काठमाडाैं, १७ वैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या ३१ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ९ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ पुगेको छ । यसैबीच ७ हजार ७ सय ४७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।
मंगलबार बिहानसम्म भारतमा काेराेना संक्रमितकाे संख्या २९ हजार ४१५ थियाे भने मृत्यु हुनेकाे संख्या ९ सय ३९ पुगेको छ ।
विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या ३१ लाख ३६ हजार पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख १७ हजार ८१३ पुगेकाे छ ।
काठमाडौँ, १७ बैशाख । कोरोना संक्रमणपछि विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः १७ जना इस्लाम धर्मालम्बीहरु अस्पताल भित्रै रमजान रोजा (ब्रत) बस्नु भएको छ ।
कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना विरामीमा १२ दिनसम्म पनि त्यसको लक्षण र असर नदेखिए पछि रमजान रोजा बस्नेहरूले अस्पतालमै आफ्नो धार्मिक परम्परा अंगाल्नु भएको हो । इस्लाम धर्मालम्बीहरूले एक महिनासम्म रमजान रोजा (ब्रत) बस्ने पवित्र यो समयमा कोरोनाले संक्रमित बनेपनि अस्पताल भित्रै आफ्नो परम्परा अंगालिएको हो । कोभिड–१९ उपचार केन्द्रमा रहनु भएका ३१ मध्ये दुई जना बाहेक सबै इस्लाम धर्मालम्बी मान्ने मुस्लिम समुदायका रहनु भएको छ ।
सुरुका दुईदिन सबैले रोजा अंगाल्नुभयो, कोशी अस्पताल मेडिकल सुपरिटटेन्डेन्ट डा.संगिता मिश्राले भन्नुभयो–अहिले दैनिक १७ जना रोजामा रहेका छन् । मिर्मिरेमा खाजा र नास्ता गरेर दिनभर सौम (उपवास) अनुष्ठान गरेपछि साँझमा इफ्तार (सामूहिक प्रार्थना) पछि मात्रै बिरामी भएर अस्पतालमा भर्नापछि ब्रतालुले खाना खाने गर्दै आएका छन् ।
इस्लाम धर्मालम्बीहरुले आत्मा सुद्धिका लागि एक महिनाम्म ब्रत बस्ने र अन्तिम दिन महान् पर्व इद मनाउने गर्दछन् । यहि अवसरमा आफ्नो सम्पतिको २.५ प्रतिशत दिनदुखीलाई दान गर्नुपर्ने मान्यता समेत रहेको मुस्लिम युवा ओसिम आलमले बताएका छन् । दान गर्नुपर्ने मान्यतालाई जकात र फित्रा भनिन्छ, आलमले भने–यस्तो नगरे आर्जन गरेको सम्पति गणना हुन लायकको हुँदैन । (गोरखापत्रबाट)
वि.सं.२०७७ साल वैसाख १७ गते । बुधबार । ईश्वी सन् २०२० अप्रिल २९ तारिख ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित रकम खर्च हुनेछ । प्रतिकुल समयमा प्रविधिको प्रयोग गरि लाभ लिन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ प्रविधिको प्रयोग गरि समयलाई अनुकुल बनाउन सकिनेछ । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमि काम गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । साझपख काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिक क्षमतामा बृद्धि हुनेछ । सत्रु परास्त हुँनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक तथा सरकारि क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । स्वअध्ययनले वौद्धिकताको विकास गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउन असजिलो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानीबाट भने थोरै भएपनि आम्दानी हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या हुनसक्छ ध्यान दिनुहोला । साझपख माया प्रेमको सम्वन्ध विवाहमा परिणत गर्ने सहमति जुट्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढ्ने लेख्ने काममा अरुलाई पछाडि पार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पति पत्निबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । अध्ययनमा उच्चता हाँसिल होला । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खेती किसानी र पशु-पंक्षिपालन व्यवसायले आर्थिक सन्तुलन मजबुत बन्दै जानेछ । अनावश्यक खर्च नियन्त्रणमा क्षमता बढाउनु पर्नेछ
