generalnews
||Power News Asia||

आजको समाचार

सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न मन्त्री पोखरेलको सुझाव

समाचार


काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ । उक्त सुझावलाई मन्त्री पोखरेलले उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने बताएका छन् ।रासस File Photo

नागढुंगामा बन्यो ‘स्यानिटाइजिङ टनेल’, शुक्रबार उद्घाटन

समाचार


काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिसइन्फेक्सन टनेल’ निर्माण गरिएको छ। काठमाडौंमा कोरोनाभाइरस नभित्रियोस् भन्ने उद्धेश्यले गाडीहरूलाई निस्संक्रमण गर्न ‘डिसइन्फेक्सन टनेल’ बनाइएको चन्द्रागिरि नगरपालिकाले जनाएको हो। सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको छ भने चन्द्रागिरि नगरपालिकाले स्थान,पानीको व्यवस्थापन सुरक्षा प्रवर्द्धन गरिएको मेयर घनश्याम गिरीले बताए। सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले केन्द्र सरकार, चन्द्रागिरि नगरपालिकाबाट अनुमति लिएर ‘डिसइन्फेक्सन टनेल’ बनाइएको र शुक्रबार औपचारिक रूपमा उद्घाटन हुने बताए।  टनेलको सुरक्षा र सञ्चालन महानगरीय प्रहरी प्रभाग नागढुंगाले गर्ने भएको छ।टनेल निर्माणपश्चात् राजधानी भित्रने सवै सवारी साधन निस्संक्रमण गर्न ‘डिसइन्फेक्सन भए पछि मात्र राजधानी प्रवेश गर्न पाउने छन्। काठमाडौं भित्रिने गाडी यही टनेलमार्फत् गुड्नुपर्ने छ। टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ जसका कारण कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ।

