entertainment
||Power News Asia||

आजको समाचार

हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार तथा सम्मान समारोह भव्य रुपमा सम्पन्न

मनोरञ्जन


काठमाण्डौ-  परिवर्तन नेपालको आयोजनामा नेपालका विशिष्ट अभिनेत्रीहरु सहित महिला चलचित्रकर्मीहरुको आतिथ्यतामा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा विभिन्न चलचित्रकर्मीहरुलाई परिवर्तन नेपाल सम्मान समर्पण कार्यक्रम जेष्ठ १८ गते एक समारोहका बीच सम्पन्न भयो । उक्त समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिष्मा मानन्धर, अभिनेत्री निर्देशक दीपा श्री निरौला, अभिनेत्री रेजिना उप्रेती, संपादक/निर्देशक रक्षा राणा, संचारकर्मी तथा निर्देशक सम्झना उप्रेती रौनियार, स्व।चेतन कार्कीकी धर्म पत्नी गंगा कार्की तथा चलचित्रकर्मीहरु, मोहन निरौलाकी दिदी शावित्री कोइरालाले पुरस्कार र सम्मानित व्यक्तित्वलाई पुरस्कार तथा सम्मान समर्पण गर्नु भएको थियो ।

हरितारा चलचित्र पुरस्कारको संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा सम्पन्न उक्त समारोहमा अभिनेत्री मिथिला शर्मा र संचारकर्मी विदुर गिरीलाई जनही २५ हजार रुपैयाको थैली सहित लिखत पत्र समर्पण गरिएको थियो ।

वि.सं.२०५२ सालमा स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार नेपालको पहिलो चलचित्र पुरस्कार मानिन्छ । स्व।विजय राणाले स्थापना गर्नुभएको उक्त पुरस्कारको संरक्षक र अध्यक्ष मनोज शम्सेर ज।ब।रा। र सदस्य सचिवमा चलचित्रकर्मी मोहन निरौला हुनुहुन्छ ।

समारोहमा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार चलचित्रकर्मी मनोज के।सी। र अभिनेता विनोद श्रेष्ठलाई जनही १० हजार थैली सहितको लिखत पत्र र चेतन कार्की स्मृति पुरस्कार अभिनेता निर्देशक देश भक्त खनाललाई ११ हजार १ सय ११ रुपैया सहितको लिखत–पत्र समर्पण गरिएको थियो ।

सोही समारोहमा नेपाल चलचित्र पत्रकार संघका वर्तमान अध्यक्ष दिनेश सिटौलालाई परिवर्तन नेपाल पत्रकारिता विशेष सम्मान समर्पण गरिएको थियो ।

चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने चलचित्रकर्मी निर्देशक मदन घिमिरे, निर्देशक ज्ञामनेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह, अभिनेता श्रीदेव भट्टराईलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गरियो,त्यस्तै उक्त  समारोहमा अभिनेत्री शारदा गिरी, निर्देशक जनकराज खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल/अभिनेत्री दीपाशा वि.सी., खेलाडी/कलाकार नन्दा बस्याल, रंगकर्मी मञ्जु निरौला, रेणु पौडेल, रजनी अर्याललाई परिवर्तन सम्मान अर्पण गरिएको थियो । उपरोक्त पुरस्कार र सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको थियो ।

गायक/संगीतकार तथा संचारकर्मी सरोज कोइरालाले संचालन गर्नु भएको उक्त समारोहमा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य ब्यक्त गर्दै परिवर्तन नेपालले आफ्नो स्थापना काल २०५३ देखिनै चलचित्रकर्मीहरुलाई पुरस्कार तथा सम्मान अर्पण गर्दै आइरहेको बताउनु भयो भने परिवर्तन नेपालले अर्पण गर्ने पुरस्कारका लागि आफ्नी धर्मपत्नी श्रीमती कविता निरौलाले दश लाखको अक्षय कोष स्थापना गरिदिनुभएको बताउनु भयो ।

समारोहमा पुरस्कृत व्यक्तित्व अभिनेत्री मिथिला शर्माले विशिष्ट संस्कृतिविद तथा चलचित्रकर्मी चेतन कार्कीको योगदानलाई राष्ट्रले संझनु पर्नेमा परिवर्तन नेपालले सम्मान स्वरुप पुरस्कार स्थापना गरेकोमा परिवर्तन नेपाललाई धन्यवाद दिनु भयो । यसैगरी अभिनेत्री करिष्मा मानन्धरले नेपालमा चलचित्र सम्बन्धी पहिलो पुरस्कार हरितारा पुरस्कार भएको चर्चा गर्दै चलचित्रकर्मीलाई प्रोत्साहन गर्न परिवर्तन नेपालले पुरस्कार अर्पण गर्दै आएकोमा चलचित्रकर्मीको तर्फबाट धन्यवाद दिनु भयो ।