। आमाबाबु र दाजुभाइ, दिदीबहिनीबाट सौहार्दपूर्ण व्यवहार नपाईन सक्छ । पतिपत्नीबीचको असमझदारीले दाम्पत्य जीवन स्नेहपूर्ण ढंगले व्यतित हुने छैन ।
तपाईको दिन शुभ रहोस् ।
भक्तपुर अस्पतालको प्रांगणमा एक महीना भन्दा लामो समयदेखि टेन्ट टाँगेर बसिरहेका चार युवाले यो त्रासद क्षणमा निस्वार्थ सेवाको उदाहरण पेश गरेका छन्।
भक्तपुर। २०७४ सालको दशैंताकाको घटना। दशैं मनाउन काठमाडौंबाट बेसीशहर जाने क्रममा सडकमा ठूलो दुर्घटनाको प्रत्यक्षदर्शी बने, राजेश गाईजु।
उनी उद्धार तथा विपत व्यवस्थापनको तालिमप्राप्त थिए। तैपनि बेवास्ता गरेकोमा बेसीशहर पुगेपछि उनलाई पछुतो लाग्यो। त्यहीबेला उनले प्रण गरे- ‘अब म कुनै पनि हालतमा आवश्यक सबैलाई उद्धार र सहयोग गर्छु।’
त्यो प्रण कोभिड–१९ को सन्त्रासपूर्ण क्षणमा पनि कायम छ। महिना दिनदेखि उनीसहितका चार युवा भक्तपुर अस्पतालको प्रांगणमा टेन्ट टाँगेर कोरोना संक्रमणका शंकास्पद बिरामीको उद्धार र सहयोगमा जुटिरहेका छन्। यी युवाको समहूको नाम हो- ‘आरएनए-१६’ (सेफ्टी रेस्क्यु अवेरनेस)।
८ सदस्यीय यो समूहबाट अहिले खटिइरहेका युवा हुन्– अरुण सैंजु, न्हुज किजू, पुनम कर्माचार्य र राजेश गाईजु।

१२ वैशाख २०७२ मा भुकम्प आएकै दिन गठन भएको थियो यो समूह। स्थापना भएलगत्तै उनीहरु उद्धार तथा विपत व्यवस्थापनमा खटिएका थिए।
समूहका धेरै जना स्काउट सदस्य हुन्। स्काउटको तालिममा सिकेको उद्धारकर्ताको सिप उपयोग गरिरहेका छन् उनीहरु।
आफूबीच काम पनि बाँडेका छन् यी चार युवाले। अरुण सैजु यो समूहको अपरेसन म्यानेजर हुन्। न्हु कोजु अस्पतालले पठाएको कोरोना शंकास्पद व्यक्तिको स्वाब लिएर टेकु अस्पताल जाने र फर्किँदा आरडीटी किट र आवश्यक रिपोर्ट ल्याउने गर्छन्।
पुनम कर्माचार्य हरेक परीक्षणको डाटा इन्ट्री गर्ने र शंकास्पद व्यक्तिको ट्राभल हिस्ट्री निकाल्ने काम गर्छिन्। उनी भक्तपुर अस्पतालर्की स्टाफ नर्स पनि हुन्। र, राजेश गाईजु कोरोना शंकास्पद बिरामीको स्वाब लिन ल्याब टेक्निसियनलाई सघाउँछन्।
अस्पताल प्रशासन, नेपाल प्रहरी र नेपाली सेना लगायतलाई कामको विवरण पेश गर्ने जिम्मेवारी पनि उनकै हो।
शव व्यवस्थापनको तालिम समेत लिएका उनीहरुसँग आफ्नै एम्बुलेन्स पनि छ। कोरोना संक्रमित विरामीको शव बोक्न बेग्लै एम्बुलेन्स चाहिने भएकाले उनीहरुले पूर्व तयारी स्वरुप सुरक्षा व्यवस्थापनसाथ शव वाहन एम्बुलेन्स तयार पारेका छन्।

भक्तपुर नगरपालिकाले अहिले स्थानीय स्तरमै कोरोना शंकास्पदहरुको परीक्षण गर्न शुरु गरेकाले यो समूहको जिम्मेवारी केही घटेको छ।
तथापी उनीहरुको बिहान लकडाउनको अनुगमन गर्न प्रहरीसँगै हिँडेर बित्छ।
दिनभर उनीहरु आ-आफ्नो जिम्मेवारी पूरा गर्न लागिपर्छन्। दिनभरको भागदौडमा खानपिनको टुंगो पनि हुन्न उनीहरुको।
यो समूहको कामबाट बिरामी, अस्पताल प्रशाासन, सशस्त्र प्रहरी र नेपाल प्रहरी सबै खुशी छन्।
