generalnews
||Power News Asia||

आजको समाचार

आजको राशिफल : वैशाख १८ गते, बिहीबार

समाचार


वि.सं.२०७७ साल वैशाख १८ गते । बिहीबार । ईश्वी सन् २०२० अप्रिल ३० तारिख । नेपाल संवत् ११४० । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग पनि मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गलत लेखाइ अथवा गलत बुझाइलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । काम गर्दा ध्यान दिनुहोला नराम्रो घट्न घट्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा विलाशी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। राम्रा तथा विलाशिताका बन्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरु भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ । आफन्त तथा घरपरिवारका साथ समय व्यातित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुनैपनि आर्थिक कारोबार गर्दा सचेत हुँनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवनसाथीसँग थप आत्मिय भाव बढ्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला । आफन्त तथा घरपरिवारका साथ रमाइलो गर्दै समय व्यातित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार भइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यवसायमा मन्दि आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजाँदा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नाँफा मुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । धर्म सस्कृति तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशंग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुनै पनि कामलाई पुन: गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनी गर्नको लागि केहि समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केहि समयको लागि टाढिनु पर्ने हुन सक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सन्तान तथा छोराछोरिको प्रगति देख्न पाइनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापामा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बागलुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष खनालको निधन

समाचार


गुल्मी – आगलागीमा परेर घाइते भएका बागलुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरस्थित बसपार्कमा रहेको खनाल स्टोर्समा गत वैशाख ८ गते आगलागी हुँदा पसल सञ्चालक समेत रहेका ४५ वर्षीय खनाल घइते भएका थिए ।

काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पसलमा आगलागी हुँदा उनीसहित उनकी ४२ वर्षीया श्रीमती रुपा खनाल र २१ वर्षीय छोरा सन्जय खनाल पनि घाइते भएका थिए । रुपा र सञ्जयको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

अमेरिकामा कोरोनाबाट १५ नेपालीको मृत्यु, विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ५४ पुग्यो

समाचार


अमेरिका, १७ बैसाख । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए । उनी समेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।

मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ ।

उनी भन्छन्, ‘अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पुर्‍याउने गरेको देखिन्छ ।’

यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मङ्गलबार अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिए । अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाह गृहसम्म पुर्‍याउने काममा भण्डारी महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा. सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको जानकारी दिए । एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ (अप्रिल २५) सम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएको छ । संख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार सङ्क्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्क छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा फेब्रुअरी ६ तारिखमा एक जनाको मृत्यु भएको थियो भने यो समाचार तयार पार्दासम्म अमेरिकामा यो भाइरसको सङ्क्रमणबाट ५८ हजार २२० जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा कूल १० लाख १२ हजार सङ्क्रमित पुगेका छन् । कोरोना भाइरसको तथ्याङ्क राख्दै आएको विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय जोन हपकिन्सको पछिल्लो तथ्याङ्कअनुसार १८५ देशका ३१ लाख १६ हजार ६८० जना कोरोना भाइरस सङ्क्रमणमा परेका छन् भने यसको सङ्क्रमणबाट दुई लाख १७ हजार १६८ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २६ दशमलव ८० प्रतिशत मृत्यु अमेरिकामा मात्रै भएको छ ।

यस्तो छ आज साँझ ५ बजे बस्ने नेकपा सचिवालय बैठकको एजेन्डा

समाचार


लामो रस्साकस्सीपछि नेकपाको केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ। मगंलबार बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठक डाक्ने सहमति भएको हो। अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको र त्यसका लागि बैठक बोलाउनु पर्ने माग सचिवालय सदस्यहरुले गर्दै आएका थिए।

ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक वार्तामा मंगलबार सचिवालय बैठक बोलाउन सहमति भएपनि सोमबार ओलीले प्रचण्डलाई मात्रै बोलाएर छलफल गरेका थिए। योसँगै आजको सचिवालय बैठकले स्थायी कमिटी बैठकको पनि मिति तय गर्ने अपेक्षा गरिएको छ। स्थायी कमिटी बैठकले नेकपामा उत्कर्षमा पुगेको विवादलाइ मथ्थर पर्ने अपेक्षा गरिएको छ । पार्टीमा २ समूह आ–आफ्नो गुट बलियो बनाउन सक्रिय छन् । प्रधानमन्त्री ओलीले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि नेकपाभित्र विवाद बढेको हो । सो अध्यादेश फिर्ता भए पनि नेकपाभित्रकाे विवाद भने साम्य भएको छैन । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटी बैठक बोलाउने र त्यहाँ पार्टी र सरकारका विषयमा छलफल हुने बताएका छन् ।

