entertainment
||Power News Asia||

आजको समाचार

‘पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्ससमा जुलाई ३ हुँदै

मनोरञ्जन


काठमाडौं –  ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सन् २०२२ जुलाई ३ तारिखमा अवार्ड आयोजना हुने जानकारी गराइयो ।  ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड र एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाजले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन् ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड आयोजनाबारे जानकारी दिइएको हो । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेन । अवार्ड कार्यक्रममा सफल नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली फिल्मकर्मीलाई प्रोत्साहन समेत गरिने भएको छ ।

अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवद्र्धन गर्नु रहेको ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए । ‘नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डले भूमिका खेल्नेछ,’ पत्रकार सम्मेलनमा उनले भने । नेपाललाई विदेशीमाझ फिल्म सुटिङको सुन्दर गन्तव्यको रुपमा चिनाउन पनि यसले मद्दत गर्ने उनले बताए । सकेसम्म हलिउड फिल्ममेकरलाई नेपालमा निम्ताएर कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि श्रेष्ठले जानकारी दिए ।

अवार्डका लागि चाँडै छनोट समिति गठन हुने बताइएको छ । कार्यक्रममा ग्लोबल नेपाली फिल्म अवार्डका नेपाल संयोजक मदु कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्दै कार्यक्रमको बारेमा प्रस्ट्याएका थिए। त्यस्तै कार्यक्रममा कलाकारहरु नीर शाह, करिश्मा मानन्धर, शिव श्रेष्ठ, अशोक शर्मा, उज्वल घिमिरे, दिनेश डिसी, आर्यन सिग्देल, रविन्द्र खड्का लगायतले अवार्डको सफलताको कामना गरे ।

अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई अवार्ड पनि प्रदान गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको उनले जानकारी दिएका छन् ।

‘यो अवार्डको उद्देश्य विदेशमा नेपाली चलचित्रको प्रवद्र्धन गर्नु हो । नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि हो । अमेरिकामा नेपालबाट धेरै कलाकारहरु पुगेका छन्, उनीहरुसँग पूर्नमिलन गर्नु पनि अवार्डको उद्देश्य हो । नेपाललाई चलचित्र टुरिजमको हब बनाउनु पनि अवार्डको उद्देश्य हो । हामीले पैसा कमाउनका लागि अवार्ड गरेका होइनौं,’ अध्यक्ष मल्लले भने ।

कलाकार सुनिल कटुवालका पिताको निधनले कलाकार संघ दुःखी

मनोरञ्जन


काठमाण्डौ –  अभिनेता, समाजसेवी तथा चलचित्र कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवालका पिताको असमायिक निधन भएको छ । केही महिना अघि देखी अस्वस्थ रहदै आएका स्वर्गिय सुदर्शन कटुवालको यहि फागुन १४ गते निधन भएको हो ।
स्वर्गिय कटुवालका चार जना छोरा, बसन्त, सहदेव, सुनिल (संघका कोषाध्यक्ष) र सविन रहेका छन् । स्वर्गिय कटुवालको निधनको शोक बक्तब्य निकाल्दै चलचित्र कलाकार संघले हार्दिक समवेदना प्रकट गरेको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काद्धारा हस्ताक्षर गरिएको शोक वक्तव्यमा भनेको छ, “कटुवाल परिवारमा पर्न गएको अप्रत्याशित शोक र पिडामा कलाकार संघपरिवार हार्दिक समवेदना प्रकट गर्दै १३ दिनको पुण्य तिथिमा स्वर्गिय सुदर्शन कटुवाल प्रती हार्दिक श्रघद्धाञ्जली व्यक्त गर्दछ ।”

विविध साँस्कृतिक कार्यक्रम सहित ईनास पेन्सलभानिया समितिको बैठक सम्पन्न

मनोरञ्जन


काठमाण्डौ– इनास अमेरीका राष्ट्रिय समिति परिवारको बैठक पेज्सिलभानिया राज्यमा सम्पन्न भएको छ । बैठकले अमेरिकामा भएका कलाकारहरुलाइ एकत्रित गर्दै नेपाली कला संस्कृति र भाषाको प्रवद्र्धनको  लागि विविध किसिमका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

ईनास अमेरीका समितिका राष्ट्रिय अध्यक्ष, गायक तथा संगतिकार कन्हैया सिंहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ईनास नर्थ अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु लामाको विषेश आतिथ्यता रहेको थियो ।  बैठकले ईनास डे अगष्टको अन्यमा मनाउने गर्ने निर्णय छ । साथै ईनास डे को कार्यक्रमको संयोजक समितिमा निर्देशक तथा कलाकार दिनेश कार्कीको संयोजन रहने छन् भने सबै राज्य समितिका अध्यक्षहरु उपसंयोजक रहने निर्णय पारित गरेको छ ।

ईनास पेन्सलभानिया राज्य समितिबाट अध्यक्ष विशाल घले गुरुङको संयोजनमा संचालन भएको बैठकमा  विविध सांस्कृतिक कार्यक्रमहरु समेत गरिएको थियो भने अमेरिकाका विभिन्न शहरहरुबाट उपस्थित भएका वालकलाकारहरुलाइ ट्रफि सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा चर्चित नायिका मेलिना मानन्धर, चर्चित गायिका अञ्जना गुरुङ, नायक मुकेश ढकाल,  मोडल तथा कोरियोग्रफर शंकर वि.सी,  मोडल एवं डान्सर अपेक्षा सिंह, नायक राहुल के.सी, कलाकार राजु बजाज लगायतका कलाकारहरुको उपस्थिती थियो । कार्यक्रमको संचालन चलचित्र निर्देशक विशाल ढुंगानाले गरेका थिए ।

