एजेन्सी, २० एजेन्सी । पाकिस्तान मुस्लिम बाहुल्यको देश मात्र होइन त्यहाँ धर्मगुरु र नेताहरु प्रभावशाली छन् । त्यहाँ कसलाई शासनसत्तामा ल्याउने सम्मको निर्णय क्षमता राख्छन् धार्मिक नेताहरु ।
पाकिस्तान अहिले कोरोना भाइरसको संक्रमणबाट निकै प्रभावित छ । त्यहाँ संक्रमण फैलँदो छ । १० हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेको तथ्यांक छ । तैपनि, पाकिस्तानमा कोरोना भाइरस रोकथामको नीति प्रभावशाली हुन सकेको छैन ।
पाकिस्तान न्युजविकका कन्सल्टिङ सम्पादक खालिद अहमदले इन्डियन एक्सप्रेसमा आज प्रकाशित लेखमा पाकिस्तानमा डाक्टरले नभई धार्मिक नेताले कोभिड नीति बनाइरहेको उल्लेख गरेका छन् । उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि धार्मिक नेताले भनेबमोजिम गरिरहेको तथ्यहरु उल्लेख गरेका छन् ।
डाक्टरहरुले मस्जिदमा भीड हुन नदिन र पाकाहरुलाई कोरोना संक्रमणबा बचाउनुपर्ने राय सल्लाह दिंदा पनि कार्यान्वयन नभएको अहमदको लेखमा भनिएको छ । इमरान खान समेत धर्मगुरु र धार्मिक नेताहरुको नीतिलाई नै मानेर चलेको भनेका छन् ।
सोल — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबारे विभिन्न हल्ला चलिरहेकै बेला २० दिनपछि उनी एउटा सार्वजनिक कार्यक्रममा देखिएका छन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा शुक्रबार नेता किम आफ्नी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएको उत्तर कोरियाली समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ ।
नेता किमले मल कारखानको उद्घाटन गरेपछि उनको सम्मानमा सबैले ताली बजाएको पनि केसीएनएले उल्लेख गरेको छ ।
समाचारसहित नेता किमले रिबन काटिरहेको र आफूनजिकका मान्छेसँग हाँसिरहेको र बोलिरहेको तस्बिर पनि सार्वजनिक गरिएको छ । उनले फ्याक्ट्रीको अनुगमन गरेको तस्बिर पनि प्रकाशित गरिएको छ । उत्तर कोरियाको आधिकारिक रोदोङ सिनमन पत्रिकाको वेबसाइटमा प्रकाशित ती तस्बिरको स्वतन्त्र पुष्टि भने भएका छैनन् ।
कहाँ छन् उत्तर कोरियाली नेता किम जोङ उन ?
अप्रिल १५ मा आफ्ना दिवंगत हजुरबुवा एवं उत्तर कोरियाका संस्थापक नेता किम इल सङको जन्मजयन्ती समारोहमा सरिक नभएपछि किम जोङ–उन उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भएका थिए । त्यस्तै अप्रिल २५ को कोरियाली सेना स्थापना दिवसमा पनि उनी सहभागी भएका थिएनन् ।

सन् २०११ मा उत्तर कोरियाली सत्तामा आएदेखि उनी कहिल्यै पनि ती समारोहमा अनुपस्थित भएका थिएनन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेता किम प्योङयाङको उत्तरी क्षेत्रमा रहेको रिसोर्ट काउन्टी अफ ह्याङसनमा उपचाररत रहेको विवरणसमेत सार्वजनिक गरेका थिए भने केहीले विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट बच्न उनी बोनसान गएको बताएका थिए ।
राज्य सञ्चालित उत्तर कोरियाली सञ्चारमाध्यमले भने नेता किमबारे केही बोलेको थिएन । तथापि उसले तस्बिर सार्वजनिक नगरिकनै नेता किमले दैनिक क्रियाकलाप गरिरहेको समाचार भने प्रकाशन गर्दै आइरहेको थियो ।
