entertainment
||Power News Asia||

आजको समाचार

गायक पुर्ण राईको स्वरमा फिफा वर्ल्डकप गीत पहिलो पटक नेपालबाट पनि सार्वजानिक

मनोरञ्जन


काठमाण्डौ - फिफा वल्र्डकपको गीत पहिलो पटक नेपालबाट पनि सार्वजानिक भएको छ । चर्चित गायक पूर्ण राईको स्वरमा तयार भएको गीतले खेलकुद, पर्यटन, जलवायु परिवर्तन र विश्वशान्तीको बिषयलाई बोकेको छ । यस्को एतिहासिक पक्ष भनेको यो सगरमाथा चुचुरोमा सार्वजानिक भएको हो र यो गीतको सम्पूर्ण भिडियो नै सगरमाथा चुचुरोमा पहिलो पटक सुटिङ समेत सम्पन्न भएको हो ।

गायक पूर्ण राईका अनुसार, सेभेन समिटका लिडर नर्बिन मगरको टोलिले फिफा वर्ल्डकप टाईटल गीत, ट्रफी (रेप्लिका) र फिफा सम्बद्ध २११ राष्ट्रहरुको झण्डा पहिलो पटक सगरमाथा चुचुरोमा सर्वजानिक गर्दै भिडियो निर्माण गरेका हुन । यो अभियान सातै महादेशको अग्लो हिमालमा टोली पुगेर सम्बन्धित सामाग्रीहरु सार्वजानिक गर्दै अन्तत फिफालाई नै संग्राहलयमा सुरक्षित राख्नका लागि नेपालको तर्फबाट हस्तान्तरण गर्ने योजना रहेको बताए । नेपाल पर्यटन बोर्ड, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल मगर संघ लगायतको सहयोगमा यो अभियान अघि बढेको टोलिका लिडर नर्बिन मगरले बताएका छन । खेलकुद, पर्यटन, जलवायु परिवर्तन र विश्वशान्तिका लागि सँग–सँगै नारा बोकेको यो अभियानले समग्रमा स्वास्थ्य र सुरक्षित पृथ्वीका लागि यो अभियानको महत्व रहेको छ ।

नेपाल पर्यटकिय हव हो, तर हाम्रो हिमाल संम्रक्षणका लागि विश्वले सुन्ने गरी सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट गीत मार्फत सबैलाई जगाउन र सचेत गराउने उद्धेश्यले यो गीत निर्माण गर्ने र गाउने योजना बनाएको पनि गायक पूर्ण राईले बताएका छन । बिगत समयमा पनि प्रकृति, राष्ट्रियता, पर्यटन र विश्वशान्ति सम्बन्धी धेरै गीत निर्माण समेत गरिसकेका राईले मे २९, २०२२ मा जलवायु परिवर्तन सम्बन्धी सगरमाथा बेसक्याम्प ५३६४ मिटरमा अन्तरराष्ट्रिय बैज्ञानिक गोष्ठी समेत सम्पन्न गरिसकेका छन । त्यसैको अर्को महत्वपूर्ण साझा कार्यक्रमको रुपमा यो अभियान सफलताका लागि अग्रेजी भर्सनमा गीत गाएर पहिलो फिफा वर्ल्डकप नेपाली गीतको ईतिहास निर्माण गर्ने काम सम्पन्न भईसकेको छ भने भिडियो पनि युट्युब मार्फत सार्वजानिक भईसकेको जानकारी दिएका छन । 

   

 

वीरेन्द्र भाट विपिनको सम्पादनमा तीजगीत "धोबीखोला"को भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ - वीरेन्द्र भाट विपिनको सम्पादनमा तीजगीत "धोबीखोला" को भिडियो सार्वजनिक भएको छ  । हेमनाथ खरेलको शब्दरचना र वीर बहादुर विश्वकर्माको सङ्गीत रहेको यस गीतमा देवी घर्ती, वीर बहादुर विश्वकर्मा, रमेश विश्वकर्मा र ओम सेन्चुरीको स्वर रहेको छ। विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ र माष्टरिङ खड्ग बाजुरालीले गरेका हुन् ।
।

