काठमाडौं – नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो ।
जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मी लगायतले पुस्कको लोकार्पण गर्नुभएको थियो ।
यो पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली संस्करण आइतबार लोकार्पण गरिएको हो । पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको छ । पुस्तकका लखेक नर प्रधान भुटानी मूलका अमेरिकन नागरिक हुनुहुन्छ ।
जितेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यत्रममा इन्ट्रा नेशनल वेयलफेयर एण्ड सर्पोट फाउण्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्लीराम अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, अनुपमा रेग्मी, प्रमुख अतिथि व्याकुल माइलाले आ–आफ्ना भनाइ राख्दै पुस्तकमाथि प्रकाश पार्नुभएको थियो । उहाँहरूले पुस्तकमा आफ्नो देश, आफ्नो गाउँ समाज र सम्पूर्ण श्रीसम्पती छोडेर अन्धकार भविश्यको पछि लाग्नुको पिँडालाई स्रष्टा प्रधानले कृतिमा समावेस गर्नुभएको बताउनुभयो ।
पुस्तकमा शिविरका दुःख, दैनिकी र अमेरिकामा गरेको संघर्षलाई बढो कलात्मक ढंगबाट स्रष्टा प्रधानले पाठकमाझ पस्किएको मन्तव्यका क्रममा अतिथिहरूले राख्नुभएको थियो । उहाँहरूले स्रष्टा प्रधानलाई नेपालीमा कृति अनुवाद गरेर नेपाली पाठकमाझ ल्याएकोमा बधाई तथा शुभकामना पनि दिनुभएको थियो ।
पुस्तकमा लेखक प्रधानले ‘बुबासँगको बाल्यकाल’, ‘बुबाबिनाको जीवन’, ‘बालबालिकाको काम (एक नागरिकदेखि शरणार्थीसम्म)’, ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा’, ‘दोस्रो दर्जाका मानिसहरू, ‘अमेरिका प्रस्थान’, ‘क्लिभ ल्याण्ड मेरो नयाँ गाउँ’, ‘गोप्य प्रेम कथा’, ‘व्यापारको अनुभव’, ‘अरुलाई सहायता गर्ने मेरो इच्छा’ र ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ जस्ता ११ शीर्षकमा विभिन्न घटनाक्रमलाई कथानक रुपमा प्रस्तुत गर्नुभएको छ ।
स्रष्टा प्रधानले आफ्नो पुस्तक शरणर्थी जीवनको बारेमा अध्ययन अनुसन्धान गर्न एक राम्रो सन्दर्भ सामाग्रीको रुपमा सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी भुटानमा जन्मिए पनि हाम्रो रगतमा नेपाली पन छ, हाम्रो भाषा, संस्कृति, संस्कार, परम्परा नेपाली हो । हाल अमेरिकी नागरिक भएपनि आमाको विशेष चाहाना भएकोले पुस्तकलाई नेपाली भाषामा अनुबाद गरि पाठकमाझ ल्याएको छु, यो पुस्तकमा भुटानदेखि अमेरिकासम्मको यात्राका विभिन्न सन्दर्भ प्रस्तुत गरेको छु ।’ कोरोना संक्रमणको समयमा क्यारेन्टाइनको समयलाई सदुपयोग गरेर अंग्रेजी भाषामा पुस्तक तयार भएको र अमेजनमार्फत राम्रो बिक्री भइरहेको पनि उहाँले सुनाउनुभयो ।
सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको समारोहमा साहित्यिक व्यक्तित्वहरू, गीत संगीतका स्रष्टाहरू, चलचित्रकर्मी, समाजका विभिन्न व्यक्तित्वहरू र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजकमा रोशन श्रेष्ठ र दीपेन श्रेष्ठ रहनुभएको थियो ।
काठमाडौं – नेपाल चलचित्र कलाकार संघको आयोजना आषाढ १२ गते आईतबार नेपाली चलचित्र क्षेत्रकों समस्या र चलचित्रकर्मीहरूको अबस्था बिषयक अन्तरक्रिया सम्पन्न भयो । संघका अध्यक्ष रबिन्द्र खडकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिकाश बोर्डका सदस्य सचिब टंक महतले बिकाश बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थान का लागि प्रयाशरत रहेको बताउदै छिट्टै प्रभाबकारी चलचित्र नीति ल्याउने बारे कार्य गरिरहेको बताउनु भयो ।