न्युयोर्क — कोरोना भाइरसविरुद्व अमेरिकी सरकारले ‘रेम्डिसिभियर’ नामक एन्टिभाइरल औषधिलाई शुक्रबार स्वीकृति प्रदान गरेको छ । जसलाई कोभिडविरुद्वको अमेरिकी अभियानमा महत्वपूर्ण पहल बताइएको छ ।
अमेरिकी संघीय सरकारको औषधि स्वीकृतिसम्बन्धी आधिकारिक निकाय ‘द फूड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन’ (एफडीए)ले आपत्कालीन स्वीकृतिका रुपमा सो अनुमति प्रदान गरेको हो । कोभिड आतंकले आक्रान्त बनेको अमेरिकी पृष्ठभूमिमा सो एन्टिभाइरलको परीक्षण नतिजा सकारात्मक आएको बुधबार नै जनाइएको थियो । स्वीकृत लगत्तै यो ‘एन्टिभाइरल’ औषधिलाई इन्जेक्सनमार्फत बिरामीलाई दिइनेछ । यसअघि प्रयोग गरिँदै आएको औषधि ‘प्लेस्बो’ को पन्ध्र दिनको तुलनामा ‘रेम्डिसिभियर’ ले एघार दिनमा बिरामीलाई निको गर्ने दाबी गरिएको छ ।
यद्यपि यसले बिरामीको मृत्युदरलाई कति हदसम्म न्यूनीकरण गर्छ भन्ने स्पष्ट नभएको विज्ञहरुको भनाइ छ । क्यालिफोर्नियामा अवस्थित ‘गिलियाड साइन्स’ नामक औषधि कम्पनीले बनाएको सो औषधिले कोरोना भाइरसलाई नष्ट गर्ने बिरामीमाथिको परीक्षण उपचारमा देखिएको छ । कम्पनीले प्रारम्भिक रुपमा एक लाख ४० हजार बिरामीका लागि औषधि बनाएको छ । सुरुमा सन २०१४ मा देखिएको इबोला संक्रमणमा यो औषधि पहिलोपटक बनाइएको थियो । तर इबोला संक्रमणमा यसले खासै प्रभाव गर्न नसकेको बिज्ञहरुको तथ्यांक छ ।
शुक्रबार ओझल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘रेम्डिसिभियर’ ले अस्पतालमा भर्ना भइरहेका कोभिड–१९ का बिरामीहरुका उपचारमा महत्वपूर्ण हुने बताए । ‘यो औषधिले आपत्कालीन रुपमा स्वीकृति पाउनु खुसीको विषय हो,’ राष्ट्रपतिले भने ।
सरुवा रोगसम्बन्धी अमेरिकी सरकारका प्रमुख विज्ञ डा. एन्थोनी फाउचीले परीक्षण नतिजाले उपचार विधिलाई आत्मसाथ गरे पनि कोभिड–१९ निर्मूल नै भइहाल्ने ग्यारेन्टी गर्न नमिल्ने बताएका छन् । पूर्ण उपचारका लागि भने भ्याक्सिन कुर्नुभन्दा अर्काे कुनै विकल्प नभएको विज्ञहरुले बताउँदै आएका छन् । विश्वमै कोभिड–१९ बाट सर्वाधिक संक्रमित अमेरिकामा हालसम्म एघार लाख बढी संक्रमित भइसकेका छन् भने करिब ६४ हजारको मृत्यु भइसकेको छ ।
१९ बैशाख । अफगानिस्तानको पूर्वी प्रान्त लोगारको बराकी बराक जिल्लामा तालिबान लडाकू र सुरक्षाबलबीच भएको झपडमा परी १८ जनाले ज्यान गुमाएका छन् ।यस झडपमा ज्यान गुमाएकाहरु ३ सैनिक र १५ तालिबानी लडाकू रहेका प्रान्तीय सरकारले शुक्रबार जारी रहेको एक विज्ञप्तिमा उल्लेख छ । तालिबान लडाकू समूहले सुरक्षा चौकीमा आक्रमण गर्ने क्रममा उक्त झडप भएको बताइएको छ ।झडपमा क्रममा १५ लडाकूको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका समाचारमा जनाइएको छ । यस झडपमा ३ सैनिकले ज्यान गुमाए भने, अन्य दुई जना घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ ।आफ्ना १५ लडाकू मारिएपछि लोगार प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।रासस
