generalnews
||Power News Asia||

आजको समाचार

लकडाउनको नयाँ मोडालिटी आउँदैः के के सञ्चालनमा छुट

समाचार


काठमाडौं, २३ वैशाख । सरकारले लकडाउनको नयाँ मोडालिटी ल्याउने भएको छ । आज मन्त्रिपरिषद बैठक बसी लकडाउन लम्ब्याउने निर्णय गरी कम र बढी जोखिमयुक्त क्षेत्र छुट्याएर मोडालिटी ल्याउने भएको हो ।

हिजो कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आजको बैठकले मोडालिटीको खाकाको प्रस्ताव तयार गरेको छ । यसलाई मन्त्रिपरिषदबाट छलफल गरी पारित गर्नेतयारी भएको बुझिएको छ । खाकामा बढी खतरा भएको क्षेत्रलाई रेड जोन र कम खतरा भएको क्षेत्रलाई ग्रीन जोन बनाई केही क्षेत्र सञ्चालनको छुट दिइने भएको छ ।

विद्यालय, सार्वजनिक तथा निजी यातायातका अलावा भीडभाड हुने क्षेत्रमा छुट दिइने छैन । तर, कृषि, सामान ढुवानलगायतका क्षेत्रमा छुट दिइने छ ।

के छ प्रस्तावित खाकामा
सीमा क्षेत्र रेड जोनमा, आवागमन पूर्ण रुपमा ठप्प पारिने
पास पाएका र अनुमति पाएका निजी तथा सार्वजनिक कुनैपनि सवारी साधन सञ्चालन गर्न निषेध
यात्रु ओसारपसारका लागि अनुमतिविना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा निषेध
शैक्षिक संस्था बन्द
भीडभाड हुने बजार खोल्न निषेध
सिनेमा हल खोल्न नपाइने
खेल स्थल सञ्चालन गर्न नपाइने
शैक्षिक संस्था खोल्न नपाइने

ग्रिनजोनमा रहेका के के सञ्चालन गर्न पाइने
कृषि कार्य गर्न छुट
पशुपालन र त्यससँग सम्बन्धित कारोबार गर्न छुट
अत्यावश्यक मालमान ढुवानी गर्न पाइने
उद्दोग, कलकारखाना जस्ता अत्यावश्यक सेवाहरु सावधानी अपनाएर सञ्चालन गर्न पाइने
तयारी खानेकुरा विक्रीवितरण गरी आपूर्ति गर्ने होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने
सावधानी अपनाएर भौतिक निर्माण गर्न छुट

विदेशमा रहेका नेपाली ल्याउने तयारी

समाचार


काठमाडौँ, २३ वैशाख । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ ।

नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना’ विषयमा आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा अप्ठेरोमा परेका नेपालीको पहिचान गरेर प्राथमिकताका आधारमा स्वदेश ल्याइने बताएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले उनीहरूलाई कुन मितिमा ल्याउने भन्न सकिने अवस्था नरहेको स्पष्ट गरेका छन् । उनले भने, ‘‘जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुरालाई योजना बनाएर मात्रै काम गर्नुपर्छ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँहरूको कसरी व्यवस्थापन गर्ने भन्नेबारे गहन छलफल गरेका छौँ । ’’

उनले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण भई नेपाल सुरक्षित भयो भन्ने अवस्थापछि मात्र फिर्ता ल्याउने काम सुरु गरिने बताएका छन् । कुवेतमा मात्रै सात हजार नेपाली श्रमिक अवैधानिक रूपमा रहेको बताउँदै मन्त्री ज्ञवालीले ती नागरिकलाई स्वदेश फर्काउने विषयमा तयारी भइरहेको जानकारी दिएका छन् । उनले विभिन्न देशमा रहेका नेपाली दूतावासलाई २४सै घन्टा सम्पर्कमा रहन निर्देशन दिइएको पनि जानकारी गराएका छन् । मन्त्री ज्ञवालीले विदेशबाट तत्काल ३० देखि ३५ हजार नेपालीलाई उद्धार गर्नुपर्ने भयो भने ल्याउनेदेखि सुरक्षित रूपमा क्वारेन्टाइनमा राख्ने र घरसम्म पु¥याउने व्यवस्था गर्नुपर्ने हुन्छ । उनले स्वदेश ल्याउनुअघि तयारी गर्न केही समय लाग्न सक्ने बताएका छन् । (गोरखापत्रबाट)