 

 

बैंकर्स समेत रहेका अभिनेता गिरीको प्रेमगञ्ज भाद्र ३ मा

मनोरञ्जन


काठमाण्डौ – झण्डै एक दशक भन्दा लामो समय देखी नेपाली चलचित्र उद्योगमा काम गर्दै आएका अभिनेता तेज गिरी अब प्रेमगञ्ज चलचित्र मार्फत नेपाली दर्शक माझ देखिदै छन् । झण्डै दुई करोड पाँच लाखको लागतमा तयार भएको नेपाली कथानक चलचित्र प्रेमगञ्जले दर्शकहरुको मन जित्नेमा आफुहरु आशावादी रहेको अभिनेता गिरीले वताएका छन् ।

अभिनेता गिरीले यस अघि पनि थुप्रै नेपाली चलचित्रहरु मार्फत आम दर्शकहरुको मन जित्न सफल भईसकेका छन् । उनले पञ्चेबाजा, द्यौली, वडा अध्यक्ष लगायतका चलचित्रहरु र केही सर्ट फिल्ममा समेत अभिनय गरिसकेका छन् ।

चलचित्र प्रेमगञ्जमा अभिनेता गिरीले यस अघिका चलचित्रहरुमा भन्दा फरक तरिकाले आफुलाई निर्देशक परिच्छेद सेनले प्रस्तुत गरेको वताएका छन् । प्रेम सम्बन्ध र जीवन संघर्षमा आधारित रहेर निर्माण भएको चलचित्र प्रेमगञ्जलाई  परिच्छेद सेनले निर्देशन गरेका हुन् यस अघि सेनले मुख्य सहायक निर्देशकका रूपमा मसान, द्यौली, माला, सेतो बाघ, नयाँ नभन्नु ल–३, अग्नि दहन, सेफ ल्यान्डिङ, लभर्स जस्ता चलचित्रहरुमा काम गरिसकेका छन् । अभिनेता गिरी सफल बैकर्स पनि हुन् उनि विगत १६ वर्ष देखी निरन्तर रुपमा बैकिंङ क्षेत्रमा कार्यरता रहेका छन् ।

 

चलचित्र प्रेमगञ्जको आउने भदौ ३ गते भव्यरुपमा देश भरका सिनेमाहलहरुमा प्रदर्शन हुनेभएको छ । चलचित्रमा अभिनेता तेज गिरीका अलवा बेनिशा हमाल, सुरक्षा पन्त, सम्पदा बानियाँ, सुप्रिया खनाल, राईडर प्राशन, सिमरन खड्का, आयुषी ढकाल, आयुष ढकाल, पवन भट्टराई लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रलाई संजय लामाले खिचेका हुन् । चलचित्र २०७९ साल भाद्र ३ गते श्रीकृष्णजन्माष्टमीको दिन प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी गराएको छ ।

उत्तम के.सी.अभिनित ‘सास रैछ सास...’ सार्वजनिक

मनोरञ्जन


काठमाडौं- अग्रज गायक तथा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठकाको सँगतले आफु गायक भएको अर्का हास्य अभिनेता हरिबँश आचार्यले बताएका छन् । अग्रज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले आईतबार राजधानीमा एक समारोहबीच गीतकार बासुदेब अधिकारीको नयाँ गीतिसँग्रह ‘घाम आउँछ छायाँ दिन्छ’को बिमोचन गरेका छन् । सोही कार्यक्रममा हरिबँशले आफु गायक बन्नमा मदनकृष्णकै हात रहेको जिकिर गरेका हुन् ।

आचार्यले समय अनुसार गीत परिवर्तन भएको बताए । नयाँ पुस्तामा एक थरीका गीतहरु राम्रा आएको र अर्का थरीका गीतकारहरुले गीतको नाममा जे पनि लेख्ने गरेको बताए । दुई दुशक अघि आफु राष्ट्रबैंकबाट निस्कासित भएपछि बासुदेब राष्ट्रबैंकमा जागिरे भएको स्मरण हरिबँशले गरे । बासुदेवका गीतहरु गम्भिर रहन शैलीका रहेको उनले बताए ।
नौ वटा गीत रहेको यो सँग्रहका सबै गीतहरु शब्द र गायनका हिसावले राम्रो रहेको अग्रज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले बताए,‘आजकाल गीतको नाममा जे पनि गाउने क्रम बढेको छ । तर बासुदेबजीले लेख्नु भएका गीतहरु निकै राम्रा रहेछन् ।’

सँग्रहमा रहेको नौ गीतहरु मध्यको एक गीत सास रैछ सास .... को भिडियो सो कार्यक्रममा सार्वजनिक गरियो । साँस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेको सो भिडियोमा हाँस्य कलाकार उत्तम केसीले  अभिनय गरेका छन् , भस्र्टायल रुपमा अभिनय गर्न सक्ने कलाकार केसी भिडियो उत्कृष्ट वनेकोमा दंग देखिएका छन् उनलाई भिमा मैनाली, मदन श्रेष्ठ ,रचना शिवाकोटीसहितका विभिन्न कलाकारहरुले अभिनयमा साथ दिएका छन् । मधुकर लोहनीको गीतमा सँगीत र स्वर रहेको छ ।

