automobile
||Power News Asia||

आजको समाचार

स्कोडा र्‍यापीड टर्बो इन्जिनमा, पहिलेभन्दा सस्तो हुन सक्ने

अटोमोबाइल


काठमाडौं । स्कोडाले आफ्नो चर्चित इन्ट्रीलेवल सेडान र्‍यापीड कारमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिनको साथ बजारमा उतारेको छ । कम्पनीले भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा र्‍यापीडलाई ल्याएको हो ।

१.० लिटर टिएसआई इन्जिनले ११० बीएच पावर र १७५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । अटोमेटिक गियरबक्स युक्त र्ययापीड आगामी चाडवार्डको समयसम्ममा बजारमा आउने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले र्‍यापीडलाई ५ भेरियन्टमा बजारमा उतारेको छ । जसमा एक्टीभ, एम्बीसन, ओनेक्स, स्टाइल र मोन्टे कार्लो भेरियन्ट रहेका छन् ।

अहिले नेपालमा स्कोडाको विभिन्न ६ भेरियन्ट बिक्री हुँदै आएको छ । कम्पनीले अहिले पेट्रोल र डिजेल दुबै इन्जिनमा बिक्री गर्दै आएको र्‍यापीड अब भने डिजेल इन्जिन उत्पादन हुने छैन । त्यसैले अब आउने नयाँ र्‍यापीड पेट्रोल इन्जिनमा मात्रै हुने छ ।

यसअघि १.६ लिटर इन्जिनमा आउने र्‍यापीड अब १.० लिटर इन्जिनमा आउने छ । यसअघिको र्‍यापीडको तुलनामा नयाँ र्यापीड नेपाल आउँदा कम मूल्यमा पाउन सकिने संभावना रहेको छ । नेपाल सरकारले सवारीसाधनको अन्तःशुल्क सीसीको आधारमा तय गर्ने भएकाले पहिलेको तुलनामा १.० लिटर इन्जिन हुँदा दुई तह कम अन्तःशुल्क लाग्छ ।

अहिले नेपालमा सबैभन्दा कम मूल्यको र्‍यापीडको मूल्य ३८ लाख ४५ हजार रुपैयाँ रहेको छ भने सबैभन्दा महंगो मोडलको मूल्य ५७ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

यस्तो छ सबै भेरियन्टको मूल्य

टोयोटाको सब फोर मिटर एसयूभीको नाम ‘अर्वान क्रुजर’, अक्टोबरमा सार्वजनिक हुने

अटोमोबाइल


काठमाडौं । मारुती सुजुकी भिटार ब्रेजालाई टोयोटाले ‘अर्वान क्रुजर’ नामबाट आफ्नो ब्राण्डमा ल्याउने भएको छ । कम्पनीले आगामी दिपावलीको समय पारेर यसलाई बजारमा ल्याउने तयारी गरेको हो ।

अक्टोबरसम्ममा बजारमा ल्याउने जनाइएको यो एसयूभी कोभिड १९ को कारण सार्वजनिक गर्ने समय सार्नु परेको बताइएको छ । अन्यथा कम्पनीले मेसम्ममा नै बजारमा ल्याउने तयारी गरेको थियो । टोयोटाले आफ्नो ल्याण्ड क्रुजरबाट प्रभावित भएर यसको नाम अर्वान क्रुजर राख्ने तयारी गरेको रिपोर्ट अटोकार इन्डियाले प्रकाशन गरेको छ ।

रिपोर्टमा भनिएको छ, टोयोटाले सुरुवातमा उत्पादन गरेको एसयूभी क्रुजर नामबाट चिनिएकाले आफ्नो स्थापित क्रुजरको प्रयोग सानो सब फोर मिटर एसयूभीमा गर्ने भएको हो ।

टोयोटा ब्राण्डमा आउने अर्वान क्रुजर सुरक्षाको हिसावले भिटारा ब्रेजाभन्दा उत्कृष्ट रहने अनुमान गरिएको छ । अहिले नेपालमा बिक्री भइरहेको ब्रेजा ग्लोवल एनक्यापमा ४ स्टार रेटिङ प्राप्त सब फोर मिटर एसयूभी हो ।

अर्वान क्रुजर नाम टोयोटाले दिनुको पछाडि यो गाडीमा अफरोड क्षमता नहुनु भन्ने भएको रहेको रिपोर्टले दाबी गरेको छ । टोयोटा विश्वमा अफरोड एसयूभी निर्माणमा अग्रणी रहँदै आएको छ ।