सात जना कोरोना भाइरसका नयाँ संक्रमित को को हुन् (सुचीसहित)

समाचार


काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसका ७ नयाँ संक्रमितहरु थपिएका छन् । आज नेपालगञ्जमा ३ पुरुष र ४ महिला संक्रमित थपिएका हुन् ।

संक्रमितहरु १९ वैशाखमा नेपालगञ्जमा संक्रमित ६० वर्षीय जमातीको सम्पर्कमा आएकाहरु हुनु । ती जमाती भारतको नयाँ दिल्लीस्थित निजामुद्दीन मर्कस जमातसँग सम्बन्धित धर्मगुरु हुन् । उनी नेपालगञ्जकै बासिन्दा भएको बुझिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धबल शमशेर राणाले ती जमाती नेपालगञ्जकै भएको पुष्टि गरेका हुन् । उनले ऋषि धमलासँग हिजो रेडियो एनआरएनसँगको अन्तवार्तामा भारत आउजाउ गर्ने व्यक्ति भएको खुलाएका हुन् ।

संक्रमितहरु २२, ३० र ४० वर्षका पुरुष छन् । ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँके जिल्ला नेपालगञ्जका अहिलेसम्म पत्ता लागेका २२ जना संक्रमितहरु मदरसाका विद्यार्थी देखि जमातीको सम्पर्कमा आएकाहरु छन् ।

यसअघि नेपालगञ्जमै भेटिएका ६० वर्षीय जमातीको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्दा थप १५ जनामा संक्रमण भेटिएको थियो ।
संक्रमितमध्ये ७ वर्षीया बालिका पनि छिन् । जुन नेपालमा संक्रमितमध्ये सबैभन्दा कम उमेरकी हुन् । ६० वर्षीय जमाती पुगेको महेन्द्र पार्क नजिकै जोलहनपुर्वाको मस्जिद, मदरसाका विद्यार्थी समेत संक्रमित भएका हुन् ।

बाँकेको समुदायसम्म कोरोना संक्रमण भेटिएपछि त्यहाँ सुरक्षा कडा पारिएको छ । नेपालगञ्जमा निषेधित क्षेत्र घोषित गरी लकडाउन कडा पारिएको छ ।

नयाँ संक्रमित
१. बाँके, नेपालगञ्ज ८ का २२ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
२. बाँके, नेपालगञ्ज ८ का ३० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
३. बाँके, नेपालगञ्ज ८ का ४० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
४. बाँके, नेपालगञ्ज ८ का ९ वर्षीया बालिका । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
५. बाँके, नेपालगञ्ज ८ का ३२ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
६. बाँके, नेपालगञ्ज ८ का ३४ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
७. बाँके, नेपालगञ्ज ८ का ५५ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको

जमातीका कारण समुदायमा फैलियो कोरोना भाइरस

समाचार


काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमण समुदायसम्म फैलन थालेको छ । नेपालगञ्ज ८ को टोलमा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि समुदायसम्म फैलन थालेको देखिएको हो ।

१९ वैशाखमा एकजना कोरोना भाइरसका संक्रमित पत्ता लागे । ६० वर्षीय ती धर्मगुरुमा संक्रमण भेटिएपछि उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण हुनथाल्यो । ती धर्मगुरु भारतको निजामुद्दीनस्थित तब्लिगी जमातका सदस्य भएको पत्ता लागेपछि धमाधम खोजी हुनथाल्यो । ती जमाती पुगेको महेन्द्र पार्क नजिकै जोलहनपुर्वाको मस्जिद, मदरसाका विद्यार्थी समेत कोरोना संक्रमित भएका हुन् । ती जमाती धर्मगुरु धार्मिक गतिविधिमा संलग्न रहेको पत्ता लागेको छ ।