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि प्रस्ताव आह्वान

समाचार


सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि मुलुकमा सञ्चालनरत आवश्यक मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको हो । आन्तरिक वायुसेवालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय वायुसेवाको रुपमा तीन वटा वायुयानबाट सेवा सञ्चालनका लागि देहायबमोजिमको कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रमाणित चुक्तापूँजीसम्बन्धी विवरण पेस गर्नुपर्नेछ । प्रस्तावमा ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न, रु एक अर्ब, ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि रु ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालन गर्न रु ५० करोड चुक्तापूँजी हुनुपर्ने जनाइएको छ । तीन वटाभन्दा बढी वायुयानबाट अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्ने भएमा प्रत्येक थप वायुयानका लागि माथि उल्लिखित चुक्ता पूँजीमा रु १० करोड थप गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय उडान सञ्चालनयोग्य आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव माग गरिएको सो मन्त्रालयका सह–सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । उहाँले सन्निकट अवस्थामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा रहेको र अहिले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउनको अवस्थामा थुप्रै अन्तर्राष्ट्रिय उडान (कार्गो, चार्टर्ड र सेडुअल) गर्नुपर्ने भएकाले प्रस्ताव आह्वान गरिएको बताउनुभयो । “लकडाउनपछि छिट्टै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनेछ, त्यहाँबाट नजिकका अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न चाहने वायुसेवा कम्पनीका लागि पनि यो प्रस्ताव मागिएको हो, अर्कोतर्फ अहिले धेरै कार्गो तथा चार्टर्ड उडान गर्नुपर्ने बाध्यता भएकाले पनि इच्छुक कम्पनीलाई इजाजत दिनका लागि प्रक्रिया अघि बढाइएको हो”, सह–सचिव आचार्यले भन्नुभयो । अहिले नेपालका वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडानका लागि अनुमति भए पनि मालबाहक वायुसेवा (कार्गो) को इजाजतपत्र नभएकाले समस्या भएको छ । अन्तर्राष्ट्रिय उडानको इजाजत पाएमा ती कम्पनीले कार्गो, चार्टर्ड र सेडुअल उडान गर्न सक्नेछन् । नेपालमा अहिले निजी क्षेत्रका बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) पाएका छन् । यीमध्ये यति एयरलाइन्सले ‘यति इन्टरनेशनल’ नाममा इजाजत लिएको थियो । उक्त कम्पनीले चीनसँगको सहकार्यमा अहिलेको अवस्थामा हिमालय एयरलाइन्स नाममा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्न पाएको छैन ।त्यस्तै बुद्ध एयरले भारतको बनारस र कोलकात्तामा उडान गर्ने गरेको छ । पछिल्लो पटक लकडाउनको अवधिमा यी तीनवटै कम्पनीले दक्षिण एशियाली विभिन्न मुलुकमा कार्गो र चार्टर्ड उडान भने गर्दै आएका छन् । श्रीले सिङ्गापुर र सुडानमा चार्टर्ड उडान गरेको थियो भने बुद्धले बङ्गलादेशमा दुई पटक उद्धार उडान गरिसकेको छ । हिमालयले चीनको ग्वाङ्जाओ र बुहानमा चार्टर्ड उडान गरेको छ । अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजत लिन दुई प्रक्रियामध्ये एक प्रस्ताव आह्वान गरेर र अर्को खुल्ला प्रतिस्पर्धाबाट हुने प्रावधान रहेको सह–सचिव आचार्यले बताउनुभयो । तोकिएको मापदण्ड पूरा गरेर खुल्ला प्रतिस्पर्धाबाट पनि अन्तर्राष्ट्रिय उडानको इजाजत लिन सकिन्छ । अहिलेको ४५ दिनको प्रक्रिया सकेर पुनः खुल्ला प्रतिस्पर्धामा पनि जान सकिनेछ । आन्तरिक उडानका सौर्य, सीतालगायत वायुसेवा कम्पनी अन्तर्राष्ट्रिय उडान गर्न इच्छुक रहेको बताइन्छ । नेपालमा १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् । हाल नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रिय उडान गर्न चाहने वायुसेवा कम्पनीको योग्यताअन्तर्गत आन्तरिक वायुसेवाबाट अन्तर्राष्ट्रिय वायुसेवा संस्थामा स्तरोन्नति हुनेतर्फ पाँच वर्ष अनवरतरुपमा आन्तरिक वायुसेवा सञ्चालन गरिरहेको, सञ्चालनका लागि चाहिने चुक्तापूँजी भएको र वायुसेवा संस्थासँग कम्तीमा पाँच वटा वायुयान सञ्चालन रहेको हुनुपर्नेछ । “अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५” को खण्ड ६.६ बमोजिम रु ५० हजार निवेदन दस्तुर र अन्य आवश्यक कागजातसहित प्रस्ताव आह्वानको मितिबाट ४५ दिनभित्र मन्त्रालयसमक्ष निवेदन दिनुपर्नेछ । धरौटी, इजाजत दस्तुर र रुट रोयल्टीवापतको रकम तथा अन्य शुल्कहरु अन्तर्राष्ट्रिय हवाई सेवा इजाजतसम्बन्धी कार्यविधिमा भएको व्यवस्थाबमोजिम लागू हुने मन्त्रालयले जनाएको छ । योग्यता पुगेका आन्तरिक वायुसेवाको मूल्याङ्कन गरी योग्य आन्तरिक वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरिनेछ । मन्त्रालयबाट इजाजतपत्र प्राप्त गरेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) लिनुपर्ने हुन्छ । मन्त्रिपरिषद्को यही वैशाख १५ गतेको निर्णयअनुसार स्वीकृत नेपालका निजी क्षेत्रलाई “अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५” मा भएको व्यवस्थाबमोजिम अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्नका लागि योग्यता र सर्त पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरिएको मन्त्रालयले जनाएको छ । अहिलेको अवस्थामा भारत, बङ्गलादेशसहित दक्षिण एशिया तथा दक्षिणपूर्वी मुलुकहरु जापानलगायतबाट कार्गो र उद्धार उडानका लागि प्रेसर रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै अष्टे«लियामा पनि चार्टर्ड उडानको माग बढिरहेको छ । यो नेपाल एयरलाइन्सले गत चैत १९ मा चार्टर्ड उडान गरेको थियो भने छिट्टै अर्को चार्टर्ड उडान गर्ने तयारीमा छ । जापानमा पनि चार्टर्ड उडानको माग भइरहेको छ । त्यसैगरी भारत, बङ्गलादेश र अष्टे«लियाबाट धेरै सङ्ख्यामा विद्यार्थी नेपाल आउन चाहेकाले उडानको माग बढिरहेको छ । तर, यी उडानका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गर्नुपर्ने हुन्छ । चीनको चाङ्सा उड्दै हिमालय एयरलाइन्स नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले आज चीनको चाङ्सा शहरमा चार्टर्ड उडान गर्ने भएको । चाङ्साबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुुहान उड्ने तालिका रहेको हिमालय एयरलाइन्सले जनाएको छ । चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि चार्टर्ड उडानको तयारी गरिएको कम्पनीका सेवा सुधार शाखाकी प्रमुख उज्ज्वला दलीले जानकारी दिनुभयो । लकडाउनको अवधिमा हिमालयको चीनमा यो दोस्रो चार्टर्ड उडान हो । यसअघि वैशाख १४ गते चीनको ग्वाङ्जाओमा चार्टर्ड उडान गरेको थियो ।  चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो उडानका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य सामग्री लिएर शुक्रबार बिहान ६ः३० बजे काठमाडौँ आइपुग्नेछ । लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन् । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालयले चीनको बेइजिङ र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ । यसअघि चैत १६ र २० गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले चार्टर्ड उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याइएको थियो । पछिल्लोपटक गत वैशाख ५ गते निगमका दुई वाइडबडी जहाजले ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएका थिए ।