कोरोनाः १३ सन्तानका पिता आइसोलेशनमा, आमाको काँधमा सबै जिम्मेवारी

समाचार


कोरोना महामारी फैलनबाट रोक्नका लागि देशमा लकडाउनको घोषणा हुनेबित्तिकै रोय र इमा हान बच्चाहरुलाई यसबारे जानकारी दिन र उनीहरुलाई सम्हाल्न व्यस्त भए । उनीहरुले घरभित्र नियममा बस्नका लागि बच्चाका लागि एउटा तालिका बनाए र उनीहरुका लागि विभिन्न कार्यक्रमको योजना बनाए ।

डन्डीमा बस्ने हान परिवार स्कटल्याण्डको सबैभन्दा ठूलो परिवार हो । रोय र एमाका १३ सन्तानमध्ये १० जना यसै परिवारमा बस्छन् । उनीहरुको परिवार यति ठूलो छ कि यसबाट निकै सजिलै दुई बास्केटबल समूह बनाउन सकिन्छ ।

यी दुईको अत्यधिक प्रयास पछि पनि महामारीका क्रममा परिवारका लागि नियम बनाउने उनीहरुको कोसिस आफ्ना सन्तान सामू असफल भइरह्यो ।

रोय हान नाइवेल्स अस्पतालमा नर्सको रुपमा काम गर्छन् र महामारीको क्रममा उनको आफ्नो ठूलो परिवारलाई संक्रमणको खतराबाट बचाउनु उनको लागि चुनौती थियो ।

परिवारका लागि नयाँ प्रकारको मुश्किल थियो । यससँग जुध्न सजिलो थिएन । तनाव पहिले देखि नै थियो तर बिहिबार रोय हानमा कोरोनाभाइरस पोजिटिभ देखियो ।

रोय भन्छन्, ‘मलाई संक्रमणको लक्षण देखिन भर्खरै मात्र सुरु भएको छ र लक्षण निकै साधारण छन् । जब मेरो नतिजा पोजेटिभ आयो तब म जिल खाएँ ।’

‘म कोभिड–१९ का बिरामीसँगको सम्पर्कमा आउँछु तर म प्रोटेक्टिभ इक्विपमेन्ट लगाएर मात्रै उनीहरु भएठाउँ जान्छु । टेसाइड इलाकामा हामी अत्यधिक कोरोना परीक्षण गरिरहेका छौं र अब यो इलाका हटस्पट घोषित भइसकेको छ ।’

‘काम गर्दै गर्दा ठट्टा गरेर हामी भन्थ्यौं कि सुपरमार्केटबाट कोरोना संक्रमणको खतरा अत्यधिक हुनसक्छ, तर अब म काममा जान पाइरहेको छैन । मलाई नराम्रो लागिरहेको छ ।’

‘हामी भन्थ्यौं कि हर्ड इम्युनिटीका कारण हामी बच्नेछौं’

हान परिवार हाल १४ दिनका लागि आफ्नो घरमा नै क्वारेन्टाइनमा बसिरहेका छन् । रोयलाई सात दिनका लागि आइसोलेशनमा राखिएको छ ।

५० वर्षका रोयलाई टाइप–टु डायबिटिज छ । यद्यपि, उनले आफ्नो स्वास्थ्य ठिक भएको बताउँछन् । उनलाई आफू चाँडै नै निको हुने आशा छ र आफू एकपटक पुनः कोरोनासँग लड्नका लागि तयार हुने बताएका छन् ।

उनी भन्छन्, ‘मेरो जीवनमा खासै केही परिवर्तन आएको छैन । मात्र यति कि अब म आफ्नो बच्चाहरुलाई धेरै समय देख्न पाउँछु । मलाई खुसी लागेको छ कि मैले यो समय पाएँ । मेरो आफूमाथिको विश्वास बढिरहेको छ । म काममा फिर्ता हुन सक्नेछु ।’

‘मेरो परिवारमा यति धेरै सदस्य बस्छौं कि हामी ठट्यौली पारमा भन्दथ्यौं कि हर्ड इम्युनिटी (बथानको रोग प्रतिरोधी क्षमता) का कारण हामी बच्नेछौं ।’

