world
||Power News Asia||

आजको समाचार

एचआइभी जस्तै कोरोनाको संक्रमण सायद कहिलै अन्य नहुन सक्छः डब्ल्यूएचओ

विश्व


काठमाडौं, जेठ १ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनभाइरस सायद कहिल्यै उन्मुलन हुन नसक्ने चेतावनी दिएको छ ।डब्ल्यूएचओका आपतकालीन निर्देशक माइकल रयानले उक्त सम्भावना व्यक्त गरेका हुन् ।

उनले एचआईभीको उन्मुलन हुन नसकेको जनाउदै कोरोनाको पनि उन्मुलन हुनेमा शंका व्यक्त गरेका छन् ।माइकल रयानका अनुसार भ्याक्सिन बिना यो रोगका लागि प्रतिरोधी क्षमता हासिल गर्न वर्षौं लाग्न सक्छ ।

हाल कोरोनाको भ्याक्सिन तयार गर्न अनेकौं कोसिस भइरहेको भएपनि संसारभरीका विज्ञले यस्ता कुनै भ्याक्सिन तयार हुनै नसक्ने बताएका छन् । यद्यपी सय भ्याक्सिन बनाउने कोसिस भइरहेको भने उनले जानकारी दिएका छन् ।

विश्वका धेरै देशले लकडाउन खुकुलो बनाउन विभिन्न तरिका अपनाइरहेको जनाउदै उनले सबै देशलाई अलर्ट रहन समेत सल्लाह दिएका छन् ।बीबीसीका अनुसार जनजीवन सामान्य हुन निकै धेरै समय लाग्नेसमेत उनको अनुमान रहेको छ।

चीनले भन्यो- विश्वको सर्वोच्च शिखर एभरेष्ट चीनको तिब्बतमा पर्छ

विश्व


काठमाडौं, २८ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो आफ्नो भन्दै चीनले प्रचार गरेको छ । उसले सगरमाथाको तस्बिरहरु राखेर सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचारप्रसार गरेको हो ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको दृश्य भनी तस्बिर राखेको छ । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको छ ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन हो । यो विश्व परिवेशमा चीनको आधिकारिक धारणा र समाचार प्रसारण र प्रकाशन गर्छ । उक्त टेलिभिजनमा सगरमाथा चीनमा पर्छ भनी उल्लेख गर्नुले गम्भीर प्रश्न उठाएको छ । चीनमा सगरमाथालाई कोमोलोङमा भन्ने गरिन्छ ।

सगरमाथाको चुचुरो नेपालमा पर्छ र यसलाई विश्वले पनि स्वीकार्दै आएको छ । तर, चीनले पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालाई कोमोलोङमा भन्दै आफ्नो देशमा पर्ने प्रचार गर्न थालेको छ । चीनले सगरमाथाको उचाई आफ्नो तर्फबाट नाप्न थालेको छ ।

विश्वस्त स्रोतका अनुसार चिनियाँ पक्षले नेपाली पक्षसँग संयुक्त रुपमा सगरमाथाको उचाई नाप्द दबाब दिने गरेको छ । तर, नेपालले आफ्नै खर्चमा आफै नापिरहेको छ । चिनियाँ पक्षले सगरमाथालाई साझा देखाउने र यसको चुचुरोमा आफ्नो पनि अधिकार रहेको प्रमाणित गर्ने क्रियाकलाप गरिरहेको छ ।

कोरोनाः विश्वभर दुई लाख ७६ बढिको मृत्यु

विश्व


काठमाडौं, बैशाख २७ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर दुई लाख ७६ हजार दुई सय १५ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ४० लाख १२ हजार सात सय ७० जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १३ लाख ८५ हजार एक सय २३ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ७८ हजार ६ सय १५ जनाको मृत्यु भएको छ भने १३ लाख २१ हजार ७८५ जना संक्रमित फेला परेका छन् ।

अमेरिकामा कोरोनाबाट मृत्युहुुनेको संख्या झण्डै ७० हजार

विश्व


कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ। मंगलबार बिहान सम्मको तथ्याङक अनुसार कोरोनाको संक्रमणबाट अमेरिकामा ६९ हजार ९ सय २१ जनाको मृत्यु भएको छ।

त्यस्तै, १२ लाख १२ हजार ८ सय ३५ सय कोरोना संक्रमित पुगेको छन। हालसम्म अमेरिकामा एक लाख ८८ हजार २७ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

