकार संविधानविद् डा. भीमार्जुन आचार्य (गायक अर्जुन मिलन), मानार्थ सल्लाहकार विशिष्ट लोकगायिका चन्द्रकला शाह (शाहलाई यसअघि कन्हैया-अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको थियो) , त्यस्तै पुरस्कार समितिको अध्यक्षमा टिकागोपाल एम्. क्रियशनकी गीता सिंह, कार्यक्रम निर्देशक चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठ, सदस्यसचिव चलचित्र निर्देशक माधब राज खरेल र सदस्यहरुमा मोडल अपेक्षा सिंह, नायक श्रीदेव भट्टराई, संचारकर्मी कमला जोशी, निर्देशक तथा कवि हेम प्रभाष र अनुप सिंह रहेका छन् । त्यसैगरी अफिसियल कार्यक्रम उद्घोषक सुप्रसिद्ध आर.जे. हेम सुवेदी रहेका छन् भने कार्यक्रमको व्यवस्थापन पिम नेपालको रहने छ ।
१८ गते सम्पन्न हुने यस वर्षको कन्हैया -अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार बरिष्ठ गीतकार विश्व बल्लभलाई प्रदान गरिने भएको छ ।“तिमि बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली, धेरैदिन भो” लगायत थुप्रै गीतका गीतकार विश्व बल्लभ नेपाली सुगम सङ्गीतको विकासमा अनवरत रुपमा योगदान दिदै आएका व्यक्तित्व हुन । पुस्कारको राशी ५१ हजार नगद सहित सम्मान पत्र र दोसल्ला रहेको कार्यक्रमका संयोजक संगतिकार सन्तोष श्रेष्ठले बताए ।
कन्हैया सिंह परियार नेपाली गीत सङ्गीतको क्षेत्रमा झण्डै तिन दशकदेखी सक्रिय गायकको रुपमा परिचित छन् भने अन्जना गुरुङ पाश्व गायन तथा नेपाली गीति गायनको क्षेत्रमा चर्चाको शिखरको रुपमा रहेकी गायिका हुन् । नेपाली सांगीतिक आकाशमा आदर्श जोडीको छवि बनाएका यस जोडीले गत वर्ष देखी नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका एक जना संगीतकर्मीहरुलाई नगद राशी सहित सम्मान गर्दै आएको छ । गत वर्ष कन्हैया सिंह राष्ट्रिय सङ्ंगीत पुरस्कारको नामबाट आयोजित यस पुरस्कारको नामलाई संशोधन गर्दै यस वर्षबाट कन्हैया अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार बनाईएको कार्यक्रम संयोजक श्रेष्ठले बताए । गतवर्ष बरिष्ठ लोक गायिका चन्द्रकला शाहलाई यो पुरस्कार प्रदान गरिएको थियो ।
काठमाण्डौ – शान्तिश्री परियार र सारिका घिमिरेको स्वरमा रहेको नयाँ तीज गीत ‘छम्म छम्म नाचौ न’ सार्वजनिक भएको छ । संचारकर्मी गीता आधिकारीको शब्द रहेको गीतमा योगेश काजिको शब्द रहेको छ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा गायिका ज्ञानु राणा, संगीतकार राजु सिंह, संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं लगायतले गीत सार्वजनिक गरेका थिए ।
भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापा फिचर रहेका छन् । रोशन बुढाथोकीले भिडियोमा कोरियोग्राफी गरेका छन्।
काठमाडौँ- कन्हैया सिंह र अन्जना गुरुङको स्वरमा रहेको गीत ‘नजर नजरको’ सार्वजनिक गरिएको छ। बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको संगीत र रचना शम्भुजित बास्कोटाले गरेका छन् । भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् भने म्युजिक भिडियोमा पुष्प खड्काको साथ पहिलो पल्ट कन्हैया सिंहको छोरी अपेक्षा सिंहले डेब्यु गरेकी छिन् ।
बहिनी अन्जना र भाई कन्हैयाको जोडीलाई हेर्दै सम्झदै नजर नजरको शिर्षक राखेर गीतमा संगीत भरेको संगीतकार बाँस्कोटाले बताए । नेपाली गीत संगीतमै लागेर जीवन बिताउन पाइयोस र सदैव दर्शकहरुको मायाले बाँधिएर रहने चाहनाले नै परदेशमा बसे पनि नेपाली गीतसंगित प्रती को मोह नहराएकाले दुबैले फेरी यो सोलो गीत बजारमा ल्याएको गायक संगीतकार सिंहले बताउनु भयो । सिनेमाटोग्राफर नवराज उप्रेती,सम्पादन र कलरिङ्ग नबिन निरौलाको रहेको छ ।
काठमाण्डौ– चर्चित सांगीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङको नामबाट स्थापना भएको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार श्रावण १८ गते राजधानी काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । यस वर्षको कन्हैया अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार बरिष्ठ गीतकार विश्व बल्लभलाई प्रदान गरिने भएको छ ।