अभिनेत्री रेखा थापाले चलचित्रकर्मीहरुको उत्थानका लागि यस प्रकारका पुरस्कारले प्रोत्साहन मिल्ने चर्चा गर्दै प्रत्येक चलचित्रकर्मीहरु देश समाज परिवर्तन गर्ने नायक भएको महशुश गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

समारोहमा कलाकार/निर्देशक दीपाश्री निरौला, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्रकर्मी मदनदाश श्रेष्ठ, देशभक्त खनाल र मनोज के.सी.ले मन्तव्य राख्नु भएको थियो ।

समारोहको व्यवस्थापन निर्देशक माधवराज खरेलको संयोजकत्वमा निर्देशक विश्वदीप घिमिरे, कलाकार प्रल्हाद खरेल र संचारकर्मी राममणि ढकाल सदस्य रहेको समितिले गरेको थियो । समारोहमा चलचित्रकर्मी र संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

साहित्यकार 'अमर'को ‘डियर भ्याक्सिन’ सार्वजनिक

मनोरञ्जन


काठमाडौं - ओएसनेपालको आयोजनामा ओएसनेपालद्वारा प्रकाशित वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित उहाँको ३० औँ कृति कोरोना महामारीको समयमा लेखिएको ‘डियर भ्याक्सिन’ उपन्यास एक समारोहका विच जेष्ठ १९ गते सार्वजनिक गरिएको छ ।उपन्यास सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्माले सुरेन्द्र महर्जन अमरको साहित्यिक यात्राको बारेमा बोल्नु हुँदै उहाँको सफलताको कामना गर्नुभयो ।

सार्वजनिक समारोहमा उपन्यास डियर भ्याक्सिनको अडियो साहित्यकार एवं उपन्यासकार संघका अध्यक्ष शंकर भारती सार्वजनिक गर्दै, धेरै पहिलादेखि साहित्य लेखनमा लागेर कथा, कविता, गीत, हाइकु, तान्का र उपन्यास लेख्नु हुने साहित्यकार अमरको बारेमा बोल्नु भएको थियो ।

उपन्यासको अडियोमा आफ्नो मेहनत र स्वर दिएर सहयोग गरिदिने भाष्कर श्रेष्ठलाई ओएसनेपालको तर्फबाट ”भ्याक्सिन आवाज’ सम्मानबाट सम्मानित समेत गरिएको थियोे भने सोही आवाज युटुवमा रहेको छ ।

समारोहमा चर्चित संगीतका सन्तोष श्रेष्ठ, साहित्यकार राजबाबु श्रेष्ठ सागर, ओएसनेपालका गबोड अफ डाइरेक्टर हरि अधिकारी, पत्रकार गीता अधिकारी, गायक दिनेश थानी, गायक संगीतकार चिरञ्जीवी भण्डारी, विनोद श्रेष्ठ, हरिशरण लवजुआदिले सुरेन्द्र महर्जनको बारेमा बोल्नु भएको थियो । कार्यक्रम भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी’साउंँतेली’ले संचालन गरेका थिए ।

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा ‘ऐना’ उत्कृष्ट लघु चलचित्र र ‘कुइनेटो’ उत्कृष्ट चलचित्र

मनोरञ्जन


काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ ।

यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् ।

महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म  राईजबाट ऋषीराज आचार्यले हाँसिल गरे । राईज सर्टफिल्मबाटै गजित बिष्टले उत्कृष्ट अभिनेताको अवार्ड, सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको अवार्ड, तुलसी प्रसाद श्रेष्ठले उत्कृष्ट खलनायकको अवार्ड, रिना अवालेले उत्कृष्ट हेयर स्टाईलको अवार्ड हाँसिल गरे ।

यस्तै उत्कृष्ट स्कृप्ट राईटिङको अवार्ड पुरुष्षोतम बस्नेतले चलचित्र गरिमाबाट, उत्कृष्ट सह अभिनेताको अवार्ड के.डी प्रसितले चलचित्र ‘थर्ड आई’बाट हाँसिल गरे । चलचित्र ‘द ब्लाक कर्नर’बाट निर्देशक लक्षु गौतमले उत्कृष्ट निर्देशन तर्फको जुरी अवार्ड, चलचित्र ‘शँका’ बाट सुमन दाहालले उतकृष्ट ‘सोसियल म्यासेज फिल्म’को अवार्ड प्राप्त गरे ।