पाकिस्तानमा कोरोनाबाट झण्डै १९ हजार सङ्क्रमित, मृतक संख्या चार सय भन्दा बढी

विश्व


२१ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा सङ्क्रमितको संख्या झण्डै १९ हजार पुगेको छ ।

पाकिस्तानी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १८ हजार ८०९ जना सङ्क्रमित भएका हुन् । त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४३२ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो विवरण अनुसार पञ्जाब प्रान्तमा छ हजार ८५४ जना, सिन्धमा सात हजार १०२ जना, केपीमा दुई हजार ९०७ जना र बालुचिस्तानमा एक हजार १७२ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ जना स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । तीमध्ये १५ जना त चिकित्सक नै रहेका छन् ।रासस File Photo

कोरोनाभाइरसः ‘साउदी अरब अत्यधिक पीडादायी निर्णय लिँदैछ’

विश्व


साउदी अरबका अर्थमन्त्री मोहम्मद अल–जदानले कोरोनाभाइरसको संक्रमणले अर्थव्यवस्थामाथि जुन चोट पुगेको छ त्यससँग जुध्नका लागि कडा र पीडादायी निर्णय लिइने जानकारी दिए ।

शनिबार अल अरेबिया टिभीलाई दिएको अन्तरवार्तामा अल–अदानले साउदी अरबले बजेट खर्चमा भारी कटौती गर्ने जानकारी दिएको छ । उनले कोरोनाभाइरसको असर यसै वर्षको दोस्रो त्रैमासिकमा अर्थव्यवस्थामा स्पष्ट रुपमा देखिने बताएका छन् । अल–जदानले सबै कुरा अनुशासित ढङ्गले अघि बढाउन साउदी अरबले अब आर्थिक पाटो थप कडा बढाउने जानकारी दिए ।

साउदीका अर्थमन्त्रीले मुलुकभित्र मेगा प्रोजेक्टको खर्चमा भारी कटौली गर्ने पनि जानकारी दिए । संसारको सबैभन्दा ठूलो तेल निर्यातक देश साउदी अरब ऐतिहासिक रुपमा तेलको कमीसँग जुधिरहेको छ ।

साउदी अरबको केन्द्रीय बैंकमा विदेशी मुद्रा भण्डार मार्च महिनामा पछिल्लो २० वर्षमा सबैभन्दा तीब्र रुपमा खस्किएको छ । सन् २०११ पछि सबैभन्दा तल्लो स्तरमा आइपुगेको छ ।

 तेलको मूल्य खस्किएपछि पहिलो त्रैमासिकमा ९ अर्ब डलरको बजेट घाटा भएको छ । जदानले पछिल्लो महिना नै साउदी अरबले विदेशी मुद्रा भण्डारलाई सन्तुलित बनाउन यस वर्ष २६ अर्ब डलरको ऋण लिन सकिने बताएका थिए ।

 

Al Arabiya English@AlArabiya_Eng

Watch: #SaudiArabia is facing the crisis from a position of strength, but the kingdom is willing to take “painful steps” to mitigate the impact of the #coronavirus pandemic, Finance Minister Mohammed Al-Jadaan tells Al Arabiya. https://english.alarabiya.net/en/business/economy/2020/05/02/Coronavirus-Painful-steps-ahead-to-fight-economic-downturn-Saudi-finance-minister.html …

Embedded video

47

12:58 AM - May 3, 2020

Twitter Ads info and privacy

37 people are talking about this

संकटमा किन छ साउदी ?

साउदी अरबको मोटिरी अथोरिटीले मंगलबार साउदी अरबको विदेशी सम्पत्तिमा ४६४ अर्ब डलरको गिरावट आएको जानकारी दिएको थियो । यो पछिल्लो १९ वर्षमा सबैभन्दा तल्लो स्तरमा छ । साउदीका अनुसार यस्तो कोरोनाभाइरसको महामारीका कारण भएको हो ।

अर्थमन्त्रीले भविष्यमा लिइने कदम र निर्णयलाई हालसम्म भएको क्षतीको भरपाई गर्ने हिसाबले अघि बढाउने बताएका छन् । तेल र ‘नन–ओइल’ राजस्वमा गिरावट आगामी त्रैमासिकमा देखिने अर्थमन्त्रीले बताएका छन् ।