सँग्रहमा माटो पार्खिँदैछ…, रोल्वालिङ खोली…, सुन साथी…, बुद्ध बन…, साउने झरी…, खरी झ¥यो…, समय छ…, घाम छायाँ…बोलका गीतहरु छन् । यी गीतहरुमा मधुकर लोहनी, विकाश चौधरी, रुपक चौधरी, नारायण लामा, बलराम समालको सँगीत छ । यी गीतहरुमा मधुकर सहित राजेश पायल राई, रुपक चौधरी, आकाश थापा, दुर्गा परियार, दीपेन्द्र बिक्रम थापा र बलराम समालले स्वर दिएका छन् ।

आफुले बिगतमा विभिन्न कवितासँग्रहहरु ल्याए पनि गीति सँग्रह ‘घाम आउँछ छायाँ दिन’ यतीबेला बजारमा ल्याएको गीतकार बासुदेबले कार्यक्रममा बताए । उनको गीतहरु माथि गीतकार डा. कृष्णहरि बराल, सँगीतकार शिलाबहादुर मोक्तान, साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईलगायतले समीक्षा गरे ।

नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन् आना ढकाल

मनोरञ्जन


काठमाडौं – बिगत ५ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन्। उनि कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् । चितवनमा जन्मिएकी ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् । अस्ट्रेलियामा हुने बिबिध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम संचालन गरि सकेकी छन् ।

चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको अपोजिटमा देखिएकी ढकाल अन्य चलचित्रमा निरन्तर काम गर्ने बताउछिन् । विदेशमा बसेर पनि नेपाली चलचित्रलाइ माया गर्ने उनि नेपाली कला र संस्कृतिलाई बिश्व सामु चिनाउने प्रयासमा लागि रहेकी छिन् ।

मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र रहेको ‘लप्पन छप्पन २’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । नेपाल र विदेशमा छायांकन गरिएको चलचित्रमा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । ट्रेलरले मुख्य पात्रले निर्वाह गरेको चरित्रलाई पनि उजागर गरेको छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व।दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट,आना ढकाल लगायतका कलाकारको अभिनय छ ।

'मिस्टर एण्ड मिस सुदुर पश्चिमाञ्चल डिभा आईकन' सम्पन्न

मनोरञ्जन


काठमाडौँ — फाल्गुन २०, २०७८। 

न्यू राईज ईन्टरटेनमेन्टद्वारा आयोजित मिस्टर सुदुरपश्चिम  'मिस्टर एण्ड मिस सुदुर पश्चिमाञ्चल डिभा आईकन' को अन्तिम स्पर्धा कैलालीस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। 

आयुष साउद र अदिति जोगिले उक्त प्रतियोगिताको उपाधि जितेका छन् । साउद र  र जोगिले क्रमश पुरुष र महिला तर्फको उपाधि जितेका हुन् । 

कार्यक्रममा मिस सुदुर पश्चिम वर्ल्डवाईड नेपाल बिना देउवा र मिस्टर सुदुर पश्चिम आईकन वर्ल्डवाईड कृतिक श्रेष्ठ चयन भए।  त्यसैगरी लिटिल मिस सुदुर पश्चिम डिभा फिवना बिष्ट र लिटिल मिस्टर सुदुर पश्चिम आईकन एपिशोन थापा चयन भएका थिए। 

नवराज देउवाले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी जिल्ला वन कार्यालय प्रमुख भोजराज पाठक त्यसैगरी नाङ्ग्लो क्याफेका संचालक बहादुर खत्री रहेका थिए। प्रतियोगिताको निर्णायकमा प्रतिक्षा सिंह, आशिका शाह र मनिशा राजवंशी रहेका थिए।

प्रतियोगितामा मिस टिन चार्मतर्फको अवार्ड आरुषी शाहले जितिन भने ग्लोवल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङ मार्फत सर्वाधिक मत प्राप्त गरि मस्ट पपुलर मोडलतर्फको अवार्ड कृतिक श्रेष्ठले हात पारे। 

प्रतियोगितामा अन्य विधागत तर्फ मिस फोटोजेनिक र मिस व्युटिफुल मौषमी खड्का, मिस कन्फिडेन्ट निकिता सापकोटा र मिस कन्फिडेन्ट सिनियर तर्फ अन्जली शाह चयन भएका थिए। 

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड

मनोरञ्जन


काठमाण्डौ– एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र चिट्ठीका लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । निर्देशक माधव राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठी कमेडी, हरर र थ्रिलर जनारामा रहेको बताइएको छ । चलचित्रको छायाँकनको लगभग ७० प्रतिशत सकिएको र अव ३० प्रतिशत मात्रै बाँकी रहेको निर्देशक खरेलले बताएका छन् । चलचित्र छायाँकनका क्रममा नायक सञ्जित भण्डारी घाईते भएपछि केही सम्मका लागि छायाँकन स्थगित गरिएको थियो । स्वास्थ्यलाभ गरे पश्चात पुनः जोश र जाँगरका साथ काममा फर्कने भण्डारीले बताएका छन् ।

