चितवन । चितवन चेम्बर अफ कमर्सले नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्षको अवसर पारेर “अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन” विषयक एक महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष तथा हीरक जयन्ती समारोह समिति संयोजक राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले नेपाली उत्पादनको विश्व बजारमा पहुँच विस्तार गर्नु आजको आवश्यकता मात्र नभई राष्ट्रिय आर्थिक समृद्धिको आधार रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालका मौलिक तथा गुणस्तरीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सरकारी नीतिगत सहजीकरणसँगै निजी क्षेत्रको सक्रियता अपरिहार्य छ। चेम्बर अभियानलाई विश्वव्यापी सञ्जालमा विस्तार गर्दै अन्तर्राष्ट्रिय मेला, द्विपक्षीय व्यापार सम्झौता, लगानी साझेदारी, आयात-निर्यात सहजीकरणजस्ता विषयमा संस्थागत पहललाई अझ सशक्त बनाउनु आवश्यक छ।” श्रेष्ठले स्थानीय उद्यमीहरूलाई विश्व बजारसँग जोड्न चेम्बरले पुलको भूमिका निर्वाह गरिरहेको पनि उल्लेख गर्नुभयो। उहाँले भारत, चीन, भियतनाम लगायतका मुलुकसंग व्यापार साझेदारी तथा प्रबर्द्धनमा उल्लेख्य प्रगति हासिल भएको बारे चर्चा समेत गर्नुभएको थियो ।
कार्यक्रममा चितवन चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराईले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्न नेपाल चेम्बर अफ कमर्स तथा अन्तर्राष्ट्रिय चेम्बरहरूको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो स्थानीय उत्पादनको पहिचान, गुणस्तर र मौलिकता नै हाम्रो शक्ति हो। त्यसलाई उचित ब्रान्डिङ र प्रवर्द्धनमार्फत विश्व बजारमा स्थापित गर्न सरोकारवाला सबै निकायबीच सहकार्य अझ मजबुत बनाउनुपर्छ।” साथै उहाँले चितवन क्षेत्रका कृषि, पर्यटन तथा साना तथा मझौला उद्योगका उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन थप रणनीतिक कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो।
यसैगरी, नेपाल चेम्बर अफ कमर्सका पूर्व उपाध्यक्ष राजेन्द्र अर्यालले चेम्बर अभियानमा जिल्ला, नगर तथा गाउँस्तरमा गठन भएका चेम्बरहरूको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। उहाँले स्थानीय तहबाटै उद्यमशीलता विकास, बजार विस्तार र रोजगारी सिर्जनामा चेम्बरहरूले सकारात्मक योगदान पुर्याउँदै आएको धारणा राख्नुभयो।
कार्यक्रममा चितवन चेम्बर अफ कमर्सका सल्लाहकार मनोज रानाभाटले देशको आर्थिक विकासका लागि स्थानीय सरकार र चेम्बरबीचको साझेदारी अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले नीति निर्माणदेखि कार्यान्वयनसम्म निजी क्षेत्रको अनुभव र स्थानीय तहको संरचनात्मक शक्तिबीच समन्वय हुन सकेमा आर्थिक गतिविधि अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।
अन्तर्क्रिया कार्यक्रममा व्यवसायी, उद्योगी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, निर्यातमुखी उद्योगको प्रवर्द्धन तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा आफ्ना धारणा राख्दै कार्यक्रमलाई फलदायी बनाएका थिए।

काठमाडौं - अवैध रुपमा भन्सार छली ल्याएको सुन, मोबाइल तथा ल्यापटपसहित चारजनालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका -८ का ३० वर्षीय पदमबहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मानसिंह विश्वकर्मा, झापा शिवसताक्षी नगरपालिका(९ का २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका -१९ का ३२ वर्षीय गोकुल डल्लाकोटी छन् । जजिरा एयरको फ्लाइटद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका पदमबहादुर, मानसिंह र समिर गरी तीनैजनाको साथबाट साथबाट ५८र५८ ग्राम बराबरको सुनको सिक्री, तीनरतीन थान मोबाइल र एकरएक थान ल्यापटपसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उक्त सामानहरू भन्सार छली ल्याउन गोकुलले लगाएको भनी खुल्न आएपश्चात उक्त सामान लिन आएका गोकुलसमेतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानहरूसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाइएको छ ।
