म्याग्दी — भाद्र ६, २०७७ ।
हिमाली जिल्ला म्याग्दीमा अपराधजन्य क्रियाकलापहरु बढ्दै गएको देखिएको छ । जिल्लामा अभद्र व्यवहार, सामाजिक, सङ्गठित तथा आर्थिक अपराध, चोरी, ज्यानसम्बन्धी कसुर, महिला तथा बालबालिका, सवारी र आत्महत्या लगायतका अपराधहरु बढेको हो ।
गएको १ वर्षमा प्रहरी कार्यालयमा दर्ता भएको अपराधजन्य मुद्दाको तथ्याङ्कलाई हेर्दा पछिल्लोपटक म्याग्दी जिल्लामा आपराधिक घटनाहरु बढेको देखिन्छ । गत आर्थिक वर्ष २०७६र७७ मा जिल्लाभर कुल १ सय ५७ वटा अपराधका घटनाहरु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गएको १ वर्षको अवधिमा मात्रै प्रहरी कार्यालयमा सो संख्यामा अपराधका घटनाहरु दर्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका १ सय ५७ वटा मुद्दाहरुमध्ये गत आवसम्म विभिन्न प्रकृतिका ८८ वटा मुद्दाहरु फस्र्यौट भएकोमा ६९ वटा फस्र्यौट हुन बाँकी रहेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार सबैभन्दा धेरै अभद्र व्यवहारतर्फ कुल ४१ वटा मुद्दा दर्ता भएकोमा ३९ वटा फस्र्यौट भैसकेको छ भने २ वटा मुद्दा बाँकी रहेको छ । यसैगरी आपराधिक उपद्रो, सामाजिक भौतिक संरचनामा क्षति र व्यक्ति बेपत्ता पार्न नहुनेतर्फ १र१ वटा मुद्दा दर्ता भएकोमा ती सबै फस्र्यौट भैसकेका छन् ।
त्यस्तै ज्यानसम्बन्धी कसुरको शीर्षक अन्तर्गत सबैभन्दा धेरै भवितव्य ज्यानतर्फ कुल २४ वटा मुद्दा दर्ता भएकोमा सबै मुद्दा फस्र्यौट हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । सो शीर्षकअन्तर्गत फुटकर ज्यान ९, ज्यान मार्ने उद्योग ५, कर्तव्य ज्यान ३ र गौबध पशुपंक्षीसम्बन्धी कसुरमा २ वटा मुद्दा दर्ता भएको छ । यस शीर्षकमा कुल ४३ वटा मुद्दा दर्ता भएकोमा १० वटा मात्रै फस्र्यौट भएको छ भने ३३ वटा मुद्दा फस्र्यौट हुन बाँकी रहेको प्रहरी निरीक्षक शर्माले बताएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।
स्वास्थ्य सामग्री खरिदसम्बन्धी करार सम्झौता उल्लंघन हुँदा मध्यस्थकर्ताबाट कानुनी उपचार खोज्नुपर्नेमा ओम्नी समूह सोझै सर्वोच्च अदालत गएको थियो ।
१५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश
काठमाडौँ — भाद्र ६, २०७७ ।
स्वास्थ्य सामग्री खरिदसम्बन्धी सम्झौता रद्द भएपछि धरौटी जफतको निर्णय फिर्ता गर्न र आफूलाई कालोसूचीमा नराख्न माग गर्दै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
ओम्नी समूहका तर्फबाट गत मंगलबार पारस केसीले दिएको निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले ‘ओम्नी समूहले मध्यस्थकर्ता नियुक्तिको प्रक्रिया थालेको’ भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अल्पकालीन अन्तरिम आदेश अस्वीकृत भए पनि दुवै पक्षको जवाफ परेपछि संयुक्त इजलासबाट अन्तरिम आदेशका लागि ओम्नीले प्रयास गर्नेछ ।