नायक भण्डारीले भनेका छन् “चिट्ठी, मेरो जिवन कालकै अहिले सम्मकै उत्कृष्ट र लोभ लाग्दो स्कृप्ट हो र यसमा अझ सुगन्ध थप्ने कोशीस गर्दै आफ्नो तर्फबाट जतिसक्दो राम्रो गर्नेछुु” हसाउँदा हसाउंदै रुवाउने र डराउँदा डराउंदै हसाउँने यसको अनौठो किसिमको शैली छ, पक्कै पनि नेपाली दर्शकहरुले चिट्ठीलाई माया गर्नु हुनेछ भन्नेमा आफु विश्वस्त रहेको छु” ।
छायाँकनको काम रोकिए पनि जति छायाँकन भएकोलाइ सम्पादन गर्ने र बाँकी गीतहरु रेकर्ड गराउने काम धमाधम भईरकेको छ । जुलाई सम्म चलचित्रको पोष्ट प्रोडक्सनको कार्य पनि सकि सक्ने तरिकाले निर्माण पक्ष जुटिरहेको छ । यस अघि गायिका केन्जुमा सुब्बाको सुमधुर आवाज, कमला जोशीका शब्द र जुगल डंगोलको संगीतमा “हर धड्कनमा” बोलको गीत रेकर्ड सकिएको छ भने डा. कृष्णहरि बरालको शब्दमा रहेको “टुटेको तारा” बोलको गीत चर्चित गायक शिव परियारको स्वर र सरोज कोईरालाको संगीतमा छिट्टै रेकर्ड गराउने तयारी भईरहेको निर्माता कमला जोशीले बताएकी छन् ।
छायाँकन प्राबिधिक कारण बस रोकिए पनि अन्य कामहरु तिव्रगतिमा भईरहेको निर्देशक खरेलले बताएका छन् । चलचित्रमा संजीत भण्डारीका अलवा गोपाल ढकाल “छन्दे”, कञ्चन चालिसे, खड्ग बहादुर पुनःमगर (खबपु), नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, मोहन निरौला, श्रीदेव भट्टराई, राजन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने राजेश कुमारको सम्पादन जीवन पराजुलीको छायांकन, नरेश खरेलको श्रृंगार रहेको छ । चलचित्रलाई निर्देशक खरेलले नै लेखेका हुन् ।

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

मनोरञ्जन




काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौनेपाली कला र संस्कृतिको जगेर्ना गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो ।

पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा आयोजना हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगानगजलआधुनीकपपलोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठेडेउडामैथलीथारुतामाङनेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिएकिछन् ।

शान्तिभाइचारा र एकताको सन्देश फैलाउने सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले पनि नेपाली संस्कृतिलाई जोगेर्ना गर्ने उदेश्यले  नेपाली सहित सम्पुर्ण भाषाभाषिका कलाकार कलाकारहरुलाई एउटै मञ्च प्रदान गर्दै आइरहेको छ । हराउदै गएको नेपाली कल्चरलाई गीत संगीतका माध्यमबाट जिवित राख्न चाहाने श्रष्टा तथा सर्जकहरुलाई समावेशी म्युजिक अवार्डका माध्यमबाट प्रोत्साहन तथा सम्मान गर्दै आईरहेको संयोजक जोशीले बताएकि छन् ।

यहि चैत्र २० गते सम्पन्न हुन गईरहेको समावेशी म्युजिक अवार्डमा देश भरिका कलाकारहरुको भव्य सहभागीता रहने अवार्ड आयोजक  समितिका निर्देशक राजन थापाले बताएका छन् ।

राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०७८का मनोनयन यस प्रकार रहेका छन् (National Inclusive Music Award, 2022)

उत्कृष्ट राष्ट्रिय भावको गीत
१. जितेन शाक्य ‌: जिउ ज्यान प्राण
२. टेक तामाङ ‌:  नेपाल आमा
३. भुवन चौघरे ‌: छातीमा देश बोक्नेहरु
४. चन्द्र लाल तामाङ ‌:  दल छ देश छैन
५. नारायण कँडेल ‌:  उतै जान पर्छ

उत्कृष्ट गजल
१. शैलेन्द्र मुडवरी ‌:  मिठो भुल
२. ज्ञानुवाकार पौडेल ‌:  कस्को याद आउन थाल्यो
३. पुजा आरधना ‌:  आज मेरो मनको दियो
४. बी.बी. थापा ‌:  बाँचुञ्जेल हाँसो रहेछ
५. थानेश्वर गौतम ‌:  तिम्रा यादहरु

उत्कृष्ट आधुनिक गायक
१. प्रमोद खरेल ‌:  किन मरिन म
२. यम बराल ‌:  खुशीको गीत
३. नविन कार्की ‌:  आँखाले हेर्यो
४. कैलाश भट्टराई ‌:  कलेजी काटीदिन सक्छु
५. सरोज कोईराला ‌: ऐलान

उत्कृष्ट आधुनिक गायिका
१. अनु चौधरी ‌:  माया
२. सपना श्री ‌:  जीवन यहाँ यस्तै
३. मञ्जु थापा ‌:  माया मुरी मुरी
४. प्रविशा अधिकारी ‌:  दोष
५. मिलन नेवार ‌:  पल पल चोट

आधुनिक संगीतकार
१. सन्तोष के.सी ‌:  तिमिनै सहारा
२. प्रकाश लामा ‌:  मायालाई शब्द बाट
३. ओम प्रकाश राई ‌:  सिरानी लाए
४. राज कुमार बगर ‌:  जिन्दगीको लामोबाटो
५. नरहरी प्रेमी ‌:  एउटा गुनासो