जदानले भने, ‘यसै वर्षको सुरुवातमा तेलको मूल्य ६० डलर प्रति ब्यारल थियो र आज २० डलर प्रति ब्यारल छ । यो ५० प्रतिशतभन्दा पनि बढी गिरावट हो ।’

साउदी अरबले पनि संक्रमण रोक्नका लागि धेरैजसो शहरमा लकडाउन र कर्फ्यू लागू गरेको छ । अन्तरराष्ट्रिय हवाई सेवा पूर्ण रुपमा बन्द छ । यसै कारण पनि साउदीको नन ओइल राजस्व पूर्ण रुपमा प्रभावित भएको हो । मानिसहरु घरभित्रै बन्द छन् र सबै कारोबार बन्द छ ।’

पाकिस्तानी नेता आरिफ वाजिरको गोली हानी हत्या

विश्व


पश्तुन ताहाफुज मुभमेन्ट (पिटिएम) का नेता आरिफ वाजिरको हत्या भएको छ । उनीमाथि दक्षिणी वाजिरिस्तानको वाना स्थित आफ्नै घरमा केही अज्ञात समूहले शुक्रबार गोली हानेका थिए । उनको शनिबार इस्लामाबादमा निधन भएको हो ।

उनको उपचारको क्रममा निधन भएको वानाका स्टेशन हाउस अफिसर उस्मान खानले जानकारी दिए ।

वाजिर आफ्नो घरमा टहल्दै गर्दा उनीमाथि गुडिरहेको गाडीमा सवार केही व्यक्तिले गोली हानेका थिए । अधिकारीका अनुुसार उनलाई अत्यधिक चोट लागेको थियो ।

उनलाई सुरुमा स्थानीय अस्पतालमा लगिएको र पछि इस्लामाबादस्थित नाम नखुलाइएको अस्पतालमा पुर्याइएको थियो ।

सन् २००५ मा वाजिरका बुवा र दाइलाई पनि अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । त्यसपछि उनीहरुसँग अन्य सातजनाको गोली हानेर हत्या गरिएको थियो ।

त्यतिबेला किशोर अवस्थामा रहेका वाजिरले तत्पश्चात आफ्नो पढाई छोडेर घरको जिम्मेवारी सम्हालेका थिए । उनका तीन छोरा, दुई छोरी र एक श्रीमती छिन् ।

वजीर एक महिना अघि जमानतमा जेलबाट रिहा भएका थिए ।

यूएईमा रहेका नेपालीमा कोरोना र दुतावासको प्रभावकारिता

विश्व


काठमाडौँ — विश्व कोरोना भाईरस (कोभिड-१९) को महामारीमा छ । ३४ लाखभन्दा बढी मानिसहरु यसको संक्रमणमा परेका छन् । झण्डै २ लाख ४० हजारजनाको मृत्यु भएको छ । 

विश्वका दुई सयभन्दा बढी देशका नागरिक बसोबास गर्ने युएई पनि यसको महामारीमा नपर्ने कुरै भएन । मध्यपूर्बमा साउदी अरबपछि सबैभन्दा बढी संक्रमणमा परेको राष्ट्र युएई नै हो । शनिबारसम्म युएईमा १३ हजार ३८ जनामा यो संक्रमण देखिएको छ भने १ सय ११ जनाको मृत्यु भइसकेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबारसम्म २५ सय ४३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् ।

विश्वभरमा ४१ लाखभन्दा बढी नेपालीहरु बैदेशिक रोजगारमा रहेका छन् । नेपाली दुताबास अबुधाबीले दिएको पछिल्लो तथ्यांकअनुसार युएईमा २ लाख ७५ हजार नेपालीहरु कार्यरत छन् । तीमध्ये पनि अधिकांश नेपालीहरु ब्लु कलर अर्थात 'नन स्किल्ड' कामदार छन् । केही थोरै नेपालीहरु मात्रै सेक्युरिटी, हस्पिटालिटी, अफिस, सेल्स र ब्यापार ब्यवसाय गर्दछन् ।

