काठमाडौं – वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउन सूचना जारी गरेको छ ।
शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परीक्षण गराउन कामदारलाई अनुरोध गरेको छ ।शाखाले आज एक सूचना जारी गर्दै ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपाल रहेका कामदारलाई उक्त कुरा जानकारी गराएको खबर गाेरखापत्र दैनिकमा छ ।
एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । बुधबार साँझसम्मको रिपोर्टअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार ४ सय ९५ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाख ४८ हजार ८ सय ३४ पुगेको छ । बुधाबार मात्र अमेरिकामा १३ हजार ६९ जना नयाँ संक्रमित र १२ सय २९ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जानकारी दिएको छ ।
उता, बेलायतले कोरोना संक्रमणबाट मृत्यु हुनेको संशोधित आँकडामा प्रस्तुत गरेको छ । संशोधित आँकडा अनुसार त्यहाँ मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । त्यहाँ एकैदिन ४ हजार ४ सय १९ जनाको मृत्यु भएको तथ्याँक सार्वजनिक भएको छ । बेलायतका विदेशमन्त्री डोमोनिक रोबले कोरोना भाइरसबारेको दैनिक ब्रिफिङका क्रममा संशोधित आँकडा प्रस्तुत गरेका थिए । यसअघि चीनले पनि निकै पछि उहानमा मृत्यु हुनेहरुको संशोधित तथ्याँक सार्वजनिक गरेको थियो ।
त्यस्तै इटाली र स्पेनमा दैनिक मृत्यु हुनेको संख्या केही दिनयता घटेको छ । बुधबार इटालीमा ३ सय २३ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ५३ जनाको मृत्यु भएको छ । योसहित इटालीमा मर्नेको संख्या २७ हजार ६ सय ८२ पुगेको छ भने स्पेनमा २४ हजार २ सय ७५ पुगेको छ । त्यस्तै,विश्वभर मर्नेको संख्या २ लाख २५ हजार ६ सय १५ पुगेको छ भने संक्रमितहरुको संख्या ३१ लाख ८९ हजार ६० पुगेको छ ।
बलिउडका चर्चित अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ ।यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् ।६७ वर्षका ऋषि कपुरलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको हो ।
![]()
Maharashtra: Veteran actor Rishi Kapoor hospitalised at H. N. Reliance Foundation Hospital in Mumbai. More details awaited. (file pic)
929 people are talking about this
रणधीर कपुरले समाचार एजेन्सी पीटीआईलाई भने, ‘अहिले उनी अस्पतालमा छन् । उनलाई क्यान्सर छ र सास फर्न समस्या छ । हाल उनको स्थिती स्थिर छ ।’
![]()
Rishi Kapoor admitted to HN Reliance Hospital a few days back. Chintu dear, get well soon.
72 people are talking about this
अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।
सोसल मिडियामा अत्यधिक सक्रिय रहने ऋषि कपुरले दुई अप्रिलपछि ट्वीटरमा केही पनि पोष्ट गरेका छैनन् । आफ्नो पोस्टमा उनले दीपिका पादुकोणसँग आउन लागेको फिल्मबारे जानकारी दिएका थिए ।
![]()
An appeal
to all brothers and sisters from all social status and faiths. Please don’t resort to violence,stone throwing or lynching. Doctors,Nurses,Medics, Policemen etc..are endangering their lives to save you. We have to win this Coronavirus war together. Please. Jai Hind!