उत्कृष्ट आधुनिक गीतकार (महिला)
१. तारा अधिकारी ‌:  तिम्रै लागि
२. प्रमिला बस्नेत ‌:  को हौ तिमी
३. सावित्री चिलुवाल ‌:  मेरा लागी देवले
४. कोपिला घिमिरे ‌:  पलाँसको फुलसरी
५. सुमि सिंह :आज वस

उत्कृष्ट आधुनिक गीतकार (पुरुष)
१. डा.कृष्णहरि बराल ‌:  ऐलान
२. सियारा आचार्य ‌:  तिता मिठा
३. विरेन्द्र थाम्सोहाङ् ‌:  मनमा माया
४. नवराज भट्टराई ‌:  कलेजी काटी दिन सक्छु
५. भिष्मराज फुलारा ‌: आँसु पिउदै

उत्कृष्ट आधुनिक निर्देशन
१. अन्जन शर्मा ‌:  भत्केको घर
२. राजु गिरी ‌:  यो शहरको
३. श्याम खत्री ‌:  स्वाश फेरी
४. केशव राज भट्ट ‌:  पिरती बस्यो
५. विक्रम चौहान ‌:  किन मरिन म

उत्कृष्ट आधुनिक लोकपप मोडल
१. सनम कठायत ‌:  बिन मरिन म
२. चिरन्जीवी सापकोटा ‌:  रेलको बाटो
३. जोर्डन राज भण्डारी ‌:  अझ वर वर आउ
४. अर्जुन कुंवर ‌: अब बाँकी
५. कमल सिंह ‌:  सल्लेरीको फेदैमा

उत्कृष्ट आधुनिक लोकपप मोडल महिला 
१. शुशिला थापा ‌:  तिमी मेरो जिवन 
२. श्रृष्टि खड्का ‌:  घरमै आइस्यो न 
३. रोशनी कार्की ‌:  जिन्दगीको लामो 
४. अनु शाह ‌:  उसलाई पाउन–२ 
५. झरना रिसाल ‌:  सल्लेरीको फेदैमा
६. अनिषा पोखरेल : फिक्का

उत्कृष्ट लोकपप गायन
१. नविन कुमार पौडेल ‌: डल्ली
२. सजन मोक्तान ‌:  नाच्नु गाउनु
३. सुनिल कटुवाल ‌:  डाँडै काटौला
४. लिजा लामा ‌:  चोरी चोरी
५. समिर आचार्य ‌: चक्लेटी स्याउ

उत्कृष्ट लोकपप गीतकार
१. ज्ञानबहादुर लामा ‌:  नाच्नु गाउनु
२. रमेश एम के पौडेल ‌:  पियारी
३. अभि क्षेत्री (समर्पण) ‌:  नसोध भो
४. विजय दिप गिरी ‌:  पिरतीको पालुवा
५. हिमांसु रायमाझी “गोधुली” ‌: ज्योती

उत्कृष्ट लोकपप संगीतकार
१. सरोज कोईराला ‌:  भकारीमा धान छ
२. मिस्टर आरजे ‌:  दिलकी टुकडी
३. राजेश थापा ‌:  सल्लेरीको फेदैमा
४. सरोज प्याकुरेल ‌:  पिरतीको पालुवा
५. भिम विसी ‌:  ऐना हेरी हेरि

उत्कृष्ट लोकपप निर्देशन 
१. राजेश पुमा राई ‌:  फुल बुट्टे सारी
२. लिगेश भट्टराई ‌:  लाउमाय पिरती
३. बबिता श्रेष्ठ ‌:  हाम्रो माया चोखो
४. राजु लामा ‌:  चोरी चोरी
५. रुपेश उप्रेती ‌:  हात समाई

उत्कृष्ट पप गायन
१. कमल खत्री ‌:  पिक्का
२. लक्षु प्रकाश मल्ल ‌:  उहि बारीको मुला
३. कृष्ण भट्टराई ‌:  शहर
४. मेलिना राई ‌:  तिमिलाई चाहेर 
५. निशा कंडेल ‌:  पिरतीको खुल्ला आकाशमा

उत्कृष्ट पप गीतकार
१. समिर खान ‌: हाम्रो प्रेम कहानी
२. बाबुराम राई ‌: शहर
३. रमा थापा ‌: माया विरानो
४. पदम विश्वकर्मा ‌:  सल्लरीको फेदैमा
५. गौतम डंगोल“सन्देश” ‌: अर्कै साथी
६.केदार बरुवाल ‌:  तिमिलाई चाहेर   

उत्कृष्ट नवगायिका (आधुनिक/लोकपप)
१. रेखा ढुङ्गाना ‌:  मेरो मायालु
२. स्नेहा थापामगर ‌:  रुखैबाट चरिउड्यो
३. स्वस्तिका ढकाल ‌:  चकलेटी स्याउ
४. मिना नेपाली ‌:  हर स्वासमा
५. सदिक्षा भुर्तेल ‌:  घाँसको भारी

उत्कृष्ट नवगायक (आधुनिक/लोकपप)
१. अनन्त के.सी ‌:  सानो कुरामा
२. सविन सुवेदी ‌:  आज त लभपर्छ
३. डा. शैलेश कुमार मिश्र ‌:  रुपै रैछ
४. रेवती घिमिरे ‌:  जाला जोवन
५. सम्राट चौलागाई ‌: सम्झने पानी छम्कने