खिमानन्द खरेलको लगानी एवं परिकल्पनामा निर्मित यस म्युजिक  भिडियोको निर्देशन तथा सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका हुन् भने लोकेश भाटले सहायक सम्पादकको रुपमा काम गरेका छन् । शिवजी क्षेत्रीको कोरियोग्राफी र राम के.सी. को सिनेम्याटोग्राफी रहेको यस भिडिओमा लोमश शर्मा, अस्मिता रनपाल, कैलाश कठायत र कोमल पाण्डेले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन् । भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा तथा निर्माण रेभान्स शिवा म्युजिक युट्युव च्यानलबाट सार्वजनिक  भएको हो ।

मन मुटु छोयो मेरो ‘काठे भाकैले’ भन्दै आए अमर वान्तु (भिडियो सहित)

मनोरञ्जन


काठमाडौं - स्रष्टा अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत, तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहिमा श्रेष्ठको स्वर, राजु कार्कीको एरेञ्ज एवं प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भिर विष्टले निर्देशन गरेको डान्सिङ शैलीको गीतको भिडियोमा आर्यन खरेल र सजिना श्रेष्ठलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ । ‘सबै मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो बनेको छ, श्रोतारदर्शकले मन पराउनेमा आशावादी छौ’, सर्जजक बान्तुले भन्नुभयो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

बान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता)  संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’एल्बम पाठकरस्रोता र दर्शकमाझ आएकाछन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीतलेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान‘’लगायत थुप्रै गीत श्रोतारदर्शकले अत्यधिक मन पराएका छन् ।

 

डा. कृष्णहरी बरालको "ताज महल" सार्वजानिक

मनोरञ्जन


काठमाडौ- गायक निसान भट्टराई र शोभा पाण्डेको स्वर रहेको नयाँ गीत ‘ताज महल’ सार्वजनिक भएको छ । नेपाली गीति लेखनका क्षेत्रका नक्षत्र डा. कृष्णहरि बरालको शब्द रहेको ताजमहललाई नबि जनकपुरीले सङ्गीत भरेका छन् भने गीतको सङ्गीत संयोजन विष्णु अधिकारीले गरेका छन् ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा सुधीर श्रेष्ठ र सिम्रिका ढकालको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । मदनकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

शिव परियारको स्वरमा चलचित्र चिट्ठीको गीत रेकर्ड

मनोरञ्जन


काठमाण्डौ –एरा प्रोडक्सन प्रा.लि.को व्यानरमा कमला जोशी निर्माता र माधव राज खरेलको निर्देशन रहेको चलचित्र चिट्ठीको “टुुटेको तारा” बोलको गीत सोमबार राजधानीको फाईन टिद्युन स्टुडियोमा रेकर्डिङ भएको छ । डा. कृष्णहरी बरालको शब्द, संचारकर्मी एवं गायक, संगीतकार सरोज कोईरालाको संगीत, विश्व अधिकारीको एरेन्जर रहेको गीतलाई चलर्चित गायक शिव परियारले गायका छन् ।

संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ भने चलचित्रको सम्पदान राजेश ुकारले गरेका छन् ।

जिवन पराजुलीको छायाँकन रहेको चलचित्र चिट्ठीमा नरेश खरेलको मेकअप रहेको छ । काठमाण्डौ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा सम्पन्न गरिएको चलचित्र चिट्ठीको पोष्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको निर्मात्री कमला जोशीले वताईन ।

कमेडि जनारामा बनेको चलचित्रमा केही सस्पेन्स र थ्रिलर पनि रहेको छ र यसले गर्दा कथा लेख्ने शैलीमा पनि नौलोपना झल्किएको बताइएको छ । चाँडै नै सम्पुर्ण नेपाली दर्शहरुले नौलो कथाबस्तु समेटिएको चलचित्र हलमा हेर्न पाउने निर्देशक माधव राज खरेलले जानकारी दिएका छन् ।