3,696 people are talking about this
उनी अस्पताल भर्ना भएको खबर सार्वजनिक भएपछि सोसल मिडियामा उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिँदैछ ।
काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ । भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुख स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।स्थानीय तहसँगको समन्वयमा ज्वरोमापन गर्ने काम शुरु भएको हो । नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जगाती नाकामा २४सैँ घण्टा ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने काम हुने बताए ।
यसैबीच, युवा व्यवसायी समाज भक्तपुर, भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घ र भक्तपुर ट्रक व्यवसायी सङ्घले संयुक्तरूपमा भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बा, युवा उद्यमी समाजका उपाध्यक्ष नवीन प्रजापति, ट्रक व्यवसायी सङ्घ भक्तपुरका पूर्वअध्यक्ष महेन्द्र खायमलीलगायतले नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सामग्री हस्तान्तरण गरेका थिए ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल पूर्वी भू–भागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भै अन्य बाँकी भू–भाग मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।
आज देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार भने देशको पहाडी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रही अपरान्हपछि पश्चिमी र पूर्वी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार पनि देशको पश्चिमी पहाडी भू–भागमा मध्यान्नपछि तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
वि.सं.२०७७ साल वैशाख १८ गते । बिहीबार । ईश्वी सन् २०२० अप्रिल ३० तारिख । नेपाल संवत् ११४० ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग पनि मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गलत लेखाइ अथवा गलत बुझाइलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । काम गर्दा ध्यान दिनुहोला नराम्रो घट्न घट्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा विलाशी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। राम्रा तथा विलाशिताका बन्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरु भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ । आफन्त तथा घरपरिवारका साथ समय व्यातित हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुनैपनि आर्थिक कारोबार गर्दा सचेत हुँनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवनसाथीसँग थप आत्मिय भाव बढ्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला । आफन्त तथा घरपरिवारका साथ रमाइलो गर्दै समय व्यातित हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार भइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यवसायमा मन्दि आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजाँदा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नाँफा मुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । धर्म सस्कृति तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशंग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुनै पनि कामलाई पुन: गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनी गर्नको लागि केहि समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केहि समयको लागि टाढिनु पर्ने हुन सक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सन्तान तथा छोराछोरिको प्रगति देख्न पाइनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापामा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
गुल्मी – आगलागीमा परेर घाइते भएका बागलुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरस्थित बसपार्कमा रहेको खनाल स्टोर्समा गत वैशाख ८ गते आगलागी हुँदा पसल सञ्चालक समेत रहेका ४५ वर्षीय खनाल घइते भएका थिए ।
काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पसलमा आगलागी हुँदा उनीसहित उनकी ४२ वर्षीया श्रीमती रुपा खनाल र २१ वर्षीय छोरा सन्जय खनाल पनि घाइते भएका थिए । रुपा र सञ्जयको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
