काठमाण्डौ – विभिन्न गीत लेखनबाट ख्याती कमाएका गीतकार अनिल खनाल पछिल्लो समय निकै ब्यस्त रहेका छन् । उनले अहिले सम्म दर्जनौ गीत लेखिसकेका छन् । अनिलले लोक दोहोरी, आधुनिक लगाएतका गीतहरु लेखिसकेका छन् भने उनलाई पछिल्लो समय फिल्मी गीत लेखनमा पनि माग बढ्न थालेको छ ।
फलस्वरूप अनिलले नेपाली कथानक चलचित्र “तिम्रो हुने कहिले” मा आफ्नो शब्द भरेका छन् । उक्त चलचित्रको गीत “दैब लाग्यो मायामा” बोलको रहेको छ । प्रस्तुत गीतमा रामभक्त जोजिजुको स्वर सुन्न सकिन्छ भने संगीत बाबुल गिरीले भरेका छन् । क्लासिक फ्रेम मुभिजले निर्माण गरेको चलचित्र अब छिट्टै पर्दशनमा आउने निर्माण पक्षले जनाकारी दिएको छ ।
काठमाण्डौ – नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “राष्ट्रिय समावेशी म्यूजिक (निम) अवार्ड २०२२” को आवेदन खुला गरिएकोछ । आगामी चैत्र २० गते ¥याडिसन होटेल काठमाण्डौमा सम्पन्न हुने उक्त अर्वाडका लागी यहि मंसिर १ गतेवाट आवेदन फारम खुल्ला गरिएको हो । विगत ४ वर्ष देखि निरन्तर आयोजना हुदै आएको निम अर्वाडको यो पाँचौ संस्करण हो ।
निम अवार्डमा पहिलो वर्ष देखी नै नेपालमा बोलीने विभिन्न भाषा–भाषीका गीत संगीतहरुलाई बिशेष प्राथमिकताका साथ समेटिदै आएको र अहिले सम्मकै बृहत संख्याका भाषाभाषीका गीतहरुको उत्साहपुर्वक सहभागिता हुदै आएकोले पनि यसलाई नेपालकै पहिलो समाबेशी अवार्डको नारा दिईएको हो ।
नेपाली सहित काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई , लिम्बु , चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीत र भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषाका गीत संगीतहरुलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक समितिले जनाएको छ ।
अंग्रेजी क्यालेन्डर अनुसार २०२१ जनवरी १ देखि २०२१ नोभेम्बर ३० सम्म (१वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरुलाई समावेश गरिने आयोजक समितिको निर्देशक कमला जोशीले वताईन् । गीतहरु दर्ता गर्नको लागी आवेदनको अन्तिम म्याद पौष २५गते सम्मको लागी निर्धारण गरिएको वताईएको छ ।
काठमाडौँ — मंसिर २, २०७८।
मोटी युवतीहरुलाई लक्षित गरेर आयोजना हुँदै आएको नेपालको मोडलिङ सम्बन्धी प्रतिष्ठित प्रतियोगिता ‘सुपर प्लस साईज मोडल नेपाल’ को चौथो संस्करण सुरु हुने भएको छ । बिहीबार एक बिज्ञप्ती जारी गर्दै आयोजक मोडल सङ्ग्स नेपालले ‘सुपर प्लस साईज मोडल नेपाल २०२२’ को आवेदन खुल्ला भएको जनाएको हो ।
यो प्रतियोगिता १६ देखि ४० बर्ष सम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती महिलाहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ ।
मोडल सङ्ग्स नेपालको आयोजनामा संचालित प्रतियोगिता देशभर छरिएर रहेका प्लस साईज युवती/ महिलाहरुलाई अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरि देश तथा बिदेशमा मोडलिङ सम्बन्धि बिभिन्न अवसर प्रदान गर्न अब्बल साबित भएको छ ।