२१ वैशाखको दिउँसो नेपालगञ्जको एउटै टोलका ९ जना संक्रमित भेटिएकोमा साँझ थप ६ जना भेटिए । धमाधम संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गरिएकोमा ७ जना २३ वैशाखमा थपिएका छन् । हालसम्म जमातीको सम्पर्कमा आएकामा नेपालगञ्जको एकै टोलका २२ जनामा संक्रमण भेटिइसकेको छ ।

हिजोबाट नेपालगञ्जमा लकडाउन कडाई गरिएको छ । त्यहाँ निषेधित क्षेत्र घोषणा गरिएको छ ।

नेपालभर हालसम्म पत्ता लागेका ८२ संक्रमितमध्ये ६३ जना मुसलमान समुदायका छन् । नेपालको कुल जनसंख्यामा ४ प्रतिशत मुसलमान समुदाय छन् । तर, कोरोना भाइरसको संक्रमितको संख्या र अनुपातको तुलना गर्ने हो मुसलमान समुदाय कोरोना भाइरसको उच्च जोखिममा देखिएका छन् ।

कोरोना भाइरसको संक्रमितमध्ये दिल्ली निजामुद्दीनको मर्कस जमातको कनेक्सन नेपालसम्म देखिएको छ । जमातीहरु लकडाउन अघि र पछि नेपाल छिरेको तथ्य भेटिइसकेको छ । भारतमा पनि कोरोना महामारी फैलनुको मुख्य कारक जमाती भनी सञ्चारमाध्यमले तथ्यांक सहित उल्लेख गरिरहेका छन् ।

वीरगञ्जको छपकैयास्थित मस्जिद र उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा कोरोना भाइरसको संक्रमणको कारक जमाती भएको खुलिसकेको छ । सबैभन्दा बढी संक्रमण उदयपुरमा फैलिएको छ । त्यहाँ ३० जनाभन्दा बढी संक्रमित भेटिइसकेका छन् । अहिले नेपालगञ्जमा पनि फैलन थालेको छ ।

तीन हजार नेपाली फर्काउँदै कुवेत, नेपाल सरकार अन्यौलमा

समाचार


काठमाडौं – वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ ।

कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफप् (एम्नेष्टी)को ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो। त्यसमा नेपालको पालो २६ अप्रिल देखि ३० सम्म राखेको थियो। तीन हजार भन्दा बढी नेपालीले आवेदन दिएको दूतावास अधिकारीले जानकारी दिए।

साउदी अरेबियाले पनि कोभिड अघि घोषणा गरेको एम्नेष्टी खोल्न सक्नेछ भने त्यस्तै एमनेस्टी यूएईले पनि गर्न सक्ने दूतावास अधिकारीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

नेपालका संक्रमितमा किन देखिएन जटिल समस्या ?

समाचार


काठमाडौं – नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशवाट आएका थिए । 

यी दुवै जना कुनै स्वास्थ्य समस्या विनै  निको भएका थिए । देशभरमा कुल संक्रमित ५९ जना मध्येमा १६ जना पनि कुनै जटिल समस्या विनै डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरुको स्वास्थ्य पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

विश्वभर कोरोना संक्रमितको स्थिति हेर्दा वृद्व–वृद्वा,उच्चरक्तचाप,दम,मिर्गौला,मधुमेह,क्यान्सर र मुटु रोगीहरुमाल जटिलता ल्याउँछ र मृत्यु गरेको अध्ययनले देखाएका छन् । तर नेपालमा वृद्व–वृद्वा तथा दीर्घरोगीहरुमा समेतमा कुनै समस्या नआएको चिकित्सक बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड– १९ संक्रमितमा ज्वरो आउने,सुख्खा खोकी लाग्ने,नाकवाट पातलो पानी वग्ने,श्वास फेर्न गाह्रो हुने र थकाइ लाग्ने जस्ता लक्षण हुन्छन् । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् । 

जेठ १० सम्म लकडाउन बढाउने तयारी

समाचार


कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। 

मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो। 

केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए। 

नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ। नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन्। जसमा १६ जना उपचारपछि घर फर्किएका छन्। नागरिक दैनिकमा खबर छ ।