सर्वोच्चको आदेशमा करार अन्त्य भइसकेको र निवेदक स्वयंले पनि रिटमा मध्यस्थकर्ता नियुक्तिको प्रक्रिया सुरु गरेको भनी उल्लेख गरेकाले अन्तरिम आदेश जारी गरिरहनुनपर्ने उल्लेख गरिएको छ । सर्वोच्च अदालतले सरकारलाई भने १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । मुद्दालाई सुनुवाइका लागि प्राथमिकता दिन ‘अग्राधिकार’ को आदेश पनि गरेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालय स्रोतका अनुसार दुई पक्षीय सम्झौतामा चित्त नबुझ्ने पक्षले मध्यस्थकर्तामार्फत विवाद समाधान गर्नुपर्नेमा ओम्नी सोझै सर्वोच्च अदालत गएको हो । ‘सार्वजनिक खरिद सम्झौता एक प्रकारको करार नै हो । धरौटी, भुक्तानीलगायत विवाद पक्षहरूले नियुक्त गर्ने मध्यस्थकर्ताले टुंग्याउने हो,’ स्रोतले कान्तिपुरसित भन्यो, ‘मध्यस्थकर्ताको निर्णय चित्त नबुझे उच्च अदालत जान पाइने व्यवस्था छ । त्यो नियमित प्रक्रिया उल्लंघन गरी सोझै सर्वोच्च अदालतमा गएर कानुनी उपचार खोज्नु गलत हो ।’
ओम्नीले पनि निवेदनमा मध्यस्थकर्ताबाट आफ्नो कानुनी हक खोज्ने प्रक्रिया थालेको जनाएको छ । तर उसले नियमित प्रक्रिया थाल्नुअघि नै सर्वोच्च अदालतबाट कानुनी उपचार थाल्न खोजेको देखिन्छ । कालोसूचीको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्णय गरेपछि मात्रै कानुनी उपचार खोज्नुपर्नेमा ओम्नीले निर्णय हुनुअघि नै त्यसलाई रोक्नुपर्ने ‘निषेधाज्ञा’ प्रकृतिको आदेश माग गरेको हो । विभागले ओम्नीसँग १ अर्ब २४ करोड ६८ लाख ४८ हजार नेपाली रुपैयाँको सामान ल्याउने सम्झौता गरेको थियो ।
ओम्नी समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय र विभाग, कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति र धरौटी राखेको हिमालयन बैंक लिमिटेडलाई विपक्षी बनाएको छ । आफूलाई कालोसूचीमा राख्ने निर्णय रोक्नुपर्ने माग राखी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि विपक्षी बनाएको छ । ओम्नी समूहले आफूसँगको सम्झौता रद्द गर्ने निर्णय खारेज गरेर त्यसलाई यथावत् राख्नुपर्ने माग गरेको छ । उसले निर्णय खारेज भएपछि बाँकी सामान आफूले आपूर्ति गर्न पाउनुपर्ने र त्यसको भुक्तानी हुनुपर्ने माग राखेको छ । उसले हिमालयन बैंकबाट जफत भएको धरौटी फिर्ताको माग राखेको छ ।
०७६ चैत १४ गते ओम्नीले स्वास्थ्य सामग्री खरिदका लागि हिमालयन बैंकमा ५ लाख १६ हजार ९ सय २२ अमेरिकी डलर बराबरको जमानत रकम राखेको थियो । १ सय २० रुपैयाँका दरले हिसाब गर्दा त्यो रकम ६ करोड ३० लाख रुपैयाँ हुन्छ । त्यो रकम सरकारले जफत गरेको थियो ।
ओम्नीले स्वास्थ्य सेवा विभागसँग गरेको सम्झौताअनुसार गत चैत १६ गते पहिलो खेपको सामान नेपाल ल्याएको थियो । त्यो बेला ओम्नीले अर्को चरणको सामान ल्याउन नसकेपछि चैत २३ गतेसम्मका लागि म्याद थप गरिदिन आवेदन दिएको थियो । तर त्यसको साटो सम्झौता अन्त्य गरेर आफूमाथि अन्याय गरेको दाबी ओम्नीको छ । ओम्नीसँगको सम्झौतापछि सरकारले मिलेमतोमा स्वास्थ्य सामग्री खरिद गरेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गरेको थियो । त्यतिबेला पहिलो खेपमा नै भनेजति सामान नल्याएको र दोस्रो चरणको सामान ल्याउन कुनै पहल नगरेको कारण देखाएर सम्झौता रद्दको निर्णय गरिएको थियो ।