समिर मियाँन को सम्पादन, एनिमेशन तथा कलर संयोजन रहेको छ । चलचित्रलाई सन २०२२ भित्र नै प्रदर्शनमा ल्याउने निर्माण कम्पनीका तर्फबाट जानकारी गराईएको छ ।

गायिकाद्वय लक्ष्मी पुरी प्रधान र अस्मिता श्रेष्ठको छम्म छम्म सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन


काठमाण्डौ – हरितालिका  तीजलाई लक्षित गरेर गायिकाद्वय लक्ष्मी पुरी प्रधान र अस्मिता श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । ‘छम्म छम्म’ बोलको गीतमा लक्ष्मी र अस्मिताले स्वर भरेका छन् । बरिष्ठ सञ्चारकर्मी भरत बमजनको शब्द रहेको गीतमा संगीत समेत गायिका लक्ष्मीको नै रहेको छ ।
सुर संगीत स्टुडियोमा रेकर्ड गरिएको गीतलाई राजिब शाहले एरेन्ज तथा मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा सुजता पाण्डे र आयुषा क्षेत्रीको नृत्य तथा अभिनय रहेको छ । मरुभुमी नारायणले छायांकन गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । त्यस्तै राजकुमार मगरले भिडियो सम्पादन गरेका हुन् । रोयल मुभीज प्रा.लि र दर्शित म्यूजिक एण्ड मिडिया प्रा.लिले पोष्ट प्रोडक्सन गरेको हो । भिडियोलाई गायिका लक्ष्मी पुरीको युट्युब च्यानलबाट सार्वजनि गरिएको हो ।

गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ तथा साङ्गीतिक समारोह सम्पन्न

मनोरञ्जन


काठमाडौं – गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ तथा साङ्गीतिक समारोह सम्पन्न भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा अग्रज एवम् प्रतिष्ठित लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने अग्रज गीतकार विश्व बल्लभ, वरिष्ठ गायिका तारा थापा, सुक्मित गुरुङ, वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शशी गुरुङ र लोकप्रिय नायक भुवन के.सीको विशेष आतिथ्यता थियो ।

विमोचित कार्यक्रममा गायक आयुष्मानका हजरवुवा तथा अमर स्रष्टा जगत मर्दन थापाको सम्झनामा उहाँद्वारा स्वरवद्ध र सङ्गीतवद्ध रहेको तथा म।वि।विको शब्द रचना रहेको गीत ‘भन लौ तिमी ‘’सहित एल्वममा रहेका पाँच बटा गीतको प्रत्यक्ष गायनले अतिथि तथा दर्शक, स्रोतालाई थप उत्साहित बनाएको थियो ।

गीतकार संघ नेपालका उपाध्यक्ष बसन्त वित्यासी थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि कुमार बस्नेतले मन्तव्यको क्रममा कलिलो उमेरमा नै गीति एल्वम सार्वजनिक गरेकामा गायक आयुष्मान विष्टको प्रशंसा गर्दै आगामी साङ्गीतिक यात्राको सफलताको लागि शुभकामना दिनुभएको थियो । यस्तै बरिष्ठ गायिका तारा थापा, बरिष्ठ सङ्गीतकार राजु सिंह तथा लोकप्रिय नायक भुवन के।सीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङले एल्वमको सफलताको कामनासहित गायक आयुष्मान विष्टको उज्जवल साङ्गीतिक यात्राको लागि बधाई तथा शुभकामना दिनुभएको थियो । आमन्त्रित अतिथिहरूलाई गीतकार मोहित मर्दन थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