उत्कृष्ट नवगायक/ गायिका लोकदोहोरी
१. हेमराज डाँगी ‌:  पर्खाई
२. केशव रिजाल ‌:  चाँदनी
३. बाबुराम भट्टराई ‌:  लभको चक्करमा
४. संगीता पौड्याल ‌: बस्ती स्याङ्जाको

उत्कृष्ट नव मोडल (पुरुष)
१. सरोज दाहाल ‌:  शहरको डेरा
२. भिमकान्त धिताल ‌:  माया चोखो
३. लिलाराज बानियाँ ‌:  पहिलो पहिलो
४. अभि लामा ‌:  मर्यो भन्दिनु
५. बादल श्रेष्ठ ‌:  बाटो काटिएला

उत्कृष्ट नव मोडल (महिला)
१. समिक्षा क्षेत्री ‌:  दोष
२. बन्दना नेपाल ‌:  खबर पाए
३. प्रमिता राजघतानी ‌:  बैंस छंदा
४. आलिशा बास्तोला ‌:  रुवाउने हजार
५. पुजा पन्त ‌: भत्केको घर

उत्कृष्ट लोकदोहोरी गायक
१. स्वरुप राज आचार्य ‌: डाँडाघरे सांइली
२. पुरुषोत्तम पौडेल ‌: ओई कान्छु
३. विमल डाँगी ‌:  मेरो हजुर
४. रामचन्द्र चन्द ‌: मैना
५. हेमराज डाँगी ‌: पर्खाइ

उत्कृष्ट लोकदोहोरी गायिका
१. लक्ष्मी मल्ल ‌:  डाँडाघरे सांइली
२. सुजाता के.सी ‌:  कुरा सिधा छ
३. रमिला न्यौपाने ‌:  पिर नभाको को छ
४. सुनिता बुढा ‌:  जलजला
५. शान्तिश्री परियार ‌:  चौकादाउ

उत्कृष्ट लोकदोहोरी गीतकार
१. सविता पोखरेल ‌:  ढाँटे मरिजाउ
२. कृष्ण के.सी ‌: डाँडाघरे साईली
३. केशव पौडेल ‌: रातको शिकारी
४. नेत्र अर्याल ‌: मन परेको मान्छे
५. शिव पौडेल ‌: अँधेरीमा जुन

उत्कृष्ट लोकदोहोरी संगीतकार 
१. श्रीकृष्ण बम मल्ल ‌: डाँडाघरे सांईली
२. खेम पुन ‌:  रातको शिकारी
३. खेम सेन्चुरी ‌:  मन परेको मान्छे
४. तेजश रेग्मी ‌:  झम्म झम्म झम्कन
५. बाबु कृष्ण परियार ‌: चौका दाउ

उत्कृष्ट लोकदोहोरी निर्देशन
१. देबेन्द्र पाण्डे ‌:  मन बुढो भएन
२. प्रविण थापा ‌:  मदानीमा नेती
३. विशाल नेपाली ‌:  मैले माया
४. बबिता श्रेष्ठ ‌:  तिम्रो हिड्ने बाटो
५. संजीव ठकुरी ‌: राम साईली

उत्कृष्ट लोकदोहोरी मोडल (महिला/पुरुष)
१. राजेश हमाल ‌:  मन बुढो भएन
२. चक्र बम ‌:  झम्म झम्म झम्कन
३. धिरज खत्री ‌:  भिरैमा उनियो
४. जिशु कोईराला ‌:  कसो गर्ने होला
५. सजिना लामिछाने ‌:  पैसाको विटो

उत्कृष्ट ध्वनी मिश्रण
१. सन्तोष पौडेल ‌: माया केवल माय
२. भोला पौडेल ‌:  कुवाको पानी
३. मनोज परियार ‌:  नयाँ गलबन्दी
४.चन्द्र चौधरी ‌: सुनर सुनर पहिरन
५. एस्एम् सिरिज लहान ‌: धोका हमरा कियादैलो

उत्कृष्ट सम्पादन
१. शक्ति प्रज्वल घिमिरे ‌:  लाईदेउ माया
२. राजेश कुमार ‌:  तारी खेत
३. मिन रावल ‌:  बसी हाल्यो
४. विकाश दाहाल ‌:  दोष
५. सुप्रिम पराजुली ‌:  झम्के माया

उत्कृष्ट छाँयाकार
१. विरेन्द्र भट्ट ‌:  धोकेबाज
२. मुकेश हुमागाई ‌:  सल्लेरीको फेदैमा
३. नरेश बहादुर अयर ‌:  रुमालैको छेउ
४. उत्सव दाहाल ‌:  किन मरिन म
५. राम के.सी ‌:  आउन नजिक

उत्कृष्ट कोरियोग्राफर
१. सुवास बुढाथोकी ‌:  आयो तिम्रो राजा
२. सुनिता बस्नेत ‌:  भाग्य भित्र
३. काजिस श्रेष्ठ ‌:  सुर्ती माड्दै माड्दै
उत्कृष्ट डेउडा भाका गायन
१. रेखा जोशी ‌:  झुम्केनी बौजु
२. पुष्पा बोहोरा ‌:  जौपात
३. सुर्य वि.सी ‌:  मन पण्याकी
४. कमल विरही थापा ‌:  ईजु
५. टंक खड्का ‌:  पासो जन चुडौ

