लामो रस्साकस्सीपछि नेकपाको केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ। मगंलबार बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठक डाक्ने सहमति भएको हो। अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको र त्यसका लागि बैठक बोलाउनु पर्ने माग सचिवालय सदस्यहरुले गर्दै आएका थिए।
ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक वार्तामा मंगलबार सचिवालय बैठक बोलाउन सहमति भएपनि सोमबार ओलीले प्रचण्डलाई मात्रै बोलाएर छलफल गरेका थिए। योसँगै आजको सचिवालय बैठकले स्थायी कमिटी बैठकको पनि मिति तय गर्ने अपेक्षा गरिएको छ। स्थायी कमिटी बैठकले नेकपामा उत्कर्षमा पुगेको विवादलाइ मथ्थर पर्ने अपेक्षा गरिएको छ । पार्टीमा २ समूह आ–आफ्नो गुट बलियो बनाउन सक्रिय छन् । प्रधानमन्त्री ओलीले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि नेकपाभित्र विवाद बढेको हो । सो अध्यादेश फिर्ता भए पनि नेकपाभित्रकाे विवाद भने साम्य भएको छैन । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटी बैठक बोलाउने र त्यहाँ पार्टी र सरकारका विषयमा छलफल हुने बताएका छन् ।
कोरोना महामारी फैलनबाट रोक्नका लागि देशमा लकडाउनको घोषणा हुनेबित्तिकै रोय र इमा हान बच्चाहरुलाई यसबारे जानकारी दिन र उनीहरुलाई सम्हाल्न व्यस्त भए । उनीहरुले घरभित्र नियममा बस्नका लागि बच्चाका लागि एउटा तालिका बनाए र उनीहरुका लागि विभिन्न कार्यक्रमको योजना बनाए ।
डन्डीमा बस्ने हान परिवार स्कटल्याण्डको सबैभन्दा ठूलो परिवार हो । रोय र एमाका १३ सन्तानमध्ये १० जना यसै परिवारमा बस्छन् । उनीहरुको परिवार यति ठूलो छ कि यसबाट निकै सजिलै दुई बास्केटबल समूह बनाउन सकिन्छ ।
यी दुईको अत्यधिक प्रयास पछि पनि महामारीका क्रममा परिवारका लागि नियम बनाउने उनीहरुको कोसिस आफ्ना सन्तान सामू असफल भइरह्यो ।
रोय हान नाइवेल्स अस्पतालमा नर्सको रुपमा काम गर्छन् र महामारीको क्रममा उनको आफ्नो ठूलो परिवारलाई संक्रमणको खतराबाट बचाउनु उनको लागि चुनौती थियो ।
परिवारका लागि नयाँ प्रकारको मुश्किल थियो । यससँग जुध्न सजिलो थिएन । तनाव पहिले देखि नै थियो तर बिहिबार रोय हानमा कोरोनाभाइरस पोजिटिभ देखियो ।
रोय भन्छन्, ‘मलाई संक्रमणको लक्षण देखिन भर्खरै मात्र सुरु भएको छ र लक्षण निकै साधारण छन् । जब मेरो नतिजा पोजेटिभ आयो तब म जिल खाएँ ।’
‘म कोभिड–१९ का बिरामीसँगको सम्पर्कमा आउँछु तर म प्रोटेक्टिभ इक्विपमेन्ट लगाएर मात्रै उनीहरु भएठाउँ जान्छु । टेसाइड इलाकामा हामी अत्यधिक कोरोना परीक्षण गरिरहेका छौं र अब यो इलाका हटस्पट घोषित भइसकेको छ ।’
‘काम गर्दै गर्दा ठट्टा गरेर हामी भन्थ्यौं कि सुपरमार्केटबाट कोरोना संक्रमणको खतरा अत्यधिक हुनसक्छ, तर अब म काममा जान पाइरहेको छैन । मलाई नराम्रो लागिरहेको छ ।’
‘हामी भन्थ्यौं कि हर्ड इम्युनिटीका कारण हामी बच्नेछौं’