विश्व नै कोरोनाको महामारीमा परेको बेला युएईमा रहेका नेपालीहरुको अवस्था पनि के कस्तो छ भन्ने चासो हुनु स्वाभाविक छ । युएईस्थित नेपाली दुतावाससँग कति नेपालीहरु यो भाईरसको संक्रमणमा परे र कति नेपालीहरुले सफल उपचार पाए भन्ने अधिकारिक तथ्यांङ्क छैन । अथवा सो तथ्यांङ्क बाहिर ल्याउन सकेको छैन । कति नेपालीहरुले ज्यान गुमाउनु परेको छ भन्नेसम्मको पनि जानकारी यहाँको सरकारसँग दुतावासले लिन सकेको छैन । नेपाली दुतावाससँग तीन हप्ता पहिलेको तथ्यांक छ, जसअनुसार जम्मा ११ जना नेपालीहरु यसको चपेटामा परेका छन् । २ जना निको भएका छन् भने ९ जना उपचाररत छन् ।

दुतावासले यो तथ्यांक् अहिलेको मितिमा मिथ्यांक हो भन्दा फरक पर्दैन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रकाशित गरेको पछिल्लो तथ्यांङ्क अनुसार ८१ जना नेपालीहरु कोरोना भाईरसबाट संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ । एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाका अनुसार एक हप्ताअघिसम्म युएईमा ८२ नेपाली संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । ४ जना नेपाली सफल उपचार पाएर अस्पतालबाट फर्केका छन् ।

एनआरएनए युएईका उद्दार तथा राहत टोलीका सदस्य सुजन सापकोटाका अनुसार केही दिनअघिसम्म ८६ जना नेपालीहरु संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । साथै ७ जना नेपालीहरु उपचार पाएर निको भएका छन् । यसैलाई आधार मान्ने हो भने यस अवधिमा यो संख्या बढेर सयको हाराहारीमा नेपालीहरु संक्रमित भएको अनुमान सजिलै गर्न सकिन्छ ।

नेपालीहरुमा यस महामारी सँगसगै मनोवैज्ञानिक त्रास पनि उत्तिकै बढेको छ । पछिल्लो एक महिनाको अवधिमा मात्रै ४ जना नेपालीहरुको मनोवैज्ञानिक त्रासको कारणले नै मृत्युवरण गर्नु परेको छ । जसमध्ये २ जनाले आत्माहत्या गरेको र २ जनाको हृदयघात भई मृत्यु भएको छ । कोरोना नेगेटिभ रहेका उनीहरुमा डर र डिप्रेसन अत्याधिक भएको मृतकका साथीहरुको भनाइ रहेको छ ।

यी सबै तथ्याङ्कहरुको अधिकारिकता नेपाली दुतावाससँग छैन । अर्थात् उसँग औपचारिक जानकारी दिनसक्ने सूचना छैन । युएईको नेपाली दुतावाको मात्र हैन खाडीका सबै दुतावासको यही हालत छ । खाडी राष्ट्रमा रहेका केहीबाहेक कुनै पनि नेपाली दुतावासले आफ्ना नागरिकका बारेमा जानकारी लिन सकेका छैनन् । र, आफूसँग रहेको जानकारी कुनै पनि मिडियालाई दिएर आम नेपालीहरुलाई सुसूचित गर्न सकेका छैनन् । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफूहरुले यहाँको निकायसँग जानकारीको लागि पत्रचार गरेकोले छिट्टै नै अधिकारिक जानकारी आउने विश्वास दिलाएका छन् ।

यो पंक्तिकारसँग सम्पर्कमा आएका नेपाली दुतावासका एक अधिकारीले भने आफूहरुले धेरै नेपालीहरुले समयमा उपचार नपाएको गुनासो सुनेको बताए । उनका अनुसार दुतावासका कर्मचारीहरुको फोन नम्बर सार्वजनिक गरेपछि रुँदै फोन गर्ने नेपालीहरु धेरै छन् । सबैको एउटै गुनासो छ, समयमा उपचार नपाएको । कतिले खानको लागि पैसा सकिएकोले खाना नपाएको । समयमै उपचार नपाएको भन्नेहरु मध्ये पोजिटिभ देखिएका कारण मनोवैज्ञानिक त्रास बोकेका नेपालीहरु धेरै भएको उनको भनाइ छ ।

पोजिटिभ देखिएर केही गम्भीर लक्षण भएका नेपालीहरुलाई यहाँका निकायहरुसँग समन्वय गरेर उपचार गराइरहेको राजदूत ढकालले बताए । 'नेपाल सरकार नेपालीहरुको स्वास्थ्यबारे गम्भीर छ,' राजदूत ढकालले भने, 'हामीले हाम्रो क्षमताले भ्याएसम्म नेपालीहरुको उपचारमा सहयोग र समन्वय गरिरहेका छौं ।' तर, दुतावासको यो भनाइलाई यहाँका नेपालीहरु मान्न तयार छैनन् ।