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि नेपाल बार एशोसिएसनले सुरु गरेको आन्दोलन दुई महिनाभन्दा बढी भएको छ । सर्वोच्च परिसरमा धर्ना दिँदै आएको बारले अहिले पनि हरेक दिन विहान ११ देखि १२ बजेसम्म धर्ना जारी राखेको बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै बारले जबराको राजीनामा माग गर्दै आइरहेको छ ।
आन्दोलनकै क्रममा बारले मङ्सिर ६ गते प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस क्रममा सभामुख सापकोटाले बारको ध्यानाकर्षण पत्र बुझ्दै न्यायपालिकामा देखिएको समस्याको सहज र स्वाभाविक निकास निकाल्ने सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको थियो ।
साथै, सपकोटाले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै न्यायपालिकाको समस्या समाधान छिटोभन्दा छिटो निकाल्नुपर्नेमा जोड दिनुभएको थियो ।
‘हामीले उहाँहरुलाई भेटेर वास्तविकताबारे जानकारी गराएका थियौं । अब त्यो कुरा अगाडि बढाउने नबढाउने उहाँहरुको कुरा हो ।’ बारका महासचिव अधिवक्ता पौडेलले भन्नुभयो, ‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कुरा गर्यो ।’ पौडेलले जारी आन्दोलनबाट प्रधानन्यायाधीश जबराको राजीनामा मात्र नमागेको जानकारी दिनुभयो ।
प्रधानन्यायाधीशको जबराको राजीनामा सँगसँगै न्यायालय सुधार सुझावसहितको प्रतिवेदन कार्यान्वयन र सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेशी तोक्नुपर्ने विषय पनि उठाएको उहाँले बताउनुभयो । यद्यपि, गोलाप्रथाबाट पेशी तोक्ने माग भने पूरा भइसकेको छ । ‘यसबाहेक अरु माग पूरा गर्न प्रधानन्यायाधीशज्यू बाधक हुनुभएको छ । यसका लागि उहाँको बहिर्गमन आवश्यक छ ।,’ पौडेलले भन्नुभयो, ‘उहाँ सँगसँगै बसेर काम गर्न सक्ने अवस्था छैन ।
साथै, उहाँले न्यायपरिषद्, न्याय सेवा आयोगलगायत अन्य क्षेत्रमा देखिएका विकृति, विसंगति र भ्रष्टाचार समाधान गर्दै कार्यान्वयन गर्न सक्ने अवस्था पनि देखिएन ।’ बारका महासचिव अधिवक्ता पौडेलले जबसम्म प्रधानन्यायाधीश जबराले राजीनामा दिनुहुन्न तबसम्म विरोध कार्यक्रम निरन्तर एक घण्टा जारी रहने बताउनुभयो । यस विरोध कार्यक्रमबाट नागरिकका कामहरुलाई नरोक्ने पनि उहाँले बताउनुभयाे ।
ड्रग्सको मुद्दामा गिरफ्तारमा परेकी भारतकी चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । नारकोटिक ड्रग्स एन्ड साइकोट्रापिक सब्सटेंसेज अदालतले यस्तो आदेश दिएको हो ।
भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको छ । दुबै जनाले जमानतका लागि निवेदन दिएका छन् । यसको सुनुवाई आज हुँदैछ । एनसीबीले १८ घन्टा सोधपुछ गरेपछि आइतबार हर्षलाई गिरफ्तार गरेको थियो ।
यस्तै, शनिबार साढे ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले भारतीलाई गिरफ्तार गरेको थियो । शनिबार एनसीबीले भारतीको अफिसमा छापा मार्दा ८६।५ ग्राम गाँजा बरामद गरेको थियो । उनले, पति हर्षको साथमा गाँजा लिने गरेको स्विकार गरेकी छिन् ।
बलिउड नायक अक्षय कुमारले एक युटुबरमाथि ५ सय करोड रुपैयाँको मानहानीको केस दर्ता गराएका छन् । राशिद सिद्दिकी नाम गरेका युटुबरमाथि अक्षयले नायक सुशान्त सिंह राजपुतको निधनपछि झुटो भिडियो बनाएको आरोप लगाउँदै केस दर्ता गराएका हुन् । भिडियोमा राशिदले सुशान्तको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्नका लागि अक्षयले सहयोग गरेको आरोप लगाएका छन् ।