अर्वान क्रुजरमा ब्रेजामा रहेको १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन रहने छ । दिइएको छ । उक्त इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।

हाइब्रिड टेक्नोलोजीको प्रयोग भएको यो सब फोर मिटर एसयूभी अन्तर्राष्ट्रिय बजारमा टोयोटाले बिक्री गर्ने जनाइएको छ ।

टोयोटाको पहिलो इलेक्ट्रीक एसयूभी चीनमा सार्वजनिक, यस्तो छ रेञ्ज र मूल्य

अटोमोबाइल


काठमाडौं । टोयोटा मोटरले सन् २०१९ सांघाई अटो शोमा पहिलो पटक प्रोटोटाइप प्रदर्शनी गरेको ‘सिएचआर इभी’ एक वर्षपछि चीनबाटै बिक्री सुरु गरेको छ । कम्पनीले यसलाई विभिन्न ५ भेरियन्टमा उपलब्ध गराएको जनाकारी दिएको हो ।

इलेक्ट्रीक सिएचआरको मूल्य ३१ हजार ८७० देखि ३५ हजार ३५७ अमेरिकी डलरसम्म तोकिएको छ । यो टोयोटाले तयार गरेको पहिलो इलेक्ट्रीक एसयूभी समेत हो । कम्पनीले सन् २०३० सम्ममा ५५ लाख यूनिट इलेक्ट्रीक भेहिकल बिक्री गर्ने रणनीतिको एक हिस्साको रुपमा सिएचआर इलेक्ट्रीक एसयूभी चिनियाँ बजारबाट ल्याएको हो ।

कम्पनीले यसमा ५४.३ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री दिएको छ । अधिकतम २०१ बीएच पावर प्रदान गर्ने क्रसओभर एसयूभीलाई एक पटकको फुलचार्जमा ४०० किलोमिटर चलाउन सकिने दाबी गरिएको छ ।

सून्यबाट ७५ प्रतिशत व्याट्री चार्जगर्न डिसी फास्ट चार्जरलाई ५० मिनेट लाग्ने बताइएको छ । यसको चिनियाँ बजारमा सिधा प्रतिस्पर्धा होन्डाई कोनासँग हुने जनाइएको छ ।

यसमा कम्पनीले कम्बस्चन इन्जिनयुक्त क्रसओभर एसयूभीको अधिकांस फिचर प्रदान गरेको छ । यसमा १२.३ इन्चको डिजिटल इन्ट्रुमेन्ट कन्सोल, टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, पुरै सेतो कलरमा सिट, कालो कलरमा ड्यासबोर्ड, मल्टी फङ्सनल स्टेरिङ ह्वील जस्ता फिचर उपलब्ध रहेको छ ।

कुपे रुफलाईन दिइएको यो गाडीमा स्वीप्टव्याक हेडल्याम्प, एलइडी टेल लाइट, ७ एयरव्याग जस्ता विशेषता पाउन सकिन्छ ।

३६० सीसी क्षमताको इन्जिनबाट सुरु भएको सुजुकी जिम्नीको ५० वर्षे यात्रा

अटोमोबाइल


काठमाडौं । जापानी कार निर्माता कम्पनी सुजुकीले आफ्नो सानो साइजको अफरोड एसयूभीको उत्पादन सुरु गरेको ५० वर्ष पूरा भएको छ । जिम्नीको पुरानो मोडल नेपाली सडकमा अहिलेपनि गुडिरहेको पाउन सकिन्छ ।

कम्पनीले आफ्नो जिम्नीको ५० वर्षे यात्रामा २८ लाख यूनिट बिक्री गर्न सफल भएको छ । जिम्नी करिब १९४ देशमा गुडिरहेको सुजुकीले जानकारी दिएको छ । कम्पनीले हरेक जेनेरेशनमा केही पृथक, नयाँ फिचर र विशेषता प्रदान गर्दै आएको छ ।

सन् १९७० देखि १९८१ सम्म पहिलो जेनेरेशन जिम्नीको बिक्री गरेको थियो । पहिलो जेनेरेशनमा ३६० सीसी क्षमताको इन्जिन रहेको यो एसयूभीले २५ बीएच पावर प्रदान गर्ने क्षमता राख्थ्यो ।