मंसिर २५ गते शनिवार (डिसेम्वर ११) मा मोडल सङ्ग्स नेपालको केन्द्रीय कार्यालय बागबजारमा हुने अडिसनबाट छनौटमा परेका प्रतियोगीलाई मात्र अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ। मोटोपनाका कारण हिनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ‘सुपर प्लस साईज मोडल नेपाल २०२२’ मा नेपालका चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेने छ।
प्लस साईज मोडलिङ सम्बन्धि नेपालको यो एक मात्र उत्कृष्ट प्रतियोगीता भएकोले यसपटक चर्चित फेसन डिजाइनर र नयाँ डिजाइनरलाई पनि अवसर प्रदान गरिनेछ । चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले प्लस साईज युवती/महिलाहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ ब्यवसायिक मोडल उत्पादन गर्न सफल भएको आयोजक संस्था मोडल सङ्ग्स नेपालका प्रमुख डेविल सिंह राजपुतले बताए ।
उक्त प्रतियोगिताका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एक महिने प्रशिक्षण सहित स्टेजमा उतारिनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायत विविध विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण लिनेछन् । प्लस साईज युवती / महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने आयोजक सरोज ओझाले बताए ।
प्रतियोगिताका विजेताले नगद पुरस्कारको साथै दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय फेसन र मोडलिङ क्षेत्रमा अवसर प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । साथै उत्कृष्ट ३ प्रतियोगीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरूमा समावेश हुन पाउनेछन।
प्रतियोगितामा सहभागिताका लागि मोडल सङ्ग्स नेपालको केन्द्रीय कार्यालय बागबजार अथवा अनलाईन फाराम (https://bit.ly/2YnNqD3) बाट समेत आवेदन भर्न सकिनेछ ।
काठमाडौँ - नेपाल चलचित्र कलाकार संघले सदस्यता दिने कार्य हाललाई स्थगित गरेको छ । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाको अध्यक्षतामा कार्तिक २५ गते बसेको कार्यकारिणी समितिको बैठकले संघले कलाकारहरूलाई प्रदान गर्दै आएको सदस्यता र सदस्य कलाकारहरूको निवेदन अनुसार प्रदान गर्दै आएको सिफारिस हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।
साथै बैठकले हालसम्म सदस्यताका लागि परेको आवेदन माथि छानवीन गर्ने र सिफारिसमा केही विदेशी नियोगबाट सदस्य कलाकारको बारेमा सोधनी भइ आएकोले संघ र कलाकारको गरिमालाई यथावत राख्नु जरूरी भएकाले सो सम्बन्धमा सम्बन्धित पक्षसँग पत्राचारगरी सत्य तथ्य पत्ता लगाउनु आबश्यक भएकाले हाललाई सिफारिशसमेत स्थगित गर्ने निर्णय गरेको हो भनि बताइएको छ ।