सुलभ अग्रवाललाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

समाचार


कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। '२५ लाख ५० हजार धरौटी दिए पुर्पक्षका लागि थुनामुक्त गर्नु भन्ने आदेश भएको छ। अग्रवालले धरौटी बुझाउँछु भन्नुभएको छ बुझाए छोड्ने तयारी छ,' उनले भने। जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए।  तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो।  सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो। उनलाई कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्म कैद र सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको थियो। अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन्। सामान्यतः १ वर्षसम्मको सजाय व्यवस्था रहेकाले कालोबजारीसम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ। १ वर्षमाथि कैद सजाय हुने मुद्दा भने जिल्ला अदालतमा चल्छन्। सार्वजनिक पदाधिकारी भएकाले १ वर्षमा ६ महिना बढी कैद सजाय हुन सक्ने भएकाले जिल्ला अदालतमा मुद्दा पुगेको थियो।

सांसद अपहरण प्रकरणः यादवले दिए मानव अधिकार आयोगमा उजुरी

समाचार


काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

यादवले आफूलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।

बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् ।

यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो ।

डा यादवले आफूलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं ल्याएको बताउँदै आएका छन् ।

लकडाउन खुकुलो बनाउने तयारीमा सरकार

समाचार


काठमाडौँ, १८ बैशाख । बैशाख २५ गतेपछि सरकारले लकडाउन खुकुलो बनाउने तयारीमा लागेको छ । केही हिमाली तथा पहाडी जिल्लामा लकडाउन खोल्न लागिएको हो । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा विभाजन गरेर सोहीअनुसार लकडाउनको मोडालिटी बनाउन आन्तरिक गृहकार्य थालेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेनालगायत कार्यदलमा सहभागी अधिकारीहरू लकडाउनको मोडालिटी निर्माणमा खटिएका छन् । वैशाख २५ सम्म संक्रमितको अवस्था र संक्रमित रहेका जिल्लाको वस्तुस्थिति विश्लेषण गरेर नयाँ रणनीति बनाउने गरी गृहकार्य थालिएको हो ।प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समितिका सदस्य सचिव नारायण बिडारीले पनि वैशाख २५ पछि कुन किसिमले अघि बढ्ने भन्नेमा लकडाउनका ३र४ वटा मोडालिटीमा छलफल सुरु गरिएको बताए । ‘वैशाख २५ सम्म कोरोना रोग रोकथाम तथा नियन्त्रणका प्रयास कुन तहसम्म पुग्छ, त्यसलाई सूक्ष्म अध्ययन गरेर सम्भावित विकल्पबारे छलफल थालेका छौं,’ उनले भने, ‘अहिले नै आन्तरिक छलफल र प्रस्तावबारे सार्वजनिक रूपमा बोल्नु त्यति उपयुक्त नहोला तर हामी जोखिम रहेका र नरहेका क्षेत्रमा अब कुन किसिमको रणनीति अपनाउने भन्नेमा चाहिँ सूक्ष्म छलफलमा जुटिसकेका छौं ।’सम्भावित अवस्थाको आकलनका आधारमा तय गरिएका कार्ययोजना अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताए । पछिल्लो लकडाउनको समयसीमा सकिनुअगावै कार्यदलले अघि सारेका मोडालिटी उच्चस्तरीय समिति र सीसीएमसी हुँदै मन्त्रिपरिषद्मा पेस हुनेछ ।चैत ११ गतेदेखि लकडाउन लगाएपछि अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र ठप्प छ । प्रशासनको अनुमतिबेगर मानिसको आवागमनमा रोक लगाइएको छ । नेपाल–भारत सीमा पूर्णरूपमा बन्द गरिएको छ । उद्योगरकलकारखाना, कृषिलगायत उत्पादनमूलक क्षेत्र बन्द भइसकेका छन् । तर विकल्पबिनै लकडाउनलाई निरन्तरता दिइए संकट सिर्जना हुन सक्ने देखिएपछि फरक ढंगमा यसको खाका बनाउन लागिएको हो ।आगामी वैशाख २५ सम्म देशव्यापी रूपमा कडाइका साथ लकडाउन कार्यान्वयन गर्ने र त्यसपछि आवश्यकता, औचित्य र जोखिमलाई मध्यनजर गरेर क्षेत्रगत रणनीति अपनाउने गरी काम थालिएको मुख्यसचिव नेतृत्वको कार्यदलका एक सदस्यले जानकारी दिए । तर, नेपालमा परीक्षण एकदमै कम भएकाले पनि उपत्यका लगायत क्षेत्रमा तत्काल खुकुलो बनाउन पनि जोखिमपूर्ण रहेको स्वास्थ्य विज्ञहरुको चेतावनी छ । दृष्टिबाट File Photo