कार्यक्रममा चलचित्रकर्मी मोहन निरौला र संचारकर्मी शान्तिप्रियले तयार गर्नु भएको अबधारणा पत्र मोहन निरौलाले बाचन गर्नु भएको थियो । अबधारणा पत्रमा अधिबक्ता कृष्ण ढुंगाना,संचारकर्मी कृष्ण भट्टराई,संगीतकार सन्तोष श्रेष्ठ र संचारकर्मी डब्बु क्षेत्रीले टिप्पणी गर्नु भएको थियो । चलचित्र बिकाश बोर्डका पुर्ब अध्यक्ष दयाराम दाहालले बोर्डले महामारीको मारमा परेका चलचित्रकर्मीहरूलाई थोरै भए पनि राहत दिएको थियो र आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको उत्थान र प्रोत्साहनका लागि स्टोरी बैकको अबधारणा कार्यान्वयनमा ल्याएको बताउनु भयो ।
अभिनेता गोपाल ढकालले सहजीकरण गर्नु भएको कार्यक्रममा अभिनेता कृष्ण मल्ल, भुवन केसी, लय संग्रौला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका माहासचिब जनकदीप पराजुली,चलचित्र संघका पुर्ब अध्यक्ष प्रदिप उदय लगायतका बक्ताहरूले चलचित्र कलाकार संघले चलचित्र कलाकार र उद्योगका प्रबर्दधनका लागि आबाज उठाउदै आएको स्मरण गर्दै अबिलम्ब चलचित्र नीति निर्माण भएको भएको भए कार्यान्वयनमा ल्याउनु पर्ने नभभए निर्माण गरिनु पर्नेमा जोड दिए ।बक्ताहरूले बिदेशी चलचित्रको प्रदर्शनमा मापदण्ड बनाई नेपाली चलचित्र प्रदर्शनलाई बिशेष प्रथमिकता दिनु पर्ने मा जोड दिए ।
काठमाडौं- ‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’, ‘दोभानमा बाढी आयो’, लगायतका दर्जनौ लोकप्रिय गीतका गायक रोशन गुरुङ लामो समय पछि आफ्ना दर्शक, श्रोताहरुका लागि सांगीतिक कोसेली ‘सही हो नी कान्छी’ लिएर आएका छन् ।
यसमा शब्द कुमार गुरुङ, संगीत ईन्द्र गुरुङ, एरेन्ज चन्द्र गोर्खाली, छायांकन हरी गोले लामा, निर्देशन बाबु जिम्बाको रहेको छ । सुन्दर नगरी ईलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय रहेको छ । सेवा फिल्मस् प्रालिको पोष्ट पोडक्शन रहेको भिडियो गायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
जहाँ रहेपनि नेपाली सांगीतिक क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने सोचका गायक रोशन गुरुङले बिगतमा चारवटा शोलो एल्बम सार्वजनिक गरिसकेका छन् ।
काठमाडौं । गीतकार मुकुन्द पौडेलको आँखा फरफराउँदा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एक साता अघि सार्वजनिक भएको उक्त गीतले दर्शकहरुको अपार माया समेत पाइरहेको छ । ओएस आर डिजिटलले सार्वजनिक गरेको उक्त म्युजिक भिडियो आठ दिनमा ३७ हजारले हेरिसकेका छन् । जसमा कलाकार धिरेन शाक्य र सुष्मा केसीको जोडदार अभिनय रहेको छ । सुष्मा केसीको प्रस्तुती र कमला कटुवाल निर्माता रहेको सो म्युजिक भिडियो ‘चर्चित डान्स डाईरेक्टर’ भनेर कहलिएका कमल राईले निर्देशन गरेका हुन ।
गीतकार पौडेलको रचना ‘आँखा फरफराउँदा’ मा गायिका अस्मिता अधिकारी र गायक केदार नेपालीले स्वर दिएका छन् । जसको संगीतकारमा दिपक सिलवाल छन् भने म्युजिक एरेन्ज साहस शाक्यले गरेका हुन ।
गीतकार मुकुन्द पौडेलको संक्षिप्त परिचय
गीतकार मुकुन्द पौडेल तनहुँको रिस्ती बाहुनपोखरामा २०११ सालमा जन्मनु भएको हो।त्यसपछिका केही वर्ष चितवनमा आफ्नो युवा वयलाई विताएर यौटा झोला बोकेर जागीरको खोजिमा ३८/३९ सालतिर भौंतारिंदै उहाँ काठमाण्डौ आईपुग्नु भएको थियो । लामो समयसम्म अस्पतालको सेवामा आबद्ध रह्दै केही वर्ष अगाडी सेवानिवृत्त भएसँगै उहाँ साहित्यतिर सकृय हुनुहुन्छ। कविता र मुक्तक तिर मात्र नभै पछिल्ला केही वर्ष देखि गीत संगीतमा पनि उत्तिकै सकृय हुनुहुन्छ, उहाँ ।करिव एक दर्जन गीतका रचयिता पौडेलका तीनवटा गीत रेकर्ड भैसकेका छन् भने दुईवटाको भिडियो समेत सार्वजनिक भैसकेको छ । साथै उहाँ अर्को गीतको पनि भिडियो बनाउने पर्खाईमा हुनुहुन्छ।
केही वर्ष पहिले रेकर्ड भएको उहाँको गीत दर्शक र श्रोताले निकै रूचाएका छन् । जसमा चर्चित गायक प्रमोद खरेल एवम् मनोजराज शिवाकोटीको स्वर र केशव पौडेलको संगीत रहेको थियो । पौडेलका तीन वटा कृति प्रकाशित छन् भने अर्को यौटा कृति पनि प्रकाशित हुने पर्खाइमा छ ।