त्यसैगरि कम्पनीले यसको दोस्रो जेनेरेशन १९८१ मा बजारमा उतारेको थियो । १९९८ सम्म बजारमा दोस्रो जेनेरेशन जिम्नीको बिक्री भएको थियो । उक्त जिम्नीमा १००० सीसी क्षमताको इन्जिन रहेको थियो । उक्त इन्जिनले ४५ बीएच पावर प्रदान गथ्यो भने १९८४ मा यसको इन्जिनमा परिवर्तन गरि १.३ लिटर पेट्रोल इन्जिन दिइएको थियो । उक्त इन्जिनले ६७ बीएच पावर प्रदान गथ्र्यो ।

१९९८ मा जिम्नीको तेस्रो जेनेरेशन मोडल बजारमा आएको हो । यो जेनेरेशन २०१८ सम्म अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको थियो । यो मोडलमा कम्पनीले टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन दिएर ल्याएको थियो ।

चौथो जेनेरेशन मोडल २०१८ मा बजारमा आएको हो । नयाँ जेनेरेशन जिम्नीमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०२ बीएच पावर प्रदान गर्छ । यसमा म्यानुअल र अटोमेटिक दुवै गियरबक्स अप्सन दिइएको छ ।

४ सिट क्षमता रहेको यो गाडीमा फोर ह्विल ड्राइभ अप्सन दिइएको छ । राउन्ड हेडल्याम्प, छुट्टै इन्डिकेटर, एलइडी टेलल्याम्पको बीचमा स्पेयर टायर दिइएको जिम्नी निकै आकर्षक देखिन्छ ।

नेपालको लागि सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले यसलाई पुनः नेपाल ल्याउने तयारी गरेको छ ।

चीनले बनायो अर्को सस्तो इलेक्ट्रीक एसयूभी, झट्ट हेर्दा टाटा नेक्सन जस्तै

अटोमोबाइल


काठमाडौं । अहिले अन्तर्राष्ट्रिय बजारमा इलेक्ट्रीक कारको बिक्री र चर्चा बढ्दो क्रममा रहेको छ । चिनियाँ कम्पनी बिवाइडीले उत्पादन गरेको फोर्ड इकोस्पोर्ट जस्तै देखिने इलेक्ट्रीक कार चीनमा सर्वाधिक बिक्री हुने मोडलमा परेसँगै टाटा नेक्सनसँग मिल्दो जुल्दो अर्को एसयूभी चिनीयाँ बजारमा आएको छ ।

फेङसेङ अटोमोटिभले बजारमा ल्याएको ‘म्यापल ३० एक्स’ इलेक्ट्रीक कार झट्टहेर्दा टाटा नेक्सन जस्तै देखिन्छ ।

पछिल्ला दिनमा साना र सस्ता मूल्यका एसयूभी धेरै मानिसको रोजाईमा पर्ने भएकाले कम्पनीले सब फोर मिटर साइजमा यसलाई कम्पनीले बजारमा ल्याएको हो ।

यो कारले एकपटकको फुलचार्जमा ३०६ किलोमिटरको दुरी तय गर्ने जनाइउको छ । यसका कुन साइजको ब्याट्री दिइएको छ भन्ने जानकारी अहिलेसम्म दिइएको छैन । तर, यसमा रहेको व्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ ।

केन्डी टेक्नोलोजी र गिली मोटर कम्पनीको संयुक्त लगानीमा स्थापना भएको फेङसेङ ब्राण्डले म्यापल ३० एक्समा दिएको इलेक्ट्रीक मोटरले ९४ बीएच पावर प्रदान गर्ने जनाइएको छ । तर, कम्पनीले यसको आधिकारीक पुष्टी गरेको छैन ।

नयाँ कारमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टार, क्लाइमेट कन्ट्रोल, एलइडी लाइट, इन्फोटेनमेन्ट सिस्टम र इलेक्ट्रीक सनरुफ जस्ता फिचर उपलब्ध रहेको छ ।

यसको मूल्य ९ हजार ७७८ डलर तोकिएको जनाइएको छ ।

पल्सर २२० एफ एबीएस नेपाल भित्रियो, लकडाउन सकिएपछि बिक्री सुरु हुने (मूल्यसहित)