सशस्त्र प्रहरी गुल्म-२८ का डीएसपी पंकज पौडेल भन्छन्, “आरएनएस-१६ नेपालमा एक उदाहरण हो। यस्तो त्रासदपूर्ण क्षणमा पनि एक महीनादेखि यसरी अस्पतालमा बसेर सहयोग गरेको कहीँ देखिएको थिएन।”
भक्तपुर अस्पतालमा केही समययता कोभिड-१९ परीक्षणका लागि आशंकितहरु आउने क्रम कम भएको छ। अहिले यो समूह कोरोना संक्रमणको हटस्पट बनेको उदयपुरमा गएर सहयोग गर्न चाहन्छ।
समूहका सदस्य सैजु भन्छन्, “हामी नेपालमा कोरोना संक्रमणको जोखिम रहेसम्म आवश्यक जिल्लामा रहेर काम गर्न चाहन्छौँ।”
एम्बुलेन्स त उनीहरुसँग सुरुआतमै थियो। अस्पतालमा बस्न टेन्ट, सुरक्षाका सामग्री, खाना आदिको व्यवस्थापन अस्पताल, नेपाल प्रहरी, नेपाल स्काउट, नेपाली सेना लगायतले सहयोग गरेका छन्।
शंकास्पद बिरामीको स्वाब लिन प्रत्यक्ष सहयोग गर्ने राजेशले एकपटक आफ्नो आरडीटी र पीसीआर परीक्षण गराइसकेका छन्। ती परीक्षणले उनमा संक्रमण नेगेटिभ देखाएको थियो।

संक्रमणमुक्त रहेको खबरले उनलाई काममा अझै जिम्मेवार बन्न उत्साह थपिदिएको छ। भन्छन्, “हामीले यो जोखिम पनि आत्मसन्तुष्टिका लागि उठाएका हौँ। यहाँ कुन बेला कस्तो प्रकृतिको बिरामी आउँछन् टुङ्गो हुदैन।”
समुहका कान्छा सदस्य न्हुज किजू भन्छन्, “घर जान मन त लाग्छ तर हामी यहीँ सुरक्षित छौँ र काममा खुशी पनि।”
पुनम भने जुनसुकै जिल्लामा पनि आवश्यक पर्दा पुगेर सहयोग गर्न तयार भएको बताउँछिन्।
लकडाउनको अवस्थामा समाजसेवा गर्न तयार हुने समाजसेवीहरुलाई उनीहरुको सुझाव छ, “पहिला आफ्नो सुरक्षा र त्यसपश्चात् अरुको उद्धार गर्नुहोस्। हामीले पनि हामी सुरक्षित छौँ भन्ने रिपोर्ट लिँदै काम गरिरहेका छौँ।”
दिन त उनीहरुको भागदौडमा जान्छ। रात भने अनिद्रामा। हरेक रात ओछ्यानमा पल्टेर पनि उनीहरु छिट्टै निदाउन सक्दैनन्।
दिनभरीको भागदौडले उनीहरुका खुट्टा पोलेका र सुन्निएका हुन्छन्। अस्पतालको प्राङ्गणमै ३५ दिन बिताएका उनीहरुको एउटै कामना छ, “यो महामारी चाँडै साम्य होस्।”
१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै सरोकारवालाले अर्को कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
संक्रामक रोग ऐनलाई संशोधन गर्ने वा नयाँ ऐन ल्याउने भन्ने विषयमा मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भयो ।
छलफलमा सांसद र विज्ञले मुख्य तीनवटा सुझाव दिएका छन् । पहिलो– स्वास्थ्यसम्बन्धी छुट्टै एकीकृत ऐन ल्याउने, दोस्रो– कोरोना भाइरस रोकथाममा केन्द्रित भएर तत्काल नयाँ ऐन ल्याउने र, तेस्रो– तत्काल संक्रामक रोग ऐन संशोधन गर्ने ।
सांसद रामनारायण बिडारीले तत्काल संक्रामक रोग ऐन संशोधन गर्नु उचित हुने तर्क गरे । उनले सरकारलाई यससम्बन्धी अध्यादेश ल्याउन सुझाव दिए । ‘मैले सरकारलाई कोरोना भाइरससम्बन्धी अध्यादेश ल्याउन भनेको थिएँ, अर्कै ल्यायो । कोरोनासम्बन्धी अध्यादेश ल्याएको भए विरोध पनि हुँदैनथ्यो’ उनले भने ।
कतिपय देशले मास्क नलगाउँदा, जथाभावी हाच्छ्यु गर्दासमेत कारबाही हुने गरी कानून ल्याएको भन्दै उनले नेपालमा अध्यादेशबाटै भएपनि यस्तो व्यवस्था गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले पनि अध्यादेश जारी गर्नु उपयुक्त हुने बताइन् । ‘कोरोना महामारीविरुद्ध लड्न संक्रामक रोग ऐन २०२० अपुग छ । त्यसकारण सरकारले यससम्बन्धी अध्यादेश ल्याउनु वेश हुन्छ’ उनले भनिन् ।
ऐन नहुँदा द्विविधा र अनियमितता !