यसैगरी कार्यक्रममा चलचित्र द डटरबाट राजेन्द्र बजगाईंले उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक निर्देशनको अवार्ड, द डटरबाटै रेनिश फागोले उत्कृष्ट कलर करेक्सनको अवार्ड जिते । द डटर चलचित्रबाटै इनु थापाले उत्कृष्ट कस्ट्युम डिजाईनको अवार्ड प्राप्त गरिन् । महोत्सबमा स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दाशको चलचित्र ‘झोल’ उत्कृष्ट भएको छ ।

आईतबारबाट काठमाडौंको नाचघरमा सुरु भएको तीन दिवसीय नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मँगलबार बेलुका अवार्ड प्रदान गर्दै सकिएको छ । अग्रज अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज अभिनेता सुनिल थापा, डिस्ट्रिक ३२५ बि वान एलकी जोन चेयरपर्सन लायन एवम् अग्रज ब्युटिसियन सोनी कारँजित, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतले बिजेताहरुलाई अवार्ड प्रदान गरे ।

यो एक दशकमा नेपालमा यो महोत्सबले अफ्रिका र अफ्रिकी फिल्मसँगै नेपाली फिल्मलाई पनि दर्शकमाझ पु¥याउने काम गरेको यी बक्ताहरुले कार्यक्रममा बताए ।

महोत्सबको निर्णायकहरुमा अग्रज संगीतकार जुगल डँगोल, अभिनेताहरु प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङतान र चलचित्र पत्रकार कुवेर गिरी थिए । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसन प्रा।लिद्धारा आयोजित यो महोत्सबमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी थिए । यी सबै चलचित्र महोत्सबमा प्रदर्शन गरियो ।

महोत्सब निर्देशक डब्बु क्षत्रीले नेपाल र अफ्रिका बीचको चलचित्र संस्कृति आदन प्रदानको लागि बिगत एक दशकदेखि आफुहरुले नेपाल अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको बताए । महोत्सबकी अध्यक्ष डा। मञ्जु मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल मा नेपाली चलचित्र कुईनेटो सहित १५ देशका २६ फिल्म चयन

मनोरञ्जन


काठमाडौं-१० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र बिलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा हुन लागेको यो महोत्सबमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्यबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ । नेपाल सहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छिन् । कोरोना महामारी मत्थर भएकाले यतीबेला यो महोत्सब गर्न लागिएको पनि उनले बताएकी छिन् ।
नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफुहरुले एक दशक अघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको अध्यक्ष डा. मिश्रले बताएकी छिन्,‘प्राकृतिक र सांस्कृतिक रुपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुराहरु मिल्दा जुल्दा छन् । अफ्रिकालाई अब हामीले पश्चिमाहरुको नभएर अफ्रिकन लेन्सबाटै हेर्नु पर्छ भनेर हामीले बिगत १० वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएका छौं ।’
महोत्सब निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सबमा बिदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन् । जस मध्य अधिकाँस अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषय बस्तुमा आधारित फिल्म पनि महोत्सबमा चयन भएका छन् । महोत्सबका लागि फिल्म चयन भएका बिदेशी मुलुकहरुमा बुर्किना फासो, इजिप्ट, ट्युनेशिया, सँयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ष्ट्रिया, जर्मनी, बेनिन, कँगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को रहेका छन् ।
महोत्सबमा नेपालबाट १२ वटा फिल्म छानिएका छन् । जस मध्य ८ वटा चलचित्र खुला प्रतिस्पर्धा अन्तर्गत रहेको छ । जसमा द ब्लाक कर्नर, ऐना, राईज, शँका, कुईनेटो, गरिमा, द डटर, थर्ड आई रहेका छन् । यस्तै यसपटक विधार्थीहरुको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । फिल्मका विधार्थी फिल्म प्रतिस्पर्धामा विधार्थीहरुले बनाएको फिल्म राखिएको हो । जसमा झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् ।
यस्तै बिदेशी फिल्म तर्फ बुर्किना फासोको लोयल ड्यु साएक्लोन–आई अफ द साएक्लोन, मोरक्कोको घोष्ट अफ स्पेश टाईम, अल्जेरियाको ला चेम्बर, क्यामरुन लेश मेलोडियस डु, फ्रान्सको ले मोन्डे डी चिज टी काफ, कँगोको एबुला नगान्दो, बेनिनको ले मोन्डे ए लिप्रियुभी, सोमालिया÷अस्ष्ट्रिया/जर्मनीको लाईफ अन द हर्न, घानाको लिबर्टी, ट्युनेशिया÷युएसएको द मेन हु बिकेम म्युजियम रहेका छन् । यस्तै इजिप्टबाट यसपटक दिई ईज माई नाईट, आजिया, द अदर चेक, एबाउट ए गर्ल सहित ४ वटा चलचित्र चयन भएका छन् ।