गीति एल्वम ‘कलिलो मनमा’ प्रभुराज ढकाल, सञ्जिव सिह, मदन सिह, ज्योतिचन्द्र शाह, वसन्त सापकोटा, सुनिल सिह, मनराजा नकर्मीको सङ्गीत रहेको छ भने जगत मर्दन थापा, सञ्जिव सिह, मोहित मर्दन थापा र कुशल कुमारको शब्द छ । विशाल बिष्टको प्रस्तुति तथा पुष्पाञ्जली थापा बिष्टको निर्माण रहेको गीति एल्वम ‘कलिलो मन’को बजार व्यवस्थापन भकारी म्युजिक डेभलपमेन्ट कम्पनी प्रा।लि।ले गरेको छ ।

मनोहर सुनामको सङ्गीत संयोजनमा सम्पन्न प्रत्यक्ष गायन कार्यक्रममा कि वोर्डमा सुनिल सिंह, अक्टो प्याडमा तेजकुमार श्रेष्ठ, बाँसुरीमा गोपालदेव घतानी, लिड गीतारमा ज्योतिचन्द्र शाह, ऋदम लिड गीतारमा अनिष मानन्धर, वेस गीतारमा सन्दीप गुरुङ, गीतार ऋदममा आकांक्षा थापा र साउण्डमा अनुपम शर्माको साथ रहेको थियो । यो भन्दा अगाडी ‘पोख्रेली कान्छी’ बोलको गीतमार्फत चर्चा बटुल्नुभएका आयुष्मानले शुक्रबार उक्त गीत प्रत्यक्ष गाउँदा दर्शक दीर्घाबाट ‘वान्स मोर’ गुञ्जिएको थियो ।

नवगायक आयुष्मान बिष्टको जन्म वि.स. २०६१ साल मंसिर १७ गते आमा पुष्पाञ्जलि थापा बिष्ट तथा वुवा विशाल बिष्टको सुपुत्रको रुपमा भएको थियो । जेम्स स्कुलबाट एस.ई।ई. तथा आइडियल मोडेल स्कुल धोविघाट बाट प्लस टु उत्तीर्ण गर्नुभएका आयुष्मानले आफ्नो मन्तव्यको क्रममा हजुरबुवा जगतमर्दन थापाको आशिर्वादलाई आत्मसात गर्दै आफू निरन्तर रुपमा साङ्गीतिक यात्रामा यात्रारत रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको समारोहमा गीत सङ्गीतका स्रष्टा तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको एक समारोहमा विमोचन

मनोरञ्जन


काठमाडौं– कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिवार काठमाडौंको पुरानो वानेश्वरस्थित लोकल सेकुवा रेष्टुराँमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधिक विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेम नाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नागार्जुना एकेडेमीका प्रिन्सिपल सुनिल विक्रम सिजापतिसहितका व्यक्तित्वले उक्त पत्रिकाको पहिलो अंक विमोचन गर्नु भएको हो । कलाकर्मी मिडिया म्यानेज्मेन्टका लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित उक्त पत्रिकाको सम्पादकमा बबिता ढकाल हुनुहुन्छ । ६८ पृष्ठको उक्त पत्रिका हरेक महिना प्रकाशित हुनेछ ।

राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरु समेटिएको कलाकमी डाइजेष्ट पत्रिकाको विमोचन गर्दै काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले छापा माध्यमको गति कम भैरहेको अवस्थामा प्रकाशनमा आएको यो पत्रिकाले समाजलाई नयाँ दिशा दिने धारणा व्यक्त गर्नु भएको । उपमेयर डंगोलले आफूलाई मत दिएर स्थानिय निकायको निर्वाचनमा विजयी गराउनु हुने काठमाडौंवासीलाई धन्यवाद अर्पण गर्दै सम्पूर्ण नगरवासीको सहयोगले काठमाडौंलाई एक वर्ष भित्रै सुन्दर नगरको रुपमा विकसित गर्ने योजना रहेको सुनाउनु भयो । समारोहमा उपमेयर डंगोलसहितका व्यक्तित्वले विभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याउने पाँच जना व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान९२०७९’ सम्मानित गर्नु भयो ।