ऋषि कपुरको निधनमा भाबुक लत्ता, दुख सहन गर्न गार्ह्राे भयाे भन्दै लेखिन स्टाटस

समाचार


काठमाडौं – बलिउड अभिनेता ऋषि कपुरको बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पिडित ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहिवार बिहान ८ बजेर ४५ मिनेटमा निधन भएको हो । बुधबार अभिनेता इरफान खानलाई गुमाएको बलिउडले बिहीबार नै ऋषि कपुरलाई गुमाउदा शोकमा डुबेको छ ।

ऋषि कपुरका परिवारले भने, ‘अन्तिम समयसम्म पनि डाक्टर र स्वास्थ्यकर्मीलाई मनोरञ्जन दिइरहे’(पत्रसहित)

स्वास्थ्यमा समस्या आएपछि बुधबार राति मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना भएका ऋषि कपुरको अचानक निधनले बलिउडका सबै कलाकारलाई दुखित तुल्याएको छ । यस्तै उनको निधनको खबरले बलिउड गायिका लता मंगेश्कर दुखी भएकी छिन् ।

ऋषिसँग काम गर्ने दीपिकाको सपना अधुरै

उनले सामाजिक सञ्जाल ट्वीटरमा एउटा तस्बिर शेयर गर्दै भावुक स्टाटस लेखेकी छिन् । उनले शेयर गरेको तस्बिर लता र ऋषि कपुरको हो ।

बलिउड अभिनेता ऋषी कपुरको निधन

गायिका लताले बालक ऋषि कपुरलाई काखमा लिएकी छिन् । उनले उक्त तस्बिर शेयर गर्दै लेखेकी छिन् , ‘केही समयअघि ऋषिजीले मलाई यो तस्बिर पठाउनुभएको थियो। ती दिन सम्झिरहेको छु, म शब्दहीन भएकी छु।’

Lata Mangeshkar@mangeshkarlata

Kuch samay pehle Rishi ji ne mujhe unki aur meri ye tasveer bheji thi.wo sab din,sab baatein yaad aarahi hain. Main shabdheen hogayi hun.

View image on Twitter

87.7K

11:02 AM - Apr 30, 2020

Twitter Ads info and privacy

11.5K people are talking about this

 

त्यस्तै उनले अर्को ट्वीटमा लेखेकी छन्, ‘के भनुँ, के लेखुँ, केही पनि सोच्न सकिरहेकी छैन, ऋषिजीको निधनले मलाई निकै दुःख लागिरहेको छ, उनको निधनले फिल्म उद्योगले धेरैथोक गुमाएको छ, यो पीडा सहन मेरा लागि धेरै गार्‍हो भएको छ, भगवानले उनको आत्मालाई शान्ति देऊ।’

Lata Mangeshkar@mangeshkarlata

Kya kahun? Kya likhu kuch samajh mein nahi aaraha hai.Rishi ji ke nidhan se mujhe bahut dukh ho raha hai.Unke jaane se film industry ki bahut haani hui hai. Ye dukh sehena mere liye bahut mushkil hai.Bhagwan unki aatma ko shanti pradan karein.