'द फ्लिक मोडल्स' को अडिसन सम्पन्न

मनोरञ्जन



काठमाडौँ — जेष्ठ १०, २०७९। 

सन २०२२ को सबैभन्दा ठूलो मोडलिङ प्रतियोगिता 'द फ्लिक मोडल्स' को अडिसन काठमाडौंको दरवारमार्गस्थित लाल दरवार लज एण्ड रेस्टुरेन्टमा शनिवार सम्पन्न भएको छ।

"जिवनभरका लागि आफ्नो सपना साकार बनाउने अवसर" भन्ने मूल नाराका साथ शुरु गरिएको प्रतियोगिताको अडिसनमा १५ जना पुरुष मोडल र ३५ जना महिला मोडलहरुले भाग लिएका थिए ।

देशका कर्णधार मानिने युवाशक्तिको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकासको आवश्यकतालाई महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाजका एक सजग र जिम्मेवार मोडलको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था फोकस फेशन हाउसले जनाएको छ। 

नेपालकै अग्रणी भोटिङ सर्भिस प्रदायक ग्लोबल अनलाईन पे संगको सहकार्यमा संचालित उक्त प्रतियोगिताको अडिसनमा तेन्जिङ छेतेन भुटिया, सिर्जना रेग्मी, सविता कार्की र प्रतियोगिताको अफिसियल कोरियोग्राफर जयनसुब्बा मानन्धर  निर्णायकको भूमिकामा थिए ।

नेपाली कला, संस्कृति, फेसन तथा प्रतिभालाई प्रवर्द्धन गर्दै आफ्नो व्यक्तित्व विकास संगै आफूमा लुकेर रहेका प्रतिभा उजागर गर्न यो एउटा उत्कृष्ट प्लेटफर्म रहेको आयोजक आदर्श शर्माले जनाएका छन ।

दर्शकलाई मनपर्ने चलचित्र नबनाए यस क्षेत्रको अस्तित्वनै मेटिन सक्छ : नायक घिसिङ

मनोरञ्जन


काठमाण्डौ – विगत एक दशक भन्दा लामो समय देखी नेपाली एवं तामाङ भाषाको चलचित्र तथा मोडलिङको क्षेत्रमा सक्रिय रहदै आएका नायक तथा मोडल सागर घिसिङ पछिल्लो समय चक्लेटी नायक तथा मोडल चिनिने गर्दछन् । नेपाली तथा केही तामाङ चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका घिसिङले चलचित्रका अलावा दर्जनौ म्युजिक भिडियोहरुमा समेत मोडलिङ गरिसकेका छन् । खास गरेर तामाङ कल्चरलाई चलचित्र तथा गीत संगीतका माध्यमबाट संसार सामु चिनाउने जमर्को गरेर अगाडी बढिरहेका घिसिङले तामाङ कल्चरका अलवा नेपाली लगाएत अन्य भाषा तथा कल्चरहरुलाई पनि असाध्यै माया गर्ने बताए छन् ।

घ्रान, हल्ला लासी लगायतका तामाङ चलचित्रहरुमा आफ्नो दमदार प्रस्तुती देखाईसकेका नायक तथा मोडल घिसिङकै अभिनयमा“त्यो रात, पिरोमा रैछ, मेरो रुप, च्याङ्वाले, कोही छ की” लगाएत दर्जनौं नेपाली भाषामा तैयार भएका भिडियोहरु एवं “ए विना ङा, फ्याफुल्ला माया, नेसी मुसुक्क, पर्दा, मायाला रंग, ज्यावा डाङ्वा, जिन्दगी री, टिङ मे धुक धुक, ओई नाला, जामेला कर्मा” लगायतका उनका दर्जनौ म्युजिक भिडियोहरु बजारमा आईसकेका छन् भने “तिङ मी ढुकढुक र सारी आरे” लगाएतका उनका दर्जनौ म्यूजिक भिडियोहरु चर्चामा रहेका छन् ।