१९ वैशाख । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र २४ घण्टाकाे अवधिमा २ हजार २०० जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति :

चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ ।हरेक दिन विद्यालय जाने विद्यार्थीहरु देखि सरकारी तथा निजी कार्यालयमा काम गर्न जाने कर्मचारीहरुको कोरोना भाइरसको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको समाचारमा जनाइएको छ ।हरेक दिन विद्यालय पुगेका विद्यार्थीहरु यो परीक्षणका लागि लाम लागेर उभिएको देखिने गरेको छ । कक्षा कोठाभित्र छिर्नु अघि उनीहरुको स्वाब परीक्षण गरिन्छ । त्यसपछि उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि मात्र कक्षा कोठाभित्र छिर्न दिने गरिएको बताइएको छ । त्यसैगरी विद्यालयका अतिरिक्त सरकारी तथा निजी काममा रहेका कर्मचारीहरुको पनि स्वाव परीक्षण गरेरमात्र कार्यालय भित्र जान दिने गरिएको समाचारमा जनाइएको छ ।त्यसैगरी यहाँका नागरिकहरु एक प्रान्तबाट अर्काेमा जाने काम प¥यो र जान लाग्यो भने पनि जानुअघि यो परीक्षण गरेर यसको रिपोर्ट नेगेटिभ आएपछि मात्र यात्रामा निस्किने गरेको छ ।
एक प्रान्तबाट अर्काेमा प्रवेशका लागि पनि कोरोना भाइरस नेगेटिभ आएको स्वास्थ्य परीक्षणको प्रमाणपत्र भएपछि मात्र छिर्न पाइने नियम बनाएको बताइएको छ ।यहाँका बायोटेक कम्पनीहरुले पनि कोरोना भाइरसको परीक्षणसम्बन्धी किटहरु निकै ठूलो मात्रामा उत्पादन गर्ने गरेका पनि बताइएको छ ।यसैबीच सांघाई र बेइजिङका विद्यालयहरू गत हप्तादेखि नै खुलेका हुन् । गतहप्ता देखि यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय जान थालेका हुन् ।महिनौँको बन्दपछि सोमबार पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरू खुलेर हाल नियमित रुपमा पठन पाठन सुरु भएको समाचारमा जनाइएको छ ।कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरू पनि बन्द गरिएको थियो । बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका विद्यालयहरू बन्द गरिएको थियो । अहिले भने चीनमा सरकारी तथा निजी कार्यालयका साथै विद्यालय, विश्वविद्यालयहरु सुचारु भएका छन् ।चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो । यही लकडाउनका कारण यहाँका अरु कार्यालहरूका साथै विद्यालय तथा विश्वविद्यालयहरू पनि बन्द गरिएको थियो ।चीनमा अहिले संक्रमणको उच्च सतर्कता अपनाइएको छ । यही उच्च सतर्कताका साथ व्यावसाय तथा कार्यालयहरू विस्तारै खुला गर्न थालिएको छ ।चीनको वुहान शहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि देखा परेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई नै प्रभावित पारेको थियो । यस संक्रमणबाट चीनमा ४ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ । चीनमा यो महामारीको प्रकोप नियन्त्रणमा आएपछि यहाँको जनजीवन विस्तारै सामान्यतर्फ फर्किने प्रयासमा रहेको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका झण्डै दुई हजार संक्रमित थपिएका छन्।