त्यसक्रममा वरिष्ठ कलाकार हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ‘कलाकर्मी सम्मान–२०७९’ द्वारा सम्मानित गरिएको हो । सम्मानित व्यक्तित्वको तर्फबाट आफ्नो धारणा व्यक्त गर्दै वरिष्ठ कलाकार हरिहर शर्माले कलाकारले कहिले पनि सम्मानका लागि काम नगर्ने तर यसरी अप्रत्यासित रुपमा सम्मानित हुन पाउँदा सधैं गौरवको महसुस हुने धारणा व्यक्त गर्नु भयो ।

जन्मँदै अपाङ्ग भएर जन्मनु भएका सम्मानित व्यक्तित्व तिलबहादुर कार्कीले निकै दुःख गरेर असाहय तथा टुहुरा बालबालिकाहरुको लालनपालनमा आफ्नो जीवन समर्पण गरेको व्यक्तिलाई एउटा सञ्चार माध्यमले सम्मानित गरिदिएकोमा खुशी व्यक्त गर्दै गोकर्णस्थित आफ्नो अपाङ एकता केन्द्रमा आएर कलाकारहरुले जन्मदिन मनाइदिए आफ्ना बालबालिकाहरुले एक छाक मिठो खान पाउने धारणा व्यक्त गर्नु भयो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले कलाकर्मी डाइजेष्ट पत्रिकाको निरन्तरताको कामना गर्दै पत्रकारितामार्फत काठमाडौं महानगर तथा समग्र देशलाई नै समृद्धितर्फ लैजान शुभकामना व्यक्त गर्नु भयो ।

न्यायाधिश विश्वनाथ भट्टराई, अभिनेता भुवन केसी, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कलाकार संघका उपाध्यक्ष मोहन निरौला, सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोक प्यासी राई, ईन्टिच्यूट अफ फेसन टेक्नोलोजीका सञ्चालक टेन्जिङ शेर्पा, काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का सदस्य हीरादेवी पोखरेल, निर्देशक कृष्णदेव रुपाखेतीलगायतका व्यक्तित्वले सम्मानित व्यक्तित्वहरुलाई वधाइ ज्ञापन गर्दै अहिलेको परिस्थितिमा पत्रिकाको प्रकाशन प्रारम्भ भएकोमा ‘कलाकर्मी डाइजेष्ट’ परिवारलाई वधाइ ज्ञापन गर्नु भयो ।

समारोहमा कलाकर्मी डाइजेष्टका प्रकाशक कृष्ण भट्टराईले विषम परिस्थितका बीच पत्रिकाको प्रकाशन प्रारम्भ गरेर पाठकलाई छापामाध्यमतर्फ पुनः आकर्षित गर्ने प्रयास गरेको बताउनु भयो । कलाकर्मी डाइजेष्टकी सम्पादक बबिता ढकालले छापा माध्यमको महत्व कहिले पनि नघट्ने भएकाले यो पत्रिकाका प्रकाशनमा आएको बताउनु भयो ।

विदेशी भुमिमा भोग्नु परेको पीडालाई गीतमार्फत पोख्छन् लेखक तथा निर्देशक सुमन दाहाल

मनोरञ्जन


काठमाण्डौ- लामो समयदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक तथा गीतकार सुमन दाहाल त्यहाँ चलचित्र तथा म्युजिक भिडियो निर्माण निर्देशन, गीत लेखन, लोक दोहोरी कार्यक्रम सञ्चालनमा निकै व्यस्त छन् । यसै क्रममा उनले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत छोराछोरी बिदेशी भूमिमा‘को भिडियो यतिबेला दर्शकमाझ ल्याएका छन् । आफु ५ वर्षदेखि अमेरिकामा बस्दै आएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या यो गीतमा लेखेका छन् ।