काठमाडौं -अम्बिका थापाद्वारा निर्मित गीति भिडियो ‘सुगर फ्री’ सार्वजनिक भएको छ । त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको गीतमा गायक राजेन्द्र बुढाथोकी र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ । गीतमा राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ ।
मनोज परियारको मिक्सिङ र मास्टरिङ रहेको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराईको अभिनय छ । नवराज उप्रेतीको छायांकन, बिमला तामाङको मेकअप, दीपक सिंहको कोरियोग्राफी, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो निर्देशन संगीतकार राजेन्द्र बजगाईले गरेका छन् ।
काठमाडौं - चर्चित गायक तथा संगीतकार कस्तुप पन्तको पहलमा पर्वत फलेवासमा सडक निर्माणका लागि एक करोड बजेट विनियोजन भएको छ । सांस्कृतिक संघका केन्द्रीय सदस्यसमेत रहेका पन्तले गत चैतमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसमक्ष पर्वत फलेवास–७ लिमिठानाअन्तर्गत पर्ने खराचौर गाडाखोला कुमाले खराचौर हेल्थपोस्ट हुँदै बेर्नेट लिमिठाना मावि वडा कार्यालयसम्मको मोटरबाटो स्तरोन्नति गर्न पाँच करोड विनियोनन गरिदिन निवेदन दिएका थिए ।
पन्तको सो निवेदनपछि सहरी विकास मन्त्रालयले सडकको स्तरोन्नति गर्न एक करोड विनियोजन भएको हो । सरकारले सडक स्तरोन्नति गर्न एक करोड विनियोजन भएपछि फलेवासका स्थानीय खुसी भएका छन् । उनीहरूले गायक तथा संगीतकार पन्तलाई धन्यवाद दिएका छन् । गायक पन्तले आफ्नो सानो प्रयासले गृहपालिकामा सडक स्तरोन्नतिका लागि बजेट पार्न पाएकोमा खुसी व्यक्त गरे । पन्त संगीतकर्मसँगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका छन् ।
काठमाण्डौ – नेपाल स्काउटले सानुकाजी थापा लाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । स्काउटले ७० बर्ष पूरा गरि ७१ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेपाल स्काउट पत्रकारिता पुरस्कार बाट थापा लाई सम्मान गरेको हो ।
थापा लामो समय देखि देखा पढी मल्टिमियामा आवद्ध भएर काम गर्दै आउनु भएको छ । उहाँले पत्रकारिता पुरस्कार पाउन साथ सामाजिक संजालमा यस्तो लेख्नु भएको छ । यो पुरस्कार पाउन योग्य बनाउनुहुने देखा पढी मल्टिमियाका प्रमुख मनोज राज पाण्डे मेरा सहकर्मी मित्रहरू, नेपाल स्काउटका राष्ट्रिय संयोजक आदरणीय लोक बहादुर भण्डारी ज्यु , स्काउट परिवार र मेरो मित्र सुदर्शन बजगाँई लाई हार्दिक धन्यवाद ।
उहाँले पत्रकारिता पुरस्कार पाउने यो अवसर सम्म पुर्याउनु हुने लाई धन्यवाद दिनु भयो छ । के लेखिएको छ त सम्मान पत्रमा नेपालको स्काउटिंग बिकासका लागि स्काउटिंग गतिविधिलाई आमसञ्चार माध्यमबाट सम्प्रेषण र प्राकशन गरि जनमानसमा नेपाल स्काउटको सकारात्मक छवि निर्माण गर्न पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै यहाँलाई स्काउट पत्रकारिता पुरस्कार बाट बिभुषित गरिएको छ ।
अमेरिका – बरिष्ठ गायिका कुन्ती मोक्तान र बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानलाई इनास अमेरिकाले उहाँहरुको सांगितिक योगदानको उच्च कदर स्वरुप इनास अमेरिकाको मानार्थ सदस्यता प्रदान् गर्दै बिशेष सम्मान् गरेको हो ।
उक्त अवसरमा इनास अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु लामा थिङले, शिला बहादुर मोक्तान र कुन्ती मोक्तानलाई खादा लगाई सम्मान् पत्रको बारेमा पढेर सुनाउनु भएको थियो भने इनास जि सि आर. कृष्ण श्रेष्ठले दुबैलाई पुष्प गुच्छा प्रदान् गर्नु भएको थियो र इनास अमेरिका राष्ट्रीय समितिका अध्यक्ष कन्हैया सिंह परियारले कुन्ती मोक्तान र शिला बहादुर मोक्तानलाई बिशेष सम्मान पत्र प्रदान् गर्नु भएको थियो ।