रोय अब पूरा समय घरमा नै बिताइरहेका छन् । जसका कारण उनकी श्रीमती एमाले पनि निकै मद्दत पाएकी छिन् । एमा एक क्याफे चलाउँछिन् जुन अहिले बन्द छ ।

तर यो समय मुश्किलले भरिएको पनि छ । यी दुईका सन्तान २८ देखि पाँच वर्षसम्मका छन् ।

एक दिनको खानामा यो परिवारलाई करिब २८ लिटर दुध, २१ वटा पाउरोटी र सिरियलका पाँच प्याकेटको आवश्यकता पर्छ ।

तर सुपरमार्केटमा सामाजिक दुरीको नियम लागू गरिएको छ र सामान खरिद गर्नमा सीमा तोकिएको छ । यस्तोमा परिवारका लागि खान खरिद गर्नु थप मुश्किल बनेको छ ।

एमा भन्छिन्, ‘हाम्रो परिवार ठूलो छ र हाम्रा लागि सामाजिक दुरीको नियम पालना गर्नु चुनौतीपूर्ण छ ।’

‘अब हामी पसलमा एक पटकमा एउटा सामानको तीन प्याकेट मात्रै खरिद गर्न सक्छौं । यस्तोमा हामी पटक–पटक पसल धाइरहनुपर्छ र हाम्रो लागि संक्रमणको खतरा पनि थुप्रै गुणा बढिरहेको छ । मेरा लागि यो परिस्थितीसँग जुध्न निकै मुश्किल छ ।’

कोरोनाका कारण एमाको काम हालका लागि बन्द छ र उनको सारा ध्यान आफ्नो बच्चातर्फ केन्द्रीत छ । आमा बनेको उनको २८ वर्षको अनुभवले उनलाई साथ त दिन्छ तर यो मुश्किल समयमा स्थिती उनको नियन्त्रण बाहिर छ र लकडाउनका कारण तनाव पनि बढेको छ ।

एमा भन्छिन्, ‘जुन दिन रोयको कोरोना परीक्षण पोजेटिभ आएको थियो त्यसको एकदिन अघि म वक गर्न गएकी थिएँ । म भित्तालाई हिर्काएर रुन थालेँ ।’

‘मलाई लाग्यो कि म यो तनाव झेल्न सक्दिनँ । यो निकै मुश्किलले भरिएको समय हो ।’

‘त्यसको एक दिनपछि मैले आफ्नो परिवारलाई रोयलाई कोरोना पोजेटिभ भएको खबर सुनाउनु पर्यो । यो खबरले सबैलाई चिन्तामा पार्यो । पछिल्ला केही दिनदेखि घरका सबै सदस्यले धेरैभन्दा धेरै मद्दत गर्ने कोसिस गरिरहेका छन् ।

यो परिवार एकजुट भएर यो महामारीसँग लड्ने कोसिस गरिरहेको छ । बेलुका यो परिवार आफ्नो गार्डनमा बास्केटबल खेल्छन् ।

बास्केटबल खेल्नु कुनै ठूलो काम होइन तर अब यो परिवारले भिन्न रुपमा यसको महत्व बुझिरहेको छ । एमा भन्छिन्, ‘हाम्रो भाग्य राम्रो छ कि हाम्रो घरमा एउटा गार्डन छ । यदि पाँच बच्चासँग एउटा फ्ल्याटमा बस्नु परेको भए कति मुश्किल हुनथ्यो ?’

‘जब लकडाउन सुरु भयो तब मलाई लाग्यो कि ममाथि जिम्मेवारीको दबाब बढ्नेछ । यो निकै मुश्किलले भरिएको समय हो । तर वास्तविकता यो हो कि जीवन तपाईंले भने जसरी चल्दैन । ’

‘मेरो १४ वर्षका छोरा धेरैजसो आफ्नो एक्स–बक्ससँग खेलिरहन्छ । मेरी छोरी बिहान सबेरै ६ बजे उठ्छिन् र घरबाट अफिसको काम गर्छिन् । मलाई सुरुमा त यो मन परेन तर शिफ्टमा खाना बनाउनु सजिलो हुन्छ ।’

‘कामको तरिकामा परिवर्तन गर्नु राम्रो हो किनभने यहि एउटा कुरा हो जुन हामी गर्न सक्छौं ।’