गीतलाई बाल कलाकार जेनिस उप्रेतीले गाएका हुन् । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । भिडियोलाई अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायाँकन गरिएको छ । गीतबारे निर्देशक तथा गीतकार सुमन दाहालले भने,‘हामी अमेरिका तथा अन्य देशमा बस्नेहरुले पैसा कमाएको मात्र नेपालबाट देख्छन् । तर हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाईएको हो ।’

गीतको भिडियोमा पवन गौतमको छायाँकन, सुरेश राउतको सम्पादन, अक्की शर्मा र विकाश सुवेदीको प्राविधिक सहयोग, उत्सब उप्रेतीको ड्रोन एवम् सुमन दाहालको निर्देशन रहेको छ । भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामै गरिएको हो । भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका छ । उनीहरुलाई त्यहाँ रहेका बालबालिकाहरु सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोईराला, दर्शना कोईराला र फ्लोरिशा तिमल्सिनाले साथ दिएका छन् ।

मुलत यो गीतमा छोराछोरी बिदेशमा हुँदा स्वेदशमा रहेको बुबा आमा तथा परिवारको पीडा प्रस्तुत गरिएको छ । यस्तै बिदेशमै रहेकाहरुको नानीबाबु र उनीहरुको बुबा आमाको पीडा तथा कथालाई पनि यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।

‘पाएनी तिमिलाई मैले’ गीतको भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौं- जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टि.भि च्यानल, न्युयोर्कको निर्माण तथा प्रस्तुतिमा ‘पाएनी तिमिलाई मैले। बोलको सुन्दर गीतको भिडियो सार्वजनिक भएको छ । यसभन्दा अगाडी पनि अन्जु पन्तको स्वर र देव कुमार चौधरी संगीतवध्द म्युजिक भिडियो पनि यहि टिमले निर्माण गरेको थियो । हालसम्म जेपिजे ईन्टरटेनमेन्ट न्युयोर्कबाट ‘आउँ माया गासौ हामी जुनि भरि’ सुमन थाम्सुहांङ र सम्झना लावुङ्द्वारा अभिनित म्युजिक भिडियो र अन्जु पन्तको स्वर रहेको दोश्रो म्युजिक भिडियो ‘काडा बिच फुल्ने माया’ र तेश्रो म्युजिक भिडियो निर्माणसंगै सार्वजनिक समेत गरिसकेको छ ।

म्युजिक भिडियो निर्माणलाई निरन्तरता दिने उव्देश्यले राम्रा राम्रा गीतको छनौट गरि म्युजिक भिडियो छायांकन कार्यलाई क्रमिक रुपमा अगाडी बढाई रहेको कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भयो । पुष्पा लिम्बुको शब्द एवं संगीत, मेलिना राईको स्वर, मनि ताम्लिङको एरेन्ज, मिक्सिङ र रेकर्डिङ, सुवाष लिम्बुको क्यामेरा, ड्रोन र सम्पादन रहेको ‘पाएनी तिमिलाई मैले।’ भिडियो रोहित लामगाधेले निर्देशन गरेका हुन् । पुर्वि नेपालको रमणीय स्थान झापाको बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा चन्दा दाहाल र पुर्ण लिम्बु फिचरिङ छन् ।

जेपिजे ईन्टरटेन्मेन्टबाट अहिले नियमित रुपमा अन्तर्राष्ट्रिय रुपमै चर्चा कमाउन सफल कार्यक्रम ‘हेल्लो अमेरिका’ नियमित निर्माण र प्रशारण भैरहेको छ । जेपिजे ईन्टरटेन्मेन्ट अनलाई टि।भि। च्यानल न्युयोर्कका टिम मेम्बरहरुमा परिकल्पना निर्माण र निर्देशन किशोर सुब्बा, सह निर्देशक टोमा लामा, प्रस्तोता शुमन थाम्सुहांङ्, सिनेमाटोग्राफर सम्राट कार्की, ग्राफिक्स प्रविन ढकाल आदि रहेका छन् ।