तामाङ चलचित्र संघको अनुशासन विभाग प्रमुखको भुमिका निर्वाह गरिहेका नायक घिसिङ विषेश गरेर तामाङ चलचित्रलाइ  तथा गीत संगीतलाई आधुनिकिकरण गर्नको लागि सक्रिय रहदै आएका छन् । विश्वभर रहेका तामाङ समुदाय सम्म आफ्नो भाषामा निर्माण भईरहेका चलचित्रहरु पुर्याउनको लागि सरकारी तथा निजि स्तरमा गएर आवाज उठाउने प्रयास भईरहेको उनि बताउछन् । उनि भन्छन् “अहिलेको जमाना एक दमै आधुनिक हो र अहिलेका दर्शकहरु पनि निक्कै आधुनिक छन र उनिहरुलाई मनपर्ने चलचित्र बनाए मात्रै  टिक्न सकिने नत्र भने अस्तित्वनै मेटिन सक्छ ” ।
नायक तथा मोडल घिसिङका अनुसार तामाङहरुको गाउँ–गाउँ पिच्छे फरक फरक खालको भाषा एवं संस्कृति भएको कारणले पनि  तामाङहरुको भाषा–संस्कृतिका समस्त विषयहरुलाई उठान गर्न निकै गाह्रो भईरहेको र जतिसक्दो तामाङ कलाकारहरुले आफ्नो आफ्नो संस्कृतिलाई चलचित्र तथा गीत संगीतका माध्यमबाट उठान गर्ने कोशीस गरिरहेको अनुभव उनिसंग छ । जसरी पहिले–पहिले भाषा तथा संस्कृतिको जगेर्ना गर्नको लागीे गाउँ–गाउँमा गएर माईकिङ गर्ने, एफ रेडियोबाट प्रचार प्रसार गर्ने जुन परम्परा थियो त्यसलाई अहिले यूटुद्यव, फेसबुक, टिकटक लगायत समाजिक संजालहरुले प्रचार प्रसारमा गर्न निकै सजिलो भएको घिसिङको अनुभव रहेको छ ।

“सुरुमा रहरमा यस क्षेत्रमा प्रवेश गरेको हुँ, पछि काम गर्दै जाँदै यस क्षेत्रमा केही गर्नको लागी अभिनय, नृत्य लगाएतको तालिम एवं अध्ययनको अत्यन्त जरुरी भएको महसुस भयो र मैले यस क्षेत्रमा प्रवेश गरेको लामो समय पछि मात्रै चलचित्र संम्बन्धी आवश्यक तालिमहरु लिएको हुँ र त्यो अध्ययन एवं तालिमले मलाई आज काम गर्नकोको लागी निक्कै सहज भएको महशुस गरेको छु”। नायक तथा मोडल घिसिङले विभिन्न मिडियाहरुलाई बताएका छन् ।

नायक तथा मोडल घिसिङको तामाङ गीत “तिङ मी धुक धुक” घिसिङको चर्चित म्युजिक भिडियो हो त्यसै गीतवाट सन् २०१९ मा घिसिङले “नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९”मा सर्वाेत्कृष्ट तामाङ भाषाको मोडलको अवार्ड समेत प्राप्त गर्न सफल भएका थिए  भने उनले सन २०१९ मै हिमालयन इन्टरनेशनल नेपाली म्युजिक भिडियो आवार्डमा पनि सार्वोत्कृष्ट मोडलकै अवार्ड प्राप्त गरेका थिए ।

त्यस्तै दोस्रो स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा नायक तथा मोडल सागर घिसिङले तामाङ चलचित्र “घ्रान” मार्फत सर्वोत्कृष्ट नायकको रुपमा अवार्ड जित्न सफल भएका थिए । स्पाइनी मुभिजको प्रस्तुतीमा हरेक वर्ष आयोजना हुदै आएको स्पाईनी व्याब्लर अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोश्रो संस्करण ३ मे २०२२ मा चलचित्र विकास बोर्ड भृकुटीमण्डप काठमाण्डौमा सम्पन्न भएको थियो । उक्त फेष्टिबलमा नेपाल लगायत फिलिपिन्स, ईरान, भारत लगायतका देशका चलचित्रहरुको सहभागिता रहेको थियो । यसका अलावा नायक घिसिङलाई छाँयाछवि कला सम्मान २०७८ लगाएत विभिन्न गीत संगीत क्षेत्रसंग आवद्ध संघ संस्थाहरुले  नेपाली एवं तामाङ चलचित्र तथा म्यूजिक भिडियोको क्षेत्रमा अमुल्य योगदान पुर्याएको भन्दै विभिन्न शिर्षकका सम्मानहरु समेत प्रदान गर्दै आईरहेका छन् ।
– कमला जोशी

'मिस्टर एण्ड मिस नवलपरासी' को आवेदन खुला, अडिसन जेष्ठ १४ मा हुने

मनोरञ्जन


काठमाडौँ — जेष्ठ ९, २०७९। 

'मिस्टर एण्ड मिस नवलपरासी २०२२' का लागि आवेदन खुल्ला गरिएको छ ।  पि प्रोडक्सनले सोमबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको ग्राण्ड अडिसनको लागि आवेदन खुला गरेको जानकारी दिएको हो । 