उत्कृष्ट डेउडा भाका मोडल
१. वर्षा भण्डारी ‌:  बाचा कसम तोडी
२. चेत बहादुर सिंह (राजा) ‌: जाउ हिड धनगढी
३. उमेश भट्ट ‌:  मन पण्याकी
४. चक्र बम ‌:  ओ मेरी बौजु
५.कैलाश कठायत ‌:  झम्के मायालु

उत्कष्ठ थारु भाषा गायन
१. बसन्त कुमार महतो ‌:  छमक छमक जोलो पायल
२. खेम चौधरी ‌:  प्रदेशीया सजना
३. राजेन्द्र शर्मा ‌:  सखिय हो
४. समिक्षा चौधरी ‌:  प्रदेशिया सजना
५. अमर राना ‌:  मै तो प्रेम करेंगे

उत्कृष्ट थारु भाषा निर्देशन
१. हिरा चौधरी ‌:  सुनर सुनर पहिरन
२. आदर्श महतो ‌:  मोर छम्मा
३. सुरज देव कुस्म्या ‌:  प्रदेशीया सजना
४. हिरा चौधरी ‌:  एहसास मायाक
५. सदुराम दहित ‌:  कबु दिन कबु रात

उत्कृष्ट थारु भाषा मोडल
१. बिर चौधरी ‌:  धड्कन चले
२. महिमा कुश्मी ‌:  कव दिन कबुरात
३. प्रमोद चौधरी ‌:  कंगना
४. सुनिता दहित ‌:  सखिय हो
५. देव महतो ‌:  एहसास मायाक
६. मुस्कान चौधरी : रिमझिम रिमझिम

उत्कृष्ट काँठे भाका गायक
१. अमृत खाती ‌:  मिरमिरे साइली
२. शरणप्रसाद हुमागाईं ‌:  भिरैको खनायो
३. सुर्यमणी आचार्य ‌:  हाम्रो जोडी हिटछ
४. विक्रम जंग शाह ‌:  खोला खोल्सी
५. रुपक परियार ‌:  एक्लो बर

उत्कृष्ट काँठे भाका गायिका
१. अश्मिता श्रेष्ठ ‌:  शिरमा रिवन
२. सरिता भारती ‌:  असारे मास
३. उमा श्रेष्ठ ‌:  मिरमिरे साईली
४. मञ्जु गौतम ‌:  चन्द्र कुमारी
५. श्रीजु अधिकारी ‌:  खोला खोल्सी

उत्कृष्ट काँठे भाका गीतकार
१. डब्बु क्षेत्री ‌:  असारे मास
२. यादव श्रेष्ठ ‌:  जुन तारा
३. अमृत खाती ‌:  मिरमिरे साइली
४. शरण हुमागाई ‌:  खुशीलेर आउने छ

उत्कृष्ट मैथली भाषा गायन
१. आदित्य अजय ‌:  रमजान के महिना
२. भुल्टन यादव ‌:  दिल धड्कैया
३. सुनिता शाह ‌:  हमर दिलके रानी
४. मुकेश पण्डित ‌:  बहिन के राखी हमरा
५. रिज्वान खान ‌:  सव स सुन्दर हमर गाव
६. शशि झा : सुनू सजनी
७. सोनू मिश्रा : शादी कके

उत्कृष्ट मैथली भाषा गीतकार
१. दिलिप शाह ‌:  तोहर गैल सजना
२. समिर खान ‌:  समझु प्रेमक इशारा
३. एम जे प्रेम ‌:  बबाल लगैछी
४. सरोज मण्डल ‌:  सव स प्यारा
५. समिर खान ‌:  रमजान के महिना

उत्कृष्ट मैथली भाषा निर्देशन 
१. सन्तोष मण्डल ‌:  सव स प्यारा
२. कामेश्वर प्रदेशीया ‌:  जखने नैना मिलन
३. तेजनारायण चुनुच शर्मा ‌:  इजोरिया के
४. हुशैन शेख ‌:  धोखा हमरा
५. सञ्जय शाह ‌:  लगाक फेयर लब्ली

उत्कृष्ट मैथली भाषा मोडल
१. काजल भुजेल ‌:  समझु प्रेमक ईशारा
२. सोनी सलोनी ‌:  तोरा विन गै रानी
३. लिजा कौशल ‌:  प्यार हमे तोरा
४. राज ठाकुर ‌:  हमर दिलकी रानी
५. अन्जन यादव ‌:  जखने नैन मिलन
६. फिरोज शेख :हम अहा के दीवाना

उत्कृष्ट तामाङ भाषा गायक
१. अभिषेक तामाङ ‌: ज्याबा ङ्ङ्बा
२. निमा दोङ् ‌: नेमी मुसुक्क
३. विहिन दोङ् ‌: कसम
४. जे.बी जिम्बा ‌: साईघरे नाम्सा
५. सन्तोष गोले ‌: मञ्जुरी

उत्कृष्ट तामाङ भाषा गायिका
१. निर्मला घिसिङ ‌:  टुडीखेल री
२. पुजा तामाङ ‌:  नेमी मुसुक्क
३. जितु लोप्चन ‌:  कमस
४. अञ्जु थोकर ‌:  मेर मेन्दो
५. लक्ष्मी तामाङ ‌:  चाईना जुत्ता

