crimenews
||Power News Asia||

आजको समाचार

रोल्पामा बम विष्फोट, ४ बालबालिकाको मृत्यु

शन्ती / सुरक्षा


बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे।जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको डिएसपी गुरुङले  बताए ‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ,’ डिएसपी गुरुङले भने।घटनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ ।

वडाध्यक्ष न्यौपानेमाथि कुटपिट

शन्ती / सुरक्षा


वडाध्यक्षमाथि कुटपिट भएको छ । कालीकोटको पचालझरना गाउँपालिका-१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको हो ।

घाइते वडाध्यक्षलाई उपचारका लागि एम्बुलेन्सनमा कोहलपुर मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

कुटपिटमा संलग्न पाँच जना युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय पचालझरनाले नियन्त्रणमा लिएर जिल्लामा पठाएको हो ।

मन्दिर निर्माणका लागि गठन भएको उपभोक्ता समितिको विषयलाई लिएर वडाध्यक्षमाथि कुटपिट भएको हो ।

बुधबार साँझ वडाको बैठक सकेर फर्किने बेला युवकको समूहले उपभोक्ता समितिको विषयमा वडा कार्यालयका सहयोगी प्रकाश न्यौपानेलाई कुटपिट गर्न खोज्दा छुुट्याउन गएका अध्यक्षमाथि कुटपिट भएको गाउँपालिका अध्यक्ष खड्ग सेजुवालले बताए ।

एनसाईसी बैंकको एटीएम फुटाएर रकम चोरीको प्रयास

शन्ती / सुरक्षा


धनगढी : कैलालीमा एटीएमबाट रकम चोरीको प्रयास भएको छ। जिल्लाको गोदावरी नगरपालिका अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटीएमबाट रकम चोरीको प्रयास भएको हो। ईलाका प्रहरी कार्यालय माखाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले राति ११ बजेको समयमा एटीएममा रहेको रकम चोरीको प्रयास भएको बताए। कैलाली जिल्लाको गोदावरी नगरपालिका अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटीएम। उनका अनुसार एटीएम तोडफोड गरिएको छ। एटीएम भित्र १६ लाख भन्दा बढि रकम रहेको र सबै रकम सकुसल रहेको बैंकले जनाएको छ। विष्ट उक्त कार्यमा संग्लग्नको खोजी भईरहेको बताए। यो समाचार तयार पार्दासम्म प्रहरीले एटीएम तोडफोडमा संलग्नहरुको पहिचान गर्न सकेको छैन ।

राहत वितरणमा विवाद, वडाध्यक्षमाथि हातपात

शन्ती / सुरक्षा


राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन् ।वडाध्यक्ष धामीलाई कुटपिटका साथै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिनुभयो ।यसबारे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भन्नुभयो, “वडाअध्यक्ष राहत वितरण गरिरहेका थिए, एक्कासी आएर केही व्यक्तिले उहाँमाथि हातपातसहित कुटपिट गरेका रहेछन्, यसको छानबिन गर्न थालेका छौँ ।”

गैरकानूनी रुपमा थुनामा रहेकालाई मुक्त गर्न आदेश

शन्ती / सुरक्षा


गैैरकानूनी रुपमा  थुनुवामा रहेका दाङ दंगीशरण गाँउपालिका–१ निवासी रमन चौधरीलाई थुनामुक्त गर्न यहाँको उच्च अदालतले आदेश दिएको छ ।

 कारागारमा रहेका चौधरीलाई थुनामुक्त गर्न  जिल्ला अदालत र कारागार कार्यालय तुलसीपुरलाई सोमबार आदेश दिइएको हो । 

बालबालिकासम्बन्धी ऐन,२०७५ को दफा ३६(४) अनुसार बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले पाँच वर्ष चार महिना कैद सजाय सुनाए पनि चौधरी ६ वर्षभन्दा बढी कैद बसिसकेका कारण थुनामुक्त गर्न भनिएको हो ।  विसं २०७० माघ १७ गते जबर्जस्ती करणी गरेको अपराधमा माघ १९ गते पक्राउ परेका चौधरीलाई अदालतले ६ वर्ष कैद सजाय सुनाएको थियो । तत्कालीन पुनरावेदन अदालत तुलसीपुरले आठ वर्ष कैद सजाय तोकेकामा सर्वोच्च अदालतले ६ वर्ष कैद सुनाएको थियो । 

डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत

शन्ती / सुरक्षा


गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय राज क्ल्बले तिहारका लागि नृत्य सिकाउन थालेको थियो । आजको नागरिक दैनिकमा समाचार छ । त्यो दिन सहभागी बसैजना नृत्य सिक्न थाले । नृत्य गरिरहेका बेला सिकाउने गुरुले ती बालिकालाई ‘साउन्डले गर्दा केही सुनिएन, एकैछिन तिमीसँग काम छ’ भनेर बाहिर निकाले । उनले ती बालिकालाई गोप्य छ भनेर नजिकै रहेको दुर्गा मन्दिर छेउमा लगे । दुर्गा मन्दिर एकान्त स्थानमा छ । नृत्य सिकाउने गुरु, त्यसमाथि पनि गाउँकै दादा भएकाले बालिकाले उनको प्रस्तावलाई स्वीकार गरिन् ।

जबरजस्ती करणीको योजना बनाएर बालिकालाई साथीसँग छुटाएर सोही ठाउँका २१ बर्षीय नविन विकले एकान्त स्थलमा लगे । त्यसपछि बालिकालाई सिधै प्रस्ताव राख्दा उनले अस्विकार मात्र गरिनन् । सक्नेसम्म प्रतिकार गरिन् । बालिका ठूल्ठूलो आवाजमा रोइन् कराइन् । आफूमाथि कुकृत्य गर्ने युवाको अनुहार पूरै चिथोरिन् । तर, एकान्त स्थान भएकाले गर्दा कसैले सुनेनन् । त्यति गर्दा पनि विकले बालिकालाई हल्ला गरे ढुंगाले हानेर मारिदिने धम्की दिँदै जबरजस्ती करणी गरे ।