महामारीको समयमा धेरै अनियमितता देखिएको भन्दै सांसदहरुले त्यसलाई रोक्ने गरी कानूनको व्यवस्था गर्नुपर्ने बताए । सांसदहरुले स्वास्थ्य सामग्री खरिद र स्थानीय तहहरुले वितरण गरेको राहतमा अनियमितता भइरहेको बताएका थिए ।
सांसद उदया शर्मा पौडेलले राहत वितरण वा आर्थिक सहायतासम्बन्धी छुट्टै ऐन आवश्यक पर्ने बताइन् ।
छलफलमा विज्ञका रुपमा सहभागी पूर्वसभासद खिमलाल देवकोटाले नर्वे, लाट्भिया, माल्दिभ्स र न्युजिल्याण्डले कोरोनाबाट प्रभावितहरुलाई लक्षित गरेर आर्थिक सहायतासम्बन्धी कानून ल्याएको बताए । कोरियाले राहतका लागि लक्षित गरेर दुई पटक पूरक बजेट पारित गरिसकेको उनले बताएका थिए ।
नेकपाका सांसद ठगेन्द्रप्रकाश पुरी महामारीको समयमा राज्य सञ्चालन गर्न छुट्टै ऐन आवश्यक हुने बताउँछन् । ‘यस्तो अवस्थामा राज्य कसरी चलाउनुपर्छ भन्ने ऐनमा हुन आवश्यक छ । अहिले जसरी सधैंभरी चलाउन सकिन्न’ पुरीले भने ।
विज्ञका रुपमा छलफलमा सहभागी पूर्वसभासद एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले संक्रामक रोग ऐन २०२० ले सरकारलाई आदेश जारी गर्न सक्ने अधिकार दिएको तर, संयन्त्रहरु गठनको परिकल्पना नगरेको बताउँछन् । त्यसका लागि यो ऐन तत्काल संशोेधन गर्न वा छुट्टै ऐन ल्याउन उनको सुझाव छ ।
सरकारले विपद व्यवस्थापन ऐन अन्तर्गत रहेर प्रदेश, जिल्ला र स्थानीय तहमा संयन्त्र गठन गरेको, संघमा कार्यकारी अधिकार प्रयोग गरेर समिति बनाएको र दुबै ऐनमा टेकेर कामकारबाही गरेकाले कतिपय अवस्थामा दुविधा उत्पन्न भएको उनको भनाइ छ ।
सांसद सिंहबहादुर विश्वकर्माले कानुन नभएकै कारण लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको जिकिर गरे । ‘सरकारले जहाँ हो त्यहीँ बस्न भनेको छ । राहत एकद्वार प्रणालीमार्फत वितरण गर्ने भनेको छ’ सिंह भन्छन्, ‘तर, मन्त्री र सांसदहरु गाडी चढाएर मान्छेलाई अर्को ठाउँ पठाइरहेका छन् । आफुखुसी राहत विरतण गरिरहेका छन् । कसले गर्ने कारबाही ?’