इरफानको निधनले दुखी अभिताब बच्चन, लेखे भाबुक स्टाटस

समाचार


बलिउड अभिनेता इरफान खानको निधन भएको छ।

५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।

बलिवुड अभिनेता इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो ।

उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। अहिले ट्वीटरमा उनलाई श्रद्धान्जली दिनेको ओईरो लागेको छ । बलिउड सुपरस्टार अभिताब बच्चनले उनी एक सफल कलाकारकाे निधनले आफु दुखी भएकाे बताएका छन् ।

हेरौ उनको ट्वीट

Amitabh Bachchan@SrBachchan

T 3516 - .. just getting news of the passing of Irfaan Khan .. this is a most disturbing and sad news .. ?
An incredible talent .. a gracious colleague .. a prolific contributor to the World of Cinema .. left us too soon .. creating a huge vacuum ..
Prayers and duas ?

96.5K

12:28 PM - Apr 29, 2020

Twitter Ads info and privacy

18.6K people are talking about this

बहराइनमा थप ७२ नेपालीमा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १२१ पुग्यो

समाचार


बहराइनमा थप ७२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

बहराइनमा रहेको नेपाली दूतावासका श्रम सहचारी दामोदर दाहालले दिएको जानकारी अनुसार बहराइनमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ।

यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो।

सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ। बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन्।

राष्ट्रबैं‌कको सहुलियत प्याकेजले निजी क्षेत्र उत्साहित हुँदैन : चेम्बर अध्यक्ष श्रेष्ठ

समाचार


१७ वेशाख, काठमाडौं । उद्याेगी–व्यवसायीहरुको संगठन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकले दोस्रो पटक ल्याएको सहुलियत प्याकले निजी क्षेत्रलाई उत्साहित नबनाएको बताएका छन् ।

राष्ट्र बैंकले मंगलबार कोरोना प्रभावित ऋणीलाई चौथो त्रैमासको ब्याजमा २ प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । तर यसले निजी क्षेत्रलाई सहुलियत महसुस नभएको चेम्बर अध्यक्ष श्रेष्ठले बताए ।

‘लकडाउनपछि राष्ट्र बैंकले २ पटक सहुलियत प्याकेज भनेर घोषण गर्‍यो, तर दुबैले निजी क्षेत्र उत्साहित हुन सक्ने देखिएन’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘राष्ट्र बैंकले अर्थतन्त्र बचाउनका लागि जुन खुला दिलले प्याकेज ल्याउनुपर्ने थियो त्यो ल्याएन ।’

उनले विश्वका धेरै केन्द्रीय बैंकहरुले अर्थतन्त्रलाई बचाउनका लागि विशेष प्याकेज ल्याएको भए पनि नेपालको केन्द्रीय बैंकले त्यसबाट नसिकेको बताए । अध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले बैंकहरुका लागि मात्रै नभएर समग्र अर्थतन्त्रलाई नै सकारात्मक दिशातर्फ अघि बढाउने खालको आर्थिक प्याकेज ल्याउनुपर्ने धारणा राखे ।

यो पनि पढ्नुहोसकोरोना प्रभावित ऋणीलाई २ प्रतिशत ब्याज छुट दिन राष्ट्र बै‌ंकको निर्देशन

राष्ट्र बैंकले चौथो त्रैमासमा २ प्रतिशत ब्याज छुट दिनुको खासै अर्थ नरहेको उनको भनाइ छ । उद्योग व्यवसाय पूर्ण रुपमा बन्द भएको अवस्थामा विशेष प्याकेजको अपेक्षा गरिए पनि त्यो नआएको उनले गुनासो गरे ।

यतिबेला उद्योग–व्यवसाय घाउ नै घाउले थलिएको भन्दै अध्यक्ष श्रेष्ठले सरकारले मल्हम लगाए जस्तोमात्रै गरेको बताए ।

चौथो त्रैमासको ब्याजमा २ प्रतिशत छुट पनि सीमित व्यवसायलाई मात्र नभई सबैलाई दिनुपर्ने उनी बताउँछन् । ‘एक त २ प्रतिशत छुटले पुग्दैन, त्यो पनि सानादेखि ठूला सबैलाई दिनुपर्छ’ उनले भने, ‘कुनै सीमित क्षेत्रलाई मात्रै दिएर भएन ।’