अटोमोबाइल


काठमाडौं । नेपाली बजारमा लोकप्रिय मोटरसाइकल बजाज पल्सर २२० को एबीएस भर्सन नेपाली बजारमा भित्रिएको छ । कोरोनाका कारण लकडाउन भएपछि यो मोटरसाइकल २२० एफको एबीएस भर्सन बिक्री शुरु हुन सकेकाे थिएन । अब लकडाउन सकिएपछि बिक्री सुरु हुने भएको हो ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले नेपालमा नै एसेम्बल गरेको यो मोटरसाइकलको मूल्य ३ लाख ३६ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

बजाज अटोले केही समय अगाडि भारतीय बजारमा बजाज पल्सर २२० को एबीएस भर्सन सार्वजनिक गरेको थियो ।

दुवै ह्वीलमा डिस्क ब्रेक रहको यो मोटरसाइकल हाल नेपाली बजारमा नन् एबीएस भर्सनमा विक्री हुँदै आएको छ ।

सन् २००८ बाट नेपाली सडकमा गुड्न थालेको यो बाइक करिब ३ लाखभन्दा माथि यूनिट सडकमा गुडिरहेको अनुमान गर्न सकिन्छ ।

यो मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २०.६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । यस बाइकको टपस्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ । १५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ ।

नेपाली बजारमा नन् एबीएस भर्सनको मूल्य ३ लाख १६ हजार ९०० रहेको छ ।

बिवाइडीले नेपाल ल्याए १७ लाखमा नै पाउन सकिन्छ ‘E1’ इलेक्ट्रीक

अटोमोबाइल


काठमाडौं । चिनीयाँ अटो उत्पादक कम्पनी बिवाइडीले सानो साइजको इलेक्ट्रीक कार ‘ई-१’ चीनमा २०१९ को अप्रिलदेखि बिक्री गर्दै आएको छ । यो सानो इलेक्ट्रीक कार यूरोपियन बजारमा समेत निकै चर्चा बटुल्न सफल भइसकेको छ ।

कम्पनीले यसको एक्सटेरियर बिवाइडी एफ जिरोबाट प्रभावित भएर निर्माण गरेको हो । यसमा क्लोज अफ ग्रिलसँगै डबल सर्कुलर हेडलाइट क्लस्टर दिइएको छ । यसले कारलाई थप आर्कषक बनाएको छ भने, बिवाइडीको आइकोनिक ब्लु एन्ड ह्वाइट नेमप्लेट लगाइएको छ । यसका साथै, रिङगी वेस्टलाइन र लाइन अन ह्वील स्ट्रीमले कारलाई थप आकर्षक बनाएको छ । कारलाई ओरेन्ज र ग्रे कलर अप्शनमा उपलब्ध गराइएको छ ।

यो सानो कारको लम्बाई ३४६५ एमएम रहेको छ भने, चौडाई १६१८ र उचाई १५०० एमएम रहेको छ । कारको ह्वीलवेस २३४० एमएम दिइएको छ ।

यसमा दिइएको इलेक्ट्रीक मोटरले ६१ बीएच पावर र ११० एनएम टर्क उत्पादन गर्छ । कम्पनीले यसमा ३२.२ किलोवाट आवरको लिथियम म्याग्नेट ब्याट्री प्याक दिएको जनाएको छ । उक्त व्याट्रीले एक पटकको फुलचार्जमा ३०५ किलोमिटर रेञ्ज प्रदान गर्ने छ ।

बीवाईडीको यो सानो कारमा रियर पार्किङ क्यामरा, सार्क फिन एन्टेनाजस्ता आधुनिक विशेषता दिएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा पनि बिवाइडीका इलेक्ट्रीक कारहरु बिक्री वितरण हुँदै आएका छन् । साइमेक्स इन्कले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको बिवाइडीको कारमा ई ६ र एमपीभी एम ३ मात्र उपलब्ध रहेको छ ।

तर, कम्पनीले २०२० मा केही मोडल थप ल्याउने जनाएको छ । यस्तोमा ई-१ नेपाल आउन सक्ने अनुमान गर्न सकिन्छ । यदि यो कार नेपाल आउने हो भने यसको मूल्य १६ लाखदेखि २२ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ८ हजार ६०० डलरदेखि ११ हजार ५०० अमेरिकी डलरसम्म रहेको छ ।