संक्रामक रोग ऐनअनुसार लकडाउन उलंघन गर्नेलाई तीन महिना कैद वा एक सय जरिवाना वा दुबै सजाय हुन्छ । प्राप्त आदेशको पालना नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा ६ महिनासम्म कैद हुन सक्ने व्यवस्था छ ।
यो दण्ड सजाय थोरै भएकाले तत्काल फेर्नुपर्ने वा अर्को कानुन ल्याउनुपर्ने बताउँछन् संघीय संसद सचिवालयका सचिव एवं कानुन महाशाखा प्रमुख अर्जुनकुमार खड्का । संक्रामक रोग ऐनले नियम र निर्देशिका बनाउने कल्पना नगरेको उनले बताए । ‘सामाजिक दुरी, नागरिक सचेतना जस्ता विषयलाई समेत यो ऐनले कुनै सम्बोधन गरेको छैन् । यहाँ समस्या छ’ उनले भने ।
कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली संक्रामक रोग ऐन संशोधन गर्न आवश्यक रहेको बताउँछन् । तर यसबारे मन्त्रालयमा कुनै छलफल नभएको बताए ।
संसदले अध्यादेश ल्याऊ भन्न हुन्न : विज्ञ
विज्ञका रुपमा बोलाइएका पूर्वसभासद देवकोटा र लेखक संसदले सरकारलाई अध्यादेश ल्याउ भन्न नहुने बताउँछन् । ‘तत्काल के–के संशोधन आवश्यक छ भनेर सरकारलाई निर्देशन दिन सकिन्छ, छुट्टै ऐन ल्याउ भन्न सकिन्छ’ पूर्वसभासद लेखकले भने, ‘संसदले ऐन कार्यान्वयनको मापन र मुल्याङ्कन गर्न सक्छ । तर, अध्यादेश ल्याऊ भन्न हुन्न ।’
अर्का विज्ञ देवकोटा संक्रामक रोग ऐन अहिलेको सन्दर्भमा काम नलाग्ने तर्क गरेका छन् । ‘भारतमा फैलिएको मलेरियालाई हेरेर हाम्रोमा संक्रामक रोग ऐन बनेको पृष्ठभूमि देखिन्छ । यसको मापन गर्न सकिन्छ’ समितिको बैठकमा उनले भने, ‘सरकारलाई यस्ता कुरा संशोधन गर भनेर सुझाव दिन सकिन्छ ।’
मंगलबार विधायन व्यवस्थापन समितिले संक्रामक रोग ऐनबारे सरकारलाई कस्ता सुझाव दिनुपर्ने हो यसबारे अध्ययन गरी प्रारम्भिक मस्यौदा तयार पार्ने जिम्मेवारी पनि तोकेको छ ।
विज्ञ देवकोटा र संसद सचिवालयका कानुन महाशाखा प्रमुख खड्कालाई आज र भोलिमा मस्यौदा तयार पारेर पेश गर्न भनिएको छ । ‘प्राप्त मस्यौदामाथि पर्सि छलफल हुन्छ । छलफलपछि सरकारलाई ऐन संशोधन गर्न सुझाव दिने कि नयाँ कानुन ल्याउन भन्ने टुङ्गो लाग्छ’ सभापति परशुराम मेघी गुरुङले भने ।
धादिङ । धादिङको धुनीबेँसी नगरपालिका–९ मा आज टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा धुनीबेँसी नगरपालिका–९ का ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
नगरपालिकाको कच्ची बाटोमा बा५ख ६७७५ नंको टिप्पर सडकबाट ५० मिटर तल खसेको थियो ।
इटहरी । सुनसरीको दुहवी नगरपालिका वडानम्बर ३ मा पिकअप भेनबाट पैसा फ्याँक्दै मानिस हिडे पछि प्रहरीलाई तनाब भएको छ । जनकपुर पछि सुनसरीमा पैसाको नोट फाल्ने क्रम बढे सँगै सर्वसाधरण मात्र नभई प्रहरी समेत त्रसित हुने गरेको छ । सुनसरीको दुहवीमा ५ सय र १ सयको नोट प्रहरीले सडकमा फेला पार्यो । स्थानीयले पैसा फालेर पिकअप भेन इटहरी तिर हुईकिएको थियो । त्यस पछि केहि बेर सोनापुरको सिआरभी प्रहरीको टाउको दुखाई बन्यो ।
पैसा कसले र किन फाल्यो भन्ने विषयमा प्रहरी पैसा फाल्ने पिकअप खोज्न प्रहरीको ओकेटोकेमा निर्देशन भयो तर कतै भेटिएन । केहि दिन अघि घरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानको गाईनो वार्डमा पनि २० रुपैया र १० रुपैयाँको नोट भेटिएको थियो ।