संघले कम्तिमा पाँच बटा ब्याबसायिक चलचित्रमा अनुबन्ध भएर काम गरेका कलाकारलाई साधारण सदस्य प्रदान गर्ने बिधानमा उल्लेख गरिएको छ । केही सदस्यताको आवेदन सम्बन्धमा उजुरीपरी बुझ्नु परेकाले संघले सदस्यताको विषयमा हाल छानबिन गर्न लागेको हो ।
यसैगरी निर्माण प्रदर्शन र कलाकारको पेशागत उत्थानका लागि चलचित्र क्षेत्रलाई चलायमान बनाउन एकदिबसीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेकोछ । उक्त समितिको संयोजकमा महासचिव चेतबहादुर सिंह राजा र सदस्य सचिवमा कोषाध्यक्ष सुनिल कटुवाललाई मनोनयन गरिएको छ । समिति एघार सदस्यीय रहनेछ ।
सदस्यता र सिफारिसको स्थगनले कलाकारहरूमा पर्न जाने असुबिधाका लागि संघ क्षमा प्रार्थना गरेको कुरा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जनाएका छन् ।
धनगढी — मंसिर १, २०७८
न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता “फेश अफ फारवेस्ट २०२१” को अन्तिम स्पर्धा सम्पन्न भएको छ।
धनगढीको उद्योग वाणिज्य महासंघको सभाहलमाको सम्पन्न भएको “फेश अफ फारवेस्ट २०२१” को सिनियरतर्फको ताज माईलस्टोन स्कूलामा कक्षा चारमा अध्ययनरत एम एस बोहोराले हात पारे भने जुनियर तर्फको उपाधी कक्षा एकमा अध्ययनरत देवयान्स मल्लले हात पारे। विजेताले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्यापरहरु प्राप्त गरेका थिए ।

प्रमुख अतिथी वन कार्यालयका प्रमुख भोजराज पाठक, नाङ्लो रेस्टुरेन्टका बहादुर खत्री, भुवन मल्ल, फोटोग्राफर मेघ महर्जन लगायतका अन्य अतिथीहरुको उपस्थिति रहेको उक्त प्रतियोगितामा फर्स्ट रनर अप बिपिन बम र साम्राज्य बिक्रम सिंह, अर्गनाईजर चोईस जिज्ञासा मल्ल मस्ट डिसिपिलिन पुर्णिमा मल्ल, मिस लिटिल चार्मिङ मोडल छायाँ देउवा, बेस्ट पर्सनालिटी आरति सिंह, मस्ट पङ्चुअल सिरिस ओझा, मस्ट एनर्जेटिक मोडल एलिशा विष्ट घोषित भएका थिए।
कोरियोग्राफर नवराज देउवाको कोरियोग्राफीमा संचालित उक्त कार्यक्रमको निर्णायक मण्डलमा लक्ष्मी सिग्देल, रोशन खत्री, प्रतिक्षा सिंह र रितिका गुरुङ रहेका थिए।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारीरिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । सौन्दर्य प्रतियोगिता मार्फत युवायुवतीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गर्दै आएको र आगामी दिनमा नेपाली कला र सौन्दर्यलाई अन्तर्राष्ट्रिय मंचहरुमा पुर्याउने अर्गनाईजर कमल देउवाले बताए।
काठमाडौं– लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका, गीतकार तथा संगीतकार चन्द्रकला शाहलाई मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा पुरस्कृत गरिएको छ । संगीतकर्मी शाहलाई कन्हैया सिंह परियार राष्ट्रिय संगीत पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको हो ।गायिकाको रुपमा स्थापित शाहलाई नगद ५१ हजार रुपैयाँ राशि तथा सम्मान पत्रसहित सम्मानित गरिएको हो ।