कोभिड १९ का कारण गत अप्रिल ६ देखि २४ तारिखसम्म दुबई सहरमा यातायत र आवाजावत ठप्प गरियो । २५ तारिखदेखि भने बिहान ६ बजेदेखि बेलुकी १० बजे सम्म लकडाउनलाई खुकुलो गरिएको छ । केही मलहरुसहित मानिसहरुको आवातजावतलाई अनुमति दिइएको छ । २८ तारिखदेखि विश्वकै ठूलो मल दुबई मल खुल्ला गरिएको छ । यसरी कडाइलाई क्रमश: खुकुलो बनाउँदै लैजाने नीति यहाँको सरकारले लिएको देखिन्छ । तथापि संक्रमितहरु बढ्ने क्रम भने रोकिएको छैन । बरु झन् झन् बढ्नेक्रममा रहेको देखिन्छ । गत शुक्रबार मात्र ५ सय ५७ जना नयाँ संक्रमित् भेटिएका थिए जुन अघिल्लो दिन बिहीबारको भन्दा ५ जनाले बढी हो । तर, यस् लकडाउनको अवधिमा युएईले यहाँका अधिकांश सडकहरुमा किटनाषक छरेको छ । युएईको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार युएईमा हालसम्म १३ लाखभन्दा बढी नागरिकहरुमा कोरोना भाइरसको परिक्षण गरिएको छ ।

महामारीमा कति नेपाली प्रभावित भए भनेर अहिले नै ठ्याक्कै भनिहाल्ने अवस्था छैन । दुबईमा एक महिनाभन्दा अघि सुरु भएको भएको आंशिक प्रतिबन्ध र २० दिनसम्म लागेको पूर्णलकडाउनले श्रम गर्ने धेरै नेपाली प्रभावित भएका छन् । धेरैले रोजगारी गुमाएका छन् । एउटै कम्पनीमा कार्यरत २४ सयभन्दा बढी नेपालीहरुलाई कम्पनीले निस्कासन गरेको सो कम्पनीमा कार्यरत नेपालीहरु बताउँछन् । धेरै नेपालीहरु बेतलबी बिदामा रहेका छन् भने केहीको तलब कटौती भएको छ ।

भिजिट भिसामा युएई घुम्न आएका धेरै नेपालीहरु अलपत्र परेका छन् । यहाँ कार्यरत केही गर्भवति महिलाहरु नेपाल फर्कन नपाएका खबरहरु प्राप्त भएका छन् । हवाई यातायात अवरुद्ध हुनु अघि नै भिसा रद्ध भएका सयौं नेपालीहरु नेपाल जान नपाएर अलपत्र परेका छन् । यद्यपि युएई सरकारले उनीहरुको भिसाको अवधि भने यो बर्षको अन्तिमसम्म कायम रहने बताइसकेको छ । जसले गर्दा उनीहरु गैरकानूनी हुनबाट जोगिएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए), युएईले मंगलबारसम्ममा अलपत्र परेका २ हजार नेपालीलाई झण्डै १५ लाख रुपैयाँ बराबरको राहत खाद्दन्न सामाग्री वितरण गरेको बताएको छ । यस्तै नेपाली समाज युएईले पनि नेपालीलाई राहत विरतण गरेको बताएका छन् ।

बिदेशमा रहेका नेपालीका संस्थाहरुले सहयोग उद्दार गरिरहँदा नेपाल सरकारका नियोग नेपाली दुतावास भने निकै लामो समयसम्म मौन बस्यो । नेपाल सरकारले नेपाली दुतावासमार्फत् यहाँका संस्थाहरुलाई परिचालन गर्ने तदारुकतासमेत देखाएको छैन । विभिन्न संघसंस्थाको दबाबपछि मंगलबारदेखि भने अलपत्र परेका नेपालीहरुको अभिलेखीकरण सुरु गरेको छ ।