अमेरिका, १७ बैसाख । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए । उनी समेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।
मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ ।
उनी भन्छन्, ‘अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पुर्याउने गरेको देखिन्छ ।’
यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मङ्गलबार अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिए । अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाह गृहसम्म पुर्याउने काममा भण्डारी महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।
एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा. सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको जानकारी दिए । एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ (अप्रिल २५) सम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।
तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएको छ । संख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार सङ्क्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्क छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा फेब्रुअरी ६ तारिखमा एक जनाको मृत्यु भएको थियो भने यो समाचार तयार पार्दासम्म अमेरिकामा यो भाइरसको सङ्क्रमणबाट ५८ हजार २२० जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा कूल १० लाख १२ हजार सङ्क्रमित पुगेका छन् । कोरोना भाइरसको तथ्याङ्क राख्दै आएको विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय जोन हपकिन्सको पछिल्लो तथ्याङ्कअनुसार १८५ देशका ३१ लाख १६ हजार ६८० जना कोरोना भाइरस सङ्क्रमणमा परेका छन् भने यसको सङ्क्रमणबाट दुई लाख १७ हजार १६८ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २६ दशमलव ८० प्रतिशत मृत्यु अमेरिकामा मात्रै भएको छ ।
लामो रस्साकस्सीपछि नेकपाको केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ। मगंलबार बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठक डाक्ने सहमति भएको हो। अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको र त्यसका लागि बैठक बोलाउनु पर्ने माग सचिवालय सदस्यहरुले गर्दै आएका थिए।
ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक वार्तामा मंगलबार सचिवालय बैठक बोलाउन सहमति भएपनि सोमबार ओलीले प्रचण्डलाई मात्रै बोलाएर छलफल गरेका थिए। योसँगै आजको सचिवालय बैठकले स्थायी कमिटी बैठकको पनि मिति तय गर्ने अपेक्षा गरिएको छ। स्थायी कमिटी बैठकले नेकपामा उत्कर्षमा पुगेको विवादलाइ मथ्थर पर्ने अपेक्षा गरिएको छ । पार्टीमा २ समूह आ–आफ्नो गुट बलियो बनाउन सक्रिय छन् । प्रधानमन्त्री ओलीले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि नेकपाभित्र विवाद बढेको हो । सो अध्यादेश फिर्ता भए पनि नेकपाभित्रकाे विवाद भने साम्य भएको छैन । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटी बैठक बोलाउने र त्यहाँ पार्टी र सरकारका विषयमा छलफल हुने बताएका छन् ।
कोरोना महामारी फैलनबाट रोक्नका लागि देशमा लकडाउनको घोषणा हुनेबित्तिकै रोय र इमा हान बच्चाहरुलाई यसबारे जानकारी दिन र उनीहरुलाई सम्हाल्न व्यस्त भए । उनीहरुले घरभित्र नियममा बस्नका लागि बच्चाका लागि एउटा तालिका बनाए र उनीहरुका लागि विभिन्न कार्यक्रमको योजना बनाए ।
डन्डीमा बस्ने हान परिवार स्कटल्याण्डको सबैभन्दा ठूलो परिवार हो । रोय र एमाका १३ सन्तानमध्ये १० जना यसै परिवारमा बस्छन् । उनीहरुको परिवार यति ठूलो छ कि यसबाट निकै सजिलै दुई बास्केटबल समूह बनाउन सकिन्छ ।
यी दुईको अत्यधिक प्रयास पछि पनि महामारीका क्रममा परिवारका लागि नियम बनाउने उनीहरुको कोसिस आफ्ना सन्तान सामू असफल भइरह्यो ।
रोय हान नाइवेल्स अस्पतालमा नर्सको रुपमा काम गर्छन् र महामारीको क्रममा उनको आफ्नो ठूलो परिवारलाई संक्रमणको खतराबाट बचाउनु उनको लागि चुनौती थियो ।
परिवारका लागि नयाँ प्रकारको मुश्किल थियो । यससँग जुध्न सजिलो थिएन । तनाव पहिले देखि नै थियो तर बिहिबार रोय हानमा कोरोनाभाइरस पोजिटिभ देखियो ।