२००६ सालमा दाङमा जन्मिनु भएकी गायिका शाहले लोक गीत–संगीतको क्षेत्रमा लामो समय बिताउनु भएको छ । समारोहमा सांगीतिक क्षेत्रमा साढे दुई दशकभन्दा लामो समयदेखि सक्रिय गायक कन्हैया सिंह परियारले केही अघि अमेरिकामा आफ्नो ५० औं जन्मदिन मनाउने क्रममा उपहारको रुपमा प्राप्त गरेको रकम गायिका शाहलाई पुरस्कारको रुपमा अर्पण गरेका बताए ।
गायन र संगीतको माध्यमबाट आफ्नो सांगीतिक जीवनको रजत वर्ष पुरा गर्दै आजसम्मको अविरल यात्रामा अघि बढिरहेका गायक तथा संगीतकार कन्हैया सिंहले आफ्नो श्रद्धेय बुवा–आमाकाको स्मृति एवं सम्मानमा स्थापित टिकागोपाल डिजिटल एम।क्रिएसन म्युजिक कम्पनि मार्फत गायिका शाहलाई पुरस्कृत गरेका हुन् ।
गायिका शाहलाई पुरस्कारसंगै अर्पण गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ । नेपाली संगीतको क्षेत्रमा संस्थागत रुपमा अगाडि बढ्ने उदेशय अनुरुप विभिन्न कार्य आएको तथा हाल अग्रज नेपाली संगीतकर्मीहरुलाई पुरस्कृत गर्ने सोच अनुसार गायक तथा संगीतकार कन्हैया सिंह परियारको नाममा सथपति पुरस्कार यो वर्ष नेपाली गीत–संगीतको क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा क्रियाशिल विशिष्ट गायिका चन्द्रकला शाहलाई अर्पण गरिएको छ ।’
बरिष्ठ संगीतकार शम्भूजीत बासकोटाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा पुरस्कृत गायिका शाहले रेडियो नेपालमा झण्डै तीन दशक सेवा गरे पनि अन्त्यमा खालि हात फर्किनु परेको दुखेसो व्यक्त गर्दै पुरस्कारका लागि सम्झना गरेकोमा आयोजकलाई धन्यवाद अर्पण गरिन् ।
समारोहमा संगीतकार शम्भूजीत बासकोटाले रेडियो नेपालका जीवन अर्पण गर्ने संगीतकर्मीलाई त्यही रेडियोमात्र होइन राज्यले समेत नहेरेकोमा दुःख व्यक्त गरे ।
समारोहमा संविधानविद् तथा संगीतकर्मी भिमार्जुन आचार्य, संगीतकार सन्तोष श्रेष्ठ, गायक कन्हैया सिंह परियार, चलचित्र निर्देशक माधव राज खरेल सहितका वक्ताले पुरस्कृत गायिका शाहको योगदानको चर्चा गरेका थिए । कार्यक्रम पिम नेपालको ब्यवस्थापनमा टिकागोपाल डिजिटल एम। क्रिएशन म्युजिक कम्पनिका निर्देशक गीता सिंहको सभापतित्वमा सम्पन्न भएको हो ।
काठमाण्डौँ- अफ्सान तमाङग, शुष्मा तमाङगको अभिनय रहेको जुन जस्तै बोल रहेको गीतको भिडियो सार्वज निक भएको छ । दुई प्रेमिल जोडीको प्रेमकथामा तयार पारीएको भिडियोलाई चर्चित फोटोग्राफर कुबेर तामङ्गले निर्देशनगरेका छन भने भिडियो निर्माण कृष्ण प्रजापतिको रहेको छ । भिडियोमा बिशाल थापाको छांयाकन, सनम मगरको सम्पादन तथा कलरिङ्ग, दिया रिजालको मेकअप रहेको छ भने प्रोडक्सन अभी श्रेष्ठको रहेको छ । गायक रक्की लामाको सुमधुर आवाजमा सजिएको यस् गीतमा बिक्रम तमाङगको संगीत, अरुणा सम्बाङपेको शब्द, बिशन मानन्धरको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ्ग भने योगेश काजीको रहेको छ ।