आफूलाई सम्झौता रद्दको पत्रमात्रै दिएको र त्यसको निर्णय माग्दासमेत विभागले लामो समयदेखि अलमल्याएको ओम्नीको आरोप छ । पछि भने विभागले सम्झौताबमोजिम गर्ने कामबापतको जमानत जफत गर्ने निर्णय गरेको थियो । त्यसैगरी त्यो काम गर्न/गराउन लाग्ने थप रकम यकिन गरी बाँकीसरह असुलउपर हुनुपर्ने भनी निर्णय गरिएको थियो । हालसम्म पनि विभागले बाँकी कामको रकम असुल्ने भनी निर्णय सार्वजनिक गरेको छैन । त्यही कारण राज्यकोषमा करिब ९५ करोड रुपैयाँ नोक्सान हुने देखिएको छ । विभागले ओम्नीको सम्झौता खारेजीसँगै उसलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा पत्र पठाई प्रक्रिया थाल्ने निर्णय गरेको थियो । तर करिब ५ महिना बितिसक्दा पनि अनुगमन कार्यालयले ओम्नीलाई कालोसूचीमा राखेको छैन ।
ओम्नीले आफूले तोकिएको समयमा सामान आपूर्ति गरेको अवस्थामा सम्झौता अन्त्य गर्नु ‘बदनियत’ भनी निवेदनमा दाबी गरेको छ । उसले उल्टै आफूसँग सम्झौता गरेर पनि सामान खरिद गर्न नदिई नेपाली नागरिकको जीवनमाथि सरकारले खेलबाड गरेको आरोप लगाएको छ । ‘विषम परिस्थितिमा स्वास्थ्य सामग्री ल्याइएको थियो,’ निवेदनमा भनिएको छ, ‘खरिद सम्झौता रद्द गर्ने काम गलत छ ।’
ओम्नीले सरकारकै कारण आफूले पहिलो खेपमा भनेजति सामान ल्याउन नसकेको दाबी गरेको छ । नेपाल वायुसेवा निगमको विमानमा आफूले पहिलो खेपको सामान ल्याउँदा चीन सरकारको अनुदान र ज्याक्मा फाउन्डेसनको अनुदानको सामान पनि ल्याउनुपरेकाले सबै सामान ल्याउन नसकेको उसको दाबी छ । संकटपूर्ण अवस्थामा जमानत जफत नहुने, क्षतिपूर्ति दाबी गर्न नमिल्ने र सम्झौता खारेज नहुने पनि ओम्नीले निवेदनमा उल्लेख गरेको छ । ‘पहिलो चरणमा सामान आपूर्ति भएको थियो, दोस्रो र तेस्रोमा ल्याउने थियौं, त्यसअघि नै काम हुनुपर्ने थियो भनी जमानत जफत गर्ने निर्णय कानुन र सम्झौता प्रतिकूल हो,’ उसले भनेको छ ।
आफूलाई कालोसूचीमा राख्ने प्रक्रियाविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयमा प्रतिवाद गरिरहेको भन्दै ओम्नीले काबु बाहिरको परिस्थितिमा सरकार स्वयंले सामान ढुवानीका लागि समन्वय गर्नुपर्नेमा सम्झौता रद्द गर्नु गलत हुने दाबी गरेको छ । आफूले ल्याएको स्वास्थ्य सामग्री सरकारकै निर्णयबाट देशभर वितरण र प्रयोग भइरहेको तर अहिलेको मितिसम्म भुक्तानी नपाएको दाबी पनि ओम्नीले गरेको छ । ‘हामीलाई पूर्वसूचना र स्पष्टीकरण नसोधी सम्झौता रद्द भयो,’ ओम्नीले निवेदनमा भनेको छ, ‘कुनै त्रुटि नहुँदानहुँदै क्षतिपूर्ति नदिई सम्झौता रद्द गर्नु गलत हो ।’
(कान्तिपुर दैनिक
त्रिशूली, ५ भदौ: गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।
उनको अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।-रासस/File Photo
काठमाडौँ — भाद्र ४, २०७७।
परराष्ट्र मन्त्रालयले कानुनी व्यवस्थाको बेवास्ता र उल्लंघन गर्दै स्पेन र भियनामा नियोग स्थापना गरेको पाइएको छ । परराष्ट्रले अष्ट्रियाको भियनामा संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग, स्पेनको म्याड्रिडमा राजदूतावास र ग्वान्जाओमा महावाणिज्य दूतावास खोल्ने निर्णय गर्दा कानुन उल्लंघन गरेको संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको ठहर छ ।
निजामती सेवा ऐन, २०४९ को दफा ६ (क) ले कुनै नयाँ सरकारी कार्यालय स्थापना गर्न संगठन संरचना तयार गर्दा र नयाँ दरबन्दी सिर्जना गर्दा सम्बन्धित मन्त्रालयको कार्यक्रम कार्य बोझ, कार्य प्रकृति तथा दरबन्दी थप गर्नुपर्ने कारण र सोको औचित्य र उपलब्ध स्रोतसमेतका आधारमा संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण गरी अर्थ मन्त्रालयको सहमति लिई सामान्य प्रशासन मन्त्रालय पठाउनुपर्ने व्यवस्था छ ।