चितवनका कोरोना संक्रमितको चौथो रिपोर्ट पनि पोजेटिभ

समाचार


कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

 हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । उनीसँगै सङ्क्रमण देखिएका २७ वर्षीय युवक भने अस्पतालको क्वारेन्टाइन कक्षमा नै छन् ।

 वैशाख ३ गते गरिएको र्यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा दुवै जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपश्चात् वैशाख ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु चैत ३ गते बेलायतबाट हङकङ हुँदै चैत ५ गते चितवन आएका थिए । उपचाररत महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने

समाचार


काठमाडौँ, २२ वैशाख । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् । उनले भने, “लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन् ।” होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उनले जानकारी दिएका छन् ।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार जेठको पहिलो साताबाट भदौ अन्तिमसम्मको समय अरु बेलामा पनि पर्यटक नआउने समय हो । त्यसपछिको समयमा हिमाल चढ्नका लागि विदेशी पर्यटक आउने भए पनि यस वर्ष त्यो सम्भावना न्यून रहेको घिमिरेले बताएका छन् । उनका अनुसार दशैँताका आन्तरिक पर्यटक आउने भएकाले सोही समयमा होटल खोल्ने तयारी गरिएको छ । दुई÷चार पाहुनाका लागि होटल खोल्दा सञ्चालन खर्च बढी हुने भएकाले त्यो सम्भावना नरहेको घिमिरे बताएका छन् । होटल व्यवसायीले चैत महिनासम्मको तलब दिएर कर्मचारीलाई बिदा दिएका छन् । अब के गर्ने भन्ने विषयमा केन्द्रीय हानको निर्णयको पर्खाइमा रहेको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् । चितवन र नवलपरासीमा १५० पर्यटकीय होटल छन् । ती होटलमा पाँच हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन् । भट्टराईका अनुसार ती होटलमा रु १९ अर्ब ५० करोडभन्दा बढी बैंकिङ ऋण रहेको छ ।

होटल खुलेको कम्तीमा एक वर्ष ऋणको किस्ता र ब्याज बुझाउन नसकिने भन्दै उहाँले पुनःकर्जा दिएर व्यवसाय सञ्चालन गर्न सहयोग गर्नुपर्ने बताएका छन् । भट्टराईले कृषिसरह ब्याजमा सहुलियत दिनुपर्ने माग अघि सारेको जानकारी दिएका छन् । यता मेघौलीको साराङ वाइल्ड लाइफ सेन्चुरीका सञ्चालक सुवोध प्रधानले भने लकडाउन खुलेपछि होटल सञ्चालनमा ल्याउने तयारी गरिएको बताएका छन् । थोरै कर्मचारीबाट सेवासुविधा दिने गरी होटल खोल्ने तयारी आफूले गरेको उनले बताएका छन् । लकडाउनले घरमा बस्दा वाक्क भएका आन्तरिक पर्यटक आउने उनको अनुमान छ । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्रका दुर्लभ वन्यजन्तु, थारू संस्कृति, डुङ्गा शयरका लागि स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । (गोरखापत्रबाट)

६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने

समाचार


काठमाडौं, बैशाख २२ । नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर हद र कोही सचिवको पाँच वर्षे सेवा अवधि पूरा गरी सेवा निवृत्त हुने अवस्थामा पुगेका हुन् । यसै क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल १९ वैशाखदेखि सेवानिवृत्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव डिल्ली घिमिरे, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव राजीव गौतम र प्रधानमन्त्री कार्यालयका नारायण बिडारी छिट्टै सेवानिवृत्त हुने क्रममा छन् ।

सञ्चार सचिव सुवेदी यही १ जेठदेखि सेवानिवृत्त हुने भएका छन् । यसैगरी, श्रम सचिव विनोद केसी आगामी १२ जेठमा सेवानिवृत्त हुने भएका छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव घिमिरे १५ जेठमा सेवानिवृत्त हुनेछन् ।

यस्तै, कानुन मन्त्रालयका सचिव गौतम २६ जेठदेखि सेवा निवृत्त हुनेछन् । एक महिनाको अवधिमा दाहालसहित ६ जना सचिव रिक्त हुने भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रियासमेत थाल्ने भएको आजको राजधानी दैनिकमा खवर छ ।