मिस्टर एण्ड मिस नवलपरासी प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक ६ देखि  २६ बर्ष उमेर समूहका प्रतिस्पर्धीहरुले ग्लोवल अनलाईन पे को वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगीताको ग्राण्ड अडिसन यहि जेष्ठ १४ गते शनिवार परासीस्थित सिद्धार्थ पार्क रेजेन्सीमा हुनेछ। 

प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नवलपरासी’, ‘मिस्टर एण्ड मिस टिन नवलपरासी’ र ‘मिस्टर एण्ड मिस लिटिल नवलपरासी’ गरी तीन मुख्य टाइटल रहनेछन् । 

आफू भित्रको रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि  नवलपरासी क्षेत्रमै हुन गईरहेको मिस्टर एण्ड मिस नवलपरासी एउटा सुनौलो अवसर रहेकोले सो प्रशिक्षणमा सहभागिताको निम्ति छनौट अडिसन पनि हुने भएकोले ईच्छुक प्रतिस्पर्धीहरुलाई अडिसन दिन पनि आयोजक संस्थाका सिईओ प्रशान्त साहले आग्रह गरे ।

‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै

मनोरञ्जन


काठमाडौं – ‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै छ । इन्ट्रा-नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएको यि प्रतियोगिताका बारेमा बुधबार काठमाडौंमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो ।समग्र मानव कल्याण, मानव जातिको उत्थान र विश्व भरमा रहेका असाहय अनाथ व्यक्तिहरूको सहारा बन्न र तटस्थ मानविय सहायता उपलब्ध गराउने उद्देश्यले अमेरिकामा रहेका नेपाली भाषी भुटानी समेतको अगुवाई संस्थापना भएको संस्था हो इन्ट्रा-नेशनल । संस्थाले विभिन्न सामाजिक कार्यका साथै अमेरिकामा ‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्याइस कप युएसए’ सञ्चालन गरिरहेको छ । नृत्यको चौथो सिजन र भ्वाइसको दोस्रो सिजन सुरु भई प्रशारण भइरहेको छ ।

तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ शसक्त रुपमा प्रस्फुटन गर्ने तथा नेपाली भाषीहरूमा भएको प्रतिभालाई उजागर गर्दै आम श्रोता/दर्शकमाझ ल्याउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको संस्थाका सचिव गोपाल धितालले बताउनुभयो ।यसको अडिसन अमेरिकामा र क्यानडामा सकिएर नकआउट भइरहको तथा नेपाल बाहिर रहेका नेपाली भाषीहरूले अनलाईनमार्फत अडिसन दिनसक्ने उहाँले जानकारी गराउनुभयो । भोटिङको चरणमा प्रवेश गरेपछि प्रतियोगितलाई नेपाल ल्याइने यसको फिनाले भने अमेरिकामा हुने जानकारी गराइएको छ ।

‘मेरो डान्स कप युएसए’को निर्णयक मण्डलमा विशिष्ट कलाकार मिथिला शर्मा, दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, शंकर विसी र नर्मन राई हुनुहुन्छ भने ‘मेरो भ्याइस कप युएसए’मा दिपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, मुस्कान मगर, सुजता बर्मा र अजुर्न रसाइली रहनुभएको छ ।यो प्रतियोगिताको विजेताले पहिलोले र्‍यापफो कार, दोस्रोले गोल्डेनकप र तेस्रोले सिल्भरकप प्राप्त गर्नेछन् भने नगदराशि र गिफ्ट ह्याम्पर समेत प्रदान गरिने जनाइएको छ ।पत्रकार भेटघाटमा संदीप क्षेत्री, शिव परियार, दिलिप रायमाझी, सुरेश अधिकारी, दपक जंगमलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो । यस प्रतियोगिताको निर्देशकमा एलिन श्रेष्ठ हुनुहुन्छ । कार्यक्रम सञ्चालकमा नृत्यमा संदीप क्षेत्री र रिमा विश्वकर्मा हुनुहुन्छ भने भ्वाइसमा सुदिप सिग्देल र सुनिता गुरुङ हुनुहुन्छ ।

नेपाली भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनका साथै गीत संगीत तथा नृत्यका प्रतिभाहरूलाई सम्मान गर्ने, प्रर्वद्धन गर्ने नै यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताइएको छ ।कोरोना भाइरस (कोभिड-१९)को सकसपूर्ण अवस्था होस् या बाढी पहिरो वा अन्य मानवसेवाका कार्यहरूमा निरन्तर सहयोग गर्दै आएको यो संस्थाको अध्यक्षमा डिल्ली अधिकारी हुनुहुन्छ । यो संस्थाको भिजन तथा सम्पूर्ण कन्सेप्ट अध्यक्ष डिल्ली अधिकारीको हो । संस्थाको नेपाल च्याप्टरको कार्यकारी अध्यक्षमा संजित भण्डारी रहनुभएको छ ।