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान ८ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतभर १ हजार ९ सय ९३ नयाँ कोरोना संक्रमित पुष्टि फेला परेका छन्। यस्तै मन्त्रालयले यही अवधिमा संक्रमणबाट ७३ जनाले ज्यान गुमाएको जनाएको छ। संक्रमणका कारण कुल मृत्यु हुने संख्या १ हजार १ सय ४७ पुगेको छ।योसँगै भारतमा संक्रमित संख्या ३५ हजार ४३ पुगेको छ।ती संक्रमितमध्ये २५ हजार ७ वटा संक्रमण सक्रिय संक्रमण हो भने ८ हजार ८ सय ८८ जना निको भएका छन्।कोरोना भाइरसको रोकथाम र यसलाई थप फैलिन नदिन भारतमा लकडाउन अझै जारी नै छ।
इजिप्टमा सैनिक सवार एक सशस्त्र सवारीमा बम विस्फोट हुँदा एक सैन्य अधिकृत सहित १० जना मारिएको वा घाइते भएको हुनसक्ने त्यहाँका एक सैन्य प्रवक्ताले जनाएका छन्।घटना इजिप्टको उत्तरी सिनाइ क्षेत्र स्थित बीर अल-अब्द शहरको दक्षिणी भागमा भएको हो।उनले घटनामा कति जना मारिए भन्ने बारेमा कुनै जानकारी दिएनन्।घटनाको हालसम्म कुनै समूहले जिम्मा लिएको छैन।
इस्लामिक राज्य समर्थक विद्रोही त्यहाँको रणनीतिक सीमा क्षेत्रमा सक्रिय रहँदै आएका छन्।सन् २०१३ मा मुस्लिम ब्रदरहुडका मोहम्मद मर्सीलाई आन्दोलनबाट हटाइएपछि इजिप्टले इस्लामिक विद्रोहीबाट आक्रमण बेहोर्दै आएको छ। त्यसयता सिनाइ प्रायद्वीपको उत्तरी क्षेत्रमा सयौंको संख्यामा प्रहरी र सैनिक मारिएका छन्।आतंककारीहरूले देशको अन्य भेगमा समेत आक्रमण गर्दै आएका छन्।अप्रिल १४ मा कोप्टिक क्रिश्चियनहरू विरुद्ध इस्टरको सम्भावित आक्रमणको सूचना पाएपछि भएको कारवाहीमा एक प्रहरी र सात जना इस्लामिक विद्रोही मारिएका थिए। घटनामा तीन प्रहरी घाइते भएका थिए।सेना र प्रहरीले सन् २०१८ मा सिनाइ प्रायद्वीपसँगै देशको दक्षिणी क्षेत्र र लिबियाको सीमामा इस्लामिक विद्रोही विरूद्ध एउटा ठूलो अभियान सुरू गरेका थिए।
इजिप्टमा सैनिक सवार एक सशस्त्र सवारीमा बम विस्फोट हुँदा एक सैन्य अधिकृत सहित १० जना मारिएको वा घाइते भएको हुनसक्ने त्यहाँका एक सैन्य प्रवक्ताले जनाएका छन्।घटना इजिप्टको उत्तरी सिनाइ क्षेत्र स्थित बीर अल-अब्द शहरको दक्षिणी भागमा भएको हो।उनले घटनामा कति जना मारिए भन्ने बारेमा कुनै जानकारी दिएनन्।घटनाको हालसम्म कुनै समूहले जिम्मा लिएको छैन।