हान परिवार हाल १४ दिनका लागि आफ्नो घरमा नै क्वारेन्टाइनमा बसिरहेका छन् । रोयलाई सात दिनका लागि आइसोलेशनमा राखिएको छ ।
५० वर्षका रोयलाई टाइप–टु डायबिटिज छ । यद्यपि, उनले आफ्नो स्वास्थ्य ठिक भएको बताउँछन् । उनलाई आफू चाँडै नै निको हुने आशा छ र आफू एकपटक पुनः कोरोनासँग लड्नका लागि तयार हुने बताएका छन् ।
उनी भन्छन्, ‘मेरो जीवनमा खासै केही परिवर्तन आएको छैन । मात्र यति कि अब म आफ्नो बच्चाहरुलाई धेरै समय देख्न पाउँछु । मलाई खुसी लागेको छ कि मैले यो समय पाएँ । मेरो आफूमाथिको विश्वास बढिरहेको छ । म काममा फिर्ता हुन सक्नेछु ।’
‘मेरो परिवारमा यति धेरै सदस्य बस्छौं कि हामी ठट्यौली पारमा भन्दथ्यौं कि हर्ड इम्युनिटी (बथानको रोग प्रतिरोधी क्षमता) का कारण हामी बच्नेछौं ।’
रोय अब पूरा समय घरमा नै बिताइरहेका छन् । जसका कारण उनकी श्रीमती एमाले पनि निकै मद्दत पाएकी छिन् । एमा एक क्याफे चलाउँछिन् जुन अहिले बन्द छ ।
तर यो समय मुश्किलले भरिएको पनि छ । यी दुईका सन्तान २८ देखि पाँच वर्षसम्मका छन् ।
एक दिनको खानामा यो परिवारलाई करिब २८ लिटर दुध, २१ वटा पाउरोटी र सिरियलका पाँच प्याकेटको आवश्यकता पर्छ ।
तर सुपरमार्केटमा सामाजिक दुरीको नियम लागू गरिएको छ र सामान खरिद गर्नमा सीमा तोकिएको छ । यस्तोमा परिवारका लागि खान खरिद गर्नु थप मुश्किल बनेको छ ।
एमा भन्छिन्, ‘हाम्रो परिवार ठूलो छ र हाम्रा लागि सामाजिक दुरीको नियम पालना गर्नु चुनौतीपूर्ण छ ।’
‘अब हामी पसलमा एक पटकमा एउटा सामानको तीन प्याकेट मात्रै खरिद गर्न सक्छौं । यस्तोमा हामी पटक–पटक पसल धाइरहनुपर्छ र हाम्रो लागि संक्रमणको खतरा पनि थुप्रै गुणा बढिरहेको छ । मेरा लागि यो परिस्थितीसँग जुध्न निकै मुश्किल छ ।’
कोरोनाका कारण एमाको काम हालका लागि बन्द छ र उनको सारा ध्यान आफ्नो बच्चातर्फ केन्द्रीत छ । आमा बनेको उनको २८ वर्षको अनुभवले उनलाई साथ त दिन्छ तर यो मुश्किल समयमा स्थिती उनको नियन्त्रण बाहिर छ र लकडाउनका कारण तनाव पनि बढेको छ ।
एमा भन्छिन्, ‘जुन दिन रोयको कोरोना परीक्षण पोजेटिभ आएको थियो त्यसको एकदिन अघि म वक गर्न गएकी थिएँ । म भित्तालाई हिर्काएर रुन थालेँ ।’
‘मलाई लाग्यो कि म यो तनाव झेल्न सक्दिनँ । यो निकै मुश्किलले भरिएको समय हो ।’
‘त्यसको एक दिनपछि मैले आफ्नो परिवारलाई रोयलाई कोरोना पोजेटिभ भएको खबर सुनाउनु पर्यो । यो खबरले सबैलाई चिन्तामा पार्यो । पछिल्ला केही दिनदेखि घरका सबै सदस्यले धेरैभन्दा धेरै मद्दत गर्ने कोसिस गरिरहेका छन् ।
यो परिवार एकजुट भएर यो महामारीसँग लड्ने कोसिस गरिरहेको छ । बेलुका यो परिवार आफ्नो गार्डनमा बास्केटबल खेल्छन् ।
बास्केटबल खेल्नु कुनै ठूलो काम होइन तर अब यो परिवारले भिन्न रुपमा यसको महत्व बुझिरहेको छ । एमा भन्छिन्, ‘हाम्रो भाग्य राम्रो छ कि हाम्रो घरमा एउटा गार्डन छ । यदि पाँच बच्चासँग एउटा फ्ल्याटमा बस्नु परेको भए कति मुश्किल हुनथ्यो ?’