 

 

स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय फिल्म फेष्टिवल २०२२ सम्पन्न

मनोरञ्जन


काठमाण्डौ– स्पाईनी मुभिजको आयोजनामा राजधानीमा एक समारोहको विच दोश्रो स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय फिल्म फेष्टिवल २०२२ सम्पन्न भएको छ । स्पाइनी मुभिज प्रा.ली.को प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म अन्तराष्ट्रिय फेष्टिवल २०२२ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो ।

पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र गीत संगीत लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । स्पाईनी ब्याब्लर अर्थात काँडे भ्याकुरको नामबाट सञ्चालन गरिएको यस फेष्टिवलको उदेस्य विश्वकै दुर्लभ चरा जो नेपालमा मात्रै पाईने र यसैको माध्यमबाट पनि हामी नेपाललाई चिनाउन सक्छौं भन्दै स्पाईनी मुभिजले विगत दुई वर्ष देखी स्पाईनी ब्याब्लरको नामबाट अन्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आएको फेष्विल अध्यक्ष डा . हुस्नेद आजादले बताएका छन् ।

फिचर फिल्मतर्फ ६वटा र सर्ट फिल्मतर्फ ९ वटा गरी कुल १५ विधामा अवार्ड वितरण गरिएको थियो भने अन्तराष्ट्रि विधामा अवार्ड जितेका फिचर फिल्म तथा सर्ट फिल्महरुको नाम मात्र उल्लेख गरिएको थियो । कार्यक्रममा गीतकार रमेश दाहाल, नायक संजित भण्डारी, पत्रकार राजन थापा, सौन्दर्यविद् अनिता घिमिरे लगायतका व्यक्तित्वहरु सम्मानित भएका छन् ।

में १ अर्थात एवं विश्व श्रमदिवशको अवसर पारेर आईतबार नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय, गोरखा पोल ब्रेकर्स संघ नेपालका अध्यक्ष उद्धव नारायाण श्रेष्ठ, पत्रकार गीता अधिकारी, बाबुराम सिंग्देल, कुबेर गिरी, विष्णु सुवेदी, निर्देशक जनक खकुरेल, अभिनेता श्रीदेब भट्टराई, बरिष्ठ पत्रकार एवं गीतकार भरत बम्जन, समाजसेवी सोमा खत्री लगायत चलचित्र तथा गीत संगीत, पत्रकारिता लगाएतका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

अन्तराष्ट्रिय विधातर्फ अवार्ड विजेताहरुः
१. सर्वोत्कृष्ट कथा : थालापिझा (सैनीई दिपक म्याथिउ )
२. सर्वोत्कृष्ट छायांकार : क्रो (आलि अक्बर खोदासेनास) 
३. सर्वोत्कृष्ट निर्देशक : हीरो (रोडेन पिंगोल रामोस)
४. सर्वोत्कृष्ट फिल्म : हीरो (लाइट मून प्रोडक्शन)

राष्ट्रिय लघुचलचित्र विजेताको नामावली
१. सर्वोत्कृष्ट मोटिभेसनल  कथा /स्क्रिप्ट : बलिदान (रोशन परजुली र मुरलीधर आचार्य 
२. सर्वोत्कृष्ट कथा/पटकथा : मातृ (प्रशन्न मल्ल)
३. सर्वोत्कृष्ट इन्सपाईरिङ छायाँकार : बलिदान (केदार राय)
४ सर्वोत्कृष्ट छायाँकार : दामलो (दीप चंद्र ठाकुरी)
५. सर्वोत्कृष्ट सम्पादक : अंतक (अशोक पाठक)
६. सर्वोत्कृष्ट मोटिभेसनल लघुचलचित्र : बलिदान 
७. सर्वोत्कृष्ट प्रेरणादायक लघुचलचित्र : भिन्नता (गणेश उपाध्याय)
ड. सर्वोत्कृष्ट लघुफिल्मः भ्रम (आशुका आर्यल)
ढ. सर्वोत्कृष्ट निर्देशकः आइसक्रीम (संगीता श्रेष्ठ)

राष्ट्रिय फीचर फिल्म विजेताको नामावली
१. सर्वोत्कृष्ट फिल्म : टुल्की (शेखर लामा र आर.पी. कर्मचार्य )
२. सर्वोत्कृष्ट निर्देशक : प्रेम गीत–२ भोजपुरी (सोनू खत्री )
३ सर्वोत्कृष्ट अभिनेता : घ्रान (सागर घिसिङ)
४. सर्वोत्कृष्ट अभिनेत्री : लोभिपापी (कृति बनियाँ)
५. सर्वोत्कृष्ट कोरियोग्राफर : घ्रान (अजय स्यांङ्तान)
६. सर्वोत्कृष्ट सम्पादक : लोभी पापी (बन्दे प्रसाद)