“तिमि बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली, धेरैदिन भो” लगायत थुप्रै गीतका गीतकार विश्व बल्लभ नेपाली सुगम सङ्गीतको विकासमा अनवरत रुपमा योगदान दिदै आएका व्यक्तित्व हुन पुस्कारको राशी ५१ हजार नगद सहित सम्मान पत्र र दोसल्ला रहेको कार्यक्रमका संयोजक संगतिकार सन्तोष श्रेष्ठले बताए । कन्हैया सिंह परियार नेपाली गीत सङ्गीतको क्षेत्रमा झण्डै तिन दशकदेखी सक्रिय संगीतकार एवं गायकको रुपमा परिचित छन् भने अञ्जना गुरुङ पाश्व गायन तथा नेपाली गीति गायनको क्षेत्रमा चर्चाको शिखरको रुपमा रहेकी गायिका हुन् ।
नेपाली सांगीतिक आकाशमा आदर्श जोडीको छवि बनाएका यस जोडीले गत वर्ष देखी नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका एक जना संगीतकर्मीहरुलाई नगद राशी सहित सम्मान गर्दै आएको छ । गत वर्ष कन्हैया सिंह राष्ट्रिय सङ्ंगीत पुरस्कारको नामबाट आयोजित यस पुरस्कारको नामलाई संशोधन गर्दै यस वर्षबाट कन्हैया अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार बनाईएको कार्यक्रम संयोजक श्रेष्ठले बताए । गतवर्ष बरिष्ठ लोक गायिका चन्द्रकला शाहलाई यो पुरस्कार प्रदान गरिएको थियो ।
काठमाडौं । गीतकार नारायण रेग्मीको शब्द रचना रहेको तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक भएको छ । गत बुधवार मात्रै गीत सार्वजनिक गरिएको गीतकार रेग्मीले जानकारी दिनुभएको हो । ‘आइफोन हरायो’ मा संगीतकार लक्ष्मण पोखरेलको संगीत र चर्चित गायीका एलिना चौहानको स्वर रहेको छ । रेग्मीको शब्द रचनालाई अर्जुन नेपालीको एरेन्ज रहेको छ भने मनोज डङ्गोलले मिक्सिङ गरेका छन् । सो गीतको रेकर्डडिस्टमा जिवन बडू छन् ।
‘आइफोन हरायो’ गीतको म्युजिक भिडियोमा बिना राउत मूख्य भूमिकामा छिन् भने गीतकार नारायण रेग्मी र कुम्भ बहादुर कुँवर समेतले अभिनय गरेका छन्। भिडियो प्रकाश कडेलले निर्देशन गरेका हुन् ।
लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धका अध्यक्ष समेत रहेका सफल युवा उद्यमी नारायण रेग्मी साहित्य साधनामा समेत तल्लिन रहदै आएका छन् । जसको साहित्यिक नाउँ शुन्य मानव रहेको छ । गीत र कविता कोर्नमा उनको बिशेष रुची रहने गरेको छ । ‘आइफोन हरायो’ ले छमछमी नचाउने गीतकारको दाबी छ ।
काठमाण्डौ- अहिले मनोरन्जन संसारमा रियालिटि शो हरुको लोकप्रियता धेरै बढीरहेको छ । यसै क्रममा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा विश्वभर फैलिएर रहेका नेपाली भाषीहरुलाई समेट्ने गरी एउटा विश्वव्यापी स्तरको रियालिटि शो आयोजना गर्ने कुराको हालै घोषणा गरिएको छ ।
राजधानीको मेरियट होटलमा सोमबार आयोजना गरिएको एक कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले गरेको घोषणा अनुसार इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालमै पहिलो पटक त्यसरी सर्वाधिक ठूलो धनराशी सहितको दुई वटा रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स आयोजना हुने भएको छ । यी दुबै शोका विजेताले जनही ७५ हजार यूएस डलर झन्डै एक करोड नेपाली रुपैयाँ पुरस्कार पाउने छन् भने फस्ट रनरअपले २० हजार डलर र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार स्वरुप पाउनेछन् ।
यही अगष्ट महिनादेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहने छ । यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिने बताइएकोछ । नेपालको पूर्व, मध्य र पश्चिमाञ्चल सहित क्यानडा र अमेरिकामा भने १–१ स्थानमा अडिसन गरिनेछ ।
यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने कुरा आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले बताएका छन् । सर्वाधिक धन राशीको रियालिटि शो घोषणा कार्यक्रममा विशिष्ट चलचित्रकर्मि हरु नीर शाह , भुवन के सि, प्रियंका कार्की, दीपाश्री निरौला, निर्मल शर्मा,सुशील नेपाल , माधव राज खरेल लगायतका कलाकर्मि हरुलाई अध्यक्ष अधिकारीले दोसल्ला ओढाइ ट्रफि प्रदान गरेका थिए ।