‘जब लकडाउन सुरु भयो तब मलाई लाग्यो कि ममाथि जिम्मेवारीको दबाब बढ्नेछ । यो निकै मुश्किलले भरिएको समय हो । तर वास्तविकता यो हो कि जीवन तपाईंले भने जसरी चल्दैन । ’
‘मेरो १४ वर्षका छोरा धेरैजसो आफ्नो एक्स–बक्ससँग खेलिरहन्छ । मेरी छोरी बिहान सबेरै ६ बजे उठ्छिन् र घरबाट अफिसको काम गर्छिन् । मलाई सुरुमा त यो मन परेन तर शिफ्टमा खाना बनाउनु सजिलो हुन्छ ।’
‘कामको तरिकामा परिवर्तन गर्नु राम्रो हो किनभने यहि एउटा कुरा हो जुन हामी गर्न सक्छौं ।’
बलिउड अभिनेता इरफान खानको निधन भएको छ।
५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।
बलिवुड अभिनेता इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।
उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। अहिले ट्वीटरमा उनलाई श्रद्धान्जली दिनेको ओईरो लागेको छ । बलिउड सुपरस्टार अभिताब बच्चनले उनी एक सफल कलाकारकाे निधनले आफु दुखी भएकाे बताएका छन् ।
हेरौ उनको ट्वीट
![]()
T 3516 - .. just getting news of the passing of Irfaan Khan .. this is a most disturbing and sad news ..
An incredible talent .. a gracious colleague .. a prolific contributor to the World of Cinema .. left us too soon .. creating a huge vacuum ..
Prayers and duas
बहराइनमा थप ७२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
बहराइनमा रहेको नेपाली दूतावासका श्रम सहचारी दामोदर दाहालले दिएको जानकारी अनुसार बहराइनमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ।
यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो।
सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ। बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन्।
१७ वेशाख, काठमाडौं । उद्याेगी–व्यवसायीहरुको संगठन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकले दोस्रो पटक ल्याएको सहुलियत प्याकले निजी क्षेत्रलाई उत्साहित नबनाएको बताएका छन् ।
राष्ट्र बैंकले मंगलबार कोरोना प्रभावित ऋणीलाई चौथो त्रैमासको ब्याजमा २ प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । तर यसले निजी क्षेत्रलाई सहुलियत महसुस नभएको चेम्बर अध्यक्ष श्रेष्ठले बताए ।
‘लकडाउनपछि राष्ट्र बैंकले २ पटक सहुलियत प्याकेज भनेर घोषण गर्यो, तर दुबैले निजी क्षेत्र उत्साहित हुन सक्ने देखिएन’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘राष्ट्र बैंकले अर्थतन्त्र बचाउनका लागि जुन खुला दिलले प्याकेज ल्याउनुपर्ने थियो त्यो ल्याएन ।’
उनले विश्वका धेरै केन्द्रीय बैंकहरुले अर्थतन्त्रलाई बचाउनका लागि विशेष प्याकेज ल्याएको भए पनि नेपालको केन्द्रीय बैंकले त्यसबाट नसिकेको बताए । अध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले बैंकहरुका लागि मात्रै नभएर समग्र अर्थतन्त्रलाई नै सकारात्मक दिशातर्फ अघि बढाउने खालको आर्थिक प्याकेज ल्याउनुपर्ने धारणा राखे ।
यो पनि पढ्नुहोसकोरोना प्रभावित ऋणीलाई २ प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन
राष्ट्र बैंकले चौथो त्रैमासमा २ प्रतिशत ब्याज छुट दिनुको खासै अर्थ नरहेको उनको भनाइ छ । उद्योग व्यवसाय पूर्ण रुपमा बन्द भएको अवस्थामा विशेष प्याकेजको अपेक्षा गरिए पनि त्यो नआएको उनले गुनासो गरे ।
यतिबेला उद्योग–व्यवसाय घाउ नै घाउले थलिएको भन्दै अध्यक्ष श्रेष्ठले सरकारले मल्हम लगाए जस्तोमात्रै गरेको बताए ।
चौथो त्रैमासको ब्याजमा २ प्रतिशत छुट पनि सीमित व्यवसायलाई मात्र नभई सबैलाई दिनुपर्ने उनी बताउँछन् । ‘एक त २ प्रतिशत छुटले पुग्दैन, त्यो पनि सानादेखि ठूला सबैलाई दिनुपर्छ’ उनले भने, ‘कुनै सीमित क्षेत्रलाई मात्रै दिएर भएन ।’