यो पनि पढ्नुहोसबैंकर्स संघका अध्यक्षले भने– राष्ट्र बैंकको परिपत्र क्रान्तिकारी

थप १० प्रतिशत पुनर्कर्जा एक वर्षका लागि दिने भनिएको पनि त्यो समय अपुग भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले पुनर्कर्जा कम्तीमा ३ वर्ष स्वतः नवीकरण हुनेगरी दिनु पर्ने माग राखे ।

६० अर्बको पुनर्कर्जा कोषले पनि नपुग्ने भन्दै उनले त्यसलाई बढाएर २ सय अर्ब रुपैयाँको बनाउनुपर्ने बताए ।

संसद भवनमा बजेट अधिवेशनको चटारो

समाचार


१७ वैशाख, काठमाडौं । बजेट अधिवेशन सुरु गर्ने तयारी भएसँगै बैठक कक्षको व्यवस्थापनको चटारो सुरु भएको छ । बैठक कक्षका कुर्सी टेबुल मिलाउने, रंग रोगन गर्ने लगायतका काम अहिले चलिरहेको छ ।

जेठ १५ गते वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था छ । बजेट भाषण सुरु हुनु अगाडि राष्ट्रपतिले संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकलाई सम्बोधन गर्नुका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ । संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकेरपछि मात्र बजेट प्रस्तुत हुन्छ । सबै प्रक्रिया पूरा गर्दा लाग्ने समय अवधिलाई ख्याल गरेर जतिसक्दो छिटो संसद अधिवेशन आह्वान गर्नुपर्ने दबाब सरकारलाई छ ।

यता संसद सचिवालयलाई भने कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सामाजिक दुरी कायम गर्दै सांसदहरुको आसन मिलाउनु पर्ने चुनौती छ । त्यही काम अहिले संघीय संसद भवनभित्र जारी छ ।

संसद सचिवालयको तयारीबारे बुझ्न बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेर बैठक कक्ष अवलोकन गरेका छन् । उनलाई बैठकको तयारीबारे संसद सचिवालयका कर्मचारीहरुले जानकारी गराएका थिए ।

प्रधानमन्त्रीसँगै सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलगायतले पनि संसदको बैठक कक्ष अवलोकन गरेका छन् । संसद भवन अवलोकन गर्नुअघि बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच बजेट अधिवेशनबारे छलफल भएको थियो ।

संसद सचिवालयका अनुसार सामाजिक दूरी कायम हुनेगरी संसदको बैठक कक्ष तयार भइसकेको छ । भर्चुअल बैठकका लागि समेत तयारी गरिएको छ । संसद सचिवालयले भर्चुअल बैठकको प्राविधिक तयारीबारे सुझाव दिन ७ सदस्यीय समिति गठन गरेको थियो ।

सचिवालयका अनुसन्धान सचिव ध्रुव घिमिरे नेतृत्वको समितिले माइक्रोसफ्ट टिम्स नामक सफ्टवेयरको माध्यमबाट भर्चुअल बैठक गर्न सकिने सुझाव दिएको छ । यो प्रविधिलाई आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्न सक्ने समितिको निष्कर्ष छ ।

NEWS SOURCE : ONLINE KHABAR

बलिउड अभिनेता इरफान खानको निधन

समाचार


काठमाडौं – बलिउड अभिनेता इरफान खानको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अकस्मात अस्पताल भर्ना भएका खानको मंगलबार राति निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनको ५४ वर्षको उमेरमा निधन भएको हो।

Shoojit Sircar@ShoojitSircar

My dear friend Irfaan. You fought and fought and fought. I will always be proud of you.. we shall meet again.. condolences to Sutapa and Babil.. you too fought, Sutapa you gave everything possible in this fight. Peace and Om shanti. Irfaan Khan salute.

31.5K

11:51 AM - Apr 29, 2020

Twitter Ads info and privacy

6,994 people are talking about this


खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।

उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।

Shekhar Kapur@shekharkapur

An actor that every director wanted to work with. A human being that gave his best in every role. Indian film’s most succesful export to Hollywood. A man loved by all. Sad to see #IrrfanKhan leave us, after what we thought was suucesfull fight against cancer. God bess you Irfan .

3,270

12:24 PM - Apr 29, 2020

Twitter Ads info and privacy

595 people are talking about this

 

केहीदिन अघि उनकी अामाकाे निधन भएकाे थियाे।