उनले भिडियोमा सुशान्तको निधनपछि अक्षयले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र उनका छोरा आदित्यसँग गोप्य रुपमा भेटघाट गरेको समेत आरोप लगाएका छन् । सिद्दिकीले आफ्नो युटुब च्यानलमा चलचित्र ‘एमएस धोनीः दि अनटोल्ड स्टोरी’ सुशान्तको हातमा गएपछि अक्षय खुशी नभएको पनि आरोप लगाएका छन् । भारतीय मिडियाका अनुसार, सुशान्तको निधनपछि उनको बिषयमा भिडियोहरु तयार पारेर ४ महिनामा राशिदले १५ लाख भन्दा बढी कमाएका छन् ।
२५ बर्षका राशिद बिहारमा बसेर एफएफ न्यूज नामबाट युटुब च्यानल संचालन गरिरहेका छन् । अदालतले सिद्दिकीको अग्रिम जमानत दिएर प्रहरीलाई यो मुद्दाको छानबिनमा सहयोग गर्न आदेश दिएको छ ।
काठमाडौ -नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।
ब्युरोका अनुसार मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार डेबिडले १५ लाख रुपैयाँ फिरौती मागेको उजुरी छ ।
श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी सीआईबीको छ ।
राजविराज- बहिनीलाई चकलेट खान बजार पठाएर दिदी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घरमा रहेकी पाँच वर्षीया बालिकालाई चकलेट खान पाँच रुपैयाँ दिएर बजार पठाएर एक्लो भएको मौका छोपी ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका९१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको हो।
पीडितका अनुसार घरमा कोही नभएका बेला मादक पदार्थ सेवन गरेर आएका आरोपितले गत शुक्रबार साँझ बलात्कार गरेको खुलेको छ। बजारबाट चकलेट किनेर फर्किएकी पाँच वर्षीया बालिकाले आफू घर आएपछि आरोपित हतार–हतार पेन्ट लगाएर भागेको बताइन्।
बालिकालाई बलात्कार गरेको उजूरी परेपछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपमा बुझाएको छ।
पीडितको वयानका आधारमा उनकी माइजूले दिएको उजूरी दर्ता गरी कारवाही प्रकिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले जानकारी दिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।
एजेन्सी-बलिउड अभिनेता सुशान्त सिंह राजपूतको संदिग्ध मृत्युको अनुसन्धान चलिरहेका बेला अर्का एक अभिनेता अक्षत उत्कर्षको मृत्युको खबर आएको छ ।
मुम्बई प्रहरीले रिपोर्ट दर्ता गरेर यसबारे अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा अक्षतको मृत्युको कारण आत्महत्या बताइएको छ । यद्यपि, परिवारले हत्याको आशंका गरेका छन् ।
२६ वर्षका टिभी अभिनेता अक्षतको मृत शरीर आइतबार राती मुम्बईको अंधेरी इलाकास्थित उनको अपार्टमेन्टमा भेटिएको थियो । अम्बोली प्रहरीका अनुसार अक्षत काम नभएका कारण डिप्रेशनका शिकार थिए जसका कारण उनले आत्महत्याको बाटो चुने । यद्यपि, अक्षतका परिवारले डिप्रेशनको कुरा अस्विकार गर्दै अभिनेतको हत्या भएको दाबी गरे ।
प्रहरीलाई उद्धृत गर्दै एएनआईले ट्वीटमा अक्षतले अंधेरी इलाकामा रहेको आफ्नो निवासमा आत्महत्या गरेको जानकारी दिएको छ । मुद्दा दर्ता गरिएको छ र यसबारे अनुसन्धान भइरहेको छ । पोस्टमार्टमपछि शव परिवारलाई सुम्पिइएको छ ।
प्रहरी अधिकारीका अनुसार अक्षत आफ्नी एक महिना साथीसँग अंधेरी आरटीओ नजिकै एक टोलमा बस्दथे । अक्षतकी साथीका अनुसार आइतबार बेलुकासम्म उनको व्यवहार सामान्य थियो । उनीहरुबीच सामान्य कुराकानी नै भयो र सुत्नु अघि सँगै खाना पनि खाए ।
हिन्दुस्तान टाइम्सको रिपोर्टमा अम्बोली प्रहरी स्टेशनका सिनियर इन्सपेक्टर सोमेश्वर कांथेलाई उद्धृत गर्दै एक्सिडेन्टल मृत्युको रिपोर्ट दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टमा कुनै प्रकारको षड्यन्त्रको संकेत भेटिएको छैन । घटना आइतबार राती १० देखि साढे ११ बीचको हो । साथीसँगको सोधपुछमा उनी लकडाउनका कारण काम नभएका कारण तनावमा भएको र उनले साथी र परिवारसँग उधारो मागेर दैनिकी गुजारिरहेको जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