दुबई सरकारले लकडाउन खुकुलो पारेसँगै यहाँको आर्थिक गतिविधि चलायमान हुने र बिस्तारै सामान्य अवस्थामा फर्कने अनुमान गरिएको छ । साना तथा माझौला कम्पनीहरुले आफ्ना काम सुचारु गर्नेछन् । पर्यटन क्षेत्र, होटल र मलहरुमा कार्यरत हजारौं नेपालीहरुको जागिर सुरक्षित हुने अपेक्षा गरिएको छ । स्वास्थ्य सुरक्षामा कडाइ गर्दै आर्थिक गतिविधिलाई नियमित गर्ने नीति दुबई सरकारले लिएको देखिन्छ । एकातिर संक्रमण बढ्दै जाने अर्कोतिर कडाइलाई खुकुलो बनाउँदै लैजाँदा यहाँ कार्यरत नेपालीहरुले थप सतर्कता अपनाउन जरुरी देखिन्छ ।

राजदूत ढकालले अहिलेको अवस्था लामो समयसम्म नजाने भएकोले सबै नेपालीहरुलाई धैर्य गर्न आव्हान गरेका छन् । युएई सरकारले रोकथामको लागि सबै जोडबलका साथ काम गरिरहेकोले अनुमान गरेजस्तो धेरै नेपालीहरुले रोजगारी नगुमाउने उनको भनाइ छ । तत्काललाई केही नेपालीहरुले रोजगारी गुमाए पनि दीर्घकालीन रुपमा यसको असर नरहने ढकालको तर्क रहेको छ ।

न्युयोर्कको एउटै नर्सिङ होममा कोरोनाका कारण ९८ जनाको मृत्यु

विश्व


२० वैशाख । अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरु सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

“यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,” न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने । एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद यो अमेरिकाकै दुर्लभ घटना भएको उनले बताए ।

ती मृत्यु भएका मध्ये १३ जनाको त शुक्रबार मात्रै मृत्यु भएको नर्सिङ होमद्धारा जारी वक्तव्यमा जनाइएको छ । नर्सिङ होममा मृत्यु भएकाहरुको तत्काल अन्त्येष्टि पनि नगरिने भएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने डरले उनीहरुको शवको अहिले यत्तिकै राखिएको छ ।

अमेरिकाको न्युयोर्कलाई कोरोनाभाइरसको केन्द्र विन्दु मानिएको छ । कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या अत्यधिक धेरै रहेको छ । अमेरिका अहिले कोरोना भाइरसका कारण सवैभन्दा धेरै मानवीय क्ष्ाित हुने र संक्रमित हुने देशको सवैभन्दा अग्रस्थानमा पर्दछ ।

शनिबार दिउसोसम्मको विवरण अनुसार अमेरिकामा कुल ६५ हजार ७७६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २३ जनाको मृत्यु भएको छ । त्यसैगरी कुल संक्रमितको संख्या ११ लाख ३१ हजार ४९२ पुगेको छ । ती मध्ये एक लाख ६१ हजार ५६३ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

अमेरिकामा अहिलेपनि देशभरी नौ लाख चार हजार १५३ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभरी कुल संक्रमितको संख्या भने ३४ लाख १४ हजार २७ रहेको बेला कुल मृतकको संख्या दुई लाख ३९ हजार ७७७ रहेको छ ।रासस

विश्व स्वास्थ्य संगठनद्वारा ऊहानलाई बधाई

विश्व


कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्न सफल भएकोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ सहर ऊहानलाई बधाई दिएको छ । शहरमा कोरोनाभाइरसका गम्भीर बिरामी बाँकी नरहेको भन्दै डब्लुएचओको स्वास्थ्य आपत्काल कार्यक्रमकी प्रमुख प्राविधिक डा. मारिया भान कर्खोभले ऊहानलाई बधाई दिएकी हुन् ।

‘ऊहानमा कोही पनि गम्भीर संक्रमित बाँकी नरहेको समाचार निकै सुखद छ । सुरुवातमा उक्त सहर नै निकै पीडा भोग्नुपर्यो,’ उनले भनिन्, ‘निरन्तर प्रयासका लागि ऊहानका जनतालाई धन्यवाद ।’

उनले आपत्कालिन उपायहरु पालना गरेर घर बसेका सबै जनतालाई पनि धन्यवाद दिइन् ।

‘तपाईंहरुको प्रतिबद्धता र सेवाको साथै विश्वलाई तपाईंहरुले गर्नुभएको काम साझा गर्नुभएकोमा बधाई तथा धन्यवाद,’ उनले भनिन् ।

चीनमा कोरोनाभाइरस महामारीको ग्राउन्ड जिरो रहेको ऊहानलाई गत जनवरीमा लकडाउन गरिएको थियो ।

स्रोत : सीएनएन लाइभ अपडेट