रोय भन्छन्, ‘मलाई संक्रमणको लक्षण देखिन भर्खरै मात्र सुरु भएको छ र लक्षण निकै साधारण छन् । जब मेरो नतिजा पोजेटिभ आयो तब म जिल खाएँ ।’
‘म कोभिड–१९ का बिरामीसँगको सम्पर्कमा आउँछु तर म प्रोटेक्टिभ इक्विपमेन्ट लगाएर मात्रै उनीहरु भएठाउँ जान्छु । टेसाइड इलाकामा हामी अत्यधिक कोरोना परीक्षण गरिरहेका छौं र अब यो इलाका हटस्पट घोषित भइसकेको छ ।’
‘काम गर्दै गर्दा ठट्टा गरेर हामी भन्थ्यौं कि सुपरमार्केटबाट कोरोना संक्रमणको खतरा अत्यधिक हुनसक्छ, तर अब म काममा जान पाइरहेको छैन । मलाई नराम्रो लागिरहेको छ ।’
‘हामी भन्थ्यौं कि हर्ड इम्युनिटीका कारण हामी बच्नेछौं’
हान परिवार हाल १४ दिनका लागि आफ्नो घरमा नै क्वारेन्टाइनमा बसिरहेका छन् । रोयलाई सात दिनका लागि आइसोलेशनमा राखिएको छ ।
५० वर्षका रोयलाई टाइप–टु डायबिटिज छ । यद्यपि, उनले आफ्नो स्वास्थ्य ठिक भएको बताउँछन् । उनलाई आफू चाँडै नै निको हुने आशा छ र आफू एकपटक पुनः कोरोनासँग लड्नका लागि तयार हुने बताएका छन् ।
उनी भन्छन्, ‘मेरो जीवनमा खासै केही परिवर्तन आएको छैन । मात्र यति कि अब म आफ्नो बच्चाहरुलाई धेरै समय देख्न पाउँछु । मलाई खुसी लागेको छ कि मैले यो समय पाएँ । मेरो आफूमाथिको विश्वास बढिरहेको छ । म काममा फिर्ता हुन सक्नेछु ।’
‘मेरो परिवारमा यति धेरै सदस्य बस्छौं कि हामी ठट्यौली पारमा भन्दथ्यौं कि हर्ड इम्युनिटी (बथानको रोग प्रतिरोधी क्षमता) का कारण हामी बच्नेछौं ।’
रोय अब पूरा समय घरमा नै बिताइरहेका छन् । जसका कारण उनकी श्रीमती एमाले पनि निकै मद्दत पाएकी छिन् । एमा एक क्याफे चलाउँछिन् जुन अहिले बन्द छ ।
तर यो समय मुश्किलले भरिएको पनि छ । यी दुईका सन्तान २८ देखि पाँच वर्षसम्मका छन् ।
एक दिनको खानामा यो परिवारलाई करिब २८ लिटर दुध, २१ वटा पाउरोटी र सिरियलका पाँच प्याकेटको आवश्यकता पर्छ ।
तर सुपरमार्केटमा सामाजिक दुरीको नियम लागू गरिएको छ र सामान खरिद गर्नमा सीमा तोकिएको छ । यस्तोमा परिवारका लागि खान खरिद गर्नु थप मुश्किल बनेको छ ।
एमा भन्छिन्, ‘हाम्रो परिवार ठूलो छ र हाम्रा लागि सामाजिक दुरीको नियम पालना गर्नु चुनौतीपूर्ण छ ।’
‘अब हामी पसलमा एक पटकमा एउटा सामानको तीन प्याकेट मात्रै खरिद गर्न सक्छौं । यस्तोमा हामी पटक–पटक पसल धाइरहनुपर्छ र हाम्रो लागि संक्रमणको खतरा पनि थुप्रै गुणा बढिरहेको छ । मेरा लागि यो परिस्थितीसँग जुध्न निकै मुश्किल छ ।’
कोरोनाका कारण एमाको काम हालका लागि बन्द छ र उनको सारा ध्यान आफ्नो बच्चातर्फ केन्द्रीत छ । आमा बनेको उनको २८ वर्षको अनुभवले उनलाई साथ त दिन्छ तर यो मुश्किल समयमा स्थिती उनको नियन्त्रण बाहिर छ र लकडाउनका कारण तनाव पनि बढेको छ ।
एमा भन्छिन्, ‘जुन दिन रोयको कोरोना परीक्षण पोजेटिभ आएको थियो त्यसको एकदिन अघि म वक गर्न गएकी थिएँ । म भित्तालाई हिर्काएर रुन थालेँ ।’
‘मलाई लाग्यो कि म यो तनाव झेल्न सक्दिनँ । यो निकै मुश्किलले भरिएको समय हो ।’
‘त्यसको एक दिनपछि मैले आफ्नो परिवारलाई रोयलाई कोरोना पोजेटिभ भएको खबर सुनाउनु पर्यो । यो खबरले सबैलाई चिन्तामा पार्यो । पछिल्ला केही दिनदेखि घरका सबै सदस्यले धेरैभन्दा धेरै मद्दत गर्ने कोसिस गरिरहेका छन् ।
यो परिवार एकजुट भएर यो महामारीसँग लड्ने कोसिस गरिरहेको छ । बेलुका यो परिवार आफ्नो गार्डनमा बास्केटबल खेल्छन् ।
बास्केटबल खेल्नु कुनै ठूलो काम होइन तर अब यो परिवारले भिन्न रुपमा यसको महत्व बुझिरहेको छ । एमा भन्छिन्, ‘हाम्रो भाग्य राम्रो छ कि हाम्रो घरमा एउटा गार्डन छ । यदि पाँच बच्चासँग एउटा फ्ल्याटमा बस्नु परेको भए कति मुश्किल हुनथ्यो ?’
‘जब लकडाउन सुरु भयो तब मलाई लाग्यो कि ममाथि जिम्मेवारीको दबाब बढ्नेछ । यो निकै मुश्किलले भरिएको समय हो । तर वास्तविकता यो हो कि जीवन तपाईंले भने जसरी चल्दैन । ’
‘मेरो १४ वर्षका छोरा धेरैजसो आफ्नो एक्स–बक्ससँग खेलिरहन्छ । मेरी छोरी बिहान सबेरै ६ बजे उठ्छिन् र घरबाट अफिसको काम गर्छिन् । मलाई सुरुमा त यो मन परेन तर शिफ्टमा खाना बनाउनु सजिलो हुन्छ ।’
‘कामको तरिकामा परिवर्तन गर्नु राम्रो हो किनभने यहि एउटा कुरा हो जुन हामी गर्न सक्छौं ।’