यद्यपि, परिवारले यसमा प्रहरीको लापरवाहीको आरोप लगाउँदै हत्याको आशंका जाहिर गरे ।
एजेन्सी- सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलाको अनुसन्धानमा नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० ले अब दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर र रकुलप्रित सिंहको बैंक खाताबाट भएको कारोबारको अनुसन्धान गर्नेछ । यी नायिकासँग एनसीबीका अधिकारीले ड्रग्ससँग जोडिएको ह्वाट्सएप च्याटबारे थुप्रै घण्टा सोधपुछ गरिसकेको छ । मिडिया रिपोर्टका अनुसार अब उनीहरुले ड्रग्स खरिद गर्नका लागि केही ट्रान्ज्याक्सन गरेका छन् छैनन् भनेर जान्ने कोसिस भइरहेको छ ।
भारतीय मिडियाका अनुसार चारै नायिकाले पछिल्लो तीन वर्षमा क्रेडिट कार्डमार्फत् गरिएको भुक्तानीको अनुसन्धान गरिएको छ । एनसीबीलाई उद्धृत गर्दै भारतीय मिडियाले दाबी गरे अनुसार ड्रग्स मामिलामा बलिउडका थुप्रै ठूला निर्माता र ७ ठूला नायकमाथि पनि सोधपुछ गरिनेछ ।
दीपिकाले ड्रग्स च्याट गरेका स्विकारेकी थिइन्ः
एनसीबीले शनिबार दीपिका पादुकोणलाई साढे पाँच घण्टा सोधपुछ गरेको थियो । स्रोतका अनुसार उनले आफ्नो म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्सको च्याट स्विकारेकी थिइन् । यद्यपि, उनले ड्रग्स सेवन भने नगरेको बताएकी छिन् । यस्तै सारा र श्रद्धाले सोधपुछमा सुशान्तले ड्रग्स लिने गरेको बताएका थिए । यसअघि रकुलप्रित सिंहले रियासँग ड्रग्सबारे च्याट गरेको स्विकारेकी थिइन् ।
रियाको जमानत याचिकामा आज सुनुवाई
ड्रग्स मामिलामा गिरफ्तार भएकी नायिका रिया चक्रवर्ती र उनका भाइ शोविक चक्रवर्तीको जमानत याचिकामा मंगलबार बम्बे उच्च अदालतमा सुनुवाई हुनेछ । सुशान्तका हाउस म्यानेजर रहेका स्यामुअल मिरान्डा, कुक दिपेश सावन्त र लागुऔषध कारोबारी बासित परिहारको जमानतको निर्णय पनि आउनसक्छ । यी सबैको याचिका तल्लो अदालतले दुई पटक खारेज गरिसकेको छ ।

एजेन्सी- चीनले दाबी गरेको टापुमा अमेरिकाले आक्रमण गर्ने चर्चा चलेको छ । चीनले भने त्यस्तो आक्रमण भएमा खतरनाक प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ ।
चीनको विदेश मामलाबारे जानकारी दिदै आएको ग्लोबल टाइम्सले सम्पादकीयमार्फत् अमेरिकाले चिनियाँ टापुमा आक्रमण गरे प्रत्याक्रमण गर्ने चेतावनी दिएको हो । ग्लोबल टाइमसले सम्वादकीयमा भनेको छ, ‘अमेरिकाद्वारा चीनका टापुमाथि हुनसक्ने आक्रमणको खतरनाक प्रत्याक्रमण हुनेछ ।’
अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा अमेरिकाले चीनविरुद्ध कुनै आक्रमणको कदम चाल्न सक्ने आशंका समेत गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार चीनले नान्सा टापुमा निर्माण गरेकोप्रति आलोचना समेत गरेर विज्ञप्ति जारी गरेको छ । अमेरिकी सेनाले ड्रोन आक्रमणका लागि पठाउन सक्ने समेत रिपोर्टहरु सार्वजनिक भएको छ ।
यदि नान्सा टापुमा अमेरिकाले ड्रोन हमला गरेमा चीनले यसलाई युद्धको कदम भन्ने ग्लोबल टाइम्सले लेखेको छ । त्यतिबेला चिनियाँ जनमुक्ति सेनाले प्रत्याक्रमण गरेर अमेरिकी सैनिकले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था निर्माण गर्ने चेतावनी दिएको छ ।
ट्रम्प प्रशासनले पुनः निर्वाचित हुन कुनै सैन्य संकट ल्याउन खोजेको समेत आरोप लगाइएको छ । चीनलाई तारो बनाएर युद्धको अवस्था ल्याउन सक्ने र शान्तिलाई बिगार्न खोज्ने खतरा समेत औल्याएको छ । ग्लोबल टाइम्सले अमेरिकाको सम्भावित आक्रमणलाई लक्षित गरी सम्पादकीयमा लेखेको छ, हाम्रो एउटै विकल्प कडा आक्रमण गर्नु हो र अमेरिकाले कहिल्यै नबिर्सने पाठ सिकाउनु हो ।