उत्कष्ट तामाङ भाषा मोडल (पुरुष)
१. अमिर दोङ ‌: रानी
२. इश्वर लामा : साईघरे नाम्सा
३. सागर घिसिङ : नेमी मुसुक्क
४. मिलन थिङ : माया ला रंग २
५. हेरुका लामा : चम् चम
६. टिकाराज लामा : क्लाङ्सी टिला
७. पाल्देन लामा : जिन्दगी भद्रगोल

उत्कृष्ट तामाङ भाषा मोडल (महिला)
१. सम्झना लामा : नेमी मुसुक्क
२. सुस्मा मोक्तान : रानी
३. निरंजली लामा : जुरेली भाले
४. कृष्णा लामा : हाम्रो त आँखी
५. याञ्जि दोङ् : न्यागी लव माया

उत्कृष्ट नेपाल भाषा गायन
१. सज्जु मानन्धर : सुचय लुमनी
२. रवि कुमार महर्जन : फरेम दुनेया तस्बिर
३. तेजवती जोशी : यमाजित
४. विजेन्द्र चवाल : जिवनया छुं ई
५. सोनी राजभण्डारी : झिगु मन स्वां

उत्कृष्ट नेपाल भाषा शब्द
१. हरिराम ठेंचो : यमजित
२. राजु मानन्धर : सुभयलमनी
३. उत्तम मानन्धर : बुलुहं बुलुहं
४. अनिक शाक्य : जिवनयाः छुंई
५. पवन जोशी : फरेम दुनेया तस्बिर

उत्कृष्ट नेपाल भाषा मोडल
१. रुक्साना महर्जन : भुटमाली
२. शुशिल श्रेष्ठ : नगुःघाःया वासः
३. अनु महर्जन : धवजी छम्हरे
४. श्रेया कार्की : पन्तिया मकर मेला
५. रोशन शाक्य : राजमती कुमती

उत्कृष्ट कल्चरल गीत
१. अमृत खाती : राम साईली (काँठे भाका)
२. सानुबाबु घिसिङ : आध्यू खाङबारी (तामाङ)
३. पुर्णकाजी ज्यापु : त्यँ.छिं त्यः (नेपाल भाषा)
४. सीता तुम्रुक : हिलिक हिलिक (लिम्बु भाषा)
५. प्रयास तामाङ : फाईफ्रई आलाउ (तामाङ)
६. लक्ष्मी पुरी प्रधान : माया बिरानी (नेपाली)
७. सन्तोष राज :पुनम कें चान्द (मैथली)
HOW TO VOTE VIA GLOBAL ONLINE PAY? 

Visit www.globalonlinepay.com

Click on WEB APP/EVENTS/LIVE TAB

Click on National Inclusive Music(NIM) Awards 2022 TAB

Click on Award Catagory TAB
गायक अर्जुन खरेलको चमेली सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन


काठमाण्डौ – झापाली गायक अर्जुन खरेलको स्वर रहेको ‘चमेली’ गीतको म्युजिक भिडियोको बिर्तामोडमा बिमोचन गरिएको छ । भद्रपुर–१०, चन्द्रगढी निवासी गायक खरेलको पाँचौँ म्युजिक भिडियो ‘चमेली’को साहित्य चौतारी बिर्तामोडका अध्यक्ष हस्त परियार, क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पित, डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसी लगायतले बिमोचन गरेका हुन् । डाइनामिक ग्रुप नेपालको आयोजनामा भएको कार्यक्रममा उक्त म्युजिक भिडियोको विमोचन गरिएको हो ।
डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसीको अध्यक्षता तथा साहित्य चौतारी बिर्तामोडका अध्यक्ष हस्त परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि परियारले खरेलको गीत चमेलीले चमेली फूलझैं देश विदेशमा चर्चित हुन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे । त्यस्तै, विशिष्ठ अतिथि क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष कल्पितले यो गीतले बालकदेखि बृद्धसम्म सबैको मन जित्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा गीतको समीक्षा साहित्यकार विवशबलिभद्र कोइरालाले गरेका थिए । उनले गायक खरेलको चमेलीले साँगीतिक क्षेत्रमा इँटा थप्ने बताए ।
कार्यक्रममा गायक खरेलले आफूले १७ वटा भन्दा बढी गीतमा स्वर दिएको बताउँदै चमेलीलाई दर्शक तथा स्रोताले यसअघिका गीतझैं माया गर्ने विश्वास व्यक्त गरे ।
रमेश दर्नालको शब्द र गायक खरेलको स्वर रहेको ‘चमेली’ गीतको म्युजिक भिडियोको छायाँकन इलामको दानाबारी लगायतका स्थानमा गरिएको छ ।गीत एरेन्जर रोहित लिम्बूको रहेको म्युजिक भिडियोमा रंगकर्मी माधव कल्पित, मनोज अधिकारी, कञ्चन चुडाल, राकेश दर्नाल, रोसन कार्कीलगायतको अभिनय रहेको छ । कार्यक्रममा ग्रुपका सल्लाहकार एवम् साहित्यकार देवीचरण भण्डारी, व्यवसायी याम खरेल, टीका भट्टराई नेपाल , सुजना खतिवडा, मुना प्रसाईं, सुनिता तामाङ लगायतको सहभागिता रहेको थियो । ग्रुपकी उपाध्यक्ष गीता सुवेदी नेपालले स्वागत गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष चन्द्रमणि पौडेलले गरेका थिए ।