49.6K

10:55 AM - Apr 30, 2020

Twitter Ads info and privacy

4,769 people are talking about this

अभिनेता ऋषि कपूरको निधन

समाचार


मुम्बई — बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ । 

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।

सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका छैनन् । त्यसअगाडि उनले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए । यो फिल्म हलिउड फिल्म ‘द इर्टन’को हिन्दी रिमेक हुनेछ । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो ।

लकडाउन खुकुलो बनाउन नयाँ मोडालिटी बन्दै

समाचार


काठमाडौँ — सरकार लकडाउन खुकुलो बनाउने विभिन्न विकल्पसहितको नयाँ मोडालिटी निर्माणमा जुटेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा विभाजन गरेर सोहीअनुसार लकडाउनको मोडालिटी बनाउन आन्तरिक गृहकार्य थालेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेनालगायत कार्यदलमा सहभागी अधिकारीहरू लकडाउनको मोडालिटी निर्माणमा खटिएका छन् । वैशाख २५ सम्म संक्रमितको अवस्था र संक्रमित रहेका जिल्लाको वस्तुस्थिति विश्लेषण गरेर नयाँ रणनीति बनाउने गरी गृहकार्य थालिएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समितिका सदस्य सचिव नारायण बिडारीले पनि वैशाख २५ पछि कुन किसिमले अघि बढ्ने भन्नेमा लकडाउनका ३/४ वटा मोडालिटीमा छलफल सुरु गरिएको बताए । ‘वैशाख २५ सम्म कोरोना रोग रोकथाम तथा नियन्त्रणका प्रयास कुन तहसम्म पुग्छ, त्यसलाई सूक्ष्म अध्ययन गरेर सम्भावित विकल्पबारे छलफल थालेका छौं,’ उनले कान्तिपुरसँग भने, ‘अहिले नै आन्तरिक छलफल र प्रस्तावबारे सार्वजनिक रूपमा बोल्नु त्यति उपयुक्त नहोला तर हामी जोखिम रहेका र नरहेका क्षेत्रमा अब कुन किसिमको रणनीति अपनाउने भन्नेमा चाहिँ सूक्ष्म छलफलमा जुटिसकेका छौं ।’

सम्भावित अवस्थाको आकलनका आधारमा तय गरिएका कार्ययोजना अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताए । पछिल्लो लकडाउनको समयसीमा सकिनुअगावै कार्यदलले अघि सारेका मोडालिटी उच्चस्तरीय समिति र सीसीएमसी हुँदै मन्त्रिपरिषद्मा पेस हुनेछ ।

चैत ११ गतेदेखि लकडाउन लगाएपछि अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र ठप्प छ । प्रशासनको अनुमतिबेगर मानिसको आवागमनमा रोक लगाइएको छ । नेपाल–भारत सीमा पूर्णरूपमा बन्द गरिएको छ । उद्योग/कलकारखाना, कृषिलगायत उत्पादनमूलक क्षेत्र बन्द भइसकेका छन् । तर विकल्पबिनै लकडाउनलाई निरन्तरता दिइए संकट सिर्जना हुन सक्ने देखिएपछि फरक ढंगमा यसको खाका बनाउन लागिएको हो ।

आगामी वैशाख २५ सम्म देशव्यापी रूपमा कडाइका साथ लकडाउन कार्यान्वयन गर्ने र त्यसपछि आवश्यकता, औचित्य र जोखिमलाई मध्यनजर गरेर क्षेत्रगत रणनीति अपनाउने गरी काम थालिएको मुख्यसचिव नेतृत्वको कार्यदलका एक सदस्यले जानकारी दिए । 

ती सदस्यका अनुसार हाल कोरोना संक्रमण फैलिएका जिल्लालाई ‘उच्च जोखिमयुक्त क्षेत्र’ घोषणा गरी बाँकीमा सामाजिक दूरी र आवश्यक स्वास्थ्य सावधानी अपनाएर आवतजावत तथा नियमित काम गर्ने बाटो खुलाउने रणनीति अघि सारिएको छ । कृषि, उद्योग, कलकारखानालगायत उत्पादनमूलक उद्योग र पूर्वाधार निर्माणको काम सुचारु गर्ने तर दीर्घरोगी र ६० वर्ष उमेर काटेका व्यक्तिलाई सडकमा हिँड्डुल गर्न बन्देज लगाउने विषयमा पनि छलफल चलेको छ । कोरोना संक्रमणको जोखिममा दीर्घरोगी र वृद्धवृद्धा रहेका कारण उनीहरूलाई सडकमा ननिस्कने व्यवस्था सम्बन्धित परिवारका सदस्यले गर्नुपर्ने र अटेर गरिए प्रशासनिक कारबाहीसम्म गर्नुपर्ने प्रस्तावमा पनि छलफल अघि बढेको छ ।