प्रक्रिया पूरा नगरी दरबन्दी सिर्जना गरेमा पूर्ति गरिएको पद स्वतः खारेज हुने प्रावधानसमेत उक्त ऐनमा छ । परराष्ट्रले तीनओटै नियोग स्थापना तथा दरबन्दी सिर्जना गर्दा प्रक्रिया पूरा नगरेकाले त्यो पद स्वतः खारेज हुने महालेखाको ठहर छ । तर, कानुनबमोजिम स्वतः खारेज हुनुपर्ने पद जोगाएर पहुँचवाला कर्मचारी रिझाउँने ध्याउन्नमा परराष्ट्रका उच्च अधिकारीहरू नै लागेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववर्ती सरकारले गरेका सबै निर्णय खारेज गर्ने घोषणा गरेको थियो । त्यहीअनुसार स्पेनका लागि नेपाली राजदूत भरत रायामाझीलाई फिर्ता बोलाएको थियो । दूतावास नै खारेज हुने भएकाले फिर्ता बोलाइएको सरकारी भनाइ थियो ।
तर, त्यसको केही समयपछि नै प्रधानमन्त्री ओली नेतृत्वको सरकारले आफूनिकट व्यापारिक घरानाकी सदस्य दावाफुट्टी शेर्पालाई राजदूत बनायो । महालेखाले गैरकानुनी ठहर गरेको निर्णय ओली नेतृत्व सरकारले आफ्नो स्वार्थ पूर्ति हुने भएपछि खारेज नगरेको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।
रौतहट — भाद्र ४, २०७७।
प्रदेश दुईको रौतहटमा एक जना पुजारीको गोली हानी हत्या गरिएको छ ।
गएराति साँढे ९ वजेतिर रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा अज्ञात ब्यक्तिले गोली हानी उनको हत्या गरेको रौतहटका प्रहरी उपरीक्षक रबिराज खड्काले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक खड्का सहितको टोली राती नैं घटनास्थल पुगि अनुसन्धानमा जुटेको छ ।
ईमेज खबर)
मकवानपुर — भाद्र २, २०७७।
प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
उनीहरुलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेको आरोपमा गए राति पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरु लागुऔषध सेवनकर्ता हुन् । उनीहरुलाई सोमबार राति १० बजेको समयमा लागुऔषध सेवन गरिरहको भेटेपछि नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षक केसीमाथि खुकुरी प्रहार भएको मकवानपुर प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट केसीको दायाँ हातमा गम्भीर चोट लागेको र उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर अस्पतालमा थप उपचार भइरहेको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
(ईमेज खबर)
सिरहा — भाद्र २, २०७७।
गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उहाँका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो ।
करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उहाँका पति र सासूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । घटनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरुले घटनाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा किटानी जाहेरी दिएको मृतकका बुवा चन्दरले बताउनुभयो ।
(ईमेज खबर)
काठमाडौं — भाद्र १, २०७७।
प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन प¥यो भनी उक्त रकम ठगी गर्ने विदेशी नागरिक कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
“पक्राउ कोस्टाले भन्सार छुटाउनका लागि आवश्यक पीडित महिलासँग थप २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो”, प्रवक्ता कार्कीले भन्नुभयो ।