काठमाडौं-साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गरिएको हो । तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड कार्यक्रम गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गर्न लागेको हो । अर्थात् अवार्डसँगै नगद प्रदान पनि गर्ने कार्यको सुरुवात गर्न लागेको छ ।
नेपालमा अवार्ड वितरण आयोजकले गर्न लागेको सम्भवतः यो नै पहिलो रिवार्ड भएको आयोजकको दाबी छ । जसअन्तर्ग सोमबार विभिन्न २१ विधाका उत्कृष्ट पाँच कलाकार/सर्जक/स्रष्टालाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ । चाडै नै एक विशेष कार्यक्रमको आयोजन गरेर अवार्ड (रिवार्ड) प्रदान गरिने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी गराउनुभयो ।
अवार्डका नाममा विकृति बढेको र अवार्ड किनबेच हुने गरेको भनेर आलोचना भइरहेका बेला आफूहरूले नयाँ प्रयोग गर्न खोजेको प्रालिका सचिव गोकर्ण लामिछानेले बताउनुभयो । उहाँले कला र सिर्जनाको सम्मानका लागि अवार्डको प्रमाणपत्रसँगै नगद राशीसमेत दिन थालिएको जिकिर गर्नुभयो । सुरुमा ठूलो रकम दिन नसकिएपनि यो एउटा सुरुवात भएको उहाँको भनाई थियो ।
अवार्ड वितरण कार्यक्रमलाई स्वस्थ, मर्यादित बनाउन, यसका विषय लाग्ने गरेका आरोपहरूलाई खण्डित गर्न पनि आफ्नो संस्था लागिरहेको उहाँले बताउनुभयो । आफ्नो संस्थाले यसअघि वितरण गरेका अवार्डमा पनि कुनै चलखेल नगरेको भन्दै उहाँले रिवार्डले झन् संस्था, कलाकार÷सर्जक÷स्रष्टाको गरिमा बढ्ने बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री (शान्ति तथा पुनर्निर्माणमन्त्री) एवम् प्रतिनिधिसभा सदस्य सत्य पहाडीले यस्ता कार्यक्रमले कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा साधनारत व्यक्तिहरूलाई हौसला मिल्ने बताउनुभयो ।
उहाँले देशको कला, संस्कृति, साहित्य, सङ्गीतले अन्तर्राष्ट्रिय रूपमा पहिचान विस्तारमा सहयोग पुग्ने हुँदा यस क्षेत्रको संरक्षण, सम्वर्द्धन र विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
उहाँले देशको पहिचानलाई सभ्य बनाउन र जगेर्ना गर्ने राजनीतिभन्दा पनि यो क्षेत्रको योगदान बढी हुने बताउनुभयो । कला, साहित्य, सङ्गीत र सिर्जनाले मान्छेलाई ऊर्जा प्रदान गर्ने भन्दै पूर्वमन्त्री पहाडीले यो क्षेत्रले समाज र देश बोल्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै, साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ले कला, साहित्य, सङ्गीत र सिर्जना अमूल्य निधि भएकाले यसको संरक्षण र विस्तारमा लाग्नुपर्ने बताउनुभयो । सामना म्युजिक क्रियसन यसमा लागिरहेको भन्दै उहाँले धन्यवाद दिनुभयो । यो क्षेत्रसँग सम्बन्धित सबैजना यसरी नै लाग्ने हो भने यसको गरिमा र महत्त्व अहिलेको भन्दा झन् बढ्ने उहाँको दाबी थियो । अन्य देशहरूमा कला, साहित्य क्षेत्र त्यहाँको सभ्यता र संस्कृतिको परिचायक भएको भन्दै उहाँले नेपालको सभ्यता, संस्कृति र पहिचानका लागि यो क्षेत्र अझै जुर्मुराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले राज्यले कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा ध्यान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले कलाकारलाई राष्ट्रका गहना भन्ने गरेकोमा समेत चित्त दुखाउनुभयो । कलाकार राष्ट्रका गहना नभएर राष्ट्रको परिचायक रहेको उहाँको जिकिर थियो । कलाकार राष्ट्रको पहिचानका दूत भएको उहाँले बताउनुभयो ।
यस क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समुन्नत र सुसंस्कृतिक क्षेत्र बनाउनुपर्ने उहाँको भनाइ थियो । यसका लागि यस क्षेत्रमा साधनारत सबै लाग्नुपर्ने र राज्यले समेत उपेक्षा गर्न नहुने उहाँले बताउनुभयो । कार्यक्रममा कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा विभिन्न व्यक्ति, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।