सामान्य अवस्थामा रहेका खासगरी हिमाली तथा पहाडी जिल्लामा वैशाख २५ पछि क्रमश: आवागमन खुकुलो बनाउँदै जाने र कम जोखिम रहेका सहरी क्षेत्रमा पनि पातलो गरेर हिँड्डुल तथा अत्यावश्यक सेवामा व्यापार/व्यवसाय गर्न दिनेबारे छलफल थालिएको छ । तर कोरोना संक्रमण सामान्य अवस्थामा नपुगेसम्म ठूला सपिङ मल, शैक्षिक संस्था, सवारीसाधन सञ्चालन गर्न दिने पक्षमा सरकार नरहेको ती अधिकारीको भनाइ छ ।

‘अहिलेसम्मको वस्तुस्थितिको समीक्षा गर्दा उपत्यकासहित हिमाली र पहाडी जिल्ला कोरोना संक्रमणको कम जोखिममा रहेको पाएका छौं, अब थपिने लकडाउनको मोडालिटी पनि त्यसअनुसार नै हुनुपर्छ भन्ने हाम्रो बुझाइ छ,’ ती सदस्यले भने, ‘यद्यपि सामान्य र कम जोखिममा रहेका जिल्ला तथा इलाकामा पनि निश्चित उमेर समूह र दीर्घरोगीलाई सडकमा निस्कन नपाइने गरी सुरक्षा व्यवस्थापन गरिनेछ ।’

वृद्धवृद्धा र दीर्घरोगी कोरोना संक्रमणका उच्च जोखिममा रहेको विभिन्न स्वास्थ्य सर्वेक्षणले देखाइसकेकाले अब सरकारले प्रतिकार्य योजना लागू गर्दासम्म उनीहरूलाई खुला रूपमा हिँड्डुल गर्न नपाइने गरी रणनीति बनाउन लागिएको ती अधिकारीको भनाइ छ । नेपालमा हालसम्म ५७ जनामा कोरोना संक्रमण देखिएकामा १६ जना उपचारपछि निको भइसकेका छन् ।

दैनिकजसो संक्रमितको संख्या थपिने क्रममा रहेको र प्रदेश १ र २ का जिल्लामा यो अनुपात बढ्दो क्रममा रहेकाले ती जिल्लालाई सिल गरेर बाँकीमा खुकुलो बनाउँदै लैजानुपर्ने माग उच्चस्तरीय समिति, क्राइसिस म्यानेजमेन्ट सेन्टर, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका आन्तरिक छलफल र बैठकमा पनि उठेको छ । तर सीमा नाका भने स्थिति सामान्य नभएसम्म बन्द नै गर्नेमा सबैको एकमत छ । पछिल्लो राजनीतिक घटनाक्रम र त्यसपछि सिर्जित परिस्थितिका कारण वैशाख २५ गतेपछि पनि देशभर लकडाउन हट्ने सम्भावना नरहेको र क्षेत्रगत हिसाबमा मात्रै खुकुलो बनाउने पक्षमा मन्त्रीहरू रहेको स्रोतको भनाइ छ ।

दक्षिण कोरियाको एक गोदामघरमा आगलागी हुँदा ३८ जनाको मृत्यु

समाचार


दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटमा रहेको एउटा गोदामघरमा आगलागी हुँदा कम्तीमा ३८ व्यक्तिको मृत्यु भएको  छ।स्थानीय समयानुसार मङ्गलबार राति १:३२ सो आगलागी सुरु भएको थियो। राजधानी  सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी सुरु भएको बताइएको छ।आगलागी सुरु भएको सो समयमा कम्पनीका ७८ जना कामदार भवनभित्र काम गरिरहेका थिए। यस आगलागीमा परी ३८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अन्य १० जना घाइते भएका छन् जसमा ८ जनाको अवस्था गम्भीर रहेको न्यू योर्क टाइम्सले जनाएको छ।अग्नि नियन्त्रण विभागका अधिकारीहरुलाई उद्धृत गर्दै निर्माणको क्रममा युरेथनको प्रयोगको क्रममा एउटा अप्रत्याशित विस्फोट भई सो आगलागी भएको जानकारी दिएको छ।