भिडियोलाई सबै दर्शक श्रोता, सञ्चारकर्मीहरुले हेरिदिन र सक्दो शेयर गरेर सहयोग गरिदिनु हुन्छ भन्ने कुरामा आशावादी रहेको कुरा टिमले बताए । भिडियोलाई गायक आरएल मोक्तान नामको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
काठमाण्डौँ- भजन किङगको उपनामले चिनिने चर्चित गायक शशान कडेँलको नयाँ भजन गीत ॐ शिव ॐ को भिडियो सार्वजनिक भएको छ । यस् भिडियोमा विश्व चर्चित नेपालको एैतिहासिक पशुपति क्षेत्र वरपरका मनोरम द्रिश्यलाई कैद गरिएको छ । अहिलेको नयाँ पुस्ताले पनि भजन सुन्नु पर्ने र गाउंदा पनि एउट धर्मिक आस्था हुने भने अर्कोतिर मन पनि शान्त रहने कुरालाई मध्यनजर गर्दै आफुले भजनहरु बजारमा ल्याएको कुरा गायक कंडेलले बताए ।
गीतमा सिन्चुरी सुरेश गमालको शब्द, संगीतकार महेश ज्ञवालीको संगीत, सञ्जय हमालको संगीत संयोजन ९एरेन्ज०, सञ्जीव मैनालीको बांसुरी बादन, सञ्जीव सुब्बाको गीतार र खडग बुढा मगरको मादल बादन रहेको छ । स्वयम गायक शशान कँडेलकै निर्देशन तथा अभिनय रहेको यस् भिडियोमा देव के सी, महेश ज्ञवाली, सुरेश घमाल फिचर्ड छन भने शिवको
विशेष भूमिकामा प्रकाश ओजी रहेका छन ।
बुद्ध थापाको छांयाकन रहेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन भने ड्रोनको काम सुरेश कार्कीको रहेको छ । भिडियोलाई स्वयम गायक शशान कंडेलको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
काठमाडौँ — कार्तिक २९, २०७८।
सामाखुसीकी १० वर्षीया आर्या श्रेष्ठ नेपाल ११४१ को उपाधि चुम्न सफल भएकी छिन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनी शीर्ष सहित फोटोजेनिक र पब्लिक च्वाईसको उपाधि समेत हातमा पार्न सफल रहिन् । उनले उपाधिका साथ २५ हजार नगद समेत उपहारको रुपमा प्राप्त गरेकी छन् ।

उत्कृष्ट ५ मा पुग्न सफल प्रतियोगिहरुलाई प्रतियोगिताका प्रमूख निर्णायक अशोकबाबु श्रेष्ठद्वारा सोधिएको नेवारी कला, संस्कृति र संस्कार किन महत्वपूर्ण छ भन्ने प्रश्नमा संस्कृति मानव निर्मित सामाजिक घटक हो, जुन मानव सभ्यता र उनीहरूको पहिचानको अस्तित्वको लागि बनाइएको हो। यसमा हामीले बोल्ने भाषा, हामीले मनाउने जात्रा र चाडपर्व, हाम्रो समाजमा पालना गर्ने परम्परागत भेषभुषा रीतिरिवाजजस्ता सबै मूर्त र अमूर्त सम्पदा समावेश हुन्छन्। यदि संस्कृति छैन भने मानिसको आफ्नो समुदाय र समाजमा सामाजिक पहिचान हुँदैन। मलाई लाग्छ मानव सभ्य र अनुशासित बनाउनको लागि संस्कृति पनि महत्त्वपूर्ण छ। संस्कृतिले जेठोलाई आदर गर्न र सानोलाई माया गर्न पनि सिकाउँछ। हाम्रो चाडपर्व मनाउन र हाम्रो समुदाय तथा समाजमा हाम्रो भाषा बोल्नको लागि संस्कृति महत्त्वपूर्ण छ भन्ने सटिक जवाफ दिएर निर्णायहरुको मन जितेकी थिइन्। उनलाई प्रमूख उपाधि जितेवापत नगद २५ हजार रुपैंयाँ प्रदान गरिएको थियो।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा प्रनिधी मानन्धर फस्ट रनर्सअपका साथमा सोसियल वेलफेयर एम्बेस्डर चिफ, रिकृष्ना डंगोल सेकेन्ड रनर्स अप भए । फस्ट र सेकेन्ड रनर्स अपका विजेताले क्रमश १५ र १० हजार रुपियाँ नगदसहित उपाधि हात पारेका हुन् ।