रौतहट, १६ बैशाख । आज थपिएका दुई जना कोरोना संक्रमितमध्ये रौतहट बृन्दावन ९ का २४ वर्षीय पुरुषलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राख्न वीरगन्ज लगिएको हो । उनका श्रीमती, २ छोरी र सम्पर्कमा रहेका एक जनालाई समेत क्वारेन्टाइनमा ल्याइएको छ । १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका ती पुरुषको जनकपुरमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
ईलाका प्रहरी गरुडाका डिएसपी ज्ञानकुमार महतो आफैले संक्रमितको घर पुगी एम्बुलेन्समा राखेर वीरगन्ज पठाएका हुन् । संक्रमितका २ छोरी र उनीहरुको सम्पर्कमा रहेका एक जनालाई चन्द्रपुर ६ स्थित महिला फुटबल एकेडेमीमा स्थापना गरिएको क्वारेन्टाइनमा ल्याइएको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।
भारतबाट घर फर्केपछि चैत २२ गतेदेखि उनी क्वारेन्टाइनमा बसेका थिए । २६ गते जनकपुरबाट आएको चिकित्सकको टोलीले परीक्षणका लागि स्वाब लगेको थियो । त्यसको तीन दिनपछि नेगेटिभ रिपोर्ट आएको थियो । त्यही आधारमा उनलाई क्वारेन्टाइनबाट बिदाइ गरिएको थियो ।
काठमाडौंमा पुन: परीक्षण गर्दा पोजिटिभ देखिएको हो । संक्रमितसँगै भारतबाट ४ जना आएका थिए । उनीहरुलाई क्वारेन्टाइनको एउटै कोठामा राखिएको थियो । खाना पनि अलग्गै थियो । तर ३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
त्यस्तै अर्का संक्रमित देवाही गोनाहीस्थित क्वारेन्टाइनमा बसेका करुनियाका ३५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएपछि आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । उनको घर गुजरा नगरपालिका ५ हो । करुनिया भने उनको ससुराली पर्छ ।
एजेन्सी, १६ बैशाख । चर्चित बलिउड अभिनेता इरफान खान अचानक स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना भएका छन् । इरफानलाई बिदेशकै अस्पतालमा आइसियूमा भर्ना गरिएको हो ।
हालैमात्र इरफानकी आमा सइदा बेगमको नि’धन भएको थियो । उनले आमाभन्दा टाढा भएकाले भिडियो कन्फ्रेन्सबाट आमाको अन्तिम दर्शन गरेका थिए ।
बलिउड अभिनेता इरफान खानकाे आमाकाे निधन , भिडियो कलबाट हेरे अन्त्येष्ट्री
उनी लकडाउनका कारण मुम्बईमा रोकिएका छन् । खान हालैमात्र क्यान्सरबाट पीडित भएका थिए । खानलाई न्युरोएडोक्राइन ट्युमर भएको थियो ।
५४ वर्षीया इरफानको उपचार अहिलेपनि चलिरहेको छ । यही कारण उनी लामो समयदेखि बलिउडबाट टाढा रहेका थिए । हालै उनको फिल्म अंग्रेजी मिडियम रिलिज भएको थियो । तर कोरोना भाइरसका कार उक्त फिल्म व्यवसायिक रुपमा सफल हुन् सकेन ।
जे होस् अभिनेता इरफान खानको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
फिचरमामा प्रयाेग गरिएकाे फाेटाे फाईलमात्र हाे
काठमाडौं । काठमाडौंमा र्यापिड डाइग्नोटिग टेष्ट (आरडिटी) परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का २१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखा सहायक संयोजक लक्ष्मी कोइरालाले लोकपथलाई जानकारी दिईन् ।
उनी गत चैत ७ गते दुबईबाट नेपाल आएका थिए । उनको पिसिआर परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगिएको छ । विदेशबाट आएका नगरपालिकाबासीहरुको परीक्षण गर्दा उनमा आरडिटि पोजेटिभ देखिएको कोइरालाले बताइन् ।