यो पनि पढ्नुहोसबैंकर्स संघका अध्यक्षले भने– राष्ट्र बैंकको परिपत्र क्रान्तिकारी
थप १० प्रतिशत पुनर्कर्जा एक वर्षका लागि दिने भनिएको पनि त्यो समय अपुग भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले पुनर्कर्जा कम्तीमा ३ वर्ष स्वतः नवीकरण हुनेगरी दिनु पर्ने माग राखे ।
६० अर्बको पुनर्कर्जा कोषले पनि नपुग्ने भन्दै उनले त्यसलाई बढाएर २ सय अर्ब रुपैयाँको बनाउनुपर्ने बताए ।
१७ वैशाख, काठमाडौं । बजेट अधिवेशन सुरु गर्ने तयारी भएसँगै बैठक कक्षको व्यवस्थापनको चटारो सुरु भएको छ । बैठक कक्षका कुर्सी टेबुल मिलाउने, रंग रोगन गर्ने लगायतका काम अहिले चलिरहेको छ ।
जेठ १५ गते वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था छ । बजेट भाषण सुरु हुनु अगाडि राष्ट्रपतिले संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकलाई सम्बोधन गर्नुका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ । संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकेरपछि मात्र बजेट प्रस्तुत हुन्छ । सबै प्रक्रिया पूरा गर्दा लाग्ने समय अवधिलाई ख्याल गरेर जतिसक्दो छिटो संसद अधिवेशन आह्वान गर्नुपर्ने दबाब सरकारलाई छ ।
यता संसद सचिवालयलाई भने कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सामाजिक दुरी कायम गर्दै सांसदहरुको आसन मिलाउनु पर्ने चुनौती छ । त्यही काम अहिले संघीय संसद भवनभित्र जारी छ ।

संसद सचिवालयको तयारीबारे बुझ्न बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेर बैठक कक्ष अवलोकन गरेका छन् । उनलाई बैठकको तयारीबारे संसद सचिवालयका कर्मचारीहरुले जानकारी गराएका थिए ।

प्रधानमन्त्रीसँगै सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलगायतले पनि संसदको बैठक कक्ष अवलोकन गरेका छन् । संसद भवन अवलोकन गर्नुअघि बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच बजेट अधिवेशनबारे छलफल भएको थियो ।
संसद सचिवालयका अनुसार सामाजिक दूरी कायम हुनेगरी संसदको बैठक कक्ष तयार भइसकेको छ । भर्चुअल बैठकका लागि समेत तयारी गरिएको छ । संसद सचिवालयले भर्चुअल बैठकको प्राविधिक तयारीबारे सुझाव दिन ७ सदस्यीय समिति गठन गरेको थियो ।

सचिवालयका अनुसन्धान सचिव ध्रुव घिमिरे नेतृत्वको समितिले माइक्रोसफ्ट टिम्स नामक सफ्टवेयरको माध्यमबाट भर्चुअल बैठक गर्न सकिने सुझाव दिएको छ । यो प्रविधिलाई आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्न सक्ने समितिको निष्कर्ष छ ।


NEWS SOURCE : ONLINE KHABAR
काठमाडौं – बलिउड अभिनेता इरफान खानको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अकस्मात अस्पताल भर्ना भएका खानको मंगलबार राति निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनको ५४ वर्षको उमेरमा निधन भएको हो।
![]()
My dear friend Irfaan. You fought and fought and fought. I will always be proud of you.. we shall meet again.. condolences to Sutapa and Babil.. you too fought, Sutapa you gave everything possible in this fight. Peace and Om shanti. Irfaan Khan salute.
6,994 people are talking about this
खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।
उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।
![]()
An actor that every director wanted to work with. A human being that gave his best in every role. Indian film’s most succesful export to Hollywood. A man loved by all. Sad to see #IrrfanKhan leave us, after what we thought was suucesfull fight against cancer. God bess you Irfan .
595 people are talking about this
केहीदिन अघि उनकी अामाकाे निधन भएकाे थियाे।
काठमाडाैं, १७ वैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या ३१ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ९ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ पुगेको छ । यसैबीच ७ हजार ७ सय ४७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।
मंगलबार बिहानसम्म भारतमा काेराेना संक्रमितकाे संख्या २९ हजार ४१५ थियाे भने मृत्यु हुनेकाे संख्या ९ सय ३९ पुगेको छ ।
विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या ३१ लाख ३६ हजार पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख १७ हजार ८१३ पुगेकाे छ ।
काठमाडौँ, १७ बैशाख । कोरोना संक्रमणपछि विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः १७ जना इस्लाम धर्मालम्बीहरु अस्पताल भित्रै रमजान रोजा (ब्रत) बस्नु भएको छ ।
कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना विरामीमा १२ दिनसम्म पनि त्यसको लक्षण र असर नदेखिए पछि रमजान रोजा बस्नेहरूले अस्पतालमै आफ्नो धार्मिक परम्परा अंगाल्नु भएको हो । इस्लाम धर्मालम्बीहरूले एक महिनासम्म रमजान रोजा (ब्रत) बस्ने पवित्र यो समयमा कोरोनाले संक्रमित बनेपनि अस्पताल भित्रै आफ्नो परम्परा अंगालिएको हो । कोभिड–१९ उपचार केन्द्रमा रहनु भएका ३१ मध्ये दुई जना बाहेक सबै इस्लाम धर्मालम्बी मान्ने मुस्लिम समुदायका रहनु भएको छ ।
सुरुका दुईदिन सबैले रोजा अंगाल्नुभयो, कोशी अस्पताल मेडिकल सुपरिटटेन्डेन्ट डा.संगिता मिश्राले भन्नुभयो–अहिले दैनिक १७ जना रोजामा रहेका छन् । मिर्मिरेमा खाजा र नास्ता गरेर दिनभर सौम (उपवास) अनुष्ठान गरेपछि साँझमा इफ्तार (सामूहिक प्रार्थना) पछि मात्रै बिरामी भएर अस्पतालमा भर्नापछि ब्रतालुले खाना खाने गर्दै आएका छन् ।
इस्लाम धर्मालम्बीहरुले आत्मा सुद्धिका लागि एक महिनाम्म ब्रत बस्ने र अन्तिम दिन महान् पर्व इद मनाउने गर्दछन् । यहि अवसरमा आफ्नो सम्पतिको २.५ प्रतिशत दिनदुखीलाई दान गर्नुपर्ने मान्यता समेत रहेको मुस्लिम युवा ओसिम आलमले बताएका छन् । दान गर्नुपर्ने मान्यतालाई जकात र फित्रा भनिन्छ, आलमले भने–यस्तो नगरे आर्जन गरेको सम्पति गणना हुन लायकको हुँदैन । (गोरखापत्रबाट)
वि.सं.२०७७ साल वैसाख १७ गते । बुधबार । ईश्वी सन् २०२० अप्रिल २९ तारिख ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित रकम खर्च हुनेछ । प्रतिकुल समयमा प्रविधिको प्रयोग गरि लाभ लिन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ प्रविधिको प्रयोग गरि समयलाई अनुकुल बनाउन सकिनेछ । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमि काम गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । साझपख काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिक क्षमतामा बृद्धि हुनेछ । सत्रु परास्त हुँनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक तथा सरकारि क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । स्वअध्ययनले वौद्धिकताको विकास गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउन असजिलो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानीबाट भने थोरै भएपनि आम्दानी हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या हुनसक्छ ध्यान दिनुहोला । साझपख माया प्रेमको सम्वन्ध विवाहमा परिणत गर्ने सहमति जुट्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढ्ने लेख्ने काममा अरुलाई पछाडि पार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पति पत्निबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । अध्ययनमा उच्चता हाँसिल होला । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खेती किसानी र पशु-पंक्षिपालन व्यवसायले आर्थिक सन्तुलन मजबुत बन्दै जानेछ । अनावश्यक खर्च नियन्त्रणमा क्षमता बढाउनु पर्नेछ
। आमाबाबु र दाजुभाइ, दिदीबहिनीबाट सौहार्दपूर्ण व्यवहार नपाईन सक्छ । पतिपत्नीबीचको असमझदारीले दाम्पत्य जीवन स्नेहपूर्ण ढंगले व्यतित हुने छैन ।
तपाईको दिन शुभ रहोस् ।