नेपाल क्योकुसिन सेइसिनकाइकन कराते संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ, र्यापर निर्णय श्रेष्ठ, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित, लायन्स क्लब डिस्ट्रिक ३२ बि १ नेपालका क्षेत्रीय प्रमुख इन्द्ररत्न बज्राचार्य, लायन्स क्लबका डिस्ट्रिक गर्भनर मणिश्रीरत्न बज्राचार्य र मिस नेवा : ११३८ रीजु मानन्धर निर्णायक तथा अन्तर्राष्ट्रिय व्यवसायी तथा युके एनआरएनका अध्यक्ष अशोकबाबु श्रेष्ठ प्रमुख निर्णायक प्रतियोगितामा रहेका थिए ।

नेवार बालिका तथा किशोरीहरूको आत्मविश्वास बृद्धि तथा नेवारी कला, संस्कार, भाषा र संस्कृतिका बारेमा ज्ञान दिलाउने एवम् पुस्ता हस्तान्तरण गर्ने उद्देश्यका साथ वर्षेनी मिस लिटिल नेवा नेपाल आयोजना गर्दै आएको यसको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो कार्यक्रमले नेवार संस्कार र संस्कृति बचाउन सघाउने चर्चा गर्दै काठमाडौं महानगरभित्रका विद्यालयमा नेवार संस्कृति पठनपाठन गर्ने वातावरण बनाउने बताए । प्रजिता श्रेष्ठको कोरियोग्राफी तथा रोजिन शाक्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाडौं–अधिराज्य मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको छ । अवार्डमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । आयोजकले लामो समयदेखि नेपाली फिल्म र संगीत क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरेको थियो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अधिराज्य मिडियाका अध्यक्ष प्रताप भट्ट, अवार्ड संयोजक रामकाजी भूजेल ‘केवल’लगायतले स्रष्टालाई अवार्ड प्रदान गरेका थिए ।
अवार्डअन्तर्गत फिल्म विधामा फिल्म ‘सञ्जोग’का लागि निर्देशक वेदप्रसाद भुजेलले ‘उत्कृष्ट चलचित्र निर्देशक’, ‘मन्दिरा’का लागि नरेन खड्काले ‘उत्कृष्ट अभिनेता’, ‘लक्ष्मी रानी’का लागि सुभेक्षा थापाले ‘उत्कृष्ट अभिनेत्री’, ‘म त मर्छु कि क्या हो’को गीतका लागि राजेन्द्र बजगाईंले ‘उत्कृष्ट पाश्र्व संगीत’, ‘ब्याड ब्वाई’का लागि राजुजंग थापाले ‘उत्कृष्ट द्वन्द्व निर्देशन’, शंकर बस्नेतले ‘उत्कृष्ट प्रोडक्सन मेनेजर’, ‘आमा’का लागि दीर्घ खड्काले ‘उत्कृष्ट सम्पादक’, ‘धन्दागिरी’का लागि दिनेश खड्काले ‘उत्कृष्ट खलपात्र’, ‘लक्ष्मी रानी’का लागि धिरेन शाक्यले ‘उत्कृष्ट सह–अभिनेता’, कमल राईले ‘उत्कृष्ट नृत्य निर्देशक’, ‘भद्रगोल’की आशा भुषालले ‘उत्कृष्ट अभिनेत्री’ र मेकअप आर्टिष्ट राकेश रनपालले ‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड जिते ।