नमस्ते इभेन्टको आयोजना सम्पन्न भएको उक्त कार्यक्रमलाई एन आर एन ए मेरिलेण्ड च्याप्टर र इनास मेरिलेण्ड च्याप्टरले सहयोगिको भुमिका निभाएका थिए भने कार्यक्रमलाई सफल बनाउन कार्यक्रम संयोजक , राहुल के. सी. रमेश श्रेष्ठ र लक्ष्मण पौडेलको बिशेष भूमिका रहेको थियो ।
नेपाली समूदायको बाक्लो सहभागिता रहनु साथ– साथै नेपाली स्थापित कलाकारहरु रतन सुबेदी, दिनेश कार्की, सन्जिप प्रधान, शरिष्मा आमात्य, अन्जना गुरुङ, अनुसुया श्रेष्ठ ओन्त, आभा मुकारुङ, याम क्षेत्री, कल्पना देबकोटा पौडेल, उदय भट्टराई, प्रवेश उप्रेती, मनिष शर्मा, श्याम गुरुङ लगायतका कलाकारहरुको बाक्लो सहभागिता रहेको थियो ।
काठमाण्डौ - लोकप्रिय गीत ‘पिडा’को फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । गायिका वर्षा दासको स्वर रहेको पिडालाई संचारकर्मी एवं संगीतकार सरोज कोईरालाले संगीत दिएका छन, भने यस अघिको मेल भर्सनका गायक भने स्वयं कोईरालानै रहेका थिए ।
गीतकार सिताराम कोइराला रचित पिंडामा फिमेल भर्सनमा समेत नायक एवं मोडल श्रीदेव भट्टराई तथा जेविका कार्कीको अभिनय रहेको छ । गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो दोश्रो सहकार्यमा जोडी उत्कृष्ट देखिन्छ ।
भिडियोको निर्देशन ऋषि बराल ‘श्रीजन’ ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, वैदेशिक रोजगारीका कारण छुट्टिनु पर्दाको पीडा र उत्तराद्र्धमा श्रीमानको मृत्युको पिडा भोग्नुपर्ने दुःखलाई ग्रामीण परिवेशको कथामा श्रीजनले उत्कृष्ट तवरले प्रस्तुत गरेका छन् । सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्कन गरेका हुन् ।
सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन भने कलाकारको मेकअप कविन खड्काले गरेका हुन् । गीतको प्रोडक्सनको जिम्मेवारी नविन विष्टले पूरा गरेका हुन् ।
काठमाण्डौ- चलचित्र पत्रकार संघ नेपालको २३ औं बार्षिकोत्सवको अवसरमा चलचित्र पत्रकारहरुलाई संघले पुरस्कार तथा सम्मान प्रदान गरेको छ । हरेक बर्ष जेठ ७ गते चलचित्र पत्रकारीता दिवस मनाउने गरिन्छ । कोरोनाका कारण रोकिएको ३ बर्षको चलचित्र पत्रकारीता पुरस्कार तथा सम्मान यो वर्ष एकैपटक प्रदान गरिएको हो ।
शनिबार आयोजित समारोहमा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’ बाट बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरेलाई प्रदान गरिएको छ । राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ बाट दिवाकर मैनाली र आर. डि. शृंखला (राजन दाहाल ) पुरस्कृत गरियो । त्यस्तै, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८ बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई प्रदान गरीयो भने , राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट कुमार आचार्य र गीता अधिकारीलाई पुरस्कृत गरीयो ।
राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८ मनोज न्यौपाने र राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८ पोखराका रेम रसाइलीलाई प्रदान गरिएको थियो । त्यस्तै, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९ राजाराम फुयाँल र लक्ष्मण सुवेदीलाई सम्मान गरीएको थियो ।
चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, पुरस्कृत हुँदा राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ उद्धव रसाइली र राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ मकवानपुरका श्रीराम अर्जुनलाई प्रदान गरिएको थियो । चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशी र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार रहेको थियो ।
नेपाल सरकारका प्रवक्ता एंव सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुरस्कार प्रदान गर्नुभएको थियो । समारोहमा अभिनेता राजेश हमाल ,भुवन केसी लगायत कलाकारका साथै बिभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।