इस्लामिक राज्य समर्थक विद्रोही त्यहाँको रणनीतिक सीमा क्षेत्रमा सक्रिय रहँदै आएका छन्।सन् २०१३ मा मुस्लिम ब्रदरहुडका मोहम्मद मर्सीलाई आन्दोलनबाट हटाइएपछि इजिप्टले इस्लामिक विद्रोहीबाट आक्रमण बेहोर्दै आएको छ। त्यसयता सिनाइ प्रायद्वीपको उत्तरी क्षेत्रमा सयौंको संख्यामा प्रहरी र सैनिक मारिएका छन्।आतंककारीहरूले देशको अन्य भेगमा समेत आक्रमण गर्दै आएका छन्।अप्रिल १४ मा कोप्टिक क्रिश्चियनहरू विरुद्ध इस्टरको सम्भावित आक्रमणको सूचना पाएपछि भएको कारवाहीमा एक प्रहरी र सात जना इस्लामिक विद्रोही मारिएका थिए। घटनामा तीन प्रहरी घाइते भएका थिए।सेना र प्रहरीले सन् २०१८ मा सिनाइ प्रायद्वीपसँगै देशको दक्षिणी क्षेत्र र लिबियाको सीमामा इस्लामिक विद्रोही विरूद्ध एउटा ठूलो अभियान सुरू गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको भन्ने कुरामा आफू विश्वस्त भएको बताएका छन्।तर, उनले त्यसलाई पुष्टि गर्ने विस्तृत प्रमाणका बारेमा भने बताउन अस्वीकार गरे।उनको यो भनाइले बेइजिङसँग तनाव बढाउँदै लाने देखिएको छ।उनले कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको हो भन्ने प्रमाण आफूले हेरेको दाबी गरे। 'यो मसँग छ', ट्रम्पले भने, 'मैले तपाईंहरूलाई भन्न मिल्दैन। मलाई त्यो भन्ने अनुमति छैन।'अमेरिकाले यस्तो आरोप लगाएको भएपनि चीन सरकारको नियन्त्रणमा रहेको वुहान इन्सिटियूट अफ भाइरोलोजीले भने सुरुदेखि आरोपको खण्डन गर्दै आइरहेको छ।अरु अमेरिकी अधिकारीहरूले पनि यस सम्भावनालाई उत्ति जोड दिएका छैनन्।थुप्रै विज्ञहरूले समेत यो भाइरस ल्याबबाट नभइ मासु बजारबाट जनावर हुँदै मानिसमा सरेको बताउँदै आएका छन्।बितेका केही साता यता अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनाको विषयमा चीनसँग असन्तुष्ट रहँदै आएका छन्। कोरोनाका बारेमा चीनले समयमै जानकारी नदिदां महामारी फैलिएको र अमेरिकाको अर्थव्यवस्था कमजोर भएको उनको आरोप छ।कोरोनाका कारण नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उनी पुनः सो पदमा निर्वाचित नहुने सम्भावना बढ्दै गएको छ।देशभित्रै पनि कोरोना भाइरसको रोकथाम र व्यवस्थापनमा उनी चुकेको आरोप छ।अमेरिका हाल कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक हो। त्यहाँ हालसम्म १० लाख बढी संक्रमित भइसकेका छन् भने ६२ हजार बढीको ज्यान गइसकेको छ।ट्रम्पले यसअघि पनि आफ्नो सरकारले भाइरस सो प्रयोगशालाबाट आएको हो-होइन भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताएका थिए।अमेरिकी टेलिभिजन फक्स न्यूजले सो भाइरस कृत्रिमरुपमा बनाइएको र सो ल्याबबाट फैलिएको हुनसक्ने रिपोर्ट प्रसारण गरेको थियो। ट्रम्पले त्यसपछि नै कोरोना भाइरस चीनले फैलाएको आरोप लगाउँदै आएका छन्।कोरोना भाइरसको महामारीले चीन र ट्रम्प प्रशासनबिच पछिल्लो समय तनाव उत्पन्न हुँदै गएको छ। बेइजिङले पनि यसअघि अमेरिकी सेनाले उक्त भाइरस चीन ल्याएको बताएको थियो।बिहीवार ट्रम्पले चीनले कोरोनालाई कि रोक्न नसकेको हुनुपर्ने वा फैलिन दिएको हुनुपर्ने बताएका छन्।यसअघि बुधवार रोयटर्सलाई दिएको अन्तरवार्तामा ट्रम्पले भाइरसलाई लिएर चीनसँग के गर्ने भन्ने बारेमा आफूले विभिन्न विकल्पहरू हेरिरहेको बताएका थिए।यसैगरी सो अन्तरवार्तामा उनले चीनले आफूलाई आगामी चुनावमा हराउँन सकेको जत्ति गर्ने आरोप समेत लगाएका थिए।