सुगम संगीत विधातर्फ ‘यस्तो माया’का लागि दीपक शर्माले ‘उत्कृष्ट संगीतकार आधुनिक’, ‘पर्दैन पर्दैन’का लागि वेनिशा पौडेलले ‘उत्कृष्ट गायिका आधुनिक’, ‘यस्तो माया’का लागि प्रताप दासले ‘उत्कृष्ट गायक आधुनिक’, ‘आटो पिठो’का लागि एलिजा गौतमले ‘उत्कृष्ट मोडल महिला’, ‘काँचुली’का लागि कमल सिंहले ‘उत्कृष्ट मोडल पुरुष’, ‘एक्लै हुँदा परदेशमा’का लागि साहिल खानले ‘उत्कृष्ट नवनिर्देशक’, ‘जेल पनि सहुँला’का लागि विष्णु खड्काले ‘उत्कृष्ट भिडियो सम्पादक’, अमृता कँडेल खकुरेलले ‘उत्कृष्ट मेकअप र फेसन डिजाइन’ अवार्ड जिते ।
त्यस्तै ‘त्यो तिम्रो चोखो प्रेमको’ लागि पुरुषोत्तम प्रधानले ‘उत्कृष्ट छाँयाकार’, ‘पानी कुवाको’का लागि अलिफ खानले ‘उत्कृष्ट पप गायक’, ‘सालघारी’का लागि रानी शाक्यले ‘उत्कृष्ट पप गायिका’, ‘सिरानीलाई’का लागि ओमप्रकाश राईले ‘उत्कृष्ट संगीतकार पप’, ‘ए काली भागौं यसपाली’का लागि दीपक आचार्य ‘काकु’ले ‘उत्कृष्ट निर्देश्क पप’, ‘तिमी नै’का लागि नविनकुमार पौडेलले ‘उत्कृष्ट लोक गायक’, ‘ओई मेरी’का लागि लक्ष्मी आचार्यले ‘उत्कृष्ट गायिका लोक’ र ‘तिमी नबुझी’का लागि विज्ञान राईले ‘उत्कृष्ट भिडियो निर्देशक आधुनिक’को अवार्ड पोल्टामा पारे ।
कार्यक्रममा अमरबहादुर विश्वकर्मालाई निर्देशनतर्फ र भुपेन्द्र अधिकारीलाई सम्पादनतर्फ ‘स्पेशल अवार्ड’ दिइएको थियो । त्यस्तै ‘न्यानो बस्ती’का निर्देशक दण्डबहादुर अधिकारी र मेकअप आर्टिस्ट अनिमेश गुरुङले पनि अवार्ड पाएका थिए ।
त्यस्तै उमा बेबी गिरी, निर्देशक आकाश अधिकारी, छायांकार राजेश खड्का, पुरुषोत्तम पराजुली, मोडल जानकी कुँवर, मेकअप आर्टिस्टहरु नारायण भट्टराई, सुनिता मरासैनी, निशा राना, पप गायक सुरज पौडेल र निर्देशक कुमार आचार्यले ‘जुरी अवार्ड’ पाएका थिए । ‘पपुलर च्वाईस अवार्ड’ भने मिलन नेवार, गीता शाह र भीष्मराज फुलाराले जिते ।
कार्यक्रममा अभिनेता सरोज खनाल र गायिका मञ्जु थापालाई ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’, गीतकार डीआर उपाध्याय, खलपात्र तुलसीप्रसाद श्रेष्ठ, अभिनेता पुष्टबहादुर घिमिरे, गायिका विद्या तिवारी, मिक्सर मनोज परियार र सम्पादक नहकुल खड्कालाई ‘राष्ट्रिय कलाकार सम्मान’, युवा उद्यमी नवराज श्रेष्ठलाई ‘उद्यमी सम्मान’ र निर्देशक उत्तमप्रसाद अधिकारीलाई ‘कार्यक्रम व्यवस्थापक सम्मान’ प्रदान गरिएको थियो ।
पत्रकारितार्फ पत्रकार लक्ष्मण सुवेदीलाई नगद राशीसहित ‘सर्वोत्कृष्ट चलचित्र पत्रकार २०७७’ बाट पुरस्कृत गरिएको थियो भने डब्बु क्षेत्री, विष्णु सुवेदी, कुवेर गिरी, नेमिष गौतम र गोपीकृष्ण चापागाईंलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो ।
यसैगरी छायाँकार जीवन पराजुली, फिल्म निर्देशक मदन घिमिरे, संगीतकार राजु सिंह, छायाँकार रविचन्द्र कोइराला र बरिष्ठ संचारकर्मीर सरोज ओझालाई ‘जुरी सर्टिफिकेट’ दिइएको थियो ।