जूरी सदस्य
१. माधब राज खरेल : चलचित्र निर्देशक (जूरी संयोजक)
२. डब्बू क्षेत्री : गीतकार/पत्रकार
३. इनु थापा : फेशन डिजाइनर
४. दीपक शर्मा : संगीतकार
५. कमल अधिकारी : गीतकार
६. राजेन्द्र बाजगाई : संगीतकार
७. जीवन थापा : निर्देशक तथा अभिनेता
८. केदारनाथ पौडेल : निर्देशक तथा लेखक
९. पूर्ण राई : गायक
१०. मनोज परियार :साउन्ड डिजाइनर
११. लिगेश भट्टराई : अभिनेता /मोडल

मिलापद्वारा स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान

मनोरञ्जन


काठमाडौं-विगत बाह्र वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान-प्रदान’ कार्यक्रम गरेको छ । काठमाडौंको कान्तिपथमा एक विशेष सामारोहबीच मिलापले पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा शुभकामना तथा मिलाप स्रष्टा सम्मान कार्यक्रम गरेको हो ।

पहिलो महिला छायांकार तथा नेपाल टेलिभिजन बोर्ड सदस्य सबनम मुखिया, गीतकार संघका निर्वतमान अध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा, रेडियो प्रसार सेवा विभाग समितिका सदस्य तथा वरिष्ठ गायक सीताराम पोख्रेल, सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवालगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको शुभारम्भ गायक तथा संगीतकार शिशिर योगीले ‘यो देशमा म एउटा मान्छे खोजिरहेको छु….’ बाट गर्नुभएको थियो ।

समारोहमा टीका-गोपाल गीतसंगीत विशेष सम्मान-२०७९ बाट संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको थियो भने मिलाप राष्ट्रिय व्यक्तित्व सम्मानबाट विशिष्ट कलाकार तथा निर्देशक मोहन निरौला, लय संग्रौला, विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार तथा निर्देशक गणेश सुवेदी, गीतकार वसन्त वित्यासी थापा, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, साहित्यकार राधा भण्डारीलाई सम्मान गरिएको थियो ।

यसैगरी सो समारोहमा हास्य कलाकार तथा लोकदोहोरी गायक गोकुल कँडेल, खेलाडी तथा प्रशिक्षक रामदास गोपाली, लोक गायक तथा मोडल देबबहादुर परियार (हीरा), नायक तथा कलाकार विनोद श्रेष्ठ, सञ्चारकर्मी व्यवसायी शिरीषा पौडेल, गायक तथा संगीतकार आशिष अविरल, निर्माता समाजसेवी यमप्रसाद श्रेष्ठ, चरित्र अभिनेता राजेश विशुराल, समाजसेवी सुमी राई लिम्बू, गीतकार यमलाल कँडेल, संगीतकार कृष्ण भारद्वाज, गायिका रानी शाक्यलाई सम्मान गरिएको थियो ।

यस्तै सो कार्यक्रममा गीतकार कृट क्षेत्री, गायक सरगम राई, गीतकार भुवन शर्मा कँडेल, गीतकार समीर खान, गायक भुवन प्यासी, संगीतकार विशाल ढकाल, गायक अलिप खान, गायक तथा संगीतकार रमेश पाठक, गायिका मञ्जु कुमारी लावती, फिल्म तथा भिडियो सम्पादक दिनशन शाह, म्युजिक भिडियो निर्देशक केशवराज भट्ट, अधिवक्ता तथा गीतकार राजेन्द्र शर्मा, ध्वनि सम्पादक मनोज परियार र नृत्य निर्देशक गोविन्द प्रभातलाई सम्मान गरिएको थियो ।

लायन हरि दाहाललाई मिलाप कभर हस्तान्तरसमेत प्रदान गरिएको समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, सन्तोष श्रेष्ठ, मोहन निरौला, चुण्डामणि देवकोटा, प्रमुख अतिथि पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानलगायतले शुभकामना मन्तव्य राख्दै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

मिलाप फाउण्डेशनकी अध्यक्ष तथा मिलापकी कार्यकारी सदस्य गीता अधिकारी संयोजक रहनुभएको कार्यक्रमको सहजीकरण दीप ज्योतिले गर्नुभएको थियो भने सभापतित्व मिलापका सम्पादक कृष्ण भुसालको रहेको थियो । समारोहमा प्रमुख अतिथिलाई विशेष मायाको चिनो प्रदान गरिएको थियो ।