रोयल इनफिल्डको नयाँ मोडल ‘मेटेर ३५०’ को मूल्य र आधिकारिक तस्बिर बाहिर आयो

अटोमोबाइल


काठमाडौं । ५०० सीसी क्षमताको मोटरसाइकलका अधिकांस मोडलको उत्पादन बन्द गरेको रोयल इनफिल्डले बजारमा ल्याउन तयार गरेको ‘मेटेर ३५०’ लकडाउनको कारण पछाडि धकेलिएको छ । अब कम्पनीले लकडाउन अन्त्य भएको केही दिनपछि भारतीय बजारमा सार्वजनिक गर्नेछ । त्यसपछि बिस्तारै नाडा अटो शो २०२० सम्ममा नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

यसैबीच मेटेर ३५० को मूल्य सार्वजनिक भएको छ । कम्पनीले १ लाख ६८ हजार ५०० भारतीय मूल्य तोकेको छ । यो मूल्यमा कम्पनीले एशोसरिज समेत प्रदान गर्ने अनुमान गरिएको छ ।

यसअघि भारतका विभिन्न क्षेत्रमा परिक्षणको क्रममा देखिएको यो मोटरसाइकल निकै प्रतिक्षा गरिएको मोडलमा रहेको छ । कम्पनीले यसमा अधिकांस फिचर थन्डरवर्ड ३५० एक्सबाट लिइएको हो ।

डबल कार्डिल फ्रेममा बनेको यो मोटरसाइकलमा सेमिडिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । रेट्रो स्टाइल राउन्ड टेलल्याम्प, पछाडि ट्वीन सक एब्जर्बर दिइएको छ । अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क दिइएको छ ।

डबल च्यानल एबीएससहित आउने यस मोटरसाइकल चेन ड्राइभ अप्सनमा उपलब्ध हुने छ । यसमा लोअर सेट ह्याण्डलबार दिइएको छ ।

कम्पनीले यसमा ३४६ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन दिने छ । उक्त इन्जिनले १९.८ बीएच पावर र २८ एनएम टर्क प्रदान गर्ने जनाइएको छ । यसमा ५ स्पीड गियरबक्स उपलव्ध हुने छ ।

नेपालमा बिक्री हुने सस्तो कार ‘रेडी गो’को नयाँ फेसलिफ्ट आउँदै

अटोमोबाइल


काठमाडौं । डाट्सन इन्डियाले लकडाउन कै समयमा नयाँ रेडी गोको तस्बिर सार्वजनिक गर्दै चाँडै बजारमा आउने संकेत दिएको छ । नेपालमा पायोनियर मोटोकर्पले नेपालमा बिक्री गर्दै आएको डाट्सन रेडीको नयाँ फेसलिफ्ट मोडल बजारमा आउने भएको हो ।

नयाँ रेडी गो पुरानोको तुलनामा निकै परिमार्जन सहित आउन लागेको तस्विरले संकेत गरेको छ । यसमा ठूलो रेडियटर ग्रिल, स्लीकर हेडल्याम्प, एल सेपमा डिआरएलएस र नयाँ बम्परको प्रयोग भएको देख्न सकिन्छ ।

कम्पनीले टर्न इन्डिकेटरको नजिकै रेडी गोको व्याच दिएको छ । रुफरेलको प्रयोगले गाडीलाई पहिलाभन्दा ठूलो देखाएको छ । यसमा ५ ट्वीन स्पोक ह्वील दिइको तस्विरमा देख्न सकिन्छ ।

फेसलिफ्ट रेडी गोको इन्टेरियरमा पनि केही परिमार्जन गरिएको छ । यसको इन्ट्रुमेन्ट क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टमा परिवर्तन पाउन सकिने अपेक्षा गरिएको छ ।

कम्पनीले बीएस ६ मापदण्डको ०.८ लिटर र १.० लिटर पेट्रोल इन्जिनमा ल्याउने यो कारमा थ्रि सिलिण्डर इन्जिन रहेको छ ।

०.८ लिटर इन्जिनले अधिकतम ५४ पीएस पावर र ७२ एनएम टर्क प्रदान गर्छ भने यसले प्रतिलिटर २२ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । त्यस्तै १.० लिटर इन्जिनले ६८ पीएस वावर र ९१ एनएम टर्क प्रदान गर्छ ।

नेपाली बजारमा डाट्सन रेडी गो दुबै इन्जिन अप्सनमा बिक्री वितरण हुँदै आएको छ । कम्पनीले ०.८ लिटर रेडी गोको मूल्य १९ लाख ९९ हजार र १.० लिटरको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ ।