generalnews
||Power News Asia||

आजको समाचार

समाजसेवा लाइ कुनै भौतिक दुरीले छेक्दैन : डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन)

समाचार


काठमाडौं बैशाख १५।सामाजिक काम गर्न कुनै भुगोल आवश्यकता पर्दैन जहाँ आवश्यकयता हुन्छ त्यहाँ पुग्नुपर्छ भन्ने मान्यतालाइ आत्मसाथ गर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले आफ्नो सेवालाइ निरन्तर रुपमा प्रदान गर्दै आएको छ । उक्त अभियानलाइ दरिलो अभिभावकत्व प्रदान गर्दै आएका सक्रिय लायन्स लिडर हुन् लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का वर्तमान डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री (राजन) । पुर्वको बिराटनगरमा भ एपनि नियमित लायन्स लिडर संग सम्पर्कमा रहेर नेपालका बिभिन्न स्थानमा सामाजिक सेवामा खटिरहेका लायन्स सदस्यहरुलाई आवश्यक सहयोग गरिरहेका छन् । प्रतिकुल अवस्थाका कारण चाहना भए पनि सबै ठाउमा पुग्न नसकेकोमा छटपटी भएको बताउने उनले सामाजिक सेवा गर्नको लागि भौतिक दुरीले नछेक्ने बताए। विश्व भरि फैलिएको कोरोना भाइरस कोभिड- १९ रोगको महामारीसंग स्वाथ्यकर्मी सुरक्षाकर्मी तथा खटिएका कर्मचारी एबम सामाजिक अगुवाहरु ,सामान्य सुरक्षा उपकरण बिना अग्रमोर्चामा खटिएकाहरुको मुक्त कण्ठले प्रसंशा समेत गरेका छन ।सरकारले शुरु गरेको बिद्यार्थी भर्ना अभियान संगै कापी संकलन र वितरण कार्य गरेका उनले अहिले कोरोना संकटको जोखिम न्यूनीकरणको साथै बिभिन्न सहयोग अभियानमा दरिलो साथ दिदै आएका छन। अहिलेको विषम परिस्थितिमा सरकारले मात्र सबै गर्न नसक्ने हुँदा लायन्सहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताउने उनले देशभरका क्लबले कुनै न कुनै तरिकाबाट सघाइरहेका बताउदै सेवामा समर्पित हुनु लायन्स क्लबको उद्देश्यलाइ आत्मसात गर्दै सेवाका कामहरु गरिरहेको बताए । सेवाभावका साथ खुलेका सबै क्लब र तीनका सदस्य अहिले रोग नियन्त्रण अभियानमा आ–आफनो ठाउँबाट जुटिरहेको , त्यसमा लायन्स र लियो क्लबका सदस्यहरु सक्रिय रहेको बताए । अहिले को विषम परिस्थितिमा लायन्समा कुशल नेतृत्व बहन गर्दै आएका उनले दिन रात नभनी लायन्स लिडरहरुलाइ आवश्यक सल्लाह सुझाब सहित सहयोग गर्दै सामाजिक दायित्व बाट नभाग्न सबैलाई अनुरोध समेत गरेका छन ।उनि भन्छन ‘सामाजिक संस्थामा आवद्द हुनु भनेकै समाजमा आइपर्ने विपद दुखमा सेवा गर्नु हो मानवीय सेवा बाट प्राप्त सन्तुष्टि नै ब वास्तवमा धर्म हो ‘ । लक डाउनका कारण चुल्हो बाल्न समस्यामा परेका परिवारलाइ खाद्यान्न सहयोग मात्र नभई लायन्स क्लबको अगुवाइ तथा सक्रियतामा बिभिन्न स्थानमा रक्तदान कार्यक्रम समेत आयोजना भई रहेको छ । यति मात्र नभई लायन्स क्लब मार्फत कोभिड -१९को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी तथा व्यवस्थापनमा खटिएका कर्मचारीहरुलाई आधारभूत सुरक्षा सामग्री पिपिई माक्स स्यानिटाइजर लगायतको सामग्री उपलब्ध गराउनको लागि पनि पहल गरेका उनले आफु बिराटनगरमा भए पनि लायन्स साथीहरु संगै भएको बताए उनि भन्छन बिहान देखि लायन्स क्लब,, संघ संस्था र व्यक्तिहरूको सहयोगमा संकलित खाद्यान्न लाइ वितरण गर्नको लागि प्याकिंग गर्ने देखि वितरण गर्ने सम्मको काममा साथीहरु खटिरहनु भएको छ यो अभियानमा सहयोग गर्ने सबैलाई मुक्तकण्ठले प्रसंशा गर्दै धन्यबाद दिदै उनले कोरोना भाइरस बिरुद्द उच्च मनोबलका साथ सामना गर्न सबैमा अनुरोध गरेका छनमहामारीको प्रकोप माथि विजय प्राप्त गरेर सम्पूर्ण मानव जातिको समृद्दी कायम गर्ने तर्फ नयाँ आयामहरुको थालनी गर्न सकियोस भन्ने नया वर्षको शुभकामना सहित लायन्स क्लबले संकटको बेलामा गर्दै आएको कामको उच्च प्रसंशा समेत गरेका छन । सरकारले घोषणा गरेको लकडाउन लाई हामीले पुर्ण रुपमा घरमै बसी पालना गर्नु पर्छ र यो हाम्रो परम कर्तव्य पनि हो उनि भन्छन। ‘आजको विषम परिस्थितिमा सरकारले मात्र भोको पेट पुर्ण रुपमा निर्मुल पार्ने नसकिरहेको अवस्थामा सुरक्षाकर्मी , संचारकर्मी , वडा प्रतिनिधि ,स्वास्थकर्मी ज्युहरु लगायत सामाजिक कार्यकर्ताहरु सबै घरभित्रनै बस्ने अबस्था शृजना हुनगएमा अबस्था कस्तो होला ? हामीले कल्पना सम्म गर्न सक्दैनौं तसर्थ लायन्स क्लब ३२५ ए१ ले राज्यले लगाएको लकडाउनलाइ लाई पुर्ण रूपमा पालना गर्दै सुरक्षात्मक उपाय अपनाएर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत संचालित Food Bank मार्फत आज जहाँ आवश्यक त्यहाँ लायन्स भन्ने मुल मन्त्रमा रहि Hunger relief program अन्तर्गत खाधान्न लगायत दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउदै आईरहेको बताए। उनले यस्तो बेलामा हरेक नागरिकले आफ्ना निहित स्वार्थहरुलाई सिमित गर्दै केवल मानव समुदायको हितको लागि कार्य गर्ने अवसरमा बुझ्नुपर्नेमा जोड दिदै निरन्तर समाज सेवामा खटिने प्रतिबद्दता समेत ब्यक्त गरेका छन ।सरकारलाइ लायन्स क्लबले करिब ५७लाख बराबरको स्वाथ्य सामग्री समेत प्रदान गरेको छ ।

लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

समाचार


लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशास न कार्यालयहरूलाई निर्देशन दिएको छ।

सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाइएको थियो। फेरि सोमबारदेखि सवारीसाधनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले बतायो।

यात्रु ओसारपसार र पास वितरण नगर्न गृह मन्त्रालयको निर्देशन

समाचार


काठमाडौं । गृह मन्त्रालयले उपत्यकासहित अन्य जिल्लाबाट यात्रु ओसारपसार नगर्न निर्देशन दिएको छ। उपत्यकासहित विभिन्न जिल्लाबाट घर फकर्ने यात्रुलाई स्थानीय तहले उद्धार गर्दै आएपनि अर्को निर्णय नभएसम्म भन्दै गृह मन्त्रालयले यात्रु ओसारपसार गर्न रोक लगाएको हो।

सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्य सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ।

गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार जुनसुकै हालतमा लकडाउनलाई कडाइका साथ लागू गर्न र सोहीअनुसारको व्यवस्था मिलाउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो।

साथै, गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पुन निर्देशन दिएको छ।

वडा प्रहरी कार्यालयलाई पाँच सय ५० मेडिकल माक्स सहयोग

समाचार


कोरोना भाइरस जोखिमबाट बच्न हेटौंडाको वडा प्रहरी कार्यालयलाई पाँच सय पचास मेडिकल माक्स प्रदान गरिएको छ ।

कार्यालयलाई हेटौैडा वडा ५ का वडा अध्यक्ष राजेश बानियाँबाट दुई सय थान, नारायणी मलका म्यानेजर कैलाश ढकालबाट एक सय पचास थान, सहारा मल्टिप्रपोज तथा आइएमई लाईफ इन्स्योरेन्स कम्पनी हेटौंडाका वरिष्ठ एजेन्सी म्यानेजर योग्यराज सापकोटा र हेटौंडा ५ निवासी रुपक महतबाट एक/एक सय थान गरि पाँच सय पचास थान मेडिकल माक्स सहयोग स्वरुप प्रदान गरिएको वडा अध्यक्ष बानियाँले बताए ।

दैनिक १६/१७ घण्टा ड्युटीमा खटिने प्रहरीलाई कोरोना जोखिम बढी हुनाले वडा प्रहरी कार्यालयलाई उक्त माक्स सहयोग स्वरुप प्रदान गरिएको बानियाँले बताए । माक्स वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।

 

News Copy From : Sidakhabar

अबको एउटै विकल्प प्रधानमन्त्रीको बहिर्गमन

समाचार


प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका कृत्यहरुका कारण विकसित भएका पछिल्ला घटनाक्रमहरुले नेपाली राजनीतिमा गम्भीर नैतिक प्रश्नहरु पैदा भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरु समेत, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, प्रतिपक्षी दल जनता समाजवादी पार्टी, अन्य ससाना सबै राजनीतिक पार्टी, नागरिक समाजदेखि लिएर विभिन्न सामाजिक सञ्जालहरुले अहिले प्रधानमन्त्री केपी ओलीसमक्ष राजनीतिक नैतिकताको प्रश्न तेस्र्याएका छन् । अहिले उनलाई नैतिकताको एउटै प्रश्नले पछ्याएको छ । उनको नेतृत्वको सरकारमा घटित चर्तित काण्डहरु र विवादास्पद निर्णयहरु त धेरै छन् । भ्रष्टाचारका काण्डहरुमा उनी आफै न्यायाधीश भएका दृष्टान्त धेरै छन् ।

नेपालमा कोरोनाको कहरसँगै स्वास्थ्य सामग्री खरिदसँग सम्बन्धित ओम्नी काण्ड नसेलाउँदै पछिल्लो पटक राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था र संवैधानिक परिषदको गणपूरक सङ्ख्या घटाउने सम्बन्धी गरी दुई अध्यादेश जारी गर्ने षड्यन्त्रको पटाक्षेप भसकेपछि नेतृत्वको नैतिकता र राज्यको अपराधीकरणको प्रश्नबाट केपी ओली नेतृत्वको सरकार नराम्ररी घेरिएको छ । अध्यादेशहरु त खारेज भइसकका छन् तर यसका फोहोरी बाछिटाहरु प्रधानमन्त्रीको अनुहारमा परेका छन् । साथै राष्ट्रपतिसमेत विवादमा मुछिएकी छन् । अब हेर्न बाँकी छ ती फोहोरी बाछिटालाई प्रधानमन्त्रीले कसरी सफा गर्छन्, गर्न सक्छन् वा सक्दैनन् ।

देश कोरानाको महामारीबाट आक्रान्त भइरहेको विकराल अवस्थामा सबै राजनीतिक दल एवं पक्षलाई समेटेर राष्ट्रिय एकता कायम गर्दै कोरानासँगको लडाइँ लड्नुपर्ने बेला प्रधानमन्त्री केपी ओलीले एकाङ्की रूपमा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न दुईवटा अध्यादेश ल्याएर आफ्नो कार्यकारी अधिकारको दुरुपयोग गर्न पुगे । उनको यस कार्यको सर्वत्र विरोध हुन गयो । परिणामस्वरूप उनी ती अध्यादेशहरु फिर्ता लिन बाध्य भए । यद्यपि यो मुद्दा सकिएको भने छैन ।

अब जनताप्रति जवाफदेही बन्दै माफी माग्ने र राजीनामा दएर राजनीतिको अगाडिको बाटोलाई सुसंस्कृत बनाउने नैतिक जिम्मेवारी प्रधानमन्त्री केपी ओली समक्ष रहेको धारणा सर्वत्र रहेको छ । किनभने अध्यादेश फिर्ता भए पनि गलत अभ्यास र उनको असंवैधानिक कार्यले उब्जाएको नैतिकताको प्रश्न टड्कारो रूपमा उठेको छ । अहिले विभिन्न कोणबाट भन्ने गरिएको छ । यस सङ्कटको घडीमा प्रधानमन्त्रीले सबैको विश्वास र भरोसा गुमाउने काम गरेका छन् । आफ्नै दल एवं सबै पक्षबाट वैधता गुमाएका प्रधानमन्त्रीबाट कोरोना महामारी समस्याको पार नलाग्ने र आगामी दिनमा संविधानको रक्षा पनि सम्भव नहुने एकदमै सान्दर्भिक तर्कहरु अगाडि आएका छन् । 

दुईवटा अध्यादेशको आडमा राजनीतिलाई अपराधीकरण गर्ने र आफ्नो सत्ता लम्ब्याउने प्रपञ्चमा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता देखिएको छ । उनकै निर्देशनमा समाजवादी पार्टी फुटाउने फोहोरी खेलको स्क्रिप्ट लेखिएको स्पष्ट भइसकेको छ । अझ पराकाष्टा त्यतिबेला नाघ्छ जब राज्यका संयन्त्र प्रयोग गर्दै आफ्ना दुई जना सांसद र पूर्वप्रहरी प्रमुखलाई मतियारका रूपमा प्रयोग गर्दै देश पूरै लकडाउनको रहेको अवस्थामा लकडाउनको उल्लङ्घन गर्दै बालुवाटारमा षड्यन्त्रका तानाबाना बुनेर समाजवादी पार्टीका एक जना सांसद सुरेन्द्र यादवलाई रातारात महोत्तरीबाट राजनीतिक अपहरण गरिएको घटनाले प्रधानमन्त्री केपी ओलीको आपराधिक अनुहार उदाङ्गो भइसकेको छ । राज्यस्तरबाट गरिएको यस्तो प्रकारको अपराध क्षम्य त पटक्कै छैन ।

यस्तो फौजदारी कुकृत्यमा लाग्ने मतियारहरुलाई कारबाहीको दायरा ल्याउने सवाल बेग्लै चर्चा विषय छ र राज्यको व्यवहार कस्तो हुन्छ हेर्न बाँकी नै छ । तर निष्कर्ष के हो भने सरकारको यस्तो विकृत कार्यले नेपालको समकालीन राजनीतिलाई बदनाम गर्ने काम भनेँ गरेको छ । 

यी दुईवटा घटनाको आलोकमा प्रधानमन्त्री केपी ओलीको राजनीतिक छवि अपुरणीय रूपमा धुमिल हुन पुगेको हुँदा उनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिक अधिकार बाँकी रहेको छैन । जीवनको उत्तराद्र्धमा यदि प्रायश्ति गर्नुछ भने, उनले नेपाली जनतासँग माफी माग्दै नैतिकताको आधारमा अबिलम्ब राजीनामा दिनुपर्दछ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले यो तथ्यको गाम्र्भीयतालाई बुझ्नु पर्छ । अहिले नेपाल कम्युनिस्ट पार्टीको अगाडि बदनाम भइसकेको वर्तमान सरकारको नेतृत्व परिवर्तन गर्ने यो उपयुक्त अवसर हो । पार्टीभित्र समेत अल्पमतमा परेका र सरकार सञ्चालनमा पनि राजनीतिक विश्वसनीयता गुमाइसकेका केपी ओलीलाई बहिर्गमन गर्दा सत्तारुढ पार्टीकै साखमा हुने सम्भाव्य क्षति नियन्त्रण गर्न सकिन्छ भने नेपाली राजनीतिमा एउटा नयाँ चरणको सुरुवात पनि गर्न सकिन्छ । त्यसैले समकालीन नेपाली राजनीतिको एउटै विकल्प  प्रधानमन्त्री केपी ओलीको बहिर्गमन नै हो ।

वुहानका अस्पतालबाट कोरोनाका विरामी सकिएको चीनको घोषणा

समाचार


कोरोना भाइरसको पहिलो केन्द्रबिन्दु बनेको वुहान शहरका अस्पतालमा एउटा पनि कोरोनाका विरामी नरहेको चीनले आइतबार घोषणा गरेको छ।वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको बताइन्छ।सुरुका कोरोना संक्रमित सोही मासुबजारसँग सम्बन्धित थिए।गत वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड-१९ भनिने नोभल कोरोना भाइरस वुहानमा देखिएको थियो।यसैगरी वुहानमा शुक्रवार संक्रमणको कुनै लक्षण नदेखिएका २० नयाँ संक्रमित फेला परेका थिए। उनीहरूसँगै त्यहाँका शंकास्पद ५ सय ३५ विरामीलाई चिकित्सकिय निगरानीमा राखिएको छ।भाइरसले महामारीको रुप लिन थालेपछि सो शहरलाई चीन सरकारले ७६ दिन लकडाउनमा राखेको थियो। चीनमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने शहर यही हो।चिनियाँ सरकारले यसै महिनाको सुरुतीर सार्वजनिक गरेको कोरोनासम्बन्धी तथ्यांक अनुसार वुहानमा ५० हजार ३ सय ३३ जनालाई संक्रमण भएको र १२ सय ९० जनाको ज्यान गएको छ।चीनभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६९ रहेको चीनले जनाएको छ।स्थानिय संक्रमित शून्यतीर लागिरहेको चीनले अहिले आफ्नो ध्यान बाहिरबाट आएका संक्रमितमा केन्द्रित गरिरहेको छ।त्यहाँको राष्ट्रिय स्वास्थ्य कमिसनका अधिकारीहरूले आइतबार चीनको मुख्यभूमिमा ११ नयाँ संक्रमित फेला परेको र तीनमा पनि ५ संक्रमित चीनबाहिरबाट आएका मानिसमा भेटिएको जनाएको छ।यस्तै बाँकी ६ लाई स्थानिय स्तरमा संक्रमण भएको उनीहरूले बताएका छन्। शनिबार त्यहाँ कोरोनाका कारण एउटा पनि मृत्यु नभएको चीनको भनाइ छ।यसैगरी स्वास्थ्य अधिकारीहरूले अहिले आफ्नो ध्यान राजधानी बेइजिङमा केन्द्रित गरेका छन्। त्यहाँ एक क्षेत्रलाई कोरोनाको उच्च जोखिम क्षेत्रमा राखिएको छ।आइतबारमात्र बेइजिङ सरकारले आफ्ना नागरिकहरूका लागि नयाँ नियमहरूको घोषणा गरेको छ। ती घोषणाहरू सार्वजनिक स्वास्थ्यलाई अझ राम्रो बनाउन र नागरिकहरूलाई 'असभ्य' व्यवहार गर्नबाट रोक्न लक्षित छ।ती नियमहरूका अनुसार अब नागरिकहरूले खोक्दा, थुक्दा वा खकार्दा मुख छोप्नुपर्नेछ। यसैगरी नागरिकहरूलाई सफा पहिरन लगाउन पनि भनिएको छ। यसैगरी सार्वजनिक स्थलमा सर्ट खोल्न नपाइने नियम उसले लगाएको छ।शुक्रवार पास भएका यी नियम उलल्घंन गर्नेलाई विशेष सजाय पनि तोकिएको छ।जस अनुसार जथाभावी फोहोर गर्ने, थुक्ने तथा सार्वजनिकरुपमा शौच गर्नेलाई २८ अमेरिकी डलरको जरिमाना सजाय हुनेछ।

विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका यात्रुलाई नागढु‌ंगा चेकपोस्टमा रोकियो

समाचार


काठमाडौँ — विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले रोकेका छन् ।महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो। उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा लाइन लगाएर राखिएको छ। हरेक बसमा १९ जना यात्रु पठाइएको थियो। उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए। प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको हो।

८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका याुत्रहरु काठमाडौं प्रवेश गरिसकेका छन्। यात्रुहरु काठमाडौं प्रवेश गरिरहेको समाचार सम्प्रेषण सुरु भएपछि प्रहरीले यात्रु रोकेको हो। काठमाडौं प्रवेशका लागि माथिको आदेश चाहिने भन्दै प्रहरीले यात्रुलाई अहिले चेकपोस्टमै राखेको छ।

 

यात्रुहरुले आफूहरु लकडाउनका कारण विराटनगरमा अलपत्र परेको र मेयर भीम पराजुलीले गाडीको व्‍वयवस्था गरेर काठमाडौं पठाएको बताएका छन् ।

रवि लामिछानेको चितवनको घटनाको उजुरी काठमाडौँमा लिन हुने, सुरेन्द्र यादवको किन नहुने ?

समाचार


काठमाडौँ । आइतबार महानगरीय प्रहरी परिसर टेकुले सांसद अपहरणसम्बन्धि उजुरी दर्ता गर्न अस्वीकार गरेको छ । घटना भएको नजिकको प्रहरी कार्यालयमा उजुरी दिन भन्दै परिसरले उजुरी लिन नमानेको हो ।

नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वआइजिपी सर्वेन्द्र खनालले महोत्तरीबाट आफूलाई अपहरण गरी काठमाडौँ ल्याएको भन्दै पूर्वमन्त्रीसमेत रहेका डा. सुरेन्द्र यादव आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउप्रधानमन्त्री उपेन्द्र यादवसहित उजुरी दिन पुगेका थिए । तर, काठमाडौँ प्रहरीले उजुरी नै लिन लिन मानेन ।

परिसरले सांसद यादवको उजुरी लिन नमानेपछि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भएको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफ्नो प्रसंग कोट्याउँदै सरकारप्रति ब्यङ्ग्य गरेका छन् । केही समयअघि पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका थिए लामिछाने । पुडासैनीले लामिछानेको कारण आत्महत्या गर्नुपरेको भन्दै एक भिडियो सन्देश छाडेका थिए । भिडियोकै आधारमा लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दाको उजुरी काठमाडौँ परिसरले लिएको थियो । जबकी त्यतिबेला घटना चितवनमा भएको थियो ।

 

यो पनि

काठमाडौं प्रहरीले सुरेन्द्र यादव अपहरणसम्बन्धी उजुरी लिन मानेन

‘तत्कालिन आईजीपी सर्वेन्द्र खनालकै निर्देशनमा चितवनमा भएको घटनाको अनुसन्धान गर्न भन्दै परिसरले उजुरी लिएको थियो । चितवनमा भएको घटनाको उजुरी काठमाडौँमा लिन मिल्ने, उहाँहरुको विरुद्धमा नमिल्ने भन्दै,’ लामिछानेले आक्रोश समेत पोखेका छन् ।

लामिछानेले ‘चितवनमा भएको घटनामा सर्वेन्द्र खनालकै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौँमा उजुरी लिन मिल्ने, उहाँहरुको विरुद्धमा नमिल्ने ? उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला ? कानुन सानालाई मात्रै ? अराजकताको खाल्डो यति ठूलो नखन्नुस्, पुरिने तापाईंहरु आफै हो,’ सामाजित्र सञ्जालमा उनले लेखेका छन् ।

अदालतको अनुमति पनि नलिइकन रवि लामिछानेलाई सञ्चारगृहबाट गिरफ्तार गरेर चितवन लगिसके पछि काठमाडौं प्रहरीमा जाहेरी गर्न लगाएर चितवन पठाइएको थियो ।

सांसद यादवको उजुरी काठमाडौँ प्रहरीले लिनुपर्ने एक पूर्वआईजीपी बताउँछन् । उनी भन्छन्, ‘कसैका विरुद्ध पनि उजुरी लिन्न भन्न पाइन्न, तर मुद्दा चलाउने/नचलाउने सरकारी वकिलले निर्णय गर्छ ।’

रवि र सांसद यादवको प्रसंगलाई लिएर प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी निरज शाहीलाई सम्पर्क गर्दा फोन रिसिभ भएन ।

यादव राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादीका सांसद हुन् । उनी समाजवादी पार्टीबाट महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । समाजवादी पार्टी फुटाउने प्रयोजनका लागि केही दिनअघि यादवलाई महोत्तरीबाट काठमाडौँ ल्याएको आरोप छ ।

आफूलाई अपहरण तथा शरीर बन्धकमा राख्न संलग्न रहेको भन्दै यादवले नेकपाका सांसदहरू बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालबिरूद्ध किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरी दिन टेकुस्थित परिसरमा जनता समाजवादीका शीर्ष नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, शरदसिंह भण्डारी, राजेन्द्र महतो, अशोक राई, राजेन्द्रकुमार श्रेष्ठ, हिसिला यमीलगायत पुगेका थिए ।

उजुरी लिन नमानेपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले प्रधानमन्त्री आफै अपहरणजस्ता काण्डमा मुछिएको पनि आरोप लगाए । ‘उहाँहरू आफै संलग्न भएर अपहरणजस्ता काण्डमा मुछिनुभएको छ । यसले सम्पूर्ण कर्मचारी, प्रहरी र प्रशासनलाई पनि आतंकित पारेको छ,’ भट्टराईले भने ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी महोत्तरीबाट सांसद यादवलाई उठाएर ल्याएको भए पनि यो घटनाले पूर्णता काठमाडौँमै पाएकाले जाहेरी दर्ता गर्न बाहिर जानु नपर्ने बताउँछन् ।

काठमाडौँ प्रहरीले डा. यादवको अपहरणको जाहेरी लिन नमान्नुले विधिको शासन र कानूनको अगाडी सबै समान हुन्छ भन्ने सिद्धान्तको धज्जी उडाएको अधिवक्ता त्रिपाठीको भनाइ छ ।

सोमबार चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

समाचार


मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव परेको जनाएको छ । 

यसका साथै बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ । 

महाशाखाले जारी गरेको पूर्वानुमानमा हाल देशको केही स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको जनाइएको छ । 

सोमबार दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

यसैगरी, राति  देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले सोमबार पश्चिमी भू–भागका अधिकांश स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग  र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । 

सङ्क्रमित फेला परेका मस्जिद आसपास बस्नेको स्वाब सङ्कलन

समाचार


दयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बस्नेको आइतबार स्वाब सङ्कलन गरिएको छ ।

नगरपालिका–१ वैरवा र २ बरमझियास्थित मस्जिदसँग प्रत्यक्ष सम्बन्धित ३४ जना र नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसेका नौ जना गरी ४३ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत डम्बरप्रसाद गुप्ताले बताए । 

क्वारेन्टाइनमा बसेका नौ जना भारतबाट आएका स्थानीयवासी हुन् । क्वारेन्टाइनमा रहेका बाँकी २२ जनाको आइतबार आरडिटी गरिएको छ ।
    
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिसिआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन तीव्र बनाएको छ । 

शनिबार सप्तरीको बोदे बर्साइनबाट १६१ को स्वाब सङ्कलन गरिएको थियो । कञ्चनरुपमा स्वाब सङ्कलन गरेपछि विज्ञ प्राविधिकको टोली स्वाब सङ्कलन गर्न सप्तकोशी नगरपालिका–१ फत्तेपुर पुगेको छ । 

उदयपुरको सीमामा रहेको फत्तेपुरमा १०० को स्वाब सङ्कलन गर्ने लक्ष्य रहेको टोलीमा सहभागी महाशाखाका फणीन्द्र ज्ञवालीले जानकारी दिए । 

यसअघि सप्तकोशी नगरपालिकाको वडा नम्बर १, २ र ४ मा १७१, कञ्चनरुप नगरपालिका २ र १२ मा ६६ को आरडिटी गरिएको थियो ।