पक्राउ व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ ।पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ ।
खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत प्रहरीले बरामद गरेको प्रवक्ता कार्कीले बताउनुभयो । पक्राउ व्यक्ति विसं २०७६ फागुनमा नेपाल आएको प्रहरीले जनाएको छ ।
पक्राउ व्यक्तिसँग नेपाली तीन लाख १५ हजार ७४५, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापट एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ ।
पक्राउ व्यक्तिलाई जिल्ला अदालतको पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
(रासस)
काठमाडौँ — श्रावण ३०, २०७७ ।
गोंगबुमा २४ साउनको राति भएको विभत्स हत्याकाण्डकी अभियुक्त कल्पना मुडभरीको एक छोरीको विवाह भइसकेको खुलासा भएको छ । उनकी आमाले कल्पनाको दुई छोरी र एक छोरा भएको खुलासा गरेकी हुन् ।
‘एउटी छोरी बिहे गरेर गइसकेकी छिन् र आफूसँग भएको एक छोरी र एक छोरा हुन्,’ कल्पनाकी आमाले मेरो साथी टीभीमा भनेकी छिन् । विवाह भएकी छिरी कल्पनाको पहिलो पतितर्फका हुन् । त्यसपछि उनले अर्को विवाह गरेपछि एक छोरा र छोरी जन्मिएका हुन् ।
कल्पनाको किशोरावस्थामै विवाह भएर छोरी जन्मिएकी थिइन् । उनी महत्वाकाक्षी स्वभावको भएको पनि बुझिएको छ । कलाकारितामा लागेपछि उनी काठमाडौंमा आएकी थिएन् । तर, उनका बाबुआमा छोरीले अरुको पैसा लिएर नदिएको भन्ने अस्वीकार गर्छन् । बाबुले भने, ‘घरबेटीको भाडा तिर्न नसकेर ऋण पर्यो भनेपछि १० धुर जग्गा बेचेर तिर्ने तयारीमा थियौं ।’
कल्पनाको धेरै पुरुषहरुसँग सम्बन्ध रहेको पत्ता लागेको छ । अनुसन्धान गर्दै जाँदा प्रहरीले तीनवटा विवाह भइसकेको पत्ता लगाएको हो । उनले पुरुषहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ र पैसाका लागि प्रयोग गर्ने गरेको तथ्य समेत फेला परेको छ ।
मृतक कृष्णबहादुर बोहरा कल्पनाको चौंथो पति बन्न चाहिरहेको अनुसन्धानबाट खुलेको छ । तर, कल्पना उनीसँग विवाह गर्न चाहिरहेकी थिइनन् । कृष्णबहादुर उनीसँग एकोहोरो प्रेममा पागल भए । जे गर्न पनि तयार भए । उनले कल्पनालाई हैरान कटाएको पनि खुलेको छ । यो पनि हत्याको कारण बन्यो ।
(रिपोर्टर्स नेपाल)
काठमाडौँ — श्रावण २९, २०७७।
प्रहरीले नेत्रविक्रम चन्द विप्लब समूहका नेता कार्यकर्ताहरुलाई धमाधाम पक्राउ गर्न थालेको छ ।
रुकुम पश्चिमबाट तीन, सुर्खेत सल्यानबाट दुई दुई दैलेख र डोल्पाबाट एक एक जना पक्राउ गरेको छ ।
यस्तै भेरिगगा नगरपालिका ९ बाट जहरेबाट कर्णबहादुर बिसि र सहवीर महरालाई प्रहरीले पक्राउ गरेको छ । दुबै जना जिल्ला कमिटी सदस्य रहेका छन् ।
उनीहरुको साथबाट विभिन्न दस्ताबेज, निर्माण व्यवसायीलाई आर्थिक सहयागका लागि लेखिएको पत्र लगायत बरामत गरिएको छ ।
रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हीरामणि रावलसहित विप्लव समूहका चार जना कार्यकर्तालाई आठबीसकोट नगरपालिकाको राडीबजारबाट पक्राउ गरिएको छ ।
रावलसहित विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, समूहका जिल्ला सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पनि पक्राउ परेका हुन् ।
(ईमेज खबर)